वकिल हर्के

- चूडा मणि रेग्मी

म त जहाँको तहीँ–यहीँ । उही मालिक । उही कवि । कोठामा चिया आउँछ । अ‍ेउटाले ल्याउँछ । घरभित्र पनि र बाहिर पनि यथावत् । म निकै तटस्थ । अघिदेखि । देख्छु– आश्चर्यसँग अ‍ेउटा नौलो अनुहार छाअ‍ेको छ । हिन्दी सिनेमाकै गीत ओठमा आनायास आउलाजस्तो हुन्छ– काले है तो क्या हुआ दिलवाले है ... ...!
हो कुरो, अनुहार नयाँ रहेछ– गढेर हेरेँ, गमेर नियालेँ– मान्छे पुरानै हो । हो कि होइन ? निकै घोत्लिअ‍ेँ, गम खाअ‍ेँ, सम्झिअ‍ेँ– हो उही सानो–सानो पुड्के–पुड्के हर्के हो ! को थियो हर्के ? कहाँको थियो हर्के ? कहाँ गयो हर्के ? अहिले के गर्दै छ हर्के ? धेरै प्रश्नहरू अनायासै निस्किअ‍े मभित्रबाट । थुनिअ‍ेर बसेका थिअ‍े हर्के भित्रका भावना, लुकाअ‍ेर सुरक्षित राखेथेँ मैले हृदय गहवरमा ।
त्यो हर्के पहाडबाट पेट पाल्न आअ‍ेथ्यो मधेस । मोटर देख्दा कसरी तर्सिअ‍ेथ्यो ? अघिको पहाडको बालक त्यो । हवाइजहाज नपुग्दाको पहाड । शिक्षाले नढाकेको पहाड । थरिथरिका स्वरले नथतर्किअ‍ेको पहाड । हुटेलमा भात खान पनि जानेन हर्केले । कसरी हँसाअ‍ेथ्यो मान्छे ! हुटेलमा भात खाँदा । राति बाहिर जान पनि डराउँथ्यो । मलमूत्रादि त्याग पनि जता पायो उतै गर्थ्यो । बरा हर्के ! सपनाभरि बाबुसँग पुकारा गर्थ्यो, कत्रो त्रासमा थियो विचरा हर्के । दीनताले ङ्याकेर मधेस पठाअ‍ेथ्यो उसको बाबुले बालक हर्केलाई ।
हो, मधेसतिर पसेछ हाम्रो त्यही हर्के । कति वर्षपछि आफ्नो पुरानो घरमा आयो सानो केटाको रूपमा । यहाँ ऊ आउनासाथ उसलाई सबैले फुच्चे भने । विचरा आमाको काखको छोरो यो । कविपत्नीले माया गरिन् र माथिल्ला तथामै आफ्ना कोठाबाहिर वरन्डाको अ‍ेक कुनामा राती सुत्न दिइन् । सधैं नुहाउन लगाइन् । प्रायः यो जिउ कन्याइरहने यसका गोडा हिलाले खाअ‍ेका । कविपत्नीले सोधिन्– “के तँ दहमा खुब पौडी खेल्थिस् ?”
“धेरै आमा !” निसङ्कोच जवाफ दिँदै उसले थप्यो– “तब त बाबुले मलाई यहाँ पठायो नि !”
कत्ति बाठो पाराको जवाफ ! चिया बोकेर मलाई टेबलमा राख्दा थाल अ‍ेकातिर झन्डै चिया मउपर घोप्टिअ‍ेको । उसैले बठ्याइँ झर्यो– “म त भन्दै थिअ‍ेँ नि यो थालले गडवड गर्छ !”
उसका जवाफ तगडा हुन्थे । आफ्ना कुरालाई बलियो पार्न तर्क दिने प्रयत्न गर्थ्यो । गाई किलामा ठोकेको अवस्थामा बाच्छो उफ्रेर कुद्यो । फुच्चे करायो– “तँ मात्रै आमाको छोरो ! तैंले मात्रै अ‍ेकै छिन पनि आमासँग छुटिनु हुँदैन ?” यही गतिविधिमा फुच्चेले केही दिनमै यो घरमा आफ्नो अस्तित्व कायम गर्यो । पेटमा भात पसेपछि र दिनहुँ नुहाउन थालेपछि अब चिल्लो ेदखिन थाल्यो फुच्चे । नाम त रहेछ उसको कर्णबहादुर सिंह । कविपत्नी उसलाई स्वस्थ राखी काम लिन हरहमेसा प्रयत्न गर्दथिन्– “फुच्चे, गोडामा तेल लगाअ‍ेर सुत् ! मुखमा राम्ररी तेल लगा र सुत्, नत्र मच्छडले टोक्ला !”
ऊ झूल टाङ्न अल्छी गर्थ्यो । झूल टाङ्न लगाउँथिन् कविपत्नी । सुतेपछि उसलाई खुब गुँडुल्किुनपर्ने । झूल टाँगेको छ भन्नु मात्र ! कहाँ–कहाँ पुगेको हुन्थ्यो । निद्रामा खुब कराउनुपर्ने । “झर्को लगायो यसले” कविपत्नी भन्न थालिन् तर कविपत्नीको समस्या फुच्चेले नै समाधान गरिदियो, “अब म भुइँतलामा नै सुत्छु !”
“किन ?” मैले प्रश्न गरेँ ।
“मलाई माथि डर खायो !”
“तल नि ?” प्रश्न ।
“के गर्छ तल ढोका थुनेपछि ?” तर्क दिइहाल्यो फुच्चेले ।
दसैमा केही दिन फुच्चे घर गयो । भनेको दिन त ऊ घरबाट फिरेन, तर धेरै दिन भने घर बसेन । मैले सोधेँ– “छिट्टै फिरिछस् नि फुच्चे, घरबाट ?”
“बुबा, किन फिर्दिन ? यहाँ खान–बस्न राम्रो छ । वाहाँ बाबुले बस्न दिँदैन नि !” उसले भन्यो ।
अनि मैले उसको नाम उसैका अगाडि ‘वकिल’ भनेर राखिदिअ‍ेँ । ऊ हाँस्यो । उसका उज्याला दाँत चम्किअ‍े ।
हैन, कसैको छोरामाथि, बालकमाथि कुनै पनि प्रकारको अन्याय गर्न मलाई मन छैन । मालिक मेरो कविहृदय भन्थ्यो, तर उसलाई फुच्चे भन्नुभन्दा मेरो मनले उसका विशेषता देखेर वकिल हर्के भन्नु बढी आत्मीयतापूर्ण शब्द मान्यो ।
“हर्के त वकिल रहेछ हगि कान्ता ! मैले कविपत्नीसित भनेँ । उनका आाखा टलपलाअ‍े । हर्केप्रति मायापूर्ण स्नेह झल्कियो । कति गरिब बालक आअ‍े यो घरमा । बरा त्यो हर्के !
वास्तवमा, कविपत्नी उदार थिइन् तर व्यावहारिक थिइन् । बोलीचाहिँ कविपत्नीको कडा थियो । विद्वान् गुरुले शिष्यप्रति गर्ने व्यवहार गर्ने गर्थिन् नोकर–चाकरसँग । कविपत्नी म कविलाई पनि ठिक्कमा राख्थिन् । बेसी सुविधा प्रदान गरे अथवा, धेरै उदारभाव देखाअ‍े घरमा कविगण थुपार्ला भन्ने भयले हो कि ? अथवा कामका नाममा सिन्को भाँच्नु परेन ! कुन नोकर हो ? कुन को हो ? समान आँखा ! कविपत्नीका व्यावहारिक दृष्टिमा कवि म भोलेभाले शिवशङ्कर थिअ‍ेँ । म कवि स्वयम् कविपत्नीको यो फुच्चेलाई निकै खुला ढङ्गले माया गरेको देख्दा आफैं अचम्म मान्थेँ । १४÷१५ वर्षको यो फुच्चेलाई वकिलमा के पदोन्नति गरेँ, फुच्चेका हरेक कुरामा तर्क रहेको प्रमाण हुन थाल्यो ।
“घरको माया लाग्दैन ? गाउँमा केटाहरूसित माछा मार्न हिँडेको समझना आउँदैन ?” मैले सोधेँ ।
“यहाँ आमाले माया गरेकै छ नि बुबा !”
“झुटो नबोल् वकिल !”
उसले भन्यो– “के गर्ने बुबा, वाहाँ त बाबुले राम्ररी खान दिँदैन नि !”
“काम गर्दैन तेरो बाबु ?”
“गर्ने भअ‍े हामी पाँच जना सबै दाजु–भाइ बाबुसँग सबै टेढोमेढो भअ‍ेर हिड्छौं ! ऊ पनि हामीसँग टेढोमेढो मात्रै कुरा गर्छ । यो कुरा छ नि बुबा !”
“तँ पनि ?” मैले सोधेँ । उसले भन्यो– “हाम्रो बाबु नै त्यस्तो छ ।”
“आमा नि ?” मैले सोधेँ ।
वकिलले तर्क दियो– “बाबु नै त्यस्तो भअ‍ेपछि आमाको के कुरा गर्ने बुबा !”
हो, मेरो त्यो पुरानो हर्के, यो नयाँ हर्के– पहाडको होस् कि मधेसको, बाबुले असहाय बनाअ‍ेका सृष्टि । धन्न कविपत्नीका उदार घरमा परेर हिरिक–हिरिक हुनचाहिँ परेन यिनले ।
कविपत्नी कराइन्– “फुच्चे ! मालिक र तेरा गफका पर्रा छुटे होइन ?”
“आअ‍ेँ आमा !” भन्दै काममा हाजिर हुन गयो मेरो प्रिय वकिल ।
वकिल हर्के, अझै मेरो घरमा छँदैछ । उसको वकालत नै उसको प्रिय मित्र हो । उसको सहयोगी अरु यहाँ कोही छैन । कवि म उसको काम खाने खालि गफको पातो मात्र हुँ । कविपत्नी आमा नाममा काममा दल्ने यनत्र हुन्, यद्यपि कसैकी आमाको प्रिय काखको नानीरूपी फुल कुल्चने खुरचाहिँ उनी होइनन् । यो घर काखको नानी– स्वतन्त्र चरो थुन्ने पिँजडा हो, ऊ भुर्र उड्न चाहन्छ । उनको मन देहातको खुला ठाउँको गाउँमा पुग्छ । पोखरी पुग्छ । नाङ्गा साथीहरूसँग नाङ्गै पौडी खेल्छ । बाटामा उफ्रन्छ । “फुच्चे ! मालिक्नीको स्वर सुनेपछि ऊ सपनाबाट व्यूँझन्छ र उसको जिउको लुतो फेरि बल्झन्छ । ऊ कन्याउँदै कराउाछ– “आअ‍ेँ आमा !”
   
अ‍ेक वर्षपछि हर्केलाई म कविले नियाल्दो देख्छु– त्यो सानो बालक लाट्ठे भअ‍ेछ । लकका जवान । ऊबारे बुँदा टिप्छु–
१) टेलिभिजनका थुप्रै धारावाहिक कण्ठस्थ हुने नेपालका गरिब पात्रमा यो प्रथम हुन सक्तछ ।
२) ‘मुख लाग्ने’ र ‘नेता’ ढङ्गले काम फत्ते गर्ने काममा पनि यो अग्रणी हुन सक्तछ ।
३) खान–लाउन पाअ‍े को चिल्लो हुन सक्तैन ?
४) जे–जस्तो भअ‍े पनि (क) यो पिँजडामै छ, (ख) यो मुक्त हुने चाहना उतकण्ठमा नै घरभित्र र घरबाहिर फन्को मार्छ ।
हर्के र कविमा अझ पनि अ‍ेकान्त नचल्ने होइन । प्रश्न कविको– “के छ वकिल अचेल तेरो हालखवर ?”
“के हुन्थ्यो नि बुबा, निरक्षर भट्टाचार्य छु । गफ चुट्यो, खायो !”
“तेरो वकालत, तँ वकिल नि त ?”
“त्यो त बुबाको भाषा हो ।”
कविदृष्टि अनायास आकासतिर पुग्छ– अ‍ेक बन्दी चरो उडिरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 21 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु