गीत

- होम सुवेदी

यिनको माया तराजुमा जोखौं जोखौं जस्तो
यिनैमाथि मनको माया पोखूँ पोखूँ जस्तो
मानौ हुने यिनै भित्र हराएको जस्तो ।।
माया गर्न थाले पछि हुन्छ कस्तो कस्तो

किन होला यिनीहरु मायाँ लुकाएर
आँसु झार्छन् आफैंलाई कतै हराएर
थाहै छैन मेरै पनि मन लोलाउँदैछ ।
मायालुलाई किन किन मनले बोलाउँदैछ ।।

लुकी लुकी आँखाबाट आँसु झारेका छन्
देखे पनि नदेखेझैं भन्ने पारेका छन्
एकान्तमा पिरतीका भाका हाली हाली
मायालुका साथ आफ्नै किन हारेका छन् ?

किन होला एकै शब्द बोल्न लजाएका ?
किन होला माया जति भित्रै पचाएका ?
चाबी भए खोल्नु हुन्थ्यो यिनको माया हेर्न
ताल्चा मारि राख्या होला यिनले माया केर्न ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 चैत्र, 2072

लेखकका अन्य रचनाहरु