सुदामाको कनिकाको पोको

- चूडा मणि रेग्मी

“अ‍े बा !” कानकै छेउमा आअ‍ेर जेठी छोरीले भनी– “द्वारका सदनबाट फोन आअ‍ेको– भोलि बिहान उहीँ भान्सा गर्नेगरी जानू रे !”
बुढो सुदामा छक्क पर्यो– कस्तो अचम्म ! कृष्णले मेरो खोजी गरेछ ।
“साथीले खोजेको नि ! साथीको प्रिय तपाईँ । जानू नि मिठो–मिठो खान पाइन्छ ।” छोरीले जिस्क्याउँदा बुढो सुदामाले भन्यो– “छोरी ! मलाई कसैले खान बोलायो कि कस्तो–कस्तो लाग्छ । तेरो घरबाट ... “अब निस्क बा !” भनिस् भने पनि अर्को कुनै ठाउँ बस्छु, जहाँ बस्न धक फुक्छ ।”
छोरीले हाँस्तै भनी–“त्यसो भअ‍े आजै जानू नि ! फोन गरिदिन्छु !”
“हुन्छ !”
अ‍ेक छिनपछि ज्वाइँ आअ‍ेर द्वारका सदन जाने ठाउँ, जाने बाटोको नक्सा कागजमा लेखेर जानकारी दिअ‍ेपछि दौरा–सुरुवाल, इस्टकोट, टोपी र कपडाका जुत्ता धडेर काँधमा झोला भिरेको बुढो सुदामा छोरीका अगाडि ठिङ्ङ उभियो र हाँस्यो ।
“जानू ! झोलामा के बोेकेको छ ?” छोरीले सोधी ।
“उही त हो नि !”
“कनिकाको पोको ?” छोरी हाँसी ।
“हामी गरीबका सृष्टि कनिकै हुन् छोरी !” भन्दै सुदामा ढोका बाहिरियो ।

ज्वाइँको निर्देशन वमोजिम सुदामा बस चढ्यो । उसले धेरै साथीहरू सम्झियो । कति साथी निर्धा थिअ‍े । कति साथी बलिया थिअ‍े । आफूलाई सम्झियो । कुनै वेदना उसका मनले पोखेन । यस्तैउस्तै गुन्दै भनेका ठाउँमा ओर्लियो । केही तेर्सियो र फनक्क उकालियो । त्यहाँ अ‍ेउटा भव्य महल रहेछ, जहाँ यदुवंशी रजौटाहरूको वंशको अवशेषस्वरूप भव्य, तर जीर्ण भवन थियो । अचम्मसँगले डाँडामा त्यो विराजमान थियो । त्यसैको दायाँपट्टि त्यहाँ कुनै राजवंंशका पछिल्ला पुस्ताका धनवान्हरूले आफू विदेसिअ‍ेर बहालमा दिअ‍ेको ... हिमालय आवास नाउँको होटलको भव्य चहक छरिअ‍ेको थियो । सुदामाका अन्तरहृदयमा उकुसमुकुस थियो – कस्तो विगत छ हाम्रो ! जस्को त्रासदी भूत यहाँ छ्याप्छ्याप्ती बसेको छ । स्वाँ–स्वाँ गर्दै ज्वाइँले कोरिदिअ‍ेको नक्सा हेर्दै बुढो सुदामा अझ उकालियो । ... द्वारका क्षेत्र हो चौतारो’ भनेको चौतारीमा पुग्यो । अनौठो अनुभव भयो । एक छिन सुस्तायो । त्यहाँ पुगेर फोन गर्नु भनेको हुनाले त्यहीँ दोकानबाट कृष्णलाई फोन गर्यो– “आइपुगेँ !”
जवाफ आयो– “ल, म लिन आउँछु ।”
पाँच मिनेटपछि बुढो कृष्ण आयो । सुदामाले हेर्यो– उही हो त यो कृष्ण ? कृष्णले पनि हेर्यो– उही हो त यो सुदामा ?
दुबै जनाले एकै छिन्अघि बालक कालमा वनमा गाई चराउँदाका दृश्य सम्झिअ‍े । त्यतिखेरको अनुहार पनि सम्झन खोजे । हेलिकोप्टर बस्नेजस्तो यो डाँडामा भर्खरभर्खर बनेका अ‍ेक–दुई सय घरको अ‍ेउटा गल्लीमा पुगेर दायाँ पट्टीको तीन तले घरको ढोकामा कृष्ण उभियो । उसले भन्यो– “यही हो सुदामा दाइ, तिम्रा साथीको कुटी ?”
अत्यन्त प्रसन्न भयो सुदामा । हाँस्यो– “कुटी !”
भित्र छिरे दुबै जना । भुइँ तलामा भाडावाल बसेका रहेछन् । माझको तलामा दुई–तीन कोठा थिअ‍े होलान् । ती बन्द थिअ‍े । सरासर माथिल्लो तलामा लगेर कृष्णले अ‍ेउटी उज्याली बृद्धालाई देखाउँदै सुदामालाई सोध्यो– “चिन्यौ यी को हुन् ?”
मुसुमुसु ती महिला हाँसिन् । छक्क पर्दै सुदामाले भन्यो– “यी रुक्मिणी वहिनी हुन् । उस्तै रहिछ्यौ केश मात्र पाकेका ! खै त छोराहरू ?”
“सबै विदेशमा नि !” रुक्मिणीको छोटो जवाफ थियो ।
“ल, जाऊँ भित्र” भनी भान्सा कोठाको बाटो कृष्णले सुदामालाई आफ्नो अध्ययनकक्षमा लगेर बसायो । “तातो खाउँ कि चिसो ?” सोध्यो पनि ।
एक प्रकार रोमान्चित थियो सुदामा । उसलाई अ‍ेउटा अनौठो दुनियाँमा आअ‍ेको अनुभव भइरहेथ्यो । आफू जेजस्तो भअ‍े पनि यो साथीको यो अवस्था देखेर ऊ अति प्रसन्न भइरहेथ्यो । उसले अरु केही भनेन । यति मात्र भन्यो– “यो ठाउँ सारै चिसो रहेछ । चिसो खाँदा घाँटी दुख्ने हुँदा तातो वस्तु नै खाने गरेको छु, तर अहिले म त भर्खरै भात खाअ‍ेर आअ‍ेको । केही खानु परेको छैन नि । साथीलाई भेटौं भनेर मात्र आअ‍ेको ।”
कृष्ण हाँस्यो– “सुादामा दाइ, तिम्रो सङ्कोची स्वभाव कहिल्यै गअ‍ेन ।”
सुदामा पनि हाँस्यो– “कृष्ण, जहाँ पुगे पनि, जस्तो अवस्था भअ‍े पनि साथीभाइसँग उदार हुने तिम्रो बानी उस्तै हगि ?”
के भन्ने के भन्ने भअ‍े दुबै । सुदामाले कोठाको चारैतिर हेर्यो । उज्यालो अनुहार लायो । टेबुलमा फोन छ । मोवाइल छ । दराजमा पुस्तक छन् । कोठाका भित्ता ओरिपरि सजाअ‍ेर टाँगेका ठुला–ठुला व्यक्तिहरूका चित्रहरू छन् ।
“आज कसरी सम्झियौ ?” सुदामाले सोध्यो ।
“किन सोध्यौ ?”
“आजको व्यक्तिवादी जमानामा कसैले कसैलाई सोधखोज गर्दैन, हैन र ?” हाँस्तै कृष्णले भन्यो– “छोरीका घर यत्रो दिन लुकेर तिमी बसे पनि पत्तो लगाअ‍ेँ नि सुदामा दाइ ! पर्ख है !” कृष्णले कुनै रहस्य खोल्ने हिसाबले भन्यो– “हेर दाइ !” छेउमा बोलाअ‍ेर यौटा व्यागभित्र रहेको ... ल्यापटप खोल्यो । ... सुदामा शीर्षकमा लेखिअ‍ेका कुराहरू पढ्न लगायो । सुदामाले आफ्नो, आफ्नी बुढी विद्याको, आफ्ना सातवटै छोरीहरूका चित्रहरू र गोठका, गाईहरूको उतिखेरकी रुक्मिणीको र कृष्णको सबै विवरण चित्रसहित हेरेर छक्क पर्यो ।
कृष्णले सदामाको उज्यालो अनुहार त्यो कोठाभरि छरिअ‍ेको अनुभव गर्यो । यतिखेरै रुक्मिणीले पनि चिया र बिस्कुट ल्याअ‍ेपछि “ल ! खाऊँ सुदामा दाइ !” भन्यो प्रसन्न कृष्णले ।
ल्याअ‍ेको कनिकाको पोको भअ‍ेको झोला सुदामाले अझसम्म दिअ‍ेको छैन । टेबुलमुनि गोडाको छेउमा झोला अड्याअ‍ेको छ । त्यो झोलातिर कृष्णको दृष्टि परेको छ । रुक्मिणी चिया बिस्कुट राखेपछि गृहिणी भअ‍ेकीले आफ्ना काममा गइहालिन् । फेरि दुई जना साथी मात्र त्यो कोठामा केही शुन्य भअ‍ेजस्तो बसिरहेका छन् । सागर भित्र कतै भावुकताले रजाइँ गरेको अनुभव भइरहेछ । कृष्ण भन्छ– “सुदामा दाइ ! मैले सबै राजनीति छाडेको छु । अचेल मेरो साथी यही ल्यापटप हो । यिनै पुस्तक हुन् । यही फोन र मोवाइल हो । चाहँदा विश्वसँग सम्पर्क हुन्छ यही कोठामा । यही अवस्था छ मेरो दाइ !”
फेरि सुदामा भक्कानियो, विशेष बोल्न सकेन । कृष्ण पनि भक्कानियो । के भनूँ के भनूँ भयो ।
“आज चाहिँ जान्छु । फेरि भेट्ने है । घर देखिहालेँ ।” मुस्किलले सुदामाको बक फुट्यो । कृष्णसँग हात मिलाअ‍ेर कोठावाहिर आअ‍ेर भँडारतिर केही गरिरहेकी रुक्मिणीलाई सादर नमस्कार गर्यो र सुदामा ढोका बाहिरियो । अघि उकालिअ‍ेका बाटातिर ओरालिँदै तेर्सिँदै बस चढेर घर भित्रिँदा छोरीले प्रसन्न हुँदै कोट खोलिदिई र कुर्सीमा बसाउँदै भनी– “साथीसँगको भेट कस्तो भयो बा ?”
सुदामाले केही भन्न खोज्दा नखोज्दै छोरीले भनिहाली– “बा तपाईँको कनिकाको पोको कृष्ण काकालाई सारै मिठो लाग्यो अरे । आफ्नै हातले किन दिनु नभअ‍ेको ? तपाईँ हिड्ने बित्तिकै कनिकाको पोको खोलेर सबै कविता पढेछन् कृष्ण काकाले । कहिले लेख्नु भयो बा, त्यति राम्रा अक्षरले कृष्णका बाललीला विषयमा त्यति राम्रा कविता ?” सुदामा हाँस्यो ।

“निद्रामै किन हाँस्नुभअ‍ेको बा ?” छोरीले मलाई भन्दा पो म छक्क पर्दै ब्यूँझिअ‍ेँ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु