२४ घण्टाको इस्तानाबुल

- श्रीओम श्रेष्ठ रोदन

लुभेनको पेरिस स्टा«टको घर नम्बर १६ बाट हामी आ–आफ्नो सामान ओराल्दै थियौँ । लिफ्ट बिग्रिएकोले साँगुरो भ¥याङबाट सुटकेशहरु लैजान सजिलो थिएन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमका अध्यक्ष दीपेन्द्र के.सी.परिवारसहित बस्नुभएको घरको ठेगाना हो यो । उहाँको घरमा सरुभक्त दाइ र म बसेका थियौँ । आज हामी नेपाल फर्किंदै थियौँ । साथीहरु रमेश अधिकारी र शेखर अधिकारी पनि यहीं आइपुग्नु भएको छ ।
बेल्जियमको लुभेनमा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन र अन्य राष्ट्रहरुको भ्रमण सकाएर हामी फर्कँदै छौँ आज २७ अगष्टको दिन ।
बिहानदेखि एकनासको सिमसिमे पानी परिरहेको छ । दीपेन्द्रजीको गाडीले मात्र नपुग्ने भएकोले खड्कजी पनि आउनु भएको छ हामीलाई पु¥याउन । एयरपोर्ट पुग्दासम्म पनि पानी परि नै रहेको थियो । एलवी सर र इन्द्र विकल्प पनि आइपुुग्नुु भएपछि हामी फर्कने यात्राका लागि तयार भएका थियांैं ।
टर्किस एयरको हवाइजहाजभित्र पसिसक्दा दिनको तीन पनि बजेको थिएन । झ्यालसँगैको सिटबाट ब्रसेल्सको विमानस्थलाई देखेजति हेरेपछि मैले ओर्लने र उड्ने समय सम्झिएँ । यो जहाजले टर्कीको स्थानीय समयअनुसार इस्तानाबुल विमानस्थलमा पौने सात बजे ओराल्ने छ । त्यसको एक घण्टामा टर्किस एयरकै अर्को जहाज चढ्नुपर्ने र त्यसले भोलि बिहान हामीलाई हाम्रो देशको विमानस्थलमा पु¥याउने छ । त्यसपछि दुई हप्ताअघि छोडेको देश भेटिने छ । कोटको खल्तीमा भएको आइटनरी झिकेर हेर्छु र निश्चित हुन्छु ।
घरपरिवार भेटिने छ । देशमा भइरहेको संविधान निर्माण प्रकृयाको साक्षी भइने छ । तराईमा भइरहेको मधेसी आन्दोलन बुझिनेछ । प्रत्येक दिनका घटना र दुर्घटनाले पलपल छोइरहेको थिएँ म । देश र घर पुुग्ने तिथिमिति मात्र सम्झँदा पनि एक प्रकारको सुखद् अनुुभूूति र उर्जा प्रवाह हुुन्छ ।
जहाजभित्र बसेको धेरै बेर भइसकेको थियो । उड्नलाई गुड्न पनि शुरु भएको थिएन । गर्मी हपहपी भइरहेको थियो । कतिखेर जहाज उड्ला र एसी खुल्ला भन्ने लागिरहेको थियो । त्यही बेला जहाजभित्र उद्घोषण भयो – इस्तानाबुल विमानस्थलमा ट्राफिक जाम भएकोले हाम्रो उडान विलम्ब भइरहेको छ । सम्भवत हामी अर्को १५ मिनेटभित्रमा उडान गर्नेछौँ । धैर्यताको लागि धन्यवाद ।
इस्तानाबुलमा हाम्रो ट्रान्जिटको समय जम्मा एक घण्टाको थियो । त्यसैले तोकिएको समयमा उडेर तोकिएको समयमा अवतरण गर्दा पनि हामीलाई दौडादौड नै हुन्थ्यो । यो ढिलाईले कतै हामीलाई अप्ठेरो हुने त हैन ? मनमा कताकता डर लाग्न शुरु भइसकेको थियो ।
ब्रसेल्सबाट जहाज उड्दा आधा घण्टा ढिलो भएको थियो । त्यसको अर्थ उता पुगेर अर्को जहाज चढ्ने समय आधा घण्टा मात्र बाँकी भयो । जे भएपनि के गर्नु ? जति चिन्ता गरे पनि हुने केही होइन । जे होला होला ।
जहाज उडेको साढे तीन घण्टापछि जहाजको मनिटरमा अवतरणको लागि ६ मिनेट बाँकी भएको देखायो तर समुद्रको किनारमा भएको इस्तानाबुल विमानस्थल नजिक पुगेर जहाज फेरि फर्कायो र मनिटरमा २१ मिनेट बाँकी भएको देखायो । त्यसपछि जहाज समुद्रमाथि घुमिरहन थाल्यो ।
जहाजको झ्यालबाट सूर्य देखिएको थियो । केही समयमा चन्द्रमा देखिन थाल्यो । सँगै बस्नुभएका पत्रकार शेखरजीले सूर्य र चन्द्रको फोटो खिचेको देखाउनु भयो । समुद्रमाथि जहाज घुमिरहनुको कारण सायद एयरपोर्टमा ठाउँ नपाएरै हुनसक्छ फेरि । समुद्रमा साना ठूला जहाजहरु बत्ती बालेर अगाडि बढिरहेको देखिएका छन् । समुद्र नजिकैको शहरमा झिलिमिली बलेका बत्तीहरु देखिएका छन् ।
अब हामीलाई काठमाडौं पु¥याउने जहाज छुट्ने पक्का भएको थियो । मैले साथीहरुलाई भनें पनि , अब हाम्रो यो जहाज नओर्लिँदै हामीलाई काठमाडौं लैजाने जहाज उडिसक्ने भयो ।
जहाज छुटेपछि यसलाई समस्याको रुपमाभन्दा अवसरको रुपमा लिनुपर्छ भन्ने लागेको थियो मलाई । किनभने आउने बेलामा कसैले भनेको थियो – टर्किस एयरले सात घण्टाभन्दा बढीको ट्रान्जिट पेसेन्जरलाई सिटी टुर गराउने व्यवस्था गरेको छ । हामी त पूरै २४ घण्टाको ट्रान्जिटमा पर्नेछौँ । भनेपछि सुविधा सम्पन्न होटलको बास, भोजन र भ्रमण समेत गर्न पाउने छौँ होला हामीले । जहाज ढिलो उडेर ढिलो पुग्दा हामीलाई त चिठ्ठै पो पर्ने भयो कि क्या हो । इस्तानाबुल शहर पनि घुम्न लेखेको रहेछ यही यात्रामा । म मनमनै रमाइलो हिसाबकिताब गर्न थालिसकेको थिएँ ।
स्थानीय समयअनुसार सात बजेर पैंतीस मिनेट जाँदा इस्तानाबुलमा हाम्रो विमान अवतरण भयो । ठ्याक्कै काठमाडौं उड्ने समयमा । तै तै काठमाडौं जाने जहाज पनि ढिलो भएको पो छ कि ? फ्लाइट ढिलो भएको छ भने भेटिहाल्छौं कि ? अलिअलि आशा पनि बाँकी थियो हामी सबैको ।
ब्रसेल्समै काठमाडौकों बोर्डिङ पास दिइएको थियो । तर त्यसमा जहाज चढ्ने गेट नम्बर राखिएको थिएन । त्यसैले जहाजबाट निस्कनासाथ गेट नम्बर खोज्नतिर लाग्छौं । तर डिस्प्ले बोर्डमा काठमाडौं उडान नम्बर र गेट नम्बर देखिएन । हामी सरासर ट्रान्जिट पेसेन्जरहरु निस्कने ढोकाबाट निस्कियौं ।
नजिकै एउटी सुन्दरी कर्मचारी मेचमा बसिरहेको थिइन् । एलवी सरले उनैलाई सोध्नुभयो ।
‘म सहयोग गर्न सक्दिन ।’ युवतीले ठाडै भनिन ।
‘हामी एकदम समस्यामा छौं त्यही भएर....’ एलवी सरले विनम्रतापूर्वक अनुरोध गर्नखोज्नु भयो ।
‘के मैले भनेको तपाईँले बुझ्नु भएन । तपाईँ इङ्गलिस बुझ्नु हुन्न ?’
युवतीले झन् कड्केर उल्टै प्रश्न गरिन् । यस्तो आपत प¥यो भनेर अनुरोध गर्दा पनि कति क्रूर बन्न सकेकी होली मोरी । उनको सुन्दर अनुहार एकैछिनमा भद्दा लाग्न थाल्यो मलाई ।
हामी विमानस्थलको मूलबाटोमा आइपुगेका थियौं । यहाँ त झन् कसैलाई फुर्सद छैन । सबैको हतारो । कसैलाई कसैको मतलब छैन । सबैजना आ–आफ्नो जहाज भेट्नका लागि हतार हतार अगाडि बढिरहेका छन् । कसैसँग सोध्ने कुरै छैन । त्यही बेला कुनै एयरलाइन्सको पाइलट र एयरहोस्टेजहरु आइरहेका थिए । उनीहरुलाई पनि एलवी सरले सहयोगको लागि याचना गर्नुभयो । तर उनीहरुले पनि हामी हतारमा छौं प्लिज भन्दै अगाडि बढे ।
हामी सबैको मनमा नदेखिएको ठूलो त्रास थियो त्यसैले हामीलाई निकै हतारो थियो । तर के गर्नु कसैलाई फुर्सद छैन र मतलब पनि छैन ।
मलाई अचम्म लागिरहेको थियो यत्रो अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था देखेर । इस्तानाबुल त झन् व्यस्त ट्रान्जिट विमानस्थल पनि हो । यस्तो अशिष्ट व्यवहार, असहयोगी भावना देखेर छक्क परेको छु म ।
हामी यताउति गर्दै बुझ्न खोजिरहेका थियौं । यसरी सबै जनाले किन दुख पाइरहनु भनेर मैले त्यहीं भएको कुर्सीमा सबै जनालाई बस्न भनेर एलवी सर र म बुझ्नतिर लाग्यौं । केही अगाडि एक जना गोरा सानो दुईसिटे गाडीमा बसिरहेको थियो । यसले पनि भन्ने हो कि नभन्ने हो भन्दै हाम्रो समस्याको बारेमा सरले बताउनु भयो । धन्य, योचाहिँ भलाद्मी रहेछ क्यारे, ट्रान्जिट पेसेन्जर ट्रान्सफर हुनेतिर देखाइदियो । हामी केही परसम्म गयौं । पुग्ने ठाउँ पक्का भएपछि सबै जनालाई बोलाउने गयौं । संकेत चिन्ह हेर्दै लिफ्टबाट एकतला मुनिको ठाउँमा पुग्यौं । फेरि एक जनाले माथिल्लो तल्लामा नै जानुपर्ने बतायो । उसले भनेको थियो, त्यहींबाट तपाईँहरुलाई होटल जान पनि सजिलो हुनेछ ।
माथिल्लो तल्ला जहाज चढ्नलाई जाने ठाउँ भएकोले आफ्नो र सामानको सुरक्षा जाँच गरेर मात्र निस्कनु पथ्र्यो । जााँचको लागि हामीले प्लाष्टिकका बास्केटमा घडी, मोबाइल, पर्स, पेटी र हातेझोला स्क्यान गराएपछि मेटल डिटेक्टर ढोकाबाट बाहिर निस्कियौें ।
यस पटक भने एक जना हेर्दै भलादमी देखिने गोराले स्पष्टसँग भन्यो, त्यहाँबाट तल जानुुुस् त्यहाँ पुगेपछि दायाँतिर एयरलाइन्सको काउन्टर आउँछ । त्यहाँ गएर पहिला बोर्डिङ पास परिवर्तन गर्नुस् । त्यसपछि एयरलाइन्सले जे भन्छ त्यही गनुहोला ।
टर्किस एयरलाइन्सको काउन्टरमा भीड थियो । हाम्रो पालो आएपछि हामीले हाम्रो समस्या बतायौं । काउन्टरवालीले छुटेका प्लेनको बोर्डिङ पास लिइन् र अर्को दिइन्, बोर्डिङ पास २४ घण्टापछिको थियो । अरु केही बोल्न चाहिनन् । जहाज हाम्रो गल्तीले छुटेको होइन त्यसैले हामीले खाने बस्ने सुविधा पाउनुपर्ने माग राख्यौं । काउन्टरवालीले राम्रो अंग्रेजी बोलिरहेकी थिइनन् । उनले हाम्र्रो कुरा पनि राम्रोसँग बुझिनन् । उनले आपूmभन्दा ठूलो हाकिमसँग कुरा गर्न भनिन् । हामी कसैलाई पनि उनीहरुले गरिरहेको व्यवहार चित्त बुझिरहेको थिएन । त्यसैलै दोहराएर फेरि त्यही कुरा राख्यौं । त्यसपछि बल्ल उनले स्पष्ट जवाफ दियो ।
‘हाम्रो होटल सुविधा लिने हो भने तपाईँहरुले इ भिसा लिनुपर्छ । ’
नजिकै भएको कम्प्युटरहरुतिर देखाउँदै उनले फेरि भने ‘ त्यहाँ पासपोर्ट स्क्यान गरेर क्रेडिट कार्डबाट पेमेन्ट गर्नुपर्छ ।’
२४ घण्टाको भिसाको लागि ३५ डलर तिर्नु पर्दोरहेछ । तर हामीहरु मध्ये कसैसँग पनि क्रेडिट कार्ड थिएन । त्यसैले भिसा लिने कुरा सम्भव भएन ।
हामीलाई के पनि लाग्यो भने, यस्तो गैर जिम्मेवार एयरलाइन्सले दिने होटल सुविधा कस्तो होला ? होटल दिए पनि लैजाने र ल्याउने व्यवस्था गर्ला कि नगर्ला ? खानेकुरा देला कि नदेला ? कुनै भर भएन । बरु आजको रात दुखसुख गरेर भएपनि यतै काटौं भन्नेतिर लाग्यौं हामी सबै । यसको लागि हामीले फेरि पनि सुरक्षा जाँच गरेर निस्कनुु पथ्र्यो ।
ट्रान्जिट पेसेन्जरहरुको लागि पैसा तिरेर आाराम गर्ने व्यवस्था हुन्छ भन्ने सुनेको थिएँ । कतै पाइहालिन्छ कि भन्ने झिनो आशा लिएर बुझ्न गयौँ । सुविधा त रहेछ । प्रतिव्यक्ति ४० युुरो तिरेपछि खान र सुत्नसमेत पाइने । तर ठाउँ सबै सकिसकेको रहेछ । विमानस्थलभित्र एउटा होटल पनि रहेछ । त्यहाँ पनि गयौँ । डबल बेडको २६० युुरो लाग्ने । शेयर गर्ने त हो नि भनेर त्यो पनि आँट्यौँ । तर के गर्नु ? त्यहाँ पनि सबै कोठा भरिसकेका रहेछन् । कुनै विकल्प बाँकी थिएन अब हामीसंग ।
ठाउँठाउँमा हामीहरु जस्तै त होलान् भन्ने लाग्यो । कोही मेचमा बसेका छन् । कोही ल्यापटप चलाइरहेका छन् । कोही मोबाइल खेलाइरहेका छन् । यो विमानस्थलमा दुःख पाउने हामी मात्र होइनौं भन्ने स्पष्ट थियो । त्यसैले जहाँ जस्तो मिल्ला त्यस्तै गरौंला भनेर ठाउँ खोज्नतिर लाग्यौं । एक ठाउँमा केही खाली कुर्सीहरु भेटिए । सबै सामान एकै ठाउँमा राख्यौं र पालोपालो गरेर खानाको लागि रेष्टुरेन्टतिर लाग्यौँ ।
रातभरि फ्लाइट एनाउन्समेन्ट भइरह्यो । मान्छेहरुको ओहोरदोहोर चलिरह्यो । यस्तो मेला लागेकोजस्तो ठाउँमा मेचमा कसरी निदाउन सकिन्थ्यो ?
बिहान पाँच बजेतिर ब्यूूभंmे । सरुभक्त दाइ, एलवी सर, रमेशजी पल्टिरहनु भएको थियो । शेखरजी भने इन्द्रजीले घुरेको आवाजले वरपर हिँडिरहेकाहरु पनि हाँसे भन्दै हुनुहुन्थ्यो ।
जसोतसो रात त कट्यो । अभैm सिँगो दिन कटाउन बाँकी नै थियो । त्योभन्दा पनि आज बिहान काठमाडौं आइपुग्ने खबर परिवारलाई थाहा छ । यस्तो हरिविजोग भएको खबर कसैले कसैलाई पु¥याउन सकेका छेैनँँँँँँौँ । हामीलाई ल्याउने भनिएको जहाज समयमा नै काठमाडौं पुग्छ । तर हामी नहुँदा परिवारमा हुने तनावले चिन्तित थियौं ।
इन्द्रजी र मैले कफी पिएर फर्किदा त्यहाँ कोही पनि थिएनन् । साथीहरुले १५ युरो तिरेर वाइफाइ पाउनुभएछ । त्यसपछि सबैले आआफ्नो घरमा खबर पठायौं । एयरलाइन्सको कारणले हामीले त दुख पायौंपायौं, परिवारले पनि तनाव भोग्नुप¥यो अनाहकमा । त्यसैले हामीले फेसबुक मार्पmत पनि सार्वजनिक ग¥यौं ।

इस्तानाबुलको समयअनुसार साँझको पौने आठ बजेको जहाजमा बसेर उडेपछि मात्र ढुक्कको सास फेर्न पाएका थियौँ । २९ अगष्ट अर्थात् भदौ १२ गतेको बिहान सवा छ बजे त्रिभुवन विमानस्थलमा अवतरण ग¥यो जहाजले । काठमाडौं आइपुगेकोमा खुशी भइरहेका थियौं । तर हामी कसैको पनि सामान आइपुगेन छ । २४ घण्टाको दुःख बिर्सन नपाउँदै फेरि दुःखी बनायो यो एयरलाइन्सले ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 9 पौष, 2072

लेखकका अन्य रचनाहरु