नेपाली भाषाको मानकीकरणमा शब्दकोश परम्परा

- प्रा.डा.वद्री विशाल भट्टराई

१. परिचय
व्याकरण र शब्दकोश भाषाको स्तरीकरण र मानकीकरणका संयन्त्र तथा सन्दर्भ ग्रन्थ मानिन्छन् । भाषाका आन्तरिक विशेषताहरुको अन्वेषण, विश्लेषणपछि सामान्यीवृmत नियमहरुको सूचना व्याकरणबाट पाइन्छ भने शब्द भण्डारको प्रवृmति र प्रवृत्तिको अध्ययन सहित शब्दको उच्चारण, हिज्जे, व्युत्पत्ति, व्युत्पादन, शब्दवर्गीय स्थिति, व्याकरणिक सूचनाहरु, शब्द प्रयोगको सामाजिक स्तरगत अवस्था, अर्थ विविधता जस्ता समग्र शाब्दी सूचना शब्दकोशले प्रदान गर्दछ । सम्बन्धित भाषाको शब्द भण्डारको प्रकृति र प्रवृत्तिको लेखाजोखा गर्दै कथ्य र लेख्य रूपका विविधताको न्यूनीकरण सहित प्रयोक्तालाई बहु प्रचलित मानक रूपको प्रयोग गर्न प्रेरित गर्नु शब्दकोशको कार्य मानिन्छ । भाषाको व्रmमिक विकास र गतिशीलताको मापन समेत शब्दकोश र व्याकरणले गरेका हुन्छन् । यिनै कार्यका आधारमा शब्दकोश र व्याकरण भाषाको स्तरीकरण र मानकीकरणका आधार मानिएका हुन् ।
उद्भव कालदेखि नै नेपाली भाषा नेपाली जनताको वाग्व्यवहारको माध्यम बन्दै आएको र यो भाषा पश्चिमबाट व्रmमशः पूर्वतर्पm पैmलँदै साझा तथा सम्पर्क भाषाको रूपमा नेपाली समाजमा घुलमिल भई वर्तमान अवस्थामा देशको शिक्षा, सञ्चार र सरकारी कामकाजको भाषाको रूपमा प्रचलित छ । यो भाषा नेपालमा मात्र नभई भारत, भुटान, बर्मा जस्ता छिमेकका देशमा व्यापक रूपमा र भौगोलिक दुरी भएका बेलायत, अमेरिका जस्ता देशमा पनि पुगेको र फैलेको छ । सर्व साधारण जनतासम्म सूचना प्रविधिको पहँुचले यसको विस्तार झन् बढ्दै गएको देखिन्छ । ती देशमा पनि नेपाली भाषाको व्याकरण, कोश र साहित्यको प्रशस्त विकास भएको छ । त्यहाँका शब्दकोश र तिनको मानक निर्धारणबारे छुट्टै कार्यपत्र रहेको थाहा पाइएकाले यहाँ ती शब्दकोशको विवेचना गरिएको छैन ।
त्यसै पनि वृहत् परिवेशमा पैmलँदा भाषाका क्षेत्रीय भेदहरु विकसित हुन्छन् । यो यथार्थ अनुसार नेपाली भाषामा हाल झन्डै एक दर्जन जति क्षेत्रीय भेदहरु विकसित देखिएका छन् । नेपाली जातिमा विकसित दरो सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक एकता, प्रयोग प्रचलनको आधिक्य र लोकप्रियताका कारणले पूर्वतर्फको भाषिक भेद बोलीचालीमा व्यापक प्रयोगमा आउँदा आफैँ प्रारम्भिक मानक चयन हुन पुगेको ऐतिहासिक तथ्य यहाँ सन्दर्भित हुन आउँछ (दाहाल, २०३३ ः १२१) । मुलुकको एकीकरणपछि नेपाल सरकारको कामकाजको भाषाको रूपमा मान्यता पाएको यस भाषामा प्राचीन कालमा नै लिपिबद्ध केही अभिलेख र कागजातहरु प्राप्त भएका छन् । वि.सं. १०१२ तिरको लेख्य नमुना (खनाल, २०६८ ः १७) फेला परे पनि तत्कालीन लेख्य नेपाली भाषा के–कस्ता नियमबाट निर्देशित थियो भनेर किटान गर्ने कुनै आधार अद्यापि भेटिएको छैन । प्रारम्भमा अङ्ग्रेज विद्वान्हरुद्वारा र पछि व्रmमशः नेपाली विद्वान्हरुद्वारा यसका व्याकरणहरु लेखिएका भए पनि (शर्मा, २०५८) बिसौँ शताब्दीको सातौँ दशकमा आएर मात्र यसको आधिकारिक व्याकरण (पाण्डे, १९६९) बनेको र लेख्य मानक निर्धारणको पहिलो आधार तयार भएको मानिन्छ ।
२. भाषाको मानकीकरण ः प्रयोजन, आधार र सामग्रीहरु
भाषाका कथ्य र लेख्य दुई रूपमध्ये कथ्य रूप प्राचीन, मौलिक, गतिशील र सहज मानिन्छ भने लेख्य रूप अर्वाचीन, कथ्यको दाँजोमा केही स्थिर तथा कृत्रिम मानिन्छ । भाषिक एकरूपताका निम्ति भाषाका यी दुबै रूपको मानकीकरण आवश्यक हुन्छ (रोहरा,१९८० ई ः १६८ र शर्मा र लुइटेल, २०६४ ः ३८) । भाषाको कथ्य रूपमा विविधता हुन्छन्, भाषिका उपभाषिका यसका उदाहरण हुन् । एउटै भाषाका वक्ता भएर पनि भाषा र भषिकामा विकसित भिन्नताले उनीहरुबिच एक–अर्कामा भाषा सञ्चारमा कठिनाइ पर्दछ । वृहत् परिवेशमा पैmलेको भाषामा वर्णोच्चारण, रूप, शब्द, रूपावली, शब्दार्थ र व्याकरणमा समेत भिन्नता आई यस्तो समस्या हुने गर्दछ । कथ्य रूपमा आएको भिन्नताले स्वभावतः लेख्य रूपमा पनि भिन्नता ल्याउँछ । वस्तुतः यिनै कारणले लेख्य तथा कथ्य भाषामा मानकीकरणको टड्कारो आवश्यकता पर्दछ (अधिकारी, २०६२ ः ६२) । भाषाको स्तरीकरण र मानकीकरणका विविध आधार र युक्तिहरु प्रचलित देखिन्छन् । कथ्य रूपमा रहेको कुनै भाषाको स्तरीकरण गर्दा वृहत् क्षेत्रमा पैmलेको, बहु प्रचलित क्षेत्रीय भेदको छनोट नै प्रारम्भिक मानक निर्धारणको आधार बन्दछ । यसरी छनोटमा परेको भाषिक भेदभित्र निहित वर्ण, शब्द भण्डार, रूपावली, पदावली तथा वाक्यतत्त्व आदिमा रहेका विशेषताको अन्वेषण विश्लेषणपछि गरिएका सामान्यीकृत नियमहरुको सँगालोका रूपमा व्याकरण बनेको हुन्छ । सम्बन्धित भाषिक समुदायमा यी नियमहरुको प्रसारको व्रmम यसपछि चल्दछ । शिक्षा, आमसञ्चार, सार्वजनिक प्रशासन आदिमा हुने प्रयोग नै भाषा प्रसारका प्रभावकारी क्षेत्र तथा युक्ति मानिन्छन् भने यस कार्यमा शब्दकोशले एक प्रभावकारी सन्दर्भ ग्रन्थको रूपमा काम गर्दछ ।
लेख्य र कथ्य दुबै रूपमा उपर्युक्त प्रव्रिmयाको उपयोग गरिने कुरालाई विभिन्न भाषा योजनाकारहरुले स्विकारेका छन् (अधिकारी, २०६२ ः४९) किनकि लेख्य भाषामा जति मानकीकरणको आवश्यकता पर्दछ कथ्य रूपको मानकीकरण पनि त्यति नै अपेक्षित हुन्छ । त्यसैले विकसित शब्दकोशहरु शब्दार्थमा मात्र सीमित नभई मानक उच्चारण, व्युत्पादन, व्युत्पत्ति, व्याकरणिक सूचनाहरु सहित शब्द सम्बन्धी समग्र सूचनाहरुले सुसज्जित हुन्छन् । तर, भाषामा परिवर्तन नरोकिने हुँदा समय समयमा पुनः नियमको संशोधन अपेक्षित हुन्छ भने तिनको प्रसार र प्रयोगको गतिशील चव्रm पुनः चलाइ रहनु पर्दछ । भाषाको मानकीकरण सम्बन्धी उपर्युक्त आधारहरु प्रारम्भिक मानकको चयन, नियमबद्धता, सम्बन्धित भाषिक समुदायमा प्रसार, भाषिक परिवर्तनको तथ्यपूर्ण गहन आकलन तथा पुन नियमबद्धता र प्रसारको चव्रmबारे भाषा योजनाकार फ्रान्सिस एक्स.काराम (१९७४ई.) द्वारा प्रतिपादित मानकीकरणको नियमित चव्रm चलाई भाषामा एकरूपता कायम हुने (दाहाल, २०३३ ः १२२) उल्लेख गरिएको छ । यसमा हिज्जे नियमले भाषाको लेख्य रूपको मानकीकरण हुने कुरा स्विकारिएको (अधिकारी, २०६२ ः ६२) पाइन्छ । भाषाको लेख्य रूपका पनि सामाजिक तथा प्रयोजनपरक भेदहरु हुन्छन् । यी विशिष्ट वा प्रयुक्तिगत भेद हुन् । विषय र शब्द भण्डारका कारणले प्रयोजनपरक भाषिक भेदहरु भिन्न भए पनि आधारभूत व्याकरण र हिज्जे उही हुने र सामान्य र प्राविधिक कोशले तिनलाई एकरूपता दिने (भट्टराई, २०६४ ः७– १२) हुँदा विशिष्ट भेदको मानकीकरणको छुट्टै आधार हुँदैन ।
३. लेख्य नेपालीको मानकीकरणका समस्या क्षेत्रहरु
नेपाली शब्द भण्डार तत्सम, तद्भव र आगन्तुक शब्दले बनेको छ । शब्द भण्डारका यी सबै शब्द लेखनका लागि तर्जुमा गरिएका हिज्जे नियमहरु पनि पहिलेदेखि नै शब्दस्रोतका आधारमा नै बनाई प्रयोगमा ल्याइएका छन् । जस अनुसार संस्कृत तत्सम शब्दहरु संस्कृत नियमानुसार नै व्यवस्थित देखिन्छन् भने तद्भव शब्दलाई नेपाली भाषाका प्राकृत वा मौलिक शब्द मानी तिनका लागि छुट्टै नेपाली नियमको व्यवस्था र प्रयोग गरिएको छ । तर, तद्भव शब्द नेपालीका मौलिक शब्द भए पनि यस्ता कतिपय शब्दको लेखाइमा प्रारम्भदेखि नै स्रोतभाषा संस्कृतको प्रभाव (आचार्य, २०७२ ः१) देखिन्छ । कतिपय आगन्तुक शब्द नेपाली नियमानुसार लेखिए पनि केही शब्द भने स्रोतभाषा अनुसार लिप्यन्तरण गरी लेख्य प्रचलनमा ल्याइएका देखिन्छन् । लेख्य नेपालीमा धेरै पहिलेदेखि नै निम्नानुसारका समस्या अनुभव गरी सुधारका प्रयासहरु गरिएका देखिन्छन् ।
ड्ड अनुस्वार ( ं ) र पञ्चम वर्ण (ङ, ञ, ण, न, म) को प्रयोग
ड्ड वर्ण र मात्रामा ह्रस्व तथा दीर्घ (इ, ई, ,ि ी, उ, ऊ, ु, ू ) प्रयोग
ड्ड समोच्चारित वर्णहरु (श, ष, स, ऋ, रि) को प्रयोग
ड्ड ब, व, य र ए; क्ष, छ्य, क्षे, छे– को प्रयोग
ड्ड पदयोग र पद वियोग
यी बाहेक चिह्न प्रयोगका समस्या पनि छन् तर यो कार्यपत्र लेखनमा प्रयोग हुने वर्ण, मात्रा, अनुस्वार तथा वाक्यमा पदयोग र पद वियोगसँग सम्बन्धित उपर्युक्त अन्योल हटाउन गरेका सुधारका प्रयासमा शब्दकोशले गरेका प्रयासको विवेचनामा केन्द्रित छ ।
लेख्य नेपाली भाषालाई व्यवस्थि तगर्ने मुख्य आधार हिज्जे नियम नै मानिन्छन् । नेपाली भाषामा शब्दस्रोत अनुसार हिज्जे नियमको निर्माण र प्रयोग हुँदै आएको छ । प्रारम्भका केही चिन्तन र प्रयासहरुलाई पन्छाउने हो भने वर्ण विन्यासका नियमको व्यवस्था र व्रmमिक सुधारका प्रस्तावकहरुमा संस्थागत आधारमा व्याकरणकारहरु नै देखिएका छन् । हरेक व्याकरणकारले आफ्नो व्याकरणमा वर्ण विन्यास नियमलाई अङ्गवत् समावेश गर्ने गरेकाले यसलाई साहित्यको एक विधा भैmँ विकास गर्न खोजेको भन्ने टिप्पणी गरेको पाइन्छ किनकि नेपालीमा प्रचलित तद्भव र आगन्तुक शब्दको मात्र नभई तत्सम शब्दको वर्ण विन्यासका नियमका पुस्तक नेपालीमा लेखिएका ( लुइटेल, २०५३ र शर्मा र सुवेदी, २०५७) पाइन्छन् । व्याकरणका पुस्तक सूत्रात्मक हुने र नियम र ती नियमसँग राम्ररी मिल्ने केही उदाहरण मात्र तिनमा राखिँदा शब्द भण्डारको वृहत् फाँटमा खेल्ने लेखकहरुलाई परेको अन्योल चिर्न ती पुस्तक जति मात्रामा समर्थ हुनु पर्ने थियो त्यति नभएको यथार्थ सबैका सामु प्रस्ट नै छ । व्याकरणका नियमकै केन्द्रमा रहेर सम्पादन गरिने हुँदा शब्दकोशहरुले पनि यी अन्योल चिर्न सकेको पाइँदैन । तर, पछिल्लो समयमा नेपाली हिज्जेबारे प्रशस्त छलफल, गोष्ठी भएका र यसबारे ठोस निर्णय भई अपवाद नियम घटाई नेपाली हिज्जेलाई व्यवस्थित गर्ने प्रयास गरिएको देखिन्छ । पछिल्लो समयमा सम्पादित तथा प्रकाशित शब्दकोशमा पनि यो देख्न सकिन्छ ।

४. लेख्य नेपालीको मानकीकरणमा हिज्जे सुधार ः प्रवृत्ति र प्राप्ति
लेख्य नेपालीको मानकीकरणको गोरेटो कोर्ने दिशामा व्याकरणकारहरुका चिन्तन, शब्दकोशहरुका स्थापना, अध्ययन अनुसन्धान गर्ने आधिकारिक निकाय तथा शिक्षण संस्थाका निर्णय तथा भाषा सम्बन्धी आन्दोलनका मान्यताहरु महत्त्वपूर्ण देखिन्छन् ।
४.१ हिज्जे सुधारका प्रयासहरु
लेख्य नेपालीमा ब र व प्रयोगको द्विविधा हटाई सुधारको प्रारम्भ गर्ने प्रथम व्यक्ति वीरेन्द्र केशरी अज्र्याल मानिन्छन् । उनले ‘व’ का लागि ‘व’ मा तल थोप्लो (नुक्ता) दिने र ‘ब’ का लागि ‘व’ प्रयोग गर्न सुझाएको उल्लेख (खरेल, २०५८) पाइन्छ । हिज्जे सुधारद्वारा लेख्य नेपालीको मानकीकरण अभियानमा पुष्कर शमशेर राणा, हृदय चन्द्र सिंह प्रधान र गोपाल पाँडेले चन्द्रिका व्याकरण (२०६९) का नियमलाई अगाडि बढाउँदै तिनमा आफ्ना विचार सहित सुधारको नयाँ दिशा समेत देखाएका छन् । पुष्करका विचारहरु उनको सजिलो नेपाली व्याकरण (वि.सं.२००१) र विभिन्न लेखहरु (कोइराला, २०५८) मार्फत प्रवाहित देखिन्छन् । हृदय चन्द्र र गोपाल पाँडेले पनि व्याकरण र वर्ण विन्यासका पुस्तकमा नियमहरु सङ्कलित गरी प्रयोक्तासामु पु¥याएका छन् । पाँडेको ह्रस्व दीर्घ आदिको सवाई (पाँडे, १९९७) निकै लोकप्रिय रहेको र त्यसले तत्कालीन वर्ण विन्यासका स्थापनालाई संक्षेपमा अत्यन्त सटीक रूपमा राखेको पाइन्छ । तद्भव शब्दका अगाडि र बिचको मात्राको अन्योल हटाउन रचेको सो पुस्तिाको सवाईको एक टुव्रmा यहाँ उद्धरण गरिन्छ ।
पदका आदि बीचमा इ उ ह्रस्व गर ।
पदान्तमा इ मा दीर्घ उ मा ह्रस्व तर । (पाँडे, १९९७ ः ७ )
हिज्जे सम्बन्धी चिन्तन र प्रयोगको शृङ्खलामा रामराज पन्त, महानन्द सापकोटा, रोहिणी प्रसाद भट्टराई, शिवराज आचार्य, श्याम प्रसाद शर्मा, नगेन्द्र शर्मा, विष्णु गोपाल र शिव गोपाल रिसाल, नगेन्द्र शर्मा, चूडामणि रेग्मीका विचार उल्लेख्य छन् (भट्टराई र गिरी, २०६९ ः ४) । पन्त, भट्टराई, शर्मा (श्याम प्रसाद) र रिसालद्वयले सम्पूर्ण तद्भव तथा आगन्तुक शब्दलाई तद्भव नियममा लेख्न सुझाएका छन् । सापकोटा, र आचार्यले उच्चारणानुसारी लेखनको पक्षमा आफ्ना विचार र लेखनलाई डो¥याएका छन् । श्याम प्रसाद शर्माले बहु वचन जनाउने पद हरू र लाई विभक्तिलाई समेत अन्य तद्भव शब्द झैँ ह्रस्व गर्न प्रस्ताव गरेका छन् । फुलपाती पत्रिका मार्पmत नगेन्द्र शर्माले र जुही पत्रिका र आफ्ना कृतिमा चूडामणि रेग्मीले पनि सुधारको यस धारलाई अगाडि बढाउँदै उच्चारणनुसारी लेखन (उदा.मैञा, कैञा) का पक्षमा अभिमत राखेका छन् । रेग्मीले हिज्जेमा मात्र सीमित नरही नेपाली स्वर र व्यञ्जनमा मात्रा प्रयोगमा देखिएको भिन्नता अन्त्य गर्न लिपि सुधारका प्रस्ताव र प्रयोग समेत गरेको (उदा.अि,अी,अु,अू,अ‍े,अ‍ै,रु,रू) र आधा र प्रयोगको क्लिष्टता (उदा.¥याल, ट्रक, व्रिmया, सर्प, गर्) तथा एउटा वर्णमुनि अर्को वर्ण झुन्डाएर लेख्ने परिपाटी (उदा. द्द, द्य, द्म, द्व, ट्ट, द्घ, ङ्क) हटाउन सबै हलन्त वर्णमा खुट्टो काटेर लेख्नु पर्ने विचार अगि सारेका (भट्टराई र गिरी, २०६९ः ४) छन् ।
हिज्जे सुधारको अभियानमा नेपाली भाषासँग सम्बद्ध आन्दोलनहरुमा राममणि आदीको हलन्त बहिष्कार आन्दोलन (१९६५) र बालकृष्ण पोखरेलको नेतृत्वमा बनारसबाट सञ्चालित झर्रोवादी आन्दोलन (२०१३) मुख्य देखिन्छन् । हलन्त बहिष्कार आन्दोलनले शब्दमा हलन्त उच्चारण हुने वर्णलाई पनि अजन्त लेख्ने र अव्यय शब्द दीर्घ लेख्ने नियम चलाएको देखिन्छ । उच्चारण र लेखन बिचको दुरी कम गरी शब्द लेखनलाई सरल र अनुमेय बनाई कथ्य र लेख्य भाषालाई नजिक्याउनु हिज्जे सुधारको मुख्य ध्येय मानिन्छ । यसबाट विचलित भएकाले हलन्त बहिष्कारका मान्यता अवैज्ञानिक भए पनि लेख्य र कथ्य भाषा भिन्न भिन्न हुन् र लेख्य नेपालीको मानकीकरण अपेक्षित छ भन्ने घुमाउरो सूचना भने यस आन्दोलनले दिएको मान्न सकिन्छ (अधिकारी,२०७० ः६७– ६८) । हिन्दी र संस्कृतको प्रभावले नेपाली भाषा बिटुलिएको भनी सुरु भएको झर्रोवादी आन्दोलनका मान्यता पनि नेपाली लेखनलाई व्यवस्थित गर्ने व्रmममा देखा परेका छन् । झर्रोवादले आगन्तुक शब्द र केही संस्कृत शब्द पनि नेपाली उच्चारण र हिज्जे नियममा लेख्नु पर्ने मान्यता राखेकोमा आगन्तुक शब्दमा यस प्रयासले सफलता पाए पनि संस्कृत शब्दमा भने त्यति सफलता प्राप्त गर्न नसकेको देखिन्छ (भट्टराई, २०६६ ः ९३–९७ ) । हाल लेख्य नेपाली भाषाका विविधताका कारणले समाचार पत्र तथा प्रकाशनसँग सम्बन्धित संस्थाहरुमा चिन्ता बढेको देखिन्छ । विभिन्न प्रसारण तथा सञ्चार गृहहरुले आफ्नो प्रकाशनको भाषामा एकरूपता दिने उद्देश्यले तयार गरी प्रयोगमा ल्याएका प्रकाशन सम्पादन शैली पुस्तिकालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ ।
४.२ हिज्जे सुधारमा संस्थागत प्रयास
हिज्जे सुधार गरी लेख्य नेपालीको मानकीकरण गर्ने दिशामा संस्थागत प्रयास निकै महत्त्वपूर्ण रहेका छन् । साठीको दशकमा उब्जेको भाषिक विवाद यहाँ स्मरणीय छ । एउटै भाषा भएर पनि तत्कालीन दार्जिलिङ, बनारस र काठमाडौको भाषामा देखिएको भिन्नताले उब्जेको भाषिक विवाद र अन्योल साम्य पार्न गोरखा भाषा प्रकाशिनी समितिबाट प्रकाशित हेमराज पाण्डेको चन्द्रिका व्याकरण (१९६९) यसको पहिलो उदाहरण मान्न सकिन्छ । चन्द्रिकाले संस्कृत तत्सम शब्द संस्कृत नियममै, अति प्रचलित संस्कृत शब्दलाई आंशिक तद्भवीकरण गर्न सकिने (उदा.बन,सीतल), तद्भव भए पनि क्षतिपूर्ति दीर्घीभवन र शिष्ट प्रयोगको यथावत् पालन, इकारान्त अव्युत्पन्न अव्यय ह्रस्व, व्युत्पन्न इकारान्त अव्यय दीर्घ लेख्ने व्यवस्था गरेको देखिन्छ । आगन्तुक शब्दका सन्दर्भमा सम्बन्धित भाषाको लेखन अनुरूप लेख्ने, व्रिmयापदको लेखनमा उच्चारण अनुसार हलन्त वा अजन्त गर्ने तर शब्द (नाम, सर्वनाम, विशेषण, अव्यय) भने हलन्त उच्चारण भए पनि अजन्त लेख्ने नियम स्थापित गरेको पाइन्छ । चर्चित लघु पुस्तिका नेपाली कसरी शुद्ध लेख्ने ?– नेकशुले (वि.सं.–१९९२) चन्द्रिकाकै उत्पादन हो जसले तत्कालीन लेख्य नेपालीलाई व्यवस्थित गर्न नेतृत्वदायी भूमिका खेलेको स्पष्ट छ र अर्वाचीन थुप्रै व्याकरणहरुमा चन्द्रिकाको न्यूनाधिक प्रभाव देखिन्छ ।
त्रिविका शिक्षकहरुको क्षेत्रीय तथा राष्ट्रिय गोष्ठी (२०३५) पछिका सुझाबहरु समेटेर त्रिवि पाठय्व्रmम विकास केन्द्रले चन्द्रिकाका कतिपय नियमलाई यथावत् राख्दै केही नियमहरु परिष्कार गरी अनिवार्य नेपाली शिक्षण निर्देशिका–अनेशिनि (२०३६) प्रकाशित गरेको देखिन्छ । तिनमा तद्भव र आगन्तुक शब्द नेपाली हिज्जे नियम अनुसार लेख्ने, ब, व र य, ए उच्चारणानुसारी हुने, साथै तद्भव र आगन्तुक शब्दमा ऋ,ञ,ण,श,ष,क्ष,ज्ञ वर्ण प्रयोग नगर्ने स्पष्ट मान्यता ल्याएको देखिन्छ । तर, क्षतिपूर्ति दीर्घीभवन, शिष्ट प्रचलन भनी दीर्घ लेखिँदै आएका शब्द र सङ्ख्या वाचक शब्द तद्भव हुन् भन्ने जान्दाजान्दै पनि तिनका आदि र मध्यका इ उ दीर्घ लेख्ने पहिलेको प्रचलनमा दृष्टि पुगेको देखिदैन । यी नियमलाई वि.सं.२०३६ पछि त्रिविले पाठ्यव्रmममा समावेश गरेको र वि.सं. २०५७ मा स्नातक तहको पाठ्यव्रmम परिवर्तन भएपछि प्रकाशित शिक्षक निर्देशिका (वि.सं.२०५७) मा पनि यथावत् नै देखिन्छन् । त्रिविले २०६५ मा स्नातक तहको पाठ्यव्रmम परिवर्तन गरेपछि प्रकाशित अनिवार्य नेपाली शिक्षण निर्देशिका—अनेशिनि (२०६६) ले समग्र तद्भव क्षतिपूर्ति दीर्घीभवन, शिष्ट प्रचलन, श्रुतिसम भिन्नार्थी र सङ्ख्या वाचक लगायत समग्र तद्भव र आगन्तुक शब्दलाई तद्भव नियममा समेटेको देखिन्छ । यसबाट अपवाद नियमहरुको न्यूनीकरण सहित लेख्य नेपालीको मानकीकरणमा सहयोग पुगेको मान्न सकिन्छ । माध्यमिक तहमा पाठ्यव्रmम विकास केन्द्र सानो ठिमीले प्रकाशन सम्पादन शैली पुस्तिका (प्रथम संस्करण २०५६, पछिल्ला संस्करणहरु २०६३ र २०६९) मार्पmत आफ्ना पाठ्य पुस्तकहरुका साथै विभिन्न प्रकाशनबाट निस्कने पाठ्य सामग्रीमा समेत सोही हिज्जे प्रयोग गर्न निर्देश गरेको देखिन्छ भने उच्च माध्यमिक शिक्षा परिषद्ले अनिवार्य नेपाली विषयको पाठ्यव्रmम परिवर्तन गरी (२०६७) कक्षा ११ र १२ को पाठय्व्रmम तथा पाठ्य पुस्तकमा नयाँ हिज्जे समावेश गरी पठन पाठनमा ल्याएको देखिन्छ ।
यसै सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं.२०५७ मा आयोजित नेपाली वर्ण विन्यास विषयक गोष्ठी र त्यसको ठिक दश वर्षपछि आयोजित भाषा सङ्गोष्ठी–२०६७ का निर्णय पनि उल्लेख्य छन् । वर्ण विन्यास विषयक गोष्ठीले क्षतिपूर्ति दीर्घीभवन र शिष्ट प्रचलन भनी दीर्घ लेखिँदै आएका शब्दलाई ह्रस्व गर्न सुझाव दिएको थियो । दुबै गोष्ठीका समग्र विवरण प्रज्ञा प्रतिष्ठानद्वारा (पन्थी,२०५८ र उप्रेती,२०६८) प्रकाशित छन् । दुबै गोष्ठीमा हिज्जे, पदयोग पद वियोग, हिज्जेको मानकीकरण लगायत भाषासँग सम्बन्धित विविध शीर्षकका कार्यपत्रको प्रस्तुति र समूहगत छलफल गरिएको थियो । भाषा सङ्गोष्ठी–२०६७ का निष्कर्षलाई निर्णयका रूपमा प्रकाशित गरी समग्र तद्भव तथा आगन्तुक शब्दलाई तद्भव नियममा लेख्ने व्यवस्था सहित लेख्य नेपालीको मानकीकरणको अभियानलाई स्वीकृति (उप्रेती, २०६८ ः १५५—१५६) प्रदान गरेको थियो । प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मोहन राज शर्माको प्रज्ञा नेपाली सन्दर्भ व्याकरणमा पनि यिनै निर्णयानुसारका हिज्जे नियम प्रस्तुत छन् (शर्मा, २०७१ ः४९९–५१७) भने भारतीय भाषा संस्थान मैसुरले पनि नेपाली हिज्जे सुधारलाई आत्मसात् गर्दै आफ्नो नेपाली लेखन शैली पुस्तिकामा परिवर्तित हिज्जे नियम प्रकाशित (प्रधान, २०११ ई ः ३३–४९) गरेको छ ।
५. नेपाली शब्दकोश र लेख्य नेपालीको मानकीकरण
नेपाली शब्दकोशको प्रारूप कोर्नेमा कर्कप्याट्रिक (१८११–ई.), डेनियल राइट (१८७७–ई.), टर्नबुल (१८८७–ई.), डोपिङ हेपिन्स्टल र कुशलसिंह बुढाथोकी (१८९९–ई.), गङ्गाधर शास्त्री द्रविड (१९०४–ई.), आर. किलगोर डङ्कन र जी. प्रधान (१९१३ ई.) मोतीराम भट्ट, राममणि आदी, जयपृथ्वी बहादुर सिंह, देवीदत्त पराजुली आदिका कार्यहरु (भट्टराई, २०६४ ः २८) आउँछन् । यही गोरेटोमा सर ¥याल्फ लिली टर्नरको नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश (१९३१–ई.) प्रकाशित भएपछि नेपालीमा शब्दकोश निर्माणको ढोका खुलेको मानिन्छ । सो कोश प्रकाशित भएपछि संस्थागत तथा व्यक्तिगत प्रयासबाट भाषासङ्ख्या, प्रयोजन, आकृति आदिका आधारमा विभिन्न प्रकारका झन्डै दुई दर्जन जति शब्दकोशहरु नेपालीमा प्रकाशित छन् । तिनमा केही भाषिका कोश पनि छन् । टर्नरको कोश आएपछि नेपाली कोश निर्माणमा केही जाँगर बढेको र प्रकाशित कोशहरु नेपाली लेख्य र कथ्य मानक निर्माणका सहयोगी सन्दर्भ ग्रन्थ बनेका छन् । यस्ता कोशमा चव्रmपाणि चालिसेको नेपाली बगली कोष (१९९८) रामचन्द्र ढुङ्गानाको संक्षिप्त नेपाली कोश (२००७), नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन रोयल नेपाल एकेडेमी) बाट प्रकाशित बालचन्द्र शर्माको नेपाली शब्दकोश (२०१९) र बालकृष्ण पोखरेलको संयोजकत्वमा त्रिविका प्राध्यापकहरुद्वारा सम्पादित भई नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) बाट प्रकाशित नेपाली वृहत् शब्दकोश (२०४०) र यसका विभिन्न समयमा पुनर्मुद्रित तथा परिमार्जित संस्करणहरु उल्लेख्य देखिन्छन् । यस परम्परामा शब्दसङ्ख्याका दृष्टिले अहिलेसम्मकै सबभन्दा ठुलो भनी दाबी गरिएको वसन्तकुमार शर्माको नेपाली शब्द सागर (२०५७) र हेमाङ्ग राज अधिकारी र बद्री विशाल भट्टराईको प्रयोगात्मक नेपाली शब्दकोश (२०६१,परिमार्जित तथा परिवर्धित संस्करण २०७१) हरु पनि देखा पर्दछन् । यस व्रmममा केही द्विभाषी कोश पनि आउँछन् । तिनमा रुथ लैला स्मिथको व्यावहारिक नेपाली अङ्ग्रेजी शब्दकोश (१९९३ ई.) गङ्गा प्रसाद उप्रेतीको संयोजकत्वमा चूडामणि बन्धु सहित त्रिविका प्राध्यापकहरुद्वारा सम्पादित तथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७०) र बालकृष्ण पोखरेलको पोखरेलको नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश (२०७०) तथा पाठ्यव्रmम विकास केन्द्रद्वारा प्रकाशित नेपाली बाल शब्दकोश (२०६६) महत्त्वपूर्ण देखिन्छन् ।
५.१ नेपाली भाषाको मानकीकरणमा नेपाली बृहत् शब्दकोश पूर्वका शब्दकोशहरु
कोशले दिने सूचनाद्वारा लेख्य नेपालीको मानकीकरणसँग सम्बधित सुधारको प्रयास तथा प्रवृत्तिको अध्ययन गर्दा नेपाली बृहत् शब्दकोश उल्लेख्य देखिएको छ त्यसैले नेपाली बृहत् शब्दकोशलाई केन्द्रमा राखी सो कोशभन्दा पहिले र पछिका नेपाली शब्दकोशका कार्यलाई छुट्याएर विवेचना गर्नु उचित हुन्छ । नेपाली बृहत् शब्दकोश पूर्वका कोशहरुमा तुलनात्मक व्युत्पत्तिमूलक भए पनि आकृति र सूचनाको नवीनताका कारण टर्नरको कोश नै उल्लेख्य देखिन्छ भने टर्नरपछि अन्य कोशहरु आउँछन् ।
५.२ टर्नरको शब्दकोशमा हिज्जे सुधारका सङ्केत
प्रयोजनका दृष्टिले व्युत्पत्तिमूलक र भाषासङ्ख्याका दृष्टिले द्विभाषी भएकाले टर्नरको नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश (१९३१ ई.) नेपाली हिज्जेबारे सूचना सम्प्रेषण गर्ने कोश मान्न सकिँदैन । तर, यस कोशले प्रविष्टिमा गरेको प्रयोगद्वारा मौन रूपमा केही मौलिक प्रस्तावहरु अगि सारेको देखिन्छ । यसले कथ्य र लेख्य दुबै अवस्थामा समान रहेका संस्कृत तत्सम शब्द बाहेक अन्य संस्कृत शब्दलाई तद्भव र आगन्तुक शब्द झैं उच्चारणानुसारी लेखनतर्फ राखेको पाइन्छ । केही अपवाद छोडेर अनुस्वार, क्ष, ज्ञ, श, ष, स, ऋ, रि, जस्ता वर्ण र ब, व तथा ह्रस्वदीर्घ मात्राको प्रयोगमा पनि यो कोश उच्चारणानुसारी लेखनतर्पm अभिमुख देखिन्छ । समग्रमा लेख्य नेपालीलाई उच्चार्य नेपालीतर्पm लैजाने गरी भाषाको मानकीकरणको गोरेटो यस कोशले कोर्न खोजेको प्रस्टिन्छ ।
५.३ हिज्जे सुधारमा बगली कोश र संक्षिप्त नेपाली कोश
चव्रmपाणि चालिसेको नेपाली बगली कोष (१९९८) नेपाली कोशकारद्वारा सम्पादित प्रथम नेपाली कोश हो । प्रयोजनका दृष्टिले सामान्य र भाषासङ्ख्याका दृष्टिले एकभाषी यो कोश भाषाबारे निर्णय गर्ने सरकारी संस्था नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित भएको हुँदा आधिकारिक मानिन्छ । प्रविष्टि सङ्ख्या कम (करिब ६००० शब्द) भएकाले यसले तत्कालीन नेपाली शब्द भण्डारका सम्पूर्ण शब्दको हिज्जे सम्बन्धी अन्योल हटाउने गरी सूचना दिन नसक्ने भए पनि दिशाबोध भने गरेको मान्न सकिन्छ । नेपाली बगली कोषले हिज्जे सम्बन्धी आधारभूत स्थापनाहरु सम्पादकीय मार्पmत संक्षिप्त रूपमा दिएको छ भने कोशीय प्रविष्टि मार्पmत थप सङ्केत गरेको देखिन्छ । यसले सम्पादकीयमा अनुस्वारयुक्त शब्दमा शिरोविन्दुपछि आउने वर्णको सवर्गीय पञ्चम वर्ण वा शिरोविन्दु दुबै प्रयोग गर्न सकिने उल्लेख गरेको छ तर केही अपवाद छोडेर प्रविष्टिमा अनुस्वारपछि य, र, ल, व, श, ष, स, ह हुने शब्दमा मात्र शिरोविन्दु दिइएको छ (उदा.ध्वंस,संस्था आदि) । यी बाहेक अन्य शब्दमा सवर्गीय पञ्चम वणतर्फ नै राखेकाले यो कोश प्रच्छन्न रूपमा उच्चारणानुसारी लेखनतर्पm झुकेको मान्न सकिन्छ किनकि प्रविष्टि नै कोशीय एकाइको हिज्जे सम्बन्धी सूचनाको मुख्य स्थान हो । यसले संस्कृत तत्सम शब्दको ह्रस्वदीर्घ तत्सम हिज्जे नियमानुसार र आगन्तुक शब्दलाई प्रचलित लेखन अनुसार नै व्यवस्थित गरेको छ । सकारमा भने दोहोरो प्रयोग (उदा.रजिष्ट्रार, रजिस्टर) पनि भेटिन्छ । अगाडि र बिचमा दीर्घ लेखिँदै आएका सङ्ख्या वाचक शब्द यसमा सूचीकृत नगरिएकाले तिनको हिज्जेबारे यस कोशको अभिमत थाहा पाउने आधार पाइँदैन ।
रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित संक्षिप्त नेपाली कोश (२००७) नेपाली बगली कोषपछिको दोस्रो कोश हो । भाषासङ्ख्या र प्रयोजनका दृष्टिले बगली कोष अनुरूपको यो कोश शब्दसङ्ख्याका दृटिले केही विस्तारित देखिन्छ । पुष्कर शमशेर राणाको नेपाली सजिलो व्याकरण (२००१) का मान्यता र तिनले नपुगेको ठाउँमा सर्व सम्मतिबाट पास गरेका निर्णय बमोजिम हिज्जे व्यवस्थित गरेको भने पनि ती निर्णयबारे कतै सूचना पाइँदैन ।
संक्षिप्त नेपाली कोशले अनुस्वारयुक्त संस्कृत तत्सम शब्दपछि य, र, ल, व, श, ष, स, ह वर्ण आएमा शिरोविन्दु र अन्य वर्ण आएमा सवर्गीय पञ्चम वर्णको प्रयोग गरेको देखिन्छ । यो नियम तद्भव तथा आगन्तुक शब्दमा पनि प्रयुक्त पाइन्छ । केही अति प्रचलित तत्सम शब्दमा दन्त्य स तथा ब प्रयोग गरे पनि आगन्तुक शब्दमा प्रचलित परम्परा अनुसार रहेको हुँदा तत्सम शब्दमा अनुस्वारको सट्टा सवर्गीय पञ्चम वर्ण र आगन्तुक शब्दमा उच्चारणानुसारी ङ,न,म प्रयोग यस कोशको हिज्जे सुधारको बुँदा मान्न सकिन्छ । नेपाली बगली कोषले प्रच्छन्न रूपमा ल्याएको सुधारलाई यसले स्पष्टतः अगाडि सारेको देखिन्छ ।
५.४ नेपाली शब्दकोश
बालचन्द्र शर्माको नेपाली शब्दकोश (२०१९) चालिसे र ढुङ्गानाका शब्दकोशहरुको तुलनामा शब्दसङ्ख्या, आकृति र सूचनाका दृष्टिले पनि वृहत् बहुसूचनात्मक सन्दर्भ कोशका रूपमा आएको र यो कोश पछिल्लो समयमा नेपाली भाषा तथा व्याकरणबारे निर्णय दिने संस्था रोयल नेपाल एकेडेमीबाट प्रकाशित भएकाले हिज्जेका सम्बन्धमा पनि आधिकारिक मानिन्छ । हिज्जेबारे नेपाली शब्दकोशको भूमिकामा स्पष्टतः उल्लिखित (शर्मा, २०१९ ः ११) छ । जस अनुसार तत्सम शब्द तत्सम नियममानुसार तर अतिप्रचलित केही तत्सम शब्दमा ‘व’ को ठाउँमा ब तथा श, ष को ठाउँमा स प्रयोग गरेको देखिन्छ । यो परम्पराकै अनुसरण हो । तर, अनुस्वार लागेका संस्कृत शब्दमा भने पछिल्लो वर्ण य, र, ल, व, श, ष, स, ह भएमा मात्र शिरोविन्दु अन्यमा सवर्गीय पञ्चम वर्णको प्रयोग गरेको देखिन्छ । यसबाट तत्सम शब्दमा शिरोविन्दु वा पछिल्लो वर्णको सवर्गीय पञ्चम वर्ण राख्ने वैकल्पिक प्रयोगलाई यस कोशले अन्त्य गरेको छ । साथै तद्भव तथा आगन्तुक शब्दमा उच्चारणानुसारी नासिक्य व्यञ्जन (ङ, न, म) को मात्र प्रयोग गरी नेपाली तद्भव नियमलाई स्थापित गरेको छ । लेख्य भाषाको मानकीकरणमा विकल्पको न्यूनीकरण तथा लेख्य र कथ्य भाषाबिचको दुरी कम गर्नु आवश्यक ठानिन्छ । यस कोशले टर्नर, चालिसे र ढुङ्गानाका कोशहरुले अनुस्वारको प्रयोगबारे प्रच्छन्न तथा प्रतिनिर्देश विधि अँगालेर बढाएको कदममा ठोस निर्णय गरेर बल पु¥याएको मान्न सकिन्छ ।
६. नेपाली भाषाको मानकीकरणमा नेपाली बृहत् शब्दकोश (२०४० – २०७२)
पूर्ववर्ती शब्दकोशको तुलनामा नेपाली बृहत् शब्दकोश (२०४०) शब्दसङ्ख्याका दृष्टिले वृहत्, कोशीय एकाइको सूचनाका दृष्टिले बहु सूचनात्मक र प्रयोजनका दृष्टिले सन्दर्भ कोशका रूपमा परिचित एकभाषी शब्दकोश हो । पूर्ववर्ती कोशहरु एक व्यक्तिले सम्पादन गरेकोमा यो कोशको सम्पादन त्रिविका प्राध्यापकहरुको समूहले गरेको हुँदा यसलाई बहुमेधाको उपज मान्न सकिन्छ । वि.सं. २०४० देखि २०७२ सम्ममा पुनर्मुद्रण तथा संशोधन परिवर्धन सहित यस कोशका नौ ओटा संस्करण निस्केको छन् भने प्रयोक्ताका हातमा यसका ४५ हजार प्रति पुगि सकेका छन् । यो कोश २०४० पछि वि.सं. २०५०, २०५२, २०५५ र २०६९ मा पुनर्मद्रण भएको, वि.सं. २०५८, २०६० र २०६७ मा संशोधन तथा परिवर्धन गरिएको एवम् २०७२ मा प्रकाशित नवौ संस्करण चाहिँ संशोधन मात्र गरिएको सूचना पाइन्छ (नेवृश,२०७२ ः भित्री पृष्ठ) । संशोधित परिवर्धित संस्करणहरुमा उल्लेख्य मात्रामा शब्द थपघट नगरी मुलुकको पछिल्लो राजनीतिक परिवर्तनपछिको परिस्थितिमा हटाउनै पर्ने र थप्नै पर्ने केही सूचना तथा शब्द शब्दावली मात्र थपघट गरेको देखिन्छ । नवौँ संस्करणलाई भने सुधारिएको हिज्जे नियम अनुरूप संशोधन गरी अद्यावधिक गरिएको देखिन्छ ।
त्रिवि र प्रज्ञा प्रतिष्ठानको सहकार्यका रूपमा आएको यो कोश पहिलो संस्करणदेखि नै लेख्य नेपालीलाई मानक रूप दिन हिज्जे नियममा गरिएका व्रmमिक सुधारको सूचक सन्दर्भ कोशका रूपमा पनि परिचित छ । पहिलो संस्करणपछि हिज्जे सुधारका दृष्टिले यसका सातौँ र नवौँ संस्करण उल्लेख्य छन् ।
६.१ नेपाली बृहत् शब्दकोश (२०४०) का हिज्जे सम्बन्धी स्थापना
नेपाली बृहत् शब्दकोश (२०४०) ले भूमिकामा नै कोशमा प्रयुक्त हिज्जे सम्बन्धी अवधारणाहरु दिएको देखिन्छ । भूमिकामा प्रवाहित सूचनाहरुका आधारमा अनुस्वारबारे यस कोशका स्थापना निम्नानुसार देखिन्छन् ।
— तत्सम शब्दमा अनुस्वारपछि आउने वर्णको सवर्गीय पञ्चम वर्ण (ङ,ञ,ण,न,म) को मात्र प्रयोग ।
— तत्सम शब्दमा अनुस्वारपछि य, र, ल, व, श, ष, स, ह वर्ण आएमा शिरोविन्दुको मात्र प्रयोग ।
— तद्भव र आगन्तुक शब्दमा उच्चारणानुसारी नासिक्य वर्ण ङ, न, म को मात्र प्रयोग ।
— पद, जाति, थर जनाउने केही शब्द छोडेर अरू आगन्तुक शब्दको अगाडि र बिचमा ह्रस्व र दन्त्य स प्रयोग ।
यी नियम नेपाली बृहत् शब्दकोशले आफै स्थापना गरेको नभई टर्नर (१९३१ ई.) ले प्रत्यक्ष रूपमा, चालिसे (१९९८) ले प्रच्छन्न रूपमा, ढुङ्गाना (२००७) र शर्मा (२०१९) ले केही विचलन सहित धेरथोर मात्रामा प्रयोगमा ल्याएका नियमहरु हुन् तर नेबृशले तिनलाई स्पष्टतः प्रयोगमा ल्याएको देखिन्छ ।
तत्सम तथा आगन्तुक शब्दमा ब, व, श, ष, स को प्रयोगमा देखिएको द्विविधा र अन्योललाई समाप्त पार्न यस शब्दकोशले निम्नानुसार व्यवस्था गरेको देखिन्छ ।
— तत्सम शब्दमा तत्सम नियमको प्रयोग
— तर अतिप्रचलित केही शब्दमा दन्त्य स र ब को प्रयोग
— क्षतिपूर्ति दीर्घीभवन र शिष्ट प्रचलनको रूपमा दीर्घ लेखिँदै आएका शब्द यथावत् दीर्घ
— सङ्ख्या वाचक र सङ्ख्या तद्धितान्त शब्दका ह्रस्वदीर्घ मात्रा पनि प्रचलन अनुसार
तत्सम शब्दबारे नेबृशको नियम अहिलेसम्म सबैले स्विकारेकै नियम हो र तदनुसार नै तत्सम शब्द व्यवस्थित पनि देखिन्छन् तर तिनै तत्सम शब्दका लागि व्यवस्थित दोस्रो नियम भने अन्योल बढाउने किसिमको नै देखिन्छ । चन्द्रिका व्याकरणदेखि नै चलेको यस नियमलाई टर्नर बाहेक पूर्ववर्ती सबै कोशकारले प्रयोगमा ल्याएको पनि देखिन्छ । वास्तवमा अति प्रचलित र कम प्रचलित भन्ने मापदण्ड सार्वजनिन हुने देखिँदैन । यो व्यक्तिको शैक्षिक हैसियत वा स्तरमा भर पर्ने कुरा हो । एकाध उदाहरण दिएर नियम स्थापित गर्न खोज्नु उचित कार्य होइन । नेपालीमा धेरै व्याकरणका पुस्तक लेखिएका र हरेक पुस्तकमा हिज्जे नियमलाई अनिवार्य अङ्ग झैँ बनाएर यस्तै एक दुई उदाहरण दिएर सजाइएको छ । यस्ता परिभाषा र उदाहरणले शब्द भण्डारका सम्पूर्ण शब्दलाई नियमन गर्न गा¥हो हुन्छ । शब्दकोशको विकास पनि यही समस्या समाधान गर्ने सन्दर्भमा भएको देखिन्छ (कत्रे, १९६५ ः ई.) । तेस्रो र चौथो नियम पनि अपवाद न्यूनीकरणतर्फ अभिमुख देखिदैनन् । माउभाषा संस्कृतबाट विभिन्न प्राकृत हुँदै नेपालीमा आएका र क्षतिपूर्ति दीर्घीभवन र शिष्ट प्रचलनको रूपमा दीर्घ लेखिँदै आएका शब्द यथावत् दीर्घ लेख्ने (तर जुठो, दिगो, सिङ जस्ता शब्द ह्रस्व नै छन् ), सङ्ख्या वाचक शब्द र सङ्ख्या तद्धितान्त शब्द पनि प्रचलन अनुसार यथावत् लेख्ने व्यवस्थाले तद्भव शब्दको अगाडि र बिचमा आउने शब्द ह्रस्व लेख्ने नेपाली भाषाको मौलिक नियमलाई केही खुम्च्याएको देखिन्छ ।
— आगन्तुक शब्दमा दन्त्य स को मात्र प्रयोग
— तर पद तथा दर्जा र थर जनाउने केही अतिप्रचलित शब्दमा परम्परानुसार तालव्य ‘श’ प्रयोग
उपर्युक्त पहिलो नियमले नेपाली उच्चारणलाई महत्त्व दिँदै सरलतातर्फ अभिमुख गराएको मान्न सकिन्छ किनकि कुनै पनि भाषामा विभिन्न भाषाबाट शब्दहरु आइ रहेका हुन्छन् । तर, सापटीको रूपमा आएका यस्ता शब्दलाई प्रयोक्ताहरुले प्रारम्भमा आफ्नै उच्चारणमा कथ्य प्रयोग गर्दछन् । पछि तिनको मानक चयन गरिन्छ र प्रयोगमा ल्याइन्छ । नेपालीको योग, नेपाली, गोरखा, ब्राह्मण जस्ता शब्दको अङ्ग्रेजी उच्चारण र हिज्जे व्रmमशः योगा, नेप्लिज्, गुर्खाज् ,ब्राह्मिन् (थ्इन्ब्, ल्भ्एब्ीभ्क्भ्, न्ग्च्प्ज्ब्क्, द्यच्ब्ःज्क्ष्ल्) यसरी नै भएको हो । तसर्थ चिफ, डिन, हकिम, जस्ता केही शब्दका लागि छुट्टै नियम स्थापित गर्नु उचित मान्न सकिँदैन । अर्को कुरा नाम थर जस्ता व्यक्तिगत कुरालाई चुपचाप छाड्नु ठिकै मान्न सकिएला तर पद तथा दर्जा त कुनै संस्था, निकाय आदिबाट पाइने उपाधि भएकाले तिनलाई उच्चारणले साथ नदिने वर्णमा पनि लेख्न सकिने थिती बसाल्नु उचित होइन । विभिन्न स्रोतबाट नेपालीमा आएका शब्दमा नेपाली प्रत्ययको योगले बन्ने व्युत्पन्न शब्दको लेखनका सम्बन्धमा पनि नेबृशद्वारा स्थापित नियम अमिल्दा (उदा.दुष्ट—दुष्ट्याइँ, बूढो—बुढ्याइँ आदि) देखिन्छन् ।
यसरी नेबृश (२०४०) केही नियमका कारणले मानकीकरणको सहयोगी तथा केहीमा परम्परावादी देखिए पनि पूर्ववर्ती कोशहरुको सापेक्ष्यमा यसले अग्र गति लिएको देखिन्छ । यसले अधिकांश आगन्तुक शब्दलाई नेपाली उच्चारणानुसारी तद्भव नियममा समेटेको छ । भाषिक नियममा एकरूपता ल्याउन रातारात सकिँदैन । कतिपय विवादित नियमहरु पछिल्ला संस्करणहरुमा सुधारिएका देखिन्छन् ।
प्रज्ञा प्रतिष्ठानले नेबृश (२०४०) लाई वि.सं. २०५८, २०६० र २०६७ मा संशोधन तथा परिवर्धन गरेको र २०७२ मा प्रकाशित नवौ संस्करण चाहिँ संशोधन मात्र गरेको (नेबृश, २०७२ ः भित्री पृष्ठ) सूचना पाइन्छ । वि.सं.२०५८ र २०६० का संस्करणमा वैकल्पिक प्रविष्टिलाई एकै ठाउँमा राखेर प्रतिनिर्देश सूचना कम गरिएको तर हिज्जेमा भने सुधार गरेको देखिँदैन । वि.सं.२०६७ मा प्रकाशित सातौ संस्करण नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) द्वारा वि.सं. २०५७ मा आयोजित नेपाली वर्ण विन्यास विषयक अधिगोष्ठीका सुझाब, त्रिविको स्नातक स्तरीय अनिवार्य नेपाली विषयको पाठ्यव्रmम (२०६५¬) र उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ र १२ को पाठ्यव्रmम तथा पाठ्य पुस्तकमा समाविष्ट हिज्जे नियम अनुसार शीर्षशब्द वा प्रविष्टिलाई मात्र संशोधन गरेको देखिन्छ । अर्थ लेखनतर्फको हिज्जे नचलाई शीर्षशब्द वा प्रविष्टिलाई मात्र संशोधन गर्दा प्रयोक्तामा झन् भ्रम सिर्जना भएको र भाषा सङ्गोष्ठी २०६७ का निर्णय पनि आइ सकेको हुँदा वि.सं.२०७१ असोजमा बसेको प्राज्ञ परिषद्को बैठकले दुबै गोष्ठी (२०५७ र २०६७) का सुझाबहरु कार्यान्वयन गर्ने निर्णयानुसार २०७२ मा प्रकाशित नवौ संस्करणमा चाहिँ शीर्षशब्द र अर्थ लेखन सहित समग्र संशोधन गरिएको देखिन्छ (नेबृश, २०७२ ः भित्री पृष्ठ) । नेपाली बृहत् शब्दकोशको नवौ संस्करण (२०७२) लेख्य नेपाली माषाको मानकीकरणका दृष्टिले धेरै महत्त्वपूर्ण देखिन्छ । यसका सुधारहरु निम्नानुसार देखिन्छन् ः
— नेपाली भाषामा प्रचलित सम्पूर्ण तत्सम शब्दमा तत्सम नियमको प्रयोग
— तत्सम शब्दमा अनुस्वारपछि आउने वर्णको सवर्गीय पञ्चम वर्ण (ङ, ञ, ण, न, म) को मात्र प्रयोग
— तत्सम शब्दमा अनुस्वारपछि य, र, ल, व, श, ष, स, ह वर्ण आएमा शिरोविन्दुको मात्र प्रयोग
— सम्पूर्ण सङ्ख्या वाचक शब्द तद्भव नियमानुसार
— सङ्ख्या तद्धितान्त तथा तत्सम शब्दमा नेपाली प्रत्यय लागेर बन्ने शब्द तद्भव नियमानुसार
— सम्पूर्ण तद्भव र आगन्तुक शब्दमा उच्चारणानुसारी नासिक्य वर्ण ङ, न, म को मात्र प्रयोग
— आगन्तुक शब्दमा दन्त्य स, उच्चारणानुसारी ब, व, य तथा ए,को प्रयोग
— थर जनाउने केही अतिप्रचलित शब्दमा परम्परानुसार तालव्य ‘श’ प्रयोग गर्न सकिने
उपर्युक्त सुधार अनुसार नेबृश (२०७२) मा अति प्रचलित भनी तद्भव नियममा पनि लेख्न सकिने भनिएका तत्सम शब्दहरु तत्सम नियममा फर्केका छन् । तत्सम शब्दमा अनुस्वारपछि आउने वर्णको सवर्गीय पञ्चम वर्ण (ङ, ञ, ण, न, म) को मात्र प्रयोगले अनुस्वार वा पञ्चम वर्णको प्रयोग गर्ने दोहोरो नियम हटेको छ । क्षतिपूर्ति दीर्घीभवन र शिष्ट प्रचलनको रूपमा दीर्घ लेखिँदै आएका तद्भव र आगन्तुक शब्दहरु ह्रस्व गरिएका छन् । सम्पूर्ण सङ्ख्या वाचक तथा सङ्ख्या तद्धितान्त शब्द तद्भव नियममा नै समेटिएका छन् । यसबाट त्यस्ता केही शब्दका लागि मात्र बनेका अपवाद नियम हटेका छन् । तद्भव र आगन्तुक शब्दमा उच्चारणानुसारी ङ, न, म को प्रयोगले कथ्य भाषा र लेख्य भाषा नजिकिएको छ । यसरी समग्र सुधार गर्दा पनि यसअगिको प्रचलनका कारण दीर्घ लेख्ने बानी परेका प्रयोक्तालाई शब्द र तत्सम्बन्धी सूचना खोज्न सजिलो होस् भनी दीर्घमा पनि प्रविष्टि दिइएको र अर्थ तथा अन्य सूचनाहरु चाहिँ ह्रस्व गरिएको शब्दतर्फ हेर्न सूचित गरिएको देखिन्छ (नेबृश, २०७२ ः भित्री पृष्ठ) ।
७. नेपाली बृहत् शब्दकोश उत्तरवर्ती कोशहरु
नेबृशपछि नेपाली शब्दकोश परम्परामा वसन्त कुमार शर्माको नेपाली शब्द सागर (२०५७), हेमाङ्ग राज अधिकारी र बद्री विशाल भट्टराईको प्रयोगात्मक नेपाली शब्दकोश (२०६१, परिवर्धित परिमार्जित संस्करण,२०७१) गङ्गा प्रसाद उप्रेतीको संयोजकत्वमा चूडामणि बन्धु सहित त्रिविका प्राध्यापकहरुद्वारा सम्पादित भई नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित द्विभाषी प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७०) र बालकृष्ण पोखरेलद्वारा सम्पादित द्विभाषी पोखरेलको नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश (२०७०) महत्त्वपूर्ण देखिन्छन् ।
वसन्त कुमार शर्माको नेपाली शब्द सागर (२०५७) वृहत् आकृतिको भए पनि यसमा एउटै शब्दका एकभन्दा बढी वैकल्पिक रूपहरु सूचीकृत (उदा.कंचुस, कंचूस, कन्चुस, कंजुस, कंजूस, कन्जुस; झुन्याइ, झुन्नाइ, झुन्ड्याइ आदि) अनेक प्रविष्टि देखिन्छन् । यसबाट कोशको वास्तविक शब्दसङ्ख्या कम हुनुका साथै प्रयोक्तालाई मानक रूप पहिचान गर्न अन्योल पर्ने भनी गरिएको टिप्पणी (पन्थी,२०६०ः११५) लाई अनुपयुक्त मान्न सकिदैन ।
हेमाङ्ग राज अधिकारी र बद्री विशाल भट्टराईको प्रयोगात्मक नेपाली शब्दकोश (२०६१) अधुनातन एकभाषी नेपाली शब्दकोशको रूपमा प्रकाशित देखिन्छ । स्तरीय नेपाली भाषामा बहु प्रचलित कथ्य र लेख्य शब्द यसमा प्रविष्टीकृत देखिन्छन् । लेख्य नेपालीको मानकीकरणका सन्दर्भमा नेपाली बृहत् शब्दकोश (२०४०) ले भूमिकामा उल्लेख गरेका तर प्रयोगमा नल्याइएका कतिपय स्थापनालाई यस कोशले आफ्नो भूमिकामा स्पष्टतः उल्लेख गरी प्रयोग गरेको देखिन्छ । यसको पहिलो संस्करणका हिज्जे सम्बन्धी स्थापना निम्नानुसार देखिन्छन् ।
— क्षतिपूर्ति दीर्घीभवनको रूपमा दीर्घ लेखिँदै आएका शब्द ह्र्रस्व (उदा.मिठो, पिठो, सिप, दुध, बुढो आदि)
— क्षतिपूर्ति दीर्घीभवनमा नपर्ने तर शिष्ट प्रचलन भनी दीर्घ लेखिँदै आएका शब्द ह्र्रस्व (उदा.किरो,निलो, खिर, घिन आदि)
— सङ्ख्या वाचक शब्दमा प्रत्यय लागेर बनेका शब्द ह्रस्व (उदा. बिसौँ, तिसौँ, बत्तिसौँ, चालिसौँ, असिऔँ÷यौँ आदि)
— प्रत्यय लागेर बनेका शब्दको हिज्जे तद्भव नियमानुसार परिवर्तित (उदा.पन्डित्याइँ,दुस्ट्याइँ, स्विकार्नु,बर्से,पोसिलो आदि)
वि.सं.२०७१ मा यसको परिवर्धित तथा परिमार्जित संस्करण आउँदा हिज्जेमा थप सुधार गरेको दखिन्छ । यस अवधिमा त्रिवि र अन्य शिक्षण निकायहरु (उच्च माध्यमिक शिक्षा परिषद् र पाठ्यव्रmम विकास केन्द्र, सानो ठिमी) ले पाठ्यव्रmम तथा पाठ्य पुस्तकमा हिज्जे सुधार गरेको र नेपाल प्रज्ञा प्रतिष्ठानले २०६७ मा भाषा सङ्गोष्ठी आयोजना गरी त्यसका निर्णयहरु प्रकाशित गरेको हुँदा ती सबै नियम समेत पर्ने गरी प्रयोगात्मक नेपाली शब्दकोश (२०७१) मा निम्नानुसार हिज्जेमा संशोधन गरेको देखिन्छ ।
— अगाडि र बिचमा दीर्घ लेखिँदै आएका सङ्ख्या वाचक ह्र्रस्व (उदा.तिन, बिस, तिस, पच्चिस, छब्बिस, बत्तिस, चालिस आदि)
— श्रुतिसम भिन्नार्थक भनी यसअगि दीर्घ लेखिँदै आएका शब्द ह्रस्व (उदा.फुल, जुन, पुरा, तिन, उन आदि)
— बहु वचन जनाउने हरू पदको रु ह्रस्व
श्रुतिसम भिन्नार्थक र सङ्ख्या वाचक दुबै तद्भव शब्द भएकाले तिनलाई एउटै तद्भव नियममा समेटेर ह्रस्व गरेपछि सम्पूर्ण तद्भव शब्द एउटै नियममा आएका देखिन्छन् । रामराज पन्त, श्याम प्रसाद शर्मा आदिले पहिलेदेखि नै हरू लाई ह्रस्व गर्न सुझाब दिएका थिए । बहु वचन जनाउन शब्दमा जोडिने हरू पद दीर्घ उकारमा लेख्नुको कुनै औचित्य पनि थिएन । तसर्थ प्रयोगात्मक नेपाली शब्दकोशको दोस्रो संस्करणमा गरिएका सुधारहरु नेपाली भाषाको मानकीकरण प्रव्रिmयालाई अगाडि बढाउने दिशामा महत्त्वपूर्ण देखिन्छन् ।
यी बाहेक संयुक्त वर्णको लेखनमा प्रयुक्त लेख्य चिह्नलाई सरल र अनुमेय बनाउन यस कोशमा लेखन सुधारका प्रयोग पनि गरिएको भए पनि यो कार्यपत्र लिपिसँग सम्बन्धित नभएकाले त्यसको विवेचना यहाँ गरिएको छैन ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७०) र बालकृष्ण पोखरेलको पोखरेलको नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश (२०७०) द्विभाषी शब्दकोश हुन् । द्विभाषी शब्दकोशको प्रयोजन र लक्षित वर्ग भिन्न हुन्छन् । अङ्ग्रेजी भाषा जान्नेहरुका लागि नेपाली सिकाउने उद्देश्यले यी कोशको निर्माण भएको देखिन्छ किनकि दुबै शब्दकोशमा शीर्षशब्द नेपालीमा दिएर अन्य सूचनाहरु अङ्गे्रजीमा दिइएको छ । शीर्षशब्द नेपाली भएकाले यी शब्दकोशको हिज्जे पनि विवेच्य देखिन्छ । प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोशले अनुस्वारयुक्त तत्सम शब्दलाई सवर्णीय पञ्चम वर्णतर्फ सूचनाहरु हेर्न प्रतिनिर्देश गरेको छ । क्षतिपूर्ति दीर्घीभवनको रूपमा दीर्घ लेखिँदै आएका दुध, मित जस्ता शब्द र फुल, तिन जस्ता श्रुतिसम भिन्नार्थी शब्दका साथै शिष्ट प्रचलनको रूपमा दीर्घ लेखिँदै आएका किरो पिरो जस्ता शब्दलाई ह्रस्व गरेको देखिन्छ तर यही प्रकृतिका कतिपय शब्द ह्रस्वमा पनि देखिन्छन् । यसमा धेरै आगन्तुक शब्दलाई तद्भव नियममा समेटिएको छ । तर तालिम शब्द ह्रस्वमा नै देखिन्छ । यस्ता केही ठाउँमा दोहोरो प्रयोग देखिए पनि यसले धेरै मात्रामा भाषा सङ्गोष्ठी २०६७ का निर्णयको कार्यान्वयन गरेको देखिन्छ । पोखरेलको शब्दकोशमा नेपालीबाट अङ्ग्रेजीमा मात्र नभई नेपालीमा पनि अत्यन्त संक्षिप्त रूपमा शब्दको अर्थ दिइएको छ । यस कोशमा श्रुतिसम भिन्नार्थक भनी यस अगि दीर्घ लेखिँदै आएका केही ह्रस्व गरिएका छन् । शिष्ट प्रचलनका रूपमा दीर्घ लेखिँदै आएका केही शब्द पनि ह्रस्वमा (उदा. निलो, किरो, बिउ) राखिएका छन् । केही आगन्तुक शब्द (उदा. तालिम, महसुल आदि) लाई पनि तद्भव नियम अनुरूप बनाइएको देखिन्छ तर सबैतिर नियमानुरूप गरिएको छैन ।
८. पदयोग र पद वियोग
लेख्य भाषाको अर्को समस्या पदयोग र पद वियोग मानिन्छ । नेपालीमा कति, कस्ता र कत्रा शब्द एकै डिकोमा लेख्ने र कस्ता र कति शब्द छुट्याउने भन्ने समस्याले सामान्य लेखक मात्र नभई भाषा व्याकरणका दिग्गज साधकहरुलाई पनि समस्या परेको महसुस गरिन्छ (अधिकारी, २०४७) पाइन्छ । नेपालीमा पदयोग र पद वियोगबारे पछिल्लो समयमा प्रशस्त छलफल, गोष्ठी आदिले प्रस्ताव तथा निर्णयहरु प्रकाशित (गौतम, २०६२, चन्द्रगढी घोषणा पत्र, २०६६ र नेपाली भाषा सङ्गोष्ठी‐२०६७) गरेका देखिन्छन् । नेपालीमा पद वियोगभन्दा पदयोग समस्या देखिएको र यो समस्या समास विधिसँग जोडिएको (पोखरेल, २०६६ ः १०२) मानिन्छ । नेपाली शब्द भण्डारमा असमस्त र समस्त दुबै खाले तत्सम शब्द अधिक मात्रामा भित्रिनु, तिनको विग्रह र समास गर्दा संस्कृतकै विधि अँगालिनु र नेपाली व्याकरणमा संस्कृत व्याकरणको प्रभाव पहिलेदेखि नै पर्नुले पनि धेरै शब्द जोडेर एउटै लामो र जटिल शब्द बनाउने संस्कृत शैली भित्रिएको मान्न सकिन्छ । कोशका समस्त शब्दको लेखनमा पनि यसले प्रभाव पारेको देखिन्छ ।
टर्नरले आÇनो कोशमा लामा तत्सम समस्त शब्द नराखेको र छोटा समस्त शब्दलाई योजकले जोडे छन् (उदा.गौथली–फुल, गौ–चरन, ग्रह–तिलक, गोल–काँव्रmी आदि) । समस्त शब्दका पूर्वपर घटकलाई योजकले जोड्नु नै टर्नरको समस्त शब्द व्यवस्थापनको युक्ति देखिएको छ । चव्रmपाणि चालिसेले नेपाली बगली कोषका केही शब्दमा टर्नरको यही युक्ति अँगालेका छन् (उदा.नदी–काट, मुद्रा–स्फीति,फुपू–सासू, बगली‐कोष,च्यवन‐प्रास,जन‐साधारण आदि) । तर,यस्तै शब्द एकै डिकोमा पनि राखेकाले (उदा.पंचभलादमी, पक्षपोषक, दूधकटुवा, जनसमुदाय आदि) अन्योल देखिन्छ । रामचन्द्र ढुङ्गानाले संक्षिप्त नेपाली कोशमा योजकविना एकै डिकोमा लेख्ने व्यवस्था गरेको छन् (उदा.पिउनबुक, धुरीबलो, जिउँतीकोठा, परिवारनियोजन पञ्चभलादमी आदि) । द्वित्व र अनुकरणात्मक शब्दमा पनि योजक हटाइएको देखिन्छ (उदा.आनीबानी, जसरीतसरी, छ्यापछ्याप आदि) । समस्त शब्दमा योजकको बढी प्रयोग बालचन्द्र शर्माको नेपाली शब्दकोश (२०१९) मा भेटिन्छ । उनले सबै समस्त शब्दका पूर्वाधार घटकलाई योजकले छुट्याएका छन् (उदा.ठिटा–ठिटी, तेज–पात, दाग–बत्ती, दाजु–भाइ, दीर्घ–सेवा–पट्ट, पात–पतिङ्गर, सर्पको–मकै आदि) ।
नेपाली बृहत् शब्दकोश (२०४०) र यसको संशोधित नवौँ संस्करण (२०७२) पदयोग र पद वियोगका दृष्टिले महत्त्वपूर्ण छन् । नेपाली बृहत् शब्दकोश (२०४०) मा शब्दलाई प्रविष्टि र उपप्रविष्टि गरी दुई तहमा व्यवस्थित गरिएको छ । मूल प्रविष्टिमा प्रत्यय जोडिएका व्युत्पन्न शब्दलाई र समस्त शब्दलाई उपप्रविष्टिमा योजक (‐) ले, उत्तर पद वा प्रत्यय जोडिएर बन्ने शब्दलाई व्युत्पादक चिन्हले र पृथक् पृथक् नै रहने शब्दलाई तेर्सो अङ्कुसे चिन्ह (ञ्) द्वारा चिनाइएको (उदा.पेँहेली–मकै, पाउदान ञ् पाउदानी, पाँच ञ् पाँच सरकार आदि) छ । उपर्युक्त आधारमा पदयोग र पद वियोगबारे नेबृश २०४० पूर्ववर्ती कोशभन्दा अलि भिन्न भएर समस्त शब्दलाई पद वियोगतर्फ लैजान अभिमुख देखिन्छ । यसको २०७२ को संस्करण हिज्जे र पदयोग र पद वियोगसँग सम्बन्धित विभिन्न गोष्ठीका निर्णयपछि आएको हुँदा प्रविष्टि र उप प्रविष्टिको व्यवस्थापन यथावत् गरिए पनि समास भएर बनेका लामा शब्दहरुका पूर्वापर घटक तथा विशेषण र विशेष्य संरचनाका घटकलाई मूल प्रविष्टिमा नै छुट्याएर व्यवस्थित गरिएको देखिन्छ । पदयोग र पद वियोग सम्बन्धी अवधारणाबारे भूमिकामा नै स्पष्टतः उल्लेख गरिएको पनि छ ।
प्रयोगात्मक नेपाली शब्दकोश (दो.संस्क.२०७१) र नेपाली बृहत् शब्दकोश (नवौँ संस्क.२०७२) पदयोग र पद वियोगका दृष्टिले महत्त्वपूर्ण देखिन्छन् । भूमिकामा पदयोग र पद वियोग सम्बन्धी विचार र प्रयोगको खोलुवा सहित यी शब्दकोशले । लेख्य नेपालीमा देखिएको प्रवृत्ति अनुरूप नै समास भएका लामा शब्दहरुलाई पद वियोग गरी (उदा.नेपाल सरकार, सञ्चार साधन, पर्यटन व्यवसाय,अनुसन्धान प्रतिवेदन आदि) अलग अलग डिकोमा र छोटा दुई दुई लिपिचिह्नमा लेखिने शब्द (उदा.घरखेत, खेलकुद, वरपर, जनधन, गुणदोष आदि) का साथै यस्तै खालका स्वरान्त शब्दहरु (¬उदा. शिक्षामन्त्री, अर्थतन्त्र, सूर्यचन्द्र आदि ) लाई पनि पदयोगमा राखेको पाइन्छ । विशेषण र विशेष्य संरचनामा आएका शब्दहरुलाई भने पदावलीगत ढाँचाका आधारमा पद वियोग (उदा. सौर मण्डल, सौर्य ऊर्जा, प्रत्यक्ष प्रमाण, मध्यम वर्ग, शान्त रस, कथ्य भाषा, लेख्य रूप आदि) गरेको पाइन्छ । दुई र तिन वा तिन र दुई लिपिचिह्नमा वा सोभन्दा बढी लिपिमा लेखिने समस्त शब्दलाई भने अलग डिकोमा (उदा.शिक्षा विभाग, पशु पालन, अर्थ व्यवस्था, सन्देश गृह, विद्यार्थी जीवन,अख्तियार दुरुपयोग आदि) राखेको तथा सार्थक द्वित्व शब्द नजोड्ने र निरर्थक द्वित्व शब्द चाहिँ जोड्ने गरेको देखन्छ । दुबै कोशमा योजकको प्रयोग कमै मात्रामा गरिएको छ । दुईभन्दा बढी शब्दले बनेका समस्त पदावलीलाई प्रचलित नेपाली लेखनको प्रवृत्तिलाई ध्यान दिई पद वियोगमा (उदा.नेपाल यातायात संस्थान, कर्मचारी सञ्चय कोष, मानव अधिकार आयोग आदि) राखेको देखिन्छ भने विभक्ति सरहका दुई लिपिमा लेखिने नामयोगी बाहेकका लामा नामयोगीलाई पद वियोग (¬उदा.पशुपन्छी बाहेक, घोषणा अनुसार, नियम बमोजिम) गरेको देखिन्छ । संयुक्त व्रिmयाको कृदन्त अंशलाई पद वियोग गरिएको (उदा.पढ्नु हुन्छ, जानु छ, भन्नु थियो, बोल्ने छ, भनेको छ, हिँड्दो छ, हेर्दै छ, पढ्न सक्छ, आउन लाग्यो, गरि दिनु हुन्छ, हेरि रहेका) तर सन्धि वा अन्य विकार आएर बनेका शब्द भने एउटै डिकोमा लेखिएको (उदा.सदाचार, सूर्योदय, परमादेश, मनोविज्ञान) पाइन्छ ।
९. कथ्य नेपाली भाषाको मानकीकरणमा नेपाली शब्दकोशहरु
भाषाको कथ्य भेद उच्चारणसँग सम्बन्धित भेद हो । नेपाली भाषाको लेख्य भेदबारे पहिलेदेखि नै जिज्ञासा बढेको देखिएकै कारणले धेरै व्याकरण तथा कोशहरु पनि विकसित भए पनि यसको कथ्य भेदबारे त्यति ध्यान गएको देखिदैन । नेपालीमा उच्चारणको सूचना दिने प्रथम व्यक्ति कोशकार टर्नर नै हुन् । उनको शब्दकोशमा शब्दको उच्चारण पनि दिइएको छ । यसबाट टर्नरले शब्दकोशको एक अनिवार्य सूचनाको रूपमा उच्चारण पनि हो भन्ने सूचना प्रवाह गरेको मान्न सकिन्छ । नेपाली शब्दको उच्चारणबारे चिन्तन र जिज्ञासा बढाउने नेपाली विद्वान् भने पुष्कर शमशेर हुन् । उनले वि.सं. २००८ तिरै नेपाली भाषामा उच्चारण शीर्षकको एक लेखमा नेपाली वर्ण र शब्दका परिवेशानुसारी उच्चारणका वैशिष्ट्य देखाएका (कोइराला, २०५८ ः ३०१–३०४) छन् । उनले सम्पादन गरेको अङ्ग्रेजी नेपाली शब्दकोश (वि.सं.१९९३ मा पहिलो र १९९५ मा दोस्रो गरी दुई भागमा प्रकाशित) ले पनि उनको शब्दको उच्चार्य मानकसँग सम्बद्ध रुचिको परिचय दिन्छ । स्रोतभाषा अङ्ग्रेजी र लक्ष्यभाषा नेपाली भएकाले यसमा उनले नेपाली उच्चारणका मौलिकताको खोजीभन्दा नेपालीमा अङ्ग्रेजी शब्दको सही उच्चारण दिन बढी मिहिनेत गरेको कुरा चूडामणि बन्धुले सूचित (कोइराला, २०५८ ः २४० ) गरेका छन् । टर्नर पुष्कर हुँदै सुरु भएको नेपाली भाषाको उच्चार्य मानक सम्बन्धी चिन्तनलाई वि.सं.२०२८ मा त्रिविको शिक्षाशास्त्रतर्फ सैद्धान्तिक पाठ्य विषयका रूपमा स्वीकार गरी पठन पाठनमा ल्याइयो भने वि.सं.२०३९ मा नेपाली भाषामा उच्चारण शिक्षाको पठन पाठन सुरु भयो । वि.सं. २०५१ मा त्रिविले मानविकी सङ्कायको प्रमाण पत्र तहमा र वि. सं. २०५७ मा स्नातक तहको पाठ्यव्रmममा वर्ण र अक्षरको शिक्षण समावेश ग¥यो । हाल उच्च माध्यामिक तहका कक्षाहरुमा र त्रिविमा मानविकी र शिक्षाशास्त्रको स्नातक तहमा यसको पठन पाठन चलेको पाइन्छ ।
भाषाको लेख्य र कथ्य भिन्नता पहिचान गरी प्रयोक्तालाई मानक उच्चारणतर्फ प्रवृत्त गर्न गराउन शब्दकोशमा उच्चारणको सूचना दिइन्छ । उच्चारण सूचनामा एकरूपताका लागि छुट्टै अन्तरराष्ट्रिय ध्वनितात्त्विक वर्णमाला (क्ष्।ए।ब्।) को समेत विकास र प्रयोग भएको छ । विश्वका विभिन्न विकसित भाषाका शब्दकोशमा तिनै चिह्नको मदतले उच्चारणको सूचना दिएको पाइन्छ ।
नेपाली शब्दकोश परम्परामा भने टर्नरपछि उच्चारणको सूचना दिने दोस्रो कोश रुथ लैला स्मिथद्वारा सम्पादित व्यावहारिक नेपाली अङ्ग्रेजी शब्दकोश (१९९३ ई.) हो । यो पनि द्विभाषी कोश हो । देशभरका सम्पूर्ण श्रोतालाई मानक उच्चारणमा समाचार लगायत सम्पूर्ण श्रव्य कार्यव्रmम पु¥याउने उद्देश्यले रेडियो नेपालले सर्व प्रथम रेडियो शैली पुस्तक (२०५५) को अङ्ग बनाएर करिब ७००० जति शब्दको उच्चारण सहितको कोश प्रकाशित ग¥यो । त्यो नै पहिलो नेपाली एकभाषी शब्दकोश हो । यसपछि हेमाङ्ग राज अधिकारी र बद्री विशाल भट्टराईको प्रयोगात्मक नेपाली शब्दकोश (२०६१), गङ्गा प्रसाद उप्रेतीको संयोजकत्वमा चूडामणि बन्धु सहित त्रिविका प्राध्यापकहरुको समूहद्वारा सम्पादित प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७०) र बालकृष्ण पोखरेलको सम्पादनमा पोखरेलको नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश (२०७१) र शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यव्रmम विकास केन्द्रद्वारा प्रकाशित नेपाली बाल शब्दकोश (२०६६) मा उच्चारण सम्बन्धी सूचना भएका.कोश हुन् ।
टर्नरले आफ्नो कोशमा शीर्ष शब्दको उच्चारणको सूचना रोमन लिपिमा दिएका छन् । यसमा दिइएका कतिपय उच्चारण नेपाली उच्चारण अनुरूप भने देखिदैनन् । उदाहरणार्थ कन्या—प्बलथब, कत्रनु—पबतचबलग आदि । नेपालीमा यी शब्दको द्वित्वोच्चारण भई कन्न्या– प्बललथब र कत्त्रनु– पबततचबलग हुन्छ । त्यस्तै व को ब र श को स उच्चारण हुने स्थानमा पनि टर्नरको त्यति ध्यान पुगेको देखिदैन । उनले कतिपय शब्दको बेग्लाबेग्लै र हँुदै नहुने उच्चारण पनि दिएको देखिन्छ । उदाहारणका लागि संस्कृत पिण्ड शब्दका उष्mमब (पिम्ड), उष्लमब (पिण्ड), उष्लमब (पिन्ड) गरी तिन अलग अलग उच्चारण दिएका छन् । ७००० शब्द भएको रुथ लैलाको व्यावहारिक नेपाली अङ्ग्रेजी शब्दकोश मा पनि रोमन वर्णको सहयोगले उच्चारणको सूचना दिएको पाइन्छ । विशेषतः नेपाली गतिविधिबारे चासो राख्ने विदेशी तथा अनुवादकका निम्ति यो कोश तयार गरेको देखिन्छ । यसमा केही ब, व, श हुने शब्दको उच्चारणमा त्रुटिहरु (उदा.शहर, शिकायत, वस्तु, वातावरण, जीवन, भविष्य) देखिन्छन् ।
प्रयोगात्मक नेपाली शब्दकोश (२०६१–परिवर्धित तथा परिमार्जित संस्करण–२०७१) मानक नेपालीमा उच्चारण सम्बन्धी सूचना दिइएको दोस्रो एकभाषी शब्दकोश मानिन्छ । यसको भूमिकामा नै नेपाली उच्चारणका विविधता (अजन्त लेखन हलन्त उच्चारण, हलन्त लेखन हलन्त नै उच्चारण, एकल लेखन, एकल उच्चारण, एकल लेखन तर द्वित्व उच्चारण, द्वित्व उच्चारण हुँदा अगिल्लो वर्ण परिवर्तन, विभिन्न परिवेशमा ‘क्ष’ को उच्चारण, ब, व, श, ष, स, छ हुने शब्द र तिनको उच्चारण) केलाइएको छ । तत्सम शब्दमा मात्र प्रयोग हुने ऋ, ञ्, ण्, क्ष, ज्ञ आदि वर्ण र य, र, ल, व सँग अन्य वर्ण जोडिने शब्दको कथ्य नेपाली मानक उच्चारणको सूचना पनि यस कोशले दिएको छ । मानक नेपाली उच्चारण सिक्ने र सिकाउने विद्यार्थी, शिक्षक र अन्य प्रयोक्ताका लागि पनि सहयोगी कोश भनी यस कोशको टिप्पणी गरिएको पाइन्छ (श्रेष्ठ, २०६२ ः ७१–८१ र विमली, २०६५ ः ६६–७७) ।
नेपाली बाल शब्दकोश (२०६६) शिक्षणीय प्रयोजनले प्रकाशित शब्दकोश मानिन्छ । शब्दसङ्ख्या र आकृतिका दृष्टिले सानो भए पनि यो कोश प्राथमिक स्तरका विद्यार्थीलाई नेपाली शब्दको मानक उच्चारणको सूचकका रूपमा महत्त्वपूर्ण छ ।
प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७०) र पोखरेलको नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७०) द्विभाषी कोश हुन् । यी दुबै कथ्य नेपालीको मानकीकरणमा उच्चारणको सूचना दिने शब्दकोशका रूपमा देखा परेका छन् । त्रिविका प्राध्यापकको समूहद्वारा सम्पादित ५० हजार शब्द (उप्रेती,२०७०ःप्रकाशकीय) भएको प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोशमा उच्चारणको सूचना अन्तर राष्ट्रिय ध्वनितात्त्विक वर्णमाला (क्ष्एब्) का साथै रोमन लिपिमा समेत दिइएको हुँदा विदेशी र अङ्ग्रेजी भाषाको सामान्य ज्ञान भएका नेपाली दुबै प्रयोक्तका निम्ति उपयोगी हुने देखिन्छ । पोखरेलको नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश प्रज्ञा नेपाली–अङ्ग्रेजी–शब्दकोशभन्दा केही ठुलो देखिन्छ । यसले उच्चारण रोमन लिपिमा दिएको देखिन्छ । दुबै कोशको प्रारम्भिक भागमा नै उच्चारण सम्बन्धी खोलुका दिइएको छ । कतिपय शब्दको उच्चारणमा यो कोशले स्थापना गर्न खोजेको मानक अलि भिन्न देखिन्छ । उदाहरणार्थ क्षय, क्षति, क्षमा, लक्षण, दक्ष जस्ता शब्दमा प्रयुक्त ‘क्ष’ को उच्चारणमा ‘क’ रहने देखाइएको छ तर, तिनको उच्चारणमा सबैतिर ‘क’ मात्र नभई ‘च’ पनि हुने देखिन्छ (पाविके ः त्रिवि, २०६६ः६) । केही ठाउँमा यस्ता खट्कदा कुरा परे पनि नेपालीमा उच्चारण सूचनाको सन्दर्भ सामग्रीका रूपमा यस कोशले पनि सहयोग पु¥याउने देखिन्छ ।
१०. निष्कर्ष
कथ्य र लेख्य नेपाली भाषाको मानकीकरणमा नेपाली व्याकरण चिन्तनको पछि लागेर नेपाली शब्दकोशहरुले पनि उल्लेख्य भूमिका खेलेको देखिन्छ । द्विभाषी र तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश भएर पनि नेपाली शब्द भण्डारको प्रकृति र नेपाली उच्चारणको प्रवृत्तिको सूचक बन्दै टर्नरको कोशले दिएका उच्चारण र हिज्जे सम्बन्धी सूचना कथ्य र लेख्य नेपाली भाषाको मानकीकरण गर्ने दिशामा उपयोगी (केही अपवादलाई छोडेर) देखिन्छन् । नेपाली बगली कोष, संक्षिप्त नेपाली कोश र नेपाली शब्दकोशले अनुस्वार वा पञ्चम वर्णको प्रयोगको द्विविधा हटाएको पाइन्छ । त्रिवि र प्रज्ञा प्रतिष्ठानको सहकार्यको रूपमा आएको नेपाली बृहत् शब्दकोश (२०४०) ले आगन्तुक शब्दको लेखनमा सुधार गरेको देखिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश (२०६१) ले तद्भव भएर पनि तद्भव नियममा नसमेटिएका केही शब्दको आदि र मध्यको मात्रा तद्भव नियमानुसार हुने व्यवस्था गरेको छ । प्रयोगात्मक नेपाली शब्दकोश (दोस्रो संस्करण, २०७१) र नेपाली बृहत् शब्दकोश (नवौँ संस्करण, २०७२) हिज्जे सुधारद्वारा नेपाली भाषाको मानकीकरण अभियानमा देखा परेका अधुनातन कोश बनेका देखिन्छन् । यी दुबै कोशले नेपाली बृहत् शब्दकोश (२०४०) को भूमिकामा उल्लिखित र यस बिचको अवधिमा भएका हिज्जे तथा पदयोग र पद वियोग सम्बन्धी निर्णय र सुधारलाई समावेश समावेश गरी सम्पूर्ण तद्भव तथा आगन्तुक शब्दलाई एउटै तद्भव नेपाली नियममा समेटेका छन् । सम्पूर्ण नेपाली शब्दकोशले नेपालीमा प्रचलित तत्सम शब्द संस्कृत नियमानुसार यथावत् राखेको पाइन्छ । यसरी नेपाली शब्दकोश परम्पराले नेपाली हिज्जेमा व्रmमिक सुधार गरी तत्सम शब्द तत्सम नियमानुसार र अन्य शब्द तद्भव नियमानुसार हुने व्यवस्था गरेर लेख्य नेपालीको मानकीकरणमा सहयोग पु¥याएका छन् ।
नेपालीमा पद वियोग समस्या समाधान गर्न पनि नेपाली शब्दकोशले प्रयोगद्वारा केही स्थापना अगि सारेको पाइन्छ । टर्नर, चव्रmपाणि चालिसे बालचन्द्र शर्माले समस्त शब्दमा संयोजित पदका बिचमा योजकको प्रयोग गरेको तर ढुङ्गानाले हटाएको स्थितिमा प्रच्छन्न रूपमा नेपाली बृहत् शब्दकोशले पद वियोगतर्फ झुकाव देखाएको छ । प्रयोगात्मक नेपाली शब्दकोश (दो.संस्क.२०७१) र नेपाली बृहत् शब्दकोश (नवौँ संस्क.२०७२) पदयोग र पद वियोगका दृष्टिले महत्त्वपूर्ण देखिन्छन् । समस्त शब्द डिकोले नभई अर्थले जोडिने अवधारणा सहित यी दुई कोशले यस बिचमा भएगरेका निर्णयलाई प्रविष्टि मार्फत समावेश गरी पदयोग पद वियोगमा एकरूपता दिन प्रयास गरेका छन् ।
लेख्य र कथ्य भाषाबिचको भिन्नता पहिचान गरी शब्दमा रहेका वर्णको परिवेशानुसारी उच्चार्य विविधता केलाएर शुद्ध उच्चारण सूचना दिई कथ्य नेपाली भाषाको मानकीकरणमा पनि नेपाली शब्दकोशले सहयोग पु¥याएका छन् । नेपाली भाषामा उच्चारणको सूचना भएका कोश कम छन् । टर्नरले देखाएको उच्चारण सूचनाको यस अभियानमा प्रयोगात्मक नेपाली शब्दकोश, प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश र पोखरेलको नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश उल्लेख्य मानिन्छन् । नेपाली भाषाको मानकीकरणमा शब्दकोशको भूमिका विस्तार गर्न सबै किसिमका सूचना सहितका स्तरगत आधारमा विभिन्न आकृतिका शब्दकोशको खाँचो देखिन्छ । यो खाँचो टार्न त्यस्ता कोश सम्पादन तथा प्रकाशन गरिनु आवश्यक छ ।
सन्दर्भ सामग्री सूची
अधिकारी, हेमाङ्ग राज (२०६२), सामाजिक र प्रयोगिक भाषा विज्ञान, रत्न पुस्तक भण्डार
अधिकारी, हेमाङ्ग राज र बद्री विशाल भट्टराई (२०६१, संशोधित परिवर्धित, २०७१) प्रयोगात्मक नेपाली शब्दकोश, विद्यार्थी प्रकाशन प्रा.लि.
आचार्य, शर्वराज (२०७२) नेपाली वर्ण विन्यास ः विगत र वर्तमान, नेपाल प्रज्ञा प्रतिष्ठानको वर्ण विन्यास विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र
उप्रेती, गङ्गाप्रसाद र अरू (२०७०) प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ
उप्रेती, गङ्गाप्रसाद (२०६८) नेपाली भाषा सङ्गोष्ठी– २०६७ (संयो.), नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ
कत्रे, सुमित्रा मङ्गेस (१९६५ ई.) लेक्सिकोग्राफी, अन्ना मलाइ युनिभर्सिटी, मद्रास
कोइराला, जीवन चन्द्र (२०५८) पुष्कर शमशेर स्मृतिग्रन्थ, कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान, काठमाडौँ
खनाल, मोहन प्रसाद (२०६८) नेपाली भाषाका हजार वर्ष, विद्यार्थी प्रकाशन प्रा.लि, काठमाडौँ
गौतम, लक्ष्मण प्रसाद, (२०६२) नेपाली वर्ण विन्यास र यसको मानकीकरण (संयो.) बाल कुमारी कलेज, चितवन
चालिसे, चव्रmपाणि (१९९८ प्रयुक्त संस्करण–२०५२) नेपाली बगली कोष, साझा प्रकाशन, ललितपुर
ढुङ्गाना, रामचन्द्र (२००७ प्रयुक्त संस्करण–२०५८) संक्षिप्त नेपाली कोश, साझा प्रकाशन, ललितपुर
दाहाल, बल्लभमणि (२०३३) नेपाली भाषा र कोश, नेपाली भाषा अधिगोष्ठी, (सम्पा.चूडानाथ भट्टराय), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
नेपाली वर्ण विन्यास सम्बन्धी चन्द्रगढी घोषणा पत्र (२०६६)
पन्त, रामराज (१९५९ ई.) नेपाली लिपि विज्ञान, सरोज प्रकाशन, प्रयाग
पन्थी, टीकाराम (२०५७) नेपाली वर्ण विन्यास विषयक अघिगोष्ठी,(संयो.) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौँ
—————————(२०६०) भाषिक चिन्तन, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौँ
पाँडे, गोपाल (१९९७ प्रयुक्त संस्करण २०५३) ह्रस्व दीर्घ आदिको सवाई, नेपाली शिक्षा परिषद् काठमाडौँ
पाठ्यव्रmम विकास केन्द्र, त्रिवि (२०३६) अनिवार्य नेपाली शिक्षण निर्देशिका, पाठ्यव्रmम केन्द्र, त्रिवि, कीर्तिपुर
———————————————— (२०५७) शिक्षक निर्देशिका पाठ्यव्रmम विकास केन्द्र त्रिवि
————————————————(२०६६) अनिवार्य नेपाली शिक्षण निर्देशिका, साझा प्रकाशन, ललितपुर
पोखरेल, अपर्णा (२०६६) नेपाली वर्ण विन्यासमा पदयोग र पद वियोगको समस्या, कमलमणि दीक्षित
पोखरेल, बालकृष्ण र अरू (२०४०) नेपाली वृहत् शब्दकोश (प्रथम, सातौँ र नवौँ संस्करण) नेपाल प्रज्ञा प्रतिष्ठान
पोखरेल, बालकृष्ण (२०४०) पोखरेलको नेपाली–अङ्ग्रेजी–नेपाली कोश, श्याम पुस्तक भण्डार, विराटनगर
प्रधान, कुमार (२०११ ई.) नेपाली लेखन शैली, भारतीय भाषा संस्थान, मैसुर
भट्टराई, बद्री विशाल (२०६३) नेपाली भाषामा भाषा सम्बन्धी आन्दोलनहरु, शभेच्छा प्रकाशन, काठमाडौँ
———————————— (२०६३) नेपाली एकभाषी शब्दकोशमा हिज्जे व्यवस्था ः निरन्तरता र परिष्कार, ल्ग्त्ब् व्इग्च्ल्ब्ी ९खय‐िद्ध,ल्य‐द्ध०, नेपाल प्राध्यापक संघ, काठमाडौँ, पृ. ६१–७२
————————————(२०६४) नेपाली बृहत् शब्दकोशको कोश वैज्ञानिक अध्ययन, त्रिविमा प्रस्तुत अप्रकाशित विद्या वारिधि शोध प्रबन्ध
भट्टराई, बद्री विशाल (२०६४) भाषिका र भाषाका अन्य भेदहरु, उन्मेष, (अङ्क– ९) त्रिवि प्राध्यापक संघ, रत्न राज्यलक्ष्मी क्याम्पस एकाइ समिति, पृ. ७ –१२, काठमाडौँ
भट्टराई, बद्री विशाल र जीवेन्द्र देव गिरी (२०६९) नेपाली हिज्जे निर्देशिका, त्रिवि पाठ्यक्रम केन्द्रमा बुझाइएको मस्यौदा
भट्टराई, रोहिणी प्रसाद (२०४५)नेपालीको वर्ण विन्यास, नेपाली व्याकरणका केही पक्ष, (सम्पा.चूडामणि बन्धु) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
रेडियो नेपाल (२०५५) रेडियो शैली पुस्तक, रेडियो नेपाल काठमाडौँ
रोहरा,सतीश कुमार (१९८०ई.) कोश विज्ञान, अनुप्रयुक्त भाषा विज्ञान (सम्पा.रवीन्द्र नाथ श्रीवास्तव र अरू),आलेख प्रकाशन, दिल्ली
लुइँटेल, विष्णु (२०५३) तत्सम शब्दको वर्णविन्यास, साझा प्रकाशन, ललितपुर
विमली, सविता (२०६५) प्रयोगात्मक नेपाली शब्दकोशको उच्चारण पक्षको अध्ययन, त्रिवि मानविकी र सामाजिक शास्त्र अन्तर्गत पद्मकन्या क्याम्पस, नेपाली विभागमा प्रस्तुत अप्रवmाशित स्नातकोत्तर शोधपत्र
शर्मा, बालचन्द्र (२०१९) नेपाली शब्दकोश, रोयल नेपाल एकेडेमी, काठमाडौँ
शर्मा, मोहनराज (२०७१) प्रज्ञा नेपाली सन्दर्भ व्याकरण, नेपाल प्रज्ञा प्रतिष्ठान
शर्मा, मोहनराज र खगेन्द्र प्रसाद लुइँटेल (२०६४) आधुनिक भाषा विज्ञान, विद्यार्थी पुस्तक भण्डार, काठमाडौँ
शर्मा, सुकुम (२०५८) नेपाली व्याकरणको प्रारम्भिक इतिहास, निरन्तर पब्लिकेसन्स, काठमाडौँ
शर्मा, वसन्तकुमार (२०५७) नेपाली शब्द सागर, भाभा प्रकाशन, काठमाडौँ
शिक्षा मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्र (२०६६) नेपाली बाल शब्दकोश, पाठ्यव्रmम विकास केन्द्र, सानो ठिमी भक्तपुर
शिक्षा मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्र (२०७०) प्रकाशन शैली, पाठ्यव्रmम विकास केन्द्र, सानो ठिमी
श्रेष्ठ, दयाराम (२०६२) प्रयोगात्मक नेपाली शब्दकोशको प्रयोग पक्षको स्वरूप, गरिमा पूर्णाङ्क–२३९, साझा प्रकाशन पृ.७१–८१
सर,याल्फ लिली टर्नर (१९३१ ई.पुनर्मुद्रण १९९६ ई.) नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश, अलाइड पब्लिसर्स लि. कलकत्ता
सुवेदी, लालानाथ र हरिप्रसाद शर्मा (२०५७) नेपाली वर्ण विन्यास, साझा प्रकाशन, ललितपुर
स्मिथ, लैला रुथ (१९९३ ई.पुनर्मुद्रण २००० ई.) व्यावहारिक नेपाली अङ्ग्रेजी शब्दकोश, रत्न सागर प्रालि, दिल्ली

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 चैत्र, 2072

लेखकका अन्य रचनाहरु