अमेरिकामा आमा

- खिमानन्द पोखरेल

अमेरिकामा आमा भारती गौतमको संस्मरणात्मक उपन्यास हो । यहाँ भारती गौतमले नेपाल छोड्दाखेरीको पिडा र अमेरिकामा पुगीसके पछि छोरा छोरीलाई पढाउँदा आफूले गर्नु परेको मिहेनतका बारेमा चर्चा परिचर्चा गरिएको देखिन्छ । बाबु आमाको लागि छोरा छोरीभन्दा ठूलो विषय केही हुदैन भन्ने कुरा यस पुस्तकको औपन्यासिक परिवेशले नै झल्काउँछ । छोरा छोरीहरुको लागि जसरी आमा अमूल्य प्यारो वस्तु लाग्छ त्यस्तै आमाको लागि आफ्ना छोरा छोरीहरु आँखाको नानी भएर हृदयमा बस्न सफल भएका हुन्छन् । यहाँ यतिखेर भारती गौतम अमेरिका बसेर छोरा छोरीलाई कलेज पठाउँदा सामान गाडिमा बोकेर उनिहरुलाई आफूले विदाई गर्नु पर्दाका कुराहरु उल्लेख गरिएको छ भने उनिहरुलाई होष्टलमा छोडेर फर्कदा घर नै रित्तो भएको महसुस यतिखेर आमा भारतीले गरिरहेको बुझिन्छ । यस्तै भारती गौतमको अतितको ऐनामा विभिन्न दृश्यहरु देखा परेका छन् । घरमा कामकाज गर्ने पट्टी सबैको ध्यान गएता पनि पढ्नु पर्छ भन्ने भावनाले भारती गौतमलाई घच्घच्याईरहेको देखिन्छ । हजुर आमा दमको विरामी बाबु पेटको विरामी हुँदा हृँदै पनि भारती गौतमले आफूले पढ्ने इच्छालाई कहिल्यै त्यागिनन् । बुवालाई विरामी निको भए पछि एक दिन छोरीको कोठामा आई पढाई सिद्धिएन भनेर सोधनि हुँदा भारती गौतम भने कोठामा लाल्टीन बालेर पढिरहेकी हुन्थिन् । यसरी बुवा कोठामा प्रवेश गर्दा बुवालाई लाल्टीनको प्रकाशले निन्द्रा लाग्दैन भन्ने कुरालाई जानेर लाल्टीन निभाएर सुतेको प्रसङ्ग जोडीएको देखिन्छ । बुवा निदाए पश्चात् आफूले कुपी बालेर पढेका प्रसङ्गहरु पनि भेटिन्छन् यहाँ । पढाईमा अब्बल दर्जा आउने भारतीले आफ्नो सर्टिफिकेटहरु जहिले पनि आफू पहिलो श्रेणीमै पास भएका कुराहरु र आफूले गोरखा पत्रमा जागीर खाएका कुराहरु पनि यत्तिकै टड्कारै रुपमा उठाईएको देखिन्छ ।
भारती गौतमले काठमाण्डौं छोड्दाको विवरण पनि गजबको छ । अमेरिका लैजाने सामान किन्न समय विताउनु परेका कुराहरु पनि देखिन्छन् । काठमाण्डौंमा डेरामा बस्दाको समस्या र त्यहाँ आफूले भोगेका कुराहरुलाई समेत उतार्न खोजेको देखिन्छ । त्यसबेला अमेरिका तर्फ जानु भनेको सबैकोलागि अनौठो कुरा जस्तै हो । विवाह पश्चात् लगत्तै छोरा छोरीकी आमा बन्न पुग्नु त्यस पछि यिनै छोरा छोरीको साथमा अमेरिका पुग्नु जस्ता कुराहरु यहाँ उल्लेख गरिएको देखिन्छ । विमानमा लामो सफर नगरेकी उपन्यासिका भारती गौतमलाई विमान भित्र पस्दा अनौठो अनुभव हुन्छ । विमानले जमिन छोडे पछि आफू जन्मेको ठाउँ सम्झिन पुग्छिन्, बा आमा सम्झिन पुग्छिन् भारती गौतम । विमानको सिटमा अर्को तर्फ बसेको अपरिचित मान्छे देखेर केही डर लागेका कुराहरु पनि यहाँ उल्लेख गर्न बिर्सिएको देखिदैन । जति जे जस्तो भए पनि आफू जन्मेको ठाउँ प्यारो लाग्छ भन्ने कुराहरु यहाँ सत्य सावित भएको देखिन्छ । विमानमा सयर गर्दा पनि आफ्नै ठाउँको सम्झनामा समय विताएको देखिन्छ । आफू साकाहारी भएको हुँदा खाना पनि साकाहारी आएको तर वास्ना चाहीँ कता कता मन नपरेका कुराहरु गरिएको देखिन्छ । छोरा छोरीको देखभालको कुरालाई लिएर उनीहरुको बारेमा चर्चा परिचर्चा गरिएको पनि देखिन्छ । बेङ्कक्को ट्रान्जिट समयमा समय विताउनु पर्ने हुँदा तालिका अनुसार त्यहाँ होटलबाट आफूलाई लिन आएको बारेमा चर्चा गरिएको र कहिले नदेखेको बेङ्ककको रमाईलोको बारेमा पनि वर्णन गरिएको देखिन्छ । त्यस रात होटलमा छोरा छोरीहरु सुते पनि आफूलार्इृ केही डर लागे जस्तो भएर निदाउन नसकिएका कुराहरु यहाँ यसरी देखा परेका छन् ।
यसैगरी बेंङ्ककको विमानस्थलमा छोरो हराएको कुरा गरिएको छ । छोरालाई मन, आँखा, बल लगाएर चारैतिर खोज्ने काम भएको देखिन्छ । त्यस्तो ठाऊँमा छोरो हरायो भनेर दुःख प्रकट गर्ने कोही थिएन । त्यसबेला आफूले जानेको अङ्ग्रेजी पनि कोही कसैले बुझेन कि जस्तो भान हुन्छ । उता विमान छुट्ने बेला भईसकेको र यता छोरा हराएर नभेटीएकोमा छोराको कुरालाई लिएर मनमा अनेक तर्क वितर्कहरु उत्पन्न हुन पुग्छन् । यसरी मनको ढुकढुकीको विषयवस्तु छोरोलाई खोज्दै जाँदा बाथ रुमको एक छेउमा रोईरहेको अवस्थामा फेला पार्दा यस पुस्तकका उपन्यासकारको मन कति हर्ष विभोरले छताछुल्ल हुन पुगे होला । यस्ता कुरालाई यसरी वर्णन नै गर्न सकिदैन जस्तो लाग्छ । यही अवसरमा एक वर्ष अगाडिको कुराले पनि उपन्यासकारलाई उक्त कुराको सम्झना दिलाउन बाध्य गराउँछ । गोरखापत्रको जागीर र श्रीमानको पनि भर्खरै ७०० बाट १४०० पुगेको जागीरले काठमाण्डौंमा अव टिक्न सकिन्छ कि जस्तो भइसकेको बेला श्रीमानको अमेरिकामा पढ्न जान पाउने भिसा लागीसके पश्चात् काठमाण्डौंमा घडेरी किन्न राखेको तिस हजार रुपैया श्रीमान अमेरिका पढ्न जाने कार्यमा खर्चगरी श्रीमानलाई अमेरिका पठाएका कुराहरु गरिएको देखिन आउँछ । यस वखत आफ्नो पिताले ज्वाई अमेरिकाबाट फर्कन नमिले तिमीले दुःख पाउँछ्यौ भन्दा आफ्नो पितालाई सम्झएका कुराहरु पनि यहाँ गरिएको देखिन्छ ।
भर्खरै विवाह गरेको दाम्पत्य जीवन अनि विवाह गरेको केही समय पछि शसूराको देहान्त अनि पछि विराटनगर गएर आफ्नो जिवन धान्नको लागि केही गरेर त्यहाँ बस्नु अनि यिनै समयको अन्तरालमा छोरा जन्मिनु आदि इत्यादि कुराहरुले क्रमैसँग जीवन गोरेटोको पोको फुकाउन सफल भएको देखिन्छ । अमेरिकामा पुगी सके पछि त्यहाँका सब चिज विषयवस्तुहरु अनौठो र नौलो लागेर आउँछ । त्यहाँ भएका सम्पूर्ण चिज नेपालमा भएका चिजसँग तुलनाा गर्न मन लाग्छ । तर कुनै नि मिल्दैन । गाडिको हर्न सुन्न पाईदैन । केवल गाडि गुडेर सुस्साएको आवाज मात्र सुन्न मिल्छ । यि सबै विषय वस्तुहरुको तुलना आफू बसेका हुर्केको नेपालका सम्पूर्ण चिजसँग तुलनागरी अमेरिकासँग रमाउन पुगेको कुरा यहाँ यतिखेर वर्णन गरेको देखिन्छ ।
यसरी एउटा गाउँले केटी आफ्नो जीवन साथीसँग एकैचोटी अमेरिका छिर्दा कता कता पहाडबाट केही नजान्ने मान्छे काठमाण्डौंको घना वस्तिमा छिर्न पुगे जस्तो आभाष हुन्छ । शुद्ध गाउँबाट सहर झरेको मान्छे कस्तो हुन्छ त्यस्तै व्यवहार, चाल चलन र उसको हाउभाउ देखाईएको छ । कति मिठो र सरल भाषामा सवैले बुझ्न सक्ने गरी आफ्नो यथार्थता प्रकट गर्न हिचकिचाईएको छैन । अमेरिकामा पुगेर यसरी आफ्नो वास्तविकता प्रकट गर्ने मान्छे सायद कम नै हुन्छन होला । यो पुस्तक पढे पछि मान्छेको जीवनको वास्तविकता पनि यसरी छर्लङ्ग पार्न सकिदो रहेछ भन्ने कुरालाई यहाँ पढ्न पाईन्छ । त्यसै भएर नै यो पुस्तक पढ्न थाले पछि उत्सुकताले पाठकहरुलाई अवश्य पनि सताउन सक्ने कुरालाई यसरी नै बुझ्न सकिन्छ । यसरी यो क्रमलाई अगाडि बढाउँदै जाने कुरामा उपाध्यायको कोठामा खाना खाने निम्तोले उपन्यासकारको स—परिवार उहाँको कोठामा प्रवेश गर्दाको झकिझकाउ देख्न पाउँदा दङ्ग परेका कुराहरु पनि गरिएको देखिन्छ । साथमा लगेकी छोरीलाई निन्द्रा लागेर गलैचा विछाईएको तलपट्टी खालीठाउँमा छोरीलाई सुताउन खोज्दा सम्झनाजीले किन भुँइमा सुताएको भन्दा आफू स्वयम्ले मनमनै यस्तो गलैचा विछाएको ठाउँलाई पनि किन यस्तो भनेका होला भनि अचम्म मानेका यस्ता कुराहरुलाई मनमनै प्रकट गरिएको बुझिन आउँछ । यसरी स्याउका रङ्गहरु देखेर आश्चर्य मानेका कुराहरु पनि भेटाउन सकिन्छ । यसै गरी कुकुर विरालोका खेलौना देखेर पनि आश्चर्य लाग्छ । ताजा तरकारी आफ्नै बारीबाट भर्खरै टिपेर ल्याएको हो कि भन्ने भान हुन्छ । कति स्वच्छ कति ताजा । पसलमा गएर सामानको भाउ सोध्नु नपर्ने । आफै गएर सामान हेरी ल्याएर पैसा तिर्नु पर्ने । आफूले कहिले पनि अनुभव नगरेका विषय वस्तुहरको जानकारी पाउँदा छुट्टै संसासमा भएको महसुस यस संस्मरणात्मक उपन्यासकी उपन्यासिकामा देखिन आउँछ ।
यसैगरी ड्यालस ज्यूको भव्य प्रदर्शनले तन रमाए पनि मन चाहीँ नेपाल पुगे पस्तो लाग्यो । नेपालमा भएका र देखेका आफ्नै वन पाखामा खेल्दै र रमाउँदै गरेका घर र वनका जनावरहरुलाई सम्झिएर मन नेपाल तर्फ मोडिएका कुराहरुको पोको फूकाउनुका साथै ति आफ्नो श्रीमानका साथीहरुले आपसमा गरेको प्रेमालाप गरी रमाईलो गरेका दृश्यहरु भारती गौतमको नजरमा अति अपाच्य जस्तो बन्न पुग्छन् । नेपालमा विवाह गरे पछि बाबु आमा सँग सँगै बसेर श्रीमान श्रीमतिले कुरा गर्न केही गाह्रो पर्ने कुरा र अमेरिकामा यस्ता विषय वस्तुहरु आफूलाई हेर्न असजिलो भए पनि त्यताका लागि यस्ता कुराहरु धेरै सहज हुने प्रमाणीक कुराहरुको सहज असहज विच तुलना गरिएका दृश्यहरुको पोको फूकउने प्रयास गरिएको देखिन्छ । शिवजी कलेजमा जाँदाको समय र फर्कदाको समयको विचमा सोचिएका यस्ता अनेक तर्क वितर्कहरुले छोरा छोरी माथी उनिहको भविष्य प्रति तर्कना उत्पन्न गराई दिन्छ । यसरी सभ्यताको घना जङ्गल भित्र पस्दा शिक्षित व्यक्ति पनि अवाक परिदो रहेछ भनेर जिल्ल परी नेपाल सम्झिएका कुराहरु पनि यहाँ उल्लेख गरिएका छन् । मान्छे देख्नुपरे स्कूलमा आफ्ना छोरा छोरी सम्हाल्दै गरेका बाबु आमालाई मात्र देखिनु, चर्को बोलेको आवाज सुन्नै नपाईने , छोराले ढोका बन्द गर्दा चर्को आवाज आउँछ कि भनेर चिन्ता गर्नु पर्ने कुराहरुले भरिएको अवस्था रहेको देखिन्छ यस बखत ।
भारती गौतमको पिताजीले अमेरिकाको बारेमा जान्ने र बझ्ने सुवेच्छा उहाँले पहिले देखि नै जगाउँदै आउनु भएका कुरा र घरमा अमेरिकनहरुलाई ल्याएर आफै खाना खुवाउने गरेका कुराहरु यहाँ उल्लेख गर्नुका साथै अमेरिकि राष्ट्रपति जोन अफ केनेडिलाई अज्ञात व्यक्तिले गोली हानी मारेका घटनाहरु पनि यस पुस्तकका केही पानाहरु भित्र कैद गरी राखिएको देखिन्छ । अमेरिकामा बसाई हुन थाले पनि आफ्नो ठाउँ कचिडेलाई विर्सन सकिएको देखिदैन । गोरखापत्रमा खाएको जागीरलाई विर्सिएको छैन । कलेज जाँदा अमेरिकन अत्तर लगाएर कलेज जाने गरेको बाबुको दैनिकीलाई बिर्सिएको देखिदैन । आमाले भान्छामा पकाउनु भएको तरकारी अचारका कुराहरु उल्लेख गर्न विर्सिएको छैन । यस्तै अमेरिका पुगेर मिसिनमा लुगा धुन जानीएको हुँदैन । घरमा भ्याकुम ल्किनरले बढार्न जानीएको हुँदैन । नेपालमा जन्मिदाको विडम्बना यस्ता विषयवस्तुहरुबाट निकै टाढा रहनु पर्दाको पिडा स्वयम् भारती गौतममा झल्किएको र स्वयम् आफैले महसुुस गरेका कुराहरुलाई यसरी यहाँ राख्ने प्रयास गरिएको छ । अमेरिकामा पुगे पश्चात् यि सबै विषयवस्तुहरु आफ्नी श्रीमतिलाई सिकाउनु पर्दाका कुराहरु यहाँ देखा परिरहेका छन् । अमेरिकामा कार वास कसरी गरिदो रहेछ भन्ने जिज्ञासा उत्पन्न हुनु स्वभाविकै कुरा थियो । पानीको पाईप पनि छैन धारा पनि छैन । कार भित्र आफू बसेकै भरमा सफासँग कारवास गरेर बाहिर आएको कुराले पनि अनौठो दृश्यका नौला र रोचक कुराहरु पनि यहाँ उल्लेख गरिएको देखिन्छ । यसरी छोराले हामी फर्किएर नेपाल जाऊँ हजुर आमा एक्लै हुनुहुन्छ । हजुर बा एक्लै हुनुहुन्छ । बुबालाई छोडेर उहाँहरुलाई हामी भेट्न जाऊँ । बुबा त हामी नभए पनि पहिला एक्लै नै त बस्नु भएको थियो केही फरक पर्दैन भन्ने जस्ता कुराले कता कता कहाँ कहाँ आए जस्तो भान भइरहन्छ भारती गौतमलाई । यसरी अमेरिकामा मनाईने हलोइन चाडलाई नेपालमा मनाईने विभिन्न चाडपर्वहरुसँग तुलना गर्न पुगीएको देखिन्छ । यसैगरी थ्याँङ्स गिभिङ्को बारेमा चर्चा परिचर्चा गरिएको देखिन्छ । छोरालाई चर्चमा नपठाएका कुरा र हामी क्रिश्चियन होइनौ भनेका कुराहरु पनि देखिएका छन् यहाँ । यस प्रसङ्गमा यो भन्दा पनि बढी आफ्नै संस्कृति मेलापर्व तिज हिन्दूहरुले मनाउने गरेका चाडवाडका बारेमा यथेष्ठ र तिजमा बाबाले पकाएको दर आमासँग बसेर खाएका कुरालाई पनि निकै प्राथमिकता दिएर उल्लेख गरिएको देखिन्छ ।
हामीले नेपाली चाडवाडका पर्वहरु जसरी मनाउने गर्छौ त्यसरी नै क्रिश्चियनहरुले क्रिश्चियन पर्व मनाउँदा रहेछन् । यसरी अमेरिकिहरुले मनाउने चाडवाडका बारेमा कुरा गरिएको छ भने उता नेपालमा मनाईने अनेकौँ चाडका बारेमा बिस्तृत रुपमा केही व्याख्या गरिएका कुराहरु यहाँ उल्लेख गर्न सान्दर्भिक नै ठानिएको छ । यस संस्मरणात्मक उपन्यास कि उपन्यासिका आफै पनि एक हिन्दू संस्कारमा हुर्किए कि र हिन्दू परम्परा अनुसारको चाडपर्व मान्ने भएकी हुनाले नै छोरालाई चर्चमा प्रार्थना गर्न जान रोकिएका जस्ता कुराहरु यहाँ देखिन्छन् । पूर्वियासँग मिल्दैन पश्चिमाहरुको संस्कृति उनिहरुको रहन—सहन , सेवा सत्कार हामीहरुको भन्दा फरक र हमीहरुले पचाउनै नसक्ने खालका संस्कृतिहरु उनिहरुले अङ्गालेका हुन्छन् । अमेरिकन साथीको घरमा पाहुना बनेर गएका कुराहरु लेखिएका छन् । पाहुनालाई सत्कार गर्दा अङ्गालो मारेर गरिएका संस्कारहरु पनि छन् । छोरा छोरीहरुलाई खेलौना उपहार दिएका कुराहरु पनि गरिएका छन् । आफ्नो देशको संस्कृति झल्काउन साडीमा चिटिक्क परि सजिएर गएका कुराहरु पनि देखिएका छन् । तर अपसोच त्यहाँबाट फर्केर आउँदा खाना नखाई खाली पेट घर फर्किएका कुराहरु पनि अत्यन्त रोचक तरिकाले यहाँ उल्लेख गर्न विर्सिएको देखिदैन ।
छोरीलाई तातो चियाले पोले पछि अस्पताल नै लैजानु पर्दो रहेछ । नेपालमा जस्तो बाहिर मलहम पट्टी गर्न मिल्दो रहेनछ । यसरी छोरीलाई अस्पतालमा भर्णा गर्नु परेको अवस्था र अझ पूनः १ हप्ता अस्पताल नै राख्नु पर्ने डाक्टरको भनाईले दुबैमा छटपटी पैदा भएका कुराहरु र १ हप्ता अस्पताल बस्दाका विच शिवजीलाई कलेज छोड्न नहुने कुरा र छोरीलाई एक दुई दिन भित्र नै अस्पतालबाट घर लैजाने कुरामा नर्ससँग सल्लाह गरेका कुराहरु र डाक्टरले पनि घाउ पाक्यो भने आफै जिम्मा हुने गरी लैजान सकिने तर डिस्चार्ज गर्दा बकाईदा साथ आफूले अप्ठ्यारो सप्ठ्यारो दुवै बेहोर्ने गरी डिस्चार्ज कागजमा सहि गरी छोरीलाई घरमा लगेका कुराहरु उल्लेख गरिएको देखिन्छ । फेरी छोरीको पोलेको घाउमा बेला बेलामा पट्टी फेर्नु पर्ने कुरा सिकाईदिएको पनि यहाँ उल्लेख गरिएको छ । एड्स रोग के हो ? कस्तो हुन्छ ? कहाँबाट आउँछ ?कसरी सर्छ ? केही पनि थाहा नपाएका कुराहरु देखिएका छन् । त्यतिखेर देखिएको यो अनौठो खाले रोगका बारेमा एड्स देखा परेपछि गुरुले स्कूलबाट निकाली दिने घरबाट धपाईदिने कस्तो र कुन खाले भयाबह रोग हो यो भन्ने जानकारी नभएको बेला थियो त्यस बखत । छोरालाई स्कूलमा भर्णा गरिदिए पछि भएका कुराकानी र छोराको मातृ भाषा के हो ? भनि साधिएका कुराहरुले छोरा अलमलमा परी स्पेनिस कक्षामा सरहरुले राखीदिएको र उसलाई स्पेनिस पढ्न गाह्रो भएको कुराहरुको नालीबेली यतिखेरको प्रसङ्गमा यहाँ देखिन आउँछ ।
यस्तै खै के भनौ आफ्नो मातृ भाषा भुल्न थाली अङ्ग्रजी बोल्ने गरेकोमा सनो तिनो खुसी समेत व्यक्त गरिएका कुराहरुलाई अगाडि सारिएको देखिन्छ । अङ्ग्रजी बोल्नुमा त्यतिखेरको अवरथामा गर्वकै कुरा मान्न पुगेर होला अङ्ग्रेजी बोल्दा अति खुसी हुन पुगेको । यसैगरी अलिक पहिला अर्थात् मेरो अन्दाजले भ्याए सम्म २०४५ सालमा भूकम्पले पुर्याएको क्षति बारे केही टिका टिप्पणी गरेको देखिन्छ । भूकम्पले घरहरु चर्काउनुका साथै घर भत्केर मान्छेहरु मरेका र घाईते भएका घटनाहरुलाई पनि यहाँ यतिखेर यसरी नै प्रस्तुत गरिएको देखिन्छ ।
यसैगरी भ्यालेन्टाइन डे का कुरा गरिएका प्रसङ्गहरु पनि जोडिएका छन् । यहीँ अवसरमा आफ्नो घरलाई सम्झिएका कुराहरु पनि लेखिएको देखिन्छ । आफ्नो घरको वातावरण देखि लिएर वरपर छरछिमेक गाउँ टोल वन जङ्गलको बारेमा बयान गरिएका कुराहरु पनि यहाँ कुँदिएका देखिन्छन् ।
अमेरिकामा स्टेप फदर स्टेप मदर हुँदा रहेछन् भन्ने कुराको कोतुहल लागेर छोराले आफ्नो आमालाई गरेका प्रश्नहरु यहाँ तेर्सिएको देखिन्छ । यसैगरी ड्यालसको हिउँले सबैको मन पगाल्न आतुर भएको देखिन्छ । त्यहाँ बसोबास गर्ने मान्छेहरु हिउँ नदेखेको र हिउँ देखेपछि आश्चर्य परेका कुराहरु पनि यहाँ उल्लेख गरिएको देखिन्छ । यस्तै क्रिस्मस डे मा छोराछोरीहरुलाई खेलौनाको सँगै अप्राकृतिक क्रिस्मसको रुख ल्याए पश्चात् छोरा छोरीहरु सुतिसकेपछि विस्तारै कसैले थाहा नपाउने गरी सोही रुखको मुनी लगेर खेलौना राखीदिएको र भोलीपल्ट ति खेलौनाहरुलाई छोरा छोरीहरुले सजिलोसँग फेला पारेर खुसी व्यक्त गरिएका कुराहरु पनि यस प्रसङ्गले रोचकता थपिदिएको कुरा यतिखेर यहाँ उल्लेख गरिएको देखिन्छ । यसरी टाउकोमा जुम्राको कुरा गरिएको प्रसङ्ग रोचक देखिएको छ । अमेकिामा पढ्न जाने बालबालिकाहरुको टाउकोमा पनि यसरी जुम्रा पर्दा रहेछन् । जुम्रा परेको थाहा पाएदेखि १० दिन सम्म स्कूल जान पाईदो रहेनछ । बालबालिकाहरुलाई अभिभावकले विशेष ध्यान दिनु पर्दो रहेछ भन्ने कुरा टड्कारो रुपले यो प्रसङ्गलाई अगाडि सारिएको देखिन्छ ।
हेर हेर ति छोराछोरी कति प्यारा आँखका नानी बन्न खोजेका छोराछोरीलाई स्कूल पठाउँदाको पहिलो दिन छोरी निकै चाडो नै आफ्नो मम्मीलाई सम्झाउँदै गरेका कुराहरु बडो चाखलाग्दो तरिकाले वर्णन गरिएको देखिन्छ । छोरा र छोरी स्कूल गए पछि आफू एक्लो भएका कुराहरु पनि यहाँ उल्लेख भएको देखिन्छ । आफुले जन्माएका छोरा छोरीहरु स्कूल जान थालेपछि आफू टाढा भएको समेत महसुस हुनथाल्छ । यसैगरी ड्यालसबाट ओक्लोहवा जाँदा नेपालको पाख्रीबास पुगेको जस्तो भान हुन्छ । फेरी ड्यालसबाट ओक्लोहवामा डेरा सर्दाको त्यो क्षण आफ्ना सामानहरु छोडेर त्यहाँ जानु पर्ने घटनाले पनि मन केही नमिठो भएको अनुभव यतिखेर भएको जस्तो देखिन आउँछ । यसैगरी ओक्लो हवामा पुगेर छोरा छोरीले आकाशका जून तारा देखेका कुराहरु र केही पर सम्म कुकुर कराएका आवाज अनि झ्याउकिरी कराएको आवाजले नेपालमा भएजस्तो अनुभव गरिएका कुराहरुको सम्झना पुनराव्रित भएको छ । यसरी छोरा छोरीहरु ओक्लोहवाको स्टिल वाटरमा ओर्लिनु पर्ने स्कूल बस २ स्टेशन अगाडि ओर्लिन पुगेको दुःखद घटनाको स्मरण गर्नुका साथै त्यो सानी पाँच वर्षकी छोरीलेआफ्नो बाबाको नम्बर मनमस्तिष्कमा राखेर बाबालाई फोन गर्न पुगेकी छोरीको स्मरणशक्तिको रोचक प्रसङ्ग यहाँ उठाइईएको देखिन्छ । यसरी ओक्लोहवा आएर अलिकति नेपाल भेट्न पाएका कुराहरु गरिएको, नेपालीहरुसँग सम्पर्क भई आपसमा आफ्नो घरपरिवारको जस्तो व्यवहार गरी दिन विताउने गरेका कुराहरु यहाँ दर्शाईएको देखिन्छ ।
ओक्लोहवामा चार फिटको हिउँ पर्ने जस्ता अपत्यारिला कुरा सुनेपछिको लगत्तै त्यस क्षेत्रमा हिउँ पर्न थालेपछि पत्यारिलाो बन्न पुगेको देखिन्छ । साथै छोरा छोरीहरुलाई न्यानो कपडा किनिदिएको र छोरा छोरीहरुका साथीले क्रिस्टमस मनाएका कुराहरु पनि रोचक तरिकाको वर्णन देखिन्छ । यसैगरी श्रीमानको दिक्षान्त समारोहमा सुट लगाउनु पर्ने सुट र टाई लगाउन विर्सेर त्यहाँ अर्को साथीको घरमा उसकै सुट नमिले पनि लगाएर गएका कुराहरु जोडिएका छन् यतिखेर । देशभक्ति कस्तो हुन्छ कसरी भित्रैबाट देशप्रेमका कुराहरु आउँछन् भन्ने कुरा प्रत्येक व्यक्तिले सेनामा भर्तिहुन देखाएको चासोबाट नै पुष्टि हुन्छ । युद्धमा सामेल हुन देशप्रेमको भावना जगाउने भएर नै विद्यालयमा पढ्ने स—साना विद्यार्थिहरुले समेत घर फर्कदा आफ्नो हातमा झण्डा बोकेर फर्केका घटनाहरु समेत यस प्रसङ्गको मोडले यहाँ यसरी प्रस्तुत गर्न पुगेका घटनाहरुर्लाइ सविस्तार वर्णन गर्ने गरेका देखिन आउँछ ।
आफूसँगै पढेको दुर्गा दिदीसँग भेट नभएको धेरै भएको र अमेरिकामा पुगेर दुर्गा दिदीसँग भेट गर्न पाएका कुराहरुलाई विशेष प्राथमिकता दिएर लेखिएको यो प्रसङ्ग वडो रोचक र स्मरणिय देखिन्छ । आफ्नो मन मिल्ने प्यारो साथी भने पछि हुरुक्क हुने र कहिले भेटु भेटु हुने उत्सुकताले फेरी मनलाई सम्हाल्न पुगेका कुराहरु यहाँ उल्लेख गरिएको भेटिन आउँछ । दुर्गादिदीसँग भेटेर नेपाल त्यहाँको परिवेशलाई दुर्गा दिदी सँग सँगै बसी पढेका र आफ्नै गाउँ ठाउँका कुराहरु पनि यथार्थ रुपले यहाँ वर्णन गरिएको देखिन्छ । दुर्गा दिदीको सम्झनाले बनाएको सामिप्यताको गाँठो दुर्गा दिदी सँग छुट्ने बेलामा दुबैका आँखामा आँशु बनि विदाबारी भएका घटनाको यथार्थ दृश्य यहाँ झल्काईएको छ । टेक्ससमा पाँचवर्ष पुगेका छोरा र छोरीलाई मिसाएर एउटै कोठामा राख्न मिल्दो रहेनछ । विचरा आफ्ना आमा बाबुका लागि त नाबालक छोरा छोरहिरुलाई एउटै ठाउँमा राख्ने रहर कुन आमा बाबुको हुँदैन र तर यहाँको नियम नै फरक यसरी फरक नियमले गर्दा अलिकता केही अप्ठ्यारो भएको महसुस गरिएका कुराहरु यहाँ उल्लेख भएका छन् । यसरी त्यहाँको नियम अनुसार आफ्ना छोरा छोरीहरुलाई अलग कोठामा राख्न बाध्य हुनु पर्ने स्थिति परेका कुराहरु यसरी यहाँ गरिएको देखिन्छ ।
अमेरिकाको उपहार काखमा छोरा अनुज पुत्रको बरदान पाउँदाको खुसीले सिमा नाघेका कुराहरु पनि यहाँ भेटिएका छन् । अमेरिका पुगे पश्चात जन्मिएको छोराको भविष्यका बारेमा केही चिन्ता र चर्चा पनि गरेको देखिन आउँछ । यहाँ एउटा कुरा के देखियो भने तिम्रो मातृ भाषा केहो भनि सोधिएको प्रश्नमा यसरी आफ्नो मातृ भाषा नेपाली हो नभनेर अङ्ग्रेजी भाषालाई प्राथमिकता दिएर चर्चा गरिएको देखिन्छ । हिन्दू परिबेशमा जन्मिएका छोरा छोरी सिधै क्रिस्चियन बनाउन कस्का बाबु आमा तम्सिन्छन् र छोरा छोरीले गरेको प्रश्नहरुले यस उपन्यास कि उपन्यासकार भारती गौतमलाई एकछिन भए पनि मन स्तब्ध बनाई दिन्छ । घरमा बोलेको एकैछिनको नेपाली बोली उनिहरुका लागि प्रसस्त हुन सक्दैन । स्कूलमा बोलीने अङ्ग्रेजी बोली पनि उनिहरुका लागि प्रसस्त हुदैन । स्कूलबाट साथीहरु चर्च जान्छन् पिकनिकमा जान्छन् । खोई हाम्रो चर्च हामी चर्च जानु पर्दैन ? जस्ता प्रश्नहरु अगाडि तेर्सिन्छन् । उपन्यासकारले छोरा छोरीहरुसँग हामी हिन्दू हौ भनेर भन्नमा पनि कमजोरी देखाईको छ । छोरा छोरीले हामी हिन्दू भए हाम्रो चर्च खोइ ? भनि प्रश्न गरे हामीले के गर्ने जस्ता प्रश्नहरु आउने डरले यसो नगरेको पनि देखिएको छ । सानु भाईको अमेरिका जान पाउने भिसा लागे पछि विरामी र बृद्ध भएका बाबु आमाको मनलाई एकछिन भए पनि खल्बलाई दिन्छ ।
आज भन्दा भोली भोली भन्दा पर्सि छोरा छोरी हुर्किने क्रमले परेको चिन्ता र आफ्नो पति शिवजीको भिषा बढ्ने नबढ्नेका बारेमा लिएको चिन्ताले कहिलेकाही ठूलै मानसिक पिडा दिएका कुराहरुको फोको फुकाईएको देखिन्छ । अमेरिकामा ६ महिना पुगेका छोरा छोरीहरुका लागि पनि बेग्लै कोठाको व्यवस्था गर्नु पर्दो रहेछ भन्ने कुराहरु स्वयम् डाक्टरहरुले समेत पालना गर्दा रहेछन् । आफू नेपालमा एउटै खाटमा पाँच पाँच जना दाजु भाई दिदी बहिनी लस्करै सुतेर समय गुजारेका घटनाहरुको सम्झना आई दिन्छ यस बखत भारती गौतमलाई । अलिअलि ओक्लोहवामा जोगाएर राखेको पैसा यहाँ आएपछि अलि छोटिदै गएका कुरा पनि गरिएको देखिन्छ । जिवनलाई सङ्घर्ष पूर्ण तरिकाले विताउनु परेका साह्रै असहज र अप्ठ्यारा परिस्थितिहरुको सामना गर्दै गुजार्न वाध्य परेका कुराहरु यहाँ परेका देखिन्छन् ।
अमेरिकामा बसेर विभिन्न ठाऊँहरु परिवर्तन गरी बस्नु परेका पिडाका कथाहरु प्रसङ्ग समेत जोडिएका छन् । तिन तिनवटा छोरा छोरीहरुसँग यसरी डेरा परिवर्तन गरी बस्नु पर्ने बाध्यता दर्शाईएको देखिन्छ । अमेरिकाको जुन भागमा बसे पनि आफ्नै घर आँगन, आफ्नै परिवेश आफ्नै जस्ता लाग्ने हरेक ठाऊँसँग आफ्नै परिवेशको तुलना गरेको देखिन्छ । यसो गर्दा जहाँ गएपनि नेपाललाई विर्सन नसकिने कुराहरु देखाउनु नेपाल प्रतिको बढी माया मोह भएको कुरा स्वतः स्पष्ट हुन आउँछ । भर्मान्टमा नेपालबाट गएका मानिस भनेपछि आफू बाहेक कोही अरु कुनै छैन भन्ने कुरा यथार्थ सावित भएका छन् । हामीलाई माउन्टेन एभरेष्टबाट आएका मानिस भनेर हेर्न आउनेहरुका झुण्डहरुको कुरा विशेष रुपले चर्चा गरिएको देखिन्छ । यसै अवसरमा ग्रेजुएशन नै थाहा नभएका कुराहरु गरीएको छ । सन् १९६७ पछिको सबै भन्दा हिउँ पर्ने समय भनेर रेडियोबाट फुकिरहेको बेलामा पनि आफ्नो कोठाबाट काँही कतै विचलित नभएर बसेका कुराहरु गरिएका छन् । अर्कोदिन विहान छोराले झ्याल खोल्न खोज्दा झ्याल खुल्न नसकेर भारि मिहेनत गरी हिउँ पन्छाएर झ्याल खोलेको घटना यहाँनेर आएर यसरी वर्ण गर्न पुगेको कुरा जोडिएको देखिन्छ ।
भर्मान्टमा आईसके पछि जीवनमा केही परिवर्तन सहज बन्न सकेका कुराहरुलाई जोडिएको देखिन्छ । श्रीमानको जागीरको पनि राम्रो व्यवस्था अनि ग्रीनकार्डको परिपाटी पनि मिलिसकेको कुरा र त्यसपछि कस्लाई अमेरिका बोलाउन आफ्ना आमा बाबुलाई बोलाउने कि सासू ससूरालाई बोलाउने जस्तो मोह जगाईएका कुराहरु पनि उल्लेख गरिएको देखिन्छ । आफ्ना देवरहरु पनि आफू आउनु भन्दा पहिले नै अमेरिका आएको हुनाले उहाँहरु मार्फत सासू ससूरालाई बोलाईएका कुराहरु र सासू ससूरा अमेरिका आए पश्चात् आफू जोईपोई समेत देवर भएको स्थानमा सासू ससूरा भेट्न गएको कुराहरु गर्नुको साथै सासूले नाति नातिनालाई काखमा राखेर माया गरेका कुराहरु पनि यहाँ परेका छन् । यसै विचमा सासू ससूरा भएकै अवसर पारी छोरीलाई गुन्नीउ चोलो दिने व्यवस्था मिलाईएका कुराहरु पनि यहाँ देखिन आउँछन् । यस्तै दशैंका कुराहरु पनि गरिएको छ । अमेरिकामा आफ्ना देवर र देवरानीहरुसँग दशैं मनाउने गरेका कुराहरु पनि यहाँ परेका छन् । दशैं आफ्नो देश नेपालमा भन्दा पनि आफू जन्मेको जन्मस्थलो कचिडेमा कसरी मनाईन्थ्यो दशैं भन्ने कुराको बेलिविस्तार लगाईएको देखिन्छ । दशैंमा नयाँ लुगा लगाउने उत्सुकताले विहानभरि दमाईको घरमा बसी दमाईलाई लुगासिउन तागेता गरिएका कुराहरु यहाँ परेका छन् । यसै विचमा आफूले दशैंमा नेपालमा यसरीनै खुसि हुनु परेको उत्सुकता जगाउँदै टिका लगाउने गरेको सम्झनाले सताउँदा दशैंका दिन वारी पारीबाट हल्ला गर्दै वल्लाघरबाट पल्लाघर अनि पारीघर देखि लिएर तल्लाघर सम्म टिका लगाउँदै रमाईलो गरिएका दृश्यहरु यहाँ देखिन्छन् । यसरी आफूले रमाईलो गरेका कुराहरुमा आज आएर आफ्ना छोराछोरीहरु यो रमाईलो बाट वञ्चित रहनु परेको दुःखको गुनासो समेत गरेको देखिन्छ ।
अमेरिकामा मनाईएको तिहार चाडले घरमा तिहारमा खेलेको द्यौसिरे भैलो, सेलरोटी पकाएको, अनरसा, झर, फिनीको सम्झना आउनुका साथै यतिबेला नेपालमा बा आमालाई सम्झना गरेको र त्यही सम्झिरहेको वर्ष तत्क्षण बा आमालाई पनि गुलियो खान नहुने चिनी रोग लागी तिहारमा रोटी पकाउने कुरालाई पनि त्यति चासो नदिएका कुरा र सानो भाई अमेरिका र ठूलो दाजु घर छोडेर बाहिर वस्न गएका कुराले बा आमाको शरिर अरु कमजोर बन्न गएका साह्रै मार्मिक र हृदयस्पर्सि कुराहरुले छोएका तत्थ्यगत सम्झनाहरु यहाँ समेटिएको देखिन्छ । अमेरिकामा पनि यसरी बिरालाले पाठासारे झैं सारिएको जिन्दगीले ठाऊँ ठाऊँ घुमाएका कुराहरु बडो चाख लाग्दा र टिठलाग्दा पनि देखिएका छन् । एक ठाऊँबाट अर्को ठाऊँमा सर्दाका पिडाहरु सामान किन धेरै जोड्ने आखिर अर्को ठाऊँ जानै पर्छ भन्ने मानसिक सोँचले नै धेरै सामान जोड्ने प्रयास नगरेका कुराहरु , भर्मान्टबाट अहिले बसेको ठाऊँ ओक्लोहवामा सामान आईनपुग्दाको पिडा, सामान नआईपुग्दा च्यादर बिछाएर सुतेको सम्झना, केहीदिन पश्चात् ट्रकले सामान ल्याईदिएर आफ्नो कोठा भर्न पाएको खुसि आदिले भरिएको कथा व्यथा पोखिएको देखिन्छ । अमेरिकामा सानैदेखि यौन शिक्षा दिईदोरहेछ । कहिलेकाही छोरा छोेरीहरुले घरमा आएर हाम्रो समाजमा खुल्न नसकेका कुराहरु गर्दा उनिहरुलाई जवाफ दिन असजिलो लागेका कुराहरु गरिएको र नेपालमा सकेसम्म डिभोर्स गर्दैनन् भन्ने जस्ता कुरा सुनाउँदा अमेरिकन साथीले आश्चर्य मानेका कुराहरु पनि यहाँ जोडिएको देखिन आउँछ । अमेरिकामा बसेर ग्रीनकार्ड पाउँदा अव अमेरिकाको बसाई लम्बिने भो भन्ने कुरालाई पनि अगाडि सारिएको देखिन्छ । नेपाल जान तैयार गरिएको यात्राको प्रसङ्ग निकै रोचक र उत्सुकताले भरिएको देखिन्छ । बा आमालाई भेट्नका लागि किनमेल गरेका थुप्रै समान देख्दा छोरा छोरीहरुले गरेका प्रश्नहरुको कुरा पनि यत्तिकै उनिहरुको लागि नौलो हुन पुगेको देखिन्छ । यो संसारलाई छोडि सकेकी बहिनीका कुराहरु पटक पटक ठाऊँ ठाऊँमा उठाउने गरिएको देखिन्छ । यसरी अमेरिकाबाट दश वर्षमा नेपाल फर्किएका कुराहरु गरिएको छ । नेपालबाट जाँदा काखमा लिएर गएका छोरा छोरीहरुलाई अहिले नेपाल फर्किदा काखमा राख्नु नपर्ने उनिहरु हुर्किसकेका कुराहरु परेका छन् । छोरा छोरीहरुको लागि नेपाल नौलो ठाऊँ भएको छ । आकाश, तारा घरमा पालेका गाइवस्तु, कुकुर, बिराला सबै सबै सँग रमाउन आतुर देखिएका छन् उनिहरु । दश वर्षका अन्तरालमा अमेरिकाबाट आफू जन्मेको ठाऊँ र आफ्नो बा आमालाई भेट्ने उद्देश्य लिएर फर्किदा गाऊँको ठाऊँ ठाऊँमा पाईला हाल्दा पहिला आफूले खेलेको वनमा सिम्ठा खाएको, आँधीबेरी चले पश्चात् वनमा गएर हावाले भाँचेका रुखहरुका हाँगाको दाउरा बनाएर घरमा लगिएका यि सम्पूर्ण सम्झनाहरुका ताजा संस्मरण बनेर चम्किएका कुराहरु गरिएको देखिन्छ ।
अमेरिकामा हुर्केका छोराछोरीहरुलाई लिएर बाको घर धनकुटाको कचिडे पुगे पछिको त्यो रात देखि नै नाति नातिनाहरु बा आमाको आखमा तुरुन्तै झिम्मीन पुगेका कुराहरु, घरमा गाईको गोबरले लिपपोत गर्दा उनिहरुलाई अनौठो लागेका कुराहरु, झिङ्गा साङ्ला र मोही पारेका कुराहरुले पनि उनिहरुलाई आश्चर्य पार्नुका साथै अमेरिकामा बसेर हुर्केका आफ्ना छोरा छोरीहरुलाई देखेर छिमेक वरपरका मान्छेहरु झुम्मीनु र उनिहरुसँग अङ्ग्रेजी बोल्न चहानु आदि कुरालाई प्राथमिकता दिएरयो प्रसङ्गले यसरी बिटमार्न पुगेको देखिन्छ । बुइगलमा दुर्घटना हुन पुगेकी आफ्नी प्यारी बहिनीका हर हमेसा चस्को र झस्को लागिरहेको कुरा उल्लेख गर्नुका साथै संसारमा नभएकी बहिनी जतिखेर पनि सम्झना गर्नु बाहेक अरुकुनै सोच्नै नसक्ने परिस्थितिको सृजना भएको देखिन्छ । छोरा छोरीहरुलाई पनि आफ्नी सानीआमाका बारेमा उनिहरुलाई सम्पूर्ण बेली बिस्तार लगाउन नसकिएका कुराहरु पनि यस प्रसङ्गमा जोडिएको देखिन्छ । यसरी तिन महिनाको नेपाल बसाईबाट अमेरिका फर्किनु पर्ने परिद्रिश्य गजबको लाग्यो । आमासँग बिदा हुने दिन आउँदासम्म आमाले फर्सिको मुन्टा पकाएर खुवाउँदाको त्यो क्षण बिर्सनै नसक्ने क्षण भएका कुराहरु र बाले हाम्रो अमेरिका फर्काइको अवसरमा बा आफैले जीप ल्याएर हाम्रा सामानहरु उक्त जीपमा राखी दिएका कुरा र उक्त अमेरिका फर्किने दिन भाईको कोठा बाग बजारमा गएर बसेका आदि इत्यादि कुराहरु यहाँ पर्न सफल देखिएका छन् यस बखत ।
यतिका वर्ष बितिसक्दा पनि आफ्नी प्यारी बहिनी आफ्नो परिवार माझ नरहेको कुरा छोरा छोरीहरुलाई यति धेरै समय सम्म पनि नसुनाउँदा उनिहरु आश्चर्य परेका कुराहरु गरिएका छन् । नेपाल छोडेर पुनः ओहायो आएका कुराहरु गरिएका छन् । नेपालमा प्रमुख मानिने चाड पर्वहरुमा अमेरिका फर्किन परेका कुराहरु गरिएका छन् । ओहायो फर्किएको केही दिन नहुँदै आमाको स्वर्गेबास भएको खवर आउँछ । छोरा छोरीले देखेको हजुर आमा अव उनिहरुको लागि विस्मृति मात्र बन्छ । अत्यन्त खप्नै नसकिने आमाको वियोगले मर्माहत बनेका छोरा छोरीहरुले समेत दुःख मनाउन पुगछन् । संसार नै आमा हो आमा बाहेक अव मेरो को रह्यो र यो संसारमा त्यही आफ्नो भन्ने आमा गुमाउन पुगेपछि आफू एक्लो फगत एक्लो भएको महसुस हुन्छ । यसरी आमाको वियोगमा दुःखित हुँदै गरेको पिडाले भरिएको यो प्रसङ्ग पढ्दा पनि कता हो कता नरमाईलो जस्तो लागेर आउँछ ।
आmफ्नो प्यारो भूमी नेपाल प्रतिको अगाध मायाले छोरा छोरीलाई नेपाली लेखाउन सिकाउन र बोलीचालीको भाषामा प्रयोग गराउन सक्नु पर्छ भन्ने भावनाले मनभरी कता कता काउकति लगाउन पुगेर आईतबारको हिन्दी कक्षामा उनिहरुलाई भर्णा गराईन्छ । हिन्दी र नेपालीको लिपी एउटै भएको कारणले यसो गरिएको देखिन आउँछ । हिन्दी कक्षाले छोरा छोरीलाई लिपी सिकाउन त सिकायो तर उनिहरु बढी हिन्दी बोल्न थालेको देख्दा भनेजस्तो सन्तोष नमिलेको कुराहरु यहाँ उठाईएको देखिन्छ । छोराछोरी हुर्किन थालेपछि आफूले कलेजमा पढ्न पाएका कुराहरुलाई अगाडि सारेको देखिन्छ । छोरा छोरी जन्माए पश्चात् पढ्ने धोको रहेको र धोको पुरागरिसके पछि अमेरिकी डिग्री हात परेका कुराहरुको पोको समेत फूकाएको देखिन्छ । अमेरिकमा हुर्केका छोराछोरीलाई नेपाली संस्कृतिमा ढाल्छु भनेर हुँदो रहेनछ । उनिहरु आफै स्वतन्त्र हुन चहाँदा रहेछन् । तै पनि नेपाली समाज सँग आफ्नो संस्कृति परिपक्क भइ सकेको हुँदा छोरा छोरीले गर्ने व्यवहार चित्त बुझेको हुँदैन के गर्नु यसरी नेपाली संस्कृतिलाई अमेरिकामा गएर आफ्ना छोराछोरी हुर्के पछि पनि यो संस्कृति उनिहरुलाई सिकाउन खोजेका कुराहरु परेका छन् यहाँ यतिखेर ।
आमा यस संसारमा नरहे पछि बाको एक्लोपन र बाले कान्छो भाईसँग साथ रहने गरी काठमाण्डौमा बस्न थालेको धनकुटालाई चटक्कै बिर्सेका अत्यन्त दुःखदायी कुराहरु यस प्रसङ्मा मिसिएका छन् । उता छोरा छोरीलाई अमेरिकन रहन सहनको बानी परिसकेको हुँदा आफूले सोँचे भन्दा फरकको परिस्थिति हुन पुगेका कुराहरुको प्रसङ्ग व्यक्त गरिएको छ । आमालाई विदाई गरेको तिन वर्ष नपुग्दै बालाई पनि गुमाउनु परेको दुःखद वेदनाका दुःखदायि कुराहरु रहेका देखिन्छन् । अव बा आमा नै नभए नेपालमा कुन साईनो लिएर जानु भन्ने गुनासो पोखीएको देखिन्छ । बालाई सम्झेर उहाँकै स्मृतिमा बाले रेडियो नेपालमा प्रवचन गरेका क्यासेट चक्काहरु यही मात्र बाको सम्झना भयो भन्ने अति दुःखै दुःखले भरिएका बा सँग आत्मियता गाँसिएको प्रसङ्गहरु रहेका देखिन्छन् । यसै प्रसङ्गमा ओहायोबाट न्यासभिल सर्नु परेका कुराहरु गरिएको छ । यसरी ज्याक्सनलेन ब्रेनउडमा सरेपछि घर किनेका कुराहरु गरीएको छ । अमेरिकामा घर किन्नु भनेको बैंक ऋणमा किस्तावन्दि तिनु हो कुनै खुसिको कुरा हुँन सक्दैन यस मामलामा भने भनिएको छ । नेपालीहरु र भारतियहरुको त्यो ठाउँमा केही वस्ती बाक्लो भएको हुँदा छोरा छोरीले आफ्नो भाषा जान्न, बुझ्न र सिक्न केही कम मद्दत मिलेका कुराहरु पनि यहाँ यतिखेर पर्न सकेका छन् । छोराले हाइस्ूलमा अत्यन्त राम्रोसँग पास गर्न सकेका कुराहरु गरिनुका साथै त्यहाँका नेपाली समाजसँग घुलमि गरउन पाउँदाको आनन्द थपिएका कुराहरु छन् । छोराको कलेज पढ्ने दिन १८ वर्षको पुगे पछि घर छोड्नु पर्छ भन्ने नेपालमा हुँदाखेरी सुन्ने गरेका कुराले आज भारती गौतमलाई यसरी झस्काई दिन्छ । पढ्ने छोरा पढाईको शिलशिलामा राम्रो कलेज खोज्नु पर्ने हुँदा उतै कलेज भए तिर छोरालाई बसाउनु पर्ने कुरा देखिन आउँछ । यसरी पढाईको कुरालाई लिएर राम्रो कलेज भएतिर बस्नु पर्दा परिवारसँग बा आमा देखि टाढा छुटेको जस्तै हुदो रहेछ भन्ने कुरालाई यसरी बुझ्न खोजीएको देखिन आउँछ । सन् २००१ सेप्टेम्वर ११ मा आतङ्कबादी द्वारा अमेरिकामा गरिएको विमान आक्रमणले त्यहाँ विद्यमान टुइन टावर ध्वस्त पारीएको विभत्स घटनाको कहाली लाग्दो त्यो दिनको स्मरण गरिएको देखिन्छ । यसैगरी हवर्ड विश्वविद्यालयमा शिवजीले पढाउने शिक्षकमा नियुक्ति पाएका कुराहरु गएिको छ । जहाँ गए पनि ढुक्कले बस्नै नपाउने पिडै पिडाले जेलिएर कतिबेला बसेको ठाउँबाट अन्त कतै सर्नु पर्ने हेक्का नभएर नै दिनहरु काट्नु परेका कुराहरु तेर्सिएका देखिन्छन् । आफ्नो पढाई पुरा हुन नपाएको गुनासाका केही अंशलाई यो प्रसङ्गले उच्चकाटीमा राखेर प्राथमिकता दिन सफल भएको देखिन्छ । बाबु आमा भएर आफ्ना जवान भएका छोरा छोरीलाई उनिहरुले बालक नै देख्छन् । यसरी जवान भएका छोरा छोरीलाई बालक नै छन् भन्ने ठान्नु हाम्रो संस्कार नै भएको हुनु पर्छ होला सायद । आफ्ना छोरा छोरीहरु बाबु आमालाई छोडेर काहीँ नजाउन हामी सँगै बसुन् हाम्रै आँखा वरिपरि रमाउन सकुन भन्ने सोँचाईले हामीलाई गाँजेको हुन्छ । तर बाहिरि मुलुकमा ठिक यसको विपरित छोरा छोरी १८ वर्ष पुगेपछि उनिहरुलाई शिक्षा दिक्षा दिने सन्दर्भमा आफ्नो घरबाट अन्त कतै राम्रो कलेज खोजेर राखीदिनु पर्ने हुन्छ । आफू सँग सँगै कसेकी छोरीलाई यसरी होस्टलमा छोडेर आउनु पर्दा कुन बाबु आमाको मन एक्लो हुँदैन र ? घर भित्र बाहिर जताततै सुनसान र एक्लो महसुस हुन्छ नै । त्यहीँ एक्लोपनको अत्यन्त दुःखपूर्ण पिडा पोखीएका कुराहरु आएका छन् यस प्रसङ्गमा । पूनः यसरी टेनेसीबाट बोस्टर्नकालागि त्यहाँको घरलाई विदाई गरेर जानु परेका कुराहरु परेका छन् यहाँ । टेनेसी छोडेर बोस्टर्न जाने अन्तिम रात वाईली आफूले मायाँ गरेर पाली राखेको कुकुर सँग विताएको र टेनीसीको घरलाई बाई बाई गरी घरको पेटीमा वाईलीलाई छोडेर टेक्सस तर्फ लाग्नु परेका नमिठो र नरमाईलो कुरा गरिएको छ । यसैगरी थकाईको रात वर्तमान सँग व्यूझिएर मनलाई शान्त बनाउने प्रयासमा मस्तिष्कलाई केही क्षण भए पनि हल्का पार्न खोजीएका कुराहर यहाँ पर्न सकेका छन् यसैगरी यो “अमेरिकमा आमा” संस्मरणात्मक उपन्यासको अन्तिम भागमा आफू छोरी तर्फकाट सम्धीनी अर्थात ज्वाईको शाशु बन्न पुगेको र लगत्तै केही समय पछि हजुर आमा बन्न पुगेको यथार्थ कुरोको चुरो लगाईएको बृतान्त यसरी यहाँ वर्णन गरिएको देखिन्छ ।
भारती गौतमको यो संस्मरणात्मक उपन्यास जस्ले पढ्ने मनन गर्ने र बुझ्ने प्रयास गर्छ आमाको भूमिका के हो ? आमा कस्तो हुनु पर्छ ? कति धेरै जिम्मवारीहरु आमा माथी पर्छन् ? भन्ने कुरालाई उसले छर्लङ्ग सँग बुझ्न सक्छ । छोरा छोरीको लागि आमा शब्द नै अपारको शब्द हो । आमाको अभावमा छोरा छोरीले आफ्नो जीवन एक्लो महसुस गर्छन् । छोरा छोरीको भविष्य निर्माण गर्ने जिम्मेवारी काँधमा बोकेर एउटी आमा सदैव त्यो सिढीमा उक्लीरहेकी हुन्छे । अमेरिकामा बसेर पनि आफ्ना छोरा छोरीलाई आफ्नो संस्कृति रितिरिवाज रहन—सहन सिकाउनु पर्छ भन्ने अभिप्राय बोकेर एउटी आमा रात दिन चिन्तित देखिन्छे नेपालबाट अमेरिका जाँदा छोराछोरीलाई काखीमा च्यापी आमाको भूमिका निर्वाह गरी अमेरिका पुर्याएका छोराछोरीहरुको भविष्य अति समवेदनसील र चिन्तित देखिने आमाले आफ्नो उत्तर दायित्वलाई त्यहाँ पनि सहज र असहज तरिकाले निर्वाह गर्नु परेका कुराहरुको साङ्गो पाङ्गो यो ”अमेरिकामा आमा“ सस्मरणात्मक उपन्यास पढिसके पश्चात् छर्लङ्ग हुन्छ । अमेरिकामा हुकिएका छोरा छोरीको त्यहाँको संस्कृतिसँग घुलमिल गराउनु पर्दा केही असजिलो मानेर नै नेपालमा आफ्नो माता पिता भएको ठाउँ कचिडेमा ल्याएर नेपालको स्ांस्कृति सँग परिचय गराउने प्रयास गरिशनछ ।
भारती गौतम द्वारा लेखिएको यो ४९६ को संस्मरणात्मक उपन्यासको ठेली भित्र प्रवेश गरी मैले यसभित्र आफूलाई डुलाउँदा जे देखेँ त्यहीँ लेखेको छु । आफूले देखेको लेख्न मलाई कत्ति पनि सङ्कोच नलागेर नै यो यसरी प्रस्तुत गर्न खोजेको हुँ । लेख्ने, पढ्ने र बुझ्ने मान्छेको आ—आफ्नै तरिका र शैली हुन्छ । त्यहीँ शैली र तरिका अनुसार म पनि आफ्नै शैलीमा प्रस्तुत भएर यति ठूलो पुस्तकलाई विटमार्ने प्रयास गरिरहेको छु । अमेरिकामा बसेर पनि आफ्नो जीवनका केही पाटाहरु गाँसिएको यो पुस्तकबाट हामीले धेरै कुराहरु पाउन सक्छौँ । यसबाट पनि हामीले हाम्रा जीवनका मोडहरुलाई कसरी सहज र असहज बनाउन सकिन्छ भन्ने बारे पाठ सिक्न र यो पुस्तकले मद्दत गरेको हुनेछ । तसर्थ जस्ले यो उपन्यास पढेर यसबारेको उपादेयता बुझ्ने कोशीस गर्न सक्यो भने यो श्रीखण्ड जस्तै बन्ने तर पढेर पनि नबुझ्नेलाई खुर्पाको बिण जस्तै बन्न सक्ने छ भनेर भन्न सकिन्छ । अस्तुः

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 बैशाख, 2073

लेखकका अन्य रचनाहरु