झर्रो वाटो हिंड्दाका मेरा साथी : डी.आर. पोखरेल

- चूडा मणि रेग्मी

आफूले हिंड्ने जानेको वाटो नै हिंड्छ मान्छे, नयाँ वाटो हिंड्न गाहारो हुन्छ, जान्दैन । म हिंडेको वाटाको नाउँ ‘झर्रो वाटो’ हो र त चन्द्रगढी, झापाको मेरो घरको नाउँ ‘झर्रो नेपाली घर’ रह्यो । झापामा २०२१ देखि वसें र २०२३ देखि नै म झर्रो वाटो हिंड्दैछु भन्ने प्रमाण खोज्न मोती (१) २०२३ का पाताभित्र केही दसी भेटिन्छन् । जति–जति दिन वित्तै गअ‍े– मेरो झर्रो वाटोको हिंडाइ सिथिलिअ‍ेन । झर्रा हामी कति – कति ढङ्गले झर्रो हिंडाइ भइरह्यो । यता २०६१ पछिको हिंडाइ अलिक यात्रा गर्ने खाले भयो । यात्राको क्रमको थालनी भयो– चितवनवाट । हो, चितवनको भरतपुरवासी भअ‍ेका रूम्जाटारे डिल्लीराम पोखरेल– अर्थात डी.आर. पोखरेल (२०११) मेरा प्रिय साथी भअ‍े ।

२०६१ भदौ १२ गते चितवनको नारायणघाटमा यथार्थ कुरा (४४) को हरिहर खनाल अभिनन्दन अङ्क लिअ‍ेर १ वसभरि झापा, सुनसरी र मोरङका साहित्यकारहरु लिअ‍ेर चितवन पुगेपछि मैले समालोचना विषयक अनुसन्धान गर्दा वेदना आदिमा पढेका प्रगतिशील समालोचक डी.आर. सँग आँखैले देखेर चिनाजानी भयो– तर उनको स्वभावको परिचयभ ने लगभग यसको १ वर्षजतिमा भयो र विचार र स्वभावको चिनारी क्रमको परिणामचाहिं मित्रतामा परिणत भयो । डी.आर. को असल प्रयासले चितवनमा जुही र यथार्थ कुराको कार्यक्रम सफल भयो, चितवनका विशिष्ट साहित्यकारका विषयमा झापाको पत्रिकाले विशेषाङ्क निकाली चितवनवासीका अगाडि साहित्यकार दम्पतीको सम्मान गर्ने अवसर हामी यात्रादलका सदस्यले पायौं । यातायात–अव्यवस्था हुने त्यतिखेरको राजनीतिक परिस्थिति (अहिले पनि यथावत् नभअ‍े पनि छ) ले गर्दा केही समस्या–वाधा उत्पन्न हुँदा त्यसले यात्रादलप्रति चितवनका साहित्यकारमा उत्पन्न शङ्का निर्मूल गर्नमा प्रमुख सहयोगी डी.आर. नै भअ‍े । मैले उत्पन्न आशङ्काको कारण ‘परिस्थिति’ हो भन्ने कुरा भनेका कुराहरु यथार्थ कुरा (४५) र मेरो कुनै अ‍ेक लेखमा लेखें पनि । डी.आर ले लेखेका लेखहरु पनि यी कुरा अभिव्यक्तिअ‍ेका छन् । हामी दुवैले संयमका साथ झापा–चितवनवीचको मैत्री र सद्भावनामा नै जोड दियौं ।

२०६१ मा हरिहर खनाल अभिनन्दन कार्यक्रमपछि २०६२ मा इटहरी र दमकमा साहित्यिक सद्भावना कार्यक्रम भअ‍े । इटहरीमा चितवन प्रतिनिधिका रूपमा हरिहर खनाल, पोषराज पौडेल र डी.आर.को सहभागिता थियो । यथार्थ कुराले आठ जनालाई विभिन्न नाममा सम्मान पनि ग¥यो– तीमध्येको अ‍ेउटा नाम डी.आर. को थियो । दमकमा फेरि साहित्यिक सद्भाव कार्यक्रम भयो, त्यसमा विशिष्ट अतिथिका रूपमा डी.आर.को सहभागिता रह्यो । डी.आर.ले यथार्थ कुराका ४६ र ४७ (पुण्यप्रसाद खरेल अङ्क र के.पी ढकाल अङ्क) अङ्कको लोकार्पण गरे । डी.आर. पोखरामा भएको सद्भाव कार्यक्रममा पनि सहभागी भअ‍े । हरिहर खना आदि अरु चितवनका साहित्यकार पनि झापा, सुनसरी र मोरङ्को दलमा सहभागी थिअ‍े । पोखरावाट फिर्दा पूर्वको हाम्रो साहित्यिक यात्रादललाई चितवनमा खुवाउने र सप्तगण्डकीमा पूर्वेली हामीसित चितवनका साहित्यकारको परिचय आदान–प्रदान गर्ने एकघन्टे कार्यक्रमको आयोजना पनि डी.आर. ले नै गरे ।

यसपछि फेरि डी.आर. समेतको साहित्यिक पत्रिका हाम्रो सिर्जना र गोरखा प्र.ले.स.को आयोजनामा मनकामनामा साहित्यिक सद्भाव कार्यक्रम भयो, जसमा काठमाडौ लगायत देशका विभिन्न जिल्लाका प्रगतिशील साहित्यकारको भव्य उपस्थिति थियो । यसै कार्यक्रममा चूमरे–दम्पतीको सम्मान भयो र डी.आर.ले आफ्नो निवन्ध–सङ्ग्रक खुला आकाशतर्फको विमोचन पनि गराअ‍े– २०६३ साल मङसिर महिनामा केवलपुरेका हातवाट । कार्यक्रमपछि पनि डी.आर. र मेरो भेटघाट र कार्यक्रममा सहभागिता भइरह्यो ।

डी.आर.सँगको साहित्यिक मित्रता वढ्दै गयो– उनका र मेरा धेरै स्वभाव र आचरणहरु मिल्नाले । व्यक्तिगत घनिष्ठता वढ्दै जाँदा मनकामनामा कार्यक्रममा वीचमा सानो घटना पर्याप्त हुन्छ । डी.आर.ले खुला आकाशतर्फमा छापिअ‍ेको अ‍ेउटा निवन्धमा ‘चूडा मणि रेग्मीसित चौविस घण्टा विताउँदा” घटनाको जुन विवरण दिअ‍ेका छन्, डी.आर.ले उल्लेख गरेका समयमा अत्यन्त गर्मी थियो । म जनकपुर, चितवन, पोखरा हुँदै काठमाडौै जान घरवाट हिंडेको थिअ‍ें । जनकपुरको गर्मी लेखेर लेख्न नसकिने अनुभव भयो र विहानै वसमा चढी चितवनतिर प्रस्थान गरें । भरतपुर पुग्नुपूर्व नै वीचमा भात खाअ‍ेर सप्तगण्डकी तिर लगभग १ वजे पुग्दा थाहा भयो हरिहर खनाल प्र.ले.स.को वैठकमा भाग लिन काठमाडौ गअ‍ेका छन् । म अलि अलमल्ल परें । अलमल्ल पर्नाको कारण मेरो होटल नवस्ने वानीभन्दा पनि गोजी लुते थियो । डी.आर.लाई फोन गरें । उनले रिक्सा चढी उनको घर जाने दिशा मात्र वताअ‍ेनन् घरवाहिरै ठिङ्ङ उभिइरहेका रहेछन् । घरमा लगेर खान सोधे, नुहाउने कि भनी सोधे । मैले विहानै नुहाअ‍ेको, वाटामा भात खाअ‍ेको कुरा गरेपछि चिया वनाअ‍ेर खायौं । त्यहाँ १ जना महिला साहित्यकार पनि थिइन् । उनीसँग परिचय गराअ‍े । २५० जत्तिको पुस्तक पनि किनिदिइन् ती महिलाले । यसपछि ती महिला हिंडिन् । उनी हिंडेपछि डी.आर.ले गोजीवाट १००० रु झिकेर दिंदै भने– दाजुको (दाजु र भाइको नाता चिठीहरुवाट तय भअ‍ेको थियो) नासो थियो, पहिले यो लिऊँ !

