सुहागरात

- पेशल आचार्य

चुनाव जितेपछि नेता खुसी भए । धेरै वर्षदेखि उनले नजितेको चुनाव क्षेत्रमा फेरि एकपटक रौनक आयो । कुखुरा भुत्ल्याइए । खसी काटिए । राँगा लडे । बियर र रक्सीका बिर्का खोलिए । माहौल यस्तो भयो कि सबै खुसहाल देखिए ।
एकाएक नेतापत्नीको मुहारमा कालो बादलको धर्सा देखियो ।
नेताले पत्नी खुसी पार्नका लागि बेलुका खुुुसुक्क कानमा भने – अब तिमीले चाहे अनुसार सांसद विकास कोषको रकम चलाउन पाउने भयौ ।
जनताका नेताको यो भनाइपछि एक्कासी नेता पत्नीको मुहारमा चन्द्ररश्मिको कान्ति छायो ।
उनले भनिन् –हजुर अब हाम्रो सुहागरात सुरु भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 18 चैत्र, 2072

लेखकका अन्य रचनाहरु