राम ! राम !! राम !!!

- उज्ज्वल जी.सी.

प्रायः म शनिवारका दिन बिहानको चिया पिइसकेपछि घरबाट बाहिर निस्कने गर्छु । साथीभाइहरू भेट्ने क्रममा कहिले कहॉं पुग्छु ,कहिले कहॉं ? हाल प्राइभेट जागिर भएका कारण हप्तामा ६ दिन अफिसकै कामकाजमा व्यस्त रहनु पर्छ । बिहान आठ बजे खाना टिपेर हि‘ंडेपछि बेलुकी फर्कंदा सात जति नै बज्छ । त्यसैले शनिवार वा कुनै बिदाको दिन भनेपछि म आपूmलाई पि‘ंजडाबाट उन्मुक्ति पाएको पन्छीझैं बन्धनमुक्त ठान्छु र निजी कामतिरै केन्द्रित गर्ने गर्छु । तर २०७२ वैशाख १२ गतेको शनिवार भने अलि पृथक र जीवनभरका लागि अविस्मरणीय बन्न पुग्यो मेरा लागि ।
अरू शनिवारजस्तो त्यस दिन म बाहिर निस्कन पाइन । कारण थियो– जे जसरी भए पनि एउटा लेख तयार गर्नु पर्ने । यसैले बिहानैदेखि आफ्नो काम पूरा नगरी नउठ्ने उद्धेश्यले कम्प्यूटरमा टाइप गर्नै तल्लीन थिए‘ं । छोराले नुहाइ–धुवाइ र श्रीमतीले लुगा धोएर सकिसक्दा पनि मैले भने नुहाएको थिइन । श्रीमतीले पटक–पटक गरेकी आग्रहलाई टार्दै म आफ्नै काम टुङ्ग्याउनेतिर लागिरहेको थिए‘ं । अन्ततः उनी ‘अब त खाना तयार गर्छु है !’ भन्दै माथिल्लो तल्लामा रहेको भान्छातिर उक्लिइन् । मैले ‘हुन्छ’ भने । समय बिहानको ११.५० जति बजेको हुनुपर्छ सायद । त्यसको केही मिनेटमै बत्तिको लाइन पनि गयो । यु.पि.एस. कराउन थालेपछि बन्द गर्न के खोज्दै थिए‘ं, आपूm बसेको कुर्ची एक्कासी लगलग हल्लियो ।
२०४५ सालको ६.५ एवम् २०६७ असोज १ गतेको ६.९ रिक्टरको भुइ‘ंचालो पचाई सकेकोले कम्प्यूटर र कुर्ची हल्ल‘ंदा त्यति साह्रो डर लागेको थिएन । तर कम्पनको समय र मात्रा बढ्न थालेपछि भने मेरो सातोपुत्लो उड्यो । एकछिन त मुटुले काम गर्न छोड्ला–छोड्लाजस्तो ग¥यो । भान्छाबाट श्रीमती र छोरा मात्र होइन छिमेकीहरू रु‘ंदै कराउन थालेपछि म सकिनसकी निस्केर आफ्नो परिवारसितै मर्ने चाहना बोक्दै माथि भान्छातिरै लागे‘ं । कोठामा सजाएर राखिएका सम्मानपत्रका फ्रेमहरू झ¥यामझुरूम खसेको आवाज आयो । भान्छामा रक्सीले मातिएझै‘ ढलमल गर्दै पुगेपछि ढोकाको चौकोसमुनी बसेर चिच्याइरहेकी मेरी पत्नी मञ्जु र छोरा प्रबललाई अ‘ंगालो हाल्दै राम ! राम !, नारायण ! नारायण !,जय साइराम !,जय पशुपतिनाथ ! जय निर्मल बाबा ! भन्दै पुकार्न थाले‘ं । तीन तल्लामाथि भएकोले घरले कसरी पिङ्ग खेल्दो रहेछ भन्ने प्रत्यक्ष अनुभूति भयो । अचानक छैटौं इन्द्रियले क्यानाडामा रहेकी छोरी प्रशंसा, भाइबुहारीहरू, बहिनी र ज्वाइ‘ंलाई सम्झन पुग्यो । ‘हामी मरी हाल्छौं, बिचरी छोरी नेपाल आएपछि कहॉं बस्छे होला ?’ भन्दै मेरो मनले मसितै प्रश्न गर्न थाल्यो ।
सारा मानिसहरूका रुवाबासी र कोलाहलस‘ंगै घरहरू नाचिरहेका, छानामाथिका पानीट्याङ्की खस्न थालेका अद्भूत दृश्य देख्दा जीवनलीला बॉंकी रहन्छ होला भन्ने आश रत्तिभर रहेन ममा । झण्डै ५५÷५६ मिनेटको कम्पन मेरा लागि त घण्टौंजस्तो पो बन्न पुग्यो । कम्पन रोकिएपछि भान्छामा देखे‘ं– खाना पस्किएका थालहरू झरेका,घोप्टिएका, ऐनाका भाडाकु‘ंडा राखिएको शोकेसलगायत अन्य भॉंडाकु‘ंडा लथालिङ्ग भई ढलेका रहेछन् । अरु कोठाहरूका अवस्था के कस्ता थिए भनेर हेर्न सकिएन । अनि तीनैजना थरथर काम्दै तल झ¥यौ‘ं । खै किन हो, धराकम्पन रोकिए पनि हाम्रा शरीरकम्पन भने रोकिएका थिएनन् । ऑंगनमा पुगेपछि पो थाहा भयो – पार्किङ्गमा राखेको मेरो मोटरसाइकल ढलेको रहेछ, कौसीबाट झरेर गमलाहरू फुटेका रहेछन्, पर्खालको एकभाग ढलेको अरु चर्किएका रहेछन् । अनि कतै केही नहेरी आफ्नो कुकुर च्याप्प च्यापेर छिमेकीहरूस‘ंगै बाहिर सडकमा निस्क्यौ हामी । चाह‘ंदा–चाह‘ंदै पनि दुईटा बच्चा जन्माएर बसेकी पुन्टी (बिराली)लाई साथमा लग्न सकिएन । मैले जुत्ता लगाउन समेत बिर्सेछु । मोबाइल लिन पनि बिर्सेछु । केही वेरपछि सडकबाट खाली चउर भएकातिर लाग्यौं हामीहरू । एकैछिनमा एकजनाले खबर ल्यायो – ‘शान्तिनगरको गेट ढल्यो रे ! गेटले माइक्रोलाई थिच्यो रे ! तीनजना ठहरै भए रे ! भक्तपुर जाने हाइवे फाट्यो रे ! ’आदिआदि भन्दै ।
कस्को के कति क्षति भयो भन्ने बुझ्न आफ्ना नातेदारहरूलाई छोराले फोन लगायो, लागेन । परेको बेला मोबाइलले धर्म छाडेकोले कसैस‘ंग पनि सम्पर्क हुन सकेन । नेपालमा ठूलो भूकम्प आयो भन्ने खबर क्यानाडामा रहेकी मेरी छोरीले थाहा पाएर अत्तालि‘ंदै फोन गरेकी रहिछ । सम्पर्क हुन नसकेपछि मेरो र छोराको मोबाइलमा ‘बुबा हजुरहरू कता होइसिन्छ ? फोन गरिस्योस् न ! मलाई टेन्सन भयो ’ भन्दै पचासौं मेसेजहरू पठाएकी रहिछ । बाहिरबाट मेसेज आउने तर यताबाट नजाने भएकाले म ज्यादै मानसिक तनावमा परे‘ं । अब कसरी छोरीलाई खबर गर्ने ? भाइबुहारीहरू,बहिनी–ज्वाइ‘ं र भतिजहरूका अवस्था के कस्तो छ ? भन्ने चिन्ताले निकैवेर सतायो । झन् पीडामाथि बिहानदेखिको खाली पेट, केही किनेर खाउ‘ंm भने पसलहरू सबै बन्द भएकाले अब भोकै पो मरिन्छ कि भन्ने अर्को त्रासले बास ग¥यो मभित्र । झाडी नै झाडीले ढाकिएको चउरमा भेला भएकाहरूलाई हेर्दा लाग्थ्यो उनीहरू पनि भोक र त्रासले अत्ताली सके । तर धेरैले त बिहानको खाना खान भ्याएका रहेछन् । भोकस‘ंग संघर्ष गर्नेमा मेरा परिवारलगायत आठ,दस जना मात्र थिए । यसै क्रममा छोराले आफ्नो चप्पल मलाई लगाउन दियो । खाली खुट्टा कहिल्यै कतै नहि‘ंडेको भए पनि मस्तिष्कमा त्राशको भारी परेकाले पैंतालालाई परको अप्ठेरो त्यति महशुस भएन । त्यसो त झाडीभित्रबाट निस्किरहेको दुर्गन्धलाई पनि सजिलै पचाइयो । ऑंखिर परेपछि मान्छेले जस्तोसुकै परिवेशस‘ंग पनि सम्झौता गर्न सक्दोरहेछ । यो मैले स्वयम् अनुभव गरे‘ं ।
घण्टौंको निरन्तर प्रयासपछि छोरीलाई ‘हामी सकुशलै छौं’ भन्ने मेसेज पास भयो । सहोदर भाइ किरण, सरोज, बुहारी पवित्रा, बहिनी सरिता र ज्वाइ‘ंसंग पनि कुरा भएपछि एक किसिमको सन्तोष त भयो नै तर हजारौ‘ं नेपाली दाुजुभाइ ,दिदीबहिनीहरूले असामयिक मृत्यू भोग्नु परेको,घरवार गुमाउनु परेको , ऐतिहासिक। एवम् सांस्कृतिक धरोहरहरू खण्डहरमा परिणत भएका समाचार सुनिरहनु पर्दा कताकता मेरो छाती पनि धर्तीजस्तै चिरा पर्न थाल्दैथ्यो । हो, कम्पनको हिसाबले हुन सक्ने भन्दा कमै भौतिक र मानवीय क्षति भएकाले शोकलाई संघर्षमा बदल्दै भोलिका दिनमा यो राष्ट्रलाई पुननिर्माण गर्न हामीले अवश्य सक्छौं भन्ने विश्वास पनि पलायो । त्यसपछि मन अलि हलुङ्गो त भयो नै तर, खाली पेटमा कुन चिजले भर्ने ? भन्ने एक किसिमको छट्पटी हुन थाल्यो । मान्छेका हूलमा कोस‘ंग के खानेकुरा छ भनेर सोध्ने कुरा पनि भएन, चिनजानका आफ्ना छिमेकीहरूका झोला रित्तिसकेका जानकारी आपूmलाई थियो नै । तर ‘अजिङ्गरको आहारा दैवले पु¥याउ‘ंछ’ भने जस्तै मेरा एक छिमेकी भाइले ग्लुकोज बिस्कुट ५÷६ पाकेट कताबाट हो ल्याएका रहेछन् । त्यसमध्ये एक पाकेट मलाई दिए । तीनजनाले बॉंडेर पानीसित खायौं हामीले । पछि खानेपानीको पनि समस्या पर्न थाल्यो । घर जान सबै डराउ‘ंदै थिए । छिनछिनमा आइरहेका पराकम्पनले सातो लिन त छोडेको थिएन । यद्यपि मेरी श्रीमतीले ‘बिराली पनि बिहानैदेखि भोकै छे’ भन्दै एकपटक घर गएर आउने निधो गरिन् । पानीको तिर्खाले म पनि व्याकुल बनिसकेको थिए‘ं । यसैले छिमेकीहरूस‘ंग सल्लाह गर्दा घर गएर पानी र भएका खानेकुरा लिएर आउन प्रायः तम्तयार भए । अनि ‘जे होला त होला !’ भन्दै हामी गयौं घर करिब ५.३० बजेतिर । फटाफट झोलामा पानीको बोतल र २÷३ पाकेट चाउचाउ हालिसकेपछि लुगा फेरेर, एउटा तन्ना र भूइ‘ंमा ओछ्याउने म्याटसहित हामी फर्कियौं चउरतिरै । रातभर लामखुट्टेले हाम्रा रगत चुस्नु चुसे । त्यसपछि भोलिपल्ट बिहानै घर गइयो । भान्छामा पकाएर खाने हिम्मत भएन । मुख धोएर पानी र बिस्कुट झोलामा कोचेर पुनः बाहिरै आयौ‘ं ।
यत्तिकैमा अफिसका एक हाकिमले फोन गरे – ‘फ्याक्ट्रीको हालखबर के छ ? भनेर ।
‘फोन लागिरहेको छैन र म जानसक्ने अवस्थामा पनि छैन । सम्पर्क भएपछि खबर गरु‘ंला सर !’ भन्दै मैले जवाफ फर्काए‘ं । त्यसको लगत्तै अमेरिकाबाट भानिज,भतिजा,भतिजी र बेलायतबाट भाञ्जीका फोनहरू आए । सबैस‘ंग आपूmले अनुभूत गरिरहेका यथार्थहरू बॉंडे । धैयपूर्वक सजगता अपनाएर बस्ने सल्लाह दिए उनीहरूले । अनि फोहरै–फोहरले सजिएको चउरबाट बसाइ‘ं सरेर एउटा स्कुलको टहरामा शरणार्थी बन्दै गइयो । धर्मको ख्याल गर्ने एक व्यक्तिले चिउरा र भूजिया ल्याएर सबैलाई एक–एक मुठी बॉंडे । त्यो पनि थापियो,अमृत सम्झ‘ंदै खाइयो र रात पनि टहरामै बिताइयो । आपदका बेला बुजु्रक बन्न खोज्ने धेरै हु‘ंदारहेछन् सायद । भोलिपल्ट दिउ‘ंसो एकले फेरि हल्ला फि‘ंजायो– ‘आज ९ रिक्टरको भूकम्प जान्छ रे ! भन्दै । हामी उसैका लहलहैमा लागेर टहराबाट फेरि दुर्गन्धित चउरमै रात बिताउन गयौ‘ं । करिब दश बजेतिर ठूलो हावाहुरीसहित पानी प¥यो । प्लाष्टिकले ढाकेर बनाइएको अस्थायी छाप्रोले कुनै काम गरेन । शरीर सबै भिजे । बिकल्प केही नभएपछि रातको १२ बजेतिर बाध्य भएर स्कुलकै टहरामा फर्किनु प¥यो । भिजेकै लुगा लगाएर रातलाई बिहानी बनाइयो । त्यो पनि बेञ्चमै बसेर ।
उमेर ढल्केकै कारणले होला, चिसोले मलाई सञ्चो गरेन । कटक्क पेट काटेपछि ट्वाइलेट गइहाल्नु पर्ने अवस्थामा पुगे‘ं म । औषधी पसलहरू बन्द थिए,अस्पताल जान सक्ने सामथ्र्य पनि थिएन र थाहा थियो मलाई अस्पतालमा घाइतेहरूकै उपचार हुन सकिरहेको छैन भन्ने । भगवानकै कृपा भन्नु प¥यो, २÷३ दिनभित्रै बिना औषधी यो समस्याबाट म मुक्त भए‘ं । अनि त्यसपछिका १४÷१५ दिन भने बिहान र बेलुकी घर गएर ३०÷३५ मिनेटभित्रै खाना र एकथरी झोल तरकारी बनाएर खाने र टहरामै आएर दिनरात कटाउने गरेरै बिते । पेट पाल्नु पर्ने एवम् पदीय जिम्मेवारी निर्वाह गर्नु पर्ने भएकाले म भने अफिस जान्थे‘ं बिहान र बेलुकी फर्केपछि टहरामै बस्थे‘ं – परिवार र छिमेकीहरूस‘ंग । भूकम्पविद्हरूले भनेजस्तै ससाना पराकम्पनहरू आइरहनु पर्छ । तर यसले त्यति क्षति पु¥याउ‘ंदैन भन्ने मानसिकता हुर्काउ‘ंदै गर्दा अचानक २९ गते मंगलबार करिब १ बजे आएकोे डरलाग्दो कम्पनले पुनः मेरो शाहस र विश्वासलाई डङ्ग्रङ्ङ ढलायो । सो दिन म अफिसमै साथीस‘ंग चिया पिउने तर्खर गर्दै थिए‘ । निकै जोडले हल्लाएपछि ढोकाको सहारा लि‘ंदै भगवानको नाउ‘ं जप्न थाले‘ं । काम गरिरहेका महिला र पुरुषहरू रुवाबासी गर्दै बाहिर निस्के ।
– ‘लौन मेरो घर के भयो होला ?’
– ‘मेरा छोराछोरी के गर्दै होलान् ?’
– ‘फोनै लाग्दैन । लौ न सर के गर्ने ?’
आदि–आदि भन्दै कोलाहल गर्न थाले । आफ्नो धनजनको क्षति हुनसक्ने आशंका बोकेका जो जोले घर जाने इच्छा व्यक्त गरे, तिनलाई मैले ‘जानुस्–जानुस्’ भन्दै पठाई दिए‘ं । मलाई पनि मोबाइल नलागेर आफ्नी पत्नी,छोरा र घरको चिन्ता भइरहेको थियो । अर्थात् म अति नै अत्ताल्लिएको थिए‘ं । तर केही समयको निरन्तर प्रयासपछि सम्पर्क भयो । अनि सन्तोषको लामो श्वास फेरे‘ं मैले ।
हो, यस्तै–यस्तै अनुभूतिहरू भोग्दै लगभग २५ दिन घरलाई माया मारेर बाहिरै रात काटियो । रात–रातभर डङ्डङ्ती खाली रहेको घरमा टापटिपे चोरहरू छिर्न भ्याएनछन् । यस्मा पनि ईश्वरलाई धन्यवाद दिनै पर्ने हुन्छ । तर बॉंचिन्छ भन्दैमा सधै‘ं–सधै‘ यस्ता दिनचर्याले जीवनलाई हि‘ंडाउन नसकि‘ंदो रहेछ । खाने,बस्ने र सुत्नेको ठेगान नभएपछि मानसिक र शारिरीक दुबै पक्षबाट मानिस शिथिल बन्न पुग्दोरहेछ । यो लगभग डेढ महिनाको लामो त्राशदीपूर्ण वातावरणले हामीलाई के सिकायो भने विज्ञानले आजसम्म जति नै विकाश गरे तापनि ईश्वरले चाहे भने क्षणभरमै विनाश गर्नसक्ने रहेछन् । अझैसम्म भूकम्प यो समय यति म्याग्निच्यूडको आउ‘ंछ भनेर पत्ता लगाउन सक्ने क्षपता आजका मानिसमा रहेनछ ।
यिनै तीता–टर्रा यथार्थहरूलाई आत्मसात गर्दै विगत एक महिनादेखि आफ्नै घरमा बस्दै आएको छु म । गत वैशाख १२ गतेदेखि आज आषाढ १४ गतेसम्म पराकम्पनका बहानामा धरा हल्लिने क्रम रोकिएको छैन । अझ कतिदिन हल्लिने हो त्यो पनि थाहा छैन । कोही भन्छन्– ‘अब शुरुको जत्रो भुइ‘ंचालो जॉंदैन । महाभूकम्पपछि साना–साना कप्मनहरू आउनु स्वभाविकै हो । नब्बे सालमा पनि यस्ता धक्काहरू आइरहेका थिए रे ! अनि फेरि कोही भन्छन् –यो त राम्रो लक्षण हु‘ंदै होइन । काठमाडौ‘ं कुनै पनि समय भासिन सक्छ रे !’ खै के हो ? आपूmले नब्बेसाल देखिएन, भोगिएन । केही वर्ष पहिले हाइटीमा एउटा ठूलो भूकम्प आएको २÷३ महिनापछि पुनः त्योभन्दा शक्तिशाली भूकम्प गएर सर्वनाश गरेका इतिहास पनि हामीस‘ंग छ नै । यसैले मलाई अझै विश्वास छैन ती पूराना अनुभवका आधारमा भनिएका कुराहरू । कतै पहिलाको भन्दा अझै ठूलो धक्का आएर अकल्पनीय क्षति नहोला भन्न सकिन्न ।
भूकम्प सम्बन्धी पूर्ण अध्ययन र ज्ञान नभए पनि ‘जमिनबाट ८० देखि १०० किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्राहरूमा बिभाजित छन् । यी टुक्राहरूलाई ‘टेक्टोनिक प्लेट’ भनिन्छ । यस्ता प्लेटहरू समुद्रमा डुङ्गा तैरिएजस्तै एस्थेनोस्फेएरमा तैरिएर निश्चित दिशामा हि‘ंडिरहेका हुन्छन् । यसरी हि‘ंड्ने क्रममा यी प्लेटहरू कहीले एक अर्काबाट टाढा हुने्, कहिले नजिक आएर ठोकिने गर्छन् । यसरी ठोकि‘ंदा एक प्लेट अर्का प्लेटको मुनी घुस्ने वा घोटिने र सो क्षेत्रमा दवाव सिर्जना भई ऊर्जा सञ्चय हुने र उक्त ऊर्जा–शक्ति पृथ्वीको माथिल्लो तहमा रहेका चट्टान फोरेर एक्कासी बाहिर निस्क‘ंदा पृथ्वी कम्पन हुन्छ र यसलाई भूकम्प भनिन्छ भन्नेसम्म थाहा छ । साथै, टेक्टोनिक प्लेटहरूको सिमाना जहॉंजहॉं पर्छ ती क्षेत्रमा भूकम्प जाने गर्छ । यस्ता क्षेत्रहरूमध्ये नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ । त्यसैले यहॉं कही‘ं न कही‘ं थाहै नपाइने तवरले ससाना भूकम्पहरू गइरहेका हुन्छन् भन्ने पनि थाहा छ । हाल गएको विनाशकारी भूकम्प भने करिब पॉंच करोड वर्ष पहिले दक्षिण तर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटस‘ंग ठोकिन पुगेकोले हो भन्ने विश्वास गरेकाछन् विज्ञहरूले । उक्त ठोकाइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन रे ! इन्डियन प्लेट उत्तरतर्फ प्रति वर्ष एक इन्चका सरिरहेको छ रे ! यी सबै मैले कतैकतै पढेर,सुनेर बुझेका कुराहरू हुन् । तर नबुझेका कुराहरू कति छन् कति ?
वि.सं.१९९० सालमा आएको ८.२ रिक्टरको भूकम्पमा सात हजारभन्दा बढीले ज्यान गुमाए, धेरै भौतिक संरचनाहरू ध्वस्त भए । २०४५ सालमा उदयपुर केन्द्रविन्दु रहेको ६.५ रिक्टर स्केलको भूकम्पले सात सयभन्दा बढी मानिसकोे ज्यान गुम्यो,धेरै घरहरू ढले भने २०६७ साल असोज १ गते आएको ६.९ रिक्टर स्केलको भूकम्पले त्यति क्षति पु¥याएन । मात्र नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गयो र भौतिक संरचनाको नाश पनि कमै मात्र भयो । यसैगरी दुई महिना अघि अर्थात् २०७२ साल वैशाख १२ गते ११.५६ बजे गएको ७.६ रिक्टर स्केलको भूकम्पले आठ हजारभन्दा बढी मानिसको इहलीला समाप्त पार्नुका अलावा ऐतिहासिक संरचना र गाउ‘ंवस्तीहरूमा पु¥याएको क्षति हेर्दा के बुझिन्छ भने भूकम्पको रिक्टर सानो र ठूलो मात्र भनेर नहुने रहेछ । कहिलेकाही‘ं सानै रिक्टरले पनि ठूलो क्षति पु¥याउ‘ंदो रहेछ । हामीले २०४५ र २०६७ सालको भूकम्पलाई तुलना गर्ने हो भने तथ्य छर्लङ्गिन्छ नै । तर यो अध्ययनको विषय हो भन्ने लाग्छ मलाई ।
हो, दुई अक्षर पढेको भए पनि व्यक्ति–व्यक्तिपिच्छे जन्मिएका भविष्यवाणी र यसबाट त्रसित लाखौं सोझासिधा मानिसहरूकै समूहमा पर्छु म पनि । सम्भावित जोखिमबाट जोगिनका लागि आपूmले सक्दो सजगता, सतर्कता अपनाउ‘ंदै आएको छु, पत्नी, छोरा र आफन्तहरूलाई भनेको छु, सम्झाएको छु । यद्यपि ईश्वरको अगाडि हाम्रो केही लाग्दैन भन्ने पनि थाहा छ । त्यसैले त जबजब पराकम्पनको आभाष हुन्छ, बॉंच्नका लागि उनै सर्वव्यापी ईश्वरलाई सम्झदैं मेरा मुखबाट अनायास निस्कने गर्छ – राम ! राम ! राम !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु