कविता पौडेलको आमाहरू उपन्यास : युद्धविभीषिकाको अभिलेख

- प्रा. डा. कपिल लामिछाने

१. प्राक्कथन
नेपालको राजनीति, साहित्य र सामाजिक रूपान्तरणको इतिहासमा कविता पौडेल परिचित नाम हो । २००२ साल माघ ६ गते रयेले, पोखराथोक, अर्घाखा“चीमा आमा बुधकुमारी गौतम र बुवा दुर्गाप्रसाद गौतमकी सुपुत्री कविता पौडेलले १६ वर्षकी हुँदा साक्षर भई २९ वर्षको उमेरमा प्रवेशिका गर्नुभयो । ढिलो गरी अध्ययन र स्वाध्ययन गरेर पनि बालचीत्कार (२०६२), हीरा (२०६३) र आमाहरू (२०६६) जस्ता उपन्यासहरूबाट उनले नेपाली उपन्यासका फाँटमा आनो उपस्थिति दरो गरी दर्ज गरेकी छन् । प्रस्तुत सन्दर्भमा २०६६ सालमा तन्नेरी प्रकाशन, काठमाडौँबाट प्रकाशित उनको आमाहरू उपन्यासको अन्तर्वस्तु तथा रूपविन्यास केलाउँदै यसलाई नारीप्रधान नेपाली उपन्यासका लाममा राखेर हेरिएको छ ।
२. आमाहरू उपन्यासको अन्तर्वस्तु
आमाहरू उपन्यासको अन्तर्वस्तु द्वन्द्वको पीडा र व्यथा हो । अन्तर्वस्तु जान्न पहिले यसको कथावस्तु हेर्नुपर्ने हुन्छ । यसको कथावस्तु रुकुम जिल्लाको एउटा गाउँबाट सुरु भएको छ । उपन्यासले थालनीमै द्वन्द्वको सन्त्रासपूर्ण वातावरण देखाएको छ । तुलसीमाया सा“झको समयमा ६० वर्षको उमेरमा चार छोरा र चार छोरी भएर पनि एक्लै परेको थन्थनाउँदै दुखेका घुँडा मुसार्दै गरेका बेलामा तीनजना तन्नेरी केटा आएर भात पकाउन भन्छन् । तुलसीमाया आनाकानी गर्छिन् । यस्तैमा घा“सको भारी बोकेर कान्छी छोरी कमला आइपुग्छे । ऊ पनि बाहिरिया मान्छेका लागि भात पकाउने कुरा अस्वीकार गर्छे, जसले गर्दा तिनीहरूले कमलालाई घिच्याएर लग्छन् । तुलसीका पुलिसमा भएका जेठा र माहिला सोलेखुम्बु र साहिँला सल्यानको चौकी उडाउने दोहोरो भिडन्तमा परेर मरेका र कान्छा कमललाई माओवादीले लगेका थिए । कान्छी कमलाको आस थियो, त्यसलाई पनि माओवादीले अपहरण गरेर लगेकाले उनी घरमा एक्लै परिन् । जेठाजुको छोरो उमेश शिक्षक थियो । माओवादीको मागअनुसार पचास हजार चन्दा नदिएकाले घरनजिकै रूखमा बाँधेर काटेर हत्या गरेकाले गाउँभरि कोकोहलो मच्चियो । कमलाको चिठी विमलले पढेर तुलसीलाई सुनायो । कमलालाई माओवादीले अपहरण गरेर लगेपछि उसको सामूहिक बलात्कार गरेका र पुलिसले निर्धा व्यक्तिहरूलाई मार्ने गरेको, अब त्यहाँबाट भाग्न पनि नसक्ने भएको जस्ता त्रासद कुराहरू थाहा पाई अब कमला फर्कने आशा हराएको हुँदा देशमा अन्यत्र कहाँकहाँ केके भएको छ बुझ्न भनेर खण्डहरजस्तो सुनसान घर छाडेर हिँडिन् ।
तुलसी घर छाडेर सानाघरे बूढाकहाँ पुगिन् । माओवादी अभियोगमा छोरो झैमनेलाई पुलिसले घरैबाट लगेर गोली हानी हत्या गरेको थाहा पाइन् अनि माथि काउलेमा गइन् । त्यहाँ पुलिसमा भएका तीनै जना दाजुहरूलाई माओवादीले हत्या गरेकाले खैलाबैला र रुवाबासी भएको देखिन् । त्यसपछि भुल्केपानी खुमा बहिनीकहाँ गइन्, तर त्यहाँ पनि घरमा ताला लागेको थियो । त्यहीँ पेटीमा बसिन् । पछि माओवादी कार्यकर्ता आएर लम्कीधम्की गर्दै सुराकी भन्न थाले । जेठो बलेलाई आफूहरूले सुट गरेको जानकारी दिए । उनले आफ्नो स्थिति बताएपछि त्यो रात त्यही घरको पेटीमा बस्न सहमति दिए । त्यहीँ सुतेझैँ गरेर तिनले तिनीहरूका कुरा सुनिन् । भुल्केको प्रहरी चौकी हान्ने तयारी रहेछ । ख्वाउनू, लैजानू, नख्वाए नतिजा राम्रो हुँदैन, चुक्ली लाए साफ पार्नू यस्तै आदेश थिए । भोलिपल्ट यहाँको बूढाले हाम्रा रिपोर्ट सबै पुलिसलाई बुझाउने र हाम्रा साथीहरूलाई मराउने गरेकाले उसलाई सुट गरियो, अरू परिवारलाई पनि गाउँनिकाला गरियो भनेको सुनिन् र त्यहाँको अवस्था थाहा पाइन् । खुमा बहिनीको घरको यस्तो हालत देखे–सुनेर दुखी हुँदै उनी त्यहाँबाट तल गोटी भन्ने ठाउँमा पुगिन् । त्यहाँ दुई ‘भाइबैनी’ भेटिन् । बालाई मारेकाले आमा शोकले मरेकी र दुई दाजुलाई अपहरण गरेर लगेकाले एक्लै परेको, खान नपाएको बताए ।
राजुखोले कान्छा हमालको घर÷रुन्जतीको घर खोज्दै जाने क्रममा छेउकै जेठानीको घरमा पुगिन् । रुन्जतीको जेठानीसँग छोराछोरीबारे सोध्दा छ छोरीमुनि चार भाइ गरी दस सन्तान भएको, जेठो पुलिस इन्स्पेक्टर अरू सबै हवल्दार सोलुकाण्डको दोहोरो भिडन्तमा सबै मरेको, उता छोरीहरूमध्ये जेठी छोरीको छोरो (नाति) गोविन्द पाण्डेले गुलरियाबाट पुलिस र माओवादी दुवैतिरबाट सन्त्रस्त, उत्पीडित भएको आमालाई पुलिसकी दिदी भनेर हत्या गरेको बाबुलाई सुराकी भनी अपहरण गरेर लगेको, दुई काका र ठुली बहिनी सुष्मालाई पुलिसले आ“गनमा सोत्तर पारेको भनी लामो विवरणात्मक पत्र लेखेको बताइन् । अरू पा“चवटी छोरीमध्ये दुईवटी भारततिर गएको, एउटी झापामा, एउटी नेपालगन्जमा र एउटी माओवादीमा लागेको बताइन् ।
अनि उनी बहिनी रुन्जतीकहाँ गइन् । रुन्जतीको लोग्ने (ज्वाइँ) सल्लेरीमा शिक्षक थिए, चारघन्टा हिँडेर जानुपर्ने, स्कुलबाट फर्किंदा माओवादीको आशङ्कामा पुलिसद्वारा हत्या भएको र माओवादीले मारेका भनेका, छोराहरूमध्ये एक भाइ भारतको पुलिसमा र दुई भाइ नेपालकै पुलिसमा दसै दिनमा किरियाबाट उम्केर जान खोजेका, तर त्यसै दिन माओवादीले कोरामा रहेकै अवस्थामा हत्या गरेका, बाबुको हत्याराको खोजी गर्दै हिँडेकी छोरी सीतालाई पुलिसले अभद्र व्यवहार र बलात्कार गरी फालेको र छ महिनापछि बाहुन ख्वाउन पात टिप्न गएका तीनवटी विधवा बुहारीहरूलाई वनमै पुलिसले माओवादी ठानेर हत्या गरेको, सीताले दागबत्ती दिएकी, बाबुको हत्यारालाई कारवाही गर्ने अठोटका साथ सीता पनि माओवादीमा लागेकीले आफू अब एक्लो भएको जानकारी गराइन् ।
मान्द्रेको चौकी हान्दा धेरै मानिसहरू लास परेका । एक्लो घर कुर्नुको औचित्य नदेखी नातापाता भएका ठाउँमा जाने–भेट्ने र देशको हाल बुझ्ने भनी दुवै त्यस घरबाट प्रस्थान गर्छन् । घरबाट निक्लेर रुन्जतीको जेठाजुकहाँ पसे । भुल्केमा बहिनी शकुन्तलाको घरको बिजोग परैबाट हेरे । त्यहाँ माओवादीको आमसभा रहेछ । कमल, कमला आएका छन् कि भनेर सा“झ तुलसीको घर पुगे । घर माओवादीले सेल्टर बनाएछन् । बन्दुक र खरखजानाले भरेछन् । आनै घरमा आफै“ अपमानित भएर बाहिर पेटीमा रात गुजारे र भोलिपल्ट त्यहाँबाट हिँडे । मेल्चेको डा“डो काटेर उनीहरू सुमनिया खोलामा पुग्दा बगरमा दसबारओटा आधा पुरिएका लासहरू देखे । त्यसपछि एउटा गाउँमा पुगे र एउटी बुढीकहाँ बसे । बूढीका छोराछोरीलाई माओवादीले लखेटेकाले कोही भारततिर गएका र कसैलाई माओवादीले मानव–ढाल बनाएर लगेको थाहा पाए ।
अर्को दिन उनीहरू अमलेटार पुगे । त्यहाँ छाप्रामा रात काटे । त्यहाँबाट माग्दै–खँ“दै–हिँड्दै उनीहरू तीन दिनमा नेपालगन्जमा पुगे । नेपालगन्जमा साहिँली छोरी सपनाको घर थियो र मनमा सपनालाई भेट्ने तीव्र इच्छा थियो । त्यहाँ सपनाको जेठाजुसँग भेट भयो । स्कुलका पियन ज्वाइँलाई सुराकीको आरोपमा माओवादीले र चौकीको भिडन्त हेर्न जा“दा नाती र तीन महिनापछि तीन नातिनी र सपनालाई पुलिसले सोत्तर पारेको जानकारी पाए । अम्बु (नातिनी) काका–काकीकहाँ दाङमा गएको र अहिले घर खाली भएको जानकारी पाए र उनीहरू सपनाको खाली घरमा गएर बसे । रातभरि बन्दुक पड्केको आवाज आइरह्यो । भोलिपल्ट स्कुलनेर लासको खात देखे । सुराकीको आधारमा प्रहरीले हस्तक्षेप गरेर माओवादीको ठूलो खती गरेको रहेछ ।
त्यसपछि उनीहरू दाङ जाने भनी हिँडे । नेपालगन्जको बसपार्कबाट पैदल प्रस्थान गरे । राती पर एउटा झुपडीमा बास बसे । त्यहीँ साइटोलाको विष्णुसँग उनीहरूको भेट भयो । विष्णु माओवादीको सचिव भएको थाहा पाए । विष्णुसमक्ष माओवादी ज्यादतीको निन्दा गरे । त्यहाँबाट हिँडेका उनीहरूले बाटामा रुकुमकै तीनजना केटीहरू भेटे । माओवादीबाट भाग्न खोजेका तर आ“ट गर्न नसकेको पीडा व्यक्त गरे । उनीहरू दिउँसो जनवादी बिहेको भोजमा संलग्न भई भोज खाई दिनभरि हिँडे । बाटो बिराएर हिँड्दा राती रुज्दै–भिज्दै अनायास जङ्गलको बीचमा माओवादी प्रशिक्षण शिविरमा पुगे । सुरुमा सुराकी भनी शङ्का गरे पनि पछि एकजनाले मैले चिनेको छु शङ्का नगरे हुन्छ भनेपछि उनीहरू त्यहीँ बसे । छोरा कमलसँग भेट भयो र उसले घरमै बस्नुपर्ने भन्यो । दाजुहरू मरिसकेको र दाङ आक्रमणको तयारी भइरहेको जानकारी गरायो । उनीहरू सौराहा गाउँमा रात बिताए र भोकभोकै तीन दिन हिँडेर दाङ पुगे ।
दाङ तुलसीपुर पुग्दा रातको आठ बजिसकेको थियो । नौ बजेदेखि कर्फ्यु लाग्थ्यो । बाटामा एक जना भेटियो । उसैका घरमा गए, दालभात खाए र त्यहीँ गोठमा पराल ओछ्याएर सुते । भोलिपल्ट अम्बुका काका र अम्बुसँग भेट भयो । अम्बु सपनाकी जेठी छोरी । राती दाङ आक्रमण भयो । ठूलो हताहती भयो । माओवादीका लास डोकामा उठाएर खोलामा पु¥याए । उनीहरू पनि आक्रमण हेर्न गए । प्रत्यक्ष देखे । सुरक्षाकर्मीले अपेक्षा गरेअनुरूप थप फोर्स तत्काल आएन र ठूलो क्षति बेहोर्नु प¥यो । सरकारको आलोचना भयो । अम्बु नफर्केकीले पिरलो भयो, खोजी भयो, घाइते र उपचार भएको अवस्थामा अम्बु घर आई ।
दाङबाट अब उनीहरू पूर्व ओखलढुङ्गा उषा छोरीको खोजीमा निक्ले । ज्वाइ“ले हिँड्ने बेलामा एकएक हजार दिँदै बसमा चढेर जानू भनेकाले उनीहरू बसबाट नारायणगढ पुगे र त्यहाँबाट अर्को बस चढेर अगाडि बढे । रातको १२ बजे बीसतीसजनाको समूहले बस रोकेर आगो लगाए । यात्रुहरू बडो बिचल्लीमा परे । झमझम पानी परिरहेकाले सबै निथ्रुक्क भिजे । भोलिपल्ट बिहान अर्को बस आयो र त्यहाँबाट अगाडि जान सके । त्यो बसले उनीहरूलाई कटारीको सट्टा इटहरी पु¥याएदिएछ । इटहरीमा एकजनाले घरमा लगेर खाना ख्वायो र ओखलढुङ्गा पैदल जाँदा १५ दिन लाग्ने बतायो । बाटामा रात प¥यो भने हाम्रा शिविरमा बस्नुहोला भन्यो । एकएकओटा सफा झोला दियो ।
उनीहरू त्यहाँबाट हिँडेर बेलुका पातले खोलामा रहेको माओवादी शिविरमा बसे । त्यहाँ रातमा शिक्षक, विद्यार्थी र व्यापारी समुदायलाई प्रशिक्षण दिने कार्यक्रम भयो । ठूला नेता आए । ठूला नेताबाट उनीहरूले कमलका गोडामा गोली लागेको भए पनि अब ठीक भएको, कमला विराटनगर जेलमा भएको, राजुखोलेहरूलाई माओवादीले नमारेको, सीता अब माथिल्लो तहमा पुगेकी, थानेदारलाई उसकै हातबाट ‘सफाया’ गरिसकिएको, रुन्जतीको श्रीमान्को हत्या गर्ने प्रहरीलाई जनअदालतमा पु¥याएको जानकारी र बाटाखर्च स्वरूप तीनतीन हजार समेत पाए । त्यहाँबाट तीन दिनमा धनुषा र चार दिनमा ओखलढुङ्गा पुगे ।
ओखलढुङ्गाको पुलिसचौकी तीन दिन अघिमात्र ध्वस्त भएछ । उषाको जेठाजु सुमनसँग भेट भयो । सुमनबाट तिहारमा टीका लगाइवरी तास–कौडा खेल्न लागेको मौका छोपी भाइ श्याम, भरखर बहिनी बनाइएकी छिमेकी अन्जु सहित सातजनाको हत्या भएको, पुलिसले आलटाल गरेको, माओवादीलाई चन्दा दिएको अभियोगमा उषा र उसको तीन वर्षको छोराको हत्या भएको थाहा पाए ।
ओखलढुङ्गाबाट उनीहरू अब विराटनगर रुन्जतीका आफन्ती भेट्ने भनी हिँडे । सा“झ कटारी पुगे र बसको प्रतीक्षालयमा रात काटे । त्यहाँबाट हिँड्दै जा“दा कोन्टी गाउँमा पुगे र शङ्करका घरको पेटीमा बास मागे । काठमाडौँ माइतबाट फर्किंदा बसमा माओवादीले आगजनी गरेको र आगैसहित झ्यालबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको, आमाको किरिया सकेर फर्किन लाग्दा खाना ख्वाउँदा ताना सुनाएको, जाबो बीस मुरी धान नदिएको, सेना र पुलिसमा भएका छोरालाई फिर्ता नबोलाएको, कान्छो छोरो मास्टरले सुराकी गरेको जस्ता आरोप लगाएर पा“चै भाइलाई हत्या गरेको र वनकार्यालयका दुईभाइ ज्वाइ“ अजय–अमरलाई पनि माओवादीले खोजीखोजी मारेको वृत्तान्त थाहा पाए । घरमा विधवा कलिला केटीहरू लस्करै देखे ।
त्यहाँबाट उनीहरू सात दिन हिँडेर अर्घाखा“ची काकाकहाँ पुगे । नेपाली चेलीको वर्षदिनको चाड दर खाने बेला बेलुका सात बजेतिर पररर–पररर दोहोरो बन्दुक चलेको आवाज सुनियो । हाहाकार र सन्त्रास फैलियो । सातवटी छोरीमुनिको छोरो राजु घरमा नभएकाले खोजी हुन थाल्यो । बाहिर निक्ल्ने जस्तो थिएन । दस बजेतिर एउटा घाइते पानी खोज्दै आयो । ऊ पोखरातिरको रहेछ । जबरजस्ती ल्याएका रहेछन् । उसले छाडेर गए खोज्दै पुग्छन्, भारत पसौँ कि भएको छ भन्यो र पानी खाएर हिँड्यो । पाका–तन्नेरी धेरै मान्छे सोत्तर भए । सरकार पक्षको बढी मरेको, सरकार पक्षको ठूलो क्षति भ“को जानकारी पाए ।
उज्यालो भएपछि उनीहरू बजारतिर गए । बैङ्क, सरकारी कार्यालय सबै ध्वस्त भएका, अझै आगो पुत्ताइरहेको, यत्रतत्र प्रहरी र सैनिकका लाश छरिएको, बन्दुक फालिएको, कतै मासुका लाप्सा कागले खाइरहेको वीभत्स दृश्य देखे । तल गक्षेखोलामा रगतले मुछिएको हात गोडा भा“चिएको र गुहार–गुहार गरिरहेको अवस्थामा भेटियो । उसलाई प्राथमिक उपचारपछि काठमाडौँ पठाइयो । यता खोलामा दर्जनौ“ लास आधा गाडिएको अवस्थामा देखिए । कति गनाउन थालेका थिए । भयावह र विभत्स दृश्य थियो । त्यो सबै तिनीहरूले अवलोकन गरे । प्रहरीलाई खबर गरिदिए । सन्धीखर्क बजार मसानघाट जस्तै भएको थियो ।
त्यसपछि उनीहरू काका र दाजु भाउजूसँग बिदाबादी भएर बुटवलतर्फ लागे । काकाले बसभाडा दिएका भए पनि उनीहरू पैदलै हिँडे । बुडीचउर पुगेर एउटा घरमा बास मागेका गालीमात्र पाए भने अर्को घरमा धेरै गालीपछि मात्र बास पाए । कहिले चौतारामा रात काटे । पत्थरकोटमा राती रक्सी खानेहरूले उनीहरूले खाना खाएको पैसा तिरिदिए । भोलिपल्ट यात्रुबस माओवादीले जलाइदिएकाले यातायात बन्द थियो । उनीहरू हिँडेर बेथरीको जङ्गलका बिचको झुपडबस्तीमा पुगे । पहिले त माओवादी भनी लखेट्न खोजे, तर आफूहरू माओवादी पीडित भएको जानकारी दिएपछि रूखमुनि बस्न पाए । त्यहाँबाट १०० कि.मी. चार दिनमा हिँडेर बुटवल पुगे भने बुटवलबाट चार दिन हिँडेर स्याङ्जा पुगे । स्याङ्जामा रातको आठ बजेदेखि बिहान ४ बजेसम्म चौकी आक्रमण भइरह्यो । त्यहाँ धनजनको ठूलो क्षति भएको थियो । उनीहरू फालिएका चप्पल बटुली लगाएर त्यहाँबाट हिँडे ।
उनीहरू बेलुका सात बजे पोखरा पुगे । फेवातालको छेउमा आड लागेर रात बिताए । भोलिपल्ट चिप्लेढुङ्गामा पसल गरी बस्ने गाउँले बाबुराम खातीलाई भेटे । कमल र विमल हिजो यहाँ खाना खाएर स्याङ्जातिर लागेका रहेछन् । भेट्ने आसले १० दिन त्यहीँ खातीको घरमा बसे । रातमा कमल आयो । आमा छोराको भेट भयो । तुलसीले मान्छे मार्ने धन्दा छाड्न भनिन् । उसले आमालाई यसरी भौंतारिन छाडेर घरमै बस्न भन्यो । बाटातिर पुलिस देखेर कमल हतारहतार महिला वेशमा सजियो, तर पुलिस आएनन् । उसले आमालाई बेनी आक्रमणको तयारी भइरहेको जानकारी दियो र पा“च हजार दिएर हिँड्यो ।
उनीहरू बेनी जानका निम्ति पोखराबाट बिहानै हिँडेर बेलुका लुम्ले पुगे । लुम्लेमा पुलिसको सुराकी गर्ने बूढा र माओवादी वार्ता गुपचुप सुने । बेनी आक्रमणको तयारीको कुरा थाहा पाए । लुम्लेबाट बेनी एकै दिनमा पुगे (सम्भव छ ?) । बेनीदेखि पर खोचे भन्ने ठाउँमा हिमाल पुडासैनीको घरमा पुगे । त्यहाँ माओवादीको आउजाउ भइरहेको थियो । त्यहीँ खाना खाएर गोठमा परालमा सुते । भोलिपल्ट त्यहाँबाट तल देखिने सैनिक ब्यारेकमा जान चाहे र त्यतै हिँडे । जा“दै गर्दा बाटामा एउटा मान्छेले हातमा पाउरोटी लिएर हिँडेको थियो । भोकले गर्दा उनीहरूले त्यो पाउरोटी मागे, उसले दियो र तिनले खाए । उसले होटेलमा लगेर चिया पनि खुवायो । त्यही होटेलमा एउटा मान्छेले झोला बोकेर आयो र हाटेलकी महिलासँग बाबुरामजी खै ? भनी सोध्यो । दसजनालाई खाना पकाउन भनेको थिए“ । महिलाले सधैँ कहाँबाट सक्नू भनी । उसले त्यसो भए पचास हजार दे, नत्र तेरा छोराछोरी टुहुरा हुन्छन् भन्यो । उसले पचास हजार दिन सक्ने अवस्था थिएन । त्यसपछि सातजना भित्र बसेर पसलेको हत्या गरे, पसल्नीका मुखमा कालो कपडा र हात बाँधिदिएका थिए । स्कुल गएका पा“च छोराछोरी आएपछि रुवाबासी हुन थाल्यो । तुलसीहरूले पुलिसमा खबर गरे । पुलिस धेरै पछि आयो र केरकार गरी सरजमिन गरेर गयो ।
राती सैनिक ब्यारेक हान्ने तयारी भएको हल्लाले बजार बेलैमा सुनसान हुन थाल्यो । आठ बजेबाट दोहोरो हानाहान भयो । यता आ“गनमा लास त्यसै थियो । तुलसीहरूले लास कुरे । मध्यरातमा भाष्कर नामको मान्छे (काका ?) आयो । उससँग लुम्ले घरमा सासू र देवर छन्, खबर गरिदिन भनी । रातमा मानिसहरू डोका बोकेर कुदेको देखियो । उज्यालो भएपछि उनीहरू त्यहाँबाट हिँडे । ब्यारेकमा जताततै धुवा“ उठेको थियो । ब्यारेक र बजार ध्वस्त भएको थियो । तीनजना पुलिसले माओवादीलाई ख्वाएको पालेको भनी केरकार र कुटपिट गरेको र एकजनालाई कुटीकुटी भिरबाट गुल्ट्याएको र एउटालाई त्यहीँ छाडेको उनीहरूले देखे । उनीहरूले त्यसलाई पानी ख्वाई हेल्थपोस्टमा लगी उपचार गराई घरमा पु¥याए । घरका मानिसहरू खुसी भए ।
उनीहरू बागलुङ सुमापोखरी फुपूको घर पुगे, तर घरमा कोही थिएन । उनीहरूले त्यही पेटीमा रात बिताए । ती घर माओवादीले खाली गराएका रहेछन् । पुलिसलाई सहयोग गरेको भनी धनीरामलाई सफाया गरेका, अरूलाई धम्काएकाले सबै चार घर खाली गराई कब्जा गरेका र अब घर उनीहरूको सेल्टर भएको, त्यहाँ पनि कमल र कमलाका बारेमा सोधे, तर केही जानकारी नपाएपछि उनीहरू त्यहाँबाट हिँडे । लुम्ले जान भनी हिँडेका भए पनि बाटो बिराएर उनीहरू बागलुङ बजार पुगे । बाटामा चिनेजस्तो लाग्ने एकजनालाई भेटे । ऊ फुपूको छोरा (सोमनाथ) रहेछ । उसैको घरमा पेटीमा रात बिताएर आएका थिए । अनि उनीहरू पसलमा पुगे, जहाँ दाजु भाउजूसँग भेट भयो । सोमनाथले दुई छोरा हरि र रमेश पुलिसमा भएको, घरमा माओवादी आउने–जाने–खाने –भेला गर्ने गरेको, दसै“मा पुलिस छोराहरू आएका, अष्टमीका दिन खसी काटेर पाकेको बेलामा माओवादी आएर काम छ भनी लगेर चिर्बिरे खोलापारि हत्या गरेका, पुलिस आएर घरकालाई केरकार गरी घरको खानतलासी लिएका र त्यहाँ पुलिस र माओवादीको दोहोरो दमन र हत्या भएपछि माओवादीले चारै घर कब्जा गरेपछि र परिवारका तीस सदस्यमध्ये सातजना मात्र बाँकी रहेपछि बागलुङ बजारमा आई चिया पसल गरी बसेको इतिवृत्तान्त सुनाए । तुलसीमायाहरू तीन महिना बागलुङ बसेर पुनः पोखरातर्फ लागे ।
उनीहरू पुनः पोखरा पुगेर पोखराको सानो होटेलमा पसे । होटेलवाली रुकुम सिवाङको टेकबहादुरकी छोरी मुना रहिछ । मुना पोखरामा पढ्न बस्दा सिवाङतिरकै शिव राना मगरसँग प्रेम विवाह गरेकी रहिछ । मुनाले शिव सिवाङ गएका बेलामा माओवादीमा लागेको, मुनालाई पनि त्यतै लागौ“ मन्त्री भइरहन्छ भनेको, मुना नमानेकी, पाल्पा आक्रमणमा परी शिव मरेको, मुना घरकी न माइतकी भएकी, काखको छोरो लिई घर पुग्दा ससुराले देखी नसहेको, सासूले दिएको पचास हजार लिई सिवाङबाट फर्किंदा दाङमा होटेलमा सुतेको बेलामा तीन बजे बलात्कारको प्रयास भएको, त्यहाँबाट भाग्दा अर्को एक एकल महिलासँग भेट भई बुटवलसम्म सँगै आएकी, सासू र देवरको सहायताले पोखरामा होटेल गरी बसेको जानकारी गराई ।
त्यसपछि उनीहरू मागेर खाने उद्देश्यले काठमाडौँ पशुपतिमा पुगे । एक हप्ता धर्मशालामा बिताए, तर फोहोर र त“छाडमछाडको वातावरणबाट दिक्क भए र अन्तमा माग्नुभन्दा काम गर्नु ठीक हो भन्ने निष्कर्षमा पुगे । अनि उनीहरू कामको खोजी गर्दै कालीमाटीको एउटा सामान्य होटेलमा पुगे । होटेलवाला अछामी रहेछ । उसले उसका सेनामा रहेका दुई छोरा दसै“को बेलामा घरमा आउन चाहेका, चौकी आक्रमणको हल्ला थाहा पाई घर नआउन भनेको, दुवै भाइ सा“फे बगरमा सरुवा भएकाले घर आएका, माओवादी कमान्डरले सेना छाड्न भनेको, नमानेको हुँदा हातगोडा बाँधी घा“टी रेटेर हत्या गरेको, बसिखान नभएर विस्थापित भई काठमाडौँ आएको, केही समय सामाखुसी भान्जाकोमा र अहिले केही समयदेखि भाडाको थोत्रो यस घरमा होटेल चलाएर बसेको, दुई विधवा बुहारी पालेको कथाव्यथा सुनायो ।
कथावस्तु अब उपसंहारतिर लाग्छ । अछामीको सल्लाहअनुसार उनीहरू कागतीको व्यापार गर्न थाले । कालीमाटीबाट कागती किन्ने र त्यहीँ सडकको पेटीमा बसेर बेच्ने, २०० को बेच्दा १०० नाफा, ३०० को बेच्दा १२० नाफा भएकाले त्यही काम गर्ने निधोमा पुगे । आफ्नो कमाइ खाँदाको आनन्द नै बेग्लै भएकाले काम गरिखान थाले । उनीहरूले माओवादी र सरकारलाई सत्तोसराप गरे भने हामी भने छोराछोरी भनी खोज्दै घुम्दै ७० जिल्ला पुग्ने तर छोराछोरीले कहिल्यै बाआमा भनेर हामीलाई खोजेनन् भनी चिन्ता व्यक्त गर्दै जनतालाई दुख दिनेलाई कहिल्यै शान्ति नमिलोस् भन्छन् र उपन्यासको कथावस्तुको अन्त हुन्छ ।
यसरी आमाहरू उपन्यासको अन्तर्वस्तु द्वन्द्वको पीडा र व्यथाले भरिएको छ । आमाहरू उपन्यासको आख्यानलाई सरसरती हेर्दा कथानक रुकुमबाट सुरु भएर नेपालगन्ज, दाङ, इटहरी, ओखलढुङ्गा, कटारी (कोन्टी), अर्घाखा“ची, स्याङ्जा, पोखरा, बेनी, बागलुङ, र पुनः पोखरा, काठमाडौँ पुगेर अन्त भएको छ । मुख्यतः तुलसीमाया र पछि रुन्जती दुई वृद्ध आमाहरू सन्तान र आफन्तहरूलाई खोज्ने–भेट्ने भन्दै हिँडेका छन् र त्यसै निहुँ वा सिलसिलामा यहाँ देश र जनताको भलो गर्ने भनी देशमा हत्या र हिंसाको ताण्डवनृत्य मचाउनेहरूका देश र जनताका हितविपरीतका हिंसात्मक क्रियाकलापको भन्डाफोर गरिएको छ । आमाहरू हत्या, हिंसाका सिकार पनि भएका छन्, द्रष्टा, भोक्ता र श्रोता पनि भएका छन् र देशका विभिन्न स्थानमा भएका घटनाहरूलाई एउटै सूत्रमा उन्ने काम पनि उनीहरूकै माध्यमबाट भएको छ । कथानक कहीँ बेगले अगाडि बढेको छ भने कहीँ मन्द गतिमा अगाडि बढेको छ । सबैतिर एकनासे छैन । कतिपय ठाउँमा बेग्लै प्रसङ्ग र स्थानका कुरा एकै अनुच्छेदमा गाजेमाजे पनि भएका छन् । यस्तो हुनु राम्रो होइन । तुलसीमाया प्रमुख पात्र हो भने रुन्जती, कमल, कमला आदि सहायक पात्रहरू हुन् । यस्ता सहायक पात्र र अन्य गौण पात्रको यहाँ पौल छ । मध्यम आकारको यस उपन्यासले विस्तृत र व्यापक आयाम ओगटेको छ । यहाँ खासगरी २०५४÷५५ देखि २०६०÷६१ का बिचको कालखण्डमा देशभित्र घटित प्रमुख घटनाहरूलाई समेट्ने प्रयत्न गरिएको छ । घटना र चरित्रहरू यथार्थ हुँदाहुँदै पनि यहाँ तिनलाई सामान्यीकरण गरिएको छ ।
माओवादी कथित जनयुद्धले र सुरक्षाकर्मी तथा उनीहरूका क्रियाकलापले समाजमा बासको समस्या, गासको समस्या, रोजगारी र स्वतन्त्रतापूर्वक आउजाउको समस्या त उब्जाएकै छ । साथै नेपाली समाजको पारिवारिक विघटनको स्थिति सिर्जना भएको छ र सामाजिक सम्बन्ध विच्छिन्न–विच्छिन्न भएको छ । गाउँका घरहरू खन्डहर र सेल्टरमा परिणत भएका छन् । समाजमा सन्त्रास र आतङ्क पैmलिएको छ । भविष्यप्रति निराश–हताश र वितृष्णा जन्मेको छ । युवा पुस्ता कि त माओवादीमा बलात् पुगेका छन् कि भने विदेशी गल्लीमा । कनिकुथी भएका रोजगारीका अवसर गुमेका छन् । पेसा–व्यवसाय गरी स्वाभिमानपूर्ण जीवन जिउन सक्ने अवस्था सरकार र माओवादी रवैयाका कारण समाप्त भएको छ । पठन–पाठन र आर्थिक उन्नति अवरुद्ध भएको छ ।
३. आमाहरू उपन्यासमा द्वन्द्वको स्थिति
आमाहरू उपन्यासको अन्तर्वस्तु द्वन्द्वको पीडा र व्यथा हो । उपन्यासले थालनीमै द्वन्द्वको सन्त्रासपूर्ण वातावरण देखाएको छ । यहाँ नेपालीहरू दुईतर्पmबाट पीडित छन् । एकथरी आउँछन् । खान दे भन्छन् । नदिए ठूलो धनराशि चन्दा माग्छन् । त्यो पनि नदिए सुराकी भनी गि“ड्छन्, मार्छन्, हत्या गर्छन् । किम्लासरी मार्छन् । अर्काथरी आउँछन् । किन खान दिइस् भन्छन् । किन सहयोग गरिस् तिनलाई भन्छन् र माओवादीको बिल्ला लगाई हत्या गर्छन्, मार्छन् । मार्नु यहाँ किम्लामराइ छ । द्वन्द्व सरकार र माओवादी बिचको हो, तर सा“ढेको जुधाइमा बाच्छाहरू मिचिएका छन् । सर्वसाधारणहरू दुवै खाले अतिवाद–अन्धवाद–बन्दुकवादबाट आक्रान्त छन्, पीडित छन् । तसर्थ आमाहरू उपन्यास त्यस्तै द्वन्द्वपीडितहरूको, युद्धविभीषिकाको एक अभिलेख भएको छ । यहाँ जुनजुन घटना घटेका छन्, ती हिजो मुलुकले बेहोरेको कटु यथार्थ हो, वास्तविकता हो ।
तुलसीमाया र रुन्जती वा आमाहरू यहाँ सर्वसाधारण नेपालीका प्रतिनिधि भएका छन् । उनीहरू द्वन्द्व पीडित छन् । उनीहरू द्वन्द्वका कर्ता होइनन्, पीडक होइनन् पीडित हुन्– शाखासन्तान मारिएका, लुटिएका, अपहरणमा परेका, विस्थापित भएका । उनीहरू द्वन्द्वका द्रष्टा र भोक्ता हुन् । उनीहरू आम नेपालीले झैं हत्याहिंसाको अन्त्य चाहन्छन्, शान्ति चाहन्छन्, विस्थापितहरूको पुनस्र्थापना चाहन्छन् । लालाबाला पालौंला भनी दसनङ्ग्री खियाएर आर्जन गरेको धन वा दुईचार पैसा पनि लुटेराहरूले लुटेर लग्ने, चेलीबेटी अपहरण गरी लगेर बलात्कार गर्ने, पढ्ने–सिक्ने बेलाका कलिला बालबालिकालाई मन्त्री र सन्त्री बनाउने प्रलोभन देखाई युद्धको अग्निकुण्डमा होम्न जुन काम भएका छन् त्यसलाई आमाहरूले निन्दा गरेका छन्, घृणा गरेका छन् र यस्तो स्थिति उत्पन्न हुनमा तत्कालीन नालायक सरकारलाई मुख्य जिम्मेवार ठह¥याएका छन् । आमाहरूको सोच र ठहर सही छ । उनीहरू कागतीको व्यापार गरी स्थिर रूपमा रहन थाल्नु भनेको द्वन्द्वको वा सङ्घर्षको ह्रासको स्थिति हो । उपन्यास यस्तै अवस्थामा पुगेर अन्त भएको छ ।
४. आमाहरू उपन्यासको रूपविन्यास वा प्रस्तुतीकरण
आमाहरू उपन्यास यसको अन्तर्वस्तुका दृष्टिले जति समसामयिक, सशक्त, महŒवपूर्ण र प्रभावकारी छ, त्यसलाई प्रस्तुत गर्ने शिल्पशैली वा प्रस्तुतीकरण तदनुरूप नयाँ, विशिष्ट र प्रभावकारी छैन । रुकुम, नेपालगन्ज, दाङ, ओखलढुङ्गा, अर्घाखा“ची, स्याङ्जा, पोखरा, बेनी, बागलुङ, पुनः पोखरा र काठमाडौँ जस्ता स्थान नामबाट वा पात्र÷चरित्रका नामबाट वा सङ्ख्याबाट परिच्छेद–विभाजन गर्न सकिन्थ्यो । परिच्छेद विभाजन नभएको, केही ठाउँमा परिच्छेद–शीर्षक जस्ता वाक्यांश भए पनि त्यो प्रस्ट नभएको, कतिपय ठाउँमा अनुच्छेद–गठन र वाक्यगठन समेत नमिलेकाले उपन्यास सुपाठ्य नभएर पढ्न–बुझ्न झ्याउलो भएको छ ।
केही घटना र प्रसङ्ग पनि स्वाभाविक छैनन् । माओवादीका पक्षमा बोले सुरक्षाकर्र्मीले सिद्ध्याउने र आफ्ना विरोधमा चुइ“क्क बोल्नेलाई सुराकीको आरोप लगाएर भए पनि अपहरण र सफाया गर्ने त्यो समयमा मानिसहरू हत्तपत्त कसैप्रति पनि खुल्दैनथे । तसर्थ यस्तो अवस्थामा नवपरिचित व्यक्तिहरूले पहिलो भेटमै उनीहरूलाई आपूmले पाएका यातना, पीडा र क्षति बारे विस्तारपूर्वक बयान गर्नु तथा सरकार र माओवादीप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुलाई स्वाभाविक मान्न सकिन्न ।
उपन्यासमा कतिपय घटना, पात्र र शृङ्खला पनि नमिल्दा देखिन्छन् । केही उदाहरण :
(क) तुलसीमायाका तीन छोराका सम्बन्धमा
– माओवादीले अपहरण गरेर लगे । (पृ.६)
– जेठो छोरालाई अन्धो र भ्रष्ट सरकारका पुलिसले मारे । (पृ.१५)
– पुलिस दुई भाइ कता गए कता । (पृ.१५)
– जेठो र माहिलो सोलु र साहिँलो सल्यानमा मुठभेडमा मरे । (पृ.७५)
(ख) कमलाको चिठी
कमलाको चिठी विमलले तुलसीमायाकै घरमा आएर पढेको । (पृ.७)
.....त्यसपछि उनी उठेर त्यो चिठी च्यापेर घरतिर लागिन् । (पृ.१३)
(ग) बहिनी खुमाको घरमा माओवादीको सेल्टर थियो । घरमा पस्न–बस्न दिएनन् ।
त्यही सन्दर्भमा पृ.१६ मा
– यसै पेटीमा रात बित्न देओ । (माथि)
– उनीहरू मेरो ढोका ढक्ढक्याउन आए । (तल)
(पेटीमा सुतेको भए ढोका ढक्ढक्याउने कुरा मिलेन ।)
(घ) मामाकी छोरी बहिनीको घर
पारि सिस्नेखोलामा (पृ.१७) र राजुखोले (पृ.१८)
(ङ) हामी दुई भाइबैना हौँ । (पृ.१८)
(कि दाजुबैनी कि दिदीभाइ हुनुपर्ने)
(च) नेपालगन्ज, सपनाका बारेमा
पुलिसले तीनओटी नातिनी र सपना छोरीलाई घरको आ“गनैमा ठहरै पारे । (पृ.६२)
दुईटी छोरीका साथ सपनालाई पुलिसले मारे । जेठी अम्बु पल्लो घरको गोठमा गएर लुकिछ, एकछिनपछि जेठी अम्बु आई र रुन कराउन थाली । (पृ.६३)
(छ) गोविन्दको चिठी
“यो चिठी बेहोस हुँदा लेखेको हुँ । (पृ.२७)
(बेहोसीमा लेखिन्छ ? त्यो पनि त्यति लामो चिठी)
(ज) तुलसीमायाका छोरी मध्ये उषा साहिँली कि माहिली भन्नेमा प्रस्ट छैन । अन्यत्र माहिली (ओखलढुङ्गा दिएकी) भनिएको, तर पृठ १०२ मा साहिँली भनिएको । साहिँली सपना नेपालगन्जमा रहेकी छ । केही ठाउँमा दाङमा भनिएको छ ।
(झ) हरेक घरमा पेटी भएको कुरा छ । सबै घरमा पेटी हुँदैन ।
यस्ता कमजोरी प्रशस्त छन् । केही त छपाइसम्बन्धी हुन सक्लान्, तर सबै कमजोरी छपाइ सम्बन्धी छैनन् । यसको प्रकाशनपूर्व राम्रो सम्पादन भएको देखि“दैन ।
उपन्यासको भाषा सामान्यतया सामान्य छ । यसले ओगटेको परिवेश पश्चिम रुकुमदेखि पूर्व इटहरीसम्म रहेको छ । फेरि पनि उपन्यासको भाषा पुर्बेली वर्गको गुल्मेली रहेको छ । यहाँ कमिलालाई किम्ला, प्राणलाई परान, बस्यांैलाई बसेम्, भन्यौंलाई भनेम् जस्ता औच्चार्य रूपको प्रयोग भएको छ । यस्तै भाइना, धार्जे, आगाको राङ लगाई, फरङ्ग उज्यालो, बुडी, जस्ता विशिष्ट भाषिक प्रयोग पनि भएको छ ।
यहाँ सन्दर्भ अनुसार उखानको प्रयोग पनि त्यत्तिकै भएको छ । केही उदाहरण :
• का“चो पि“डालु निल्नु न थुक्नु । पृ.१३
• नखाऊ“ त गाईको दूध खाऊ“ त रौ“ परेको । पृ.१३
• नरहे बाँस न बजे बाँसुरी । पृ.१५
• के खोज्छस् काना आ“खो । पृ.२०÷१०७÷११५
• गासे गासे एकै नासे । पृ.५५
• सा“ढेको जुधाइ र बाच्छाको मिचाइ । पृ.६४
• गुहुमा हान्दा मुखमा छिटा । पृ.९२
• उल्टे खुकुरी पल्टे धार, पल्टे खुकुरी उल्टे धार । पृ.१०५
• टाढाको माया गहिरो हुन्छ । पृ.१०६
• भालुको रिस खन्यु“माथि । पृ.१२०
• जता जाला जोगी भातै खाला । पृ.१२०
• हग्नेलाई भन्दा देख्नेलाई लाज । पृ.१३६
• आकाशको फल आ“खातरी मर । पृ.१५१
• सा“पलाई जति दूध ख्वाए पनि विषै बढाउँछ । पृ.१५७

यस्ता उखानको प्रयोगले भाषिक अभिव्यक्तिमा मिठास र जीवन्तता थप्ने काम गरेको छ ।
५. नारीप्रधान उपन्यासका रूपमा
आमाहरू उपन्यास नारीप्रधान उपन्यासका लाममा उभिएको छ । नेपाली उपन्यासले आधुनिकतालाई वरण गर्दा नारीलाई मुख्य भूमिका दिएको देखिन्छ । रूपमती (१९९१) र सुमती (१९९१) दुवैमा नारीको प्रधानता छ । भ्रमर (१९९३) मा नारीकै खोजी छ । सामन्तवादी सामाजिक पृष्ठभूमिका उपज भएकाले यी उपन्यासले नारीलाई दासी, सेविका, भोग्या र पुरुष अधीनस्थ वस्तुका रूपमा उभ्याएका छन् । मुलुकबाहिर (२००४) मा पनि नारीहरू पुरुषबाट प्रताडित छन् । यस्तोमा हृदयचन्द्रसिंहको स्वास्नीमान्छे (२०११) र एकचिहान (२०१७) मा नारीले पुरुषसरह समान भूमिका पाएको पाइन्छ । अनुराधा (२०१८) र शिरीषको फूल (२०२२) ले नारीअस्मिताको खोजी गरेका छन् । विश्वेश्वरप्रसाद कोइरालाका तीनघुम्ती (२०२५) र सुम्निमा (२०२५) का नारी पात्रहरू पनि स्वतन्त्र अस्तित्वको खोजीमा रहेका छन् । भागीरथी श्रेष्ठको मालती (२०३४), मदनमणि दीक्षितको माधवी (२०३९), नकुल सिलवालको तेस्रो पाइला (२०४५), भागीरथी श्रेष्ठको एउटा यस्तो आकाश (२०४६), कृष्ण धरावासीको राधा (२०६२), पद्मावतीसिंहको समानान्तर आकाश (२०६२) र प्रेम कैनीको अनावृत (२०६७) जस्ता उपन्यासहरू नारीवादी सोच र चिन्तनबाट प्रभावित छन् । यी उपन्यासका नारी पात्रहरू कि त समर्पणवादी छन् कि भने विद्रोही छन् । यी उपन्यासले नारीलाई दासी, सेविका, भोग्या र पुरुष अधीनस्थ वस्तुका रूपमा उभ्याएका छन् । नारीप्रधान नेपाली उपन्यासको गोरेटोमा आमाहरू (२०६६) लिएर कविता पौडेल देखापरेकी हुन् । उक्त उपन्यासमध्ये यो उपन्यास सर्वथा पृथक् छ । यसका समाख्याता नारीहरू छन्, यसका प्रमुख पात्रहरू नारी छन्, यसको कथानकको केन्द्रमा नारी छन्, यसको कथ्यको गर्भमा नारी छन् । यो नारीवादी होइन, नारीप्रधान उपन्यास हो । नेपाली उपन्यासमा नारीप्रधान उपन्यासका परम्परामा आमाहरूले विशेष स्थान राख्दछ । यसमा नारीहरू पुरुषको सामन्तवादी सोच र चिन्तनबाट आक्रान्त भएका छन् भने उग्र वामपन्थीहरूको शब्दजालभित्र लुकेको यौनलिप्साका सिकार र तिनका हत्याहिंसाका कारण गहिरो पीडा भोग्न विवश पनि छन् ।
६. निष्कर्ष
आमाहरू उपन्यासले नेपाली नारी उपन्यासका परम्परामा एक फड्को मारेको छ । यसमा छपाइ तथा रूपविन्यासगत केही कमजोरी भए पनि यसले आत्मसात् गरेको र समेटेको सशक्त र यथार्थपरक अन्तर्वस्तुले गर्दा उपन्यास महŒवपूर्ण हुन पुगेको छ । यसमा नारी केन्द्रीयता छ, नारीप्रधानता छ र आम समस्यालाई आमाका दृष्टिविन्दुबाट प्रस्तुत गरिएको छ । त्यसैले यो उपन्यास नारीवादी नभएर मानवतावादी–प्रगतिवादी भएको छ, नारीप्रधान भएको छ । युद्धकालमा खासगरी नारी वा आमाहरूले झेलेका कष्ट, पीडा, उत्पीडन, दमनलाई यस उपन्यासले प्रस्तुत गरेको छ । यस उपन्यासमा सरकार र माओवादी ज्यादतीको सर्वेक्षण गरी अभिलेखीकरण गर्ने जमर्को गरिएको छ । सरकार र माओवादीबाट मानिस ‘किम्लोमराइ’ भएका छन् । यसप्रति उपन्यासकारको घोर आपत्ति देखिन्छ । कम्तीमा शान्तिले बाँच्न र गरिखान पाउनु पर्छ भन्नु नै प्रस्तुत उपन्यासको खास आशय हो । युद्ध र युद्धजन्य दुष्परिणतिको अभिलेखन नै यस उपन्यासको मूल अभीष्ट रहेको देखिन आउँछ । यसरी यस उपन्यासमा समकालीन यथार्थलाई सबैले बुझ्ने सरल भाषामा छर्लङ्ग पारिएको छ ।
सन्दर्भ सामग्री सूची
पौडेल, कविता, २०६६, आमाहरू, काठमाडौँ : तन्नेरी प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम, २०५८, उपन्यास सिद्धान्त र विश्लेषण, दोस्रो संस्क., ललितपुर : सा.प्र.।
लामिछाने, कपिलदेव, २०६७, ‘नेपाली उपन्यासमा भवानी भिक्षु’ भृकुटी, पूर्णाङ्क ७ वैशाख–जेठ–असार, पृ.२५–५३ ।
सुवेदी, राजेन्द्र, २०५३, नेपाली उपन्यास परम्परा र प्रवृत्ति, वाराणसी : भूमिका प्रकाशन

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 3 पौष, 2072

लेखकका अन्य रचनाहरु