गीत

- होम सुवेदी

मैले उसका आँसु कतै पुछेजस्तो लाग्छ
उसले पनि मेरै आँसु पुछे जस्तो जाग्छ
आज किन सुसाएको होला हेवाँ खोला
बिर्सिएँछु कसका आँसु मैले पुछे होला
राजै मैले पुछें होला ।।

जिन्दगीमा आँसु पुछ्ने मान्छे कहाँ पाउनु
बिर्सिएको कथा सम्झी किन आँसु आउनु
हिंवा खोला सुके जस्तै आँसु सुक्छ होला
बग्दा बग्दै मेरा आँसु कसले पुछ्यो होला
राजै कसले पुछ्यो होला ।

भाग्य पनि कस्तो होला अन्तै मिलाएछं
जिन्दगीको मोलसँगै माया बिलाएछ
हेंवा खोला सुके जस्तै आँसु हराएछ
मेरो आँखै भित्र आज आँसु बिलाएछ
राजै आँसु बिलाएछ ।।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 फागुन, 2072

लेखकका अन्य रचनाहरु