दिव्योपदेशमा वैचारिकता र साहित्यिकता

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. परिचय
ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह (१७७९–१८३१) को भूमिका नेपालको इतिहासमा महŒवपूर्ण रहेको छ । विगत केही समयदेखि नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहका सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस हटाएर यिनको राष्ट्रनिर्माणको गौरवमय कार्यलाई अपमानित गरेको पाइन्छ । विनिर्माणवादीले निर्माणवादीप्रति गरिएको यस्तो व्यवहारले सिङ्गो नेपाली जातिकै सिर निहुरिएको छ । पृथ्वीनारायण शाहलाई आÇनो देशमा सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस हटाएर चरम अपमान गरिरहेकै बेला यसै पङ्क्तिकारद्वारा भारतको गौहाटी विश्वविद्यालयमा यिनको दिव्योपदेश एम.ए. नेपालीको पाठ्यक्रममा राखिएको छ ।
नेपाली राजनीतिक इतिहासमा मात्र नभएर साहित्यिक इतिहासमा पनि उल्लेख्य योगदान पु¥याएका दूरदर्शी राष्ट्रवादी राजाका रूपमा परिचित पृथ्वीनारायण शाहको दिव्योपदेश नेपाली आख्यानेतर गद्यको इतिहासमा निकै महŒवपूर्ण कृति हो । पृथ्वीनारायण शाहका जीवनको अन्तिम समयमा अभिव्यक्त विचार वा उपदेशहरूको शृङ्खलालाई दिव्योपदेश नाम दिइएको छ । यस कृतिलाई वि.संं १८३१ तिर पृथ्वीनारायण शाह नुवाकोट पुग्दा निकै बिरामी भएपछि उनले त्यसै बखत आÇना गुरूपुरोहित र भाइभारदारहरूलाई भेला गरेर बताएका उपदेशहरूको स“गालोका रूपमा लिइन्छ । निकै लामो समयसम्म श्रुतिपरम्पराका रूपमा रहेको यस कृतिको प्रकाशनचाहि“ निकै पछि मात्र भएको हो । अहिलेसम्म यसका अनेक संस्करणहरू प्रकाशित भइसकेका छन् । यो कृति गोर्खा सम्राट् बडामहाराजा श्री ५ पृथ्वीनारायणको दिव्य उपदेश (२००९), श्री ५ पृथ्वीनारायण शाहको उपदेश (२०५३), बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश (२०५९) आदि विभिन्न नाममा सम्पादित–प्रकाशित भएको देखिए पनि यसलाई छोटकरीमा दिव्योपदेश मात्र भन्ने गरेको पाइन्छ । सुरुतिर छापिएको दिव्योपदेशमा कुनै शीर्षक दिइएको छैन भने पछिपछि छापिएकामा विषय वा प्रसङ्ग परिवर्तनका आधारमा विभिन्न शीर्षक दिएर विभाजन गरिएको छ ।
नेपालीको पहिलो विशिष्ट साहित्यिक गुणयुक्त आख्यानेतर गद्य साहित्यिक कृति मानिएको दिव्योपदेशलाई भाषिक दृष्टिले मात्र नभएर राष्ट्रिय हितका दृष्टिले समेत विशिष्ट उपलब्धि ठानिन्छ । साहित्यिकता र कलात्मक अभिव्यक्तिका कारण नेपाली निबन्ध–प्रबन्धको सुरुआत भएको मानिने यस कृतिमा निजात्मक र परात्मक दुवै खाले निबन्धका अभिलक्षण पाइन्छन् ।
२. दिव्योपदेशको विषयवस्तु
महŒवपूर्ण आख्यानेतर गद्यकृति दिव्योपदेशमा विषयवस्तुको प्रस्तुतिमा क्रमबद्धता नपाइए पनि यसमा प्रस्तुत हरेक विषय उत्तिकै महŒवपूर्ण छन् । नेपाल बहुजाति, बहुभाषी, बहुधर्मी, बहुसंस्कृतिका साथै बहुभौगोलिकतासमेत भएको देश हो । सामाजिक, सांस्कृतिक आदि अनेक सन्दर्भबाट यहा“ विविधता र अनेकता पाइए पनि यी सबैका बीचमा एकता कायम गर्ने सन्दर्भमा यो कृति आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । पृथ्वीनारायण शाहको सिङ्गो जीवनका अनुभवको स“गालोका रूपमा रहेको यो कृति मूलतः वैचारिक अभिव्यक्तिको पुञ्जका रूपमा देखापरे तापनि यसमा प्रस्तुत विचारहरू कुनै पनि राजनैतिक वादको सङ्कुचित घेराबाट टाढा रहेका छन् र यी सबै राष्ट्रवादको जीवन्त नमुनाका रूपमा देखापरेका छन् । एकीकृत राष्ट्रको संरक्षण, संबद्र्धन र विकासका दृष्टिले यस कृतिमा प्रस्तुत वैचारिक अभिव्यक्तिहरू सधै“का लागि अत्यन्त सान्दर्भिक र सामयिक पनि छन् । सपना प्रसङ्ग, सामाजिक चालचलन, रीतिथिति संस्कार आदिबारे पनि यसमा जीवन्त अभिव्यक्ति पाइन्छ ।
वीरहरूको यथोचित कदर, मान्यजनस“ग यथावसर रायसल्लाह लिई त्यसैअनुरूप विभिन्न गतिविधि सञ्चालन, जनताको राय बुझेर जनइच्छा र आकाङ्क्षा बमोजिम राज्य सञ्चालन गर्ने प्रजातान्त्रिक चिन्तन, राजा र जनता दुवैका कर्तव्यको चर्चा, दुई शक्तिका बीचमा वैवाहिक सम्बन्ध स्थापित गरिदिएर भए पनि मैत्रीभाव बढाउने काम, परस्पर वैमनस्यको अन्त्य र सद्भावको विकास गराउन राजा स्वयं संलग्न हुने प्रवृत्ति, राजा स्वयंको कार्यप्रति दृढ आत्मविश्वास, धार्मिक आस्था र निष्ठा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र धा“धलीरहित न्यायव्यवस्था तथा राजा स्वयं न्यायमूर्तिका रूपमा उपस्थित हुने परिपाटी, घुस्याहा (घुस लिने र दिने दुवै) प्रवृत्ति तथा भ्रष्टाचार उन्मूलनको तीव्राकाङ्क्षा आदि राष्ट्रिय हितस“ग गा“सिएका सन्दर्भहरू दिव्योपदेशका विशिष्ट पक्ष हुन् । ठाउ“, परिस्थिति र योग्यताका आधारमा कामको बा“डफा“ड विना भेदभाव, विना पक्षपात र विना पूर्वाग्रह कर्मचारी राष्ट्रसेवक नियुक्तिको व्यवस्थापन, ‘योग्यै योग्याय दातव्यै’ भन्ने नीतिको पूर्ण अनुसरण, अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार तथा नातावादी, कृपावादी, चाकरीवादी, पक्षधरतावादी आदिको उन्मूलन गरी योग्यतावादी नीतिप्रतिको पूर्ण प्रतिबद्धता, कानुनी राज्यको स्थापनाजस्ता दूरदर्शितापूर्ण सन्दर्भ र प्रसङ्गहरूको जीवन्त प्रस्तुतिका कारण पृथ्वीनारायण शाहको दिव्योपदेश हिजो र आज मात्र होइन, भोलिसमेत वैचारिक र साहित्यिक दुवै दृष्टिले उत्तिकै नवीन, उपयोगी र महŒवपूर्ण कृति हुने पक्का छ ।
राष्ट्रिय अस्तित्व र एकताप्रति सदैव सचेत रही अग्रजका राम्रा र गतिला कार्यको मनन गर्दै भावी नीति तर्जुमा गर्ने अठोट, विदेशी सामान र नाचगानमाथि प्रतिबन्ध तथा स्वदेशी उद्योग, उत्पादन र नाचगानलाई प्रश्रय दिने कार्ययोजना, खेतीपाती, बस्ती, खानी, उद्योग आदिबारे स्पष्ट दृष्टिकोण, जातीय संस्कृतिको जगेर्ना, आयातमुखी नभएर निर्यातमुखी अर्थतन्त्रमा जोड, भूराजनीतिअनुरूप विदेशीनीति, समान सम्बन्धमा आधारित असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्धता, मित्रराष्ट्रप्रति सौहार्दपूर्ण सम्बन्ध, समुचित र समावेशी सैन्य व्यवस्थापन, राष्ट्रिय आम्दानीको अभिवृद्धि, कर प्रणाली आदि र राज्य सञ्चालनस“ग सम्बद्ध यावत् पक्षहरूको प्रस्तुतिका कारण दिव्योपदेशलाई तत्कालीन नेपाल राष्ट्रको सञ्चालनको कडी र दूरदर्शितामा आधारित संविधान नै मान्न सकिन्छ । आपूmले निर्माण गरेको राज्यलाई चिरकालसम्म जोगाउने अभिप्राय बोकेको यस कृतिमा देशको अर्थनीति, गृहनीति, परराष्ट्रनीति, सैन्यनीति, युद्धनीति आदिका साथै न्यायप्रणाली, जातीय एकता, जनमतको कदर, राष्ट्रियता, देशप्रेम, जातिपे्रम, वीरता, योग्यताको उचित सम्मान आदि अनेक पक्षहरूको शाश्वत अभिव्यञ्जना पाइन्छ । आपूmले अर्कैलाई सोचेको भए पनि जनताले रुचाएको व्यक्तिलाई उच्चपदीय जिम्मेवारी सुम्पनु, राजा भए“ भन्दैमा कुनै पनि काम जबर्जस्ती नगर्नुलाई उच्च प्रजातान्त्रिक नमुना मान्नुपर्छ । पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण मात्र नगरी त्यसलाई सदासर्वदा कायम राख्ने उपयुक्त मार्गचित्रसमेत प्रदान गरेको कुरा यस कृतिबाट पुष्टि हुन्छ । कुनै शासकबाट कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अङ्गबारे यति महŒवपूर्ण कुरा उल्लेख गरिएको कृति नेपालीमा अर्काे कुनै नभएकाले यसलाई अद्वितीय कृति मान्नुपर्छ ।
३. दिव्योपदेशको भाषाशैलीय विन्यास
भाषाशैलीय विन्यासका दृष्टिले हेर्दा दिव्योपदेशमा चोखो, मिठो नेपाली भाषाको सुन्दर र प्रभावकारी प्रयोग पाइन्छ । यो कृति सुरुमै लेखौटका रूपमा नभएर श्रुतिपरम्पराबाट आएको र निकैपछि मात्र लेखन भएका कारण यसका कतिपय भाषिक अभिव्यक्तिगत सन्दर्भहरू केही अस्पष्ट देखिए पनि समग्रमा यसमा प्रयुक्त भाषा सरल, सहज, सुबोध, स्वाभाविक हुनाका साथै आलङ्कारिक र आदेशात्मक पनि छ । यसमा नेपाली भूमिबाटै टिपिएका कतिपय निजी तर विशिष्ट बिम्ब र प्रतीकको समेत स्वतःस्फूर्त प्रयोग पाइन्छ । यो सामान्य कुराकानी मात्र नभएर विशिष्ट भाषिक अभिव्यक्तिको सुन्दर नमुना हो । यसमा वर्णनात्मक, विवरणात्मक र कतिपय ठाउ“मा विश्लेषणात्मक शैलीको सहज र स्वाभाविक प्रयोग पाइन्छ । आलङ्कारिक भाषिक विन्यासका दृष्टिले विशिष्ट रहेको यस कृतिमा पाइने आलङ्कारिक अभिव्यक्तिको उदाहरण ः
ड्ड कुरुक्षेत्रको मेला नभै नेपाल फुट्ने छैन, लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुतो हो. अघी गरुडको आंषा छल्नु. तब सरपले भ्यागुतो षान पाउंछ.
ड्ड बाहुन्को सवार भन्याको बयेल हो पातक् लाग्छ. ठकुरीको सवार भनेको सिंघ हो पछाडि दगा हुन्छ. मगरको सवार भनेको टागन् घोडा हो ढिलो हुन्छ. षसको सवार भन्याको ताजि तुर्कि घोडा हो. षसको सवार ग¥या चांडो होला.
यीबाहेक यसप्रकारको आलङ्कारिक अभिव्यक्ति यस कृतिमा प्रशस्तै पाइए पनि त्यसमा दुर्बोधता र क्लिष्टता भने पाइ“दैन । यसमा प्रयुक्त भाषालाई आजका सन्दर्भबाट हेर्दा अनौठो वा नमिल्दोजस्तो लागे पनि नेपाली भाषा उति विकसित नभएको तत्कालीन युगीन सन्दर्भबाट हेर्दाचाहि“ यसप्रकारको भाषिक विन्यासलाई निकै महŒवपूर्ण मान्नुपर्छ । सामान्य कथन मात्र नभएर विशिष्ट भाषिक विन्यासको ज्वलन्त नमुनाका रूपमा रहेको यो कृति सरल, सुबोध, सुन्दर, स्वाभाविक, प्रभावकारी र आलङ्कारिक भाषाशैलीय विन्यासमा आबद्ध सुगठित संरचना हो ।
४. उपसंहार
पृथ्वीनारायण शाहको दिव्योपदेश वैचारिक प्रस्तुतिका सन्दर्भबाट निकै महŒवपूर्ण कृति हो । आदर्श, जनउत्तरदायी, भ्रष्टाचारमुक्त र प्रजातान्त्रिक शासन व्यवस्थाको अपेक्षा, स्पष्ट विदेशनीति, अर्थनीति आदिको प्रस्तुतिका कारण दिव्योपदेश वर्तमानमा समेत स्वच्छ, स्वस्थ र निष्पक्ष शासन सञ्चालनका लागि वरिष्ठ राजनैतिक चिन्तक मेकियाभेलीको चिन्तनस“ग समेत मेल खाने मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । इतिहास, राजनीतिशास्त्र, भाषाशास्त्र, समाजशास्त्र आदि सबैका सन्दर्भबाट समेत उत्कृष्ट मान्न सकिने यो कृति वर्तमान सन्दर्भमा पनि त्यत्तिकै सामयिक र सार्थक गुरुमन्त्रका रूपमा दर्ता गर्न लायक छ । वैयक्तिक अनुभूति, स्वतन्त्र अभिव्यक्ति, वैचारिक प्रस्तुति आदिका सन्दर्भ र प्रसङ्गबाट पृथ्वीनारायण शाहको व्यक्तित्व प्रतिबिम्बित यस कृतिलाई सामयिक ढङ्गले मनन गरी त्यसैअनुरूप ग्रहण गर्नु वाञ्छनीय देखिन्छ ।
दिव्योपदेश वैचारिक दृष्टिले जति महŒवपूर्ण छ, साहित्यिक दृष्टिले पनि त्यति नै महŒवपूर्ण छ । यसलाई आख्यानेतर साहित्य विशेषतः निबन्ध÷प्रबन्ध विधाको प्रारम्भबिन्दु मानिन्छ । यसै कृतिका माध्यमबाट नेपालीमा साहित्यिक निबन्ध लेखनको प्रारम्भ भएको हो । यो कृति एकातिर यात्रासंस्मरणात्मक निबन्धका रूपमा आबद्ध छ भने अर्कातिर निजात्मक निबन्धका गुणले ओतप्रोत पनि छ । नेपाली निबन्धको विकासमा आदिकृतिका रूपमा रहेको यस कृतिको आन्तरिक सङ्गठन पनि सुव्यवस्थित छ । सुगठित संरचनामा आबद्ध यो कृति क्रमबद्ध लेखकीय अभिव्यक्ति र सुसङ्गठित विचारको प्रस्तुतिका कारण नेपाली गद्यसाहित्यकै विशिष्ट कृति हो । वैयक्तिक अनुभूति, स्वतन्त्र अभिव्यक्ति, वैचारिक प्रस्तुति, कलात्मक वर्णन आदिका सन्दर्भबाट यो कृति विशेष महŒवपूर्ण रहेको छ ।
दिव्योपदेश मूलतः आख्यानेतर गद्यसाहित्यको उत्कृष्ट कृति भए पनि आख्यान साहित्यका सन्दर्भमा समेत यसको भूमिका उल्लेखनीय छ । तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएको यस कृतिमा घटना, सहभागी, परिवेश आदिको वर्णनसमेत पाइने हु“दा यसलाई आख्यान साहित्यका रूपमा पनि लिन सकिन्छ । खासखास स्थान, समय र वातावरणको प्रयोग तथा घटनावर्णनमा आख्यानात्मक अंशहरू पनि पाइने हु“दा नेपाली आख्यान साहित्यमा समेत यसको गणना गर्न सकिन्छ । मुख्य रूपमा आख्यानेतर हु“दाहु“दै पनि दिव्योपदेशमा आख्यान साहित्यका प्रशस्त अभिलक्षणहरू समेत पाइने हुनाले यसलाई नेपाली आख्यान र आख्यानेतर दुवै साहित्यको प्रारम्भिक तर ज्यादै महŒवपूर्ण कृतिका रूपमा लिन सकिन्छ । नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्न सक्ने दूरदर्शी, विशिष्ट एवं गहनतम विचारपुञ्जका रूपमा रहेको यो कृति वैचारिक निबन्धका फा“टमा त अद्वितीय नै छ ।
समग्रमा भन्नु पर्दा श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश वैचारिक र साहित्यिक दुवै दृष्टिले उत्कृष्ट संरचना हो । यी दुवै कोणबाट यसको मूल्य चिरकालसम्म अर्थात् नेपाल राष्ट्र र नेपाली जातिको अस्तित्व रहेसम्म जीवन्त रहिरहने कुरामा कुनै सन्देह छैन । अझ वर्तमानका व्यवहारमुखीभन्दा निर्देशनमुखी सबैतिरका शासक–प्रशासकहरूका लागि त दिव्योपदेश मार्गदर्शक सिद्धान्त नै हो । यसमा अभिव्यञ्जित कतिपय विचारहरू वर्तमान समय र परिस्थितिअनुरूप परिवर्तन गर्नुपर्ने भए पनि अधिकांशतः आज पनि त्यत्तिकै यथार्थमूलक, उपयोगी र ताजा छन् । नेपाल राष्ट्रलाई जोगाउने र यसलाई समुन्नत तुल्याउने हो भने यसमा अभिव्यक्त सशक्त विचारहरूलाई आज पनि उत्तिकै महŒवका साथ ह्दयङ्गम गरिनु वाञ्छनीय देखिन्छ । यस कृतिमा अभिव्यञ्जित विचारलाई हेर्दा पृथ्वीनारायण शाह चरम राष्ट्रवादी व्यक्ति भएकोमा कुनै सन्देह छैन भने त्यस विचारको प्रस्तुति निकै कलात्मक ढङ्गमा गरिएको हु“दा यो कृति गद्यसाहित्यको उत्कृष्ट नमुना बन्नपुगेकोमा पनि कुनै सन्देह छैन ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु