झाँक्री खोलेको ‘वाम निर्माता – प्रश्रित’मा पस्ता

- पुण्य खरेल

पाँचथर जिल्लाको मौवाडाँडा गाबिसमा वि.सं.२०१० असोजमा बुबा मोहनलाल र आमा मनोरमा अधिकारीका सुपुत्रका रूपमा जन्मिएका यादवप्रसाद अधिकारी साहित्यिक जगतमा ‘झाँक्री खोले’ उपनामले चिनिन्छन् । चारखोलाको लहर (कविता संग्रह), ब्यौली ढुङ्गामुन्तिर (खण्डकाव्य), बिछोड (खण्डकाव्य), भूमिगत (खण्डकाव्य) र कथाभित्रको व्यथा (कथा संग्रह) प्रकाशित गरिसकेका यी जौडे कविको पछिल्लो खण्डकाव्य ‘वाम निर्माता – प्रश्रित’ नामक कृति मेरो हातमा छ । नेपाली कम्नीस्ट आन्दोलनमा एक महत्त्वपूर्ण स्तम्भ मानिने तथा नेपाली प्रगतिवादी साहित्यका गोर्की अर्थात् लुस्यून मानिने मोदनाथ प्रश्रितको परिचयमा केन्द्रित भई लेखिएको यो खण्डकाव्य कविको छैटौं कृति हो ।
छन्दमा कविता खुइँक्याउन सहज मान्ने कवि झाँव्रmी खोले एक सहज कवि हुन् । इलाम जिल्लाको गाउँक्षेत्रमा शिक्षण पेसामा संलग्न उनी प्रकाशन र प्रचारबाट टाढा छन् । प्रगतिवादी चेतबाट आफूलाई समृद्ध पार्दै शोषित पीडित र सिमान्तकृतहरूका जीवनका अप्ठेरा वारे यथार्थ कारण पहिल्याउँदै तिनका निराकरणका सुत्र देखाउन कलम चलाउँदै आएका उनले यही कृतिका केन्द्रीय व्यक्तिनक्षत्र प्रश्रितलाई नै विषयवस्तु बनाउन पुगेका छन् ।
नेपालको कम्नीस्ट जगतको चेतनामा मोदनाथ प्रश्रितको योगदान अतिशयोक्तिहीन छ भन्नुपर्छ । प्रश्रित स्वयं सङ्गठक र नेता पनि हुन्, प्रगतिवादी अभियन्ता पनि हुन्, महाकवि पनि हुन्, चिन्तक र लेखक पनि हुन् । तमाम जनतालाई वैज्ञानिक चेतनाले जागृत गराउनका लागि प्रश्रितद्वारा सरल नेपाली भाषामा लेखिएका ‘देवासुर सङ्ग्राम’ जस्ता काव्य, ‘जीवाणुदेखि मानवसम्म’ जस्ता मानव सभ्यताको विकासव्रmम देखाउने पुस्तक, ‘नारी बन्धन र मुक्ति’ जस्ता, ‘आस्था र प्रथा एक विवेचना’ जस्ता पुस्तकहरू, उनका संस्मरणात्मक पुस्तकहरू चेतना निर्मांणनिम्ति अत्यन्त महत्त्वपूर्ण पुस्तक हुन् । यस्तैयस्ता पचास भन्दा बढी पुस्तकका लेखक प्रश्रितलाई केन्द्र बनाएर लेखिएको यो पुस्तकको उद्देश्य प्रशंसनीय रहेको छ ।
प्रश्रितका अनगन्ती कृति छन्, ती सब एकसेएक महत्त्वपूर्ण छन् भन्नेकुरा बताउन कवि यस कृतिका कवितामा लेख्छन्–
कृति नै कृति छन् यिनका सिपका
मन जग्मग पार्छ जतै दिपिका
लिपि वाङमय प्रश्रित छन् अहिले
वहुविध्य कला कृति स्रोत खुले ।।
पृष्ठ – १०
पाठकलाई पढ्न सारै मिठो लाग्ने, भानुभक्तको ‘कान्तिपुरी नगरी’को ‘चपला अबलाहरू एक सुरमा’ जस्तो तोटक छन्दमा सहजै कविता गर्ने झाँव्रmी खोलेले यस कृतिलाई पनि तोटक, इन्द्रबज्रा र उपजाति जस्ता छन्द छानेर उपयोग गरेका छन् ।
कवितामा विचारको कुरा त मूलभूत हुँदै हो । विचार नभएको कविता त रङहीन र वासनाहीन फुल जस्तै हो । फुलको विशेषता भनेकै त्यसको रङ र वासना हो । त्यै नहुँदा त त्यो पतकर मात्र हुन्छ । कवितामा दोस्रो कुरा चाहिँ त्यसको कला हो । ‘कला’ कवितामा विविध प्रकारले अन्तरनिहीत हुन्छ । शब्द चयनबाट, छन्दबाट, अनुप्रासबाट, लयबाट, उपमा आदिबाट, प्रतीकात्मकता, व्यङ्ग्यात्मकता आदिबाट । कहिलेकाहीँ कविता त्यस्सै पढौं पढौं हुने हुन्छ । झाँव्रmी खोले पनि कवितालाई त्यसरी कलायुक्त पार्न खप्पिस छन् । दुई वटा उदाहरण–
रङ फुल्दछ फूल सुवास दिने
रङ फुल्दछ फूल उचाइ दिने
रङ फुल्दछ फूल त्रिलोक छुने
परिवर्तित फुले पियुष हुने ।।
पृष्ठ – १२
आँखा धुने हो फल लालगेडी
जोख्ने तराजु तल लालगेडी
आधार खोज्दा धन लालगेडी
सानो छ दानो मन लालगेडी ।।
पृष्ठ – २४
यसरी कवितालाई पढौं पढौं पारेर सारयुक्त कविता लेख्न सफल यी झाँव्रmी खोले मोदनाथ प्रश्रितका सृजनाको सेरोफेरोलाई यस कृतिमा अभिव्यक्त गर्न प्रयत्न गर्छन् । म दुई वटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु–
ढल्दैन भूकम्पविना पुरानो
धोद्रो मुढो जीर्ण भयो बिरानो ।
गर्लम्म ढाल्ने मनको प्रतिज्ञा
भूकम्प जाऔं जन सर्वविज्ञ ।।
पृष्ठ – २३
देखेर लेख्ने अपवाद होलान्
हेरेर सार्ने सब विज्ञ रोलान्
उन्मुक्ति देख्ने अपवाद यी हुन्
जडसूत्र फेरी नव सुत्र लेख्छन् ।
पृष्ठ – २६
कार्लमाक्र्सले कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्तै गर्दा, द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रवर्तन गर्दै गर्दा भनेका थिए– ‘आजभन्दा पहिलेका दार्शनिकहरूले हाम्रो समाजको वारे यस्तो वा उस्तो भनेर व्याख्या मात्र गरे तर मूल कुरा त यसलाई बदल्नु थियो’ भनेर । त्यही कुरालाई कविले यहाँ प्रश्रितको लेखाइको जिम्मेवारी देखाउँदै लेखेको प्रष्टिन्छ ।
जब कुनै लेखक समाजका लागि बाँच्छ, अझ दासत्वमा जकडिएर रहेको समाजलाई त्यस दासत्वको जुवाबाट मुक्त गर्नका लागि आफ्नो सम्पूर्ण जीवन नै समर्पित गरेर लाग्छ भने, लेख्छ भने ऊ शारीरिक रूपमा मरेर पनि मर्दैन, ऊ एकलो पनि हुँदैन । यस्ता लेखकहरू बिना गाथ गादी पनि सुखी हुन्छन्, बिना सम्पत्ति पनि बैभवमा हुन्छन् भनेर मोदनाथको नामै लिएर ‘स्वदेशे पूज्यते राजा विद्वान सर्व पूज्यते’को पुष्टि गर्दै कवि लेख्छन्–
बाँच्छन् यसैले दृढ मोदनाथ
नेपालका बान्धव एक साथ
चाहिन्न दर्बार र गद्दी गाथ
विद्वानको वैभव हुन्छ माथ ।।
पृष्ठ – २६
मोदनाथ प्रश्रितको साङ्गठनिक कुशलतालाई प्रष्ट पार्ने सिलोक छ यो –
टुव्रmा र टाव्रmी घटका मिलाई
पाटे बनेका हल–वाम लाई
नारेर बारी जब जोत्न थाले
नेपाल वामे–जनव्रmान्ति पाले ।
पृष्ठ – १९
मलाई यस सिलोकले नेपालको कम्नीस्ट आन्दोलनको इतिहासमा झापाली विद्रोहपछि कोअर्डिनेशन केन्द्रको स्थापना भई नेपालमा छरिएर रहेका टुव्रmाटाव्रmी वाम सङ्गठनहरूका बिचमा एकता गरीकन नेकपा (माले) नामको एकतावद्ध पार्टी निर्माणको काम र त्यसमा प्रश्रितको योगदान व्यक्तिएको वोध हुन्छ ।
‘ज्युँदो म सर्बहारा’ जस्ता कविता जेलको भित्तामा लेखीराखेर ‘के रोक्न सक्छ फुच्चे पर्खालले मलाई ?’ भन्दै जेलबाट फुत्किएर जनमुक्तिमा लाग्ने एउटा अजेय योद्धा मोदनाथ प्रश्रितको नेपाली व्रmान्तिमा योगदानको कुरा गर्दा, ‘गोलघरको सन्देश’ जस्ता कविता पढ्दा त ‘झाँव्रmी खोले’को यो खण्डकाव्य प्रश्रितको व्यक्तित्व देखाउन सूर्यलाई बत्ती देखाए जस्तो मात्र भएको बोध हुन्छ । तैपनि साङ्केतिक रूपमा कविले लेखेका छन्–
हुन् मोदनाथेन्दु निशा विकारी
हुन् भूत इन्दु भ्रम छेदकारी ।।
हुन् वामपन्थी श्रम शिल्पकारी
साम्राज्यद्रोही मतका पुजारी ।।
पृष्ठ – १६
प्रश्रित महान लेखक हुन्, अनेकौं कृतिका कृतिकार हुन् भन्ने जनाउन पनि कवि पछि परेका छैनन्–
पाइन्न जोडा बहु ग्रन्थकारी ।।५०।।
पर्चा चखेटा र कथा कहानी
जात्रा–नियात्रा र निबन्ध–खानी
नाट्यांश काव्येन्दु महारथीका
आलेख विश्लेषण भाष्य–टीका ।।५१।।
पृष्ठ – १७
प्रश्रितको बहुआयामिक व्यक्तित्व देखाउन कोसिस गरेको छ यस कृतिले तर पनि यो पर्याप्त रूपमा देखाउन सफल भएन । महाकवि डा.मोदनाथ प्रश्रितको व्यक्तित्व एउटा सानो खण्डकाव्यमा समेटिन सकिने किसिमकै छैन । उनी आजका अन्य नेपाली व्यक्तित्वहरूमा अतुलनीय छन् । उनको बहुमुखी व्यक्तित्वका पाटा, हरेक पाटामा प्रेरणादायी कुराहरू देख्ता उनी साँच्चैका अतुलनीय लाग्छन् । मलाई यी शब्दहरू लेख्तै गर्दा प्रश्रितको बढाइँ गरेको बोध कदाचित हुँदैन । जीवनमा उनले अवलम्बन गरेको शैली देख्ता म त आश्चर्यले जिब्रो टोक्न पुग्छु । त्यो उचाइ प्राप्त गरेर पनि उनमा भएको सरलता, खुल्लाहृदयीपन र जे काम देखेपनि त्यो गर्न तत्परता नै उनलाई आज त्यहाँ पुर्याउने गुण हुन् र ती उदाहरणीय छन् । यस खण्डकाव्यले यी कुरापटि दृष्टिदिन भ्याएको छैन जस्तो लाग्छ ।
उनको आयुर्वेदिक उपचारको ज्ञानको सङ्केत दिइएको छ, तर प्रष्ट हुन सकेको छैन । बरु उनको कलाकार व्यक्तित्वको भने झल्को नै आएन । मदन पुरस्कार प्राप्त उनको महाकाव्य ‘मानव’को आवरण चित्रका अतिरिक्त भित्र बिभिन्न सर्गमा कथावस्तुसँग मिल्दाजुल्दा दर्जनौं चित्रहरू छन्, ती प्रश्रित स्वयंका कला हुन् । प्रश्रित स्वयम् आफैं नाटक लेख्तै, आफैं अभिनय पनि गर्ने कुशल अभिनय गर्ने कलाकार पनि हुन् । आफ्ना आवश्यकताका फर्निचर आफै बनाउन सक्ने सिकर्मी पनि हुन्, आफूले लाउने लुगा आफैं सिलाउने सुचिकार पनि हुन् । अर्थात् नेपालमा बाँचेका साहित्यकारमध्ये एक अतुलनीय साहित्यकार हुन् । खगेन्द्र सङ्ग्रौला जस्तो गाली महात्म्य उनले रोजेनन्, अन्यथा उनको कलममा त्यो घातक, त्यो मारक शक्ति नभएको होइन । तर उनले कलमको त्यो शक्ति जतासुकै दुरूपयोग गरेनन्, निरङ्कुश सामन्ती राज्यव्यवस्था विरुद्ध मात्र प्रहार गरिरहे ।
जे होस् ! एक जना महान् स्रष्टाको परिधिलाई यस कृतिले बिषय बनाएकोमा प्रशंसा गर्दछु । खण्ड काव्य सुद्ध र सरल नेपाली शब्दका थुँगाहरूबाट गुथिएको सुन्दर माला बनेको छ । छन्दमा लेख्नु त्यो पनि सरल र नेपाली शब्द मात्रमा आधारित भई लेख्नु लर्तरा कविको वशको कुरा होइन । कति कविले अड्को पड्को तेलको धूप भने झैं छन्द कवितामा संस्कृतका, फारसी या उर्दूका शब्द सुइत्त घुसाउँछन्, तर यो काव्य निक्कै त्यस दोषबाट टाढा नै छ ।
२८ पातोमा छापिएको माइलस्टोन प्रकाशन तथा प्रसारण लि.द्वारा छापिएको मूल्य रु ३५÷– राखिएको यो खण्डकाव्य पढेर केही बुझौं र केही आनन्द लिऔं ।
अन्तमा झाँव्रmी खोलेको कलम निरन्तर खुइँकी रहोस् ! र उनका नयाँ नयाँ काव्यको रस पिउने अवसर हामीलाई प्राप्त भैरहोस् !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 23 पौष, 2072

लेखकका अन्य रचनाहरु