जीव, जीवन र जगत्

- विनयकुमार शर्मा नेपाल

जीव ठूलो कि जीवन ठूलो ?
जीवन ठूलो कि जगत् ठूलो ?
जगत् ठूलो कि जीव ठूलो ?
प्रश्नै प्रश्न–उत्तरै उत्तर छ मान्छेमा । जीवको धरातल जगत् हो त्यसैले जगत्विना जीवको सार छैन । प्राण वा जीवनको धरातल जगत् र जीव दुवै हो त्यसैले जीव र जगत्विना प्राण वा जीवनको कुनै अस्तित्व छैन । जगत् अर्थात् पृथ्वी अर्थात् जमीन वा पिण्ड नभए जीव वा वनस्पति वा प्राणको अस्तित्व नभएजस्तै जीव विना प्राणको र प्राणविना जीवको पनि अस्तित्व छैन ।
त्यसैले जीव, जीवन र जगत् एक अर्कोको परिपूरक हुन् ।
जीवविना जगत् हुनसक्छ, जीवनविना पनि जगत् हुनसक्छ, चन्द्र र मङ्गलमा कुनै समय जीव थिए वा थिएनन् थाहा छैन, तर आज छैन यो पक्का छ । जीव र जीवन नभए पनि चन्द्र छ मङ्गल छ, तर जीव वा जीवन नभएको पिण्ड वा संसार ढुङ्गा माटोको थुप्रो हो, मात्र खोस्टा हो, त्यसैले जीवको सार जीवन, जीवनको सार जगत् र जगत्को सार जीव हो ।
जीव, जीवन र जगत् यी तीनको परस्पर घनिष्ट मेल छ । यी तीन यस चराचर जगत्मा तङ्खवभित्र इलोक्ट्रन, न्यूट्रन र प्रोटन मिलेजस्तो मिलेर बसेका छन् । तीनमध्ये कुनै एक नहुनु, अर्कोको अस्तित्व नहुनु बराबर हो । कुनै वस्तुको, तङ्खवको हुनु नहुनुको महङ्खव जीव अर्थात् हामीसँग पनि गाँसिएको छ ।
म नभए मेरा लागि यो संसार, चराचर जगत् छ भन्ने कुरा म मान्ने पक्षमा छैन । म नभए कसले देख्छ ? कसले भोग्छ ? कसले सुन्छ ? कसले स्पर्श गर्छ ? कसले अनुभव गर्छ ? मेरा लागि म भए मात्र यो संसार छ, जगत् छ । म नभए मेरा लागि केही छैन, फेरि म किन माथापच्ची गरुँ ? म नभए यो संसार छ वा छैन, होस् वा नहोस् मलाई के खाँचो ?
कस्तो स्वार्थी कुरा ?
होइन, आपूm नभए पनि आफ्नो वर्ग, आफ्नो पुस्तालाई त हेर्नुपर्ने ? हामीले जङ्गली भनेका वनचरहरु, कीरा फटेङ्ग्राहरु समेतले त आफ्नो वर्गको लागि परिश्रम गर्छन् ! आफ्नो वर्गको विस्तारका लागि सन्तान जन्माउने र तिनलाई हुर्काउने कर्तव्य पूरा गर्छन् । तँ मान्छे भएर त्यसमा पनि जान्ने सुन्ने लेखक भएर पनि यस्तो स्वार्थी कुरा ?
होइन, देशका ठूला बडा नेता, जेता, द्रष्टा, विद्वान् आदिले त देशको लागि हेरेनन्, पुस्ताको भविष्यबारे सोचेनन् त म किन सोचूँ हँ ? हेर्नेले पनि के नापे र ? सोच्नेले पनि के गरे र ?
यस्तै यस्तै सोच पालेर जीव, जीवन र जगत्को उपहास उडाउनेहरु आज जान्दैनन् कि यही जगत् तिनका वा तिनका सन्तानले बाँच्न पाउनुपर्ने सुन्दर धरती हो । जीव र जीवनको आधारभूमि जगत् हो ।
जगत् प्राणी वा जीवनको लागि के होइन?
सबै थोक हो । जगत् जीवको पालनकर्ता बाबु हो । जगत् जीवको जन्मदिने आमा हो । जगत् जीवनको नाच्ने, खेल्ने, कुद्ने, उफ्रने मैदान हो । जगत् जीवनको ज्ञान खोतल्ने विज्ञान हो भने सोच्ने, विचार्ने, फैलाउने ज्ञान हो । हाम्रो लागि जगत् इतिहास हो, जीवन जिउने आधार हो । जगत् भूत हो, भविष्य हो र वर्तमान हो । के होइन जीव र जीवनको लागि जगत् ? जगत्विना जीवन छैन र जीवनविना जीव छैन । जगत् छ र त जीवन छ, जीवन छ र त जीव छ, जीव छ र त जगत्को महङ्खव छ, विस्तार छ । विनाजीव जगत् उजाड छ, शून्य छ, उत्पादनहीन छ । जीव (वनस्पति) को कलरवले, सौन्दर्यले, सुन्दरताले जगत्को वास्तविक रुप वा स्वरुप खुल्दछ । जीव र जीवनको कारणले नै पृथ्वी सबै ग्रहभन्दा सुन्दर छ, ऊर्जाशील छ ।
जगत् जीवनका लागि एउटा अपूर्वको खजाना हो, कहिल्यै नरित्तिने, कहिल्यै नथाक्ने, कहिल्यै नहार्ने । निरन्तर रुपान्तरको क्रिया–प्रतिक्रियामा लागेर उत्पादन गरिरहने–ऊर्जा जन्माइरहने । सानासाना बीजदेखि ठूलाठूला वृक्षसम्म, सानासाना जीवदेखि ठूलाठूला जन्तुसम्म बराबर–समान प्रेमको भाव बर्साइरहने ।
‘जगज्जननी’को शब्द हाम्रा पुर्खाले त्यसै बनाएका होइनन् । जानेर, बुझेर, ठोकेर, बजाएर बनाएका हुन् । युग पल–प्रतिपल गर्दै बितिरहेछ, मानव समुदायमा दिन–प्रतिदिन नयाँ सोच जन्मिरहेछ तर जगज्जननीको शब्द र भाव युगौँयुगदेखि कसैले नकार्न सकेन, कसैले छाड्न सकेन । यो सृष्टिका यावत् रचना वा संरचनाको जन्मदाता र पालनकर्ता हो जगत् । तारतम्यले विशाल ब्रह्माण्डको सम्पूर्ण आकासगङ्गा भित्रको एउटा खण्ड हो हाम्रो पृथ्वी । हाम्रो लागि यो पृथ्वी नै सबै कुरा हो भलै पृथ्वीको सम्बन्ध सिङ्गो ब्रह्माण्डसँग गाँसियोस् । पृथ्वीलाई जीव र जीवनको उपयुक्त बनाउन आकासगङ्गाका सम्पूर्ण ग्रह, नक्षत्र, ताराहरुको महङ्खवपूर्ण भूमिका छ । जाबो एउटा सन्तान जन्माउँदा बाबुआमा कत्ति खुसी हुन्छन्, कत्ति पुरूषार्थ गरेँ भनेर फुल्छन् ? जगत्को महानता हेर्नोस्, क्षण क्षण लाखौँ करोडौँ सन्तान जन्माइरहेछ तर मौन, विनाघमण्ड, विनाअहङ्कार, विनाभेदभाव, विनाकष्ट । केयसको तुलना कसैसित छ ?
जगत्मा के छैन ?तङ्खवको लागि रुपान्तर हुने मैदान हो जगत्, हावाको लागि वहने आकास हो जगत्, आकाशको लागि ठोक्किने गन्तव्य हो जगत्, विज्ञानको लागि खोतलेर नसकिने रहस्य हो जगत्, ज्ञानको लागि सोच, विचार, भाव, ध्यान जन्माउने र पोख्ने ठाउँ हो जगत् । जीवको लागि जीवन र जीवनको लागि शरीर हो जगत् । कण कणमा दर्शन, कण कणमा विचार, कण कणमा रहस्य, कण कणमा ऊर्जा, के छैन जगत्मा ? के चाहिँ होइन जगत् हाम्रो लागि ? जसले जे खोज्छ उसले त्यही पाउँछ जगत्मा । गरीबको लागि बाँच्ने आधार हो जगत्, धनीको लागि मोजको भाँडो हो जगत्, अनुसन्धान गर्नेको लागि पार नपाइने रहस्य हो भने अल्छीको लागि विश्राम गर्ने घर हो जगत् । जगत् यहाँ रहेका सम्पूर्ण जीव र वनस्पतिको लागि प्राण हो, जन्मदाता हो, पालनकर्ता हो र संहारकर्ता हो । जगत् छ त्यसैले हामी छौँ, हामी छौँ त्यसैले जगत्को महङ्खव छ । जगत्को सुन्दरताको नमूना हामी हौँ, हाम्रै कारण जगत्को सौन्दर्यमा चार चाँद लागेको छ, तर के हामीले जगत्को सम्मान गरेका छौ ? जगत्का उत्पादनको सम्मान गरेका छौँ ? जगत्मा पाइने भुसुनादेखि विशाल ह्वेलसम्म सबैको समान हक छ जगत्प्रति । सबैको बराबर आवश्यकता हुनाले नै जगत्ले करोडौँ प्रकारका जीव–जीवात, कराडौँ प्रकारका बोट–बिरूवा पैदा गरेको हो तर के हामीले तिनको संरक्षण ग¥यौ, तिनको सम्मान ग¥यौँ ? हामी नभए पनि जगत् त हुन्छ नै । हामीलाई जति जगत्को आवश्यकता छ त्यति जगत्लाई हाम्रो होला वा नहोला ! जगत्ले हामीलाई जन्माएको, पालन र संरक्षण गरेको जगत्लाई झन् सुन्दर बनाउन हो, न कि कुरुप !
जगत् एउटा सञ्जाल हो जीवनको लागि । जीव जीवबीच हानाथाप छ, खोसाखोस छ, मारामार छ जगत्मा । माछाको माछामाथि हानाथाप, कुखुरोको कुखुरोमाथि हानाथाप, बाघको बाघैमाथि पनि हानाथाप । हानाथाप नै हानाथाप । एकातिर सवर्गीय हानाथाप छ भने अर्कोतर्फ कुवर्गीय र अवर्गीय हानाथाप । यो हानाथाप जीवमा मात्र होइन वनस्पति जगत्मा समेत एउटा वर्गले अर्को वर्गसँग लडेर आफ्नो अस्तित्व बचाएर बाँच्नुपर्ने बाध्यता पनि छ । यो जगत्मा एक किसिमको अनुशासन पनि छ, मत्स्य न्याय पनि छ, अनेक तारतम्य पनि छ, एकको भरले अर्को बाच्नुपर्ने महानता पनि छ । एकले अर्कोसँग साथ लागेर होस् वा लडेर आफ्नो अस्तित्व, आफ्नो उपस्थिति देखाउनु पनि परेको छ, तर कति ? किन ? प्रश्न प्रश्नै छ–युगयुगदेखि । हरेकको आयु छ, सीमा छ आयु क्षणभरको होस् वा लाख वर्षको, तर छ ।
जगत्मा शक्ति छ, हाम्रो चर्मचक्षुले नदेखिने अदृश्य शक्ति पनि
छ । कुनै स्पर्श हुने र कुनै नहुने शक्ति पनि छ । कुनै सुँघ्न सकिने र कुनै कुनै पनि इन्द्रियले पत्तो नपाइने शक्ति पनि छ । यस्तै यस्तै शक्तिका प्रयोग गरेर जगत् निरन्तर आफ्ना संरचनाका आफ्ना उत्पादनका तङ्खव तङ्खवको रुपान्तर निरन्तर गरिरहेछ र हामीलाई नीत नयाँ अनुभवको, ज्ञानको रहस्य बर्साइरहेछ । रुपान्तर प्रक्रिया नै जगत्को सबैभन्दा ठूलो, गतिशील र महङ्खवको कार्य हो, शक्ति हो । कण कणको चलयमान शक्तिलाई हेरेर कसले भन्न सक्छ जगत् वा जगत्का तङ्खव मृत छ ?
मृतले कहीँ कतै जीवन दिनसक्छ ?
जीवनले जीवन दिन्छ, जो खुद मृत छ उसले सबैलाई मृतमा रुपान्तर गर्छ, ‘चोर चोरसँग विद्वान् विद्वान्सँग’ केही भन्नु छ तपाईंलाई ?
हाम्रो जगज्जननी पृथ्वीको यावत् तङ्खव र ती तङ्खवको शक्ति सदा पृथ्वी भित्रै छ र रहन्छ । मात्र ऊर्जाको खुम्चाइको स्वरुप वा पदार्थको स्वरुपको रुपान्तर हो । यो रुपान्तर प्रक्रिया नै जीवन र जगत्को सबैभन्दा महङ्खवको कार्य हो, यसैले जगत्का सम्पूर्ण संरचना चलेका छन् । जीवनको महङ्खव खुलेका छन् । जगत्को रुपान्तर क्रियाले नै जीव र वनस्पतिको आयु निर्धारण गरेको छ, कण कणको सीमा तोकेको छ । जगत्को रुपान्तर प्रक्रियाले नै हाम्रो दृष्टिको जड, जीव र वनस्पतिको जन्म, जीवन र मृत्युलाई निश्चित गर्दछ । प्रत्येक हामीले देखेका मृत वस्तुसमेत रुपान्तर भएको छ र पुनः हाम्रा लागि आवश्यक वस्तु बनेको छ ।
यसै जगत्को संरचनाबाट तङ्खव तङ्खव समेटेर मानवले जगत्लाई आपूm अनुकूल बनाउने प्रयत्न गरेको छ । यो हाम्रो भविष्यको लागि ठीक हो वा होइन भन्ने विवाद पनि चुलिँदो छ । डम्पूm पनि आआफ्नै छन् र ध्वनि पनि आआफ्नै, तर के जीवन हाम्रो योजनाले चल्छ ?
जीवनको आफ्नै नियम हुन्छ, विधि र प्रक्रिया हुन्छ, उद्भव र अन्त हुन्छ । विचार, उपदेश र दर्शनले जीवन चल्दैन, जीवन त प्राकृतिक नियम–विधि–संरचना र तारतम्यले चल्ने हो । जतिसुकै ठूलो विचार, उपदेश, दर्शन र योजना पनि प्रकृति विपरीत छ भने त्यो ध्वंस हुन्छ, शून्य हुन्छ, त्यो मात्र एक गुदी नभएको बोक्रो हुन्छ । प्रकृतिको प्राकृतिक संरचना अनुकूल चल्न जान्नेलाई मात्र यस जगत्ले सम्मान गर्नेछ, नत्र एक न एक दिन आधिदैविक उथलपुथल हुनेछ र तिनको नामोनिसान मेटिनेछ त्यसैले जीव, जीवन र जगत् एक दास्रोको परिपूरक हुन् ।
...

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु