छन्दकवि डिल्लिराज नेपालको जीवनी र व्यक्तित्वको एक अध्ययन

- पुष्प अन्जान

प्रारम्भ: विषय उठान
भmापा चन्द्रगढीको मुटुमा रहेको झर्रो नेपाली घरका संस्थापक तथा राष्ट्रिय त्रैमासिक साहित्यिक पत्रिका ‘जुही’का संस्थापक तथा प्रधान सम्पादक आदरणीय गुरु चूडामणि रेग्मीको निर्णय बमोजिम समय–समयमा ‘जुही’को स्रष्टा ( प्रतिभा ) विशेषाङ्क प्रकाशन हुँदै आएकोमा यस ‘जुही’ ७१ औँ अङ्क पनि दक्षिण झापाको बनियानी गा.वि.स.मा रही निरन्तर छन्दवादी कविता तथा काव्य लेखनमा सक्रिय रहनुभएका कवि डिल्लिराज नेपालमा केन्द्रित रही ‘जुही ७१ डिल्लिराज नेपाल विशेषाङ्क’ प्रकाशन गर्ने गुरु रेग्मीकै निर्णयानुसार डिल्लिराज नेपाल विशेषाङ्क प्रकाशन सहयोग समिति मेरो अध्यक्षतामा गठन भयो । साथै मैले आफ्नो स्नातकोत्तर तहको नेपाली विषयको शोधकार्यको अध्ययन समेत ‘कवि डिल्लिराज नेपालको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ शीर्षकमा सम्पन्न गरेकाले यहाँ पनि उहाँको यसै पाटामा केन्द्रित रही एउटा लेख तयार गर्नुपर्ने चूडामणि गुरुको आज्ञानुसार पाएको जिम्मेवारी स्वरुप ‘जुही विशेषाङ्क ७१’ का नायक नेपालको जीवनी, व्यक्तित्व र कृतित्वको संक्षिप्त रुपमा अध्ययन गर्ने कार्य गरेको छु ।
कवि डिल्लीराज नेपाल ः संक्षिप्त परिचयः
पिता मनोरथ नेपाल तथा माता स्व. नर्वदादेवी नेपालको कोखवाट जेठो वा पहिलो सन्तानको रुपमा भारतको सिक्किम राज्य अन्तर्गत तुमिन गाउँमा वि.सं.२०१५ साल असार ८ गते(वास्तविक २०१२असार८) विहिवारका दिन यस धर्तीमा आँखा उघार्ने, मुख खोल्ने डिल्लिराम नेपालको वास्तविक, सर्वचर्चा योग्य तथा प्रामाणिक नाम भने डिल्लीराज नेपाल हुन पुगेको छ । नेपाल हाल झापाको दक्षिणी गा.वि.स बनियानीमा आना बुबा, श्रीमती, ३ छोरा २ बुहारी तथा एक नातीका साथमा रहँदै बस्दै आउनुभएको छ । वहाँ झापाको पूर्वी दक्षिणी गा.वि.स.हरुको मुटुमा रहेको बनियानी गा.वि.स.को तल्लो पद वैदार पदवाट सेवा शुरु गरेर आज सोही गा.वि.स.कै लक्ष्मी क्याम्पसको क्याम्पस प्रमुख भई सेवा गरिरहनु भएको छ । यसैगरी लक्ष्मी मा.वि.का प्र.अ., लक्ष्मी उ.मा.वि.का प्राचार्य नेपाल’ नेपाली साहित्य जगतका एक होनहार प्रतिभा हुनुहुन्छ ।
‘नेपाल’को विगतः पारिवारिक, शैक्षिक तथा साँस्कृतिक पृष्ठभूमि
नेपालको पाँचथर जिल्लाको याङ्नाम गा.वि.सको वडा नं. २ मा पर्ने थाङनपा गाउँमा कृषि तथा पशुपालनको पेसा आङ्गाली जीवनयापन गर्दै आइरहेको नेपालको पुख्र्यौली परिवारमा जीबुबा पण्डित र हजुरबुबा पनि पुरोहित काम गर्ने तथा समाजमा गन्यमान्य हुँदाहुँदै पनि त्यस ठाउँको तत्कालिन किपटिया(लिम्बूवान)हरुलाई किपोट तिर्न नसकेर आफ्नो भएभरको जायजेथा लिम्बूवानहरुलाई नै ठेकिबेठीको रुपमा बुझाई वि.सं.१९७५मा स–परिवार याङनामबाट भारतको सिक्किमतर्फ प्रवासिएको कुरा‘नेपाल’का पिता मनोरथले गफगाफका क्रममा खोल्नु भएको हो । वहाँका अनुसार यो परिवारले सिक्किमको तुमिन गाउँमा पनि जजमानी गरेर नै गुजारा ग¥यो । पुर्खाको परिवारको ४०–४१ बर्षे सिक्किम बसाइपछि मात्र मनोरथ नेपालको जेठो सन्तानको रुपमा डिल्लीराजको जन्म भयो । सिक्किमेली तुमिन पाठशालामा गुरु देवीप्रसाद निरौलाले अक्षरारम्भ गराएका नेपाल आफ्नो परिवारको ४५ बर्षे सिक्किम बसाइ पछि वि.सं.२०२० सालमा नेपालतिरै बसाइँ फिर्यो । त्यसपश्चात ‘नेपाल’को परिवार झापा जिल्लाको पूर्वीद्वार क्षेत्र नजिक तथा भारतको सिमावर्ती क्षेत्र बाहुण्डागी गा.वि.स. वडा नं. ४को भृकुटिबजारमा आई आफ्नो पारिवारिक गुजारा चलाउन थाल्यो । ‘नेपाल’का पुर्खाहरु पनि साधारण रुपमा शिक्षित भएकाले र माता पिता पनि शिक्षा प्रेमी रहेकाले झापा बाहुण्डागीको तत्कालीन राष्ट्रिय प्राथमिक पाठशाला)हालको भानु उ.मा.वि.)मा वि.सं.२०२०मा औपचारिक शिक्षाको लागि ‘नेपाल’लाई कक्षा १मा भर्ना गराइयो । सो विद्यालय र घरको आँगनसँगै जोडिएको हुनाले वहाँले सिकाइका समय वाहेक सबै समय घरमा नै बिताउनु भएको हो । आफ्ना पिता पनि धार्मिकरुपका पुस्तकहरु (जस्तै–चण्डी, रुद्री आदि)अध्ययन गरिरहनु हुने हुनाले सो समयमा ‘नेपाल’समेत यस विषयमा चाख दिएर सुन्ने गर्नु हुन्थ्यो । साथै चण्डीका केहीअंश वाल्यावस्थामै गाउन सक्ने नेपाल सानै उमेरमा तिक्ष्ण बुद्धिका हुनुहुन्थ्यो । आफू साना–ठूला सवैसँग मिलनसार र अनुशासितभएका कारण अभिभावकहरु पनि आफूसँग सन्तुष्ट रहने गरेको सम्झना‘नेपाल’ सुनाउनुहुन्छ । साथै खेलकुदप्रति पनि रुची अनुसारको प्रगतीका लागि दौँतरीहरुको दाँजोमा शारीरिक रुपमा कठिनाई उत्पन्न भएपछि आफूले खेलकुद क्षेत्रबाट हात धोएको ‘नेपाल’ बताउनुहुन्छ तर आफ्नो बैयक्तिक,मानसिक गुण तथा शैक्षिक पथको दायरा बढाउन भने विभिन्न समयमा हुने गरेका कवि गोष्ठि, नाट्य तथा प्रहसन प्रदर्शनहरुमा सहभागी भई पुरस्कारहरु समेत हात पार्न सफल हुनुहुन्थ्यो । प्रा.वि.तहमा अध्ययन गरिरहेका बखत कक्षाका साथीहरुसँग भएको प्रतिश्पर्धामा विद्यालउ प्रथम हुनेले विद्यालयको वार्षिक उत्सवमा भाषण गर्ने विषयमा सहमती जनाएका ‘नेपाल’ ले विद्यालय प्रथम स्थान हात पारेपछि वार्षिकोत्सवमा भाषण समेत गरेका थिए । उनको त्यो भाषण सुनेर कार्यक्रममा उपस्थित तत्कालीन गाउँ पञचायतका प्रधानपञ्च डिल्लीराम कट्ट्ेलले ‘यस केटाले मलाई भाषण गर्ने प्रेरणा दियो’ भनी भाषणमा प्रशंसा गरे भने खान्दानी परिवारका एक व्यक्ति काजी मोहन कार्कीले पनि ‘यो केटो भविष्यको प्रधानपञ्च हो’ भनी ‘नेपाल’लाई धाप मारेर बधाई र शुधकामना समेत दिएका थिए । त्यसरी धाप, समर्थन तथा शुभकामना पाएपनि आफ्नो परिवारको बसाईसराइ, प्रवेशिका उत्तिर्ण र रोजगारीको अवसर साथै वदलिँदो राजनीतिक परिस्थितिले गर्दा पञ्चायती राजनीतिप्रति आफ्नो ध्यान घट्दै गएको र प्रगतिशिल विचारप्रतिमोह बढेकोले ती भनाईहरु तत्कालीन अवस्थाका लागि धन्यवादका वाक्यमा मात्र सीमित भएको ‘नेपाल’ले बताउनुहरन्छ ।
प्रा.वि. तहको कक्षा २को अध्ययनको क्रममा आफ्नै साथीहरुको लहलहैमा लागेर शिक्षकमाथि अज्ञानतावश अशिष्ट क्रियाकलाप प्रस्तुत गर्दा तत्कालीन शिक्षक हेमसेन थापाले विद्यालयको कार्यकक्षमा दिएको भौतिक सजायले शिक्षाको सिकाइ वातावरण नै धूमिल बनाएको र पढाइप्रति नकारात्मक असर पु¥याएकाले विद्यालय जान छाडेका‘नेपाल’लाई सोही गाउँका अभिभावक उदय घिमिरेले पुनः शैक्षिक चेतनाले मश्तिष्कलाई पुनर्ताजगी गराएर विद्यालय वातावरण सृजना गराइदिएका हुनाले गलत सङ्गत छाडी आफू र आफ्ना निरन्तर अध्ययनमा लागेकाले आजको स्थान प्राप्त गरेको कुरा बताउँदै ‘नेपाल’ अभिभावक घिमिरेप्रति हार्दि आभार व्यक्त गर्नुहुन्छ । आफ्नै आँगनको विद्यालयमा प्रा.वि. तहसम्मको अध्ययन गरेपश्चात नि.मा.वि. र मा.वि. तहको अध्ययनको लागि ‘नेपाल’घरबाट ४ किलोमिटर टाढा पर्ने हाल मेची जनसाधारण उ.मा.वि. काकडभिट्टामा भर्ना भए । उक्त समयमा विद्यालयका शिक्षकले दिएको गृहकार्य घरम ागर्न नभ्याइने समेत भएकाले बाटामा आउँदा–जाँदा शिक्षकलाई सुनाउने गर्दा पनि थोरै गल्ती भएमा नराम्रो पञ्चायती सजाय भोग्नुपथ्र्यो भन्ने तितो थयार्य समेत ‘नेपाल’ बताउनु हुन्छ । कक्षा १०मा अध्ययन गरिरहेका बखत आफ्नो परिवार झापाको बनियानी गा.वि.स.मा बसाई सर्यो र आफूले कक्षा १०को सेन्ट अप परिक्षा मेची जनसाधारण उ.मा.वि. काकडभिट्टाबाट प्रथम लिएर उत्तीर्ण गरे पनि प्रवेशिका परीक्षा भने बयिानीको बसाइ सँगै हालको भद्रपुर उच्च मा.वि. भद्रपुरबाट प्रथम श्रेणीमा उत्तीर्ण गर्नु भएको हो । कक्षा ९ मा मात्र दोस्रो हुनुभएका ‘नेपाल’ सवै कक्षामा प्रथम त हुनुहुन्थ्यो नै त्यसमा पनि कक्षा ३ र ४मा त विद्यालय प्रथम समेत हुनुभएको थियो । साथै बनियानी गा.वि.स. क्षेत्रभरीबाट सर्व प्रथम एस.एल.सी. उत्तीर्ण गर्ने ब्यक्ति पनि ‘नेपाल’ नै हुनुहुन्छ । प्रवेशिका उत्तिर्ण पश्चात प्राप्त भएको बनियानी गा.वि.सको बैदार पदको अस्थाई नोकरी, घरको न्यून आर्थिक अवस्था आदिका कारण नेपालले आफ्नो शिक्षा ग्रहणको निरन्तरतामा केही नराम्रो असर ुपुगेपनि अध्ययनलाई छाड्नु भने भएन । वि.सं.२०३१ सालमा प्रवेशिका उत्तिर्ण गरेका नेपालले २०३९ सालमा आइ.एड.(दश महिने) धनकुटा बहुमुखी क्याम्पस धनकुटाबाट, २०४५ सालमा धनकुटा बहुमुखी क्याम्पसबाटै बि.एड् र मेची बहुमुखी क्याम्पस भद्रपुर झापाबाट २०५७ सालमा एम.ए. (नेपाली विषयमा) गर्नु भएको हो भने मेची बहुमुखी क्याम्पस भद्रपुरको एम.ए. नेपाली तर्फका प्रथम समुहको पनि प्रथम पटक एम.ए. उत्तिर्णको प्रमाणपत्र हात पार्ने ब्यक्तित्व हुन् । यसरी हेर्दा ‘नेपाल’ले आफ्ना कमजोर आर्थिक अवस्था तथा उच्च शिक्षाको पहुँचबाट टाढा भए पनि विभिन्न समयमा सङ्घर्ष गर्दै आफ्नो औपचारिक शिक्षा हासिल गर्ने सपनालाई विपनामा परिणत गर्नु भएको छ भने हाल वहाँ स्वाध्यायनमा रहनुभएको पाइन्छ ।
‘नेपाल’का संस्कारगत कर्मलाई नियाल्दा जन्मेका ११ दिनमा पूरोहित डिल्लिराम भट्टराईले ‘डिल्लिराज नेपाल’ नामाकरण गरी न्वारान कर्म गराए भने वि.सं.२०१७ सालमा २ वर्षको उमेरमा आफ्ना मामा टेकनाथ अधिकारीको हातबाट कपाल मूण्डन गरी छेवर वा चूडाकर्म सम्पन्न भएको थियो । यसरी नै ११ वर्षको उमेरमा पण्डित जगन्नाथ गौतमबाट गायत्री मन्त्र प्रदान गरी उपनयन संस्कार सम्पन्न गरा एभने छिमेकी घरका पिता महेश्वर गौतम र माता भागिरथा गौतमकी साँहिली सुपुत्री केकयीदेवी गौतमसँग वि.सं. २०३२ बैशाख ८ गते दिवालग्नमा ‘नेपाल’को विवाह समेत सम्पन्न भएको थियो । वल्लो घरका दुलाहा–पल्लो घरकी दुलही भएपनि ‘नेपाल’ घोडसवारमा नौमती बाजा १ कि.मि. टाढा पर्ने आफूले काम गर्दै गरेको गा.वि.स. भवनको परिक्रमा गरी दुलही लिन गई गाउँलेलाई रमाइलो वातावरण सृजना गराउनुभएको थियो ‘नेपाल’ले ।
