शान्ति–यात्रा

- प्रा. डा. कपिल लामिछाने

भदौ १६ गते बिहानको घाम भुइँमा खस्न नपाउँदै म झोला बोकेर गेटमा पुगिसकेको थिएँ । विजय सागरको कल आयो, ‘हामी त विद्रोही चोकमा छौँ । गाडी पनि आइसक्यो ।’ पौने ६ बजे जुट्ने र ६ बजे हिँडिहाल्ने सल्लाह थियो । म घरबाट हिँड्नै लाग्दा विजयजीको ताकिता आएको हो । विजयजी समयको पक्का ¤ म पनि कच्चा थिइनँ । भने भन्दा अघि नै त्यहाँ पुगेँ । छोरी कविताले स्कुटीमा खुरुर्र पु¥याइदिइन् । चालक प्रेम गुरुङ स्कार्पियो गाडी स्टार्ट गरेर त्यहीँ हाजिर थिए । वनमाली निराकार त्यहीँ साकार ¤ रामबहादुर श्रेष्ठ र गङ्गा अभिलाषी पनि त्यहीँ प्रकट । अलिक अगाडि बुद्ध चोकबाट बुँद राना र रुद्र ज्ञवाली चढेपछि ६ बज्दा नबज्दै हामीले भैरहवा छाड्यौँ । बस्, अब मङ्गलापुरबाट रमेश समर्थनलाई टिप्नु थियो । त्यो पनि १०÷१५ मिनेटमै फत्ते भयो ।
डा. शङ्करप्रसाद नेपाल र डिल्लीराज भट्टराईले चाहेर पनि जान अनुकूल भएनछ ।
चालक सँगैको सिट गङ्गाजीको रोजाइमा प¥यो । महिला प्रथम नि ¤ प्राज्ञ बुँद राना, विजय सागर, वनमाली निराकार र रमेश समर्थन बीचमा । चारैजना टायर्ड नभई रिटायर्ड भएका । अनि पछिल्ला सिटमा रामबहादुर श्रेष्ठ, रुद्र ज्ञवाली र म । स्थान व्यवस्थापन स्वतःस्फुर्त भयो । कसैको अरनखटनमा होइन ।
हामी भैरहवादेखि कुस्मासम्मको साहित्यिक सद्भाव यात्रामा प्रवृत्त भइरहेका थियौँ । यस यात्रालाई शान्ति यात्रा भन्दा पनि हुन्छ । किनकि हामी शान्तिका लागि निक्लेका थियौँ ।
२०७२ भदौ १७ गते पर्वतको कुस्मामा साहित्यकार शान्तिनारायण श्रेष्ठको ७७ औँ जन्मोत्सवका अवसरमा ‘शान्तिनारायण श्रेष्ठ ः स्रष्टा र सिर्जना’ शीर्षकको ग्रन्थ लोकार्पण तथा सार्वजनिक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । तराईमा मधेस केन्द्रित केही दलले मधेस बन्द भनेका थिए । संविधानमा आफ्ना कुरा पार्न अरू पनि थरीथरीका बन्द हडतालका कार्यक्रम भइरहेका थिए । केही दिनअघि आएको भीषण वर्षाले गर्दा पहिरोले पोखरा–बागलुङ राजमार्ग ठाउँठाउँमा क्षति भएको दृश्यको अवलोकन टेलिभिजनबाटै गरेका थियौँ । बिघ्न वाधा अनेक थिए । घर छाडेर हिँड्न कदापि सहज र स्वाभाविक थिएन । यस्ता बिघ्न वाधा र अवरोधलाई छिचोलेर लक्ष्यमा पुग्नुको मजा बेग्लै लाग्छ मलाई ।
हाइकु, ताङ्का, सेदोका, चोका, मुक्तक, गजल, खण्डकाव्य जस्ता काव्यकविताको सिर्जना गरेर नेपाली साहित्यमा प्रतिष्ठा पाएका, दोहोरी गीत गाएर रनबन घन्काएका, पुस्तकालयको स्थापना र पत्रिकाको सम्पादन गरेर साहित्यको लामो सेवा र साधना गरेका एक लब्धप्रतिष्ठित व्यक्तित्वको ७७ औँ वार्षिकोत्सव र यस अवसरमा सार्वजनिक अभिनन्दन हुन लागेको घडी । अनि त्यस घडीमा उपस्थितिका लागि आयोजकबाट हामीलाई सम्मानपूर्वक आमन्त्रण ¤ मानको पान अमृत समान । निम्तो सकारी हामीले पाइला उचाल्यौँ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ ... ।’ हामी तराईबाट पहाडतिर लम्कियौँ । अगाडि लम्कनु, यात्रा वा घुम्नु मानिसको आदिम प्रवृत्ति हो र हामी साहित्यस्रष्टा पनि भ्रमणको मौका आउँदा चौका हान्न चुक्दैनौँ । ‘बग्न नजाने गन्दा नाली हो जिन्दगी ... ’ भन्दै बुँद रानाले गजल घन्काएकै हुन् । बग्नेले बग्नै पर्छ र हिँड्नेले हिँड्नै पर्छ । आद्यग्रन्थ ऋग्वेदमा अविश्रान्त भावले यात्रा गरिरहनेलाई श्रीसम्पत्ति प्राप्त हुने भन्दै हिँडिरहन भनिएको छ– चरैवेति चरैवेति । जो हिँड्छ, उसैले देशदुनियाँ देख्छ, अनुभव गर्छ, ज्ञान आर्जन गर्छ, साथीभाइ कमाउँछ । श्रीसम्पत्ति भनेको पैसो मात्र होइन होला । त्यसमा पनि साहित्यस्रष्टाले साहित्यिक सद्भाव यात्रा गर्न पाउनु सुनमा सुगन्ध थपिए झैँ हुन्छ । त्यसो भएपछि सम्भव भएसम्म हिँड्नै पर्छ । घुम्नै पर्छ ।
भैरहवामा हप्प गर्मी थियो– मौसम र आन्दोलनको । बुटवलको चिडिया खोलाबाट उकालो लाग्नेबित्तिकै शीतल सुरु भयो । चुरे पनि त्यहीँबाट सुरु भयो । चुरे र चिसोमा अनुप्रास मात्र होइन, सङ्गति रहेछ । पाल्पा पुग्दा पहाड र पाहार सँगसँगै भए । स्याङ्जा पुग्दा सियाँल चाहिने भो । पोखरा रमाइलो र घमाइलो दुवै ।
तर गाडीभित्र नन स्टप गफ चुटिँदै थियो । गफ सुरु भएको हो, मङ्गलापुरबाट गाडीमा रमेश समर्थनले आसन ग्रहण गरेदेखि नै । पाल्पाको ठिमुरे गाविसको पोरकनी गाउँमा जन्मेका रमेशहरि शर्मा ढकाल नै साहित्यमा रमेश समर्थन नामले चिनिएका हुन् । उनले आफ्नो नाम पोरकेछन् । पहाडतिर मकै पोरकिन्थ्यो । यहाँ हरेक कुरा पोरकिन थाल्यो । गाडीमा सबै पाका थिए । चालक प्रेम गुरुङ भाइ उमेरमा कान्छो । पा’को नपा’को था’ भएन । बाँकी जम्मै लेडिज एन्ड जेन्टलम्यान न’पाको कोही थिएन । त्यसमा पनि गजलकार बुँद राना सबैभन्दा बढी पा’का । मान सम्मान अवसर धेरै र श्रीमती थोरै (जम्मा दुई) पा’का । उमेरले पनि पाका ¤ तन्नेरी अर्थात् नौजवान । त्यसमा विजय सागर, वनमाली र रमेश समर्थनको समर्थन हुनै नै भयो । पछाडिबाट हाहु गर्ने हामी पनि थियौँ । हामी भन्नाले रुद्रजी र म । रामबहादुर श्रेष्ठ चाहिँ अलिक गमिलो लाग्दै थिए । सानोमा ‘हुँम्म परेको छु पिँजडामा ...’ भने जस्तो ।
