डायस्पोरिक चेतनाका यात्रारत नियात्रा: एथेन्सकाे झरी

- दीपक सुवेदी

वि.स. २०२६ सालमा रामेछाप, रस्नालु–९ जनकपुरमा जन्मिएर हाल बेलायतमा रहेका केदार सुनुवार सङ्केतको एथेन्सको झरी (सन् २०१०) नियात्रा संग्रह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, संयुक्त राज्य अमेरिकाले प्रकाशन गरेको छ । यस संग्रहका नियात्राहरmमा आफ्नै जन्मभूमिको यात्रा पहाड घरतिर लाग्दाबाट आरम्भ गरिएको छ । यसपछि बेलिजः कतै घाम कतै छाँया, इटालीका पहाडहरm, एथेन्सको झरी, मजारासरिफदेखि टारखोजसम्म, ओयुपी सीयुपी र डा. लाल, इराकका रातहरm, कर्नवालको सेरोफेरो र ग्रिनजोनभित्रको ग्रिनविन क्याफे गरी सन् १९९४ यताका नौवटा नियात्राहरm संकलित छन् ।
यसमा वस्तु र स्थानको विविधतासँगै केदार सङ्केतले जीवनका हरेक पाइलामा नेपाली डायास्पोराबाट नेपालीको पहिचानको लागि वकालत गरेका छन् । म पात्र बनेर आफूले भोगेका अनुभव र अनुभूति अनि आफूले गरेका कार्यहरm पनि इमान्दारिताका साथ एउटा चित्रकारले क्यानभासमा चित्र उतारेझैँ उतारेका छन्, लाग्छ पाठकलाई आफैँले भोगिरेको जस्तो ।
मानव सभ्यताको प्रतीकको देश एथेन्स । एथेन्सकै नामबाट यस कृतिको नामाकरण गरेका छन् । एथेन्समा लेखकले रmज्दैभिज्दै गरेको यात्रा हृदय छुने खालको छ । सङ्केतले विद्यार्थीकालको काठमाण्डौँदेखि आफ्नै जन्म थलो रामेछापको संस्मरण पनि यस संग्रहमा समेटेका छन् । काठमाण्डौँबाट बाटो लागेपछि जति आफ्नो गाउँको सामिप्यबाट टाढिदै जान्छन् सङ्केत त्यति नै जन्मभूमिको प्राकृतिक सौन्दर्यले मन अह्लादित भएको व्यक्त गरेका छन् । ब्लेकले भने जस्तै ‘कल्पनाको जगत् अनन्त र शाश्वत छ । यसको विपरीत भौतिक जगत् सीमित र नश्वर छ ।’ त्यसैले त इटाली र स्वीट्जरल्यान्ड जस्ता देशहरmको मनमोहक प्राकृतिक सौन्दर्यमा लट्ठ हुँदाहुँदै सङ्केत अप्रत्यासित अफगानिस्तानको युद्घभूमिमा पाठकलाई पु¥याईदिन्छन् । जुन सङ्केतको वर्णन जसले पाठकका रौँलाई काँडा बनाइदिन्छ ।
मृत्युका क्षणहरmको आलोकमा सङ्केत आक्रोशित पनि भएका छन् । इराकमा मारिएका बाह्र जनाको श्रव्य र दृश्यले नियात्राकार विदीर्ण भएका छन् । निषिद्घप्रति आकर्षणमा मान्छेको मूल प्राकृतिक स्वभावलाई स्पर्श गर्ने प्रयास गरेका छन् । बाज्रा सहरमा अमेरिकी र बेलायती कर्मचारीसितको सङ्गत र अनुभवलाई अनुभवको सम्प्रेषणमा समेटेका छन् । इराकमा फूर्सदको बेला क्याफे घुम्न जाँदा काम गर्न गएका नेपाली चेलीहरmले नेपाली हो भन्ने चाल पाएर पनि बेवास्ता गर्नु र इटालीका प्रहरीले पनि नेपालकै जस्तो घुस खाएको घटनाले नियात्राकार आश्चर्यचकित भएका छन् ।
नियात्रा निबन्धकै उपविधा अनि आत्मगतता÷ आत्मपरकता यसको पहिलो र अनिवार्य सर्त यसबाट तथ्यहरmलाई संस्मरणात्क वृत्तान्तका साथ प्रस्तुत गर्नु लेखकीय विशेषता हो । यसभित्र सङ्केत यात्राभरि बाउबाजेको बिँडो थाम्दै वेलायती साम्राज्य अन्तर्गत सैनिक शक्तिको मूलबाटो पछ्याउँदै विश्वनक्सामा रहेका सोह्र भन्दा बढी राष्ट्रहरmका सीमा रेखाहरmलाई छम्दै गर्दा कतै भोकले त कतै बैँसले अनि कतै प्यासले रmझेका छन् । कर्मले जहाँ रहे पनि झुलेका धानका फाँटहरm देख्दा आफ्नै तराई नै देख्छन् । साइप्रस होस् वा बेलिजका गाउँघर पुग्दा आफ्नै गाउँघरको झल्को मनमा नियात्राभरि उमारेका छन् ।
नियात्राकारले सामाजिक प्रकृतिप्रति आफ्ना स्वीकारोक्तिहरm छरेकाछन् । संकेत ढाँट्दैनन् भन्छन्– ‘.....हामी त झारपात बनेछौँ । नमिठो अनुभूति भयो । आफ्नै भूमिमा परिचय गुमाउँदै गरेका नागरिकको मुलुक इराकमा एउटा नेपालीले अर्को नेपालीलाई पहिचान गरिसकेपछि पनि आफू नेपाली नै होइन जसोगरी अभिनय गर्नाले हाम्रो नेपाली राष्ट्रियतामा कति चोट पुग्दो हो ?....जीवन हो । मृत्यु हो । उमेर हो । उमेर छँदाको यौवन हो । तर, डलर नै सबैथोक त हैन नी ।’ यसरी डायास्पोरा बनेर नयाँ चेतको पीडा खेपेका छन् । राष्ट्रियताको सम्बन्ध नेपाली मनसित जोडेका छन् । नेपाली भाषा र संस्कृतिसित जोडेका छन् । देश त मनभित्र हुन्छ । भन्दै नियात्राहरmमा नेपाली पहिचानलाई दिगो र जीवन्त राख्नु आफ्नो कर्तव्य ठानेका छन् । पाठकलाई यसरी वस्तुसित अविराम घुमाउँदै तुलनात्मक ज्ञान भण्डार पनि भरेका छन् । यस सन्दर्भमा नियात्राकार सङ्केत सफल देखिन्छन् ।
नियात्राहरm यात्रा वर्णनमा मात्र सिमित नभएर भाषा, साहित्य, वादका आदर्श र तर्कहरmमा पनि केन्द्रित छन् । एथेन्सको झरी कला र ज्ञानको पनि भण्डारका रmपमा रहेको छ । संग्रहले जन्मभूमिबाट परको मुलुक पुगी बसेका नेपालीहरmको जीवन झल्काउँछ । यात्राहरmमा सङ्केत बेलिज, खाडी मुलुक अफगानिस्तान र बेलायतका धेरै स्थानमा सैनिक भएर रहेका छन् । यात्रारत रहँदा सैन्य कर्तव्य, अभ्यास–अनुशासन र अस्त्रहरm आउँछन् त्यतिबेला लाग्छ सङ्केत सैन्य इतर हुन् । एउटा विदेशी सैन्यमा सेवारत नेपालीको मनले रचेका यी रचनामा नेपालकै सुवास आउँछ ।
नाम र दामका लागि समय सापेक्ष अमेरिका, बेलायत र अस्ट्रेलिया आदि देशहरmमा गएका र रहेका नेपालीहरmले भोगेका घटनमा कताकता एउटा तीखो व्यङ्ग्यले नमीठो पीर पारेर हामीलाई छोड्छन् । मनको आकस्मिक र उच्छृङ्खल आवेगहरm जोन्सनका शब्दमा असम्बद्घ र चिन्तनहीन बुद्घिविलास मात्र हुन् तर मलाई लाग्छ सङ्केतका यी भावहरm डायस्पोरिक चिन्तनका मोतीहरm हुन् ।
क्याम्पसाइट, टेन्ट, ग्याङ, आर यु फ्रोम नेपाल जस्ता अङ्ग्रेजी शब्दहरmको प्रयोग गरेका छन् । आधुनिकता, आधुनिकताको कृतिमता र यान्त्रिकताप्रति सङ्केतको कहिँ उपेक्षा र कहिँ आशाा छ उनीमा आफ्नो विश्वास, संस्कृति, देश र सर्वोपरि प्रकृतिमा उन्मत्तता छ । डायास्पोरामा यस्तो प्रयोग र स्वभावलाई स्वभाविक नै मानिन्छ । ..... डाँडाकाँडाको भोको हिँडाइ । हामी गुडुल्कियौँ । आँखाका ढकनी खोलिन्छन् मेरा । खर्कमा भदौरे भैँसी उघ्राएझैँ । खुशीमा रmझिरहेछु निथ्रुक्क ।......वाक्य गठन हेर्दा यात्रीका मन तान्ने पहाडे घुम्तिजस्ता छोटा छोटा छन् ।
वस्तुपरकताको आधिक्य, कल्पनाशक्तिको कम उपयोग, वर्णनात्मकता र विवरणात्मकताको योग एथेन्सको झरीमा पइन्छ । डायस्पोराबाट नियात्राकारको रmपमा सुनौलो सम्भावना लिएर एथेन्सको झरीमा देखापरेका सङ्केतले विषय टिपेपछि भाव र कल्पना समुद्रका लहर जस्तै उठ्दै खसेको प्रतीक हुन्छ । उड्न तयार चरीले सरक्क सरक्क डाली डाली नाचे जस्तो लेखन र अभिव्यक्ति शैली अत्यन्त मिठो छ ।

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 चैत्र, 2072

लेखकका अन्य रचनाहरु