उफ्, तिमी कति बिध्न राम्री !

- मुहम्मद नागीब अलअरमादी

म एउटा ऋणात्मक ध्रुब तिम्रा छेऊ आएँ
तिमी धनात्मक ध्रुब भएको थाह पाएँ
म तिमीतिर आकर्षित भएँ ।

मैले आफ्नो हात तिमीतिर बढाएँ
मेरो हृदय काम्न थाल्यो
जब तिमीले आफ्नो हात मतिर बढायौ ।

तिमीले मलाई हेर्यौअ
र मैले पनि तिमीलाई हेरेँ
यसअघि मैले हेरेको थिइनँ ।

खै के भन्यौ तिमीले
मैले एउटै शब्द सुनिनँ
म एकछिन तिम्रा आँखामा डुलेँ

हामी त्यहाँबाट हिँड्न थालेपछि
निर्देशित भएँ म
तिम्रा पाइलाहरूबाट ।

मैले तिम्रो हृदय पत्ता लगाएँ
र सुटुक्क केही शब्द भनेँ
तिम्रा कानमा

तिमी हाँस्यौ
तिम्रो हसाँइबाट पुलकित भएँ म
कति सुन्दर छ तिम्रो ओज !

म निदाएँ र सपनामा तिमीलाई देखिरहेँ
तिम्रा बारेमा सोधिरह्यो
मेरो हृदयले ।

इजिप्ट

(मूल अरबीबाट निजार सरतावीले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा अनुदित)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु