समयसँगै झर्रोबादी आन्दोलन र जनवादी बिचार

- योगराज निरोला

बोली चालिका भाषा ग्रामीण र शहरी ईलाकामा सलल बगेको पानी झैं जन जिभ्रोमा बगिरहेका हुन्छन् अनन्त अनन्त सम्म जव सम्म तीनलाई रोकावट र छेकावट न भई पाच्य हुदै जान्छन् । तीनलाई लिखित र मौखिक रुपमा अभ्यास गर्नेहरुले आफना प्राप्त ज्ञानहरुलाई आफुले बुझे अनुसार सवैलाई यही हुनु पर्दछ भनेर सही थापि रहन्छन् । नेपाली शब्दकोषमा उल्लेख न भए पनि मन मष्तिष्कमा गहिरो संग लेखि सकिएका असंख्य शब्दहरु अटेस मटेस भई जन जिभ्रोमा झुण्डिएका छन् । सूचना प्रविधिको बिकासमा मारेको फटकोले सफट वेयर हार्ड वेयरमा प्रयाोग हुने उपकरण ससाना लघु उद्योग देखि ठूला ठूला कलकारखानामा प्रयोग हुने उपकरण र यातायतका साधनमा प्रयोग हुने उपकरणहरु सामाजिक, धार्मिक राजनैतिक शब्दावलीहरु स्बास्थ विज्ञानको क्षेत्र प्राणी र बनस्पति शास्त्रम र सौर्य जगतमा खोज भएका अनेकौ शब्दावलीहरु भरमार प्रयोग भै रहेका छन् ।
मेचीको काकडभिटा देखि ताप्लेजुडको ओलाडचुड गोला सम्म सुदुर पश्चिमको बनबासा र बिकट कर्णाली अन्चलको उत्तरी सिमाना सम्म माथि उल्लेखित सामानको उपलव्धता र तिनीहरुको मर्मत सम्भारको लागि खोलिएका पसलहरु हरेक बस बिसौनी देखि बस्ती बिकााश भएका ठाउहरुमा छयाप छयापती भेटिन्छन् ।तीनले प्रया्ग गर्ने यान्त्रिक सामानका नाम नेपाली ओठमा बस्तै छन् न बिर्सने शब्द भण्डारमा थपिन लागेका मात्र होृइन क्रमश पाच्य हुदै जादैछन् पनि । अंग्ेजी विषयको पढाईको बढदो मागले त स साना वाल बालिका देखि ठूला बडाको मुखमा अग्रेजी शव्द खेलि रहेकै हुन्छन् ।
अहिले जस्तो शिक्षाको क्षेत्रमा विकाश न भएको अबस्थामा त्यस समयमा पठन पाठनमा उच्च र मध्यम बर्गका युवाहरु आफना पुर्खाहरु पनि धर्म कर्मको शिलशिलामा गएका परिचित स्थान मध्ये भारतको बनारस सजिलो मात्र होईन सस्तो पनि र नजदीक पनि हुदा धेरै त्यस तर्फ ओईरिन लागे । भर्ख रै प्रजातन्त्र आएकाले र त्यस समयमा पूर्बाधार पनि तयार न भै सकेकाले त्यता जानु पनि स्बभाबिकै थियो । आफना पुरानेै म्ँँन्यता पुरानै ढाचा र सोच भएका संरक्षकहरु धेरै टाढा हुदा युवाहरुको लागि स्बतन्त्र वातावरण बन्दा आधुनिक सोचको पनि बिकास हुदै गयो ।
देशमा प्रजातन्त्र आउनु भन्दा अगाडीका राज घराना देखि उच्च बर्गका प्रशंसाका लागि प्रयोग गरिने स्तुति शब्दाबलीहरु काब्य रचनाहरुमा प्रयोग हुन केही शिथिलता आए पनि निरन्तरताको क्रम भने रोकिएको थिएन । २००९ सालमा योगी नरहरिनाथको सम्पादनमा पृथ्वी नारायण शाहको दिव्यो पदेश वनारसबाट छापिएको थियो । केही विरुदावलि निर्माण तर्फ सकृय हुदै थिए । बोली चालीको भाषा मात्र होईन रचनाहरुमा समेत भारतीय लेखकहरुका कथा कविताको छाप देखिन्छ भनेर आदरणीय पंडित नयन राज पन्तज्यू समेतभन्नु हुन्थ्यो । अझ कतिपयले त यो भन्दा अगाडी बढेर आक्षेप पनि हुन सक्छ सत्यताको नजीक पनि कवि शिरोमणि लेखनाथ पौडयालको पिजराको सुगा भारतीय कविको पंजरबध्द कीर नामको शीर्षक भएको कविता संग मिल्दो जुल्दो छ भनेर । यस्तै यस्तै न भए पनि गुरु प्रसाद मैनालीको नासो पनि प्रभावित हो नै भन्छन् कतिपयहरु । लक्ष्मी प्रसाद देवकोटा बालकृष्ण सम समेत स्तुति गायनमा थिए भनेर संगीतको क्षेत्रमा पनि यो क्षेत्र बिकसित हुदै जादा मिल्दा जुल्दा कति छन् कति अन्य भाषाका गीत संगीत संग यसैले प्रभावित हुनु ठूलो विषय न हुन पनि सक्छ । डोरिने त समय प्रवाहले नै हो ।
गोर्खा भर्ती केन्द्र बाट अबकाश लिई पेन्सन लिएर फर्केका अनि घर विदा मनाउन छुट्टी लिई घर आएका लाहुरेहरु भारतीय शहर वजारमा श्रम गरी फर्केका श्रमिकहरुका बोली चालीमा आएका परिवर्तन हिन्दी मिश्रित शब्द र लवज साथै तीर्थ ब्रत गर्न गएका श्रद्धालुहरु संस्कृत पढन गएका पंडितवाजहरु भर्खरै मात्र अंग्रेजी पढदै गरेका अंग्रेजवाजहरुका विद्दत्ता प्रदर्शन गर्न भाषामा प्रयोग गरिने शब्दावलीहरुले भाषामा आएको बिचलनलाई सच्याउन सरल शुध्द र साधारण शव्द जुन जन जिब्रोमा थिए तीनलाई प्रयोगमा ल्याउन आबश्यक देखे बनारसमा पढ्न बसेका जागरिला युवकहरुले अनि जुर्मुराए पनि । उनीहरुमा समाज रुपान्तरणकको नौलो सोच थियो । आबेग थियो जागर थियो । देशलाई केही दिन्छौ भन्ने उनीहरुको अठोट थियो । राष्ट्रियता, प्रजातन्त्र, भाषा र माटोको बारेमा ज्यादै सचेत थिए । त्यो समयका युवा बालकृष्ण पोखरेल भन्दथे जय नेपाल मेरो हियोले बोल्छ भनेर । आफुले पढने विश्वविद्यालयमा यिनीहरुनै अगुवा थिए । यिनीहरुका आफ्ना धारणाहरु लेख रचनाको माध्यम द्वारा बाहिर ल्याउन मुखपत्रको रुपमा पत्रिका प्रकाशन गर्दथे छात्र, छात्रदूत र छात्रवाणी । यी बाहेक त्यस समय वनारसमा बसोबास गर्दै आएका नेपालीहरुले प्रकाशन गर्ने सम सामयिक, मासिक, त्रैमासिक बार्षिक पत्रिकाहरुमा । यतिमा मात्र सन्तुष्ट न भएर आफना संरक्षकहरुले खटाएर पठाएको खर्चलाई फुकि फुकी खर्च गर्नु पर्ने अवस्थामा पनि केही काम थाती राख्दै केही कटौती गर्दै खर्च बचाएर प्रत्रिका प्रकाशन गर्दथे । आफना समकालीन साथी भाई र अन्य व्यक्तिहरु संग रु १० देखि पचास पैसा समेत चन्दा सहयोग गर्नेहरुको नामावली बाहिरी पृष्ठमा प्रकाशन गरी खर्च आम्दानीको विवरण पनि उल्लेख गर्दथे । यो पारदर्शिताको थालनीलाई आज भोलीकाले पालना गर्दैनन् । यतिले मात्र यिनीहरुको धीत मेटिदैन थियो । कोठामा मात्र छलफल न भई वनारसको राम घाटको पान पसल देखि दुग्ध विनायकको चिया पस लमा चियाको सुुर्की संगै भाषाको रुप वारे मात्र हाईन आफना गाउ बस्तीमा भएका थिचो मिचो आफूले देखेका भोगेका छुवा छुतका परिदृश्यहरु, गरीवी, बसाई सराई न्याय न पाएका विषयहरु सोसल मिडियाहरु करीव शून्यकै अवस्थामा हुदा तिनीहरुका आवाज सशक्त बनाई सम्प्रेषण गर्ने र तीनमा चेतना अभिबृद्धि गराउन्े नै यिनीहरुका मुख्य छलफलका विषय हुन्थे । यहा दुईटा विषयहरु समानान्तर रुपमा अगाडी बढदै थिए । त्यसमा एक थियो सरल शुद्ध र साधारण जन जिब्रोमा रहि रहेको नेपाली भाषालाई निरन्तरता दिने झर्राे वादी अभियान र अर्काे रुढीवादी धार्मिक सास्कृतिक परम्परामा अग्रगामी सोचको विकाश र उत्पीडनका लागि प्रयोग हुने सवै प्रकारका हथकण्डाहरुलाई शिथिल बनाउने जनवादी विचार ।
२००७ सालको परिवर्तन आउनु भन्दा अगाडी र परिवर्तन आई सके पछि केही देश भित्रका र केही देश बाहिर रहेका मानिसहरु जुर्मुराउदै थिए यिनीहरुको बेग २०११ सालमा पुग्दा भने अकासिएको अवस्थामा पुगि सकेको थियो । वनारसमा अग्रेजी र संकृत पढने विश्वबिद्यालयका अगुवा युवा बिद्यार्थीहरु एक आपसमा नगिचिदै पनि थिए । यिनीहरुको समझदारीले काम अगाडी बढि रहेको थियो । जहानिया राणा शासनमा अंग्रेजी समेत पढाई हुने प्राथमिक विद्यालय र हाईस्कूल जही तही थिएनन् सिमीत केही ठांउ बाहेक । ०७ सालअघि र पछि गरेर धेरै तिर खोलिएका स्कूलहरुमा अंग्रेजी,गणित र विज्ञान पढाउन दार्जिलिग कलकत्ता र बिहारका शिक्षकहरु ल्याइन थालिए । यो क्रम त्रिभुवन विश्वविद्यालय खोलिएको धेरै पछिका वर्ष सम्म पनि कायमै रहयो । नेपालीहरुका लागि कलकत्ता, दार्जिलिंग, पटना र बनारस सहज पहुचका स्थान थिए । ईण्डिया स्वतन्त्र भै सकेको थियो । रसिया र चीनमा कम्युनिष्ट साशन प्रणाली हुदा त्यस पार्टीको प्रभाव भारतका ती क्षेत्रहरुमा पनि भएकाले त्यहा बाट आउने शिक्षकहरुमा कम्युनिष्ट विचार धारा वारे धेर थोर जानकारी थियो । यीनै आयातीत शिक्षकहरुनै जनवादी विचारका लागि धेरै युवाहरुका श्रोत केन्द्र थिए त्यो समय मात्र होईन २०२७÷०२८ साल सम्म ती उल्लेखित स्थानबाट आएका शिक्षकहरुसंग पढने धेरै विद्यार्थीहरुले आफु कम्युनिष्ट विचारधारा बाट प्रभावित भएको विषयलाई प्रमाणितनै गर्ने गरी आफना लेख रचनामा उल्लेख गरेका छन ।
काठमाडौं पुतली सडकमा गोविन्द प्रसाद लोहनीले खोलेको प्रगतीशील अध्ययन मण्डलमा धेरै युवकहरु तानिदै थिए । डी पी अधिकारी , आननद देव भट्ट र गोविन्द प्रसाद लोहनी जस्ता युवकहरु अगुवा हुदा यिनीहरुसंग भेट हुन्े धेरै कम्युनिष्ट विचार धाराबाट प्रभावित भै सकेका थिए । बालकृष्ण पोखरेल , कोषराज रेग्मी , बल्लभमणि दाहाल र चूडामणि रेग्मी जो पछि झर्रोबादी आन्दोलनका अगुवा भए यिनीहरुको सम्पर्क हुदा त्यसै त्यसैे कम्युनिष्ट विचार धारा बाट प्रभावित भै सकेका थिए । २००९साल तिर जव यिनीहरु वनारसमा पढनका लागि भनेर जान थाले यिनीहरु आफुहरु कम्युनिष्ट विचार सग त लहसिदै थिए त्यहा भएको वातावरण जस्ले आकर्षण गथ्र्याै उनीहरुको मन मष्तिस्कलाई ती थिए रुष्तम सैटिन जुन वनारसका ज्यादै प्रभावशाली कम्युनिष्ट नेता उनैका भाषणहरु , प्रगति प्रकाशन मस्कोबाट प्रकाशित हुने विभिन्न रचनाहरु र भारतीय लेखकहरु यसपाल र राहुलसास्कृतियानका रचनाहरुले थप मद्दत गर्दै थियो ।
यिनीहरु वनारसका संस्कृत विश्व विद्यालय र अंग्रेजी विश्वविद्यालयका नेपाली छात्र संगठनका अगुवा बिद्यार्थीहरु त छदै थिए । यिनीहरुका संगठनका मुखपत्रहरु यिनीहरुकै संलग्नतामा प्रकाशित पनि भै रहेका थिए । यिनीहरु त्यसैलाई माध्यम बनाएर आफना आबाजहरु बाहिर प्रकाशमा ल्याउने गर्दथे । यहां आफना सास्कृतिक परम्परामा आधारित देउसी भैलो सगिनी खेल्ने जस्ता कार्यर््क्रम मात्र होइन बिभिन्न गोष्टीहरु गरी सम सामयिक बस्तु तथ्य उजागर हुने खालका कथा कविता र अन्य गद्य रचनाहरुको प्रतियोगिता पनि गर्दथे । यस प्रकारका समारोहमा ठूलो जमातको उपस्थिति हुने गर्दथ्यो ।
त्यसवेला नेपालमा कम्युनिष्ट पार्टी प्रतिबन्धित थियो । यिनीहरु छुट्टीको समय बिताउन नेपाल आउदा खुलेर कम्युनिष्ट विचार धारा वारे प्रचार प्रसार तथा संगठन गर्न सहज रुपमा सकि रहेका थिएनन् । उनीहरुको मन मस्तिष्कमा विकसित हुंदै गै रहेका धारणालाई बाहिर प्रकाशमा ल्याउन प्रख्यात उर्दू शायर अकबर ईलाहबादीको यी हरपहरुले पनि काम गरेको हुनु पर्दछ
खिचो न कमानोंको न तलवार निकालो
जव तोप मुकाविल हो , अखबार निकालो
यसलाई साकार पार्न पूर्वीय छात्र सम्मेलन संखुवा सभा चैनपुर जुन पूर्वान्चलमा खास गरेर पहाडी क्षेत्रमा अतिरमणीय स्थान मात्र होईन अन्य जन सम्पर्कका दृष्टिकोणले पनि पायक पर्ने स्थान हुदा २०१२ साल साउन ५ , ६ र ७ गते चैनपुर लगायत यस वर परका गांउहरु मादी , वाना ,खादबारी बाट आएका प्रतिनिधिहरु , भोजपुर र ताप्लेजुगका प्रतिनिधिहरुकासाथै ईलाम , धनकुटा र तेह्रथुमका दर्शक समेत सम्मिलित करीव ५०० जनाको उल्लेख्य उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो । हुनता यो सम्मेलन कुनै वाद संग सम्बन्धित न भएर सवै संग भाईचारा राख्नका लागि गरिैएको भनिएतापनि जन सास्कृतिक सभा र जन सास्कृतिक संघ के नामाकरण गर्ने भन्ने सन्बन्धमा मतदानकै प्रकृयाबाट जन सास्कृतिक सभा नामाकरण भै सुल्टिएको र सामन्ती समाज हटाई जनवादी समाज ल्याउने भनेर यसको मुखपत्रको रुपमा प्रकाशन भएको नौलो पाईलो पत्रिकामा उल्लेख भएको हुनाले पनि यो जनवादी विचारकै प्रचार प्रुसारकै लागि थियो र यसका मुख्य व्यक्तित्वहरुनै वाम पन्थी विचार धारामा संलग्न थिए । पूवान्चलकै सहभागिता भन्न मिल्ने अपूर्व कार्यक्रम भएकाले यस्ता कार्यकमहरुको देशब्यापी रुपमा विस्तार गर्दै लैजाने सोच सवैको थियो । यहां एउटा विर्सननै न हुने चाहि के हो भने जन सास्कृतिक सभा चैनपुरमा सम्पन्न हुनु भन्दा पहिलेनै प्रारम्भिक चरणमा संखुवा सभा मादीमा र वाना दुवै ठाउमा भै सकेका थिए । मादीमा भएको जन सभामा भने उल्लेख्य जन सहभागिता थियो जसमा प्रमुख अतिथिको रुपमा त्यस समयका जोशिला युवक बालकृष्ण पोखरेल । संखुवा सभा वानामा भएको जन सभामा भने पातलो उपस्थिति थियो मादीको तुलनामा । झर्राेवादी आन्दोलनका थालनी गर्नेहरु मध्ये कोशराज रेग्मी र बल्लभ मणि दाहाल क्रमश वाना र मादीका थिए भने यिनीहरुका अनुयायीहरु चूडामणि रेग्मी र पोषराज निरोला भने वानाका थिए भने गणेश भण्डारी चन्दनपुरका यसरी सबैतिर बाट समेटिदा भने यस्तो केमिष्ट्री बन्यो कोशराज रेग्मी ु बालकृष्ण पोखरेल ु बल्लभमणि दाहाल ु तारानाथ शर्माले खोस्रेको गोरेटोलाई सबैले हिडन सक्ने फराकिलो बाटो बनाउन लागि परे यी योध्दाहरु चूडामणि रेग्मी , पोषराज निरोला , गणेश भण्डारी , रुद्रनाथ शर्मा , मदन प्रसाद श्रेष्ठ , शेृषराज नेउपाने , बिरेन्द्र खुजेली , माधब भण्डारी , पासाड गोपर्मा ,देबमणि ढकाल , शिब भट्टराई , देवी प्रसाद किसान ,पदमराज सुबेदी , आदि । यसरी त्यस समयमा वनारसमा पढनेहरु मात्र होईन त्यस भन्दा बाहिर रहुेका अनेकौं योध्दाहरुले यसलाई फराकिलो बनाउन गरेको प्रयासलाई भुल्न लागियो भने यो अधुरो हुनेछ । अघिल्लो पुस्ताका महानन्द सापकोटा र समकालीन कमल मणि दिक्षीत , शिव कुमार श्रेष्ठ , कृष्ण प्रसाद श्रेष्ठ , चूडामणि बन्धु ,कृष्ण प्रसाद पराजुली बिपीन देब ढुन्गेल ,बाल मुकुनद देव पाण्डे सरहद बाहिरका पश्चिम बंगाल कलकत्ता हाईकोर्टका न्यायाधीश रामकृष्ण शर्मा ,,,,,आदि । २०१३सालमा कम्युनिष्ट पार्टीमा लागेको प्रतिबन्ध खुलेको थियो तर धेरै समय सम्म रहन सकेन ।प्रसिध्द गायक, रचनाकार एबं संगीतकार अमृत गृरुगले प्रयोग गरेका शब्द ुआफनो जृनि अांफै,,,भोग्न पर्दछ सापटी लिंदा आफनो,,जृनि आफै भोग्न बनारसबाट निस्किएर यी सबै युवाहरु आ आफना दर्गा दिशातिर लागे । देश भित्र पार्टीहरु प्रतिबन्धित थिए र खुला रुपमा कार्यक्रम गर्न सकिने अबस्था थिएन । जिन्दगी सित जोडिएका कतिपय व्यबहार र ज्ञान आर्जन गरि सकेपछि अगालेका सिध्दान्त छाडी आफनै जीवन यापनका लागि आन्तरिक मन संग सम्झौता गर्दै बृत्ति विकास तर्फ लाग्दै गए । आफनो उर्बर यौवनाबस्थामा प्राप्त गरेका विचारबाट क्रमश बाहिििरदै जानुमा कतिपय सामाजिक परिबेश कुनै साना तिना घटना र बाद बिबार्दका कारण थियो या आफनै पारिवारिक संस्कार आफनै पारिवारिक भावावेशले पनि बहिर्गमन तर्फ डोहोराएको थियो यी अनृमानका कृरा हृन् । प्रख्यात लेखिका चिम्मामाण्डे अडिचे जो मूलत नाईजेरियन हुन यीनका शब्द र भावना सापट लिएर भन्ने हो भने विभिन्न जात जाती बर्ग र बर्णहरुको हुलमा बसेता पनि मानिस भित्र कुदिएर बसेको ढाक्ने वा छोप्ने जस्लाई आवरण पनि भनिन्छ त्यो उजागर हुन्छनै । यसरी उजागर हुदा कतिपय आफनो सीमा रेखा भित्रनै रहेको पनि देखिन्छ । कतिलाई बाध्यता पनि हुन सक्छ एउटा प्रणाली बस्न धेरै लगानी र समय लागेकोे हुन्छ । यो एउटा भुल्न न मिल्ने पाटो भने अबस्य हो ।
झर्राेवादी लेखन तर्फ धेरैले पछि सम्म पनि पछयाउदै रहे । झापा चन्द्रगढीमा बासस्थान बनाई बस्नुहुने चूडामणि रेमी आफनो बासस्थानलाई झर्राे नेपाली घर नामाकरण गरी अथक लागि रहन्ु भएको छ आज पर्यन्त । त्यो मात्र कहां हो र जनबादी विचार वारे अझै पनि खुलेर बहस गर्नु हुन्छ । आस्था यथावत कायम छ । यो बिचार र लेखनमा पोषराज निरोलाको पनि बाचृन्जेल अडान रहिरहयो ।त्यस बखतका युवाहरुलाई आफना जवानीका उर्वर समयको श्रम लगाई झर्राेबादी आन्दोलनको गारेटो खन्न र त्यसलाई राजमार्गको रुप दिन धेरै समय लागेको थियो । नौलो पाईलोले स्बर्ण जयन्ती मनाएर ८ बर्ष अघि बढी सकेको अबस्थामा अहिले राजमार्गमा आफनो बाहन गुडाउन नया पुस्तालाई सकस परेको छ विज्ञान र प्रविधिको अभूतपुर्व बिकाश र बिस्तार हुदा भरमार नया नया शब्दहरु बिश्व व्यापीकरणले गर्दा अंग्रेजी लगायत अन्य भाषा बाट आयातीत छन् ती शब्दहरु ठूला बडा देखि ससाना बाल बच्चा सम्मका मुखमा खेलिरहदा झर्राेबादी लेखनहरुमा कसरी प्रभाब पारि रहेको छ भन्ने मात्र हो । खै के भन्ने आकासमा सरर उडने उडन तस्तरीमा उडन अर्कै मजा छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 माघ, 2072

लेखकका अन्य रचनाहरु