घनश्याम न्यौपाने ‘परिश्रमी’का गजलको अन्तर्वस्तु

- प्रा. डा. कपिल लामिछाने

१. प्राक्कथन
यथास्थिति भित्र सधैँ गुम्सिएर बस्नु कति
अब हाम्रो समाजको स्वरूप बदल्नु पर्छ २०५३ः२९

गजलको यो सेर घनश्याम न्यौपाने ‘परिश्रमी’को हो । ‘परिश्रमी’ गजलको रचना तथा समालोचना गर्नमा र त्यसलाई मलजल गर्नमा प्रतिबद्ध–कटिबद्ध स्रष्टा हुन् । कालीगण्डकी गा.वि.स.–२, स्याङ्जामा २०१५ सालमा जन्मेका ‘परिश्रमी’ जागिरका सन्दर्भमा मुलुकका विभिन्न भूभागमा भौँतारिँदै विभिन्न अनुभव बटुल्दै यतिखेर भैरहवामा करिब सुस्थिरप्रायः भई नेपाली गजललाई मलजल गर्ने ध्याउन्नमा लागेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाए पनि उनले खित गाडेको विधा भने गजल नै हो । उनका अधिकांश गजलहरू यो मौसम (२०५०), घामको छहारीमा (२०५३) र जून चुहेको रात (२०६०) मा सड्ढलन गरिएका छन् । दसवटा बालगजल जुनुमामा (२०६०) संयुक्त सड्ढलनमा पनि परेका छन् । यी कुनैमा पनि नपरेका गजल उनकै डायरी र पत्रपत्रिकामा छरिएर रहेका छन् । २०४५ देखि यस क्षेत्रमा हाम फालेका ‘परिश्रमी’ले यसलाई उठाउन ठूलो परिश्रम गरिआएका छन् ।
गजलको आरम्भिक चिन्तन प्रेमविषयक भए पनि अहिले यता आएर यसले आफूलाई त्यो प्रेमकुण्डबाट बाहिर ल्याइसकेको छ । कुनै समय यस्तो थियो कि गजल भन्नेबित्तिकै त्यो प्रेमिकासितको आलाप वा शृङ्गारिक कविता भन्ने बुझिन्थ्यो, तर अब समयले कोल्टे फेरिसक्यो, कालीगण्डकीबाट धेरै मल र जल बगिसक्यो र गजल त्यसको प्रतिपाद्य वा विषयवस्तुका दृष्टिले होइन, अपितु त्यसको सङ्गठन, शिल्प–संरचनाका दृष्टिले चिनिन्छ । त्यो कुनै पनि विषय, कुनै पनि छन्द वा बहर या लयमा लेखिनसक्छ, तर त्यसमा सेर, रदिफ, काफिया, मत्ला, मक्ता, तखल्लुस आदि हुन्छन् । त्यसैले गजल विशेष संरचनायुक्त कविता हो । वास्तवमा गजल त्यस्तो कवितात्मक–गेयात्मक भाषिक अभिव्यक्ति हो, जसमा केही सेर (पङ्क्तिपुञ्ज) हुन्छन्, मतला (आरम्भिका, प्रथम सेर) र मकता (अन्तिका, अन्तिम सेर) हुन्छन्, काफिया (उपान्त अनुप्रास) र रदिफ (अन्त्यानुप्रास ?) हुन्छन्, मिसरा (हरफ) तथा मिसरा ए उला (सेरको प्रथम हरफ) र मिसरा ए सानी (सेरको द्वितीय हरफ) हुन्छन्, प्रायः मकता (अन्तिम सेर)मा तखल्लुस (उपनाम) हुन्छ । तखल्लुस भए राम्रो मानिन्छ, तर अनिवार्य भने मानिन्न । यी सबैको संयुक्त संयोजन तथा संरचनात्मक विधानबाट एउटा चुट्किलो तर सङ्गीतात्मक–लयात्मक रचना तयार हुन्छ, जसलाई गजल भनिन्छ । त्यसैले गजल विषय होइन, कुनै पनि विषय वा अन्तर्वस्तुको संरचना हो । वास्तवमा गजलमा रदिफ र काफियाको सबैभन्दा महŒवपूर्ण भूमिका रहन्छ र यसले नै मूलतः गजललाई अन्य काव्यविधाभन्दा फरक देखाउँछ (ललिजन रावल, यो मौसमको भूमिका,२०५०ः७)। गजल एउटा विशिष्ट संरचना भएकाले त्यसमा जुन विचार पनि अटाउँछ । जीवनका तमाम यथार्थलाई गजलमा बुन्न र उन्न सम्भव छ ।
गजलमा एउटा न एउटा अन्तर्वस्तु हुन्छ । वस्तुतः साहित्य भन्नु अन्तर्वस्तुले निश्चित संरचना वा रूप प्राप्त गर्नु नै हो । त्यसैले अन्तर्वस्तु साहित्यको प्राण हो भने त्यसको रूप–स्वरूप त्यसको शरीर हो । अन्तर्वस्तु र रूपको जति समुचित–सन्तुलित प्रयोग हुन सक्यो वस्तु वा साहित्य त्यत्ति नै सौन्दर्यशाली र उपयोगी हुन्छ । साहित्य सर्वथा सामाजिक–सांस्कृतिक रूपान्तरणको साधन र संस्कृतिको संवाहक पनि हो । यसलाई स्वान्तः सुखाय मान्ने पक्ष अब धराशायी भइसकेको छ । गजलकार ‘परिश्रमी’का गजल सामाजिक संचेतना जागृत गर्नमा वा सामाजिक रूपान्तरणका दिशामा केकति फलदायी भएका छन् त ? यस्तो प्रश्न उठ्नु स्वाभाविकै हो । निश्चय नै वस्तुको समग्रताको विश्लेषणबिना निष्कर्षका पुग्नु उचित होइन, तापनि एउटै सानो आलेखमा दुवै पक्षलाई समेट्नु सम्भव देखिएन । अतः यहाँ अन्तर्वस्तुका दृष्टिले ‘परिश्रमी’का गजललाई पारख गर्नु आवश्यक देखी अन्तर्वस्तु र प्रगतिवादी मूल्य–मान्यताको चर्चा गर्दै त्यसका आलोकमा ‘परिश्रमीका’का गजललाई हेरिएको छ ।



२. प्रगतिवादी साहित्यिक मान्यता र अन्तर्वस्तु
प्रगतिवाद वा समाजवादी यथार्थवाद उत्कृष्ट साहित्यिक वाद वा मान्यता हो । यो मान्यता जीवन र जगत्लाई हेर्ने स्रष्टाको अन्तर्दृष्टि पनि हो । सामाजिक आर्थिक रूपान्तरणको प्रबल चाह नभई स्रष्टामा यस्तो मान्यता पलाउँदैन, साहित्यलाई सामाजिक–आर्थिक रूपान्तरणको साधन नमानी फगत् स्वान्तःसुखायको आलाप गर्ने र साहित्य साहित्यकै लागि भन्दै कलावादको कोरा वकालत गर्नेहरू प्रगतिवादका कित्तामा पर्न सक्दैनन् । प्रेमलाई वासना तुष्टिको सेतु मानेर कोरा प्रेमवादी–कृष्णलीलावादी मान्यता राख्ने तथा यथार्थदेखि परको व्यक्ति र वस्तुलाई रहस्यका दृष्टिले हेर्नेहरू पनि प्रगतिवादका परिसरभित्र पर्दैनन् ।
प्रगतिवाद माक्र्सवादी कलासाहित्यसम्बन्धी मान्यताबाट अनुप्राणित साहित्यिक वाद हो । माक्र्स, एंगेल्स, लेनिन र माओ–त्से–तुङका विश्वदृष्टिकोणले माक्र्सवादलाई परिपुष्ट तुल्याएका छन् । त्यसैले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद नै प्रगतिवादको दार्शनिक आधार पनि हो । प्रगतिवादले लेखक–कलाकारको सृजनात्मक स्वतन्त्रलाई उच्च महŒव दिए पनि स्वतन्त्रताका नाममा स्वच्छन्दता वा छाडातन्त्रलाई निरुत्साहित गर्दै एउटा निश्चित उच्च आदर्शबाट बाहिर गएर बरालिनबाट रोक्छ ।
भौतिक जीवनजगत्लाई यथार्थ वा सत्य मान्दै यसबाहेक रहस्य र काल्पनिक तŒवलाई असत्य मान्नु प्रगतिवादको एक मूलभूत मान्यता हो । यसै गरी प्रगतिवादले साहित्य मानवीय र सामाजिक वस्तु भएकाले त्यसको सृजनमा त्यसबाहेक कुनै अदृश्य वा दैवी शक्तिको भूमिकालाई अस्वीकार गर्दै सामाजिक–आर्थिक सङ्घर्ष नै साहित्यसृजनाको आधार र प्रेरणाको मूल स्रोत मान्दछ । हामीले बाँचेको समाज वर्गीय समाज भएकाले वर्गीय समाजको वस्तु साहित्य पनि वर्गीय नै हुन्छ भने साहित्यकारले निम्नवर्गीय पक्षघरतालाई महŒव दिंदै कथित वर्गसमन्वयका विरुद्ध शोषित–पीडित सर्वहारा वर्गका पक्षमा दृढतापूर्वक उभिनु पर्छ भन्ने प्रगतिवादको आदर्श मान्यता रहेको छ । श्रम, परिवर्तन, जीवन र भविष्यप्रति निराश उदास होइन, आशावादी र निष्ठावान् रहँदै सामन्तवाद र पुँजीवाद, साम्राज्यवाद र विस्तरवाद र तिनका पृष्ठकोषकमाथि प्रहार गरिरहनु पनि प्रगतिवादको मान्यता हो । साहित्य अपौरुषेय नभएर श्रम वा आर्थिक क्रियाकलाप र परिस्थितिको उपज भएको मान्दै जनताका दुस्मनप्रति घृणाभाव प्रकट गर्नु तथा सर्वसाधारण नागरिकप्रति प्रेमभाव र ऐम्यबद्धता प्रदर्शन गर्नु, सामन्तवादको अन्त नहुँदासम्म क्रान्तिको आवश्यकतालाई औँल्याइरहनु, सामाजिक रूपान्तरणको साधन साहित्यको भाव–सम्प्रेषणको माध्यम भाषा भएकाले साहित्यको भाषा दुर्बोध्य, ल्किष्ट र आडम्बरपूर्ण नभएर सरल, सुबोध र स्वाभाविक तथा उच्च कलात्मक हुनु पर्ने मान्यता राख्नु, साहित्यलाई रूपान्तरणको साधन तुल्याउँदै साहित्यका माध्यमले जनतालाई प्रशिक्षित पार्दै क्रान्तिका पक्षमा गोलबन्द गर्नु पनि प्रगतिवादी साहित्यिक मान्यता हुन् । वस्तुतः वर्गीय र विचारधारात्मक प्रतिबद्धताका साथ प्रगतिवादी स्रष्टाले यौनवाद, स्तुतिवाद र प्रतिगामी वा प्रतिध्रुवीय विचारका विरुद्ध आफूलाई उभ्याउन सक्नु पर्छ ।
कुनै साहित्यिक कृति वा रचनामा रहेको मूलभूत सार विचार नै अन्तर्वस्तु हो । अन्तर्वस्तुले कवि लेखकको जीवनजगत्सम्बन्धी दृष्टिकोण वा विचारको प्रतिनिधित्व पनि गर्दछ भने पाठकले ग्रहण गर्ने सन्देश पनि त्यही नै हुन्छ । त्यसैले साहित्यको उद्देश्य वा विचार पनि त्यसको अन्तर्वस्तु नै हो । कुनै साहित्यिक रचना पढेर त्यसबाट जे बुझिन्छ त्यो नै अन्तर्वस्तु हो । त्यसैले यसलाई ‘के’ प्रश्नका उत्तरबाट खोजिन्छ । अन्तर्वस्तुलाई स्रष्टाले कलात्मक आवरण र रूपबाट प्रस्तुत गरेको हुन्छ । त्यही अन्तर्वस्तुलाई धुरीखाँबो बनाएर स्रष्टाले साहित्यको संरचना निर्माण गर्दछ । धुरीखाँबो नभई घर बलियो हुँदैन र घरको आवरण नभई धुरीखाँबो ठिङ्ग्रिड्ड उभिएर पनि घर हुँदैन । यसले अन्तर्वस्तु र रूपको साझेदारीको महŒवलाई बुझ्न सजिलो पर्दछ । बोक्रा नभए गुदी पनि नहुने भए पनि उपयोगी वस्तु त गुदी नै हो । यसबाट के बुझिन्छ भने अन्तर्वस्तु बिनाको साहित्य साहित्य हुन्न । साहित्यको त्यो अन्तर्वस्तु प्रत्यक्ष–अप्रत्यक्ष, प्रतीकात्मक, हास्यव्यङ्ग्यात्मक, सूचनात्मक, विवरणात्मक जस्तो पनि हुन सक्छ, तर अन्तर्वस्तु हुन्छ–हुन्छ ।
एउटा प्रगतिवादी स्रष्टाले आÇना रचनामा प्रगतिवादका बरखिलाफ हुनेगरी अन्तर्वस्तुको चयन र प्रक्षेपण गर्नु हुँदैन । वास्तवमा त्यसो नगरेकै कारणले ऊ प्रगतिशील लेखक कहलाएको हो । सामन्तवाद– साम्राज्यवाद र तिनका पृष्ठपोषकको स्तुतिगान गर्नु जनविरोधी वा प्रतिगमनकारी कित्तामा उभिनु हुन्छ । साहित्य कहिल्यै पनि स्तुतिगानमा संलग्न हुँदैन र जो स्तुतिगानमा संलग्न हुन्छ त्यो जनसाहित्य हुन सक्दैन । जनसाहित्य जनताका पक्षमा र सामाजिक–सांस्कृतिक रूपान्तरणमा दृढतापूर्वक उभिएको हुन्छ ।

३. परिश्रमीका गजलको अन्तर्वस्तु
पुग नपुग दुई दशकदेखि गजल–लेखन गर्दै गजलको विकास र संवर्धनमा संलग्न ‘परिश्रमी’ले यतिखेरसम्म थुप्रै गजल लेखिसकेका छन् । तीनचारवटा गजलसङ्ग्रह नै प्रकाशमा आइसकेका छन् । कविता लेख्दै गरेका ‘परिश्रमी’ले चालीसको दशकमा पुनः जुर्जुराइसकेको गजलको माहोल भेट्टाए र आफूलाई त्यसमै समर्पित गर्न पुगे । मोतीराम भट्टबाट नेपालीमा थालिएको गजल नेपाली साहित्यको माध्यमिक कालमा निक्कै झ्याँगिए पनि सूक्तिसिन्धु (१९७४) माथिको प्रतिबन्धपश्चात् नेपाली कविताको शृङ्गारिक धारासँगै लामो बेहोसीमा पर्न पुग्यो । लामो समयपश्चात् २०३६ देखि यो पुनः तङ्ग्रिएर–जुर्मुराएर उठ्न थालेको हो । २०३६ को रूपरेखा पत्रिकामा ज्ञानुवाकर पौडेलको गजल छापियो । त्यसपछि गजल लेखनमा निरन्तरता आयो, अरू गजलकारहरू पनि देखापरे, गजलले नयाँनयाँ कथ्य, रूप र बान्की पायो फलस्वरूप लामो मूच्र्छनापश्चात् नेपाली गजल यता आएर लहलहाउँदो हुन पुग्यो । नेपाली गजल पुनः जागिरहेको यस्तो अवस्थामा २०४४ मा मनु ब्राजाकीका गजलबाट प्रभावित भई गजल लेखनमा संलग्न ‘परिश्रमी’को प्रथम गजल २०४५ माघको मधुपर्कमा प्रकाशित भयो । त्यसपछि उनी यस क्षेत्रमा बडो उत्साहका साथ लागिपरेका छन् । चचारवटा गजलसङ्ग्रह यसका साक्षी हुन् ।
गजलकार ‘परिश्रमी’का २०४५ देखि अहिलेसम्म यति लामो समयमा लेखिएका गजलको अन्तर्वस्तु एकै खालको छैन । जीवन भोगाइका अनेक परिस्थिति, अनेक स्थिति वा अवस्था, अनेक उकाली–ओरालीका अनेक अनुभूतिलाई ढालेर भिन्न स्थान, समय र परिस्थितिमा उनका गजलको रचना भएको पाइन्छ । २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्याबाट लेख्न थालेका ‘परिश्रमी’ले प्राप्त गरेको परिस्थिति नितान्त गतिशील रहेको छ । निरङ्कुश पञ्चायती व्यवस्थाको पतन र बहुदलीय व्यवस्थाको पुनस्र्थापना, राष्ट्रिय निर्वाचन, सत्तासङ्घर्ष, दलहरू बिचको तानातानी, माओवादी जनयुद्धको घोषणा, हत्या–हिंसाको श्रृङ्खला, दरबार हत्याकाण्ड, मघ १९को निरङ्कुशताकाङ्क्षी कदम, त्यसपछिको संयुक्त जनआन्दोलन आदि राष्ट्रिय घटना–परिघटना तथा यस बीचका सामाजिक–सांस्कृतिक क्षेत्रका उथलपुथलले गजलकार ‘परिश्रमी’को मानसिकताको निर्माण गरेका छन्, तिनबाट ‘परिश्रमी’ले बौद्धिक–प्राज्ञिक पोषण प्राप्त गरेका छन् । तिनै परिस्थितिजन्य सत्य–तथ्यहरू ‘परिश्रमी’का गजलका कथ्य वा अन्तर्वस्तु बनेर आएका छन् । साहित्य समाजको वस्तु हो । ‘परिश्रमी’ले समाजलाई जसरी देखेभोगे त्यसैका उपज भएर गजल देखापरेका छन् । त्यसैले उनका गजलमा समकालीन समाजको प्रतिबिम्ब देखा पर्छ । समकालीन समाजका विकृति–विसङ्गति, अन्याय–अत्याचार, शोषण–दमन, उत्पीडन, हेपाहा प्रवृत्ति र तमाम मानवीय संवेदनाहरूले उनका गजलका कथ्य वा अन्तर्वस्तु भएर प्रवेश पाएका छन् । मानवीय मूल्य र मान्यताको प्रतिस्थापना, वर्तमानका गलत प्रवृत्तिप्रतिको व्यङ्ग्य र अंशतः प्रणयचिन्तन ‘परिश्रमी’का गजलका अन्तर्वस्तुको सार रहेको छ । उनका गजल समय र परिस्थितिजन्य भिन्न उत्प्रेरणाबाट प्रेरित भएर लेखिएका छन् ।
खासगरी वैचारिक दृष्टिले ‘परिश्रमी’का गजलको स्थिति के हो ? के कति गजल प्रगतिशील छन् ? के कति गजल सामान्य आलोचनात्मक यथार्थवादी छन् र के कति प्रतिध्रुवीय छन् ? यो जिज्ञासाको विषय रहिआएको छ । यसको उत्तर प्राप्तिका लागि उनका गजलसङ्ग्रहमा सड्ढलित गजलको सर्वेक्षण गर्नु जरुरी देखिन्छ । उनका गजलहरूको सर्वेक्षण गर्दा तपसिल बमोजिमका तथ्यहरू प्रकाशमा आउँछन् ः

सर्वेक्षण–तालिका–१

कृति
वैचारिक
स्थिति  यो मौसम
२०५०
कुल सङ्ख्या ७४ घामको छहारीमा
२०५३
कुल सङ्ख्या ६० जून चुहेको रात २०६०
कुल सङ्ख्या ८२ जुनुमामा
२०६०
कुल सङ्ख्या १०
प्रगतिशील २८,३३,३७,४१(मक्ता),४३,
४५,४६,४७,५०,५७,६०,
६५,६७,८४,८६,९०≠ १६ १८,३९,३०,३४,
४४,५६,५८≠ ७ ५,३८,७२,८०≠ ४
तटस्थ
(वा सामान्य) १९,२०,२१,२२,२५,२६,२७,
२९,३१,३२,३४–३६,३८,३९,
४२,४४,४८,४९,५१–५४, ५६,५८,५९,६१–६४,६६–८१
,८३, ८५,८७–८९,
९१–९३ ≠ ५० १–१७,१९–२८,
३१–३३,३५–५३,
५५,५७,५९,
६०≠ ५३ १–४,६–३७,३९–७१,
७३–७९,८१,८२≠५६ १,२,३,४,
५,६,७,८,
९,१०≠ १०
निम्न
(प्रतिध्र्रुवीय) २३,२४,२५,२६,२७,
३८,३९,८२≠ ८

गजल–लेखनमा २०४५ देखि नित्यनिरन्तर क्रियाशील ‘परिश्रमी’का अहिलेसम्म तीन एकल र एक संयुक्त गरी चारवटा गजलसङ्ग्रह प्रकाशित भएका छन् । संयुक्त सड्ढलनका दसवटा बालगजल समेत गरी उनका १८६ वटा गजल विभिन्न सङ्ग्रहहरूमा सड्ढलन भएका छन् । यी गजललाई वैचारिकताका दृष्टिले प्रगतिशील, सामान्य र प्रतिध्रुवीय गरी तीन वर्गमा विभाजन गर्न सकिन्छ । प्रगतिवादी मूल्य–मान्यताअनुकूल रहेका गजललाई प्रगतिशील गजल भनिएको छ, जसले श्रम, परिवर्तन, जीवन र भविष्यप्रति निष्ठावान् रहँदै सामन्तवाद पुँजीवाद, साम्राज्यवाद–विस्तारवाद र तिनका पृष्ठपोषकउपर प्रहार गर्दछन्, साहित्यलाई रूपान्तरणको साधन स्वीकार गर्दै जनतालाई क्रान्तिका पक्षमा प्रशिक्षित गर्दछन् । ‘परिश्रमी’का यो मौसमका ७४ मध्ये १६ वटा, घामको छहारीमा (२०५३) का ६० मध्ये ७ वटा र जून चुहेको रात (२०६०) का ८२ मध्ये ४ वटा गजलहरू यस वर्गमा पर्दछन् । सङ्ग्रहमा सड्ढलित गजलहरूको कुल सङ्ख्याको पहिलोमा २१.६२∞, दोस्रोमा ११.६∞, तेस्रोमा ४.८७∞, र चौथोमा ०∞(शून्य प्रतिशत) गजलहरू प्रगतिशील देखिन्छन् । कुल १८६ गजलमध्ये २७ वटा गजलहरू प्रगतिशील छन्, जुन १४.५१∞ मा पर्न आउँछन् ।
प्रगतिवादी मूल्यमान्यताका अनुकूल पनि नरहेका र प्रतिध्रुवीय कित्तामा पनि नपरेका तर प्रगतिशीलताको सेरोफेरोमा रहेर समसामयिक विषय टिप्दै समकालीन यथार्थको कटु आलोचना गर्ने गजलहरूलाई सामान्य गजलअन्तर्गत राखिएको छ । ‘परिश्रमी’का अधिकांश गजलहरू यसै वर्गमा पर्दछन् । ‘परिश्रमी’ले प्रजातन्त्रका नाममा भए–गरेका तमाम खारबीको आलोचना गरेका छन्, लेखक बन्न राजधानी पस्नु पर्ने स्थितिप्रति व्यङ्ग्य गरेका छन्, सामाजिक विकृति र विसङ्गतिको भन्डाफोर गरेका छन्, बुद्धिजीवीमा आएको झोलेप्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन्, हेपाहा प्रवृत्तिको उछित्तो काढेका छन्, सहरिया सभ्यताको आलोचना गरेका छन् । उनले धोका दिनेहरू, गास–बास हर्नेहरू, जनताको रगतलाई पानी सम्झनेहरू, राजनीतिको फोहोर खेल खेल्नेहरू, मानवताका विरोधीहरूको दोहोलो काढेका छन्, भ्रष्टाचारको विरोध गरेका छन्, आÇनो संस्कृतिलाई तिरस्कार गर्नेहरूको उछित्तो काढेका छन् । यसै गरी उनले समाजमा विद्यमान अन्याय, अत्यचार, थिचोमिचो, शोषण, उत्पीडन, विकृति र विसङ्गतिप्रति विरोध जनाउँदै आक्रोश ओकलेका छन् ।
यो मौसम (२०५०) का ७४ मध्ये ५० वटा गजलहरू, घामको छहारीमा (२०५३) का ६० मध्ये ५३ वटा गजलहरू, जून चुहेको रात (२०६०) का ८२ मध्ये ५६ वटा गजलहरू र जुनुमामा (२०६०) का १० वटै गजलहरू सामान्य वा तटस्थ छन् । यस्ता गजलहरू प्रगतिवादी नभए पनि यी प्रगतिवादका बर्खिलाफ पनि छैनन् । यिनले सामाजिक यथार्थको चित्रण र आलोचना गरेका छन् । प्रकारान्तरले यस्ता गजलले प्रगतिवादी रचनाको उद्देश्यकै पृष्ठपोषण गर्दछन् ।
तेस्रो वर्गमा प्रतिध्र्र्रुुुुुवीय विचार–सम्प्रेषण गर्ने गजललाई राखिएको छ । त्यस्तो विचार प्रतिधु्रवीय विचार हो, जुन विचार प्रगतिवादी मूल्य र मान्यताको विपरीत धु्रवमा रहेको हुन्छ । अध्यात्मवाद भौतिकवादको विपरीत हो, निराशावाद आशावादको विपरीत हो, काल्पनिक तŒव यथार्थतŒवको विपरीत हो, असत्य सत्यको विपरीत हो, स्राम्राज्यवाद सर्वहारावादको विपरीत हो । ‘परिश्रमी’का गजलमा प्रतिधु्रवीय विचार व्यापक छैन । उनको प्रथम गजलसङ्ग्रह यो मौसममा निराशा–हताशा र द्विविधायुक्त केही सेर र गजलहरू रहेका छन् । यस्ता गजलहरू ८ वटा देखापरेका छन्, जुन कुल सङ्ख्याको १०.८१∞ मात्र देखिन आउँछ । पछिल्ला सङ्ग्रहमा यो शून्य प्रतिशतमा झरेको देखिन्छ ।
घामको छहारीमा गजलसङ्ग्रहको भूमिकामा उनले प्रगतिशीलतालाई जीवनदर्शन स्वीकारेका छन् भने ‘राजनीतिमा दलीय पक्षधरताको रोगले आक्रान्त म पटक्कै छैन’ भनेका छन् । एकातिर प्रगतिशीलताको दावी र अर्कातिर दलीय पक्षधरताको निषेधले गर्दा उनको अभिव्यक्ति वा कथनमा अन्तर्विरोध देखा पर्छ । त्यसैले उनको वैचारिक निष्ठाउपर प्रश्नचिन्ह लगाउन सकिन्छ । उनको यस्तो अभिव्यक्तिको प्रतिबिम्ब उनका गजलमा पनि परेको छ भन्ने उक्त तथ्यबाट प्रस्ट हुन्छ ।
प्रस्तुत सर्वेक्षणबाट ‘परिश्रमी’को कलम विशेषतः समकालीन यथार्थको आलोचनात्मक प्रस्तुतिमा क्रियाशील भएको तथ्य अगाडि आएको छ । उनका केही गजल उक्त प्रगतिशीलताको मापदण्डभित्र पर्दछन् भने अधिकांश गजलहरू त्यसकै सेरोफेरोमा रहेर सामाजिक–आर्थिक असमानता, मानवीय कमजोरीहरू, राजनीतिक दुराचार र लुछाचुँडी, मानवीय संवेदना र प्रणयभावलाई प्रकट गर्दछन् । यस्ता गजल प्रगतिवादी नरहे पनि प्रगतिवादी मूल्य–मान्यताका बार्दलीबाट आलोच्य वा प्रतिध्रुवीय पनि देखापर्दैनन् । प्रथम सङ्ग्रहमा केही प्रतिध्रुवीय विचार देखापरे पनि पछिल्ला सङ्ग्रहका गजलमा त्यो शून्य अवस्थामा पुगेको देखिन्छ । यसरी विश्लेषण गर्दा तथ्यले के देखाउँछन् भने ‘परिश्रमी’मा सुरुमा वैचारिक द्वन्द्व र द्विविधा दुवै देखिन्छ । पछिल्ला घडीमा उनी बढी संयमित–सन्तुलित हुँदै गएको र क्रमशः आफूलाई आलोचनात्मक यथार्थवादी–सामाजिक यथार्थवादी कित्तामा दर्ज गर्दै लगेको पाइन्छ ।
उक्त तथ्य समेतका आधारमा भन्नुपर्दा ‘परिश्रमी’का गजलमा अन्तवस्र्तुगत विविधता पाइन्छ । तल यसको क्रमशः चर्चा गरिएको छ ।
प्रगतिवादी दृष्टिले २०५०ः २८, ३३, ३७, ४१, ४३, ४५, ४६, ५०, ६५, ६७, ७१, ८४, ८६, ९० तथा २०५३ ः १८, ३९, ३०, ३४, ४४, ५६, ५८ र २०६० ः ५,३८,७२,८० गजल र तिनका सेरहरू पनि उल्लेखनीय छन् । प्रगतिवादी मूल्य–मान्यताका पक्षमा देखिने गजलका केही सेरहरू ः

ढुक्क पर्नु हुन्न आजै इतिहासले धिक्कार्ने छ
जनताले पूर्ण हक पाइसकेको छैन साथी २०५०ः३३

उखेलेर Çयाँक्नु पर्छ जति सक्यो छिटो
समाजबाट सामन्तका संस्कारको जरो २०५०ः८४

यथास्थितिभित्र गुम्सिएर बस्नु कति
अब हाम्रो समाजको स्वरूप बढ्नुपर्छ २०५३ः२९

जतिसुकै अन्धकार अघिपघि लागे पनि
आखिर म हिमायती सुनौला बिहानीको हुँ २०६०ः२७

‘परिश्रमी’का गजलमा निम्नवर्गीय पक्षधरता पाइन्छ । प्रगतिवादका अनुसार वर्गीय समाजको वस्तु साहित्य पनि वर्गीय हुन्छ । ‘परिश्रमी’का गजलले सामन्तवादको सेवा होइन, निम्नवर्गीय पक्षधरता प्रकट गरेका छन् । सामन्ती संस्कार रहेसम्म प्रजातन्त्र भनेरमात्र के गर्ने ? प्रजातन्त्रका नाममा तिनै सामन्तले अहिले पनि हालीमुहाली गरेकोमा गजलकार चिन्तित देखिएका छन् । प्रजातन्त्रका साथसाथै शोषित–पीडित निम्नवर्गीय पक्षधरता प्रदर्शन गर्दै ‘परिश्रमी’ लेख्छन् ः
किन उड्छौ व्यर्थै चैते धुलो बनेर
तिर्खाएको खेतमा पस कुलो बनेर

जिन्दगीको सार्थकता सेवामा हुन्छ
झुपडीमा बल तातो चुलो बनेर २०६०ः४१

महलमा रम्नेलाई के थाहा पीडा झोपडीको
एक रात झोपडीमा काट्नु पर्ने भए रुन्थ्यौ होला २०५३ः४८

महलमा बस्नेहरू मस्त छन् भोगविलासमा
झुपडी वरिपरि बादल छ जताततै २०५०ः२९

गरीबीले थिचिएका कठै ∕ दिन हीन छन्
पैसावालहरूको नै बल छ जताततै २०५०ः२९

जीवन सङ्घर्ष हो भन्ने पाठ बुझेका छौँ
हक लिन लड्नु पर्छ, लड्दै छौँ हामी २०५०ः६०

पाउनलाई न्याय अत्याचारी किल्ला तोड्नुपर्छ
अब सहनु हुँदैन यस्ता व्यभिचार सधंै २०५३ः१८

यथास्थिति भित्र सधंै गुम्सिएर बस्नु कति
अब हाम्रो समाजको स्वरूप बढल्नु पर्छ २०५३ः२९
सम्पन्न र विपन्नका बिचको दूरी घट्दै गएर समतामूलक समाजको स्थापना हुन्छ भनी विश्वास गर्ने कवि–हृदयमा त्यतिखेर ठेस लाग्छ, जब उनी धनी र गरिबका बीचमा रहेको पर्खाल अग्लिदै गएको देख्छन् । अनि उनी लेख्छन् ः
धनीगरिब बीचमा पर्खाल देख्छु उच्च
साना दबाबमा छन् संसार ठूलाहरूकै छ

यहाँ गरिबहरूको आकाश नै छ सानो
भोकाहरूको भोटले सरकार ठूलाहरूकै छ २०६०ः७१

गजलकारका अनुसार सरकार ठूलाहरूको भए पनि तिनलार्र्ई भोट दिएर जिताउने र सरकारमा पु¥याउने काम भोकाहरूको वा निम्ननिमुखाहरूको नै भएकाले तिनमा यो चेतना आएको बखत फेरि ती ठूलाहरूलार्र्ई जिताउने निम्ननिमुखालार्र्ई आनै वर्गको व्यक्तिलार्र्ई जिताउने र सरकारमा पु¥याउने हैसियत त कायमै रहेको हुन्छ । यस तात्पर्यमा सर्वहारा वर्ग वा निम्ननिमुखाका दिन आउने बारेमा आशावादी हुन सकिन्छ ।
प्रेम र शृङ्गारका कविता लेख्ने कविलार्र्ई अत्याचार, कालो व्यापार तथा तमाम सामाजिक, राजनैतिक विकृति–विसङ्गतिका कविता लेख्न आह्वान गर्ने युवास्रष्टा ‘परिश्रमी’ले शिष्ट शृङ्गार तथा स्वाभाविक प्रणयविषयका गजल लेखेका छन् । प्रेमी–प्रेमिकाका बिचको ठुस्काइ, अलग रहँदाको मधुर स्मृति, मिलनको कोमल चाहना बाहेक प्रेमविषयक गजलमा कहीँ कतै अश्लीलता, अशिष्टता छैन । प्रेम र शृङ्गारका दृष्टिले २०५० ः ४६,४९, ५१, ६२, ९३ तथा २०५३ ः ११, १३, १५, २२, २६, ३६, ५५, ५९, ६० र २०६० ः ७, ३५, ३९, ६२, ७७, ८२ गजल र तिनका सेरहरू पनि उल्लेखनीय छन् । त्यस्ता केही उदाहरण ः
मनै त हो कैलेकाहीँ रौसिन खोज्छ
त्यसैले त गजलमा हाम फालेको छु २०६०ः७

माया धेरै छ भनेर नसुनाऊ
सम्झनामा आँसु झरे मात्र पुग्छ २०६०ः४९

तिर्खाएको म छु तिम्रा आँखाभरि पानी
खै, कसरी प्यास मेट्ने गरूँ कुराकानी २०६०ः६२

जमेको थियो दिल पगाल्यो कसैले
मलाई उतै तान्न थाल्यो कसैले
निःसंकोश मैले उनीलाई हेरे
उतैबाट आबाज निकाल्यो कसैले २०५३ः५५

गजल जब जन्म्यो, शृङ्गार वा प्रेमालापलाई सँगै लिएर जन्म्यो । प्रेमकुण्डबाट बाहिर आए पनि त्यो चटक्क छुटिसकेको पनि छैन । ‘परिश्रमी’का गजलमा पनि प्रेम र शृङ्गारिक पनि पर्दछ । प्रेम वा शृङ्गार भने पछि नाक चेप्¥याइहाल्ने प्रगतिशीलहरू पनि छन् । प्रेम वा शृङ्गार भन्नेबित्तिकै त्यो प्रगतिवादको प्रतिधुवीय वस्तु होइन । ‘परिश्रमी’का गजलमा प्रेम र शृङ्गार कताकति आएको छ र स्वच्छ हार्दिक पे्रमका रूपमा शिष्टशालीन प्रेमालापका रूपमा व्यक्त भएको छ । गजलकार ‘परिश्रमी’ नारी स्वतन्त्रताका पक्षमा उभिएका छन्, नारीमाथि हुने अन्याय अत्याचारका विपक्षमा उभिएका छन् । ‘परिश्रमी’ प्रेमविषयक गजल लेखे पनि अश्लीलता र उच्छृङ्खलताबाट आफूलाई पृथक् राखेका हुनाले शिष्ट–मर्यादित शृङ्गारिकता ‘परिश्रमी’का गजलको वैशिष्ट्य हो । कतै त उनले प्रेमको निषेध पनि गरेका छन् । जस्तै ः
मलाई प्रीतिका गीत सुनाउने नजर
मात्तिएका नजरले लट्ठ्याउने नगर २०५०ः६२

प्रगतिवाद भविष्यप्रति आशावादी जीवनदृष्टि हो । जीवन जस्तोसुकै कष्टकर र सङ्घर्षपूर्ण भए पनि पछि सुख हुन्छ, जतिसुकै अन्याय अत्याचार भए पनि जनशक्तिका ज्वालामुखीले त्यसलाई समाप्त पार्नेछ भन्ने आशाको सञ्चार गरेर कर्मक्षेत्रमा वा सङ्घर्षको मैदानमा उत्रांै–उत्रौँ पार्ने काम प्रगतिवादी साहित्यको हो । निराशा–हताशाले मानिसलाई जीवनबाट पलायन गर्छ । ‘परिश्रमी’का गजलमा आशा र निराशा दुवैको अभिव्यक्ति पाइन्छ । खास गरी यो मौसम (२०५०) का केही सेरमा निराशावादी अभिव्यक्ति पाइन्छ भने पछिल्ला सङ्ग्रहमा आशावादी जीवनदृष्टि प्रबल भएर गएको छ । केही उदाहरण ः
जिन्दगी त जिएकै छु हाँस्न कैल्यै पाइन
त्यसैले त प्रीति गाँस्न कसैसँग रुचाइन २०५०ः१९

मौन भई बाँच्नु पनि बाचेको के सार भयो
आÇनै परिवेश मलाई थुन्ने कारागार भयो २०५०ः२३

जीवनका सार्थकता कसले चाहँदैन र
आफूले त केही गर्न सकिएन कसो गरुँ २०५०ः२५

समाउने डाली भने भाँचिएको थियो
अहिले त टेक्ने हाँगो पनि काटिएछ २०५०ः८२

आशातन्तु चुँडेपछि कसले भन्छ गाँस्नु हुन्न
अठोट गरे अब मैले निराशामा बाँच्नु हुन्न २०५३ः२७

कैलेसम्म यस्तै प्रतिकूल रहला मौसम
आँधी–हुरीको बेगमा बतास चल्छ जरुर
उठ्नु पर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरूका चुलोमा आगो बन्छ जरुर २०६०ः७२

प्रजातन्त्र उत्कृष्ट राजनीतिक व्यवस्था भए पनि यसको कार्यान्वयनमा कमजोरी देखिएका छन् । २०४६ मा जनताको बलिदानी भावनाको परिणामस्वरूप प्राप्त बहुदलीय व्यवस्था पूर्ण प्रजातन्त्र वा वास्तविक लोकतन्त्र नभए पनि त्यसको विकास गर्दै जनताको सच्चा प्रजातन्त्रसम्म पुग्न सकिन्थ्यो, तर त्यसो हुन सकेन । साम्राज्यवादी–पुँजीवादीहरूको गिद्धे दिृष्ट, दरबारिया निरङ्कुश प्रवृत्ति, दलहरू बीचको खिचातानी र खास गरी नेपाली काङ्ग्रेसको सर्वसत्तावादी–हठवादी मनोवृत्ति आदिले गर्दा शैशव अवस्थामै प्रजातन्त्र सुकेनासको रोगी हुन पुग्यो । २०५२ सालदेखि जनयुद्धका नाममा भएका हत्याहिंसाका कारण शान्तिसुरक्षाको निहुँमा निरङ्कुशता लाद्न दरबारिया चाहनाले बल पायो । ‘परिश्रमी’ले आÇना गजलमा प्रजातन्त्र र यसका नेतागणबाट भएगरेका क्रियाकलपलाई पनि गजलको विषय बनाएका छन् । प्रजातन्त्रका दृष्टिले २०५० ः ३२, ३३, ४४, ५६, ७६ तथा २०५३ ः १८, २६, ३०, ३३, ३४, ४०, ४६, ५६ र २०६० ः ५, ६, १३, ३६, ३८, ४०, ५०, ६०, ६३, ६४, ६८, ७२, ७६ गजल र तिनका सेरहरू उल्लेखनीय छन् । केही सेरहरू ः
अन्यायमा सही बस्नु अझ कति प्रहार सधैँ
प्रजातन्त्रभित्र देख्छु खुला दमन द्वार सधैँ
भोकाबाट भोट लिई मन्त्री बन्नेहरू
पैले आÇनै भुँडी गर्न गर्दा रैछन् हतार सधैँ २०५३ः१८

प्रजातन्त्र तिम्रा लागि खुला द्वार बनिदियो
जीवन दिने सहिदको खुनलाई बिर्सिदियौ २०६०ः६

प्रजातन्त्र, प्रजातन्त्रवादी नेतागण तथा सम्पन्नता आएपछि जनतालार्र्ई बिर्सने प्रवृत्ति र कोही उँभो लागे भने खुट्टा तान्ने चलनसमेतलार्र्ई उनले आÇना गजलको वण्र्यविषय बनाएका छन् । सम्पन्न र स्वावलम्बी बनेपछि जनतालार्र्ई भुल्ने नेताप्रति उनले व्यङ्ग्य कसेका छन् । जस्तै ः
स्वावलम्बी बनेपछि उनलार्र्ई बिर्सिदियौ
घाम पाएपछि पुग्यो जूनलार्र्ई बिर्सिदियौ २०६०ः६

स्याल कराउँदै छन् कस्तो प्रजातन्त्र
जनता डराउँदै छन् कस्तो प्रजातन्त्र

सुरक्षित छ यहाँ सबैको जिन्दगी
चेली हराउँदैछन् कस्तो प्रजातन्त्र २०६०ः१३

मान्ने गर्नुस् अलिकति लाज सरम
थुकेपछि चाट्नुहुन्छ सधैँ कति

चिनिसके जनताले तपाईंलार्र्ई
अझै पनि ढाँट्नुहुन्छ सधैंंं कति २०६०ः३६

सामन्तको हात अझै हट्या छैन ताउबाट
प्रजातन्त्र कुल्चिदै छ अपवित्र पाउबाट

बनेको नै छैन पुल बन्छ–बन्छ भने पनि
असम्भव छ पारि तर्नु त्यै पुरानो नाउबाट

नेताहरू महलमा मालिक भई मोजमा छन्
पीडित छ देश भने पहिलेकै घाउबाट २०६०ः३८

प्रजातन्त्र, स्वतन्त्रता महलभित्र बन्धित छन्
ऐले पनि यथावत् छ अन्यायको राज यहाँ

शान्ति–कामना गरेर स्वयम्भूमा उडाइएका
परेवालार्र्ई झम्टा मारिरहेका छन् बाज यहाँ २०६०ः४०

गजलकार पूर्ण प्रजातन्त्रका पक्षमा छन् । त्यसैले त प्रजातन्त्रका नाममा भएगरेका उत्ताउलोपना तथा गलत क्रियाकलापबाट उनी खिन्न छन्, दुखी छन् । त्यसैले उनले आना गजलका माध्यमबाट त्यहाँ विकृतिप्रति व्यङ्ग्य गर्दै स्वस्थ प्रजातान्त्रिक मूल्य र मान्यताको स्थापनामा जोड दिएका छन् ।
सामाजिक विकृति र विसङ्गतिलार्र्ई उद्घाटन गर्नु ‘परिश्रमी’को अर्को अभिरुचि रहेको छ । हाम्रो समाजमा धेरै किसिमका विसङ्गति छन् । बालबालिकाका गासबास खोस्नेहरू बालकल्याण समितिका पदाधिकारीहरू भएका छन्, जाल ंिंफँजाएर गरिबनिमुखाका खुसी खोस्नेहरू समाजसेवी कहलाएका छन्, ब्याज खप्टेर लिनेहरू असामीका उद्धारक कहलाएका छन्, झुठो प्रतिवेदन बनाउनेहरू उँभो लागेका छन्, इमानहरू बेइमानका सूचीमा परेका छन्, बहिरासामु भिखारीले मगन्ते गीत गाएको छ, कालो धन्दा गर्नेहरू मालामाल भएका छन्, बेइमानले इनाम पाइरहेछ, हुलाकको हाकिमले बास पाइरहेका छैनन्, तर भन्सारका पियनले सहरमा महल खडा गरेका छन्, प्रगतिपथ रोक्नेहरू माथि पुगेका छन्, मानवता झुपडीमा दुखित छ भने नराधमहरू महलमा मस्त भएका छन्, कलाकार पैसाका लागि लत्रेका छन्, बधशालाका अगाडि नै अग्लो बुद्धस्तूप खडा गरिएको छ, गुरुभन्दा चेला माथि पुगेको छ, अल्छीहरू कर्मयोगी ठहरिएका छन्, मान्छेसित मान्छे नै डराएको छ, गोप्य रूपमा कालो व्यापार चलेको छ, चन्दा कर बनेको छ, कमिसनखोरले इमानमा इनाम पाएको छ । गजलकारले यस्ता तमाम खाले विकृतिलार्र्ई आना गजलमा बडो सटीक, मार्मिक र तार्किक ढङ्गले प्रस्तुत गरेका छन् । आनो कथ्यलार्र्ई पुष्टि गर्न उपयुक्त दृष्टान्त पनि उनले अगाडि सारेका छन् । केही सेर हेरौँ ः
असामीको उपकार गर्दैछु भन्दछन्
ब्याज खप्टी खप्टी लिने दाम चोरहरू २०६०ः१

आजभोलि यतातिर जिन्दगीको भाउ छैन
पढालेखा–बुद्धिजीवी नेताजीको झोले हुन्छ २०६०ः१४

रावणको पूजा गर्ने यहीँ स्वर्ग भोगिरे’ छन्
कठैबरा ¤ नर्क परे रामायण घोक्नेहरू २०६०ः२६

खेतबारी जोत्ने गोरु दाम्लोमा कठै
जहिले सुकै साँढे भने फुकेको देखेँ ¤ २०६०ः३०

शान्ति–कामना गरेर स्वयम्भूमा उडाएका
परेवालार्र्ई झम्टा मारिरहेका छन् बाज यहाँ २०६०ः४०

अहिंसाको शिक्षा दिने समाज हो यो
बधशालासामु अग्लो बुद्धस्तूप छ २०६०ः४५

मान्छेसँग मान्छेलार्र्ई कति सारो डर अचेल
अग्ला–अग्ला पर्खालले घेरिंंदै छन् घर अचेल २०६०ः५०
यी उदाहरणबाट ‘परिश्रमी’का गजलमा सामाजिक विकृति–विसङ्गतिले चोटिलो प्रहार पाएको पुष्टि हुन्छ । पछिल्ला घडीमा समाजका यस्ता तमाम विकृति–विसङ्गतिबाट कवि हताश–निराश भई पलायन भएका छैनन् । तिनलार्र्ई यसरी छर्लङ्ग्याउनुको प्रयोजन नै तिनलार्र्ई समाजबाट उखेलेर फाल्नु हो । सामाजिक रूपान्तरण गर्नु छ र त्यो त्यसै हँुदैन । पुरानो बूढो रूख ढाल्न आँधीहुरी चल्नु जत्तिको जरुरी छ पुराना अन्धपरम्परा, रूढिवादी परम्परा र अन्धविश्वासलार्र्ई बढारेर फाल्न आज सङ्गठित भएर अगाडि बढ्नु आवश्यक छ । यस्तै, रोपेको बिरुवाले फल्नका लागि पनि बेलामौकामा गोडमेल भइरहनु पर्छ । यसै भावका दुई सेर हेरौँ ः
देश यसरी चल्दैन साथी
हुरीबिना रूख ढल्दैन साथी

नगर्ने हो भने गोडमेल कहिल्यै
रोपेको बिरुवा फल्दैन साथी २०६०ः५

मानिसको चेतनाको विकास नभई सामाजिक रूपान्तरणका प्रयासहरू सफल हुन सक्दैनन् भन्ने यथातथ्यलार्र्ई गजलकारले बडो मार्मिक ढङ्गले अभिव्यक्ति दिएका छन् । यसरी —
रूढिवादी विचारका दारीजँुगा बढेकै छन्
धारिला पो हुनु पर्छ चेतनाका छुराहरू २०६०ः८०
गजलकार ‘परिश्रमी’ समानता–स्वतन्त्रता र मानवताका पक्षमा उभिएका छन् । व्यभिचार गर्ने, पैसाका लागि मरिमेट्ने, अस्तित्व बेच्ने, बाटामा काँडा छर्ने र मनमा दुर्भावना पाल्नेहरूलार्र्ई यस्ता क्रियाकलाप नगरी मानवीय व्यवहार गर्न आह्वान गर्दछन् । यसैगरी उनी मानवीय मूल्यहीनताबाट चिन्तित देखिन्छन् । मानवीय अस्तित्वमा आँच आउँदा कविका मनमा आघात पुग्छ र उनी व्यङ्ग्य कस्तै गजल लेख्न बस्छन् ।
गाउँमा जन्मेका लेखकलार्र्ई सहरियापनले सबभन्दा बढी आकृष्ट गरेको छ । रोग–भोक–शोकले आक्रान्त, मानवता–नैतिकता–सहभावहीनता, भ्रष्टाचार, स्वार्थ र खुट्टा तानातानमा व्यस्त, प्रदूषण, मिसावट र कुकृतिबाट जर्जर बनेको तथाकथित सभ्यताको मुकुन्डो भिरेको सहरिया जीवन, व्यक्ति र व्यक्तित्वलार्र्ई ‘परिश्रमी’ले धज्जी उडाएका छन् । केही सेर(युग्मक) हेरौँ ः
कालो धन्धावालहरू मालामाल छन्
बेइमान इनाम पाइरहेछ सहरमा २०६०ः१०

हजुरहरूलाई निकै मन पर्छ सहर
अधर खोलेर नक्कली मुस्कान छर्छ सहर

नारी अस्मिताका बारे भाषण दिन्छ दिनमा
राति वेश्यासँग रतिक्रीडा गर्छ सहर २०६०ः१२

मलाई दिव्य सहर खण्डहर जस्तै लाग्छ
आफंै बस्ने कोठा मुर्दाघर जस्तै लाग्छ २०६०ः१५

क्या स्वार्थी हुन्छन् यी सहरका मान्छे
सभ्य छु भन्छन् यी सहरका मान्छे
गाउँको जीवन कहानी सुन्दा
त्यसै तर्सन्छन् यी सहरका मान्छे २०६०ः१८

खै, के बताऊँ म मेरो हालखबर सहरको
यहाँ जैलेसुकै हुन्छ व्यापार मीठो जहरको २०६०ः३२

किन मान्छे गाउँबाट सहरतिर सरेको छ
जहाँ छैन हार्दिकता नैतिकता मरेको छ २०६०ः४२

कोही हुँदैनन् आफना सहरमा
छैन आत्मीय भावना सहरमा २०६०ः५७

सहरको मान्छे अचैतन्य भयो
गाउँले भने गाउँमा नै धन्य भयो २०६०ः६०

मान्छे हिसाब मिलाउँदै होलान् भित्र
बाहिर स्वागतम् लेखेको तुल देखेँ

जङ्घार तर्न बाध्य नै छन् अझै गाउँ
सहरमा सडकमाथि पुल देखेँ २०६०ः७३

बाँच्नलाई खानुपर्ने खानलाई काम खोज्दै
मान्छे खाने शहरमा डेरा सर्दै बाँचेको छु २०५०ः४०

‘परिश्रमी’लार्र्ई सहरका विपरीत गाउँमा स्वच्छता, मानवता, समता प्राप्त भएको छ । उनले गाउँलार्र्ई काखी च्यापेका छन् । गाउँमा शोषण–दमन–उत्पीडत तथा दुराचार–भ्रष्टाचार र अशिष्टता नभएका त होइनन्, तर उनलार्र्ई सहरिया दुच्छरपनाले छिट्टै छोएको पाइन्छ । त्यसैले उनले आÇना निकै गजलमा सहरिया विकृति–विसङ्गति र भेदभावपूर्ण व्यवहारलार्र्ई विषय बनाएका छन् ।

४. निष्कर्ष
घनश्याम न्यौपाने ‘परिश्रमी’ नेपाली गजलको पुनर्जागरण कालका एक उल्लेख्य, समर्पित र जागरुक गजलकार हुन् । उनका अधिकांश गजल गजलको रचना–विधानबमोजिम लेखिएका छन् । नेपाली गजलको मर्यादा, महŒव र सिर्जना–अभिवृद्धिमा उनको अहम् भूमिका रहेको छ । उनी स्वयम्ले गजल लेखेका छन् र अन्य नवस्रष्टालाई गजल लेख्नमा पनि उनले प्रोत्साहन र अभिप्रेरणा दिइरहका छन् । गजल त्यसको विशिष्ट रचना विधान र संरचनाबाट चिनिन्छ । कुनै बखत प्रेममात्र गजलको विषय वा प्रतिपाद्य हुन्थ्यो, तर समयले त्यसलाई पाखा लगाइसकेको छ र अब जुनसुकै विषय पनि गजलको प्रतिपाद्य हुन सक्छ भन्ने पुष्टि भइसकेको छ । यस दिशामा गजलकार ‘परिश्रमी’को पनि देन रहेको छ । उनका गजलको वस्तु–विधान बहुविध रहेको पाइन्छ । सहरिया कमीकमजोरीको आलोचना, ग्रामीण सभ्यताको समर्थन, प्रजातन्त्रका नाममा देखापरेका विकृतिको कटु आलोचना, मानवताको समर्थन, निम्नवर्गीय पक्षधरता, समतामूलक समाजको परिकल्पना, सामाजिक विकृति र विसङ्गतिको उद्घाटन, सहज–स्वाभाविक प्रणयसम्बन्धका कुरा र व्यङ्ग्यविद्रोह आदि ‘परिश्रमी’का गजलका वण्र्यविषय रहेका छन् । विकृतिलार्र्ई उनले बडो मार्मिक र तार्किक ढङ्गले प्रस्तुत गरेका छन् । मुख्यतः समकालीन यथार्थलाई तीव्रतर अभिव्यक्ति दिनु परिश्रमीको विषयवस्तुगत पहिचान नै रहेको देखिन्छ । उनी आफैँले पनि प्रेमविषयक केही गजल लेखेका भए पनि उच्च क्रान्तिचेत, सामाजिक रूपान्तरण, लोकजागरण, मानवता, निम्नवर्गीय विवशता, मध्यमवर्गीय जटिलता, सामाजिक विकृति–विसङ्गति आदिलाई प्रतिपाद्य बनाई उनले बढीजसो गजल लेखेका छन् । जीवन–सङ्घर्षका क्रममा हात लागी भएका तमाम कठोर क्षणले उनमा यदाकदा निराश–हताश र जीवनदेखि पलायन हुने विचार पनि पलाएका छन् । त्यस्ता विचार सर्वथा त्याज्य छन्, तिनले प्रगतिशीलताका प्रतिध्रु्र्र्रवलाई सघाउँछन् । गजलकार त्यसमा असचेत छैनन् । यस्ता केही कसरमसरलाई छाडेर भन्ने हो भने गजलकार न्यौपाने एक अब्बल दर्जाका उम्दा प्रगतिशील गजलकार हुन् भन्ने निष्कर्षमा पुगिन्छ ।

खख

सन्दर्भ सामग्री सूची

अज्ञात, कपिल, २०५७, समालोचनाको सन्दर्भ, चितवन ः चितवन साहित्य परिषद् ।
गौतम, कृष्ण, २०५१, “नेपालीमा गजल–साहित्य पृष्ठभूमि,परम्परा र मूल्याड्ढन” गरिमा, पूर्णाङ्क १३७,
पृ.१२–३७ ।
गौतम, देवीप्रसाद, २०४९, प्रगतिवाद ः परम्परा र मान्यता, काठमाडौँ ः मुना गौतम ।
ज्ञवाली, रामप्रसाद,२०५३, ‘सामाजिक यथार्थको धरातलमा यो मौसम’ सुनकोसी, अङ्क २, पृ. १२८–१३७ ।
त्यागी, अमर, २०५५ ‘आधुनिक नेपाली गजल र घनश्याम ‘परिश्रमी’को गजलकारिता” वन्दना पूर्णाङ्क ४१,
पृ. ५९–६७ ।
थापा, हिमांशु, २०५०, साहित्य परिचय, चौथो संस्क., काठमाडौँं ः सा.प्र.।
न्यौपाने, घनश्याम, २०५०, यो मौसम, नवलपरासी ः सौदामिनी प्रकाशन ।
..., ..., २०५३, घामको छहारीमा, काठमाडौँ ः पम्फा नेपाल ।
..., ..., २०६०, जून चुहेको रात, काठमाडौँ ः भुँडीपुराण प्रकाशन ।
..., ..., (समेत) २०६०, जुनुमामा, नेपाल ः विविध वाङ्मय प्रकाशन ।
पौडेल, अर्जुन, २०५८ “घनश्याम न्यौपाने ‘परिश्रमी’को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन”
त्रि.वि. वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा प्रस्तुत स्नातकोत्तर शोधपत्र ।
मिश्र, शिवकुमार, सन् १९७५ माक्र्सवादी साहित्य चिन्तन.... , भोपाल ः मध्यप्रदेश हिन्दी अकादमी ।
लामिछाने, कपिल, २०६१, ‘जून चुहेको रातमा एक नजर’ रचना पूर्णाङ्क ८१, पृ.६१–६६ ।
...., ..., २०५९, ‘नेपाली प्रगतिवादी नाटक ः परम्परा, विकास र सम्भावना’ प्रलेस, पूर्णाङ्क १३, पृ.४२–७८ ।
शर्मा, सुकुम, २०५६, “घामको छहारीमा उभिएका गजलहरूको गाँठो पुस्काउँदा” गोलार्ध, अङ्क ७, पृ. ५८–६३ ।
श्रेष्ठ, दयाराम, २०४१, नेपाली साहित्यका केही पृष्ठ, द्वितीय संस्क., कठमाडौँ ः सा.प्र.।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 माघ, 2072

लेखकका अन्य रचनाहरु