डा. लेख निरौलासँग साहित्यिक कुराकानी

- जागेन्द्र प्रसाद भेटुवाल

– तपाईको पारिवारिक पृष्टभूमिको बारेमा केही बताइदिनु हुन्थ्यो कि ?
मेरा पूर्खा संखुवासभा जिल्लाको मत्स्यपोखरी गा.वि.स. मा निम्न वर्गीय समाज भित्र विकसित भएको हो । गाउ“मा साक्षर परिवारका रूपमा मेरा हजुरबुबाहरूलाई लिइन्थ्यो । उहा“हरू प्रायः रूद्री, चण्डी, वेद र श्रीमद्भागवत पुराणजस्ता ग्रन्थहरूलाई आनै किसिमले पढ्नुहुन्थ्यो । खासगरी गाउ“लेहरूलाई हिन्दुसंस्कार अनुसारको कर्म गराउनु उहा“को अभिरूचि देखिन्थ्यो । मेरा बुबा धनकुटामा गएर श्रेस्ता पाठशाला अध्ययन गरेपछि संखुवासभाकै दुर्गम गाउ“सहरमा बालवालिकाहरूलाई प्रारम्भिक अध्ययन गराउनुहुन्थ्यो र समाजमा शैक्षिक चेतना जगाउनुहुन्थ्यो । उहा“लाई वि.सं. १९९७ पुूर्व गाउ“का सबैले मास्टरका रूपमा चिन्थे । सहिद– काण्डपश्चात् नेपालको राजनैतिक माहोल तातेपछि उहा“ संखुवासभाबाट केही समयका लागि भारतको आसामतिर जानुभयो र त्यहा“ चिना टिपन लेख्ने लगायतका कामहरू गर्न थाल्नुभयो । मेरी जेठी आमाको असामयिक निधन पछि नेपाल फर्कनुभयो । केही वर्षपछि उहा“ले दोस्रो विवाहका रूपमा मेरी आमालाई भोजपुरबाट विवाह गरेर पुनः आसामतिर फर्कनुभयो । त्यसै क्रममा म आसामको हाल धेमाजी जिवला अन्तर्गत शिलापत्थर नजिकैको जीपु जियु बस्ती कोलडा“डामा जेठो सन्तानका रूपमा जन्मिए“ । म जन्मदा आनो घर थिएन । म अरूकै घरमा २०२८ साल श्रावण १ गते शनिवार ५ बजे र २७ मिनेटमा त्यस्तो अवस्थामा जन्मिएको हु“ ।

– तपाई“को बाल्यकाल कस्तो रह्यो ?
आफ्नो घर नहु“दा सानैदेखि गाउ“हरूका गाइबस्तुहरू चराउनु मेरो दैनिकी हुन्थयो । म र आमा दुवैजना प्रत्येक गाइको वार्षिक २० के.जी. धान लिने गरी गाईवस्तु चराउथ्यौ“ । हामी आसाम र अरूणाचल प्रदेशको सीमानामा बस्ने भएकाले केही समय मैले आसामको विद्यालयमा पढेपनि त्यतिखेर आसाममा आन्दोलन भइरहने भएकाले अरूणाचल प्रदेशको विद्यालयमा पढ्न थाले । विद्यालय समयबाहेक मेरो काम गाइबस्तु चराउनु नै हुन्थ्यो । मैले वाल्यकालमा खानपिनको सुविधा पाएपनि आवासीय सुविधा र पढाइका लागि पर्याप्त समय पाउन सकिन“ ।

– तपाई“को वैवाहिक सम्बन्धले साहित्यिक क्षेत्रमा के कस्तो प्रभाव पारेको छ ?
२०५५ साल फागुन महिनामा वैवाहिक बन्धनमा बाधिंदाको अवस्थामा नेपालीमा एम.ए , बी.एड् र संस्कृतमा आचार्य तहसम्को अध्ययन गरिसकेको थिए“ । मलाई पिण्डेश्वर विद्यापीठ धरानको शैक्षिक वातावरण र त्रि.वि.को शैक्षिक वातावरणले साहित्यप्रति सक्रिय तुल्याउ“दै लगेको थियो । म देवी नेपाल, हेमराज अधिकारी, शिव प्रणत लगायतका साथीहरूस“ग साहित्यिक क्रियाकलापमा संलग्न हुन्थे“ । यस्तो पृष्ठभूमिमा मेरो वैवाहिक बन्धनपछि थप उर्जा मिल्दै गयो र मालती खण्डकाव्यको पुनर्लेखन प्रकाशनदेखि लिएर अहिलेसम्मको साहित्यिक यात्रामा श्रीमतीबाट पर्याप्त सहयोग मिल्दै आएको छ ।

–सर्वप्रथम तपाई“लाई साहित्यिक यात्राको सोपानमा पाइला राख्ने प्रेरणा कसरी मिल्यो ?
निश्चय पनि व्यक्तिलाई परिवारका कतिपय घटना परिघटनाहरूले प्रभाव पारिरहेको हुन्छ । मलाई आना बुबा पं. नीलमणि निरौलाको व्यक्तिŒव र स्वभावबाट केही आन्तरिक प्रेरणा मिल्दै गयो । उहा“ राम्रो ज्योतिषज्ञ र कर्मकाण्ड विद्वान् हुनाका साथै आजीवन अध्ययन प्रतिभा हुनुहुन्थ्यो । श्लोकबद्ध गरेर आना विचारहरू भन्न सक्ने क्षमता उहा“मा थियो । समाजका आगाडि आशुकविझै“ विभिन्न छन्दमा र लोकलयमा समेत स्पष्ट विचारहरू अघि सार्ने प्रवृत्तिका कारण उहा“बाट धेरैजसो व्यक्तिहरू प्रभावित हुन्थे । मलाई बुबाको त्यो प्रवृत्ति र क्षमताले सानैदेखि प्रभाव पार्दै लगेको थियो । यद्यपि म अङग्रेजी विद्यालयमा प्रारम्भिक शिक्षा लिन्थे“ तापनि उहा“ मलाई लेखनाथको पि“जडाको सुगा, ईश्वरस्तुति र संस्कृतका त्वमेव माता..., शान्ताकारं...आदि श्लोकहरू सानैदेखि वाचन गर्न सिकाउनुहुन्थ्यो । यसबाट ममा नजानिदो किसिमले लयगत अभिरूचि बढेको ठान्दछु । त्यस्तै उहा“को उदार हृदयले आफुूले खाई नखाई, भ्याई नभ्याई निस्वार्थ भएर समाजका व्यक्तिहरूको आपत् विपत्मा सहयोग गर्ने प्रवृत्ति देखाएको देख्दा म पनि अरूका सुखदुःखमा संलग्न हुन थालेछु । यसरि एकातिर लयप्रतिको अभिरूचि र अर्कातिर सामाजिक सहयोगको भावना जस्ता कुराले साहित्यिक प्रेरणा जगाएको हुनुपर्छ । त्यसपछि अध्ययनका क्रममा साथी, विद्यालयको परिवेश र साहित्यिक वातावरण जस्ता कुराले साहित्यप्रति अभिरूचि जगाउदै लगेको पाउछु ।

– सर्वप्रथम मालती खण्डकाव्य लेख्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
मैल शास्त्री पढ्रनु अघिदेखि नै पिण्डेश्वर विद्यापीठ धरानमा कविता लेख्ने गथर्“े । शास्त्रीको पढाइ सकेपछि आचार्य तह अध्ययन गर्न दाङ जा“दा मैले त्यहा“को नौलो कमैया प्रथास“ग परिचित हुने अवसर पाए“ । त्यहा“को जमिनदार र कमैया बीचको असमान अवस्था देख्दा मेरो मनमा जुन एक झुल्का भावना उदाउन पुग्यो त्यसैबाट मालती खण्डकाव्यको विषयवस्तु चयन भई मालती रचिन पुग्यो ।

– यही विषयवस्तुमा अन्य कृति रचना नगरी खण्डकाव्य नै किन रच्नुभएको हो ?
खण्डकाव्यमा जीवन जगत्को एक खण्ड देखाइएको हुन्छ । साथै भाव प्रभाव गरी लयात्मक रुपमा प्रकट हु“दा खण्डकाव्यले पाठकको मन सजिलै छुन्छ । मलाई संस्कृतको वृत्तरत्नाकर कृति पढेपछि नेपाली कविता लेख्ने प्रेरणा एकातिर जागेको थियो भने अर्कातिर त्यस अमानवीय प्रथाको जानकारी पाठकलाई गराउन खण्डकाव्य विधा उपयुक्त ठान“े र खण्डकाव्यको रुप दिए“ ।

– खण्डकाव्य लेखनमा तपाई“ले किन छन्दमा नै लेख्नुभयो ?
म छन्दलाई मन पराउने व्यक्ति हु“ । जब मैले संस्कृतको छन्द सम्बन्धी वृत्तरत्नाकर कृति पढे“, तब मलाई छन्द सम्बन्धी ज्ञान भयो । नेपली कविताहरु पढ्दा पनि कवि शिरोमणि लेखनाथ पौड्यालका कविताले छोयो । त्यसपछि छन्दमा काव्य लेख्ने प्रेरणाको स्रोत बन्यो । त्यसैले यो विषयवस्तु छन्दमा दिनु उचित ठान“े ।

– काव्यको विषयवस्तु कुन पक्षस“ग सम्बन्धित छ ?
यो काव्य सामाजिक विषयवस्तुमा आधारित छ । पश्चिमी नेपालका केही क्षेत्रहरुमा विद्यमान कमैया प्रथालाई यसले उजागर गरेको छ ।
– पात्रका दृष्टिकोणबाट यो कस्तो काव्य हो ?
खण्डकाव्यमा धेरै पात्र भन्दा थोरै पात्र नै अपेक्ष्ाँकृत ठहर्छ । यसको विषयवस्तु अनुसार केही समाजका प्रधिनिधिमूलक पात्र समावेश गरिएको छ । यस काव्यमा तीन जना (अशोक, मालती र मालतीको आमा ) पात्र रहेका छन् । जसले समाज अनुसाको बोली बोलेका छन् । यस काव्यमा वर्गगत भिन्नता पात्र रहेका छन् ।

– तपाई“ले लिङ्ग, जात, रङ्ग र वर्ग भेद मध्ये वर्गभेद देखाउन खोज्नुभएकोमा केही कारण छ?
विश्वमा लिङ्ग, जात, रङ्ग र वर्ग भेद रहेका देखिन्छन् । तर म दाङमा बस्दा त्यहा““का सम्भ्रान्त वर्ग र कमैया वर्ग बीचको आर्थिक असमानताका कारण सिर्जित जुन अमानवीय सामाजिक संरचना देखे“, त्यो वर्ग भेद थियो । यस्ता अमानवीय ऐ“जेरुको शैल्यक्रिया गरी रोगमुक्त स्वच्छ समाजको निर्माण गर्नुपर्ने देखिएकाले वर्गभेद
हटाई समातामूलक समाज नर्माणका लागि कलम चलाए“ ।

– तपाई“ले नारी पात्रको नामलाई किन शीर्षक चयन गर्न उचित ठान्नुभयो ?
शीर्षक चयन गर्दा विषयवस्तुस“ग सन्दर्भित गरेर वा पात्रको नामका माध्यमबाट राख्न सकिन्छ । यसमा मुख्य नारी पात्र मालतीको नामबाट शीर्षक राखिएको छ । हाम्रो समाजले अझ पनि नारीको स्थानलाई पछाडि राखेको हु“दा नारीको स्थानलाई महŒव दिई नारीलाई पि“जराको सुगा नबनाई वनको कोइली बनाउनुपर्ने सन्देश प्रदान गर्नका लागि मालती शीर्षक चयन गर्न पुगे“ ।

–उद्यानमा पाइने अशोक वृक्ष र मालती फूललाई कतै प्रतीकात्मक रूपमा प्रयोग गर्नु भएको त होइन ?
प्रश्न निकै सान्दर्भिक छ । सामान्यतया कविहरु प्रकृतिप्रेमी हुन्छन् । म पनि देवकोटा जस्तै प्रकृतिबाट प्रेरणा लिनुपर्छ भन्ने विश्वास राख्छु । यहा“ सामाजिक पात्रका रुपमा प्रयोग गराइएका मालती र अशोक पात्र एकातिर सामाजिक प्रतिनिधिमूलक चरित्र नै हुन् भने अर्कातिर तिनमा प्रकृतिको प्रतीकात्मक प्रतिबिम्ब समेत रहेको छ । कोमल लता मालतीलाई बलियो अशोक वृक्षको सहारा र अशोकले पनि मालती जस्ती सुगन्धित पुष्प उ“दाको सौन्दर्य समाजमा पनि हुने द्वयर्थक रुपमा काव्यमा उपस्थित भएर रहेको छ ।
–यस काव्यमा के कस्तो द्वन्द्व विधान संयोजन गर्नुभएको छ ?
द्वन्द्वका दुई अवस्था हुन्छन् । ती हुन्ः–बा≈य र आन्तरिक । यस काव्य आन्तरिक द्वन्द्व प्रधान काव्य हो । यस काव्यमा मूलत ः वैचारिक द्वन्द्व समाविष्ट छ । मालतीको विचार र बाबुआमाको विचार बीचमा पुस्तागत वैचारिक द्वन्द्व रहेको छ । सम्भ्रान्त मानसिकता बोकेका आमाबाबु र मानवीय संवेदनाग्रहण गरेकी मालती बीचको द्वन्द्वबाट आन्तरिक द्वन्द्वको सिर्जना भएको छ । अर्कातिर मालती र अशोकका बीच एक अर्कामा सहानुभूति जागे पनि अशोकका मनमा बाबुआमाले गरेका क्रियाकलापहरु बेठीक लागेका कारण प्रतिरोध गर्ने विचार उत्पन्न भएको छ । काव्यको अन्तमा बा≈य द्वन्द्व सङ्केत गर्न एउटै श्लोकमा अशोकले मालतीलाई मुक्ति गरेको सङ्केत मिल्दछ । यसरी एकातिर वैचरिक र अर्कातिर मानसिक अन्तद्र्वन्द्व यस काव्यमा उपस्थित भएको छ ।

–यो काव्य कुन चिन्तन परम्परामा आधारित भएर रचिएको छ ?
मालती खण्डकाव्यको जुन संरचना छ, त्यसबाट नै यो काव्य कुन परम्परामा छ भन्ने कुरा निक्र्यौल गर्न सकिन्छ । यसकी नायिका मालती उच्च कुलकी नारी पात्र हुन् । यस काव्यमा पश्चिमी नेपालका तराई क्षेत्रमा विद्यमान कमैया प्रथाको एक कालखण्ड र जीवनजगत्को एक खण्डदेखि लिएर न्यून सर्गयोजना, लयविधान, भावविधान, रसाभिव्यक्ति जुन रुपमा उपस्थित भएर आएको छ यसले पूर्वीय काव्य चिन्तन परम्परालाई अ“गालेको देखाउ“छ ।

–यस काव्यमा एक रसभावको उपस्थितिलाई नियाल्नुपर्दा कुन रसाभिव्यक्ति भावकसामु पस्कनुभएको छ ?
यस काव्यको अन्त्यमा अशोकले मालतीको मुक्तिका लागि जुन साहसिक कदम उठाएको छ, त्यसबाट हामीमा वीर स्थायी भाव जागृत हुने हु“दा वीर रस नै यसको मुख्य रसाभिव्यक्ति मान्नुपर्छ ।

– जीवन जगत्को एक पक्षलाई कसरी चित्रण गनुभएको छ ?
मालती काव्यमा उपस्थित मुख्य पात्रहरु मालती र अशोकको सम्पूर्ण जीवनकाल समावेश नभई निश्चित कालखण्ड मात्र उपस्थित छ । जसले एक कालखण्ड हुनुपर्ने पूर्वीय चिन्तन परम्परालाई आत्मसात् गरेको स्पष्ट हुन्छ ।

–देशकाल वातावरणको सन्दर्भमा यसलाई हेर्नुपर्दा के भन्नुहुन्छ ?
यसमा नेपालको पश्चिमी तराई क्षेत्रमा आजभन्दा पन्ध्र वर्ष जति अघि रहेको सामाजिक परिवेश चित्रित छ । त्यस समाजमा रहेको असमान वातावरणको चित्र उतार्ने काम यस काव्यले गरेको छ ।

– खण्डकाव्यमा बिम्ब प्रतीकको समायोजन के कस्तो रहेको छ ?
यस काव्यको शीर्षक मालतीले नारी र फूल तथा अशोक पात्रको माध्यमबाट पुरुष पात्र र वृक्षको अर्थ झल्कने हु“दा प्रतीकात्मक अर्थ बहन गरेको छ । साथै काव्यभित्र पनि कतिपय सन्दर्भमा विम्ब प्रतीक उपस्थित भएर आएका छन् ।

– उपजाति र वसन्ततिलका छन्दमा काव्य रचिनुका पछाडि कुनै कारण छ कि ?
यी छन्द भावाभिव्यक्तिका दृष्टिले सरल छन् । तसर्थ यी छन्दले विषयवस्तु समेट्न सक्ने भएकाले छन्द र विषयवस्तु बीच मेल गराई छन्दलाई विषयबस्तुले डो¥याउने अभिप्रायका साथ यो काव्य वसन्ततिलका र उपजाति छन्दमा रचिएको हो ।

–सर्गविधानलाई हेर्दा पा“च थोपामा खण्डकाव्यको समापन भएको पाइन्छ , किन त्यसो गर्नुभयो ?
खण्डकाव्य सर्गविहिन वा सर्गबद्ध हुन सक्तछन् तर बहुसर्गको उपस्थिति रह“दैन । सामान्यत ः सर्ग राख्नु राम्रो मानिन्छ । त्यसैले कविताको मझौला रुपमा रहेको खण्डकाव्य विधा हुनाले यसमा पा“च सर्गविधान गर्नु औचित्यपूर्ण ठाने“ ।

–सर्गविधानमा तपाई“ले किन ‘थोपा’ भनेर जनाउनु भएको हो ?
यसमा प्रयुक्त ‘थोपा’ शब्दले विश्रामलाई बुझाएको छ । यसमा थोपालाई काव्यको सानो अंश मानिएको छ । जसले अभिव्यक्तिको सङ्क्षिप्त संश्लेषणात्मक अभिव्यक्तिलाई समेटेको छ । तसर्थ काव्यको अंशको रुपमा लिनुपर्दा मैले थोपा शब्दलाई पं्रयोग गरे“ ।

–यस काव्य रचिनुको मुख्य उद्देश्य के हो ?
मानिस भएर मानवीय चरित्र प्रस्तुत गर्न सक्नुपर्दछ । अमानवीय व्यवहार मानव सभ्यताको कलङ्क हो । त्यस्ता कलङ्कलाई हटाई सभ्य समाजको निर्माण गर्नु आजको युगको माग हो ।यही उद्देश्य पूरा गर्न सक्छ कि भन्ने उद्देश्य मालती खण्डकाव्यले राखेको छ ।

–यस काव्यको हरेक सर्गान्तमा ‘मालिनी’ छन्दको प्रयोग गर्नु भएको छ , किन त्यसो गर्नुभयो ?
मालती सुललित छन्द हो । यसले लयात्मकतालाई झन् संवेद्य बनाउ“छ । सर्गान्तमा लय परिवर्तन गर्दा यो छन्द बढी उपयुक्त ठानेर यसको प्रयोग गरिएको हो ।

–काव्यको अन्त्यमा मालती मुक्त गर्ने अशोकको स्तरले के प्रगतिवादलाई आत्मसात् गरेको हो ?
कतिपय साहित्य स्रष्टाहरु साहित्य सिर्जना गरी तिनैका माध्यमबाट समाजको अग्रगामी रुपान्तरण गर्न चाहन्छन् । खासगरी वर्गद्वन्द्वबाट प्रभावित समाजलाई वर्ग विहीनतामा पु¥याउने इच्छा प्रगतिवादी साहित्यकारहरुमा रहेको हुन्छ । त्यस्तै यहा“ पनि समाजको अग्रगमनका लागि अशोकले गरेको सङ्घर्ष प्रेरणादायी बन्न सक्छ । जुन सङ्घर्षलाई प्रगतिवादस“ग जोडेर हेर्न सकिन्छ ।

–यस काव्यमा प्रकृति चित्रणलाई कुन रुपमा लिनुभएको छ ?
कविहरु प्रकृतिमा रमाउन चाहन्छन् । अझ स्वच्छन्दतावादी प्रगतिवादी कविहरु प्रकृति चित्रण गर्न रूचाउ“छन् । यस काव्यमा प्रकृति चित्रण आख्यान अनुरुपको छ । साथै मलाई पनि प्रकृतिको चित्रण गर्न मनपर्छ । यिनै कारण प्रकृति चित्रण सहज र स्वभाविक रुपमा आएका छन् ।

–मालती काव्यमा आख्यानको अवस्था कुन रूपमा छ ?
मालती खण्डकाव्यमा मालती र अशोक बीचको अन्तर्मानसिक प्रेमभावका साथै बा≈य रुपमा नया“ सोच र पुराना सोच बोक्ने चरित्र बीचको द्वन्द्व रहेको छ । यसले यही द्वन्द्व संवहन गर्ने झिनो आख्यान ग्रहण गरेको छ ।

–तपाइर्“ मालती खण्डकाव्यबाट सन्तुष्ट हुनुहुन्छ ?
मानिस स्वभावतः असन्तुष्टिको भा“डो हो । तसर्थ यो मेरो खण्डकाव्यात्मक पहिलो रचना पश्चात् अन्य काव्यको रचना गर्ने इच्छा जीवितै छ । यस कृतिस“ग सन्दर्भित गर्ने हो भने यसले पूर्वीय काव्यचिन्तन परम्परामा रहेर लेखिने खण्डकाव्यको सोपानमन सि“ढी थप्ने कार्य गरेको छ । अर्को कुरा यसले सभ्य मानव समाजको लागि प्रेरणादायी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरामा म आशावादी छु । तसर्थ सन्तुष्ट छु ।

–मालती खण्डकाव्यलाई कुन रुपमा हेरिनु पर्छ भन्ने लाग्छ ?
यस काव्यकृति संरचनाको दृष्टिकोणले राष्ट्रनिर्माताको नजिक, वादका दृष्टिले प्रगतिवादी काव्यकृतिका नजिक, प्रकृति चित्रणका दृष्टिले राजेश्वरी नजिक र अनुभूतिका दृष्टिले मुनामदनका नजिक रहेको काव्यको रुपमा हेरिन सक्छ कि भन्ने मेरो विश्वास छ ।

–तपाई“का कृतिहरूको अध्ययन गर्न लागिएकोमा तपाइर्“को धारणा के छ ?
शोध अध्ययनबाट निश्चित पनि स्रष्टा वा लेखकलाई सम्मान तथा सार्वजनिक गर्ने कार्य हुन्छ । त्यस्तै शोधार्थीको लागि समालोचकीय क्षमताको विकास हुने सम्भावना रहन्छ । तसर्थ सर्जक र समालोचक दुवैलाई हित हुने तथा पाठक वर्गलाई नया“ जानकारी दिन सक्ने यस्तो कार्य आफै“मा प्रशंसनीय रहेकाले म प्रसन्न छु ।
–अन्तमा तपाइर्“ केही भन्न चाहनुहुन्छ कि ?
लुकेर रहेका प्रतिभाको मूल्याङ्कन निष्पक्ष ढङ्गबाट गरिनु राम्रो कार्य हो । नेपाली खण्डकाव्य परम्परामा नया“ नया“ प्रवृति र विषयका साथ लेखिएका काव्यकृतिहरु प्रशस्त पाइन्छन् । तिनको अध्ययन विश्लेषण पश्चात् सही मुल्याङ्कन हुदै जाओस् भन्ने अपेक्षा गर्दछु । सम्भवतः मेरो काव्यकृति पनि त्यही मूल्याङ्कनकै कसीमा परेकाले होला यहा“ले शोध गर्न लाग्नुभएको रहेछ भन्ने ठाने“ । यहा“लाई धन्यवाद दिन्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 चैत्र, 2072

लेखकका अन्य रचनाहरु