छिनमै पाल्पा जोरधारा पुगिएछ । वनमाली निराकारले सचेतकको भूमिका निर्वाह गरे, ‘कुराले पेट भरिन्न । यहीँ जलपान गरौँ ।’ गाडी रोकियो । हामी ओर्लियौँ । केही सु–कर्म भयो र केही जलपान । अर्नी भन्दा पनि होला । रमणीय प्राकृतिक दृश्यावलीले साहित्यिक मनलाई आनन्दित तुल्यायो । सुनेको छु, तिब्बतीय प्लेट र भारतीय प्लेटको जोर्नी स्थल यतैतिर हो । अर्नीले पेटमा आनन्द, सुरम्य प्राकृतिक दृश्यावलीले मनमा आनन्द, पोरकेका कुराले मस्तिष्कमा आनन्द लिँदै पुनः गाडी हुइँकियो । घुमाउरा बाटा, घुमाएकै रोटी (सेल रोटी) अनि कुरा झिक्यो कि त्यो पनि घुमिहाल्थ्यो । अनि हामी हिँडेकै घुम्न, रम्न, रमाउन ।
आँखा प्रभासमा रहेको मेडिकल कलेज, करुवामा नाम कमाएको तानसेन, विस्तारित माडी फाँट, कृषिमा नाम चलेको मदन पोखरा आदि हेर्नमा व्यस्त, यसो ध्यान बाहिर गयो कि यता गाडीभित्रका कुरा छुट्लान् भन्ने त्रास । एउटा सकेको छैन, अब अर्को कुरा निक्लने आस ¤ दुश्शासनले द्रौपदीको चीर हरण गर्दा जति ताने पनि सकिएको थिएन रे कृष्णको प्रतापले । यहाँ कुरा त्यही चीर झैँ आएको आयै गरिरह्यो, तर त्यो कसको प्रतापले भन्ने कुराको छ्यानब्यान अझै हुन सकेको छैन । आएको छ छ ।
मैले बनारस पढ्दा र भैरहवा बस्दा यही बाटो भएर सयौँ पटक घर (पोखरा) आउ जाउ गरेको हुँ । पाल्पाबास गाडीमा चढेँ । स्याङ्जाबास गाडीमा पनि चढेँ । २०६८ मा पोखरामा सम्पन्न लोकसाहित्य सङ्गोष्ठीमा भाग लिई रातारात ट्याक्सीमा यही बाटो हिँडेको थिएँ । प्रा.डा. कुलप्रसाद कोइराला, तुलसीमान श्रेष्ठ, डा.शिवप्रसाद पौड्याल, शालिग्राम पौडेल र म बेलुकाको खाना खाईवरी ११ बजेतिर पोखरा छाडेका थियौँ र रातभर रमाइला गफ र गाउँखाने कथाले बाटो काटेका थियौँ । डाकुकोजी अहिले भिसी भा’ छन् । घर (पोखरा) मा जरुरी काम पर्दा तिलक लामिछानेको गाडीमा आठदसचोटि यही बाटो नापेको हुँ, तर यस चोटिको यो बाटो नै बेग्लै हो कि जस्तो बनायो– पोरकनी कुराले, ख्यातनामा यत्रा स्रष्टाहरूसँगको यात्राले ।
बुँद यहीँ, गङ्गा यहीँ, सागर यहीँ, बहादुर राम यहीँ, कपिल मुनि यहीँ, रुद्र यहीँ, वनमाली यहीँ, सबको समर्थन यहीँ । यस्तो योग संयोग पाइन्न जहीँ तहीँ ।
अल्याङ्मल्याङ गर्दै राम्दी काटेर गल्याङ पुगिएछ । तिनाउ र काली गण्डकी छाडेर अब आँधीखोला सुरु भएछ । स्रष्टा देवीप्रसाद वनवासी, विश्वप्रेम अधिकारी, चिन्तु गिरी, महेश्वर शर्मा, अच्चुतशरण अर्याल आदिको स्मरण गर्दै स्याङ्जा पुगिएछ । जति कुरा गरे पनि, जति स्रष्टाको नाम जपे पनि भाते भोक लागिहाल्यो । म लाइन होटलमा भात खान रुचाउन्न । ‘राम्रो ठाउँमा है प्रेम भाइ ¤’ भनेर हामीले जति भने पनि प्रेमले प्रेम गर्न सक्छन्, तर त्यस्तो ठाउँमा लग्न सक्दैनन् किनभने त्यस्तो ठाउँ नै छैन । यही लाग्थ्यो । स्याङ्जा कट्यो । मैले गाउँखाने कथा सँगालेका ठाउँहरू छुट्दै गए । नौडाँडा पुग्दा एउटा आशाको त्यान्द्रो देखियो । गाडी रोकियो । एउटा थकाली होटलमा गयौँ । आउट लुकबाट केही अनुमान लगाइयो । सही ठहर भएछ । राम्रो ठाउँमा परिएछ । प्रेमपूर्वक खाइयो र पुनः हिँडियो ।
