नेपाली एम.ए. दोस्रो वर्षको उद्घाटनमा गुवाहाटी जाँदा

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

गौहाटी विश्वविद्यालयको विशेष आमन्त्रणमा नेपाली एम.ए. दोस्रो वर्षको उद्घाटनका लागि गुवाहाटी जानु थियो । यसपटक मैले बिहु छलेर जाने निर्णय गरी त्यसैअनुरूप उता खबर गरेको थिए“ । अगिल्लै वर्षका बिहुको मिठाईले म तृप्त भइसकेको हु“दा यसपटक बिहु छल्नु नै उपयुक्त ठानेर त्यसो गरेको हु“ । भद्रपुरसम्मको मेरो यात्रा धेरजसो बुद्ध एयरमा हुने गर्छ र टिकटको बन्दोबस्त सधै“जसो विनोद पौडेलले गरिदिन्छन् । उनी सहयोगी छन्, फोन गर्नासाथ घरमै टिकट ल्याइदिइहाल्छन् । यसपटक पनि मेरो भद्रपुर र गुवाहाटी यात्राको टिकट आइसकेको थियो । २०६८ माघ २ गते अर्थात् १६ जनवरी २०१२ बिहान ११.१० बजे उड्ने भनिएको जहाज २.३० बजे मात्र उड्यो । यो त हाम्रो राष्ट्रिय पहिचान नै भइसकेकाले गुनासो गर्नुको के नै अर्थ छ र ? फेरि गुनासो गर्ने कुनै निकाय भए पो ¤ त्रिभुवन विमानस्थलमा मेघा बैंकका अध्यक्ष मित्र डा. मदन दाहाल र उनको परिवास“ग भेट भएकाले समय कटाउन केही सजिलो भयो ।
म अनेक पटक भद्रपुर जा“दा पनि झापा वरपरका ठाउ“ नघुमेको र निकै पहिले घुमेका ठाउ“ पनि लगभग बिर्सिसकेकाले यसपटक एक दिन झापा बस्ने योजना बनाइएको थियो । पुराना मित्र चूडामणि वाशिष्ठको घरमा बस्ने निधो भइसकेकाले म भद्रपुर एयरपोर्टबाट सोभैm उनको घरतर्पm लागे“ । बाटो झुक्किएर झन्डै गडबड भएको तर उनी बाटैमा लिन आएकाले धेरै असजिलो भएन । म कतै बाहिर जा“दा भरसक चिनेजानेका आफन्त र साथीभाइलाई दुख दिनुभन्दा बरु होटेलमै बस्ने अनि साथीभाइहरूस“ग भेटघाट मात्रै गर्ने सोच्छु तर साथीभाइले होटेलमा बस्नै दि“दैनन् र तिनकै घरमा बस्न बाध्य हुन्छु । जिन्दगी सोचेजस्तो मात्र कहा“ हुन्छ र ? त्यसैले त भन्छन् नि ‘जिन्दगी सोचेजस्तो होइन भोगेजस्तो हुन्छ’ भनेर ।
हुन त कतिपय साथीभाइकहा“ बस्दा आनैमा बसेजस्तो पनि लाग्छ । मलाई वाशिष्ठजीकहा“ बस्दा त्यस्तै अनुभूति हुन्छ । केही क्षण वरपर घुमेर फर्किई खाना खाएर निकै बेर अनेक थरी गफ गरियो । बिहान म नउठ्दै वाशिष्ठजी बाटो लागिहाले । उनी बिहान फजिरै उठेर कतै पढाउन जा“दा रहेछन् र आठ नबज्दै घर आई मेची क्याम्पस जा“दा रहेछन् । त्यस दिन हामी दुवै मेची क्याम्पस गयौ“ । बिहानभर थुप्रै साथीभाइ र विद्यार्थीस“ग गफगाफ भयो ।
त्यस दिन दिउ“सोको कार्यक्रम झापा भ्रमणको थियो । मेची क्याम्पसमा पढाउने मेरा पुराना विद्यार्थी लक्ष्मी ढुङ्गेलले मलाई मोटरसाइकलमा बिर्तामोड हु“दै दमक पु¥याए । दमक बहुमुखी क्याम्पसमा गइयो । त्यहा“का सहायक क्याम्पस प्रमुख मेरा पुराना मित्र महेन्द्र गुरागाईं रहेछन् । त्यहा“ अङ्ग्रेजीका शिक्षक पुरानै मित्र कमल वस्तीस“ग पनि भेटघाट भयो । अरू थुप्रैस“ग चिनजान भयो । एकै पटक धेरैस“ग चिनजान हु“दा नाम सम्झेर साध्य भएन । क्याम्पस भवन भव्य रहेछ, पुस्तकालय पनि रामै्र । मलाई पुस्तकालयको अवलोकन गराइयो । त्यस पुस्तकालयमा मेरा सबैजसो पुस्तक रहेछन् । पुस्तकालयमा आना सबैजसो पुस्तक देख्दा एउटा लेखकलाई खुसी नलाग्ने कुरै भएन । त्यहा“ आउने विशिष्ट व्यक्तित्वको मन्तव्य लेख्न छुट्टै आगन्तुक पुस्तिका पनि राखिएको रहेछ । मलाई पनि मन्तव्य लेखाइयो । त्यस क्याम्पसमा परीक्षा पनि चलिरहेकाले केही क्षण त्यसको पनि निरीक्षण गरियो । निकै बेर क्याम्पसमा बिताएर हामी वरपरको दृश्यावलोकन गर्दै फर्कियौ“ र बिर्तामोडमा खाजा खाएर चन्द्रगढी पुग्यौ“ ।
बेलुका थुप्रै साथीहरूस“ग गफगाफ गरेरै बिताइयो । त्यहा“का साथीहरूले मलाई राम्ररी चिने पनि मौसमले भने नचिनेको बुझियो । राती डेढ बजेतिरदेखि मेरा पेटमा गडबडी सुरु भयो । पेटभित्र व्यापक मेघ गर्जन मात्र होइन घनघोर वर्षा नै हुन थाल्यो, त्यो पनि दर्केरै । सुरुका दुईचारपटक त कसैलाई भनिएन तर गर्जनका साथ निरन्तर वर्षा हुन थालेपछि वाशिष्ठजीलाई बोलाइयो । उनले त्यसलाई सामान्य रूपमा लिए तर मेरा लागि असामान्य भइसकेको थियो ।
डाक्टरलाई देखाउनु नै उपयुक्त ठानियो । चार बजेतिर मलाई मेची अस्पताल पु¥याएर भर्ना गरियो । त्यहा“ डाक्टर कतै देखिएनन् । केही तालिमे ठेउकी नर्स मात्र थिए । तिनीहरूले नै मलाई स्लाइन पानी चढाए । मैले डाक्टर बोलाउन पटकपटक अनुरोध गरे“ । नर्सहरू डाक्टर बोलाउन नगएका पनि होइनन् तर डाक्टर नै आएनन् । बिहान आठ बजेसम्म मेरो शरीरमा पा“च बोतलभन्दा बढी स्लाइन चढाइसकिएको थियो । मेरा छेउकै बेडमा एउटी सानी बच्चीको रुवाइ हृदय विदारक थियो । उनका बाबुआमाले पनि फुल्याउन सकेका थिएनन् तर त्यो चीत्कार डाक्टरको कानमा परेको थिएन । मलाई भने त्यसले पनि निकै सताइरहेको थियो । बिहान आठ बजेतिर एकजना अल्लारे ठेउको आएर झर्क“दै छेउछाउका बिरामीलाई हेर्न थाले । केही नर्सको ड्युटी फेरिइसकेको थियो । बा“की भएकाले त्यस ठेउकालाई मतिर देखाएपछि उनी मेरो छेउमा आए ।
