लालगोपाल सुवेदी छन्दोवद्ध काव्य साहित्यका सितारा

- होम सुवेदी

एकैपटक ६ कृति प्रकाशन गर्ने कवि हुन् - लालगोपाल सुवेदी । अमेरिकामा छन्दोवद्ध काव्य साहित्यका सितारा मध्ये एक हुन्– लाल गोपाल सुवेदी । मेघनाथ सुवेदी र मिठु सुवेदीका सुपुत्र लाल गोपाल सुवेदीको जन्म वि.सं.२०२७÷१९७० क्याक्मीदग्दी ७, स्याङ्जामा भएको हो । वि.ए.,वि.एड. गरी नेपाली साहित्यमा एम.ए. प्रथम श्रेणीमा सर्वप्रथम भएका हुन् । उनले पाएका पुरस्कार यस प्रकार छन् ः
१. लारी स्वर्णपदक २०५४÷१९९७
२. महेन्द्र विद्या भूषण २०५५÷१९९८
३. राष्ट्रिय वालकविता सम्मेलन वि.सं. २०४३ र २०४४ मा द्वितीय ।
४. नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्धारा आयोजित राष्ट्रिय कविता महोत्सव २०४५ र २०५५ मा तृतीय तथा २०५६ मा प्रथम ।
५. नेपाल युवक संगठनद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०४६ मा
६. पशुपति विकास क्षेत्रकोषद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०४६ मा प्रथम ।
७. राष्ट्रिय जनसंख्या आयोगद्धारा आयोजित राष्ट्रिय कविता प्रतियोगिता २०४७ मा प्रथम ।
८. नारायण गोपाल स्मृति दिवसका अवसरमा चौधरी ग्रुपद्धारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०४८ मा प्रथम ।
९. पराग समुह भक्तपुर कटुञ्जेद्धारा आयोजित राष्ट्रव्यापी प्रतियोगिता २०५२ मा प्रथम ।
१०. रेडियो नेपालद्धारा आयोजित गीत सम्मेलनमा उत्कृष्ट (प्रथम) गीतकारको रूपमा पुरस्कृत २०५१ ।
११. राष्ट्रिय खेलकुद परिषद २०४२, महेन्द्र युवालय २०४५, पोखरा नगर पञ्चायत २०४६, रसियन कल्चर सेन्टर २०४६, सीताराम साहित्यिक प्रतिष्ठान २०४९, सिपाही २०५०, नेपाल खानेपानी संस्थान २०५१, तनहुँ राष्ट्रिय साहित्य सम्मेलन २०५३, आदिद्वारा आयोजित प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कारबाट पुरस्कृत ।
२०४५ मा अतिरिक्त क्रियाकलापमा सर्वप्रथम भै नेपाल रेडक्रसद्धारा युवा सर्कलको प्रतिनिधित्व गर्दै जापान तथा थाइल्याण्डको प्रतिनिधित्व गरेका छन् । पेशागत रूपमा विद्यालय, महाविद्यालय तथा त्रिभुवन विश्वविद्यालयमा १० वर्ष करिब पढाएर अमेरिका आई बोस्टनमा आफ्नै व्यापार गरी बसाइ गरेका छन् । बोस्टनको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव भै हाल उपाध्यक्ष छन् । उनका प्रकाशित कृति यी हुन् ः पूmलको देशमा, अग्नि–आतङ्क, ‘छायालाई माया नगर्नुस्’, ‘सबाल्टर्न पात’, ‘पानी, योगमाया र इन्द्रेणी’, ‘भूगोल भन्दा माथि’, पूmलका दुःख ।
१. पूmलको देशमा (कविता संग्रह २०५७÷२०००,
गरिमा, मधुपर्क, गोरखापत्र, कान्तिपुर, मुना र अनलाइन पत्रपत्रिकामा गद्य कविता, गीत बालकविता, समीक्षा र निवन्ध प्रकाशित हुँदै आएका छन् ।
‘पूmलको देश’ कविता संग्रहको भूमिकामा शुभेच्छा दिँदै राष्ट्रकवि माधव घिमिरे लेख्छन –“कवि सुवेदीले लोकलय र गद्य कवितामा पनि कलम चलाएका छन् । परन्तु उनको प्राप्ति पद्य कविता मै पाइन्छ ।”
छन्दमा सम्वेदनशील कविता लेख्न लाल गोपाल सुवेदी पारङ्गत देखिन्छन् । आज दैवज्ञराज न्यौपाने छैनन् तर उनले लाल गोपाल सुवेदीको बारेमा लेखेका साक्ष्य प्रमाण भूमिका ताजै छन् लाल गोपाल सुवेदीले अमेरिकाको बोस्टनबाट कर्नाल फुक्दैछन् ।
कवि लाल गोपाल सुवेदीको स्वीकारोक्ति केही लेख्नुपर्दामा पठनीय छन् । यौटा नमुना ः
“म मान्छेमा रहेको कालो दाग मेटाउन पूmलबाट सुगन्ध र जूनबाट कमनीयता चोर्छु । मान्छे भित्र बलेको प्रेम, दया र मित्रताको दियोमा घाम, जून र नदीबाट तेल भर्छु । मेरो लक्ष्य अर्थात् पुग्ने ठाउँ मान्छे, जनता र संसार नै हो ।”
ब्रहमा विष्णु महेश्वर एकातिर अर्कातिर डार्विन नित्से र कार्लमाक्र्सका बीचबाट उनी मान्छे खोज्न चाहन्छन् ।
‘पूmलको देशमा’ कविता संग्रह प्रजातन्त्र दिवस २०५७ मा थाँक्रो साहित्यिक प्रतिष्ठान काठमाडौबाट प्रकाशित भएको हो । यसमा पचासवटा कविता संकलित छन् । यसमा छन्दोवद्धकाव्य साहित्य प्रखर कवि लाल गोपाल छन् भनेर प्रमाणित गर्न एक एक कविता समर्थ छन् । गति यति लय र छन्दका बोझले कविताको भाव पक्षमा कत्ति पनि कमी आउन नदिइकन सलल बग्ने गंगाजी जस्ता कविताहरूको संकलन हो यो । यसको पाठन गर्न सके पूmलहरूको घाँटीमा पुगेको अनुभव पाठकलाई हुन्छ । नमुनाको लागि यौटा कविता ः
कैलाश झाँक्ने गफ नै अंगाली
माछो समात्छन् कति जाल हाली
जताततै नै धमिरो छ आज
बन्दैछ खोक्रो किन हो समाज ?
प्रश्नःफूलको देशमा (पृ.३५)
उनका नयाँ ६ कृति एकैसाथ प्रकाशित भएका छन् । ती हुन्ः
फूलका दुःख (आधुनिक गीत सङ्ग्रह)
सबाल्टर्न पात(प्रयोगवादी शृङ्खला काव्य)
पानी,योगमाया र इन्द्रेनी (प्रयोगशील नव(काव्य)
अग्नि–आतङ्क (पद्य कविता सङ्ग्रह)
भूगोलभन्दा माथि (देशप्रेमका गीतहरू)
छायाँलाई माया नगर्नुस् (आधुनिक कविता सङ्ग्रह, कविता, गीत
र प्रयोगशील नवकाव्य)
यो माथिको कृति उनी नेपाल छँदै प्रकाशित भएको थियो भने अमेरिका आए पछि उनले ई २०१५मा एकैपटक ६ कृति प्रकाशन गरे । ती हुन्– अग्नि–आतङ्क, ‘छायालाई माया नगर्नुस्’, ‘सबाल्टर्न पात’, ‘पानी, योगमाया र इन्द्रेणी’, ‘भूगोल भन्दा माथि’, पूmलका दुःख ।
अग्नि–आतङ्क— यो पद्य कविता संग्रह हो । यसको प्रकाशन रत्नपुस्तक भण्डारबाट असार १, २०७२÷२०१५ मा भएको हो । लेखकको भनाइ अनुसार यी कविता विगत डेड दशक देखिका कविताहरु हुन् । यसमा गाउँको गरिबीदेखि शहरको यान्त्रिकता हृदयहीनता सम्मका विषयहरु उनका कविताका अन्तर्वस्तु हुन् । रामप्रसाद ज्ञवालीका अनुसार लालगोपाल सुवेदी मूलतः प्रकृति र मानवताका कवि हुन् । स्वच्छन्दतावादी कवि हुन् । कवि बसाई सरेको नयाँ थलोको प्रशंसा गरेर उनी थाक्दैनन् । यौटा नमुना कविता हो – ‘अमेरिका, एउटा बसन्त ऋतु’ यसको यौटा अंश ः
जहाज उड्दो छ चरा समान
माछा कुदे भैm जल भित्र यान
समुद्रको तल्तिर रेल गाडी
आँखा र ऐना सय वर्ष पारि ।
उपमा बिम्ब जहाजको चरा यान माछा भैmँ बनाएर प्रस्तुत गरिएको छ ।
‘छायालाई माया नगर्नुस्’— यो आधुनिक कविता संग्रह हो । गद्य कविता संग्रह हो । यो पनि रत्नपुस्तक भण्डारबाट २०७२ मा प्रकाशित भएको हो । यसमा अमेरिकामा बस्दा प्रतिक्षण उत्पन्न भएका कवि अनुभूतिलाई लिपिबद्ध गर्दै कविताका श्रृङ्खला बनाउँछ । साना साना सुनका टुक्रा जस्ता कविता छन् । यी कविलाई भूमिकाकार डा. नेत्र एटम लेख्छन्– ‘सरल शब्दहरु उनिएका जीवन्त बनेका बोलीहरुमा निहित गम्भीर जीवन बोधको परिणाम हो’ लाल गोपाल सुवेदी ललित काव्य सिर्जना गर्छन र उनी “एउटा इमान्दार कवि भएर छायाँ होइन, माया लेखौं न हामी” यो उद्घोष गर्छन् । उनी धुपीमा बासना खोज्छन् भूमिमा धुपीको जस्तो नझुक्ने वैयक्तिक स्वतन्त्रता खोज्छन् ।
‘सबाल्टर्न पात’— यो प्रयोगवादी श्रृङ्खला–काव्य हो । यो रत्नपुस्तक भण्डारले २०७२ मा प्रकाशित गरेको हो । सबाल्टर्न पातले किनारीकृत मानवको बिम्बको काम गरेको छ । लालगोपाल सुवेदीको प्रचलित अन्तर्वस्तुलाई लिएर लेखिएको अमेरिकाको शरदको अन्त र शिशिरको पीडामा रहेका पातहरुको बयान हो । जीवनको पीडाको कार्यक्रमको विवेचना रुख विरुवामा गरिएको काव्य हो । यसमा २३ वटा गद्य कविता छन् । कविको आफ्नो भनाइमा लेखिएको छ “देशको माया नोस्टाल्जिक नोस्टाल्जिक छ ।” कवि तुलसी दिवस भूमिकामा लेख्छन् – “कविता भित्रको आन्तरिक लय र झन्कार त बेजोडै लाग्यो मलाई ।” अर्का भूमिकाकार डा. लक्ष्मण गौतम लेख्छन् – “यो काव्य तिनै सबाल्टर्न अर्थात भुई मान्छेहरुको प्रंतीकात्मक कथा हो ।” अमेरिकामा बसेर पनि नागरिकताको अभाव बराबर भएका मान्छे नै सबाल्टर्न पात हो । अर्कोतिर उनी यो पनि लेख्छन् उत्तर आधुनिकतावादले कृतिमा एकल अर्थको निषेध गर्छ र बहुल अर्थका सम्भावनाहरुलाई देखाउँछ । ‘सबाल्टर्न पात’ काव्यले यस्तै अनेकौं अर्थका ढोका उघारेको छ । काव्य स्वभावैले अर्थ बहुला हुन्छ त्यसमा पनि पूर्वीय वातावरण र दर्शनको अवलोकनमा परिचयका पातहरुको व्याख्या हुँदा अनेकौं अर्थ लाग्न सक्ने गरी प्रकृतिमा अंकित भएर यी कविता लेखिएका छन् । यी स्वच्छन्दतावादी कविता हैनन् बरु डायस्पोराका प्रयोगवादी उपयोगितावादी कविता हुन् ।
सबाल्टर्न पातको बारेमा नेपाली साहित्यको परम्परामा ...ललाई बिम्ब, प्रतीक र मिथक बनाएर लेखिएका कृतिहरु असङ्ख्य छन् तर पातलाई बिम्ब प्रतीक वा विषय बनाएर भने नगन्य रुपमा कृति सिर्जना भएको छ । पात विषयमा फुटकर कविता लेखिएको हुन । मेरो आफ्नो भूकम्प कवितामा पनि शरद र शिशिरको बीच पहेरपुर भएका पातहरुको बारेमा कविता छन् ती किनारीकृत र मृत्युन्मुखी कविता पनि छन् तापनि न मेरो न अरुको पातलाई नै विषयका रुपमा लिई सिङ्गो कृति निर्माण गरिएको छैन । पातलाई नै विषयका रुपमा लिई सिङ्गो कृति निर्माण गरिएका भने यो नै पहिलो घटना हो । पातै पातका २३ वटा कविता मालाबाट यस कृतिको निर्माण भएको छ । प्रयोगवादी श्रङ्खला नाम दिइएको यस कृतिको मूल विशेषता कै समसामयिकता सहितको उत्तर आधुनिकता पातका माध्यमबाट प्रकृति जीवन यौन अध्यात्म, राजनीति, परम्परा, संस्कृति, नारी, समलिङ्गी नारी, समलिङ्गी, पुरुष जस्ता सबै जसो विषयलाई अभिव्यक्ति दिइएको छ । कवितालाई कविता बनाउने मूल तत्व ...व्र साङ्गीतिकता र रागात्मकता हो । यी दुवै पक्षको बेजोड उपस्थिति छ यहाँ । भूपि शेरचनको मैनबत्तीको शिखाकै स्तरको साङ्गीतिक चेत र रागात्मकता यसमा पाउन सकिन्छ । समालोचक लक्ष्मण गौतमको विचारमा गद्य कवितामा यत्तिको ...... लय सौन्दर्यको सिर्जना समकालीन पुस्ताका कविहरुका कवितामा कम पाइन्छ । तसर्थ लाल गोपाल सुवेदी लय, सौन्दर्य चेतना र बिम्ब सौन्दर्य चेतनाका नव प्रयोगशील कवि हुन् भन्ने पाइन्छ ।
‘पानी, योगमाया र इन्द्रेणी’— यो २०७१ मा रत्नपुस्तक भण्डारबाट प्रकाशित भएको हो । यो प्रयोगशील नव्यकाव्य हो । यो योगमायाको जीवन्त कथालाई काव्यात्मक स्वरुप दिएको नव्य काव्य हो । यो पुरानो महाकाव्यको परिभाषामा मेल खादैन र नयाँका पनि कतिपय कुरा मेल खाँदैन । बरु यसमा आफ्नै विशेषता भएकोले यो प्रयोगात्मक नव्य काव्य हो । पानीलाई बिम्ब बनाएर योगमायाको जीवन चरित लेखिएको छ । योगमाया नै जाल, जलधारा, कुवा, पोखरी, नदी र सागर बन्दै नारीको संघर्षशील दायित्व पूरा गरेर गएकी छिन् भन्ने कुरा देखाइएको छ । कविले यौटा साधारण जीवनलाई साहित्यमा ढालेर उच्च व्यक्तित्वको आसनमा बसाएका छन् । अध्यात्मको सहारामा नारी शोषण, छुवाछुत, राज्यबाट गरिने शोषण र तमाम पापाचारको विरुद्ध योगमायाले पानी बनेर संघर्ष गरेको कुरा उल्लेख छ (पृ.१०८) । योगमायालाई पानी बिम्बमा योजना पूर्वक उतारिएको कुरा पृ.११७ का यी हरफले कविका आत्मस्वीकृतिको प्रमाण दिन्छन् ः
पानीबाटै कोरिएका हुन्
बिजुलीका जस्ता बिम्ब
प्रयोजनवती लक्षण र व्यञ्जना
कोचेको आनन्दानुभूति र अभिव्यञ्जना
पानीकै कविता र अवदान हुन्
पानीको एउटा बिम्ब
ध्यान, कविता र योगमाया पनि हुन्
---
– पानी, योगमाया र इन्द्रेनी

योगमायालाई कवि भन्छन् – ‘मानवताकी इन्द्रेनी हुन् योगमाया, हृदयहीनहरुले चिन्दैचिनेनन् (पृ. ११९) ।’ योगमायाको सन्दर्भले कवि स्वयम् क्रान्तिकारी मानवतावादी भएको पनि देखाउँछ र नेपाली महिलामा भएको क्रान्तिकारीताको त यो महात्म्य नै हो ।
‘भूगोल भन्दा माथि’— कवि लाल गोपाल सुवेदी एक दशक अमेरिकामा आई हराएपछि एकैसाथ ६,६ वटा काव्यकृति लिएर काठमाडौंमा देखा परेका हुन् । तिनै ६ वटा मध्ये एक हो – भूगोल भन्दा माथि । यो पनि रत्नपुस्तक भण्डारले वि.सं. २०७२ मा छापेको, देश प्रेमका गीतहरुको संगालो हो । यसमा ५५ वटा गीत छन् । प्रा.डा. कृष्ण हरि बरालको भूमिका छ । यो भूमिका छोटो सटीक छ ।
भूगोल भन्दा माथि अमेरिका बसेर त्यसभन्दा माथि नेपाली राष्ट्रियताको माथिबाट काल भूगोल भन्दा माथिबाट नेपाल राष्ट्रको बखान गरेका छन् । गीतमा भएको गेयताले ती राष्ट्रियताको भावनाले ओतप्रोत भाव लहरीले पाठकको मन पगाल्छन् ।
गीतमा बोलबाट पुकार्ने छुट्टै शीर्षक नदिने पुरानो परम्परालाई यसले अनुशरण गरेको छ । यो परम्परा भन्दा फरक बोललाई पनि शीर्षक भनेर दिएको भए समालोचकलाई ती गीतको विवेचना गर्दा कुन चाहि भन्न सजिलो हुने थियो त्यो सुविधा यसमा छैन । त्यसैले गजल गीत सबैले शीर्षक दिनुपर्छ सिर्जना गरेको वालकको नामाकरण गरेको हुनुपर्छ भन्ने मेरो धारणा छ । कुनै पनि सिर्जना एक बालक हो । उसले पनि उसको पहिचानको लागि नाम पाउनुुपर्छ । यो त्यो बालकको अधिकार हो । ऊ साहित्यको नागरिक हो । त्यसको अधिकार उसले पाउनुपर्छ । विना नाम बेनाम गीत बन्छ त्यो वेद बन्ला तर वैयक्तिकता संपन्न नागरिक वा सिर्जना बन्न अवरोध हुन्छ । त्यसैले शीर्षक दिनु आवश्यक छ । यो कुरा यी गीतको लागि मात्र हैन । समग्र नेपाली साहित्यमा गीत र गजललाई शीर्षक दिनुपर्छ भन्ने संज्ञान हो यो । अर्को कुरा गीतको रचना गरेको मिति पनि गीतको तल दिएको भए अझ समयको पहिचानमा सजिलो पथ्र्यो । गीत ‘एक’ श्रमको मूल्यको आयतनलाई व्यापक पार्दछ । गीत ‘बाह्र’मा भूकम्प परदेशी देशको दुरावस्था सबैलाई प्रतिबिम्बित गर्दछ । यो यौटै गीतमा यति गहनता छ कि अरु एक सय गीतलाई अर्को तुलोमा राख्दा पनि यसलाई उचाल्न कठिन छ ।
गीत सत्र गीत अठारमा साहस र स्वाभिमानका अनुपम गीत छन् । जस्तो देख्न ..... हुन्न हामी (सत्र) । भइदिए..... गाइन्न (अठार) । नेपालको विकासमा गीत ‘बीस’को ‘चित्रको ... खाँचो छ’ मा नदीलाई उकालो पनि हिडाउन सक्ने सीप र कलाको खाँचो देखाउँछन् । नेपालको विकास मात्र हैन इतिहास संस्कृति समृद्ध हुनुपर्नेमा पनि गीत ‘अठ्चालीस’ छ । यसमा धेरै प्रकारका शहीद हुने कुरा र तिनी प्रतिको श्रद्धा प्रकट गर्दछन् । गीत ‘चौवन्न’ मा उनको रहस्यमय जीवन दर्शनको छटा व्यक्तिएको छ ।
कालोलाई सेतो मान्न बाध्य हुन्छन् बन्दी
असत्यलाई सत्य मान्न बाध्य हुन्छन्
बन्दी सपनीलाई विपना हो भन्ने पनि
बन्दी सपना नै सपनामा बाँच्ने पनि बन्दी ।
– चौवन्न
आत्म स्वीकृति— साहित्य–सिर्जना उनी करले वा लोभ लालचले गर्दैनन् । यो उनको स्वतः स्पूmर्त रहर हो । त्यसको आत्मस्वीकृति गीत पन्ध्रमा पाइन्छ ।
खुशीले मस्त झुल्दछन् पिरमा पनि लहरा
मृग भैंm बुर्कुसी मारेर भीरमा बग्छन् लहरा
सोचे भैंm हुदैहोइन, सिर्जना गर्न सजिलो
तै पनि हुन्छ सिर्जना सबैको लागि रसिलो ।
नोस्टाल्जिक – कतिपय गीतहरु नोस्टाल्जिक छन् र अति मार्मिक छन् । गीत ‘तेइस’ यसको प्रमाण हो । यौटा नमुना ः
दशैं तिहार डाँडा माथि पीङ मच्चाउथेँ
आपैmलाई उडाएर आकाशमै चुम्थें
कहाँ–कहाँ पुगे होलान् गुच्चा खेल्ने साथी
गमलाको पूmल भन्दा प्यारो तितेपाती ।
– तेईस
यो गीतमा सम्झिएको ‘तितेपाती’ प्रकृति, मानव र संस्कृतिको बिम्बको रुपमा नोस्टाल्जिक बनेर आएको छ । त्यो काल र भूगोलको सीमा माथि छ । त्यस्तै गीत माथि नै राखेर लेखिएको छ । गीत ‘अठ्ठाइस’ नेपालको दयनीय आर्थिक अवस्थाको सचित्र चित्रण हो । ‘बालुवाका माछा जस्ता किन भयौं हामी ?’ प्रश्न हो यो । गीत ‘एकतीस’ ले देशको विकास गर्न कसिएका भन्नेहरु झन आफ्नो पेट भर्न रुखै ढाल्न थालेको देखाउँछ । यस्तो देशको अवस्थाले नेपालीहरुलाई (नेपाल र एन आर एनको सम्बन्ध) खाडी र विश्वका विभिन्न खण्डहरमा पुगेर गाउन थाले ः
पृथ्वी जस्तै ठूलो छ हृदय मानव जातिको
बुन्दै छु प्रीतिको रुमाल समुद्रपारिको साथीको ।
नेपाली नायकको तर्फबाट भनिएको बनाए पनि लेखेको त यो गीत अमेरिका बस्ने आप्रवासी गीतकारले लेखेको हो । आखिर लाल गोपाल सुवेदीका भरखर प्रकाशित ६ वटा कृति अमेरिकन नेपाली साहित्यको सम्पत्ति हो । आप्रवासी कवि गीतकार लाल गोपाल सुवेदीको गीत ‘चवालीस’ मा युवाशक्ति परदेशी बन्नाले नेपालको एकाकीपन कस्तो भएको छ । त्यो चिन्ता प्रवासीमा भएको कुरा यो गीतले देखाएको छ ।
कुनै आमा शंख फुक्छन् कुनै बुर्की छर्छन्
कुनै छोरा साउदीतिर कुनै मलेसियामा
दागबत्ती दिन्छन् आमा लास पोल्छन् आमा ।
यो नेपालको दयनीय अवस्था छ । कामको अभावमा परदेशतिर युवाशक्तिको पैह्रो लागेको छ । बुढाबुढी बा आमाको विजोग छ । यस्तो कारुणिक अवस्था छ । यो अनुभूति डायस्पोरामा बसेका एक गीतकारको हो । नेपालमा बस्ने यो पिढीका आमाहरुको के हालत होला । त्यसको चिन्ता बोकेको गीत हो । त्यति हैन परदेशी गीतकार आफ्नो गीत यसमा नेपाल आमाको वीभत्स आर्थिक मानसिक अवस्थाको चित्रण यसरी गरेको छ ।
साउदीबाट चिल्ला गाडीले बन्द बाकस ल्यायो
बन्द बाकस खोली हेर्दा सबैलाई रुवायो
चर्को व्याजमा रिन काडी गएको थियो छोरो
श्वास फुस्की उतै गयो यता आयो मोरो ।
हो, नेपाली डायस्पोरा अनेक छ । अमेरिकामा बस्ने नेपाली र अरबमा बस्ने नेपालीको फरक फरक विशेषता र बिम्ब हुन सक्छन् तर जति अनेकता भए पनि नेपालीकै समस्या हो । त्यसैले त यो गीत साउदीतिरका युवक र उनका बा आमालाई सबैतिर साधारणीकरण गरी लेखिएको छ । त्यस्ता लाश अमेरिकाबाट पनि जान्छन् तर अपेक्षाकृत यताका नेपाली यतैको नागरिक बनेर बस्ने बाबु आमा यता ल्याएर राख्ने परिवेश भएकोले नेपाल खाली होला तर बा आमालाई अमेरिका आएकोले दुःख दिन्न तर अरबमा नेपालीलाई बस्नै न दिने भएकोले ढिलो चाँडो मरे जिउँदो नेपालमा नै बा आमाले पर्खेर बसेका हुन्छन् । त्यस परिवेशको चित्रण यो गीतले गरेको छ । त्यो परिवेशको मनो सामाजिक अनुभूति गीतकारले यसमा पोखेका छन् । यस्तै गीत ‘छयालीस’ को एक उदाहरण ः
बटुवालाई भन्दा नि बाटैलाई बढी हतार
बाटाले लान्छ साउदी बाटाले लान्छ कतार
यो बाटो जाने जो पनि जीवन गए नि घर्केर
कसले पो लायो हो मोहनी आएन कोही फर्केर ।
अमेरिका बसे पनि नेपालको बाट कतार र साउदी जानेको चिन्ता यी गीतकारमा देखिन्छ ।
पूmलका दुःख— ‘पूmलका दुःख’ लाल गोपाल सुवेदीको आधुनिक गीत संग्रह हो । यसको प्रकाशन रत्नपुस्तक भण्डारले २०७२ मा गरेको हो । लाल गोपाल सुवेदी आफ्नो भनाइमा लेख्छन् “नेपाल गीतैगीतको देश हो ।” हाम्रो ग्रामीण समाजको मन भुलाउने प्रमुख माध्यम पनि गीत नै हो । यद्यपि यो लोकगीत हैन तथापि गीतहरुको मूल त लोक गीत नै हो । लोकगीत गायकहरुलाई आधुनिक गीत पनि आस्वाध नै हुन्छ । त्यसैले यी गीतकारले गाउँलाई स्रोत मान्दै यो आधुनिक गीत सङ्ग्रह प्रकाशन गरेका छन् ।
‘पूmलका दुःख’ को गीत ‘तीन’ परदेश गएको छोरो दौलत लिएर आउला भनेको उसको त बन्दी खाम आयो भन्ने अन्तर्वस्तु भएको यो गीत अत्यन्त मार्मिक छ ।
गर्दे छ कि कोही सच्चा प्रेमको बद्नाम
माछा तान्न बल्छी बनाई पठायो कि दाम
भन्दै छ कि बगैंचामा गरौं धुमधाम
पठाउनेको नाम विना आयो बन्दी खाम ।

गीतकार गीत र कविता विनाको जीवन अर्थहीन ठान्छन् ः
गीतविनाको के जीवन ? कविताविनाको के जीवन ?
एकै थोपा नै नहोस् किन आँसु विनाको के जीवन ?
जीवनको गोरेटोमा ईष्र्या र डाह गर्ने व्यक्ति खोज्न टाढा जानु पर्दैन सहयात्री नै छाला काड्न तयार हुन्छन् । गीत ‘एघार’ मा उनी यसरी भन्छन् ः
आज मेरा दमाली छन् जे गरे नि खिन्न
करेसामा यौटा पूmल फुुले पनि खिन्न
आँगनीमा घामका किरण झुले पनि खिन्न
मेरै गीतमा मेरै गला खुले पनि खिन्न ।
यो गीत सङ्ग्रह बढी जीवन–चिन्तनकै बारेमा लेखिएको छ । अर्को गीत ‘पन्ध्र’ मा जीवनको धर्म, दर्शन र मानव संस्कृति र इतिहासको विहङ्गम अवलोकन गरिएको छ र आलोचनात्मक प्रश्न पनि उठाइएको छ ः
छली कथा सुन्नु पर्ने देवताका पनि
हिंडेका छन् विष्णुहरु जालन्धर बनी
कृष्णका नि कुनै बेग्लै सोह्र हजार गोपिनी
न छुट्टिने पाप–धर्म कस्तो मोहिनी ?
जीवनमा धेरैलाई धेरै प्रकारको विसङ्गतिको अनुभव हुन्छ । त्यसलाई यो गीत ‘सत्र’ गीतले उजागर गरेको छ ः
जेलाई मैले अमृत भने त्यही बिष भइदियो
जहाँ हितको गीत गाएँ त्यही ईख पैmलिदियो
बुटी लाउँदा पनि व्यथा अभैm यहाँ बढिदिन्छ
तिर्खाएर पानी खोज्दा मूल यहाँ सुकिदिन्छ ।
जीवन जगतमा मान्छेको खरिद बिक्री भैरहेको र मानवीयता किनारीकृत भएको कुरा यो ‘नब्बे’ गीतले पुष्टी गर्दछ । यौटा उदाहरण ः
बाँधिएका पशु जस्तै, मान्छे हेपिए
हेर यहाँ मान्छेबाटै मान्छे बेचिए
दर भाउ मोल तोल हेर कस्तो छ ?
महँगा छन् वस्तुहरु मान्छे सस्तो छ ।
त्यसमा पनि परदेशी जीवन कति पीडादायी देखिन्छ भने गीत ‘सात’ मा घर बिर्सिएको परदेशी एक नमुना उपमा बिम्ब बन्न जान्छ । पीडा कति छन् कति रावण र कंसमा बिम्बमा आजको मान्छेले भोगेको पीडाको अभिव्यक्ति दिइएको छ ।
बिम्ब– गीत ‘तेह्र’ पानी निदाउन हुन्न भन्छ हाम्रो आत्मा, नदीलाई राखिदेऊ कलाकारको हातमा । जीवनलाई पानीको बिम्बमा प्रयोग गरेका छन् ।
उपमा बिम्ब– गीत ‘उनान्चास’ मा गाउँलेको जिन्दगी कस्तो छ त्यसको उपमा न घुमेको घट्टसित तुलना गरी दिएका छन् जस्तै ः
गाग्री बिना पँधेरीमा निधाए भैmं पानी
न घुमेको घट्ट जस्तो गाउँले जिन्दगानी ।
गीतकार कवि लालगोपाल सुवेदी जुन सुकै कृतिको परीक्षण गरे पनि उपमा बिम्ब र पौराणिक बिम्बका धनी छन् र अमेरिकाली नेपाली भएर पनि उनले नेपाल भित्र बाहिर जताततै बसेर लेख्न सकेका छन् ।
गरिमा, मधुपर्क, गोरखापत्र, कान्तिपुर, मुना र अनलाइन पत्रपत्रिकामा गद्य कविता, गीत बालकविता, समीक्षा र निवन्ध प्रकाशित हुँदै आएका छन् । ऐलेसम्म प्रकाशित भएका पूmलको देशमा, अग्नि–आतङ्क, ‘छायालाई माया नगर्नुस्’, ‘सबाल्टर्न पात’, ‘पानी, योगमाया र इन्द्रेणी’, ‘भूगोल भन्दा माथि’, र ‘पूmलका दुःख’ यी कृतिले उनको कवि व्यत्तित्वलाई उत्तर अमेरिकाली नेपाली डायस्पोराका शीर्षस्थ कविहरुमा स्थापित गरेका छन् भन्न सकिन्छ ।

वुडब्रिज, भर्जिनिया

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु