नेपालीका पहिलो जातीय कवि भानुभक्त

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

नेपालीका आदिकविका रूपमा परिचित भानुभक्त नेपालका राष्ट्रिय विभूति पनि हुन् । द्विशतवार्षिकी मनाइसकिएका भानुभक्तलाई कुनै व्यक्ति, जात र धर्मविशेषमा सीमित नगराई समग्र नेपाली जातिका धरोहरका रूपमा लिनुपर्छ र उनलाई सीमित परिवेशमा खुम्च्याएर वैयक्तिक स्वार्थपूर्तिको साधन बनाउने प्रयत्न गरी उनको महिमा घटाउने काम गर्नु हुन्न । नेपालमा भानुभक्तलाई सीमित व्यक्तिहरूले सीमित परिवेशमा खुम्च्याउने प्रयत्न गरेका कारण भानुभक्तको महिमा नेपालभित्रभन्दा नेपालबाहिर बढी देखिन्छ । नेपालबाहिर भारतका विभिन्न ठाउ“मा मात्र नभई अमेरिकालगायतका मुलुकमा भानुभक्तका सालिक स्थापना गरी उनीप्रति सम्मानभाव दर्साइएको छ । भानुभक्त आचार्यको द्विशतवार्षिकीका अवसरमा अमेरिकाको वासिङ्टन डिसीमा भानुभक्तका सालिकको अनावरण यसै पङ्क्तिकारसमेतबाट भएको हो ।
१८७१ साल असार २९ गते पश्चिम नेपालको तनहु“ जिल्लाको चु“दी रम्घा गाउ“मा पण्डित श्रीकृष्ण आचार्यका नाति तथा खरिदार धनञ्जय आचार्य र धर्मावतीदेवीका छोराका रूपमा जन्मिएका भानुभक्त आचार्यले घरैमा आÇना हजुरबाबाट अनौपचारिक संस्कृत शिक्षा ग्रहण गरेका थिए । भानुभक्तको जन्म पहाडी गाउ“ तनहु“को उच्चकुलीन सम्पन्न एवं शिक्षित घरानिया“ परिवारमा भएको र यिनको प्रारम्भिक शिक्षादीक्षा घरमै आÇनै हजुरबा श्रीकृष्णबाट भएको हो । यिनका बाबु बाहिरी जिल्लामा जागिर खाने भएकाले यिनको बाल्यकाल हजुरबाका साथमा बितेको हु“दा भानुभक्तको विशेष लगाव बाबुतिर नभई बाजेतिर देखिन्छ । यिनले आना बाजेस“ग बनारस बस्दा संस्कृत शिक्षाका साथै ज्योतिषको पनि अध्ययन गरेका थिए । आÇना बाजे श्रीकृष्ण आचार्यको सङ्गत, नैसर्गिक प्रतिभा, संस्कृत काव्य परम्परा तथा घा“सीको प्रेरणाबाट यिनी कविता सिर्जनातर्पm लागेको देखिन्छ ।
सामान्य जागिरे, पुरेत्याइ“ र ज्योतिष पेसा अवलम्बन गर्ने भानुभक्तले रामायण, भक्तमाला, प्रश्नोत्तरमाला, बधूशिक्षा, रामगीता र केही फुटकर कविता सिर्जना गरेका छन् । सानैदेखि कवितालेखनतर्पm अग्रसर भएका भानुभक्तले १८९८ सालतिर रामायणको बालकाण्ड लेखे । त्यसबेलासम्म वसन्त शर्मा लुइटेलको श्रीकृष्णचरित्र निकै लोकप्रिय भइसकेको थियो । त्यसैबाट प्रभावित र प्रेरित भएर भानुभक्तले पनि वसन्त शर्माले प्रयोग गरेकै शार्दूलविक्रीडित छन्दको चयन गरी कृष्णको सट्टा रामलाई आराध्यदेव बनाएर बालकाण्ड रचना गरेको बुझिन्छ र यही विषयवस्तु र छन्दलाई विस्तार गरी रामायण लेखेको देखिन्छ ।
भानुभक्त पाल्पाको एक पल्टनमा सरकारी जागिरे पनि भएका थिए । बहीपत्र नमिली यिनी १९०९ सालतिर पा“च महिनाजति कुमारी चोकमा थुनामा परे र त्यसैबेला यिनले बालकाण्डको परिमार्जन र रामायणका अन्य काण्डको लेखन गरेको बुझिन्छ । कवितामै बिन्तीपत्र लेखेर चढाएपछि भानुभक्त थुनाबाट मुक्त भए र त्यसपछि उनले जागिर खाएनन् । भानुभक्तको आÇनो स“धियार गिरिधारी भाटस“ग मुद्दा पर्दा कवितामै फिरादपत्र हालेको र पछि मुद्दा जितेको भन्ने जानकारी पाइन्छ । झोंकी र सन्की स्वभावका भानुभक्त आपूmलाई चित्त नबुझ्नेबित्तिकै आफन्त, इष्टमित्र जोसुकैलाई पनि कवितामै गाली गर्थे । ‘गजाधर् सोतीकी घरबुढि अति अलक्षिन्कि रहिछन्’ जस्ता कविताले यही कुराको पुष्टि हुन्छ । परिस्थितिअनुसार जुनसुकै विषयमा तत्काल कविता लेख्नसक्ने भानुभक्त आचार्यका बारेमा थुप्रै किंवदन्तीहरू पनि पाइन्छन् । यिनको मृत्यु १९२५ साल आश्विन शुक्ल पञ्चमीमा तनहु“ जिल्लाको सतीघाटमा भएको हो ।
भानुभक्त आचार्य प्राथमिक कालीन नेपाली कविताको भक्तिधाराअन्तर्गत रामभक्ति धाराका विशिष्ट कवि तथा नेपाली भक्ति कविताका केन्द्रीय प्रतिभा हुन् । फुटकरदेखि महाकाव्यसम्मको रचना गर्ने भानुभक्तको रामायण नेपाली भक्तिकाव्यको सर्वश्रेष्ठ कृति हो र भानुभक्त नेपालीका प्रथम लोकप्रिय महाकाव्यकार हुन् । यो वाल्मीकि रामायण, अध्यात्म रामायण आदिबाट गृहीत एवं प्रभावित भए तापनि नेपालीको मौलिकग्रन्थ सरह नै छ । यसको लोकप्रियता, प्रभावकारिता र नेपालीपनले यसलाई उच्चतम गरिमा थपेको छ । भानुभक्तको रामायणलाई कतिपयले अनुवाद भनेको पाइए पनि आपूmले ग्रहण गरेका संस्वृmत ग्रन्थका प्रभावलाई पचाएर यिनले स्वतन्त्र ढड्डमा रामायणको रचना गरेकाले यसलाई मौलिक महाकाव्य सरह मानिन्छ । अन्यत्रबाट विषयवस्तु लिए तापनि यिनले आनै खालको प्रस्तुति गरी रामायणलाई नवीनता दिएका छन् र नेपालीपनले ओतप्रोत हु“दा यिनको महाकाव्यकारितामा मौलिकता देखिन्छ ।
भानुभक्तले पौराणिक विषयवस्तुलाई युगीन सामाजिकतास“ग जोडेर महाकाव्य रचेका छन् । रामायणको कथावस्तु पुराणको भए पनि यसमा तत्कालीन नेपाली समाजका प्रशस्त झलकहरू पाइन्छन् । यिनी रामायणमा पौराणिक विषयवस्तुलाई पनि युगीन रूप दिनसमेत सफल देखिन्छन् । यसमा मुख्यतः आदर्शवादी स्वर पाइन्छ । यिनले रामलाई आदर्श राजा र आदर्श पुत्र, सीतालाई आदर्श पत्नी, लक्ष्मण र भरतलाई आदर्श भाइ, दशरथलाई आदर्श पिता तथा कौशल्यालाई आदर्श माताका रूपमा प्रतिष्ठापित गरेका छन् । रामको मर्यादा पुरुषोत्तम रूप चित्रित गरेर पनि यिनले आदर्शकै स्थापना गरेका छन् । आना वृmतिमा राम अर्थात् सत्य एवं आदर्शको विजय देखाएर यिनले आदर्शकै अनुसरण गर्ने सन्देश दिएका छन् ।
भानुभक्तको भाषा आजका सन्दर्भबाट हेर्दा कतिपय ठाउ“मा त्रुटिपूर्णजस्तो देखिए पनि तत्कालीन सन्दर्भबाट हेर्दा निकै परिष्कृत र परिमार्जित रहेको देखिन्छ । शैशवावस्थामै रहेको नेपाली भाषालाई कविताका माध्यमबाट नेपाली जनमानसमा लोकप्रिय तुल्याउने यिनको प्रयास सराहनीय छ । यिनले नेपाली भाषाको प्रयोग सरल र सहज ढङ्गले गरेको मात्र नभई यसलाई जीवन्त पनि तुल्याएका छन् । रामायणमा मुख्यतः वर्णनात्मक र विवरणात्मक शैलीको प्रयोग गरिएको भए पनि ठाउ“ठाउ“मा संवादात्मक र सम्बोधनात्मक शैलीको समेत प्रयोग गरिएको छ । यसमा प्रयुक्त भाषाशैली कृत्रिम पाराको नभई सहज र स्वाभाविक पाराको छ । सरल, सहज र प्रवाहपूर्ण भाषाशैलीमा प्रस्तुत गरिएको यो कृति सर्वसाधारण सबैका लागि सुबोध्य छ । नेपाली भाषाले उति स्तरीय स्वरूप प्राप्त गर्न नसकेको अवस्थामा यसलाई सर्वसाधारणले समेत बुझ्ने गरी सरल ढङ्गमा प्रयोग गर्नु उल्लेख्य पक्ष हो ।
रामायणमा शार्दूलविक्रीडित, शिखरिणी, मालिनी, इन्द्रबज्रा, स्रग्धरा, वसन्ततिलकाजस्ता विविध शास्त्रीय छन्दहरूको नेपाली भाषानुवूmल स्वाभाविक प्रयोग छ । भानुभक्तले यी विभिन्न छन्दमध्ये शार्दूलविक्रीडित छन्दको प्रयोग अग्रज कवि वसन्त शर्मा लुइटेलको श्रीकृष्णचरित्रबाट प्रभावित र प्रेरित भएर प्रयोग गरेको देखिन्छ । वसन्त शर्मा लुइटेलले विशेष महŒवका साथ प्रयोग प्रारम्भ गरेको शार्दूलविक्रीडित छन्दको प्रयोग तथा भया, गया, थियाजस्ता भाषाको प्रयोगमा भानुभक्त वसन्त शर्मा लुइटेलबाट पूरै प्रभावित देखिन्छन् । उदाहरणका रूपमा भानुभक्तको रामायण वसन्त शर्माको श्रीकृष्णचरित्रको पहिलो श्लोक नै पर्याप्त छ, जस्तै—
कोही एक् मथुरापुरी नगरिमा श्रीकृष्ण औतार् भया ।
शङ्खै चक्र गदा पदम् भुजविषे पाऊ कमल् भै“m थिया ।।
नीधार्मा मणिका मुकुट्कन जडी चक्रै सुदर्सन् लिया ।
देख्या श्रीवसुदेवले चतुरभुज् सम्पूर्ण दर्सन दिया ।। १ ।।
श्रीकृष्णचरित्र
एक् दिन् नारद सत्य लोक् पुगि गया लोक्को गरू“ हित् भनी ।
ब्र≈मा ताहि“ थिया प¥या चरणमा खूसी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्र≈माको करुणा बुझेर ऋषिले बिन्ती ग¥या यो तसै ।। १ ।।
रामायण
यसरी भानुभक्तको रामायणमा वसन्त शर्मा लुइटेलका छन्द प्रयोगको स्पष्ट प्रभाव पाइए पनि विषयवस्तुको अपेक्षाअनुरूप छन्दको प्रयोग गर्न भानुभक्त कुशल देखिन्छन् ।
भानुभक्तले आना काव्यमा सरल, सहज र चोखो मिठो नेपाली भाषाशैलीको प्रयोग गरेका छन् । यिनको भाषा प्रभावकारी र प्रवाहमय दुवै छ । भानुभक्तले नेपाली भाषाको ओजस्वी प्रयोग गरेर यसलाई नेपालको प्रमुख साहित्यिक भाषाका साथै जनजनको भाषा पनि तुल्याएका छन् । यिनका भाषामा स्तरीय नेपालीको स्पष्ट रूप देख्न सकिन्छ । भानुभक्त शास्त्रीय छन्दलाई अ“गालेर सरल, सहज कविता लेख्ने कवि हुन् । यिनले शार्दूलविक्रीडित, शिखरिणी, वसन्ततिलका, स्रग्धारा, इन्द्रबज्रा आदि विभिन्न शास्त्रीय छन्दलाई स्वाभाविक र सार्थक प्रयोग गरी नेपालीमा यी छन्दहरूलाई सहज तुल्याएका छन् । यिनले आÇना काव्यकृतिमा उपमा, रूपक आदि अलड्ढारहरूको सफल, सार्थक र सुहाउ“दो प्रयोग गरेका छन् ।
भानुभक्तले रामायणका माध्यमबाट तत्कालीन समाजका विभिन्न भाषा र संंस्वृmतिका बीच समन्वय गर्ने उल्लेख्य कार्य गरेका छन् । यिनको यो सेवा भाषाप्रेम, राष्ट्रप्रेम र जातिप्रेमस“ग सम्बद्ध भएकाले यिनलाई नेपालीका जातीय कवि मानिन्छ । नेपाली भाषालाई आना काव्यद्वारा साझा भाषाका रूपमा लोकप्रिय गराउनु यिनको अत्यन्त ठूलो योगदान हो । सर्वसाधारणले सजिलै बुझ्ने भाषा प्रयोग तथा मुखाग्र रूपमा वाचन गर्नसक्ने लोकप्रिय छन्दको प्रयोग गरी मौलिकताका साथ लेखिएको भानुभक्तको रामायण नेपालीको अत्यन्त लोकप्रिय कृति हो र यसबाटै यिनको खास पहिचान बनेको हो ।
भानुभक्तका कतिपय कवितामा देशप्रेम र राष्ट्रियताको भावना उत्वृmष्ट रूपमा पोखिएको छ भने देश र प्रवृmतिको मनोरम चित्रण पनि छ । भानुभक्तले आÇना कतिपय कवितामा व्यङ्ग्यात्मक अभिव्यक्ति पनि दिएका छन् । रामायणका लेखकका रूपमा भानुभक्तको काव्यिक विशेषता रामभक्तिमा केन्द्रित भक्तिभाव हो भने प्रश्नोत्तरमाला आदिका लेखकका रूपमा यिनको विशेषता अध्यात्मभाव हो । फुटकर कविताका सर्जकका रूपमा राष्ट्रवादी भावना तथा व्यङ्ग्य चेतना यिनको वैशिष्ट्य देखिन्छ भने वधूशिक्षा आदिमा सामाजिक चेतना अभिव्यञ्जित भएको छ । समग्रमा यिनका कविताहरू भक्तिपरक, औपदेशिक, आध्यात्मिक र नैतिक सुधारात्मक छन् । नेपाली कविताको सिङ्गो प्राथमिक कालकै केन्द्रीय कवि र लोकप्रिय महाकाव्यकार भानुभक्त आचार्य समयका दृष्टिले प्रथम कवि नभए पनि प्रभावकारिताका दृष्टिले नेपालीका पहिलो जातीय कवि भएकाले यिनलाई आदिकवि मानिएको हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 मङ्गसीर, 2072

लेखकका अन्य रचनाहरु