भूमध्ये सागर भएर भूमध्ये रेखाको देशको ग्याबुनको यात्रा

- डिग बहादुर तामाङ्ग

अफ्रिकाको लिभरभिलस्थित ग्याबुनमा हालै सम्पन्न इन्टरनेशनल काउन्सिल अफ थर्टिन इण्डजेनस ग्राण्ड मदरहरुको १३ औं सम्मेलनमा सहभागी हुन सो परिषदकी महा सचिब डा.मोना पोलाकले मलाई पनि अनुरोध गर्नुभयो । देशमा गएको महाभूकम्प र त्यसपछिको पराकम्पको कारणले गर्दा एक मनले त नजाउ जस्तो पनि लागेको थियो । भुँइचलाले तहसनहस पारेर देश दैविप्रकोपको ठूलो चपेटामा परेको बेला, नेपाली मनहरुले दिनमा भोक र रातमा निन्द्रा हराएको समयमा अझ भनौं देश नै शोकमा डूबेको समयमा आफु भने कसरी यो यात्रामा निस्कौं जस्तो लागि रहेको थियो ।
मेरो जीवनमा एउटा गहिरो चोट परेको थियो त्यो के हो भने आपूm अमेरिकामा ३४ बर्षसम्म बसेर पनि आफ्नो लागि बस्ने एउटा घरसम्म पनि बनाउन सकेको थिइन । जस्को कारण मैले आफैलाई नामर्दको उपाधिले समेत सिंगारी सकेको थिएँ । म र मेरा चार जना बहिनीहरु जन्मेको मेरो बाबु र आमाले बनाएको घर बैशाख २९ गते आएको परकाम्पले भग्नबषेशमा परिणत गरि दियो । त्यो घर बाबुले ब्रिटिश आर्मीको भर्तिमा गएर, दोस्रो बिश्व युद्ध लडेर पेन्सेनमा फर्के पछि, म आमाको पेटमा हँुदा बनाउनु भएको हो भन्ने कुरा आमाको मुखबाट बाराबर सुन्ने गरेको थिए । ग्याबुन र प्यारिसको यो भ्रमण धार्मिक सहिष्णुता, परंपरागत प्राचीन धर्ममा आधारित आदिवासी जनजातीहरुको संस्कृती र संस्कार बारे भएकोले मन केही हलुका हुन्छ कि भन्ने उदेश्यले त्यहाँ जाने निधो गरें । .
जुुलाई १२ तारिख देखि जुलाई २४ तारिख सम्म लिब्रभिल, ग्याबुनमा, त्यसपछि, जोहन्सवर्ग दक्षिण अफ्रिकामा र जुलाई २८ देखि ३१ सम्म प्यारिसमा कार्यक्रम हुने तय भै सकेको थियो । मैले जुलाई १७ तारिखको दिनमा मात्र उड्न सक्न् खबर गरें र टिकट सोहि अनुसार तयार भयो ।
नेपालबाट आमा बोम्बा परिषदकी सदस्य र उनकी नातीनि प्रिति लामासंग आउने खबर आयो । मेरो टिकट मिलेको थिएन । जेन ट्राभेल एजेन्सीका सुरज बस्नेत भाईलाई हामीहरु तीन जनाको लागि टिकट मिलाई दिनु भनेर खबर गरें । तर ग्याबुनको भिसा लिन निकै झन्झटिलो रहेछ । नेपालमा ग्याबुनको राजदूतावास नभएको कारणले दिल्लीमा गएर भिसा लिन पर्ने रहेछ । आषाढ महिनाको गर्मीमा ७५ बर्षकी आमा बोम्बोलाई कसरी त्यहाँ पठाउने ? जे होला माग्नेलाई के को लाज भने झैं मैले वासींगटन डिसी स्थित ग्याबुन राजदूतावासमा फोन गरे पहिले, त्यसपछि अंग्रेजीमा पत्र लेखेर सोहि पत्रलाई फ्रेन्च भाषामा अनुवाद गरेर पठाए । मेरो अनरोध स्वीकार भयो, भिसा मिल्यो पनि ।
जुलाई १७ तारिखको दिन आमा र प्रीति काठमाडौंबाट टर्किस एयरलाइनसबाट स्टुमबल हुदै लिब्रभिल पुगे । म सोहि दिन दिउसो काम सकेर श्रीमतीलाई लिइ वासींगटन डिसीको डलास अन्तरराष्ट््ि बिमानस्थलको लागि, हाइवे २७० साउथ त्यसपछि हाइवे ४९५ साउथ भएर डलास एक्सेस रोडमा प्रवेश गरेपछि मात्र मन अलिकति ढुक्क भयो, कमसेकम ल्फाईट अब नछुटने भो भनेर ।
चार बजे तिर एयर फ्रेन्चको चेकिग काउन्टरमा गएर राहदानी र टिकट बुझाए पछि त्यहाँका एजेन्टले मलाई भन्यो “तिम्रो सिट प्रिमियर इकोनोमि सि २० मा छ” । मैले सोधे “के भ्mयाल निर हो ?” “ होइन बीचमा पर्छ“ उसले जवाफ दियो । उमेरदार मानिस बीच बीचमा शौचालयतिर गमन भै रहनु पर्ने भने पछि कम्प्युटर भन्ने यन्त्रको टंकन कक्ष चलाउन थाल्यो र मलाई सूचित ग¥यो “् त्यसको लागि तिमीले रकम थपेर व्यापारिक वर्गमा जानु पर्ने हुन्छ”। मैले कति लाग्छ त बाबु भनेर सोधे पछि उसले भन्यो “मात्रै एक सय साठि डलर”। जे होला मरेर लानु छ के ? भनेर गोजिबाट दुईजटा अमेरिकने गैंडा झिकेर उनको हातमा थमाए पछि उसले मेरा बोर्डिङ पास अथवा चिलगाडि चड्ने अनुमति पत्र दियो । माथिल्लो तला भएकोले अर्के ढोका नम्बरबाट जान पर्ने भन्ने रहेछ । फ्रेन्च कारिन्दाले मलाई मुसुक्क हाँसेर भन्यो “ह्याब ए नाइस ल्फाइट टु प्यारिस सर” । झन्झटिलो चेकजाँच त्यसपछि स्वंयमलाई एक्सरे एैना अगाडि उभ्याएर महिलाले तस्बिर खिचें पछि मलाइ गेट नम्बर १९ मा जाने संकेत अनुसार पोकोपन्तुरहरुलाई घिस्यार्दै जमिन मुनिको रेल लाइनबाट अर्कै टर्मिनल तिर उक्लें । सिसाको झ्यालबाट भीमकाय फलामे चीललाई देख्दै म तीन छक्क परि सकेको थिएँ झन त्यो भित्र त्यति बिधि मानिस पनि अट्ने रहेछ भन्ने देखे पछि त झनै अचम्ममा परे । करिब पौने सात बजे ८५२ जना यात्रीहरुलाई लिएर डलास एयरपोर्टको जमिन छाड्यो सो भीमकाय हवाई जाहजले । मैले आफ्नो गुरुले दिएको बुद्धिष्ट ॐबज्र सत्वसमाय मन्त्र र शिवाजीको महामृत्युनजय मन्त्र मनमनै जपे । एकै छिनमा दुइ घण्टा अघिमात्र गाडिमा आएको बाटोहरुलाई आकाशबाट देख्न शुरु भो । साउनको एक गते स्थानीय समय अनुसार साँढे आठ बजे मात्र घाम डुब्ने, एकैछिन्मा, जाहजले आफ्नो ३५००० हजार फिटको उच्चाईमा पुग्न सेतो कालो बादलहरुलाई पछार्दै जानु परेको थियो । झोला राख्ने ठाँउमा नराखेर भुँइमै सिटको अगाडि पल्टाएर राखेको थिएँ । पहिले त बोइङ ७४७ को उपरडेक देखेको थिएं चड्ने मौका कहाँ मिल्नु र ? पछि नेपाल जान आउन र अन्यत्र यात्रा गर्दा बोइङ ७७७ मा सवार गरेको थिएं । म एक प्रकारले उदेग भन्दा पनि आश्चर्यको अनुभव गरि रहेको थिएँ । त्यतिकैमा मेरो हाते झोला देखेर हवाई परिचारिकाले “सर यु ह्याब कम्पार्टमेन्ट अन योर लेफ्ट” भनिन् । यसो एउटा बटम थिच्ने बित्तिकै जुत्ता, झोला, कोट समेत अडन्े खोपि खुल्यो । त्यहाँ राखेर म चुप लागेर बसेको थिएं त्यतिकैमा साँझको खाना स्याम्पेन, कन्यागबाट शुरु भयो । मैले माछाको माग राखें । खाना सकेपछि मनमा लागि रहेको थियो तत्लो तलामा हेर्न जाउँकी भनेर तर फेरि होइन हवाई डाँका भन्ला कि भन्ने डरले जान सकिन । खाना खाएपछि निदाए छु । प्यारिसको सतह अथवा नरमन्डि बिचमाथि पुगे पछि एयरहोष्टेले आएर “सर टाइम फर ल्यान्डिङ वुड यु ल्पिज फसन योर सिट बेल्ट” । अवतरणको समय भयो सिटको पेटी कस्नु होला भनेपछि मात्र म बिंउझे छु । यसो झ्याल खोलेर प्रभातको प्यारिसलाई आईफोनमा कैद गरौं जस्तो लाग्यो तर उल्टो घामको छायाँले राम्रो देखिएन ।
वासिगटन डिसीको समय अनसार रातको दइ बजे हामी प्यारिसको एरपोटमा अवतरण भयौं । त्यहाँबाट मैले लिबरभिलको लागि अर्कै हवाई जाहज समाउनु पर्ने थियो । जाहजबाट निस्कने बित्तिकै मैले काउन्टरमा गएर सोधि हालें । ती महिला अतिनै सरल स्वभावकि रहिछे । मसक्क हाँसेर गेट नम्बर के ४३ मा जान भनिन । त्यहाँको समय प्रभातको ८ बजेको थियो । चेक जाँचको ढोगामा पुग्ने बितिकै जुत्तादेखि कमरपेटिसम्म फुकालेर आफुलाई पुन एकसरे मिसिनमा राखेर निस्के । त्यहां निर “प्यारिसलाई खरिद गर” भनेर साइनबोर्ड देख्दा मैले पढेको व्यकरणको कुनै शिदान्त लागु भएको जस्तो लागेन । तर एउटा सेल्फि भने खिंची हालें । बिहान १० बजे उड्ने जहाज आई सकेको रहेछ । तर काउन्टर भने खाली । एकैछिनमा एउटी महिला आईन र ढोका निरको काउन्टरमा बसिन् । मैले तुरुन्त “के तपाई अंग्रेजी बोल्नु हन्छ” भनेर सोधे । उनले “येस आई डु” भनेर जवाफ दिए पछि मेरो थाकाइ मरेझैं भयो र होस पनि फरकिएको जस्तै भयो ।
दश बजेर पैंतालिस मिटेनमा वोइंग ७७७ उड्यो । मेरो सिट एल १५ मा थियो । अघिल्लो दिनको सवरमा स्याम्पेन, कन्याग, वाइन ईत्यादि दिएका थिए तर सानो जाहजमा मैले ती मध्यपानहरुको आशा गरेको थिइन । तर त्यहाँ पनि अघिल्लो दिनको जस्तै गरेर सबै कराहरु आए पछि मैले मनमनै भने धन्य रहेछ एयर फ्रान्स को सेवा । करिब ८ घण्टा अबिचबmयगलत, ःयलतउभष्चि ब्नष्मभ,देखि भमध्य सागर पार गर्न ५५० माइल उडने हवाइ जाहजलाई पार गर्न करिब १ घण्टा जति नै लाग्यो , त्गलष्कष्ब, ब्निभचष्ब, ल्ष्नभच, ल्ष्नभचष्ब,आकाश हँदै स्थानीय समयानसार सात घण्टा ४१ मिनेटमा ीभयल ः द्यब ब्ष्चउयचत ९ीद्यख्० लिब्रभिल बिमानस्थलमा हामीलाई लिएर गएको जाहजको अवतरण भयो ।
आफलाई एक शव्द फ्रेन्च भाषा नआउने, कसरी अध्यगमन पार गर्ने भनेर सोचेर काउन्टरमा पगें । एउटी २५ बर्षजति उमेर भएकी कालीनानी काउन्टरमा हवलदार साहेबकी बिल्ला भिरेर बसेकी रहेछिन् , उनले सोधिन “तिमी के काम गछौं ?” मैले अझै जागिरे जिवन बिताउदै छु भने पछि ढ्याप्प राहदानीमा छाप लगाइन र दिइन् । सामानहरु लिएर बाहिर निस्केको निस्केको मात्र के थिएं भान्जी प्रिती र डक्टर लैला लोगन मलाई र ब्राजिलबाट आएकी फ्रेन्चभाषाको अनुवादकलाई लिन आई रहनु भएको रहेछ ।
बिमानस्थलबाट हामी गन्तव्यतिर जाँदै थियौं । मैले सोचेको थिएँ बिशाल पाँचतारे होटेल तिर होला भनेर । यतिकैमा प्रतिले भनिन् “आस्याङले सोच्नु भएको होला आमाको कार्यक्रममा जस्तै बिशाल होटेल भनेर तर थाहा छ यहां त हामी सबैलाई गोठमा पो राखेको छ त ।” मैले पनि त्यसलाई सहज रुपमा लिएर भने “ठिक छ, यो पनि एउटा अनुभब नै हुनेछ भान्जी ।”
त्यहाँ पुगें पछि सबैभन्दा पहिले आउने पाहुनालाई देवताथानमा लगेर दर्शन गराउने चलन रहेछ । मलाई पनि एक जना आयोजकले भित्र जान पर्छ देवताको दर्शन गर्न भने पछि मैले सहर्ष हुन्छ भने । मन्दिरको बाहिर अखण्ड जग्गे बालेर राखेको थियो ।बीच आगानमा । त्यहाँ मलाई जुत्ता फुकाल्न लगायो । त्यसपछि उन्ले मलाई भित्र हिंड भनेर संकेत गर्यो । लाग्यो कोठा ठूलो रहेछ । बिस्तार अगाडी बढे । त्यहाँ बुढा बुढीको दुई थान काठको प्रतिमाहरु राखेको रहेछ । मैले भावपूर्ण आफनो संस्कार अनुसार ढोगे । मेरा सामानहरु दुइ जना कृष्ण बर्णको भाईहरुले बोकेर जंगालतिर लगे । म आशर्यचकितं भएँ । केहि समय पछि खाना खान जाउँ भनेर बोलाउन आइन् स्युजरलण्डकी श्रीमती आभा । म पनि उहांको पछि लागेर भान्सा घरतिर लागें । सबैजना मलाई कुरेर बसेका रहेछन् । म पुग्ने बित्तिकै “हेल्लो डिबी वेल्कम” भनेर धेरैले भने । औपचरिक चिनजान पछि खाना खायौं । टेबिल औपचारिक तवरले सजाएको थियो । ल्पेट र पानी पिउने ल्गासहरु पनि त्यतिकै राम्रो थियो । त्यसपछि उनै इभाले “डिग आइम गोइङ टु सो योर रुम” भनेर बोलाईन । म पनि चुपचाप पछि लागेर गएं । चारकुने टिनको छाना भएको कोठा भित्र पसेपछि मेरो त होस नै हरायो । गर्मी त्यहिं माथि भुसुनाको ¥याँइ याँई । धन्न झुलको ब्यबस्था रहेछ । भोलि पल्ट बिहानको नास्ता गाडिमै खाने र मेनिस मोन्टे भन्ने टापुमा जाने कार्यक्रम रहेछ बिहान सातै बजे ।
जलाई १८ तारिखको दिन हाम्रो टुर थियो । ग्याबनबाट कारिब एक घण्टाको बोड (डुंगा ) यात्रा । विहानको नास्ता बसमै नै थपाइयो । एउटा केरा, रोटी, एउटा स्याउ र एक बोतल पानी । त्यसपछि ग्याबनको राजधानीको मुल सडक हुँदै हाम्रो यात्रा समुद्र छेउमा पुग्यो । विहानको समय त्यसमाथि पनि आन्द्र महासागरको तट भएकोले हुस्सु लागेको थियो अनि चिसो हावा पनि त्यतिकै बहेको थियो । हाम्रो आयोजकले टिकटको व्यवस्था गरि सकेको रहेछ । मलाई अलि अलि रुगा लाग्ला जस्तो भएको थियो । हाम्रा टिमको डक्टर लैलाले स्थेटिस्कोप झिकेर “डिग म तिम्रो छातीमा कफ जमेको छ कि हेरौं है” भनेर आग्रह गरिन् । मैले हुन्छ भनेपछि मेरो ढाडमा उन्ले जाँच्ने यान्त्र राखेर आफ्नो कानले सूनिन् र भनिन् “नथिङ इज इन योर लङ” । त्यसपछि आफ्नो झोलाबाट पानी तर्ने पन्चुक दिइन । हामीहरु डुंगामा बस्यौं र जीवन सुरक्षा कोट पहिरेर बस्योैं । डुंगाको गति संगै मनमा तरंगहरुआउन थाल्यो । कतै हामी चढेको डुंगा पल्टेर आन्ध्र महासागर भित्रै समाधिस्त हुने पो हो कि भनेर । पारि कता कता क्षितिजभित्र घरहरु देखे पछि मात्र अब बाँचियो भनेर मन ढुक्क भो । डुंगामा यूरोपियनहरु, साउथ अमेरिकन, नेपाली, तथा अमेरिकनहरु ग्रि करिब ८० जना थियौं । पारी पुग्ने बित्तिकै हामीहरुलाई एउटा काठले बनेको घरमाथि राम्रोसंग सजाएइको भोजनालयमा लगेर मोनाले भनिन् “डिग यु मे ह्याभ फुड हिएर देन वि विल रेष्ट, एट फाइफ वी विल गो व्याक टु ग्याबन” । यहाँ जे मन लाग्छ, खाना खाने आराम गर्ने त्यसपछि पाँच बजेतिर फर्कने योजना छ । कोही समुद्रमा डुबल्की मार्न थाले, कोहि हरियो नरिवल झार्न थाले । म भने चुप लागेर रमिता हेरेर बसें । नेपालबाट आउनु भएको आमा बोम्बोले भन्नु भो “ आईदापो चामरि आनिपा ? एै भाई खान नजाने? मैले हुुन्छ आमा भनेर भोजनलाय तिर उक्लियौं । त्यहाँ त ठूलो मधूशाला, विभिन्न प्रकारको सोमरस, चिया कोकाकोला, नरिवलको रस ईत्यादि रहेछन् ।
हामीहरु सबै जम्मा भएर खानाको आदेश दियौं । त्यहाँको चलन पनि गजबैको रहेछ, दशथरिको मासु, चार थरि माछाको परिकार । हामी दालभात खानेलाई केहि थिएन, “त्यतिकैमा प्रितिले भनिन् पिरो गोल्भेंडाको अचारसंग भात खाना पाए पो” मैले खाँउला नि दश दिन पछि भने । “मामा पनि ठट्टा गर्नु हुन्छ “ उनले हासेर भनिन् ।
त्यहाँबाट करिब पाँच बजे हिड्यौं हामीहरु । करिब पौने छ बजेतिर हामी बसेको ठाउंमा आई पुग्यौं । ढोकाबाटै्र स्वागत गरेर लगियो हामीलाई । त्यहाँको हजुर आमा डा बर्नादेत स्याँउलाको दरबारभित्र बसेकी रहेछ, हामीहरु एक एक गरेर उहांको दर्शन गरेर निस्केपछि चारपाँच जना महिलाहरुको समुुहले धार्मिक भजन गाँउदै नाच्दै थालमा राखेको हरियो नरिवललाई मुखमा सानो दुलो बनाएर पाइप हालेर दिने चलन रहेछ । क्रमबद्ध तरिकाले बस्ने ठाउ बनाएको रहेछ । त्यसपछि हजुर आमा “तपाईहरु थाक्नु भयो होला यो धर्तिआमाको काखबाट निस्के अमूल्य जीवन जलले केहि राहत पक्कै दिने छ, बेलुकाको खाना खाने बेलामा भेटौंला तपाइृहरु आराम गर्नु होस” भनेर लौरो टेक्दै आफ्नो घरतिर लागिन् ।
भोलिपल्ट जुलाई १९ तारिखको दिन, हामीहरुलाई लगेर हजुर आमा ग्याबुनको सरकारी टेलिभिजनको कार्यालयमा गइन् । हामीले सोचेको थियोै खासै के होला र भन्ने? हाम्रो हुललाई स्वागत गर्न त्यहाँका संचार मन्त्री, नगर प्रमखको उपस्थितीलाई देखेर डा. बर्नादेनको हालीमुहाली निकै रहेछ भन्ने सबैजनालाई प¥यो । पछि बुझदै जाँदा त उनि आफै भूतपूर्व मन्त्री पो रहेछन् ।
विवाह गरि अन्माई पठाएकी नातिनीसंगै हजुर आमा साथमा जाने अनौठो चलन रहेछ त्यहाँ । आफनी नातिनीको हेरविचार पु¥याँउनु मानवीय चलन हो भन्ने कुरा, सुहाग रात मानिसको जीवनमा अर्के महत्व हुन्छ भनेर हजुर आमाले अर्को कोठामा बसेर भलाकुसारी गरेको सन्नु पनि अनौठो खालको चलन जस्तो यो पंक्तिकारलाई लाग्यो ।
त्यहाँको परंपरा चलन अनसारको विवाह कार्यक्रममा सहभागी हने मौका पनि मलाई मिल्यो । त्यसरी नै त्यहाँका हजर आमाहरुले नातिनीहरुलाई दिएको शिक्षाको बारेमा पनि बुझने मौका मिल्यो । कन्याको उमेर १८ बर्ष भएपछि, कोहि माग्न आएमा चेलीलाई विवाह गरि दिने चलन रहेछ तर विवाह गरि गएको दिनमा हजुर आमा पनि संगै दुलाहाको घरमा जाने चलन सहेछ । नातिनी र नातिनी जुँवाइलाई एकै ठाँउमा सुत्ने व्यवस्था त हुने नै भयो तर नव विवाहित दम्पतीले मूख्य कूरा सोहि दिनमा गर्न नपाईने रहेछ । कारण हजुरआमा सुतेको बाहाना गरि सबै सम्बाद सुन्ने रहेछ । बाँकि राख्न पर्ने कुरा त्यहि दिनमै भ्याएको खण्डमा नातिनीलाई तरुन्तै माईतीघरमा फर्काएर लाने चलन रहेछ ।
विवाह अघिको सर्तहरु पनि अचम्पको हुँदो रहेछ । केटी पटिट्को घरगाँउलेहरुलाई मनग्गे पुग्ने गरि केरा, रक्सी, खानेकराहरु, जिउदै बाख्राहरु, कुखुराहरु गाडिमा हालेर लाने चलन । घरगाउले एकापट्टि बस्ने रहेछ भने जन्तीपक्षका अर्कोतिर बस्ने चलन हदो रहेछ । जन्ती पटिटकाले “हेर कुटुम्बहरु हामीले सक्ने परिकार र रकमहरु तपाईको चेलीको लागि चढायौं अब बुहारीलाई हामोे सामु ल्याउनु होस । भन्ने रहेछ त्यसपछि माईती पक्षकाले सबैसामानहरु जाचेर यदि थोरै सामान भएमा “ यति मात्र ल्याउन लाज लाग्दैन, हामीहरु यत्तिका छौं, के ख्वाउने?” भनेर उल्याउने रहेछ ।
त्यसपछि सामानहरु थप्दै पैसा गन्दै जाने गरिदो रहेछ । माईतीपक्षको मुख्य मानिसले अब ठिक छ भने पछि र बेहुलीकी आमाले ईशारा गरेपछि बेहुलीलाई सारा कुमारीहरुले घरेर एउटै प्रकारको पहिरनमा बाजाको तालमा नाच्दै माहुरीको रानुलाई ल्याए जस्तै गरेर ल्याउने चलन रहेछ । त्यसपछि माईतीहरुसंगै एउटा मँडामा बस्ने रहेछन् । केटाको मात्रै भर हुदैन हाम्री छोरीलाई कस्ले जिम्मा लिने भनरे सोधेपछि केटाकी आमाले केहि परे “म जिम्मेबार हुनेछु” भनेपछि मात्र बेहलाको क्षेउमा बस्ने चलन रहेछ ।
त्यस दिन हजुर आमा बर्नादेतको कथा सुन्न विहानैदेखि मानिसहरु जम्मा भएका थिए । उनलाई सानैमा आमा मरेर बाबुले हुर्कएकी रहेछ । लिब्रभिलको गाँउमा उनीहरु बस्थे रे, एक दिन बाबुले “मलाई पानीको तिर्खा लाग्यो जा छोरी खोलामा गएर एक भाँडो पानी लिएर आ” भन्यो रे पानी लिएर उनि आइ पुग्दा बाबु निदाएको जस्तो लाग्यो रे । बा पानी पिउनु भन्दा त बाबुले प्राण त्यागि सकेका रहेछन् रे । त्यतिबेला उनी मात्र १७ बर्षकी थिइन रे । मैले यसरी यो संसारलाई संघर्षमय जीवन बिताएर छ भाई छोरा र चार छोरिहरुलाई पढाइ हुर्कएं ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 6 माघ, 2072

लेखकका अन्य रचनाहरु