दाङ जाँदा भालुवाङ, पाङ जाँदा भालुपहाड । पहाड, थुम्काथुक्की, खोला खोल्सा छिचल्दै पोखरा पुगियो । सेती लुकीलुकी सुसेल्दै थियो । माछापुच्छ्रे म्वाइँ खान आउला झैँ लाग्थ्यो । पोखरा रमाइलो र घमाइलो दुवै । मैले पहिलो पाइला टेकोको ठाउँ । यहाँ पुग्दा महिलालाई माइत गए जस्तो भयो । ‘पोखरा त पोखरा पो रैछ ... ¤’ मनभरि गीत गुन्जिरह्यो । ओहो ! सारै फैलिएछ पोखरा । पोखरामा नबिसाईकन जिरोकिलोमिटर बागलुङ बसपार्क, हेम्जा, सुइँखेत, नागडाँडा काटेर लुम्ले पुगी थकाइ मा¥यौँ । चिया खायौँ । सु–कर्म ग¥यौँ । वरैबाट काँढेको कृषि फर्म हे¥यौँ । चैत वैशाख हुँदो हो त यो पाखाभरि लालीगुराँस मुस्कुराउँदो हो । कोइली कराउँदो हो । न्याउली झुराउँदो हो । ऐसेलु खान पाइँदो हो । काफल लान पाइँदो हो । वर्षाले खँगारेको यो पाखो अहिले मौन थियो । दुकानहुँदि पनि उतैबाट ल्याएका बिस्कुट, चाउचाउ, दालमोट आदि देखिए । मानिसका अनुहार पनि पलाउन पर्खेका बोटबिरुवा जस्ता लागे हामीलाई ।
अब गाडी ओरालो लाग्यो । घाम पनि ओरालैमा थिए । घुमाउरो बाटो हुँदै नयाँ पुल पुग्यौँ । केही वर्षअघि यहीँबाट घान्द्रुक गएको थिएँ । अब मोदी भेटियो । हाम्रो मोदी कसरी उताको थर हुन पुगेछ कुन्नि ¤ मीठामीठा कुरा गरी छुरा धस्न खोजिरहेछ ।–
मोदीका क्या मीठा मीठा कुरा
मुखमा राम राम बगलीमा छुरा ।
कुरा पोरकियो । हामी मोदी किनारै किनार थियौँ । जलविद्युत् परियोजना टाढैबाट हे¥यौँ । चुआ हुँदै सवा चार बजेतिर कुस्मा पुग्यौँ ।
कुस्माको पुरानो तर प्रसिद्ध होटल वन्दनामा हाम्रो बसाइ रहेछ । ओल्ड इज गोल्ड ? हामी त्यहीँ पुग्यौँ । त्यसै दिन भदौ १६ गते अपरान्ह २ बजेदेखि कुस्मामा साहित्यकार परिचय तथा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । हामी त्यसैलाई भेट्टाउन कुदेर आएका थियौँ । हेर्नुहोस् है अवरोध पनि कति हुन्छन् । गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयका पूर्व कोषाध्यक्ष तथा प्याब्सन पर्वतका पूर्व अध्यक्ष वसन्तकुमार कर्माचार्यकी आमाको निधन भएछ । आयोजकहरू सबै त्यतै लाग्नै पर्ने भयो । लागेछन् । सो कार्यक्रम प्रभावित हुने नै भयो । भयो । हामीले वरैबाट श्रद्धाञ्जली र समवेदना भन्यौँ ।
हामीसित केही समय बाँकी रहेकाले फ्रेस भएर दृश्यावलोकनका लागि निक्ल्यौँ । बागलुङ र कुस्मा बजारलाई जोड्ने नेपालकै अग्लो र लामो झोलुङ्गे पुल अनि कुस्मा र ग्यादीलाई जोड्ने अर्को लामो झोलुङ्गे पुल हेर्न जाने कार्यक्रम बन्यो । हेर्न लायक रहेछन् पुल । संयोगवश त्यहीँ मेरा पूर्व छात्र नारायणप्रसाद ढकाल भेटिए । २०६२÷०६३ को आन्दोलनमा भैरहवामा साहित्यिक मोर्चामा हामी सँगै थियौँ । प्रहरीले लखेट्ने क्रममा उनी घाइते पनि भएका थिए । त्यहाँ पुग्दा भूपिनको सम्झना भयो । प्रेम छोटा, डा.दिनबहादुर थापा, काजी रोशन, महेशचन्द्र प्रधान, सन्तु श्रेष्ठ त्यहाँ नआए पनि सम्झनामा छाइरहे ।
फर्किँदा साँझ पर्न लागेको थियो । बाटामा कुनै नेवारी नाच या यात्रा प्रदर्शन भइरहेको थियो । हेर्दै हिँड्यौँ । बाटैमा कवयित्री सरस्वती शर्मा जिज्ञासुको घर÷पसल पर्दो रहेछ । देख्ने बित्तिकै ‘ओहो दाजी’ भन्दै अँगालो मार्न आउलिन् झैँ गरिन् । न्यानो माया र चिसोले खातिरदारी भयो । होटलमा पुग्दा डा. षडानन्द पौड्याल टुप्लुक्क । उनको गृह जिल्ला पर्वत भए पनि अचेल उनी काठमाडौँ सरेका थिए । बिघ्न वाधाले गर्दा दोमनमा थिए । ‘ग्रन्थका सम्पादक तपाईं नआई काँ हुन्छ ।’ एक दिन अगाडिमात्र मैले गल लगाएको थिएँ । बल पुगेछ । उनले विद्यावारिधि गर्दा म शोधविशेषज्ञ थिए । अब रमाइलोमा अझ रमाइलो थपिने भो । षडानन्दजी हास्यव्यङ्ग्यकार मात्र होइन, उनको हाँसो हेर्नलायक, सुन्नलायक र रेकर्ड गर्नलायक पनि हुन्छ । मसँग केही रेकर्ड पनि छ । बागलुङ र पर्वतबाट मैले गाउँखाने कथा सङ्कलन गर्दाका मेरा दाहिने हात उनै त हुन् ।
साँझ हामी बसेको होटेलकै हलमा साहित्यिक परिचय तथा अतक्र्रिया कार्यक्रम भनी हामीलाई आसन ग्रहण गराइयो । झन्डै गोलमेच जस्तो । पानी राखियो । ग्रिन सलाद र स्न्याक्स राखियो अनि चिसो राखियो । अगाडि राखेपछि कसैले केही भन्नै परेन । हात मुख जोर्ने काम सुरु भइहाल्यो । अनि त रहेछ खाँदा चिसो भए पनि खाएपछि कान तात्ने पानी । खानेले खानी नखानेले नखानी । घरमुलीदेखि वनमालीसम्म, लामगादेदेखि लामछानेसम्म खानेको प्रचण्ड बहुमत देखियो । अल्पमतकाले सामान्य चिसो खाएर काम चलाए । यसै बीच आआफ्नो ठाउँबाट सबैले आआफ्नो परिचय दिए । सरल कवि श्रेष्ठ अलिक ढिलो गरी सहज रूपमा सहभागी हुन आइपुगेका थिए ।
भदौ १७ गते बिहानको झुल्के घाम सँगै इन्द्रकुमार विकल्पको घरमा चिया बिस्कुट खाएर हामी कुस्मा बलेवा यान्त्रिक पुल तर्न पुग्यौँ । मनकामना जाँदा केबुल कार र भारत गुजरातको अम्बा मन्दिरमा जाँदा उडनखटोला चढेको थिएँ । यसलाई यहाँ कुस्मा बलेवा यान्त्रिक पुल प्रा.लि. ले यान्त्रिक पुल नाम दिएको रहेछ । उत्साह (२०४३) मा प्रकाशित ‘प्रवासीसितको विमानयात्रा’ कथामा मैले यस्तालाई तुर्लुङ्गे यान नाम दिएको छु । तुर्लुङ्ग झुन्डिने र विद्युतीय ऊर्जाबाट परिचालन हुने हुँदा तुर्लुङ्गे यान यसका लागि उपयुक्त नाम हो भनी अथ्र्याएपछि साथीहरूबाट समर्थन र अनुमोदन भयो ।
तुर्लुङ्गे यानको यात्रा पुरा गरी हामी शान्ति निवासमा पुग्यौँ । हामीलाई अनौपचारिक पनि हुनु थियो । उमेरले जत्रा भए पनि व्यवहारले मेरा आदरणीय मित्र हुन्, सरल कवि शान्तिनारायण श्रेष्ठ । उनको निवासमा परिवार सहित उनलाई टीका, अबिर, फूलमाला, दुबोको माला र खादा लगाइदिएर अनि सगुन खुवाएर उनलाई बधाई र शुभकामना अर्पण ग¥यौँ । हामीलाई लाग्यो, हामीले केही कर्तव्य त पुरा ग¥यौँ अब । मानिस मरेपछि गुन गाउनु र पिण्ड दिनुभन्दा सक्रिय छँदै साथ दिनु राम्रो हो । राम्रो काम गर्न पाएकोमा फुरुङ्ग भयो मन हाम्रो ।
दिउँसो उनको निवासबाट बाजागाजाका साथ, विभिन्न सङ्घसंस्था र साहित्यकारहरूको लावालस्करले उनलाई अगाडि लगाएर बजार परिक्रमा गरयो । कुस्मामा शान्तिनारायण श्रेष्ठ संलग्न नभएका संस्था छैनन् भने पनि हुन्छ होला । उनको सम्मानमा धार्मिक, सामाजिक, शैक्षिक र साहित्यिक स्थानीय स्तरमा क्रियाशील ५० भन्दा बढी सङ्घ संस्थाबाट उनको सार्वजनिक अभिनन्दन गरियो । हामी पनि सँगै थियौँ । गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयका उपाध्यक्ष तथा प्याब्सन केन्द्रीय सदस्य केशवराज पुरीको अध्यक्षता, नाट्य सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्य र हामी निम्तारुको विशिष्ट आतिथ्यमा मध्यान्ह २ बजे मूल समारोह सुरु भएको हो ।
समारोहमा प्रमुख अतिथिबाट ‘शान्तिनारायण श्रेष्ठ : स्रष्टा र सिर्जना’ शीर्षकको ग्रन्थको घुम्टी खोल्ने काम भयो । परिवारजन र सर्वजन मिलेर उनको सम्मान र अभिनन्दन भयो । पुनः सगुन खुवाइयो । दोसल्ला, माला र खादा ओढाइयो । उपहार, बधाई र शुभकामना दिइयो । रचना वाचन गरियो । समारोहमा सरस्वती शर्मा जिज्ञासु, इन्द्रकुमार विकल्प, राजेन्द्र पहाडी, डि.आर. शर्मा, इन्द्रमान खत्रीको क्रियाशीलताले मन छोयो ।
शान्तिनारायण श्रेष्ठ विषयक ग्रन्थ डिमाइ साइजमा ७४४ पृष्ठको छ । मोटो गातो वा आवरण, स्तरीय कागज र छपाइ तथा लेजाउट छ । यस ग्रन्थमा समीक्षा, समालोचना, शुभकामना, मन्तव्य मिलाएर १४० जना सहभागी रहेका छन् । नाम चलेका र नाम चल्न बाँकी रहेका कवि लेखक छन् । ग्रन्थ ओजिलो र सङ्ग्रहणीय छ । शुभकामना मन्तव्य आदिको क्रममा मेरो पालोमा मैले उनकै अवतरण (२०६१) बाट केही हाइकु सुनाएँ –
बग्यो गण्डकी
गण्डकीको पानी झैँ
भयो जिन्दगी ।
--
स्वच्छ हिमाल
प्राणभन्दा प्यारो छ
मेरो नेपाल ।
अनि उनका लागि त्यहीँ जुराएका आफ्ना केही हाइकु सुनाएँ –
मनोकामना
शान्तिनारायणलाई
शुभकामना ¤
--
शताब्दी वर्ष
शान्तिनारायणलाई
कति पो हो र ?
--
युग युग बाँचे
लुम्बिनीको सन्देश
मुटुमा साँचे ।
--
अति नै भयो
त्यत्ति नै बाँकी रह्यो
साहित्यको काम्
--
चोखो छ शान्ति
मूलको पानी जस्तै
तिम्रो जवानी ¤
...
बन्यो जिन्दगी
स्वर्णपत्र लेखे झैँ
भयो जिन्दगी ।
--
शान्तिका कृति र योगदानका बारेमा झन्डै साढे सात सय पृष्ठको ग्रन्थ हाम्रा अगाडि लख्रक्कै छ । यस्ता अभिनन्दन धेरै हुन्छन् । पैसा हुनेका जति पनि हुन्छन्, तर म सबै ठाउँमा पुगेको छैन । माधव घिमिरे, मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, चूडामणि रेग्मीको अभिनन्दनमा म सहभागी भएको छु । र यतिखेर शान्तिनारायण श्रेष्ठको अभिनन्दन खातिर घुँडोमुन्टो टेकेर हामी भैरहवादेखि कुस्मा पुगेका छौँ । सायद यति भनेपछि पुग्छ ।
उनी लोकमा जन्मे । लोकमा हुर्के । लोकदोहोरी गाएर घरजम गरे । उनका गीत, गजल र हाइकुमा पनि लोकलयको स्वरमाधुरी सुनिन्छ । त्यसैले उनको नाम हुनु पथ्र्यो, लोकनारायण । जब उनी गीत गाउँछन्, प्रेमका गीत गाउँछन् मनमा क्रान्ति ज्वाला सल्काइदिन्छन् । तिनको नाम शान्तिनारायण रे ? यी गाडी गफका कुरा ।
कुस्माबाट सिधै फर्केको भए हाम्रो यात्रा अधुरो अपुरो हुन्थ्यो सायद । आगो लिन गए जस्तो हुन्थ्यो सायद, तर त्यसो हुन दिनु थिएन ।
भदौ १८ गतेको घाम नझुल्कँदै हामीले कुस्मालाई छाडिसकेका थियौँ । हाम्रा साथमा अब डा. षडानन्द पौड्याल पनि थिए । कालीगण्डकी किनारमा अवस्थित सहस्रधाराको मजा लियौँ । त्यो प्राकृतिक वैभव देखेर मन आल्हादित भयो । त्यसपछि हामी सामाजिक यथार्थवादी उपन्यासकार मोहनबहादुर मल्लका सुपुत्र दीप र दीपकबहादुर मल्लको बाटैमा पर्ने घरमा पुग्यौँ । परिचय आदान प्रदान भयो । मोहनबहादुर मल्लका उपन्यासमा विद्यावारिधि गरेका डा. षडानन्द पौड्यालले मोहनबहादुर मल्लको जीवनी र उपन्यासकारिता बारे छोटो जानकारी गराए । एउटा लब्धप्रतिष्ठित साहित्यस्रष्टाको घरपरिवारमा पुग्दा हामीलाई एउटा तीर्थमा पुगे झैँ भइरह्यो ।
त्यसपछि हामी सोझै गलेश्वर धाम पुग्यौँ, दर्शन ग¥यौँ र पुनः बेनी बजारमा आइपुग्यौँ । ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल ...’ गीत गुनगुनाइरह्यौँ । कुनै बेला माओवादीले पारिबाट यही बेनीमा आक्रमण गरेको थियो । काली थुनिँदा घरद्वार छाडेर यही बेनीबासीहरूले डाँडा पाखातिर दौडिनु परेको थियो ।
गलेश्वरबाट बेनी पुग्दा नपुग्दै वेस्ट प्वाइन्ट कलेज, बिरौटामा हाम्रो प्रतीक्षा भइरहेको थियो । सुरज घिमिरे दीपशिखा बराबर सम्पर्क गर्दै थिए । कलेज प्राङ्गणमा स्वागतार्थ शिवकुमार श्रेष्ठ, सुदर्शन कुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, रवीन्द्रराज जोशी, यजनलाल शाक्य, कृष्णप्रसाद श्रेष्ठ, प्रिन्सिपल गङ्गाप्रसाद खतिवडा, विद्यालय शिक्षक र विद्यार्थीहरूले स्वागत गरे । परिचय र रचना वाचन सहित साहित्यिक कार्यक्रम भयो । रुद्र ज्ञवालीका मुक्तकले बजार लियो । ‘फलेको कताकति नफलेको बाक्लै । के हो ?’ भनी मैले आफ्नो पालोमा केही गाउँखाने कथा सोधेँ र एउटा लघुकथा सुनाएँ । फर्किंदा झन् रमाइलो ¤ हाम्रो बिदाइमा सयौँ फूलका थुङ्गा हामी भने झैँ अनेक वेशभूषाका बालबालिकाहरू हात हल्लाई हल्लाई हाँसी हाँसी बिदा दिँदै थिए । अमिट छाप लिएर फक्र्यौँ हामी त्यहाँबाट । कलेजले कति राम्रो वार्षिक मुखपत्र निकालेको रहेछ– प्रभात । हामीले यसको पाँचौँ अङ्क प्राप्त ग¥यौँ ।
अरू थोक जति खाए पनि अब भाते भोक लागिसकेको थियो । उता अर्को कार्यक्रमको समय पनि भइसकेको थियो । होटेल याक एन्ड रेस्टुरेन्टमा हामीले खाना खायौँ । होटेलका म्यानेजिङ डाइरेक्टर बाबुराम (तारा) आचार्य हाम्रो खातिरदारीमा कमी आउँछ कि भनी चनाखो भइरहेका थिए ।
त्यसपछि हामी माउन्ट एभरेस्ट इङ्लिस स्कुलमा पुग्यौँ । विद्यार्थी, अभिभावक, विद्यालयका संस्थापक सञ्चालक तथा तमाम साहित्यस्रष्टाहरू स्वागतार्थ तयार रहेछन् । ठूलो ब्यानरमा प्राज्ञ बुँद राना विशेष गजल कार्यक्रम थियो । स्वागत सत्कार सम्मान त सबैको भयो । बुँद रानाको विशेष । हुन पनि उनी विशेष नै हुन् । बुँद दुलाहा हामी जन्ती जस्ता भयौँ, तर त्यहाँ दुलही कोही थिएन । काली र म्याग्दीको किनारमा बेनीको बजारमा अवस्थित त्यस विद्यालयमा एक सुन्दर ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भयो । हाम्रो टोलीका सबै स्रष्टा र भक्त कार्की, रामप्रसाद सुवेदी, लोकनाथ भुसाल ‘घायलश्री’, सुरज घिमिरे आदिले रचना वाचन गरे । यहाँ पनि रुद्र ज्ञवालीका मुक्तकले बजार लियो । मैले आफ्नो पालोमा केही गाउँखाने कथा सोधेँ र एउटा लघुकथा सुनाएँ ।
कार्यक्रम सकेर क्याम्पस चोकमा पुग्दा १ बजिसकेको थियो सायद । हामीलाई पुग्नु थियो, भैरहवा । दूरी धेरै नहोला, तर बाटो सम्झदा कहाली लाग्दो । रामबहादुर श्रेष्ठको ससुराली त्यहीँ रहेछ । यस्सो पसेर आउँछु भनी गए, तर एकछिनमै हामी हिँड्ने भयौँ । उनी पुग्न नपाउँदै फर्कनेमा परे । ससुरालीको मानमनितो ग्रहण गर्न नपाउँदै आँगन कुल्चेर फर्कनु पर्दा सायद मन खिन्न भएको हुनुपर्छ । गाडी गफका लागि त्यो एक अर्को मसला बनिहाल्यो । डा.षडानन्द पौड्याल हाँसोको फोहोरा छाड्दै थिए । बीचबाट कुरा पोरकने र समर्थन जनाउने काम भइरहे । गङ्गा अभिलाषी कम बोले पनि मजा लिनमा कन्जुस्याइँ गरे जस्तो लागेन । बाटोमा पर्ने आमबोटको माछा स्वाद मानेर खाइयो । बरमझियाको पेडाले झैँ यहाँको माछाले नाम कमाएको रहेछ । मुला नाम । मान्छेले त्यही नामका लागि के के न गर्नु पर्छ, पेडा र माछालाई खाई मागे पुग्ने ।
डा. षडानन्द पौड्यालबाट हामीले पोखरासम्म साथ पायौँ । शान्ति, मल्ल, माउन्ट, वेस्ट, काली, मोदी, सेती श्रेष्ठ । मन्त्र यस्तो पो बन्यो । बाटामा एक अर्को चर्काे चर्चाको विषय थियो, उही तीन फुके । चौथो फुकेबाट विजयजी अझै वञ्चित । आकस्मिक यात्रा अत्यन्त रमाइलो भयो । राती घर अबेला पुगे पनि आआफ्नै ओछ्यानमा पुग्न सकियो ।
सूत्र यिनै हुन् । व्याख्या चाहिए हुँदै गर्ला ।
जाँदा पहिले गाडी चढ्ने र आउँदा अन्तमा गाडीबाट ओर्लने अभिभावकत्व विजय सागरलाई नै प्राप्त भयो । वस्तुतः यो यात्रा शान्तिका लागि थियो, तर त्यो शान्ति उतै पहाडतिर छाडेर हामी बुद्धको शान्ति क्षेत्र तराई झरेका छौँ । पशुपतिको जात्रा सिद्राको बेपार भन्छन् । घाटा नाफा जे भए पनि हामीले पनि कुस्माको यात्रामा केही बेपार ग¥यौँ कि ?

कला सदन, भैरहवा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 माघ, 2072

लेखकका अन्य रचनाहरु