आफ्नो घरको न्यून आर्थिक अवस्थाका कारण शिक्षा प्रति पूर्ण लगाव राख्ने व्यक्ति भएर होला ‘नेपाल’को यूवा अवस्था पनि त्यति स्वतन्त्र र सन्तोषजनक रहेन । त्यसमा पनि १७ वर्षको कलिलै उमेरमा विवाह बन्धनमा बाँधिए पछि त झन उनलाई पारिवारिक बोझ थपियो । गा.वि.सको बैदार गरिरहेका ‘नेपाल’ वि.सं. २०३२ साल असोज ६ गते हाल बाल प्रा.वि. बनियानीमा अस्थायी शिक्षकको रुपमा नियुक्ति हुनुभयो भने विद्यार्थी समय देखि नै साहित्य प्रति रुचि राख्ने ‘नेपाल’ आफ्नो यूवावस्था पनि शिक्षण र साहित्यसाधनामा बितेको बताउनुहुन्छ । ‘नेपाल’ नेपालको यूवावस्थाको भूल्नै नसकिने अविश्मरणीय क्षणको रुपमा जीवनमा एक घटना घट्यो जुन वहाँ २१ वर्षको छँदा घटेको थियो । दशैँको समयमा आफ्नो घर नजिकै हालको लक्ष्मी क्याम्पस वनियानी अगाडि लिङ्गेपिङ खेल्दै गरेको अवस्थामा छिमेकीले जोतेर ल्याएको राँगा आफ्नो नियन्त्रण भन्दा वाहिर छोड्दा राँगा पिङतिर सिधै आएको र आफू निरन्तर पिङ खेलिरहँदा राँगाको सिङमा उनिएर आफ्नो आँखा, निधार र नाकको त्रिवेणीवाट टाउको फूटेकाले लगभग २,३ घण्टा सम्म वेहोस हुँदा घरपरिवारका सदस्यहरुले आफ्नो माया मारेको कुरा समेत होस फर्केर आफू निको भएपछि बाबुआमा र अन्य गाउँलेहरुले भनेको कुरा सुनेर थाहा भएको कुरा बताउनुहुन्छ । त्यस समयमा बनियानीमा डाक्टरको सुविधा र अभिभावकको सक्रितामा चाँडै उपचार भएकाले आफूले पुनर्जन्म प्राप्त गरेको ‘नेपाल’ महशुष गर्नुहुन्छ । ‘नेपाल’का अन्य दुई भाइहरु हुनुहुन्छ भने आफ्नी एक छोरी ज्वाईँ र ३ छोरा २ बुहारीहरु आफ्नै साथमा छन् । आफू आफ्नै बाबुको साथमा रहनुभएको छ भने आमाले १ वर्ष अघिमात्र यस संसारलाई बिदा दिँदै इश्वरीय संसारमा प्रवेश गर्नु भएको थियो । छोरा बुहारीहरु सवै शिक्षित र रोजगार तथा स्वरोजगारयुक्त रहेकाले आफ्नो परिवारको आर्थिक अवस्था विगतभन्दा हाmमा सुदृढ रहेको कुरा ‘नेपाल’ स्विकार्नुहुन्छ ।
पेसाः–शिक्षण, साहित्य तथा समाजसेवा
‘नेपाल’को पेसागत क्षेत्रको अध्ययन गर्दा वहाँ मुख्यतया शिक्षण, दोस्रोमा साहत्य साधना र तेस्रोमा समाजसेवाका क्षेत्रमा साधनारत हुनुहुन्छ । आफू प्रवेशिका उत्तिर्ण तथा बैवाहिक जीवनमा वाँधिए लगत्तै शिक्षण सेवामा नियूक्त भएका ‘नेपाल’ले विभिन्न क्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसमा समेत शिक्षक, प्र.अ., प्राचार्य तथा क्याम्पस प्रमुख समेत भई शिक्षण कार्य तथा समाजसेवा गरिरहनुभएको छ । शिक्षण कार्यमा ‘नेपाल’ले कार्यभार पूरा र गर्दै गरेका शिक्षण सँस्थाहरु निम्नानुसार देखाइएको छ ।
बाल प्रा.बि. बनियानीमा वि.सं. २०३२ असोज ६ गते अस्थायी रुपमा नियुक्ति लिएका ‘नेपाल’ सोही माघ १६ गते हालको सरस्वती मा.वि. पृथ्विनगर–५मा प्रा.वि. दरबन्दीको स्थायी नियुक्तिका साथ सरुवा हुनुभयो । यसैगरी सरस्वती मा.वि.बाट २०३३ सालमा हालको लक्ष्मी मा.वि. तत्कालीन लक्ष्मी प्रा.वि. बनियानीमा सरुवा हुनुभयो भने २०३९ सालमा उच्च प्रा.वि. तहको हालको अरनिको उच्च मा.वि. महेशपुर–३मा सरुवा हुनुभयो तर सो विद्यालयमा हाजिर भएकै दिन पुनः लक्ष्मी प्रा.वि.मै सरुवा हुनुभयो । प्रा.वि. दरबन्दीमा स्थायी दरबन्दी पाइसक्नुभएका नेपाल २०५२को चैत्र १२ गते मा.वि. अस्थायी दरबन्दीमा नियुक्ति पाइपथरिया मा.वि. पथरिया झापामा सरुवा भई प्रस्थान गर्नु भयो । र २०६३ साल मंसिर महिनामा मा.वि. तहको तृतीय श्रेणीमा स्थायी नियुक्ति पाई लक्ष्मी मा.वि. बनियानीमा कार्य गर्दा गर्दै सोही साल माघ देखि प्र.अ.मा नियुक्त भई हाल सम्म सो पदमा कार्यरत हुनुहुन्छ भने सो विद्यालयलाई वि.सं.२०५८ मा उच्च मा.वि.मा रुपान्तरण गरेर त्यसको प्राचार्यको भूमिका समेत बहन गरिरहनु भएको छ । त्यतिमात्र होइन २०६४ सालवाट सो लक्ष्मी उच्च मा.वि.लाई क्याम्पसमा रुपान्तरण गर्दै सो कोप्रमुख समेत रही जिम्मेवारी पूर्वक कार्यभार सञ्चालन गरिरहनु भएको छ । यसरी हेर्दा शिक्षण पेसाको तल्लो तहको प्रा.वि. शिक्षक भई शिक्षण कार्यको उच्चतम तह क्याम्पस क्याम्पस तहको क्याम्स प्रमुख समेत भई गहन जिम्मेवारी कुशलतापूर्वक सम्हालीरहनुहुने ‘नेपाल’ एक कर्तव्यनिष्ठ शिक्षकको रुपमा, कुशल प्रशासकको रुपमा चिनिनुभएको छ । ‘नेपाल’ आफ्नो विद्यार्थी जीवनप्रति आकृष्ट बनेको कुरा बताउनुहुन्छ । हालको भानु उ.मा.वि. बाहुण्डागीका तत्कालीन शिक्षक विष्णु पराजुलीको प्रेरणा र प्रभावबाट साहित्य तर्फ झुकाव बढाउन थाल्नुभएका ‘नेपाल’ले सानै उमेरमा लेखेको प्रथम कविता स्मरणका आधारमा यस्तो थियो भन्नुहुन्छ ।
यो सुन्दर गाउँमा म गएर बस्छु
त्यहाँ गई मिठो हावा म लिन्छु ।
आफ्नो विद्यालयवाट प्रतिनिधित्व गरी छिमेकी विद्यालयले आयोजना गरेको कव गोष्ठीमा प्रथम स्थान हासिल गर्दा शिक्षकहरुले बोकेर घरै सम्म ल्याएकाले पनि सफलता प्राप्त गरेमा पुरस्कार जित्नुका साथै सबैको प्यारो हुइनेरहेछ भन्ने विचारले झनै त्यसतर्फ अग्रसर गरायो वहाँलाई । यसैगरी घरको बुबा, हजुरबवाको रामायण पाठ, चण्डीपाठ, विद्यालयको वातावरण, स्थानीय पत्रपत्रिकाहरुमा सहभागिता तथा पुरस्कारलाई पेरणाको स्रोतका रुपमा ‘नेपाल’ लिनुहुन्छ ।
त्यसैगरी नेपालको भौगोलिक पृष्ठभूमि, सामाजिक क्रियाकलापहरु, प्राकृतिक वातावरण, नेपाली संस्कार तथा मौलिकता, साहित्यकारको जीवनी र रचना, आफ्नो पारिवारिक गन्थनवाट उत्पन्न चेत आदिवाट आफ्नो साहित्यिक वातावरणले मौलाउने अवसर पाएका ‘नेपाल’ आफ्नो प्रथम कृति ‘मन्दाक्रान्ता माला’ छपाएर पाठक सामू ल्याइदिनुहुने झापाली साहित्यकार, नेपाली भाषाविद, पूर्वका मोति चूडामणि रेग्मी‘चुमरे’बाट अत्याधिक प्रेरित भएको र आज पनि वहँकै इच्छा बमोजिम वहाँको पत्रिका जुहीको ७१ औँ अङ्क मेरो निमित्त छाडिदिनुहुँदा वहाँले मेरो साहित्यिक क्षेत्रमा दिनुभएको योगदानको ऋण यो जीवनमा त के र ! अर्को नयाँ जीवन प्राप्त गरेमा पनि तिर्न नसक्ने कुरा वताउँदै प्रमुख प्रेरक चुडामणि रेग्मी, त्यसै गरी अन्य झापाली साहित्यकारहरुमा केशव प्रसाद खनाल र चुडामणि वाशिष्ठ पनि प्रभावशालि प्रेरकका रुपमा रहेको ‘नेपाल’ बताउनुहुन्छ । ‘नेपाल’को औपचारिकरुपमा प्रकाशन भएको प्रथम कविता ‘आ–आफ्नो डम्फू’ हो र यो कविता २०३२ सालमा प्रभात भण्डारीको सम्पादकत्वमा नेपालको कैलाली जिल्लावाट प्रकाशित पत्रिका‘सुरमा सरोवर’मा प्रकाशित भएको थियो भने यो आज नेपालको लागि अप्राप्य छ । तर पहिलो प्रकाशित कृति चाहीँ २०६२ सालको मन्दाक्रान्ता छन्दका४० वटा कविताहरुको सङ्ग्रह ‘मन्दाक्रान्ता माला’ हो । यसभित्र २०३२ साल देखि २०४६ सालसम्मका वहाँका फुटकर कविताहरु सङ्कलित भएका छन् । उहाँको २०६२ साल असार देखि वि.सं. २०६६ साल सम्मका छन्दमुलक कविताहरुको सङ्ग्रहका रुपमा एकसाथ ‘नेपाल’ले दुईवटा कृतिहरु प्रकाशनमा ल्याउनुभयो । तिनमा(मेरो माटो२०६६), र छन्दमाला(२०६६) रहेका छन् । ‘नेपाल’ नेपालको कवि व्यक्तित्वका गतिशिल रहेका कारण त्यस यताका फुटकर कविताहरुको सङ्ग्रह ‘सयपत्रि’ छापाखानामा प्रकाशोन्मुख अवस्थामा रहेको छ । ‘अव्यक्त पीडा’ खण्डकाक्ष्य पनि प्रकाशोन्मुख अवस्थामा रहेको ‘नेपाल’ बताउनु हुन्छ । ‘जुही’ले छाडेको यो अवसरमा उर्वर कवि व्यक्तित्व‘नेपाल’ले १०१ वटा छन्दहरुको कविताको सङ्गालो‘छन्दमाला २’, प्रकृति काव्य(खण्डकाव्य) र सङ्कल्प कथा सङ्ग्रह) पनि जुही सँगै प्रकाशन गराउनु हुने निश्चित रहेको छ । यसरी हेर्दा कवि व्यक्तित्वका पाटोमा मात्र औपचारिक रुपमा देखा पर्नुभएका ‘नेपाल’ अवदेखि औपचारिक रुपमा कथाकारका रुपमा समेत चल्मलाउनु हुने भएको छ । फूटकर कविताहरुमा आफ्ना कलम दौडाउने नेपालले ‘प्रकृति काव्य’ नामक खण्डकाव्य प्रकाशन गर्ने निश्चितताले त झन् वहाँको कवि व्यक्तित्वलाई अझ उर्वर र मलिलो भएको देखाएको छ । त्यसै गरी नेपाली काव्यमा चल्मलाएका कैयौँ छन्दहरुलाई सहजै आफूले खेलाउनुका अलावा यस धारामा नभएका छन्दहरु पनि कविता रचनाका क्रममा रचना गर्न समेत सक्षम‘नेपाल’लाई देवकोटालाई शव्दनिर्माण कर्ताका रुपमा देखिए झैँ छन्द निर्माण कर्ताका रुपमा समेत चिनिनुपर्ने हुन्छ । यसर्थ नेपाल नेपाली साहित्यको छन्दको क्षेत्रमा देवकोटा भन्दा माथि रहेको कुरा म यहाँ प्रष्ट्याइदिन्छु । आफूले रचना गरेका कविता तथा छन्दहरु भोलीका दिनमा विवादित हुन्छन् की भन्नुका पछि नलागेर आफ्नो पथमा निरन्तर लागिपर्नुहुने नेपाल एक सशक्त र निडर प्रतिभा हुनु् । नेपाली काव्य बिधाको सवै भन्दा जेठो सन्तानको रुपमा स्थान प्राप्त गरेको पद्यलय तथा छन्दमय कविताको सफल सृजन ागर्ने प्रतिभाको दुर्लभताको सिँढिमा उक्लने यात्रामा यात्रा गर्ने छन्दवादि कविका रुपमा ‘नेपाल’ स्थापित भैसक्नु भएको छ । यसरी ‘नेपाल’ मुक्तक, फुटकर कविता देखि कविताका मझौलारुपहरु सम्मको यात्रामा छन्दका तरङ्गहरु छल्मलाउन उद्दतरहेका देखिन्छन् भने विरलै रुपमा प्राप्त गरिने नेपाली साहित्यका काव्य विधामा प्रयोग गरिएका विविध छन्दको अनुसन्धानकारी समयसामयिक विषयबस्तुमा अडिएर प्रस्तुत गर्ने कार्यमा ‘नेपाल’ले सफलता पाइसक्नु भएको छ । वहाँको प्रकाशित कविता कृतिहरुलाई हेर्दा वहाँका कविताहरुको भावभूमि निकै फराकिलो देखिन्छ । सानै उमेर देखि नै साहित्यभित्र कविताको पृष्ठभूमि तयार पार्दै अगाडि बढ्नुभएका ‘नेपाल’ले हालसम्मको यात्रामा फुटकर रुपमा गद्यलयका कविताहरु फाट्टफुट्ट रुपमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गराउनु भएको छ भने छन्दमय पद्यलयमा तीन कविता कृति प्रकाशित भैसकेका छन् र यस जुही अङ्क सँगै अन्य दुई कृति पनि प्रकाशित हुँदैछन् । यसरी हेर्दा वहाँको कवि व्यक्तित्व नै सशक्त रुपमा साहित्यिक व्यक्त्विका रुपमा प्रबल देखिन्छ ।
यसरी कवि ‘नेपाल’को अनुभूति दिनानुदिन परिश्कृत, समय सान्दर्भिक भएर अगाडि बढाउन वहाँका कविताकृतिहरु तम्सेका देखिन्छन् । आधुनिक नेपाली कविताको अद्यावधी उत्तरार्ध अन्तर्गत प्रयोगवादी धारा क्रमिकरुपमा अगाडि बढेको पाइन्छ । त्यसमा पनि पछिल्लो चरणमा पद्यलयका कविताहरु भन्दा गद्य कविताले मौलाउने अवसर पाएका बखत्‘नेपाल’ पद्यमात्र नभएर छन्दयुक्त पद्यलयमा कविता सिर्जिएर स्वच्छन्दरुपमा यथार्थको परिधिभित्र अडिएर प्रगतिवादी विचारधारालाई आफ्नोकृति मार्फत समाजलाई ऐना देखाउने काम गरिरहनु भएको छ । कविताका क्षेत्रमा चिनिनुभएका नेपाल । अववाट कथाकारका क्षेत्रमा पनि चिनिनुहुने पक्का पक्की भएको छ । ‘नेपाल’ले आफ्नो साहित्यिक फँट फराकिलो
पार्न निबन्धहरु पनि लेखेर लिपिबद्ध गर्दै गरेको तथा प्रकाशनको चाँजोपाँजो पनि मिलाउँदै गरेकाले निबन्धकारका कोटिमा पनि उभिने प्रायः निश्चितथ देखिन्छ । यसैगरी केही कृतिहरुका समिक्षा तथा समालोचनीय बिश्लेषण गरेकाले समिक्षक तथा समालोचकको क्षेत्रपनि यसअघि देखि नै बढ्दै गएकाले ‘नेपाल’ साहित्यको बहुमूखी प्रतिभा हुन् भनेर ठोकूवा गर्दा दुईमत हुँदैन । ‘नेपाल’ साहित्य जस्तो प्रकृतिको लेखिन्द्र साहित्यकार पनि सोही प्रकृतिकै बन्नुपर्छ भन्ने भावना प्रस्तुत गर्नुहुन्छ भने राजनीतिमा बामपन्थी सोच भएको महशुस गरी राजनैतिक कुराकानी उठाउन खोज्दा राजनीतिलाई त्यागीदिन र साहित्यलाई सर्वोपरी ठान्ने हुनाले कुराकानीमा साहित्यिक माहोल मात्र बनाउन चाहानुहुन्छ ।
साहित्यिक व्यक्तित्वका अलावा ‘नेपाल’ शिक्षण पेसा तथा समाजसेवाका हकमा मिलनसार तथा इमान्दार मित्र, विद्यार्थीका प्रिय शिक्षक, अभिभावकका आँखामा सफल अध्यापक, शिक्षिका, शिक्षक साथिहरुका लागि कुशल प्रशासकका रुपमा परिचित रहेको देखिनुहुन्छ । आफ्नो पदीय जिम्मेवारी प्रतिनिष्ठावान रहने ‘नेपाल’ झापाली शिक्षाजगतका एक कुशल शिक्षकका रुपमा समेत परिचित रहनु भएको छ । नशालु पदार्थको सेवन नगर्ने वहाँ समाज, विद्यार्थी र साथीहरुमा असल ब्यक्तित्वका रुपमा चिनिनुहुन्छ । वहाँमा रहेका मिलनसारिता। शिष्टभाषिता, स्पष्टवादिता, स्वाभिमानी तथा स्वअध्ययनशीलताले शिक्षक ब्यक्तित्व उच्च रहेको प्रतीत हुन्छ । आफू जस्तो सिद्धान्त र व्यवहारको बारेमा शिक्षण गरिन्छ सोही बमोजिमको प्रयोगात्मक ब्यवहार शिक्षकको हुनुपर्छ भन्ने मूलधारणा भएका‘नेपाल’। शिक्षक,
विद्यार्थी तथा अभिभावक प्रति अगाध उत्तरदायित्व प्रस्तुत गर्नुहुन्छ ।
साहित्यप्रतिको उनको लगनशीलतलाई जागिरले पनि केही मात्रामा बन्धनमा पारेकाले सोचेजस्तो सेवा नेपाली साहित्यमा गर्न नसकेको गुनासो गर्ने ‘नेपाल’ आफ्नो पेसाप्रति सन्तुष्ट रहेपनि पारिश्रमिक प्रति भने त्यति सन्तुष्ट हुनुहुन्न । तथापी पनि ‘नेपाल’ले क्याम्पस प्रमूखको जिम्मेवारी सम्हालेवापत भने स्थापना देखि लगभग ४÷५ वर्ष जति विना पारिश्रमिक सेवामूलक कार्य गर्नुभएको थियो । यसरी हेर्दा वहाँको शिक्षक तथा जागिरे ब्यक्तित्व सफल र उच्च रहेको पाउन सकिन्छ । भने ‘नेपाल’ शैक्षिक व्यक्तित्व भित्र जागिरमा प्रा.वि.तहवाट प्रवेश गरी मा.वि.का प्र.अ.उच्चमा.वि.का प्राचार्य तथा क्याम्पसका क्याम्पसप्रमुखको भूमिका समेत निर्वाह गर्न सफल मानिनुहुन्छ ।
मानिस सामाजिक प्राणि हो । समाजमा एक आपसमा मिलेर वस्नु मानिसको कर्तव्य पनि हो । सो भावना ‘नेपाल’मा पनि प्रवल रुपमा रहेको पाइन्छ । उहाँ लामो समयसम्म शिक्षण पेसामा संलग्न रहका र प्रगतिशिल विचार राख्ने भएकाले समाजमा लोकप्रिय हुनुहुन्छ । उहाँ गाउँमा हुने भोज भतेर, विवाह–व्रतवन्ध, साँस्कृतिक कार्यक्रम, साहित्यक गोष्ठी, मरण–परण आदी जस्ता कार्यक्रमहरुमा सकृयताका साथ सरिक रहनुहुन्छ । प्रगतिशिल विचारप्रति संवेदनशिल रहने नेपाल वर्तमान समयका वर्तमान समयका प्रगतिशिल तथा राजनीतिक दलका नेता तथा जनवादी विचारका पक्षपातीहरुले हिँडेको वाटो सम्झँदै आफू यि विभिन्न रानितिक दलका पछि लागेर कुद्नु भन्दा सच्चा र स्वतन्त्र प्रगतिवादी नागरिक भएर बाँच्न चाहानुहुन्छ । समाजका हरेक क्रियाकलापमा संलग्न रहने ‘नेपाल’ साम्यवादी, निर्भिक, सरल, इमान्दार र अनुशासित साथै सहयोगी सामाजिक व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । समाजका सवै वर्ग र तहका मानिस सँग समान व्यवहार गर्नुहुने नेपाल सवैसँग हाँसेर वोल्ने, ठूलालाई सम्मान गर्ने, सानालाई माया गर्ने, सवैसँग तपाईको आदरमा बोल्ने, परिचित तथा अपरिचित ब्यक्ति जो कसैलाई परेको सहयोग तुरुन्त गर्ने सामाजिक ब्यक्तित्व हुन् । वहाँ सामाजिक परिवर्तनका लागि साहित्य सृजन ागर्ने, समाजप्रति उत्तरदायी, निष्ठावान र कर्तव्यनिष्ठ व्यक्तित्व हुन् । यस बाहेक ‘नेपाल’लाई सामाजिक ब्यक्तित्वका रुपमा स्थापित गराउने कार्य निम्न संघ संस्थाहरुमा रहेको सम्बद्धताले जनाएको छ । जो निम्नानुसार रहेको छ ।
क) लक्ष्मी उ.मा.वि.का प्रधानाध्यापक तथा प्राचार्य बनियानी झापा
ख) लक्ष्मी क्याम्पस बनियानी झापाका क्याम्पस प्रमुख
ग) बनियानी हेल्थपोष्ट सञ्चालन समिति सदस्य, बनियानी झापा
घ) प्रतिभा साहित्यिक पत्रिका पृथ्वीनगर झापा, सल्लाहकार
ङ) सामुदायिक पुस्तकालय बनियानी झापा, संस्थापक सदस्य
च) चेतना प्रकाशन झापा संस्थापक सदस्य
छ) मोती समस्यापूर्ती प्रकाशन समिति मेची, सदस्य
ज) कचन कवल सामुदायिक अध्ययनकेन्द्र झापा, सँस्थापक सदस्य
झ) घृत–कौशिक बंशोद्वार समिति झापा, सदस्य
यसैगरी ‘नेपाल’ले आफ्ना रचनाहरु आफ्नै पुस्तकाकार कृतिमा मात्र प्रकाशन नगराई निम्न पत्रिकाहरु मार्फत पनि रचनाहरु प्रकाशन गराउनु भएको छ ।
युगज्ञान साप्ताहिक चन्द्रगढि झापा, जनसंसद दैनिक काकड्भिट्टा झापा, नौलो आवाज साप्ताहिक भद्रपुर झापा प्रतिदिन दैनिक विर्तामोड झापा, दृष्टि त्रैमासिक विर्तामोड झापा, यात्रा त्रैमासिक पृथ्वीनगर झापा, प्रतिभा त्रैमासिक पृथ्वीनगर, झापा, पुर्वाञ्चल दैनिक विर्तामोड, झापा, जुही प्रकाशनका विभिन्न अङ्क विशेषाङ्क झापा तथा कनकाई आवाज जस्ता विभिन्न क्याम्पसका मुखपत्रहरु झापा, मोती समस्यापूर्ती मेचीका विभिन्न अङ्क तथा विशेषाङ्कहरुमा आफ्ना कथा, निवन्ध, समिक्षा तथा साहित्यिक खुराकहरु प्रकाशित भएका ‘नेपाल’ बताउनु हुन्छ ।
‘नेपाल’ले साहित्य शिक्षा तथा समाजसेवाका क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै निम्न संघ सँस्थाहरुवाट वहाँलाई सम्मानित तथा पुरस्कृत गर्ने काम भएको उहाँ वताउनु हुन्छ ।
क) शिक्षण पेसामा कर्तव्यवान भई कार्य गरेकाले वि.सं.२०५८ सालमा जिल्ला शिक्षा समिति झापाद्वारा कदरपत्र तथा सम्मान पत्र प्रदान ।
ख) वि.सं.२०५८ मा नै गोमेन्द्र बहुमुखि क्याम्पस विर्तामोड झापाद्वारा कदरपत्र प्रदान
ग) वि.सं.२०५९मा २८औँ शिक्षा दिवशको अवसरमा जिल्ला शिक्षा समिति झापाद्वारा सम्मानपत्र प्रदान ।
घ) साहित्य साधनामा निरन्तर छन्दवादी कविताहरु लेखिरहँदा वि.सं.२०५७मा कन्चनजंघा एफ.एम. विर्तामोड झापाद्वारा आफ्नो साहित्यिक कार्यक्रम ‘छन्दको तरङ्ग’बाट सम्मानपत्र प्रदान ।
ङ) वि.स२०६४मा लेखनाथ वाचनालय चन्द्रगढी झापाद्वारा छन्दकविका रुपमा सम्मान स्वरुप दोसल्ला ओढाएर अभिनन्दन ।
च) साहित्य कला तथा सृजना समूह पृथ्वीनगर झापाद्वारा‘झापाली छन्दकवि’को उपाधी सहित वि.सं. २०६७मा दोसल्ला ओढाएर सम्मानपत्र सहित अभिनन्दन ।
छ) प्रतिभा पुस्तकालय पृथ्वीनगर –८ झापाद्वारा शिक्षा क्षेत्रमा अमूल्या योगदान पु¥याएवापत प्रशंसापत्र प्रदान ।
यसरी हेर्दा निष्कर्षमा डिल्लीराज नेपाल नेपाली साहित्यका फाँटमा उर्वर, उर्जाशिल, सशक्त, निडर, छन्दनिर्माण कर्ता छन्दसम्राट जे जस्ता उपनामले चिनाए पनि वहाँको विशेषता कम हुने कुरा प्रायः निश्चित देखिन थालेको छ । जदौ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु