अधिकार

- इन्द्रकुमार श्रेष्र्ठ सरित्

महिलाहरुको हकहित र अधिकारको बारेमा निर्मलादेवीले लामै भाषण गरिरह्ँदा बीच बीचमा पररर ताली बजिरहेको थियो । आप्mनो भाषण टुंग्याउँदै निर्मलादेवीले भनिन् —युगौंदेखि हाम्रो समाजमा महिलाहरु पुरुषको अगाडि दोश्रो दर्जाको नागरिक सरह जीवन बिताउँन बाध्य छन् । महिलाहरुले जीवनका हरेक मोडहरुमा पुरुषको अगाडि हात थाप्न विवश छन् । तर अबका दिनहरुमा यी बेथितिहरुको अन्त्य हुनैपर्छ । पुरुषहरुले महिलाहरुमाथि गर्ने अन्याय र अत्याचारको अन्त्य हुनैपर्छ । पुरुषहरुको दासत्वबाट मुक्त भएर महिलाहरुले पनि समाजमा इज्जत र स्वाभिमानका साथ बाच्न पाउनु पर्छ । त्यसका लागि राज्यले महिलाहरुलाई विशेष आरक्षण, सहुलियत र सुविधा प्रदान गर्नुपर्छ । यो कुराको प्रत्याभूति राज्यले अब बन्ने देशको संविधानमै गर्नुपर्छ, धन्यवाद । ’— भाषण सकिएपछि पररर बजिरहेको तालीको बीचमा गुलाफी रङ्घको चिकेन् सिल्कको सारीमा सजिएकी निर्मलादेवी सन्तुष्टिको मुस्कानपोख्दै मञ्चबाट आएर आप्mनो स्थानमा बसिन् । कार्यक्रमपछि कक्टेल डिनरको पार्टी सक्याएर घर पुग्दा बाह्र बज्नै लागेको थियो । त्यसैले धेरैबेर घण्टी बजाएपछि कामगर्ने केटो विहारीले गम्छाले अाँखा मिच्दै ढोका खोल्नेबित्तिकै निर्मलादेवीले रक्सीले लर्बरिएको खुट्टाले विहारीलाई एक लात जमाइन् —‘साला, ढोका खोल्न यत्रो बेर लाउँछस्, पाजी । ’’
शयनकक्षमा पुग्दा बालखा छोरा च्यापेर सुतिरहेको लोग्नेलाई देखेपछि निर्मलादेवीको क्रोध थप्पड बनेर सुतिरहेको लोग्नेको गालामा बज्रियो —‘ ए स्वाँठ, तँलाई मैले व्यानै भन्या हैन आज अर्को कोठामा सुत्नु भनेर ? खुरुक्क जा उता ।’’
निद्रा भगाउन अाँखा मिचिरहेको निर्मलादेवीको लोग्नेलाई नशाले लर्बरिएकी निर्मलादेवीलाई च्यापेर एउटा मुस्टण्डे मुसुमुसु मुस्कानछर्दै उपेक्षाको भावमा हेरिरहेको थियो ।

तरहरा (सुन्सरी), हालः एकताबस्ती, बुढानिलकण्ठ न.पा.

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु