अन्तर्वार्तामा प्रस्टिएका चूडा मणि रेग्मी

- लक्ष्मी पौडेल

वि.सं. १९९३ सालमा सङ्खुवासभाको वानामा पिता पीताम्वर रेग्मी र माता खिलेश्वरी देवीका कोखबाट सानो कान्छो छोराको रूपमा जन्म लिनु भएका चूडामणि रेग्मी नेपाली भाषा साहित्यमा चर्चित नाम हो । वि।सं। २०१२ सालदेखि नै ९पहिलो कथा सङ्ग्रह—पहिलो यात्रा, ‘ २०१२० साहित्य लेखनमा प्रवेश गरी, झन्डै ६ दशक लामो समय पत्रकारितामा आफुलाई समर्पित गरी र ३४ वर्ष भन्दा बढी प्राध्यापन पेसामा आबद्ध भई हाल निवृत्त जीवन बिताइरहनु भएका रेग्मी २०१३ सालमा प्रारम्भ भएको झर्रोवादी आन्दोलनका सहयात्री मध्येका एक मानिनुहुन्छ । पूर्वका मोतीराम उपाधिले विभूषित हुनुभएका चूडामणि रेग्मीको व्यक्तित्व बहुआयामिक देखिन्छ । नेपाली भाषाका साथै साहित्यका कथा, कविता, निवन्ध, समालोचनामा कलम चलाउने रेग्मी साहित्यिक पत्रकारितामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँले झर्रो नेपाली घर चन्द्रगढी, झापाबाट दुईवटा सहित्यिक पत्रिकाहरु जुही त्रैमासिक र यथार्थ कुरा पाक्षिक लामो समयदेखि प्रकाशन गर्दै आउनुभएको छ । यिनै दुई पत्रिकाहरुका माध्यमबाट (पहिले युगज्ञान साप्ताहिकबाट पनि) झर्रोवादी आन्दोलनलाई अगाडि बढाउनुका साथै नेपाली भाषामा रहेका अवैज्ञानिक वर्ण व्यवस्था र असजिलोपनलाई हटाउन उहाँले आफ्नो प्रस्तावित वर्णविन्यासलाई पनि अघि सार्नुभएको छ ।
चूडामणि रेग्मीलाई एउटा व्यक्ति नमानेर संस्था मानिन्छ किनभने सर्वसाधारण व्यक्ति आफ्नै स्वार्थ र लाभहानिका निमित क्रियाशील हुन्छ भने संस्था व्यक्ति चाहिं व्यक्तिगत स्वार्थ र लाभहानीबाट माथि उठेर आफ्नो समाज, आफ्नो राष्ट्र, आफ्नो भाषा र आफ्नो साहित्य संस्कृतिको उन्नतिका लागि मरिमेट्छ, दिलोज्यान दिएर समर्पित हुन्छ । रेग्मीले आफ्नो जीवन नै शिक्षा, विद्या र चेतना बढाउने काममा अर्पण गरेको देखिन्छ । नेपाली भाषालाई अत्यन्त माया गर्ने रेग्मीले अहिले सम्म पनि झर्रोवादका मूलभूत सूत्रहरुलाई समाती अघि बढ्न छोड्नु भएको छैन बरु अरु मूल पुरुषहरु भने औल्टेकोल्टे लागेको देखिन्छ । राष्ट्र भाषा नेपालीको गरिमा अस्मिता, सान स्वाभिमानका लागि अझ पनि उहाँ संघर्षत हुनुहुन्छ । अथक यात्री झै बाटो छिचोली रहनु भएको छ । ७७ वर्षको उमेरले उहाँको क्रियाशीलतालाई छेकबार लगाउन सकेको छैन । प्राध्यापन पेसाबाट विश्राम लिन मानेको छैन । साहित्यिक सद्भाव यात्राका अभियन्ता वनेर नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्मका साहित्यिक स्रष्टाहरुका बिच सेतु बनेर संयोजनको भूमिका निर्वाह गर्ने रेग्मी मोफसलमा बसेर पनि अत्यन्त क्रियाशील जाँगरिला, साधनारत, सकारात्मक सोच भएका सेवा भावनाबाट प्रेरित, लगनशील, दृढनिश्चयी र स्वाभिमानी व्यक्तित्व हुनुहुन्छ । भाषा योद्धाका रुपमा चिनिने रेग्मीले भाषा साहित्यका क्षेत्रमा अधा शताब्दि नै झापाली भूमिमा खर्चिनु भएको देखिन्छ ।
यस्ता भाषाविद्, सर्जक, समालोचक, प्राध्यापक पत्रकार विभिन्न व्यक्तित्व भएका चूडा मणि रेग्मीको निजी दृष्टिकोण, विचार तथा धारणाहरु बुझ्न स्थानीय तथा राष्टिय स्तरका विभिन्न पत्रपत्रिका तथा व्यक्तिहरुले प्रशस्तै अन्तर्वार्ताहरु लिएको पाइन्छ । जसले गर्दा उहाँका योगदानहरु साहित्यिक गतिविधिहरु, देशको राजनीति, शिक्षाबारे उहाँका व्यक्तिगत दृष्टिकोणहरु पाठकहरु समक्ष अझ प्रष्टिन पाएका छन् । उहाँले दिएका धेरै अन्तर्वार्ताहरु मध्ये उपलब्ध भएका केही अन्तर्वाताहरुका आधारमा उहाँको निजी दृष्टिकोणहरुलाई सार संक्षेपमा उल्लेख गर्ने उद्देश्य यहाँ रहेको छ ।
अन्तर्वार्ता लिने केही पत्रिका तथा व्यक्तिहरु
१। जनमत ९२०५४, असार २४ गते, काभ्रे०
द्द। ज्ञानगुनका कुरा ९२०५७, भाग(टद्द, काठमाडौँ०
घ। दोमुखा ९२०६१, वर्ष १, अङ्क(छ झापा०
द्ध। हाम्रो सिर्जना ९द्दण्टद्द, अङ्क(द्द, वर्ष(ज्ञ, नारायणगढ०
छ। सुसेली ९पुन्यप्रसाद खरेल० काँकरभिट्टा, झापा०
ट। पत्रकार माधव विद्रोहीसँगको कुराकानी भद्रपुर
ठ। संगम द्दण्छड कमल जङ्गलीको प्रश्न वर्ष(१,
ड। जस्केलो ९द्दण्छछ० हेमराज अधिकारी, काठमाडौँ
ढ। नवरङ्ग ९द्दण्छढ, डम्मर घिमिरे० झापा
ज्ञण्। लीला वार्ता र शरणार्थी ९द्दण्छट, कृष्ण वराल० झापा
माथि उल्लिखत पत्रिकाहरुले छापेको अन्तरवार्तामा सबैले महत्त्व दिएका साझा प्रश्नहरुका उत्तरका रूपमा प्रस्तुत भएका चूडा मणि रेग्मीका दृष्टिकोण र विचारहरुलाई निम्न पक्षमा विभाजन गरी समेट्ने प्रयास गरिएको छ ।
ज्ञ। भाषिक पक्ष
झर्रोवादी आन्दोलनका बारेमा प्रश्न गर्दा उहाँ यसको स्थापना तथा उद्देश्यका बारेमा प्रस्ट पार्दै भन्नुहुन्छ(×वि।स। द्दण्ज्ञघ सालमा झर्रोवादी आन्दोलन घोषणा भयो । यसका मूल पुरुष बालकृष्ण पोखरेल हुन् ।—नौलो पाइलो‘ नामक पत्रिकाबाट यो आन्दोलन चर्कियो । पोखरेलका सहयोगी तारानाथ शर्मा र कोशराज रेग्मी हुन् । अन्य सहयोगीमा धेरै नाम छन् ती मध्येका केही नाम कमल दीक्षित, कृष्णप्रसाद पराजुली, डा। वल्लभमणि दाहाल, चूडामणि रेग्मी, विपिनदेव ढुंगेल तथा श्यमप्रसाद शर्मा चाहिं साँच्चै भन्ने हो भने बालकृष्ण पोखरेलका अग्रज र प्रेरक व्यक्ति हुन् ।
यस आन्दोलनले विचारले जनताका छेउमा हिँडौ, बोलीले जनताकै बोली वोलौं, जननी भए पनि संस्कृतको थिचोमिचोमा नपरौं । नेपाली भाषालाई थिच्ने गरी हिन्दी र अङ्ग्रेजीको प्रभावबाट पर रहौं वरु शब्द पुग्दैनन् भने नेपाली प्रत्यय लगाई शब्द बनाऔं भन्ने भावना झर्रोवादीले प्रचार गरे । यो राष्ट्रवादी भावनाको प्रतिनिधि आन्दोलन थियो ।
झर्रोवादी आन्दोलनको वर्तमान सान्दर्भिकता बारेको जिज्ञासामा उहाँ वर्तमान समयमा झर्रोवादी आन्दोलनको अझ बढी आवश्यकता रहेको बताउनुहुन्छ । आज संचारका विभिन्न माध्यमबाट भाषामा फैलिएको अराजकताप्रति सचेत रहन जरुरी भएकाले झर्रोवादी आन्दोलनको कान्छो सदस्यको नाताले मात्र नभई चेतनात्मक रुपमा पनि झर्रो भावना जीवित राख्ने भित्री ध्येय रहेको आशय उहाँको रहेको छ । उहाँका अनुसार प्रस्तावित व्याकारणका सन्दर्भमा आफूले ल्याएका कुराहरु पनि झर्रोवादी आन्दोलनकै पछिल्लो रूप हो । भाषा र देशको प्रेम कहिल्यै रित्तिनु हुन्न । झर्रोवादले नेपाली भाषालाई चोखो रुपमा विकसित हुन मद्दत पुग्छ ।
रेग्मीको प्रस्तावित व्याकरणले नेपाली भाषा तथा व्याकरणका क्षेत्रमा निकै चर्चा कमाएको छ । उहाँले आफ्नो प्रस्तावित व्याकरणका सम्बन्धमा आफ्नै पत्रिका —जुही‘ र —यथार्थ कुरा‘ बाट, विभिन्न पुस्तकका भूमिकाहरुबाट, भाषिक लेखहरुबाट र अन्तर्वार्ताका माध्यमबाट आफ्ना मान्यताहरु प्रस्तुत गर्नुभएको छ । उहाँको स्वीकारोक्तिबाट के थाहा लाग्छ भने वर्णविन्यास सम्वन्धी नयाँ प्रस्तावहरुमा सूर्य विक्रम ज्ञवालीको तद्भवका सबै शब्दको अन्त्य दीर्घ लेख्ने ९अपवाद वाहेक० र उच्च शिक्षामा समेत ग्रहण गरिएको शब्दको थालनी र माझमा ह्रस्व लेख्ने मान्यता, महानन्द सापकोटाको ञ र व(ब को प्रयोग गर्ने मान्यता, कमल दीक्षितले चलाएको नेपाली —झ‘ तथा श्यमप्रसाद शर्माको —रु‘ —रू‘ का साथै बालकृष्ण पोखरेल, रोहिणीप्रसाद भट्टराई, ईश्वर बराल आदि विद्वान्हरुका मान्यता समेटिएका छन् । उहाँले अघि सारेका वर्णविन्यास सम्बन्धी केही मान्यताहरु यस प्रकार छन्(
ज्ञ। पुरानो व्याकरणमा परिवर्तन आवश्यक छ ।
द्द। नेपाली व्याकरणमा अनावश्यक रुपमा रहेका वर्णहरु हटाइनुपर्छ ।
घ। अ, आ, इ, ई, उ, ऊ, ए, ऐ, ओ, औ, मध्ये ह्रस्व र दीर्घ – इ(ई, उ(ऊ, ऋ, ए(ऐ, प्रयोग नगर्ने, यी अक्षर प्रयोग गर्दा ऋ(रि, ए(अ‍े, ऐ(अ‍ै प्रयोग गर्ने, इ(ई मध्ये विभेद नगरी एउटै —इ‘ लेख्ने र —ऊ‘का ठाउँमा —उ‘ लेख्ने
द्ध। शिरविन्दुको अराजकताले भाषामा समस्या ल्याएको
छ। —ञ‘ को आवश्यकता रहेको ।
६। —ब‘ र व सम्बन्धी प्रस्ट हुन आवश्यक, क्ष( छय, त्र(त्र, ज्ञ(ग्यलाई वैकल्पिक मान्ने आदि यसै सन्दर्भमा उहाँका अनुसार ( रु रू, अ‍े अ‍ै मै एकरुपता छ । ङ्ग–ङ्ग, ह्य–ह्य द्य–द्य आदि संयुक्त व्यञ्जन अप्ठयारा अवैज्ञानिक तथा टङ्कण गर्न असजिलो भएकाले यस्ता नियमलाई बहिष्कार गर्ने नीतिको परिणति स्वरुप प्रस्तावित व्याकरण आएको हो ।
साहित्यिक पक्ष
×म मूलतः निबनेधकार हुँ‘ भन्ने रेग्मीका ४ कथा सङ्ग्रह, ९ निबन्ध संङ्ग्रह, ३ भाषा, २ व्यङग्य २ काव्य, ४ समालोचना एक छ्यास्मिस सँगालो गरी द्दछ वटा भाषिक तथा साहित्यिक कृतिहरु प्रकाशित भइसकेका छन् । निबन्धलाई उहाँ आफ्नो मन पर्ने प्यारो विधा र एकान्तको साथी भन्नुहुन्छ तथापि उहाँका अन्य विधाहरु निवन्ध भन्दा फिका देखिदैनन् । यक्षको पोखरा प्रवास ९काव्य०, पारिजात परिचय र मूल्याङ्कन ९समालोचना० नेपाली टुक्काहरुको अध्ययन ९भाषा०, आँखा र मनका पाइलाहरु ९निबन्ध०, चावी ९कथासङ्ग्रह० उहाँका उल्लेख्य कृतिहरु हुन् ।
साहित्य के हो ? र कस्तो हुनुपर्छ ? अनि साहित्यकारको दायित्त्व के रहन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ( ×लेखकको दृष्टिको सफलतम अभिव्यक्ति नै साहित्य हो । साहित्य स्तरीय हुनुपर्छ । स्तरीय साहित्यमा स्तरीय विचार र सिपको समन्वय हुनुपर्छ । लेखनकै दृष्टिले साहित्यको मूल्याङ्कन गर्नुपर्छ न कि आचरण हेरेर ।
×साहित्यकारहरुको दायित्त्व कुनै पनि सिर्जना मौलिक र खँदिलो हुनुपर्छ । विशेष गरी उत्तेजनामा अल्मल्याउने हुनुहुँदैन ।‘‘
वर्तमान साहित्य गतिशील रहेको तर यसको विस्तृत विवेचना नभइरहेको स्थितिप्रति उहाँ चिन्तित देखिनु हुन्छ । राजधानीवादको पराकाष्ठामा पिल्सिएको निसास्सिएको नेपाली साहित्यलाई हामीले नै उन्मुक्तिको प्रयत्न गर्नुपर्छ भन्ने विचार उहाँ व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार एउटा सफल लेखक बन्न मौलिक प्रतिभा मौलिक लेखन, विशेष साधना, श्रम र सिप चाहिन्छ । विशेष अध्ययनको पनि उत्तिकै खाँचो हुन्छ ।
मार्क्सवादी विचारबाट प्रभावित रेग्मीलाई जनमतले साहित्य र राजनीतिमा कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ? राजनीति र साहित्यको सम्वन्ध कस्तो हुनुपर्छ भनी राखिएको जिज्ञासामा उहाँको धारणा यसप्रकार रहेको पाइएको छ ।
राजनीति र साहित्यको सम्बन्ध नङ र मासुको हुन्छ । राजनीति भनेको विचार हो, दृष्टिकोण हो । दृष्टिकोण विना साहित्यको जन्म हुँदैन । एक अर्थमा राजनीति र साहित्यको पारस्परिक सम्वन्ध छ तर अर्को अर्थमा दुवै स्वतन्त्र पनि छन् । छोटकरीमा भन्दा साहित्यकार दुवै स्वतन्त्र पनि छन् । साहित्यकारलाई डो¥याउने प्रमुख कुरा राजनैतिक विचार हो ।
नेपाली साहित्यमा पश्चिमी प्रभावस्वरूप भित्रिएका विभिन्न वाद र सिद्धान्तहरुलाई लक्ष्य गर्दै कृष्ण बरालले अहिले चलिरहेको लीलालेखनलाई कसरी हेरिरहनु भएको छ भनी सोध्दा लीलालेखन प्रति त्यति सन्तुष्ट नरहेको कुरा उहाँ व्यक्त गर्नुहुन्छ ।
सिद्धान्त स्वयम्मा नराम्रो नभए पनि त्यसका नाममा जब उट्पट्याङ कुरा, विकृत विचार, विसङ्गत भावना अभिव्यक्त हुन थाल्छ त्यसले साहित्यमा विकृति ल्याउँछ । उहाँका अनुसार इन्द्रबहादुर राई नाइके रहेको लीलालेखन साहित्यमा सर्वतोमुखी हुन सकेको छैन । कथा र उपन्यासमा यसले केही प्रभाव पारे पनि साहित्यका अन्य विधामा यो जम्न सकेको छैन । त्यस्तै तेस्रो आयामले पनि केही समय आफ्नो सशक्तता देखाए पनि कविता बाहेक अन्य विधामा यसले पूर्ण प्रभाव जमाउन सकेन । यति हुँदा हुँदै पनि लीलालेखनमा कृष्ण धरावासीको —शरणार्थी‘ ९उपन्यास० र रत्नमणि नेपालको —कथा इन्द्रेनी‘ ९कथासङ्ग्रह० लीलालेखनका उल्लेख्य सिर्जना हुन् । शैली विज्ञान र लीला लेखनको सम्बन्धलाई प्रस्ट पार्दै उहाँ भन्नु हुन्छ लीलालेखन र शैलीविज्ञान निकटस्थ दाजुभाइ हुन् तर शैलीविज्ञान माध्यम हो, साधना हो तर लीलालेखनलाई साध्यका रूपमा लिने गरिन्छ ।
नेपाली समालोचनाका सशक्तताबारे रेग्मीका आफ्नै धारणाहरु रहेका पाइन्छन् । नेपाली समालोचना त्यति कमजोर नभएको उहाँको ठम्याइ छ । प्रगतिवादी साहित्य तथा समालोचनामा आस्था राख्ने रेगमीका विचारमा प्रगतिशील समालोचनामा वादहरुको अत्यधिक विभाजनले समस्या निम्त्याएको र साहित्यका अन्य विधामा झै समालोचनामा पनि वर्ण शङ्कर उत्पन्न भएको छ । प्रगतिशील समालोचनाको सशक्तताका लागि निष्पक्ष रूपमा समालोचना गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्नुपर्छ । प्रशंसा, स्तुतिगान गर्ने गराउने परिपाटी भने अझै हट्न नसकेको गुनासो उहाँको रहेको छ ।
पत्रकारिता पक्ष
चूडा मणि रेग्मीको व्यक्तित्वको अर्को पाटो पत्रकारिता हो । युगज्ञान, जुही र यथार्थ कुराका माध्यमबाट मोफसलका प्रेरक व्यक्तित्वका रुपमा पनि उहाँ चिनिनुहुन्छ । वि।सं। द्दण्ज्ञघ सालमा नेपाली संस्कृत छात्रपरिषद् वाराणासीले प्रकाशन गरेको पत्रिका —छात्रदूत‘ उहाँले सम्पादन गरेको पहिलो पत्रिका थियो । साहित्यक पत्रकारितामा करिब ६ दशक बिताइसक्नु भएका उहाँले छहारी, मोती, धारा, अध्ययन, कस्तुरी आदि नामक पत्रिकाको सम्पादक भएर भूमिका निर्वाह गरिसक्नु भएको छ । द्द२ वर्ष जति युगज्ञान साप्ताहिकको प्रत्यक्ष अप्रत्यक्ष प्रकाशन, सम्पादन गरी द्दण्घड बाट जुही त्रैमासिक पत्रिका र द्दण्छद्द बाट —यथार्थ कुरा‘ पाक्षिकको प्रकाशन र सम्पादन गर्दै आउनु भएका रेग्मीले नेपाली पत्रकारिताको क्षेत्रमा पनि उल्लेख्य योगदान पु¥याएको देखिन्छ ।
—छात्रदूत‘ पत्रिकाले नै पत्रकारितातर्फको तिर्खा जगाएको, बनारसका तत्कालीन चर्चित पत्रिकाहरुले र नेपाली पत्रिकाहरु शारदा, भारती, रूपरेखा आदि नामुद पत्रिकाले त्यसतर्फको तृष्णालाई अझ बढाएको र आफुले निकालेका मोती, कस्तुरी आदिले धित नमरेको हुँदा अहिलेसम्म यसैमा लागिरहेको बताउँदै समय अनुसार नेपाली साहित्यिक पत्रकारिताको शैली पनि फेरिंदै जानु स्वाभाविक हो भन्नुहुन्छ ।
साहित्यिक पत्रकारिताको भविष्य सम्वन्धमा नेपाली साहित्यिक पत्रकारिता उर्ध्वोमुखी रहेको र शारदाकालीन पत्रिका र अहिलेका पत्रिकामा आकाश जमिनको फरक रहेको धारणा उहाँको रहेको छ ।
केही विकृति र विसङ्गति सधै हुने कुरा भए पनि नेपाली साहित्यिक पत्रकारिताको भविष्य उहाँ उज्ज्वल देख्नुहुन्छ । साहित्यिक पत्रकारितातर्फ राज्यले विशेष ध्यान नदिएको तर्फ भने उहाँ औलो ठड्याउनु हुन्छ ।
तपाईंलाई पूर्वाञ्चलका मोतीराम भनिन्छ नि ? तपाईंले मोफसलका साहित्यकारहरुलाई अगाडि ल्याउने काम गर्नु भयो नि ? भन्ने सबालमा उहाँ भन्नुहुन्छ —सम्पादकको काम नै प्रतिभालाई उज्यालोमा ल्याउने हो । शारदा रूपरेखा, रचना, रत्नश्री, अभिव्यक्ति, जनमत आदि धेरै पत्रिकाहरुको लक्ष्य पनि प्रतिभाहरुलाई अगाडि बढाउनुका साथै साहित्य र साहित्यिक गति विधिलाई पनि अगाडि बढाउने हो, त्यही प्रयत्न गरेको छु । सबै सम्पादकहरु मोतीराम नै हुन् ।‘
शैक्षिक पक्ष
मेची क्याम्पसमा भाषा तथा साहित्य शिक्षणमा घद्ध वषर्भन्दा बढी समय प्राध्यापन गरेर सहप्राध्यापकका रूपमा स्वेच्छाले सेवानिवृत्त हुनु भएका चूडा मणि रेग्मी देशको वर्तमान शैक्षिक अवस्थाप्रति निकै चिन्तनशील देखिनुहुन्छ । मेची क्याम्पसमा नेपाली विषयको एम।ए। पढाइ थाल्नमा पनि उहाँको ठूलो योगदान रहेको छ । शिक्षाविद् घनेन्द्र शर्मासँगको भलाकुसरीमा उहाँ शिक्षामा विषमता रहेका कुरा स्वीकार्नु हुन्छ । शिक्षा क्षेत्रमा काम गर्ने जिम्मेवार पक्षले दूरगामी सोच नराखिदिंदा शैक्षिक पक्ष खस्कदै गएको छ । वर्तमान शिक्षा भोलिको देशलाई काम लाग्दैन तसर्थ प्राविधिक शिक्षामा जोड दिनुपर्छ भन्ने राय उहाँले व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ —अहिलेको अवस्थामा पनि आफ्नो देशको परिस्थिति हेरी सही शिक्षा नीति अपनाइनुपर्ने हो तर नातावाद, कृपावाद, दलवादका कारणले सही शिक्षा नीतिको तर्जुमा र सही कार्यान्वयन हुन सकेको छैन ।‘
पठन संस्कृति कमजोर भएको हाम्रो समाजमा अध्ययन विना हुँकार गर्नेको जमात ठूलो भएको ठान्ने उहाँ युवापुस्ताप्रति भने आशावादी देखिनुहुन्छ । नवप्रतिभाबाट विभिन्न विधामा कलम चलिरहेको छ । यिनीहरुको मूल्याङ्कन कसरी हुने हो ? भन्ने चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नु हुन्छ ( —पुराना पुस्तालाई नै पाठ्यसामग्रीमा रटाइएको छ, नयाँको राम्रोसँग समालोचना हुन सकेको छैन ।‘
सङ्क्षेपमा यहाँ मैले यति मात्र कुराहरु प्रस्तुत गरेकी छु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 बैशाख, 2073

लेखकका अन्य रचनाहरु