अतितको बिस्कुनका अनिल

- खिमानन्द पोखरेल

साहित्य पढ्ने बुझ्ने र मनन गर्ने मान्छेले अनिल पौडेललाई पक्का पक्की चिनेकै हुनु पर्छ । साहित्यमा लगनशिल भएर लाग्नु उनको लागि धर्म वनिसकेको छ । वास्तविक रुपले उनको मुल्याँङ्कन गर्नै परे उनलाई साहित्यका प्रमुख योद्धा एवम् शक्तिशाली कवि नै भनेर भन्नु पर्छ । उनका अन्य जोडीने प्रतिभाहरु त कविको दर्जा पछि न पर्ने हुन् । उनलाई जस्ले जे भन्छ भनोस् यसमा मेरो कुनै लेना देना छैन । तर अहिले म यतिखेर संस्मरणात्मक निवन्धका प्रतिभा नै भन्न मन पराउँछु । त्यसैले आज मेरो हातमा उनिद्वारा लेखिएको संस्मरणत्मक निवन्ध “अतितको बिस्कुन” परेको छ । आज म यसकै बारेमा केही लेख्न गैरहेको छु । उनले यो आफ्नो सङ्ग्रहमा पैतिस वटा बिस्कुनलाई पाठक सामु फराकिलो आँगनमा फिजाएका छन् । यस संस्मरणात्मक निबन्धको शुरुमै “कान्छा छोराले दुःखाएको मन” बाट बालबालिकाहरुले बाल्य कालमा बोलिने तोतेबोलीका मिठा मिठा आवाज शब्दहरु दुरुस्त ज्यूँकातिउ उतारीएको पाएँ । आफ्नो बाबालाई कसरी बाल बालिकाहरुले चिन्ने गर्छन् भन्ने कुराका प्रमाणहरु यहाँ देखाईएका छन् । बाबुको सानैमा स्वर्गारोहण हुनु , घरको आर्थिक अवस्था पूर्णतः कमजोर हुनु आदि ईत्यादिले गर्दा पनि अनिल पौडेल माथि परेको आर्थिक बज्रपात अरु कसैलाई पनि न परोस् भन्ने मेरो आफ्नो भनाई रहेको छ । घरको कमजोर स्थिति देखेर सबैले हेप्छन्, कुट्छन् र गालि गर्छन यो कमजारी पक्षको सामान्य कुरा हो । सानो छँदा उनका दिन सहजरुपले वितेनन् । ठूल्याँमाको घरमा बस्न पुगेका अनिलले त्यहाँ पनि राम्रो ब्यबहार पाउन नसकेका गुनासाहरु उल्लेख गरेका छन् यहाँ । कोदाको खोले खाएका कुराहरु लेखिएको छ । अनि कतै भान्से बाहुनको रुपमा दर्ता भएका छन् भने अनि पछि मात्र ठूलो संघर्ष पश्चात् मैनाको पाँच रुपियाँ खाने सर्तमा पुस्तकालयको पुस्तकाध्यक्ष हुने अवसर यिनलाई मिल्यो । यसपछि मात्र अनिल पौडेलका दिनहरु बिस्तारै सुध्रिदै जान थालेका अत्यान्त दुःखान्त कुराको पर्दाफास गरिएको देखिन्छ ।
यसरी अनिल पौडेलको विहेको कथा बिचित्रको र दयनिय देखिन्छ । विवाहमा सबचिजको बाँडफाँट गरी विवाहगर्ने जोर जाम गरेको देखिन्छ । कति असजिलो र दुःखदपूर्ण थिए ति दिनहरु जुन दिनमा उनले भावनासँग विहे गर्दा पोते लगाईदिन विर्सेको घटनाले सम्पूर्ण कुराको झझल्कोलाई एक पटक पूनः स्मरण गराईदिन्छ । यसरी डोजर जस्तो मान्छेमा साहित्यकार मोहन दुवाललाई साहित्यिक डोजर बनाएर प्रस्तुत गरिएको छ । मोहन दुवाल कुँदेको कुँदै जतासुकै जहाँसुकै कुँद्ने भएर नै होला त्यसैले भएर होला मोहन दुवालको यो संज्ञा दिएको मेरो विचारमा पनि यस्तै लाग्छ । जो हो लाई अनिल र भावनाले मात्र बुझ्न सके अरुले बुझ्न सकेनन् भन्ने कुरा यहाँ दर्साएको देखिन्छ । अनि पछिको प्रस¨मा अगाडी देखा पर्छ बाबुको सुरुवाल बाबुको सुरुवाललाई पित्री प्रसादको रुपमा आमाले स्वीकारेको कुरा र यो पित्रीका चिनो घरमा राखे अनिकाल लाग्दैन भन्ने जस्ता कुराहरु यस प्रस¨मा देखिन आएका कुरा यहाँ प्रष्टयाईएको छ ।
यसरी अतितको घाउ पढ्दा अतितमा भए गरेका घटनाको संम्झना दिलाउँ छ । कति अचम्म र लोभ लाग्दा ति दिनहरु जे गरे पनि सुहाउने जस्तो गरे पनि मिल्ने । त्यतिखेर जुत्ता लगाएर हिड्ने मान्छेलाई धनिमानीको बालक भन्ने गरिन्थ्यो भने जुत्ताको नाममा भोर्लाका टाटाको जुत्ता बनाएर लगाई घरमा आएर आमालाई देखाउँदा अव मलाई छोराले जुत्ता लगाई दिने पनि भो भनि आमा खुसी भएका कुराहरु यस प्रस¨मा व्यक्त गरीएको छ । यस्तै इटहरीले काँचुली फेरेका कुराहरु गरिएको छ आफूले कविता पढेका कुराहरु सुनाईएको छ । यसरी एकादेशको कथामा साहित्यकारले दुःख पाएको घटना उनिहरुले गरेको कार्यको प्रशंसा गर्नुको सट्टा कामगर्ने कालु मकै खाने भालु को घटनामा ल्याई नेताहरुको सुख शैल र मोज मस्ती गर्ने कुराहरुसँग यो प्रस¨ जोडीन पुगेको छ । यसरी कुलोे र कुरो जता पनि जाँदो रहेछ ले म्यूजिक नेपालको कुरा गर्न भ्याएको छ । म्यूजीक नेपाल ब्यापारीक संस्था हो यसले मान्छेलाई जोगी बनाईदिन्छ भनेर भन्ने गरेका कुराले अहिले अनिल जस्ता ब्यक्तिलाई पत्यारको कुरा नै हुन सकेन । म्यूजीक नेपालले छन्दका कविताको बारेमा राम्रो काम गरिदियो । छन्दका कवितालाई उसले आफ्नो आठ दश घण्टाको फ्रि कष्ट टायम दिएर कविता रेकर्ड गराई दिएको घटनाले उनले सुुनेको कुरा ठीक उल्टो हुन पुग्यो अनिलको लागि ।
यसरी अलि मीयाँको बृत चित्रमा नेपाल टेलीभिजनका कर्मचारीहरुको लापर्वाही र बेहोसीले गर्दा अलि मीयाँको बृत्त चित्रमा ढुस्सी परेको भनि उल्टै दोष दिए त्यहाँँका कर्मचारीहरुले । त्यति मिहनत गरी बनाएर ल्याएको बुत्त चित्रले कुनैस्थान पाउँन नसक्दा अनिल पौडेलले गरेको मिहनतले कुनै सार्थकता पाउन सकेन । पोखराका होनहार प्रतिभा अलिमीयाँको बृत्तचित्र देखाउने धोको अधुरै रह्यो उनको । यसको लगत्तै संझौता संस्मरणात्मक कुराको चुरो फूक्छ । संझौताले सवलाई रुवाएकी छ । नेपालीमा एउटा उखान छ “अर्काको बाच्छो चाटी मुखभरी रौँ” अनिलको परिवारलाई ठयाक्कै यस्तै हुन पुगेको छ यो घटना । लुगुनको ब्याकरण ले अन्तर्वाता छापीएर ख्यातीपाए जस्तो भएको देखिन्छ । त्यस पछि जीवी लुगुनका साहित्यिक कुराकोृ दह्रोगरी चर्चा परिचर्चा गरिएको छ । यहाँ संस्मरण एवं निवन्ध कर्ताको गुनासो चाहीँ भरमारले पोखीएको छ । यसरी चुमरे कान्छाको बारेमा उनका धेरै थोरै गुण गानहरु यहाँ प्रस्तुत गरेको खेखिन्छ । चुमरे कान्छो भनेको के होला भन्दै पढ्दै जाँदा त चुरामणी रेग्मीका बारेमा पो लेखिएको रहेछ बल्ल थाहा पाएर पढ्दा पढ्दै ढुक्क पनि हुन पुगेँ म ।
यसरी ओँँठमा झुण्डीएको इटहरीको प्रस¨ बेग्लै किसीमको छ । यहाँ राजनिति मिसीएको छ जताततै पञ्चायति कालको राजनिति देखि बहुदलिय राजनितिको कुरा लेखिएको छ । विमान दुर्घटना भएको कुरा लेखिएको छ पञ्चायति कालमा राजनिति गर्दा पञ्चेहरुले धरपकड गरेका कुराहरु लेखिएको छ यसरी यो घटना पढ्दा पढ्दै कता कता पञ्चे पुलिसहरुले यातना दिएका कुराहरु पढ्दा मन पनि सिरी¨ भएर आउँछ ।
मेरो गन्थन र प्रश्रितको भाषणमा पनि अत्यधिक कुरा राजनितिका नै छन् । आफू राजनितिमा होमीएको भएर होला अनिलले धेरै जसो ठाउँमा आफ्ना विषय वस्तुलाई राजनितसँगै मुछेका छन् । उनका हरेक शब्द शब्दबाट राजनिति गन्ध आउँछ । आउँन पनि किन न आओस् सानै देखि राजजितिमा हिडेपछि आफ्नो सङ्ग्रहमा यस्को पनि त अगुवाई हुनु प¥यो होइन र ? यसरी अलिखित अन्तवार्ता हेमराज कै विषयलाई लिएर लेखिएको देखिन्छ । हेमराज सर पढ्नमा अतिनै तिक्ष्ण बुद्धि भएको ब्यक्तिले स्कूलको मास्टर त्यही पनि कम्यूनिष्ट विचार भएको मास्टर पञ्चायत कालमा अन्य पञ्चे मास्टरहरुले विदेश जाने सुविधा पाउँने भने उनलाई पञ्चायतको खिलाप राजनिति गर्ने भनेर अवसर दिईन्थ्यो र संयोगबस उनले एउटा साथि खोजेर विदेश९अमेरीका० गएको कुरा र त्यहाँ काम गरेका कुराहरु प्रसस्त भएका छन् यहाँ । ग्रीनकार्ड पाएर नेपाल फर्केका कुराहरु पनि गरिएको छ । अन्त्यमा अनिल पौडेलद्वारा लिईएको अन्तवार्ता अत्यान्त रोचक र घोचक भई प्रस्तुत भएको देखिन्छ ।
यसरी दैनिक मन्तब्यको डायरी चाहीँ अत्यान्त गजवको र रोचक पनि देखिन्छ । बाउ हजूरबाउले लेखेका कागजका टुक्रा देखि आफूले लेखेका सानोतिनो रिपोटलाई पनि अत्यान्त राम्रोसँग स्याहार संहार गरी राखेका अनिलले एकदिन ति सबैलाई धमिरोले खाईदिएको गुनासो पाठक सामु गरेका प्रस¨हरु यहाँ देखिएका छन्् । यसरी विदाको उट्पट्याङ्ले समष्टिका संम्पादकलाई कथा लेख्ने कथाकार रिता गँग फोन गर्न मन लाग्यो र फोन गर्दाको शुरुमा परिचय नदिएर कुरा गरिरहेका अनिल पौडेलले आखिरमा म समष्टिमा म तपाईको कथा छाप्ने मोडमा छु भनेर भन्दा भन्दै प्रस¨लाई अन्त्य गरिएको कुराहरु यहाँ उल्लेख गरिएको देखिन्छ ।
यसरी स्वर्गद्वारीमा सरर गरेको साहित्यिक यात्रा रोचक र अचम्मको देखिन्छ
काठमाण्डौबाट त्यतातर्फ प्रस्थान गर्ने मान्छेलाई शुरु देखि नै अप्ठयारो महसुस भएको कुराहरु यहाँ उल्लेख गरेको देखिन्छ । स्वर्गद्वारी पुग्नु भन्ने कुरा कठिन र कष्टप्रदको रहेछ भन्ने कुरा यसको प्रस¨बाट नै स्पष्ट हुन्छ । बाटोका ड्राईभर निदाउन थालेको प्रस¨ निकै अप्ठयारो र दुःखदपूर्ण जस्तै बनेको छ । जसो तसो त्यहाँ सम्पन्न गर्ने कार्यक्रमलाई विट मारेर सफलता साथ काठमाण्डौ फर्किन पुगेको देखिन्छ साहित्यकार मित्रहरु ।
पुरस्कारको यम्बुस पनि बिचित्रको छ । यहाँ स्वयम् अनिल पौडेल आफै भन्छन् मान्छे पुरस्कारकोलागि हत्ते हाल्छन् तपाई पाएको पुरस्कार पनि गुमाउँदै हुनुहुन्छ तर पुरस्कार थाप्नेसँग के को खट्पटिले नै होला पुरस्कार नथापेर नै आपूm वाहिरीएको कुरा उल्लेख गरिएको देखिन्छ । यसरी घनश्यामको संम्झनामा उल्लेख गरिएका अपार र लोभलाग्दा शब्दहरुले घनश्याम नरहे पनि पूनः जीवीत तुल्याई दिएको कुरा उनको कथा सङ्ग्रहको विमोचन पश्चात्को त्यो माहोलले सत्य सावित गरिदिएको छ । यस्तै जागीरमा रमाएको जीन्दगी गजवको छ । यसभित्र रमाएर घुम्नेहरुको जीवन हाकीमको आसे पासे भएर पछाडी पछाडी हिडेको घटनाले अनिल पौडेललाई छोएको देखिदैन उनि त आफ्नो काम मरिमिटी गर्ने प्रबृतिका कर्मचारी पो देखिएका छन् त । यस्तै मध्य रातको वोर्ड बैठकले ल्याएका हलचल कर्मचारीका कुराहरुलाई बडो जतन साथ प्रस्तुत गरिएका कुराहरु यहाँ स्पष्टसँग झल्काउन खोजीएको छ ।
कति शान्त र शौभ्य भैदिएको छ अनिल पौडेलको मस्तिष्क उनि आफू चुरोट र
रक्सी नखाने मान्छे पनि डाक्टरले यसरी विना सित्तैको आरोप लगाउँदा उनलाई कत्ति पनि रिस उठेन । वरु चाँही डाक्टरलाई उनले उल्टै सलाम गर्न चाहे । यसले के जतलाउँछ भने हाम्रा डाक्टर भनेका अलवेसरा विरामीको ध्यान नदिने आफ्नो मात्रै स्वार्थ हेर्ने यस्ता डाक्टरका पछि लागेर जीवन फाल्नु भन्दा त उपचारै नगरे बशे हुने जस्तो उनलाई पो लाग्यो । नरेन्द्र चापागाँई अनिल पौडेलका गुरु यसरी एकातिर आफ्नो गुरु अर्कोतिर देशकै ख्याति कमाई सकेका साहित्यकार जस्को वारेमा थोरै बोल्छु भन्दा पनि कता कता धेरै हुन जान्छ । महेश आचार्य अर्थमन्त्रि भए पनि नरेन्द्र चापागाँईको उपचारमा चासो नदेखाएको बुझियो यस्ता कुरामा सरकारले चासो देखाउन हुन्न साहित्यिक ब्यक्तित्व भएका मानिसले उपचारकालागि सरकारले सहयोग गर्ने हो भने सरकारको इज्जत माथि दागलाग्छ भन्ने हेपाहा प्रबृतिले गर्दा सरकारी ढुकुटीबाट सहयोग पाउने कवि लेखक र साहित्यकार एकदमै कम हुन्छन् भन्ने अत्यान्त मनछुने प्रस¨हरु यसले भित्र्याएको देखिन्छ । भूतको कथाले पौडेललाई झस्काई दिएको छ । न पत्याउने कुरालाई पनि पत्याउँ पत्याउँ जस्तो बनाई दिएको छ । यस्ता आदि इत्यादि कुराले भूतको कथासगँ जोड्ने जमर्को गर्न सफल नदेखिए पनि दोधारे बनाएर चिन्तै चिन्ताको पोखरीमा डुवाई दिएको छ ।
यसरी अनिल पौडेलले अछुत जातलाई टीका लगाई दिदा उदाररणीयकाम बन्न पुगेको
कुरालाई बिर्सन सकिदैन । आफ्नो गाउँघर जस्तो वातावरणमा यसरी दशैंको टीका परियार थरका ब्यक्तिलाई लगाईदिन तम्सिनु अनिलको लागि कुनै रहस्य न भए पनि छिमेकीहरुको लागि रहस्य वनिदिएको कुरा यहाँ लेखिएको देखिन्छ । घरले उब्जाएका अप्ठयारा कुराहरुले सहजता ल्याउन सक्ने हरुकालागि महल बने पनि आखिर गरिवहरुकालागि घर भन्ने कुरा अनिवार्य र खाँचोको कुरा हो भन्ने कुरा यहाँ दर्शाउन खोजीएको छ । यसरी साझको चुनावको चाकाचुलीले चुनावी माहोलमा उत्रेका मान्छेलाई रन्थन्याईदिएको देखिन्छ । साझाको चुनावले लेखक कवि र साहित्यकारहरुलाई आफ्नै गतिविधिको चुनाव लागेको कुरा यहाँ मनग्गेसँग उल्लेख गरेको देखिन आउँछ । यस्तो छ हाम्रो परम्परा कसैले आफ्नो चिज खुसिले लगाउन नपाउँने के जमाना आयो खाली अर्काको भरमा अर्काको खुट्टामा उभिएर पनि कति टिक्न सकिन्छ होला ? हाम्रो मर्यादा र स्वतन्त्रता माथि बल प्रहार भैरहेको कुराले मनलाई अतिनै दुःखी र स्तब्धित बनाएको कुरा यो अन्तिम जोगीएको स्वच्छ छविबाट पा्रप्त हुन सकेको छ ।
अनिल पौडेलद्वारा लेखिएको यो संस्मरणात्मक शैलीको निवन्ध सङ्ग्रह “अतीतको विस्कुन”लाई पुरै पढ्ने मौका पाएँ विच विचमा पौडेलजीले बेहोर्नु परेका कठिनाईका बारेमा पनि पूर्ण जानकारी प्राप्त हुन सक्यो दुःख सुखलाई साथमा राखेका साथि जस्ले बनाउँन सक्छ त्यो आफू जहिले पनि धेरै माथि रहेको महसुस गर्न सक्छ चाहे त्यसलाई ब्यक्तिले किन होच्याउँन नखोजुन् उ कदापि पनि विचलित भएर आफूलाई निम्न दर्जाको ब्यक्तिमा उभ्याउँन सक्तैन । अनिल पौडेलको यो विस्कुन साँच्चीकै विस्कुनको रुपमा हरेक पाठकका अगाडी अत्यान्त घतलाग्दा कुरा र सहानुभूती माया ममता आदिका कुराहरु जोड्दै सबैका अाँँखा रसाउन सक्ने गरि लेखिएको देखिन्छ । अनिल जस्ता कलम जीवी ब्यक्तिबाट यस्ता खाले घटनाहरुलाई जोड्दै गरी लेखिएका भूल्नै नसकिने घटनाहरुको पेटारो फूकाउँदा फूकाउँदै एक पटक पढ्ने ब्यक्तिका आँसु समेत बग्न सक्ने मन छुने र दुःखीत गराउने कुराहरु यसमा समावेश गरीएको देखिन्छ । अन्त्यमा अनिल पौडेल पाठकका आँखामा एक सच्चा कर्मठ र आफूले जे देख्यो लेख्यो भन्ने प्रबृति भएका ब्यक्तित्व हुन् भन्ने मैले ठानेको छु । जयहोस् अनिलको भविष्य ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 कार्तिक, 2072

लेखकका अन्य रचनाहरु