नियति

- विनयकुमार शर्मा नेपाल

के नियति प्रारब्ध वा भाग्य नै हो त ? वा नियति पूर्वकर्म वा हुनेहुनामी पनि हो ?
यस प्रश्नमा मानव सभ्यताको आरम्भदेखि नै विविध विचारहरु सम्प्रेषण भएकै हो । भाग्य भन्नासाथ अचानक हुने वा दैवी शक्तिले हुने भन्ने प्रचलनले ज्यादा प्राथमिकता पाएको छ भने अर्कोतिर विद्वान्हरुले नियतिवाद र भाग्यवादलाई एकै डालोमा हालेर चर्चा गरेको पनि पाइन्छ ।
त्यसो भए हुने कुरा मात्र हुन्छ नहुने कुरा हुन्न भन्नु के नियतिवाद हो ? तर म सहमत छैन । हुने कुरा मात्र हुन्छ वा हुने कुरा कुनै हालतमा पनि भएरै छाड्छ भन्नुलाई म प्रकृति र प्रकृतिजन्य वस्तुको तारतम्यलाई बुझ्छु । अचानक हुने आधिदैविक भनिएका क्रियाकलाप जो मान्छेको वशमा हुन्न, त्यसलाई म मान्छेले गरेका वस्तुवादी कृत्यहरुको जोड मान्छु । जुन तत्काल हाम्रो दृष्टिमा त आउन्न तर प्रभाव त छ । यस्ता विभिन्न प्रभावको जोड हो तारतम्य, तर यस्ता प्रभावको हिसाब राख्ने मूर्खता कसले गर्ने ? किन गर्ने ? तब सजिलै भाग्य वा नियति भनिदिए हाम्रा पूर्वजले ।
वास्तवमा हामीले एक्कासी भएको देखेको घटना वा दुर्घटना चाहे त्यो दैविक (हाम्रो हिसाबको क्षमताभन्दा बाहिरको) होस् वा मानव घटित, त्यो विनाकारण अचानक भएको हुन्न । के कुनै वस्तु वा तङ्खव वा कार्यको क्रिया कारणविना सम्भव छ ? एकएक सेकेन्डको तारतम्य जोडिएर घटना घट्छ । एकएक सेकेन्डको तारतम्यको जोडले दुर्घटना बचाउँछ । सेकेन्ड सेकेन्डको तालमेलले जीवन चल्छ र सेकेन्डको गडबडीले व्यवस्था धरमराउँछ ।
यो थाहा हुँदाहुँदै म किन तारतम्यलाई नियति वा भाग्यसँग जोडौँ ?
तपाईं नै भन्नोस्–प्रत्येक पुस्ताले आफ्नो सन्तान आधुनिक भएको वा बिग्रेको आरोप नयाँ पिँढीलाई लगाउँछ कि लगाउँदैन ? पुरानो पिँढी हमेसा पुरानैमा रहन चाहन्छ कि चाहँदैन ? नयाँमा लाग्नु भनेको
अन्धकारमा फाल हाल्नुसरह हो भन्छ कि भन्दैन ? प्रायः जो कोही, सायद हामी पनि आजभन्दा हिजो सस्तो थियो, नैतिक थियो, राम्रो थियो, आनन्द थियो आदि आदि भनेर पुरानै ठीक हो भन्न र भनाउन चाहन्छौँ कि चाहँदैनौ ? नयाँलाई स्वीकार नगरी पुरानैमा बाँच्न खोज्नु मात्र मान्छेले सुरक्षित हुन खोजेको हो कि होइन ? नयाँमा समस्या हुन्छ, अन्धकार हुन्छ नयाँ सधैँ जानकारी बाहिर हुन्छ । पुरानो जानकारीभित्र हुन्छ, पारदर्शी हुन्छ, समस्याविहीन हुन्छ । त मान्छे किन समस्या जेलोस् ? तर तपाईं हेर्नोस् यो संसार सधैँ नयाँले हाँकेको छ, राम, कृष्ण, बुद्धदेखि आजसम्मका सबै ज्ञानी, ध्यानी, विद्वान्, दार्शनिक, वैज्ञानिक, लेखक सबका सबले, जसले संसार हाँके वा आपूmलाई चिनाए ती सबैले पुरानो छोडेर केही नयाँ गरे, पहिचान हमेसा नयाँबाटै बनेका छन् । राम राम वा कृष्ण कृष्ण जपेर को राम वा कृष्ण बने ? राम राम मात्रै जपेका भए के कृष्ण, कृष्ण हुन्थे ? जसले आफ्नो नवीन पहिचान देखायो उसैलाई संसारले सम्झ्यो । यति सानो सूत्र नबुझेर किन तपाईं कसैले खनेको बाटोमा हिँड्नु हुन्छ ? आफै बाटो किन बनाउनु हुन्न ? किनकि नयाँमा खतरा छ, पुरानो खतरा मुक्त छ । खतरा मोल्न सक्नेले नै केही गर्ने हुन्, होइन र ? मान्छेको बितेको दिनको मोह नै चलन, प्रथा, संस्कारको प्रत्यक्ष अप्रत्यक्ष पृष्ठपोषक हो, पालनकर्ता हो । कतिपय वस्तु, विचार, दर्शन, तर्क आदि हिजोका ठीक हुनसक्छन् र आजको परिप्रेक्ष्यमा ठीक नहुन पनि सक्छन्, तर प्रथा, संस्कार र चलनहरु प्रायः ठीक ठानिन्न । कारण प्रत्येक पुस्ता पुरानोबाट निस्केर केही नयाँ गर्ने सोच राख्दछ । मानव विचार निरन्तर परिवर्तन हुन्छ । साधनस्रोतको सर्वसुलभता र मानवको व्यस्तताको पनि भूमिका रहन्छ । प्रत्येक चलन किन, कसरी, केको लागि भनेर आजको समयसँग त्यसको उपयोगिता र उपलब्धि खोजिनुपर्छ र छाँट्निुपर्छ । आँखा चिम्लेर बाजेले गरैकै कारण गर्ने काम कुनै युगले पनि किमार्थ ठीक ठान्न सक्दैन । प्रत्येक पुस्ता पुरानो छोड्न र नयाँ समात्न चाहन्छ, तर ऊ नै पुरानो ठीक नयाँ बेठीक पनि भनिरहन्छ । यस्तो द्वन्द्व छाडेर अब हामीले पुरानोबाट पाठ सिकेर नयाँ गर्ने आँट गर्नुपर्छ । मानवीय कृत्य र प्रकृतिको क्रिया–कलापको हिसाब राखेर तारतम्यको खाका वा रेखा देखाउन सक्नुपर्छ । भाग्य र नियति त मात्र हाम्रो दिमागी हिसाब किताबको सजिलो सूत्र हो ।
तपाईंका बाबुआमा, दाजुभाइ, दिदीबहिनीसमेत दश परिवार थिए । तिनको सङ्ख्या विवाहपश्चात् बिस वर्षमै दोब्बर हुन्छ कि हुन्न ? अनि तिनले जन्माएका सन्तान जोड्दा तेब्बर हुन्छ कि हुन्न ? अनि तिनले विवाह पश्चात् जोडेका नाता, आफन्त, नाताका नाता आदि जोड्दा कति हुन्छ ? र तिनका दश पुस्ताका सबै नातागोता कति हुन्छ ? कल्पना गर्न सक्नुहुन्छ ? जाबो यति त हिसाब राख्न नसक्ने नाथे मान्छेले प्रकृतिको एउटा एउटा क्रियाकलापको, धरतीका सम्र्पूण मान्छेको, अन्य जीव र तिनको कार्यको के हिसाब राख्नु ? अन्दाज गर्नुहोस् न कतै यो देशका आधा मान्छे तपाईंकै नातागोता त पर्दैनन् ? अब लौ भन्नुहोस् त तिनले गरेको कर्म र त्यसको प्रभाव कसरी भाग्य वा नियति ?
तपाईंका बाबु वा आमाको हिसाबले मात्र तपाईंको जीवन चल्दैन, न त तपाईंकी पत्नी वा पतिको हिसाबले मात्र तपाईंको जीवन चल्छ तिनीहरुसँग गाँसिएका सबैको केही न केही प्रभाव तपाईं छेउ आए के भन्नुहुन्छ ? तपाईंले हिसाबै राख्न नसक्ने, जानकारी नै लिन नसक्नेहरुका प्रभावहरु तपाईंसम्म आइरहन्छन् र जोड घटाउ हुँदै प्रभाव पारिरहन्छन् । त्यसैले त भनिन्छ–‘सुन्तला रोपेर कागती र कागती रोपेर सुन्तला कदापि फल्दैन ।’ ‘मान्छेले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ ।’ असत्य तत्काल भ्रम सिर्जना गर्न सक्छ, तर दीर्घकासम्म टिक्न सक्तैन । भ्रष्ट कामबाट धन कमाउनेको सन्तान भ्रष्ट भएजस्तै हो प्रभाव भनेको, होइन र ?
एकछिन कल्पना गर्नुहोस् मानौँ यहाँको जङ्गल मासिदिँदा जति चाँडै यहाँ प्रकृतिले प्रभाव पार्ला त्यसको प्रभाव युरोप वा अमेरिकामा कति न्यून वा समयान्तरमा पर्ला ? कुरो दूरी र समयको मात्र हो । म यसलाई तारतम्य भन्न रूचाउँछु, तर भाग्यवादीहरु भाग्य भन्न र नियतिवादीहरु नियति भन्न रूचाउँछन् ।
यो संसारमा विनाकारण केही हुन्न, कोही जन्मन्न र केही मर्दैन । कहीँ न कहीँ कतै न कतैबाट तन्तु जोडिएको हुन्छ । यो ब्रह्माण्डमा केही विच्छिन्न छैन, कोही ठिङ्गो छैन । प्रकृतिका एकएक तङ्खवसँग एकएक तङ्खवको सम्बन्ध छ, सरोकार छ, प्रभाव छ हामीले देखौँ कि नदेखौँ । हाम्रो चक्षुको क्षमता बाहिरको कुरो जुन हाम्रै कृत्यले आउने हो त्यसलाई तारतम्य नभनेर म किन भाग्य भनौँ हँ ?
यो संसारमा कुनै त्यस्तो कार्य हुन्न जसको कारण नहोस् । भाग्यवादीहरु कर्म गरेर मात्र कहाँ हुन्छ भाग्यमा छैन भने हुन्न भन्दछन् र कर्मवादीहरु त झन् भाग्यमा रत्ती पनि विश्वास गर्दैनन् । वास्तवमा जसले जे भने पनि भाग्य भनेको आफू वा आपूmलाई प्रभाव पार्ने आफ्नो वा आफ्नो (पत्नी भए पतिको समेत) अगाडि पछाडिका पुस्ताहरुले हिजोका दिनहरुमा गरेकोसमेत कार्यसँग जोडिएको हुन्छ । आपूm नसुध्रने वा अरुलाई सुधार्न नसक्ने, आँट हिम्मत गरेर बेलामै बुद्धि पु¥याउन वा बोल्न–गर्न नसक्ने मान्छेको आफ्नै स्वभावको कारण, आफ्नो पुर्खाको स्थिति जसले मान्छेको आधा भविष्य पहिले नै तय गरेको हुन्छ, ती सबैको प्रतिफलहरु जो आपूmबाट गरिएको नहुन पनि सक्छ, त्यसलाई नै मान्छेहरु नियति वा भाग्य भनेर बस्ने गर्दछन् । नत्र यो संसारमा कुन त्यस्तो बोट छ जुन कुनै न कुनै तवरले कसै न कसैबाट नरोपिइ उम्रिन्छ वा फल्छ ?
रोपिनुको कारण यान्त्रिक वा प्राकृतिक जेसुकै होस् । अर्कोतिर मान्छेलाई यन्त्रले अप्राकृतिक अर्थात् प्रायोजित बनाइसकेको यस युगमा जब कुनै पनि मान्छेलाई भोग गरिरहेको सुविधा उपलब्ध हुन सक्तैन, तब ऊ कठिनाइ वा असुविधा अनुभव गर्न थाल्छ, त्यसलाई उसले गर्वको रुपमा र उसका आफन्तहरु हीनताको रुपमा बुझ्दछन्, यही अन्तराल मेटाउन मान्छे एउटा समाज वा सम्बन्ध छोडेर अर्को समाज वा सम्बन्धभित्र
पस्दछ ।
जीवन र जगत्लाई हेर्न, यिनका क्रियाकलापलाई बुझ्न जीवनको सीमा, आँखाको सीमा, मुटुको सीमा, बुद्धिका सीमा, शरीरका सीमा, सीमै सीमाको कैद, मान्छेलाई सजिलो छैन, यो सबैले सोच्ने वा बुझ्ने कुरो पनि होइन । बिनसित्ति टाउको कसले दुखाओस् ? किन माथापच्ची गरोस् । सबै कुरा हिसाबकिताबमा आउन्न, छिद्र हुन्छ गणितशास्त्रमा पनि ।
सालाको कारण अन्धकार काकाको अनुहार हेरेर मेरो अनुहार अन्धकार भयो र मेरो अन्धकार अनुहारको भाव पढेर मेरी स्वास्नीलाई चौपट्टै चिन्ता भयो, दिदीको चिन्ता देखेर मेरो सालो उसकी पत्नीसँग सल्लाह गर्न पुग्यो, यही हो प्रभावको हिसाबकिताब ! शून्यमा शून्य घटायो तैपनि एक बाँकी । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड’ भनेको यही हो ।
के मान्छे भाग्य वा नियतिको दास हो ?
ए हजुर, यो संसारमा त्यस्तो के चीज छ जसको दास मान्छे छैन ? प्रकृति सुन्दर छ, मनमोहक छ, सम्पूर्ण सृष्टि र प्राणीको जीवन हो प्रकृति, तर त्यसो भनेर एउटा मान्छेले चउरमा रात बितायो भने ऊ विरामी पर्छ । प्रकृति वास्तवमै सुविधाको भए मान्छेले समाजको कदापि निर्माण गर्दैन थिए, त्यसैले प्रकृति राम्रो छ, सौन्दर्यपूर्ण छ तर सुविधा छैन । प्रयोग गर्न जाने औषधी विष र विष औषधी बन्न सक्छ । सम्पूर्ण कृत्यको निर्भरता मानवको आफ्नै क्रियाकलाप हो ।
वास्तवमा भाग्य भनेको आफू वा आपूmलाई प्रभाव पार्ने आफ्नो वा आफ्ना समेतको अगाडि पछाडिका पुस्ताहरुले हिजोका दिनहरुमा गरेका जो कर्मसँग जोडिएको हुन्छ । आँट वा हिम्मत गरेर बेलामै काम गर्न र बुद्धि पु¥याउन नसक्ने मान्छे आफ्नै स्वभावका कारण अनि आफ्नो पुर्खाको स्थिति जसले मान्छेको आधा भविष्य पहिले नै तय गरेको हुन्छ ती सबैको प्रतिफलहरु जो आपूmबाट नगरिएको पनि हुनसक्छ, त्यस्तो आकस्मिकलाई नियति वा भाग्य भनेर बस्दछन् र आफ्ना सबै ज्ञान, बुद्धि, विवेकलाई भाग्य वा नियतिको थाप्लामा थन्काएर बाँँच्ने तरिका खोज्छन्–अकर्मण्यहरु ।
अब भन्नोस् त नियति प्रारब्ध वा भाग्य नै हो कि ? मान्छे आफैले गरेको निम्त्याएको क्रियाकलाप वा तारतम्य हो ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 चैत्र, 2072

लेखकका अन्य रचनाहरु