ब्रम्हपुत्रको छेउछाऊबाट

- दीपक सुवेदी

हामी आठजना यात्रामा एउटै इन्जिनले तानेको रेलमा छौँ । प्रत्येक व्याक्तिका जीवन यात्राको आरम्भ विन्दु र समय फरक फरक भएपनि कहिलेकाहीँ भने आरम्भ विन्दु र समय एउटै एउटै हँुदोरहेछ । जिन्दगी जुनसुकै अवस्थामा दौडिए पनि प्राप्ति भने एउटै तर अनुभूतिमा चाहीँँ फरक पर्दोरहेछ ।
म काँकरभिट्टा पुग्दा वेलुकाको चार बजेको थियो । प्रा.डा. टङ्कप्रसाद न्यौपाने सरले फोन गर्नुभयो । ए दीपक, म वेलबारीमा अड्किएँ । मैले सोधे –किन ? कसरी सर ? प्रधानन्यायाधिसलाई संवैधानिक परिषदको अध्यक्ष बनाई प्रधानमन्त्रीको कार्यभार सुम्पेको कारण माओवादीको बन्द रे ! म छक्क परेँ । गौरादहबाट काँकरभिट्टा पुगुन्जेल केही थाहा पाइएन । नेपालको लोकतन्त्र !
तीनवटा वस र दुईवटा मोटरसाइकलको लिफ्टमा बल्ल आइपुग्यो । टङ्क सरले भन्नुभयो । हामी दुईको भेट भएपछि काठमाण्डौंबाट राधेश्याम लेकाली र प्रविण पुमा विहानै आई होटलमा बसेको जानकारी थियो । हामी दुवै होटलतिर लाग्याँै । केही समय पछि भीम राई ‘परदेशी’, प्रदिप मेयाङ्मो र राजेश विद्रोही दम्पतिनै आइपुग्दा बेलुकाको पाँच बजिसकोको थियो ।
असम साहित्य सभाको निमन्त्रणामा मार्च १६ र १७ मा हुन गइरहेको चार्यापद र अन्तर्राष्ट्रिय साँस्कृतिक सेमिनारमा सहभागी हुन न्यू जलपाइगुडीबाट अवध असम एक्सप्रेस रेलमा बेलुका ६ः३० बजेको स्लिपर टिकट थियो । हतार हतार न्यू जलपाइगुडी पुग्दा थाहा भयो रेल केही घण्टा ढिलो हुन्छ । केही घण्टा भनेको कति ? बेलुका दश बजेमात्र अवध असम एक्सप्रेस घिस्रिदै आइपुग्यो । मैले विचार गरेँ– ‘लाईन लगाएर राख्यो भने त्यहाँ भएका यात्रीको सङ्ख्या रेलभन्दा कति लामो हुन्थ्यो होला !’
म, प्रविण र राधेश्याम माथिल्ला तीन स्लिपरमा थियौँ । प्रदिप प्रविणदेखि तल, सबैभन्दा तल्लोमा राजेश दम्पतिको थियो । म देखि तल्लोमा टङ्कसर हुनुहुन्थ्यो । भीम अर्कै डिब्बामा ।
म ब्यूझँे । मोवाइलको घडी हेरेँ विहानको ६ बजे छ । कति घिस्रियो राति थाहा भएन तर अहिले विस्तारै खटक खटक गर्दै थियो । म स्लिपरबाट ओर्लिएँ । अगाडि र पछाडि दुवै तिर आँखा लगाएँ । देखेँ सम्मका स्लीपरमा सवै निदाइनैरहेका थिए । ढोकाबाट बाहिर हेरेँ । बिहानको कल्कलाउँदो शीततापले स्पर्श गरेको । मैले राति सिमसिम पानी परेको अनुमान गरेँ । सुनसान नै थियो । रेलको आवाज बाहेक केही थिएन । एकाध मानिस लोटा बोकेर हिँडेका देखिन्थे पर पर । रेलले पूरै विश्राम लियो वाईहाटामा । सबै उठेर बस्यौँ । ......चा लिजिए चा चा....आवाजले अब भने रेल भित्र चहल पहल शुरm भयो ।
“गुहाटीको प्लेटफममा हामीलाई लिन आयोजक आइसके ।” भीमले भन्नु भयो । टङ्क सरले हात उठाउँदै भनि हाल्नु भयो लौ राम्रो । राजेश भन्दै हुनुहुथ्यो “टङ्कसरले झिरमिसे क्याम्पस जानु पर्ने । एक दिन विहान आठ बजे क्याम्पसबाट घर फर्कदै गर्नु भएको । घर छेउका छिमेकीले सरलाई सोधेछन् – सर अघि राति तपाईंको खसी हराए छ नी ? सरले भन्नु भएछ ए हो र ! लौ राम्रो । यति भनि सक्दा नसक्दा राजेशको हाँसोले उग्ररुप लियो । प्रदिप भन्दै हुनुहुन्थ्यो सरको थेगो छ, लौ राम्रो । कहाँ समस्यामा पार्ने हो । सेतै फूलेका दारीमा ताउ लगाउँदै टङ्कसरले भन्नु भयो लौ राम्रो ।
गुहाटी प्लेटफममा विहान ९ः३० बजेको थियो । हामीलाई लिन असम साहित्य सभाका सदस्य कनक डेका आउनु भएको रहेछ ।
मार्च १६, चर्यापदसँग सम्बन्धित अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन असमका राज्यपाल जे.वी. पटनायकले विहान १०ः३० बजे गरेपछि कार्यक्रम शुरु भयो । भारत वर्षमा मुस्लिम आक्रमण पछि आफ्नो मौलिक संस्कृति लोप हुन लागेको चर्यापद कलकत्ता विश्वविद्यालयका भाषाविद् डा. हरदयाल शास्त्रीले ई.१८९६ मा प्राचीन पुस्तकहरुको खोजी गर्ने क्रममा नेपालीको दरबार पुस्तकालयमा केही पुस्तकहरु फेला पारी संकलन गरी चर्यापद नाम दिएर बंगाली साहित्य परिषदद्वारा प्रकाशित गराएछन् । नेपालमा संरक्षित अवस्थामा फेला पारेर बंगाल, असम, विहार लगिएको इतिहास रहे पनि चर्यापदलाई नेपालका नेवारी तान्त्रिक बौद्धमार्गीले पनि अपनाउँदै आएका रहेछन् ।
मलाई यस्तो लाग्यो हाम्रा दूरी छन् । दूरीदूरीमा हामी समीप रहेछौँ । नजिक रहेछौँ । आपसमा एक रहेछौँ । अन्तर सग्लो धुरी सिर्जनामा रहेछौँ । सिर्जना हाम्रो सग्लो लक्ष्य रहेछ । सांस्कृतिक सम्बन्ध पनि रहेछ ।
यति पुरानो ऐतिहासिक कुरालाई लिएर अन्तर्राष्ट्रिय कार्यक्रम गरेको आफ्नो भाषा, कला र साहित्यको खोजी अध्ययन गरेको देखेर मेरा मनमा असमको नेपाली साहित्यमा स्रस्टा के कति होलान् ? को को होलान् ? यहाँको साहित्य कस्तो होला ? जिज्ञासा उठ्न थाले । संयोग पछिल्लो समयमा नेपाल र असमलाई साहित्यका माध्यमबाट जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने लेखक त्रय सेतु मध्य भीम राई, हामीसँगै हुनुहुन्थ्यो । रण काफ्ले आउने कुराले थप कौतुहलता बढ्यो भने सुरेन्द्र लिम्बुसँग अझै भेटहुन सकेको छैन । संञ्चारकर्मी एवं लेखक प्रदिप मेयाङ्मो पनि असमको नेपाली साहित्यको रिपोर्टिङ गर्ने विचारमा हुनु भएकाले हामी दुवै असमेली नेपाली साहित्यको खोजीमा लाग्यौँ ।
उत्तर पूर्वाञ्चल भारतमा पहिले असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोराम, नागालेन्ड र त्रिपुरा रहेछन् । तर अहिले भिन्ना भिन्दै भएका रहेछन् । तर पनि हाल उत्तर पूर्वाञ्चल भन्दा यी सबैलाई बुझिँदोरहेछ ।
उत्तर पूर्वाञ्चल भारतको मात्र नभएर समग्र भारतकै नेपाली साहित्यको प्रारम्भ अविभक्त (बृहद) असमको मणिपुरबाट लेन्स नायक तुलाचन आलेको मणिपुरको लडाइँको सवाई सन् १८९३ बाट प्रारम्भ भएको मानिदोरहेछ । यसपछि धनवीर भण्डारी, आत्माराम मगर, कृष्णबहादुर उदास, गजवीर राना र रामचन्द्र ढुंगाना आदिद्वारा लिखित सवाइहरु आएपछि नेपाली साहित्यले लहराउने समय प्राप्त गरेछ । यस पछि त साहित्यका विभिन्न विधामा कलम चलाउने, कृति प्रकाशन गर्नेको लामो पंक्तिनै हालसम्म निर्माण भइरहेको रहेछ । जसमा हरिनारायण उपाध्याय, गंगाधर खतिवडा, जगन्नाथ उपाध्याय गुरागाइँ, पद्मप्रसाद ढुंगाना, हरिप्रसाद शर्मा, नित्यानन्द तिमसिना, टीकाप्रसाद शर्मा लुइँटेल, पुष्पलाल उपाध्याय, मित्रदेव शर्मा, प्रा.गोपीनारायण प्रधान, के.वी. नेपाली, हरिप्रसाद गोर्खा राई, हरिभक्त कटुवाल, युद्धवीर राणा, शिव आचार्य, इन्द्र अधिकारी, कर्णबहादुर क्षेत्री, शिव शास्त्री, कृष्णबहादुर राउत, कृष्णप्रसाद ज्ञवाली, गोविन्द शाण्डिल्य, डा.जयन्तकृष्ण शर्मा, होमबहादुर क्षेत्री, छविलाल उपाध्याय, हरि गजुरेल, मोहन सुवेदी, कृष्णविक्रम राणा, पुष्पधर शर्मा, सडकराज गिरी, आलोक गौतम, भविलाल लामिछाने, डा.लक्ष्मीप्रसाद पराजुली, प्रा.दुर्गाप्रसाद घिमिरे, प्रकाश वस्नेत, डा.कालिदास शर्मा, थपलिया, लक्ष्मण अधिकारी, गोपालबहादुर नेपाली, होमनाथ सुवेदी, प्रा. गोपीनारायण प्रधान, लीलबहादुर सुनार, डा.चन्द्रेश्वर दुवे, तुलबहादुर मालेमा, प्रा.टीकाराम उपाध्याय, शिव आचार्य, अनिरुद्र गौतम, लोकनाथ उपाध्याय, खेमराज नेपाल, रणबहादुर क्षेत्री, रुपनारायण पाठक, पं.विद्यापति दाहाल, टीकाराम उपाध्याय, जगन्नाथ शर्मा, पं.हरिनारायण उपाध्याय, गोकुलप्रसाद जोशी, कुलबहादुर क्षेत्री, गुरुभक्त धिताल, कृष्णप्रसाद काफ्ले, बद्री गुरागाइँ, रामप्रसाद उपाध्याय ज्ञवाली, लक्ष्मण बोहोरा, शेरमान थापा, शशीकुमार शर्मा, टङ्कनाथ उपाध्याय, रेवतीमोहन तिमसिना, प्रा.देवीचरण सेडाइँ, रेवतीरमण सापकोटा, डिल्लीराम खनाल, इन्द्र गुरागाई, खड्गबहादुर कौशिक, दुर्वासा उपाध्याय, अग्निबहादुर क्षेत्री, लोकनाथ उपाध्याय चापागाईूँ, डम्बर दाहाल, दीननाथ निरौला, डा.देवेन सापकोटा, पद्म ढकाल, हरि लुइटेल, धनबहादुर राई, बबुरबहादुर राणा, गहीन उपाध्याय, शेरमान थापा, रवि शर्मा, पीताम्बर गुरुङ प्रा.जयनारायण लुइटेल, मोहन श्रेष्ठ, हरिप्रसाद शर्मा खनाल, काशीराम सुवेदी, डा.जमदग्नि उपाध्याय, श्यामराज जैसी प्रेमसिंह सुवेदी, चोकबहादुर थापा, शिवशास्त्री , डा.लालुप्रसाद उपाध्याय, ज्ञानबहादुर क्षेत्री, छत्रमान सुब्बा, तारपति उपाध्याय, प्रजापति शास्त्री, अविकेशर शर्मा, मुक्ति गौतम, ढुण्डीराज उपाध्याय, कमल चम्लागाई, लोकनाथ उपाध्याय, कूलप्रसाद शर्मा, सुन्दर क्षेत्री, दुर्गाप्रसाद उपाध्याय, डिल्लीराम खनाल, भवानी अधिकारी, डा.सीताराम अधिकारी, डा.भक्त गौतम, घनश्याम तिम्सिना, डा.जगन्नाथ उपाध्याय, पद्म ढुंगाना, धर्मेन्द्र उपाध्याय, इन्द्रकान्त कार्की, नरबहादुर दर्जी, दामोदर ढकाल, रमेश दवाडी र बालकृष्ण उपाध्याय मात्र होइन महिला लेखकको संख्या पनि उस्तै रहेछ । मार्च १७ हामीलाई भेट्न गुहाटी, पानबजार स्थित होटल मिनरवामा आउनु भएको थियो लीलबहादुर क्षेत्री । अनि डा. इन्दुप्रभावेदी र निरुशर्मा पराजुली सम्झी सम्झी महिला लेखकहरुका नाम भन्दै हुनुहुन्थ्यो । मुन्नि सापकोटा, टीका भट्टराई, सविता क्षेत्री, गोमा शर्मा, लक्ष्मी मिनु, डा.शान्ति थापा, प्रा.गीता उपाध्याय, मन्जु रेग्मी, रिना भुजेल, डा.नीरा देवी, डा. निर्मलादेवी, मैना थापा, डा.रश्मि रेखा शर्मा, दैवकी तिमसिना, विपा शर्मा, गोमा पौडेल (अधिकारी), दीपा शर्मा, श्रीमती रीतासिंह सर्जना, रोजी रानी शर्मा, डा. ऋतुस्मिता शर्मा, नयाँदेवी विजया शर्मा, तारा पराजुली, देवकादेवी शर्मा, मैना थापा, आशारानी शर्मा, सीता देवी । सर्जकहरmलाई पढ्दा सायद यहाँ रोम जलिरहेको बेला पनि सिर्जना फूलेछन् । नेपालमा सिंहदरबार ढल्दापनि सिर्जना फूलेछन् । रोल्पा, रmकुम जल्दा पनि रोकिएनछन् । साँच्चै, चेतना यहाँ रहछ । विवेक यहीँ रहेछ । सहिष्णुता मच्छिन्द्रनाथसँगै रहेछ । प्रयोग र प्रतिपादनहरmले पात्रका उचाइलाई कवुल गर्नेक्रम जारी रहेछ । हामी त अहङ्कार र स्वाभिमानका नाममा द्वन्द्वरत नै रहेछौँ ।
यी मध्ये पहिलो स्नातकोत्तर गर्ने प्रा.गीता उपाध्याय, पहिलो विद्यावारिधी गर्ने डा. शान्ति थापा र पहिलो महिला उपन्यासकार नयाँदेवी रहेछन् । स्वयं डा.इन्दुप्रभा र निरु शर्माले बालसाहित्य, कविता र निवन्धमा अग्र उपस्थिति जनाएका रहेछन् ।
भारतीय साहित्य अकादवी पुरस्कार लीलबहादुर क्षेत्री, पुष्पलाल उपाध्याय, विक्रमवीर थापा, गोपी नारायण प्रधान, छविलाल उपाध्याय, किरणकुमार राई, दुर्गा खतिवडा, डा.शान्ति थापा, पुष्पधर शर्मा, केवी नेपाली र तारापति उपाध्यायले प्राप्त गरिसकेका रहेछन् । त्यस्तै साहित्यको सेवा गरेवापत हरिप्रसाद शर्मा गोर्खा, विष्णुलाल उपाध्याय, लीलबहादुर क्षेत्री, टीकाराम उपाध्याय निर्भिक, दुर्गाप्रसाद घिमिरे, छविलाल उपाध्याय, गीता उपाध्याय, तारपति उपाध्याय, डा.लक्ष्मीप्रसाद पराजुली र शेरमान थापा आजिवन साहित्य भत्ता प्राप्त गर्ने नेपाली लेखकहरु र अविनाश श्रेष्ठ(हाल ः काठमाण्डौ), सरस्वती सुनार(हाल ः सिलगढी), चन्द्रकला नेवार(हाल ः काठमाण्डौ), तुङ्गनाथ उपाध्याय(हाल ः अमेरिका), अर्जुन निरोला(हाल ः सिक्किम), लोकनाथ उपाध्याय (हाल ः सिलगढी), मुक्ति उपाध्याय बराल (हाल ः सिलगढी), माया ठकुरी (हाल ः काठमाण्डा) आदि यहाँका नेपाली भाषा, संस्कृतिका अनुपम उपहार रहेछन् ।
उत्तर पूर्वाञ्चल भारतमा नेपाली साहित्य श्रीवृद्धिका लागि स्रष्टाहरुले गरेको योगदान र राज्यले स्रष्टा र साहित्यलाई दिएको सम्मान देख्दा गर्वले मेरो छाती फूलेर आयो । २०१३ फेव्रुवरी १६, १७, १८ मा धरानमा भएको भयवाद विमर्श कार्यक्रममा दीपक जी ! तपाईंहरु नेपालमा रहेर पनि हामी नेपाली भन्न सक्नु हुन्छ ? हरि गजुरेलले सोध्नु भएको प्रश्न सम्झिएँ । त्यसबेला मैले केही बोलेको थिइन । सुनि मात्र रहेथेँ । आशय मात्र अनुमान गरेथेँ । मन मनै भन्दै मात्र थिएँ अहँ ! हामी नेपालमा रहेर पनि हामी नेपाली भन्न सकेका छैनाँै । हामी त भन्दै छाँै पहाडे, मधेशे, क्षेत्री, ब्राह्मण .... । तर कसिएर मुठी उचाल्दै गर्वले हरि सर भन्दै हुनुहुन्थ्यो उत्तर पूर्वाञ्चल भारत वर्षमा बस्ने हामी नेपाली ” । भारतमा बस्ने नेपालीहरmले नेपाली भाषा, संस्कृतिको संरक्षण गरिरहेका रहेछन् । अहिले हामी नेपाली, नेपालमा नेपाली जातीय विभाजन सोच्दै छौँ तर भारतमा बस्ने सम्पूर्ण नेपाली एउटै भएर सम्पूर्ण नेपालीको पहिचान खोजिरहेका छन् ।
उज्यालोमा भएर पनि हामीमा उज्यालो घाम त कहिले पो लाग्ला र ! हरि सर, कि लाटोकोसेराहरm छन् रात खोज्नेहरm, कि उज्यालोमा अँध्यारो देख्दै नदेख्ने अन्धाहरm छन् । तरङ्गले तरङ्ग तर्काउँदो रहेछ । तर्क र तरङ्गको जीवनजगत्मा तर्क पनि तरङ्ग बन्छ । तरङ्ग तर्किन्छ । तरङ्गैतरङ्गमा मचिन्छु । फगत तर्कलाई अङ्कमाल गर्दै शब्दलाई मनले सुमसुम्याउँछु, अहो ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।
दुई रात तीन दिनको बसाइ, साँच्चै जीवन र जीविकाका दुई किनार भई बगेका तीतामीठा अनुभूतिले सिँगारेको एक क्षणमा लीलबहादुरले भने जस्तै ब्रम्हपुत्र अझै उस्तै बगिरहेको अनुभूतिको भारी लिएर ब्रम्हपुत्रको छेउबाट बेलुकी ९ः३० बजे अवध असम एक्सप्रेसमा फक्र्यौँ । उहीँ जहाँ कहिले तड्पदै रातहरुमा त कहिले शितबन्दै तप्कदै पातहरmमा लक्ष्मीप्रसाद र हरिभक्त भोकभोकै बाँचेको अनि लीलबहादुरहरm बसाइँ हिँडेको देश ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 फागुन, 2072

लेखकका अन्य रचनाहरु