म छक्क परें र सोधें– केको नासो ? कहिलेको नासो ?

डी.आर.ले भने– दाजुले विर्सिअ‍ेजस्तो छ । पोखरा जाँदा दाजुले मलाई ६ थान जुही र ६ थान पुस्तक दिनुभअ‍ेथ्यो र भन्नुभअ‍ेथ्यो– डी.आर.ज्यू, यो वेचेर यसैले हामीलाई फिर्दा भात खुवाउने है !

अनि ? म उत्सुकिअ‍ें ।

अ‍ेनजना साथीका सहायताले उद्योग वाणिज्य सङ्घले खाना खुवायो । विक्री त १ हजारको मात्र भयो, अरू वाँडियो साथी–भाइलाई ।

मैले भनें– जुहीको सहयोग हाम्रो सिर्जनालाई भयो त ?

डी.आर.को कडा स्वभाव (जुन भ्रम पालेका थियौं) यहाँ देखाप¥यो । तर नरम रूपमा– दाइ, यो कुराको म विरोधी छु । जुन कामका लागि दाइले पैसा खर्च गर्ने अनुमति दिनुभअ‍ेको थियो, त्यो कामका लागि पैसा खर्च नभअ‍ेपछि मैले खर्च गर्नु अनैतिकता हो ।

मैले प्राज्ञ नयराज पन्तलाई सम्झिअ‍ें त्यतिखेर । यो देशमा खोजीमेली गर्दा धेरै पन्त छन् ।

यसपछाडी त हामी भरतपुरवाट नारायणघाट गयौं । प्रेमविनोद नन्दनलाई भेट्न गयौं । हरिहर खनाल काठमाडौवाट फिरेछन् । विहान भात खाअ‍ेर भेट्न गयौं र सप्तगण्डकीमा १–२ घण्टाको सानो भेटघाट कार्यक्रम ग¥यौं । विहान सिनर्जी दिअ‍े डी.आर.ले । दिउँसो सप्तगण्डकीमा १० जनाको उपस्थिति थियो । १९६२ सालमा मैले पत्रकारिता गरेको र झर्रो नेपाली आन्दोलनको स्वर्ण वर्ष भअ‍ेकाले राति डी.आर. सँग, विहान सिनर्जीमा र दिउँसो सप्तगण्डकी वहुमुखी क्याम्पसको भेलामा पनि झर्रोवारे चर्चा गर्ने, यसको महत्व वखान्ने अवसर पाअ‍ें । यसैले झर्रो वाटोभित्रका साथी डी.आर. भनेको हुँ । वालकृष्ण पोखरेल जीवित छन् विराटनगरमा । उनको मान–प्रतिष्ठा, यश सर्वत्र छ– तर स्वर्णवर्षको प्रारम्भका कुरा चितवनमा गर्न पाअ‍ें मैले– डि.आर.का सहयोगवाट ।

डी.आर.को सोझोपनलाई म सोझ्याउन चाहन्नथें । मैले कुराका सन्दर्भमा डी.आर.लाई भनें– म सामान्य मान्छे हुँ । मेरा गुणभन्दा त्रुटि वढी छन् । मलाई मानमनितो गर्दा कसैको प्रतिष्ठामा धक्का लाग्नु हुँदैन । तर डी.आर.का मनमा मप्रति निकै आदरभाव छ । मेरा मनभित्र त डी.आर. चोखो, उज्यालो, सज्जन, अ‍ेक प्रकारको गान्धी (गृहस्थ गान्धी) मान्छे, उनलाई ठग्नु, पुराना भाषामा पाप हो –भन्ने रह्यो र अझै छ । डी.आर.को झ्वाँक, सहनशीलता, उदारता, लगनशीलता, अध्ययनशीलता, जागरूकता मसँग छैन भन्छु म । मैले डी.आर.लाई स्नेह दिअ‍ेको रहेछु –यो भन्छु । कसैका घरमा हत्तपत्त वस्न–खान मेरो मन मान्दैन, डी.आर.कोमा वसेको छु, खाअ‍ेको छु । डी.आर.को विद्वत्ता र कर्मठताभित्रका केही कमी–त्रुटी हटाउन अथवा विशेषता वढाउन निकै पुस्तक भने मैले पठाअ‍ेको छु, अझै मेरो घरका गतिला पुस्तकहरु दिने सोचेको पनि छु ।

कुरो अझै वढेरै गयो । मनकामनामा डी.आर.का सहयोगले हामी दम्पतीको आदरिलो सम्मान भयो –‘म वूढीले यति विघ्न सम्मान कहिल्यै पाअ‍ेको थिइनँ’ –मेरी जीवनसाथीले मनकामनावाट फिर्दा वाटामा वसमा धेरै साहित्यकारहरुका अगाडि नै भनिन् । नखत नपाअ‍े पनि १–२ जना केन्द्रका प्रगतिशील नेतालाई डाहा हुने सम्मान पाअ‍ेकामा आसर्जे लाग्यो । (डी.आर.लाई मैले मलाई सम्मान÷मानमनितो गर्दा मेरा दुर्गुण र त्रुटि पनि हेर्नू है भनेंथें ।) यही कुरा श्याम प्रसादलाई सभापति वनाअ‍ेर काठमाडौंमा कोठे सम्मान गर्दा जनकप्रसाद हुमागाईंलाई पनि भनेथें । अझ भन्छु । म र मेरी वूढी (दम्पती)लाई नै पोखराको सिद्धिसेतुली स्मृति प्रतिष्ठानले ५० हजार नखतसहित सम्मान गर्ने हुँदा म र मेरी वूढीले डी.आर.को घर गअ‍ेर उनलाई लैजान घम्मर ग¥यौं र लग्यौं । दम्पतीवीचको तेस्रो –यति रमाईलो, यति उज्यालो, यति धैर्य व्यक्तित्व अनुभव भअ‍े हामीलाई डी.आर. पोखरेल । हाम्रो पोखराप्रवास नै उज्यालो भयो । अ‍ेकै ठाउँमा कमल दीक्षित, हामी र डी.आर. वस्यौं । हामी पोखरामा दुई रात वस्यौं । डी.आर.को कर्मठतावाट क.दी.र विश्व शाक्य अति प्रभावित भअ‍ेको अनुभवियौं । जिज्ञासा भन्ने नदेखिने वस्तु नै डी.आर.मा विचित्र– सवैले देख्ने वुझ्ने । विश्व शाक्य र क.दी.ले अवश्य आफ्ना मनमा मात्र राखेका छैनन् होला, डी.आर.को कर्मठता यस्तो छ भनी लेखेका होलान्– आफ्ना दैनन्दिनीमा ।

डी.आर.ले त पछि संस्मरण नै लेखे र पोखरावाट प्रकाशित हुने कुनै अ‍ेउटा पत्रिकामा छपाअ‍े पनि ।

क्रम जता परे पनि काकर्भिट्टाको अ‍ेउटा कार्यक्रममा पनि डी.आर. आअ‍े । साथमा थिअ‍े गोर्खाली मोदनाथ मरहट्टा । हो, त्यही वेला मेरा घरमा आअ‍ेका हुन् डी.आर. र मरहट्टा । अ‍ेक रात वसेका हुन्– चन्द्रगढीमा ।

पोखरामा यही साल क.दी. विषयक ३ पुस्तक (मसमेत ३ जनाका)को विमोचन कार्यक्रममा पनि वाटावाट डी.आर.लाई फोन गरेर पोखरा जाऊँ भनें । आउँछु पनि भनेका थिअ‍े– तर पछि आफैंसमेत भई आयोजना गरेको साहित्यिक कार्यक्रम छोड्न नमिल्ने जानकारी मलाई दिअ‍े डी.आर.ले ।

डी.आर.को त्यो जवाफले म निकै पिरिएँ– डी.आर. जस्ता हामी धेरैले– जिल्लाको साहित्यिक गतिविधिका लागि निकै सुख–सुविधाका साथ महत्वपूर्ण अवसर त्याग गरेका छौं । पोखराको राम्रो कार्यक्रममा सहभागी हुने अवसर त्याग्नुप¥यो डी.आर.ले । पोखराका कार्यक्रमका समयका निकै गतिविधिमा डी.आर. छुट्नु मलाई विझिरह्यो ।

फेरि डि.आर.लाई इलाममा हुने आठौं साहित्यिक सद्भाव कार्यक्रममा सहभागी हुन मैले वेलैदेखि भनेको थिअ‍ें । वाटो थुनिन्छ भन्ने डर राख्दै–राख्दै उनी चन्द्रगढी आइपुगे । इलाममा कार्यक्रम सकिअ‍ेर चन्द्रगढी आइपुग्नासाथ फेरि वाटो थुनियो । कुन कष्टले उनलाई झुम्कामा पु¥यायौं ।

अव यो २०६६ साल साउनतिर पुग्दा मात्र डी.आर. र मेरावीचको साहित्यिक गतिविधिका ५ वर्ष पुग्छन् । यति थोरै समयमा हाम्रा गतिविधि ऐतिहासिक छन्, वलिष्ठ छन् र छन् निकै समाजोपयोगी । मेरो साहित्यिक सद्भावयात्राको तारो नै स्थानीय तहमा अ‍ेक–आपसमा साहित्यिक सद्भावसाथ साहित्यिक गतिविधि गर्नु रह्यो । यो काममा धेरै साथीको सहभागिता छ– त्यसमा मैलेभन्दा चितवनको डी.आर. र झापाको म मुख्य केन्द्र रह्यौं ।

लगभग यी ५ वर्षभित्रमा हाम्रो सिर्जनाका ५ अङ्क र आफ्ना २ वटा निवन्धसङ्ग्रह छापे डी.आर.ले खुला आकाशतर्फ र संस्कृतिको सेरोफेरो नामका । मैले सम्पादन गरेका यथार्थ कुराका ४४ र ४५, जुहीका ५४, ५५ र ५६ मा गरी उनका जम्मा ५ वटा लेख–निवन्ध छापिअ‍े ।

मसँग साहित्यिक सहभागिता गरिअ‍ेका ठाउँको र गतिविधिको सम्झनामा जनअर्पणमा २ वटा, पोखराको कुनै अ‍ेक पत्रिकामा पोखरावारे १, सुनकोसीमा इलामयात्रावारे १ गरी निकै लेखहरु लेखे । मेरो पुस्तक आँखा र मनका पाइलाहरुमा १ मन्तव्य र राधिका रायाका रचनामा अ‍ेक मन्तव्य प्रकाशित गरी हाम्रा रचनाको योगदानलाई हौसला दिअ‍ेका छन् । राधिका राया र मेरावारे हाम्रो सिर्जनामा लेख–अन्तर्वार्ता छापेका छन् । यथार्थवादी समालोचनाको गोरेटोमा (२०५८) र पारिजातको साहित्यिक मूल्याङ्कन (२०६२) गरी दुईवटा समालोचना ग्रन्थ प्रकाशित भअ‍ेका समालोचक डी.आर.ले पुण्यप्रसाद खरेलको दोसाँधको घामवारे समालोचनात्मक लेख लेखेका छन् । झापाको काकरभिट्टामा विमोचन भअ‍ेको, विमोचनकै दि नझर्रा घामका रूपमा मद्वारा सम्मानित भअ‍ेका उपन्यासकार पुण्यप्रसाद खरेलको उपन्यासको निकै गहकिलो समालोचना गरी उपन्यासको इज्जत वचाइदिअ‍ेका छन् । यस्तै गहकिलो अर्को समालोचना श्यामकृष्ण श्रेष्ठ विषयको जुही ५६ मा छापिअ‍ेको लेख मेरो जागिरे जीवनप्रति अ‍ेक विहङ्गम दृष्टि हो । यसरी तन–मन–धन समर्पित भअ‍ेर यी ५ वर्षभित्रमा स्थानीय तहको साहित्यिक गतिविधिलाई उँभौलीतिर धकेल्ने प्रयासमा डी.आर.को अग्रणी भूमिका रहेको पाउँदा हृदयैदेखि झर्रो वाटोका साथीका रूपमा डी.आर.प्रति मैले आदरभाव व्यक्त गर्दा ‘सम्मान गरागर, अ‍ेक–अर्काको प्रशंसा गरागर’ गर्ने रूपमा हामी दुवैलाई कसैले चित्रण गरी नै हाल्यो भने पनि निकै राम्रा काम, निकै गहक ढङ्गले, निकै असल साहित्यिक गतिविधि गर्ने ध्येयले निकै कर्मठता र साधनाका साथ हामीले गतिविधि गरेकामा म मात्रै होइन, हामी दुवै प्रसन्न छौं भन्ने कुरामा मलाई कुनै अपत्यार छैन । अन्तमा मान्छे स्वार्थी हुन्छ, यो मान्छु । डी.आर.ले मलाई कतिसम्म मानेर मप्रतिका अभिव्यक्ति पोखेका रहेछन्– ती शव्द अद्धृत गर्छु –

क) यस्तो प्रतिभालाई प्रकाशमा ल्याउने काम चूडामणिले गर्नुभयो । कसरी मान्छे खोज्नुहुन्छ हँ चूमरेले ? हुन त उहाँले मलाई पनि त चितवनको वन्द कोठावाट निकालेर पोखरा, इटहरी हुँदै इलाममा प्रमुख अतिथिको भूमिकामा उभ्याउनुभयो । उहाँ किङ्गमेकर हो किङ्गमेकर । उहाँ अरूलाई प्रेरित गर्दै उठाउँदै, उजिल्याउँदै हिंड्नुहुन्छ । आफ्नो हाड घोटिअ‍ेको पनि थाहा पाउनुहुन्न । ... त्यसै कमल दीक्षितले– “चूमरेले पाअ‍े भने श्रीमतीको नाक नै वुच्चो पारेर निकाल्छन्” भनेको त्यसै होइन रहेछ ।

–इलामको यात्रा र वन्दको जात्रा

सुनकोसी आवाज (२०६५, भदौ असोज)

ख) वास्तवमा चूडामणि रेग्मी अ‍ेक अथक साहित्यसाधक हुनुहुन्छ । उहाँलाई त्यसै ‘पूर्वाञ्चलका मोतीराम’ भनिअ‍ेको होइन रहेछ । जीवनका अनगिन्ती अनुभवहरु सँगालिअ‍ेका उहाँका कृतिहरुको अध्ययन नयाँ पुस्ताका लागि अमूल्य निधि ठहरिनेछ । उहाँका यसअघि नै चारवटा निवन्धका पुस्तकहरु प्रकाशित भइसकेका छन् । प्रस्तुत निवन्धसङ्ग्रह आँखा र मनका पाइलाहरु उहाँको पाँचौ निवन्धसङ्ग्रह हो । २०२२ सालदेखि २०६३ सालसम्मका अनुभवहरु यसमा सङ्गृहीत ३३ ओटा निवन्धहरुमा समाविष्ट भअ‍ेका छन् । निश्चय नै, यी निवन्धहरुवाट अ‍ेक अनुपम प्रतिभा चूडामणि रेग्मीको वहुआयामिक व्यक्तित्वलाई आँकलन गर्न सघाउ पुग्नेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 फागुन, 2072

लेखकका अन्य रचनाहरु