मैले उनलाई सोधे“— ‘तपाईं नाइट ड्युटीको डाक्टर हो ? उनले कड्किएर भने— ‘हो किन ?’ मैले भने“— ‘नाइट भनेको बिहान आठ बजेदेखि मात्र हुन्छ ? म चार घन्टादेखि हस्पिटलमा भर्ना गरिएको छु तर यहा“ डाक्टर कोही छैनन्, यो के चाला हो भाइ ?’ उनले लाज पचाएरै भने“ ‘म सुतेको थिए“, भर्खर उठे“’ । मैले भने“ — ‘नाइट ड्युटीका डाक्टरको ड्युटी सुत्ने नै हो त ?’ उनी त उल्टै ‘नसुतेर के गर्ने त, डाक्टरलाई निन्द्रा लाग्दैन ?’ आदि भन्दै झन् कुर्लिन पो थाले । मैले नरम पाराले भने“— ‘विभिन्न ठाउ“मा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भयो भनी बारम्बार अस्पताल र डाक्टरको तोडफोड भएको समाचार सुन्दा मलाई ती तोडफोड गर्नेप्रति घृणा लाग्थ्यो तर आज मलाई तिमीहरूप्रति घृणा र ती तोडफोडकारीप्रति सद्भाव जागेको छ बुझ्यौ ? तिमीहरूको बेहोरा कुटाइ खाने खालको भएरै तिनीहरूले त्यसो गरेका रहेछन् । रातभर सुतेर बिरामी हेर्न पनि नआउने अनि आएपछि पनि आपैm“ ठूला कुरा गर्ने । तिमीलाई लाज लाग्दैन भाइ ? तिमीहरूलाई पढाउ“दा यस्तै कुरा सिकाएको थियो ?’ तिनले के सोचे कुन्नि यसपटक भने केही बोलेनन् ।
मैले ती फुच्चे डाक्टरको नाम सोधे“ तर उनले बताएनन् । मैले पत्ता लगाएरै छोडे“ । तिनको नाम रहेछ खेम उप्रेती । आनो करियर बनाउन लागेका युवा डाक्टरको हालत देखेर मलाई दिक्क लाग्यो । त्यत्रो अस्पतालमा एकजना मात्र डाक्टर हुनु पनि विचित्रकै कुरो थियो । मलाई त्यहा“ एकछिन पनि बस्न मन लागेन तर के गर्नु स्लाइन चढाइरहेको थियो । मेरा कुरा सुनिरहेका वरिपरिका बिरामी र तिनका कुरुवाहरूले आक्रोशित भएर डाक्टरलाई ठोक्नै आ“टिसकेका थिए तर मैले तिनीहरूलाई थामथुम पारे“ नत्र त्यस दिन त्यस फुच्चे डाक्टरका करङ कतै खोज्नुपर्ने हुनसक्थ्यो ।
छेउमा मरणासन्न भएर रोइरहेका बच्चाको आवाजले सबैलाई झन् आक्रोशित तुल्याएको थियो । मैले ‘पहिला त्यो बच्चालाई हेर’ भनेँतर उनले त्यसको पनि वास्ता गरेनन् । नकच्चराको औषधी नहुने देखी मैले त्यहा“को सिडिओलाई फोन गर्न खोजे“ । त्यसपछि बल्ल ती डाक्टरले मेरो पुर्जी हेरे । उनले मेरो नाम देख्नेबित्तिकै नमस्कार गर्दै ‘सरी सर’ भने । उनी मस“ग माफी माग्दै छेउमै आएर ब्लडप्रेसर लिन थाले र ब्लडप्रेसर अत्यधिक बढेको बताए । मैले ‘यति लखतरान परेका बेला केको बढ्नु ब्लडप्रेसर बरु मेसिन बिग्रेको छ कि हेर’ भने“ । उनले बढेकै बताए तर मैले पत्याइन । घटेको भन्या भए पत्याउ“थेँकि बरु । त्यतिखेर उनको ब्लडप्रेसरचाहिँ बढेको हुनुपर्छ । आखिर म पनि त डाक्टर नै हु“ अनि त्यस्ता डाक्टर कति जन्माइसके“ कति । फरक यत्ति हो ती फुच्चे सुई हान्ने डाक्टर थिए म सुई नहान्ने डाक्टर... । पढाइको तह पर्याप्त फरक... ।
म बिरामी भएको खबर सनसनी पैmलिएछ । वरपरका साथीभाइहरू सब अस्पतालमै आइपुगे । दनादन फोनका घन्टी बज्न थाले । फुच्चे डाक्टरका अनुहारमा भय र ग्लानिका रेखा दौडिरहेका देखिन्थे । मलाई तिनको अनुहार देख्दा टीठ लागेर आयो र यस्ता डाक्टरबाट बिरामीको के उपचार हुन्छ भन्ने कुराले खिन्न तुल्यायो । फुच्चे डाक्टरले डराउ“दै औषधी लेखिदिए । मैले आजै गुवाहाटी जानुपर्ने कुरा बताए“ । उनले गए हुन्छ भने । म उठ्न सकिरहेकै थिइन । उनले काउछो पन्छाउन खोजेको जस्तो लाग्यो ।
मैले हि“ड्ने बेलामा तिनलाई ‘तिमी भरखरका छौ भाइ डाक्टरको धर्म राम्ररी बुझेर काम गर्नु । सधै“ मजस्ता बिरामी मात्र आउ“दैनन् । यस्तै ग¥यौ भने त तिम्रा करङ धेरै दिन बा“की रह“दैनन् नि’ भने“ । तिनी बोलेनन् तर तिनको मुखाकृति भने हा“डीजस्तै भएको थियो ।
मलाई ती फुच्चे डाक्टरले लेखेको औषधी खाने वा नखाने बारेमा पनि दोधार भयो । औषधी पसलेस“ग औषधीबारे थप जानकारी लिइयो । पुनः क्रसचेक पनि गरियो । हाइ डोजको एन्टिबायोटिक्स लेखिएको रहेछ । धन्न तिनले औषधीचाहि“ सारै बेठीक लेखिदिएनछन् भनेर ढुक्क भए“ तैपनि सहरिया नेपाली डाक्टरहरूको वणिकवृत्ति, सहरोन्मुख गाउ“का डाक्टरको सुताहावृत्ति अनि सा“च्चिकै दुर्गम गाउ“मा त डाक्टरै नहुने परिस्थिति सम्झ“दा विरक्त लाग्यो ।
मेरो त्यसै दिन बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट गुवाहाटी जाने टिकट भएकाले त्यस दिन बिहानै सीमा पार गर्नु थियो । त्यहा“बाट बागडोग्रा पुग्न पनि नजिक थिएन । म उता जाने कि नजाने भन्ने दोधारमा परे“ । हामी अस्पतालबाट वाशिष्ठजीको घरमा गयौ“ । मलाई का“कडभित्ता पु¥याउने भनेका लक्ष्मी भाइ बेपत्ता भए, कतै सम्पर्क हुनसकेन । वाशिष्ठजीले एउटा गाडी खोजेर ल्याइदिए र म साढे दस बजे का“कडभित्तातिर लागे“ । ठूला बोतलमा जीवनजल खा“दै का“कडभित्ता पुगियो । ज्यान थकित भएकाले झोला तान्न पनि असजिलो भइरहेको थियो । त्यहा“का पुलिसस“ग कुरा गरेपछि तिनीहरूले मलाई बागडोग्रा जाने व्यवस्था मिलाइदिए ।
म निर्धारित समयभन्दा केही ढिलो बागडोग्रा पुगे“ । संयोग नै भन्नुपर्छ सधै“ निश्चित टाइममा उड्ने प्लेन त्यस दिन केही ढिलो भएछ । प्लेन ढिलो भएको थाहा पाएर म प्रसन्न भए“ । चेकजा“चका क्रममा मेरो परिचयपत्र हेर्नेबित्तिकै अरू केही नहेरी भित्र पठाइयो । अन्तिम चेकिङबाट भित्र जा“दा बोतल बोक्न पाइन्न तर मेरो हातमा र झोलामा पनि बोतल थियो । मैले त्यो औषधी भएको बताएपछि मेरो परिचयपत्र हेरेर बोतल लान दिइयो । त्यतातिर प्राध्यापकलाई विश्वविद्यालयमा मात्र होइन अन्यत्र पनि रामै्र सम्मान गरि“दो रहेछ भन्ने कुरा यसपटक थप बुझियो । हुन त त्यहा“का प्राध्यापक र यहा“का प्राध्यापकमा पर्याप्त भिन्नता छ । त्यहा“का प्राध्यापक विश्वविद्यालयका हुन्छन् भने यहा“का पार्टीविशेषका । के गर्नु यो मेरा देशको दुर्भाग्य... ¤
म साढे तीन बजेको स्पाइस जेटबाट लोकप्रिय गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय विमानस्थल गुवाहाटीमा उत्रिए“ । डा. शान्ति थापाहरू त्यहा“ निकैबेरदेखि प्रतीक्षारत रहेछन् । हामी सोभैm गेस्टहाउस पुग्यौ“ र म सुतिहाले“ । उनीहरूले डाक्टर बोलाउने भनेका थिए तर मैले पर्दैन भने“ । मलाई गेस्टहाउसमा पनि विशेष हेरचाहको बन्दोबस्त मिलाइएको थियो । म रातभर मस्तस“ग निदाएर भोलिपल्ट बिहान दस बजे मात्र उठे“ ।
म बिरामी भएका कारण नेपाली एम.ए. दोस्रो वर्षको उद्घाटन कार्यक्रम स्थगित गर्ने निर्णय गरिएछ । मैले आना कारणबाट पूर्वनिर्धारित त्यत्रो कार्यक्रम स्थगित गर्नु उपयुक्त ठानिन र उठेर लुगा लगाई तयार भए“ । शान्तिले मलाई ओआरएस खान कर गरिन् । त्यो यहा“को जीवनजलजस्तै शक्तिबद्र्धक झोल रहेछ । त्यहा“बाट मलाई लिएर नव सापकोटा जियुको हेल्थ सेन्टरमा गए र उनले त्यहा“को डाक्टरलाई असमीमा केके भने । डाक्टरले मेरो ब्लड प्रेसर जा“चे, ठीकै रहेछ । मैले खाइरहेको औषधीको विवरण पनि बताए“ । उनले थप केही औषधी लेखिदिए ।
हामी जियु पुग्दा थुप्रै मानिस भेला भइसकेका थिए । म बिरामी भएकोमा तिनीहरू चिन्तित देखिन्थे । उनीहरूका चिन्ताको कारण कार्यक्रम स्थगित भएर पढ्न नपाउनु पनि हुनसक्थ्यो । म गाडीबाट ओर्लेर फटाफट हि“डेको देख्दा तिनीहरूका मुहार उज्यालिए र सबले उठेर ताली बजाउ“दै मलाई भव्य स्वागत अभिनन्दन गरे । म शारीरिक रूपमा केही कमजोर भए पनि मानसिक रूपमा तन्दुरुस्त थिए“ । मलाई सोझै कार्यक्रम स्थलमा पु¥याइयो र कार्यक्रमको उद्घाटन गराइयो । मेरो नेतृत्वमा तयार पारिएका नेपाली एम.ए. दोस्रो वर्षका दसवटा किताबको सेट मेरा अगाडि राखिदि“दा मेरो जिउ त्यसै चङ्गा भयो तर त्यसमा काम नगरेका केही व्यक्तिको नाम देख्दा भने दुख लाग्यो ... । यस्तो पीडा मैले यता पनि थुप्रै बेहोरेको छु ।
त्यस दिन उद्घाटनको औपचारिकता सकिएपछि मलाई क्लास नलिनु, आराम गर्नु भनेका थिए तर धेरै टाढाटाढाबाट आएका विद्यार्थीहरूको उत्सुकतालाई ध्यानमा राखेर मैले क्लास लिए“ । त्यस दिन मैले बसेर क्लास लि“दा विद्यार्थीहरू निकै भावुक भएका थिए । क्लास सकेर म सोझै गेस्टहाउस गएर सुते“ । बेलुका खाना खान पनि मन लागेन । अर्को दिन बिहान डा. अरूणालगायत केही व्यक्तिहरू फलफूल लिएर मलाई भेट्न आए । म क्रमशः ठीक हु“दै गइसकेको थिए“, औषधी भने निरन्तर थियो । मौसम चिसो भए पनि सबैको हार्दिक र आत्मीय व्यवहारले होला मलाई जाडोको अनुभूति भएन ।
माघ ६–९ सम्म दिउ“सो कक्षा लिएरै बिताइयो, नव सापकोटाजस्ता वृद्ध विद्यार्थीलाई पढाएर । अनि बिहान–बेलुका गफगाफ र भेटघाट गरेर । सिलोङबाट पिएच.डी.की शोधार्थी रिना रेग्मी मस“ग सल्लाह लिन आइन् । उनलाई पनि केही समय दिइयो । बेलुका निकै जाडो हुने भएकाले बाहिर आगो तापेर बसिन्थ्यो । विजय राय नाम गरेका विहारतिरका चौकीदार निकै गम्भीर दार्शनिक कुरा गर्थे, म सुन्थे“...।
माघ १० गते समापन कार्यक्रम थियो । त्यस कार्यक्रममा मलाई खराईलगायत अनेक उपहार दिएर सम्मान गरियो । डा. कन्दर्प दासले समापन मन्तव्यमा ‘यहा“ म्यानपावर तयार गरेर जिम्मा नलगाउन्जेल मलाई अरू ४–५ वर्षसम्म निरन्तर आउन’ आग्रह गर्दा विद्यार्थीले ताली बजाएर समर्थन गरे । मैले पनि आÇनो समापन मन्तव्यमा यस कार्यक्रमले पूर्णता प्राप्त नगरुन्जेल सहयोग गर्ने वचन दिए“ । यसै बीचमा कोर्स परिमार्जनसम्बन्धी योजना पनि बनाइयो ।
समापन कार्यक्रम सकिएपछि मलाई त्यहा“को चिडियाखाना देखाउने योजना बनाइएको रहेछ । शान्तिले मलाई चिडियाखाना घुमाउने प्रस्ताव राखिन् । मैले पनि ‘ठीकै छ, बाहिरका धेरै हेरियो, अब भित्रका पनि हेरौ“ न त भने“ ।’ उनले त्यो कुरा डाइरेक्टरलाई असमीमा भनिन् । हा“सो व्यापक मच्चियो । हामी चिडियाखाना पुग्यौ“ । निकै ठूलो क्षेत्रमा फैलिएको त्यो चिडियाखाना प्राकृतिक खालको रहेछ तर निकै फोहोर । बाघ, हात्ती, गै“डा सबै आÇनै धुनमा मस्त थिए । त्यहा“ हिपोपोटामसले ≈यामनासुरको मुख बाएर हाम्रो भव्य स्वागत ग¥यो । हामी त्यहा“ पुग्नेबित्तिकै मुख बाउन सुरु गरेको हामी नहि“डुन्जेल मुख बाइर≈यो । ठाउ“ठाउ“ सुन्दर–सुन्दरी क्रीडा पनि देखियो । चिडियाखाना घुमेर लखतरान परी हामी गेस्टहाउस पुग्यौ“ ।
मलाई १२ गते कार्बिआङ्लाङ्लगायतका विभिन्न ठाउ“मा लाने योजना बनाइएको थियो । मैले पनि हुन्छ भनेको थिए“ तर त्यस क्षेत्रमा पनि हाम्रोजस्तै बन्दको रोग सल्किएको रहेछ त्यसैलै त्यहा“ जानु उपयुक्त ठानिएन । साहित्यकार डम्बर दाहाल मलाई भेट्न त्यही“ आए । मैले नेपाली साहित्य परिषद् र असम नेपाली साहित्य सभा मिलाएर एक बनाउन उनलाई पनि आग्रह गरेँ । पछि एकीकरण गरी उनी अध्यक्ष भएको सुन्दा खुसी लाग्यो । त्यही बेला त्यहा“बाट निकै टाढा असम साहित्य सभाको कार्यक्रम थियो । नेपालबाट केही व्यक्तिहरू त्यहा“ आउने जानकारी मलाई थियो तर म अर्कै कार्यक्रममा प्रमुख अतिथि भएर आएकाले मैले त्यहाँजानु उपयुक्त ठानिन । मेरा लागि जनवरी २९ को टिकट थियो तर बन्दका कारण त्यसलाई रद्ध गरी म २५ मै नेपाल फर्कने भएँ ।
अर्को दिन मलाई नेपाल फर्किनु थियो । मैलै बेलुकै झोलातुम्बी मिलाए“ । मलाई एयरपोर्ट पु¥याउन नव सापकोटा र शान्ति समयमै आइपुगे । बाटामा केही खाएर हामी एयरपोर्ट पुग्यौ“ । मलाई त्यहा“ दिएका सम्मानसूचक उपहारले निर्धारितभन्दा बढी तौल भयो तर प्रोफेसर भन्ने थाहा पाएपछि अतिरिक्त पैसा नलिई छोडिदिए । एयरपोर्ट छिर्ने बेलामा मैले त्यहा“ मलाई चलाउन दिएको मोबाइल फिर्ता दिए“ र बिदाइको हात हल्लाउ“दै भित्रिएँ। मलाई केके छुटेजस्तो लागिरहेको थियो ।
म धेरै माथि आकाशमा थिएँ । मेरो बिदाइमा बादलका ता“ती त“छाडमछाड गर्दै अनेक आकृति बनाएर दौड“दै थिए कतै मुस्कुराउ“दै र कतै बर्स“दै । त्यहा“बाट टाढाटाढा केही हिमशृङ्खला देखिन्थे तर ती हिमशृङ्खला मेराजति अग्ला त छ“दै थिएनन् र सेता पनि थिएनन् । केहीकेहीमा सेतोपन देखिए पनि धेरजसोमा दाग लागेकै देखिन्थ्यो । त्यहा“का धेरै हिमाल मलाई बाउन्ने लागे । त्यहा“को बादल र हिमालले मलाई मुस्काएरै बिदाइ गरे पनि त्यसमा पूरै आफन्तपन भएजस्तो लागेन । मेरातिरको बादल र हिउ“मा मेरो मुटुको धड्कन थियो तर त्यो पराई बादल र हिमालमा त्यस्तो केही थिएन । आखिर आÇनो भनेको आÇनै हु“दो रहेछ । त्यसैले लोकभाकामा भनिन्छ नि —
हिमालचुली पल्लोपटि ढल्क्यो तितेपाती,
काटे पनि मारे पनि आÇनै आमा जाति ।
त्यति बेला उताका कन्दर्प दास, शान्ति, नव सापकोटा र विद्यार्थीहरू सबै टाढा भइसकेका थिए । यता लोकनाथहरूस“ग भेट भएको थिएन । म बीचैको आकाशमा थिएँ । मेरो मनमा बेजोडको आ“धी चलिरहेको थियो । जहाजमा झिल्की खलासीहरू खानेकुरा बेचिरहेका थिए । त्यसमा मेरो कुनै रुचि थिएन । मेरो मानसपटलमा मेरो देश, मेरो हिमाल र मेरो बादल मात्र थियो । म यस्तैयस्ता परिवेशमा आकाशमै कतै हराए“छु । जहाज बागडोग्रा एयरपोर्टमा अवतरण हुनलाग्यो भन्ने झिल्की खलासीको कर्कश आवाजले मेरो ध्यान भङ्ग भयो ।
म बागडोग्रा एयरपोर्टबाट बाहिर निस्किएँ । त्यहाँसाहित्यकार लोकनाथ चापागाई“, उनका ज्वाइ“ मेरा पुराना विद्यार्थी केदार शर्मा र कलकत्ता न्यायालयका एकजना जजसमेत प्रतीक्षारत थिए । हामी सोझै लोकनाथको घरमा गयौ“ । अब त्यो घर मेरालागि नौलो रहेन । सबै आफन्तैआफन्तजस्ता... । त्यस दिन त्यहीँबसियो । अर्को दिन बिहान खाना खाएर हामी का“कडभित्तातर्फ लाग्यौ“ । केदार मलाई पु¥याउन चारआलीसम्म आए र फर्किए ।
म चन्द्रगढी आई बुद्ध एयरबाट काठमाडौ“तिर उडेँर बेलुकाको लोडसेडिङ नहु“दै घर भित्रिएँ । यताबाट जा“दा मेची अञ्चल अस्पतालका डाक्टरले तरल रोक्ने नाममा ठोस पनि ननिस्किने औषधी दिएछन् । क्रसचेक पनि काम लागेन । घर आउन्जेलसम्म ठोस विसर्जन गर्ने कार्य उति भएन । कीर्तिपुर आई डा. हरिनारायण गुप्तालाई बेलीविस्तार लाएर औषधी खाएपछि ठीक भयो । भर नपरी पनि नहुने, भर पर्न पनि नसकिने जातमा डाक्टर पनि परेकोमा चाहि“ मलाई सारै पीडाबोध भयो ।
मलाई कामचोर नेपालीको कुराफोर वृत्ति देख्दा दुख लाग्छ । उतातिरका केहीले डा. शान्ति थापालाई हिन्दीको मान्छेले नेपालीमा आएर काम गरेको भनी आलोचना गरे रे । यस विषयमा शान्ति पनि गुनासो गर्थिन् । हिन्दीको मान्छेले नेपालीमा आएर राम्रो काम गर्नुलाई त झन् प्रशंसा गर्नुपर्ने हो । उताका मात्र होइन यताका पनि कतिपय व्यक्तिले अनेक निहु“मा उता गई अर्काले गरेका कामको अनावश्यक खोजीनिती र चियोचर्चो गर्ने गरेको पनि बुझियो । दुवैतिरका यस्ता गतिविधि निन्दनीय हुन् । अरूले गरेको काम भएन भनी आलोचना गर्नुको साटो आपूmले त्योभन्दा राम्रो काम गरेर देखाउनु उत्तम हुन्छ तर आपूm कामका नाममा सिन्को नभा“च्ने अनि काम गर्नेलाई अनावश्यक कुरा काटेर आलोचना गर्ने हामी नेपालीको जातीय रोगजस्तै भएको छ । नेपालीको यस्तो बानी कहिले हट्ला खै ? मचाहिँ काग कराउ“दै गर्छ पिना सुक्दै गर्छ भन्ने सोची यस्ता गतिविधिलाई खासै महŒव दिन्न ।
म गुवाहाटी गएको धेरैपटक भइसक्यो तर प्रत्येकपल्ट नया“नया“ अनुभूति हुन्छ, खै किन हो कुन्नि । अनेकपटक गुवाहाटी गए पनि मैले घडीको सुइचाहिँपरिवर्तन गरेको छैन, म आÇनै समयमा चलेको छु । यसपटक म पहिलेभन्दा बढी खुसी थिएँ त्यसको कारण अब गुवाहाटी विश्वविद्यालयमा नेपाली एम.ए.का दुवै वर्षको उद्घाटन भइसकेको थियो अब त्यसले निरन्तरता पाउने कुरामा म ढुक्क थिएँ । उत्तरपूर्वाञ्चल निवासी भारतीय नेपालीहरूका बीचमा नेपाली भाषासाहित्यको विस्तारमा सहयोग गर्न पाएकामा मेरो मन फुरुङ्ग भएको थियो । मैले रोपेको बिरुवा झाङ्गिइसकेको थियो अब यो ठूलो वटवृक्ष बनोस् भन्ने मेरो दिलैदेखिको चाहना छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु