आँखा

- चूडा मणि रेग्मी

“कस्ता विभत्स दृश्यहरू देखाउँछ अचेल टेलिभिजनले ! विचरा तपाईँ हेर्न पाउनुहुन्न !” मप्रति मायालु भइन् फुपू ।
“आज के मजाले पण्डितले वेदान्त दर्शन छाँटे ! दिदीले पनि सुनाउन बाँकी राखिनन् ।”
“कान त छ नि हैन मामा, यसो सुन्ने गर्नू नि ! अचेलका खवर त कहिल्यै नसुनेका विचित्र–विचित्रका पो छन् त !” आफैं भान्जीको भनाइ थियो ।
बिना शुल्क रोगको निदान गरिदिने डाक्टर–वैद्यहरूको ताँती लाग्यो । कुन परिस्थितिले म दृष्टिविहीन भअ‍ेँ, के थाहा सबैलाई ! केले मन कुँढिअ‍ेको छ ! यो मेरो मन कति रुवा छ ! जहाँ मनमा विशेष आक्रमण भअ‍ेको अनुभव हुन्छ म सर्वाङ्ग गर्छु भन्ने कुरा सबैलाई के थाहा !
“घिऊ नलाग्ने कुरा तथ्यहीन !”
“यस्तरी अडकल गर्न पाइन्छ ?”
“यस्तो पनि आँखा हो ?”
“फुलो परे जस्तो कस्तो आँखा तपाईँको, बिब्ल्याँटो–बिब्ल्याँटो हेर्नुहुन्छ ?”
“मेरा टाउकामा प्रश्नहरू घुमे । बढो पत्नीभक्त देखाउने काइदा अपनाअ‍ेछु मैले । सही अर्थमा पुरुष–सिंहको गर्जनले यो रूप लिअ‍ेछ क्यार ! तर बिरालोका रूपमा पुर्यायो । मैले त वास्तवमा लागेर नै अथवा लामो समयदेखि हेरेको–देखेको अनुभवका घरमा भनेथेँ । भनिअ‍ेका ती स्त्रीहरूलाई, जसको सतीत्व उपर अथवा कुमारीत्व उपर बडे–बडे विद्वान्हरू र शास्त्रहरूले पनि शङ्का गरेथे भन्ने मेरो धारणा बनेछ । ‘स्त्रीयाचरित्रम् पुरुषस्य भाग्यम्’ यो कथनलाई मैले शास्त्र नै सम्झिअ‍ेँछु क्यारे ! भेटेँ कडा झ्याम्टा ! पाअ‍ेँ सबल प्रतिवाद ! शत्रु खोज्न वाहिर जानु पर्दैन, अरूबाट होइन, आफ्नै मायालुबाट अर्थात् पत्नीबाट ।”
मेरो जोगी हुने विचार भअ‍ेन, वैराग्य धारण गरी घर छोड्ने विचार गरी घर छोड्ने त्यो प्रचलन इतिहासको भैसक्यो । अचेलको चलन झ्वाँक देखाअ‍ेर पत्नीलाई कुट्ने, रक्सी खाअ‍ेर जीउ छाड्ने अथवा सन्किअ‍ेर यताउति हिड्ने, यस्तो भअ‍ेको छ । कता–कता अलिकति प्रतिष्ठा छ भन्नेले पनि अलिकति आफ्नो रूपमा अर्थात् जरा गाडेर बसेको लुम्रेपनले पनि थचक्क बसायो, अलिअलि धेरै थोक मिलेर मलाई परिणाममा कोठावास गरायो, तर मान्छे प्रतिक्रिया स्वरूप केही–न–केही त गरेछ रे ! भनाइको अर्थ केही क्रिया विहीन ऊ यहाँ बस्न सक्दैन । तास खेल्न छाडे झिँगे दाउ खेल्छ, झिँगे दाउ छाडे झगडा लाउने दाउ गर्छ, त्यो नगरे लडाइँ गर्न जान्छ, हैन अलिकति कवि छ भने ऊ कोठामा पढ्न जान्छ । हो, म कोठामा बस्ने र पढ्ने भअ‍ेँ । हैन, पढ्ने हैन, यस्तो दुश्चिन्ताले ग्रस्त पारेकाले मैले लड्ने काम गरेँ । हो, ओछ्यानमा लड्ने बानी बसाअ‍ेँ । फलतः यसले क्रमशः कोठाका अँध्याराका प्रकोपले म हुन गअ‍ेँ अन्धो ।”
“तपार्इँ ओछ्यानमै पल्टिरहनु भअ‍ेको छ ! यहाँ कत्रो उधुम !” उनै पत्नीले भनिन् र मलाई हेरिन्– “सुते जस्ताका आँखामा हात हल्लाउँदा थाहा भयो– म त अन्धो भइसकेको रहेँछु ।
नक्कल पार्नुहुन्छ ! तपाईँलाई नयाँ खवर सुनाउँछु, सुन्नुहोस्– आज यो क्षेत्रमा भगवान् साई पाल्नु भयो रे ! विभूति दिनु भयो अरे ! अ‍ेउटी केटीले त दुःखहरण नै गर्नुभयो अरे !”
उनले कहाँ देखिन्,, कहाँ सुनिन्, उनका वाक्य सुनेपछि मलाई गान्धारीको सम्झना आयो । नाना वस्तु हेरेर पतिको लान्छना खप्नुभन्दा पट्टी बाँध्नु बेस ठानी होलिन् गान्धारीले ! मलाई पनि आँखामा जालो लागेको ठिकै रहेछ ! कसैको चमत्कार हेर्नु परेन । हुन त हल्ला भन्ने कुरा हेर्ने होइन सुन्ने हो । अ‍ेकजना कविले भनेका पनि छन्– “यो हल्लैहल्लाको देश हो ।” अँ, गत वर्ष पनि यहाँ “आमामाता” को खुब हल्ला भयो । सिलगडी जानेको ताँती लाग्यो । बाकसमा पोको पारेर राखेका धेरैले थैला खोले । उनी गुरुङकी छोरी रे ! उनका गोडामा ढोगेपछि ढोग्नेका सारा समस्या सखाप हुने रे ! ढोग्ने बित्तिकै ढोग्नेका सबै दुःख जान्दछिन् रे ! र दुःख निवारण सहजै गर्छिन् रे !
क्या मिठो हल्ला हुन्छ यहाँ ! फेरि अ‍ेकपटक अ‍ेउटा साधु वारे हल्ला भयो । उसका गोडामा ढोगेपछि, नैवेद्य चढाअ‍ेपछि, साधुको हात टाउकोमा पर्नासाथ इहलोक सुखी हुने र सहजै परलोक प्राप्त हुने ! यस्ता ती साधुको दर्शन गर्न अपार भिड लाग्यो । अ‍ेकपल्ट सुनियो– अ‍ेउटा महाजनका घरमा दिन पनि रात पनि नजानिँदो शक्तिले ढुङ्गा हान्छ । कहिले भान्सामा हान्छ, कहिले खाटमुनि हान्छ, कहिले दलानमा हान्छ, बाहिरबाट मान्छेहरू हेर्न जान्छन्, त्यतिखेर ट्वाङ्ग छानामा ढुङ्गै वर्सिन्छ । वास्तवमा, मेरा आँखा त्यतिखेरै अन्धा थिअ‍े तर मेरा कान भने त्यतिखेर पनि चनाखा थिअ‍े । अहिले पनि चनाखा नै छन् । सबै कुरा ओछ्यानमा पल्टी–पल्टी सुनिरहेको छु ।
ठट्टा–ठट्टामा यसो भनौं–नजानिँदो ढङ्गले मेरा आँखामा जालो लाग्यो । वेदान्तीहरूले बताअ‍ेको मोहान्ध जस्तो अँध्यारो छायो । सबै कुरा देख्न र ठम्याउन नसक्ने भअ‍ेँ म क्रमशः । डाक्टर–वैद्य गर्न भने मैले मानिन किनभने म बेकुफ भअ‍ेर यो महँगीमा घरको स्थिति भताभुङ्ग पार्न चाहन्नथेँ । सुत्यो, खायो गर्ने दिनमा किन ओखती खर्च बढाउने भनी चित्त बुझाअ‍ेर बस्न थालेँ ।
त्यसै बस्न किन पाउँथेँ ! निश्चेष्ट पल्टिरहेको मलाई अ‍ेक जना नयाँ कविले आअ‍ेर प्रश्न तेर्स्याअ‍े– गुरु, तपाईँलाई लेठो दिन आअ‍ेको ! प्रश्न सानो छ– “यो सडक भनेको के हो ?” म हाँसेँ र मनमन सोचेँ यो विचरो कवि भासमा जाक्किअ‍ेछ । उनले फेरि आग्रह गरे– “तपाईँ बोल्नुभअ‍ेन, मैले तपाईँलाई अनुभवी र ज्ञाता ठानेर नै प्रश्न सोधेको हुँ ।”
म दार्शनिक भअ‍ेँ । सायद दार्शनिक हुने मौका पाअ‍ेँ, भने– “मैले धेरै देखेँ सडक । धेरै छामेँ सडक । भाइ, म दृष्टिविहीन छु । म यो सडक बुझ्दिन, मलाई के लाग्छ भने सडक बुझ्ने मान्छे अन्धो हुन्छ !”
हिँड्दा–हिँड्दै चिप्लेर लडेको मान्छे झैं ऊ छक्क पर्यो ।
दिन बिते । फेरि अ‍ेक दिन अ‍ेक हितू आअ‍े । पढैया रहेछन् उनी । उनले पढेका केही कथाका सार सुनाअ‍े । ती कथा मध्ये यो देशका क्रान्तिकारीका कहलिअ‍ेका अ‍ेक दुई कथाकारले क्रान्तिपीडित मात्रहरूको दुर्दशाको चित्रण गरेका रहेछन् । अर्को अ‍ेउटा कथा उनले भने– “त्यस कथामा रुख चढेको कालिदास आनन्दसित हाँगा काटिरहेको छ । यसलाई कथाकार वडो जुक्ति–वुद्धिसित सिद्ध गरेको थियो । मलाई खपिनसक्नु भयो । मैले कथा वाचकलाई सोधँे– “यस्तो कुरालाई कथाकारले कसरी सिद्ध गर्छ ?” कथावाचकले भने– “अहिलेको समयमा आफू चढेको रुखको हाँगा काट्न जान्नेलाई नै विद्वान भनिन्छ । कथाकारले त्यस्तै विद्वत्ता सिद्ध गरेको हो कथामा ।”
कुराहरू सुन्दै छु । सुतेर म बिग्रिअ‍ेको ठान्नेहरूले मेरो उपकार सोच्न थाले । अ‍ेक दिन अ‍ेक हितू आअ‍े र प्रस्ताव राखे– “गुरु, यही उमेरमा आफ्नो प्रतिभा किन खेर हाल्नुहुन्छ ? उठ्नुहोस् धेरै तरिका छन् कमाऔं ।” मैले ट्याक्कै महाकवि देवकोटाको ‘वन’ कविता सम्झिअ‍ेँ । केही भनिन । अर्को दिन अर्का हितूले मेरो समय र प्रतिभाको सदुपयोग वोर्डिङमा लगानी गराउँदा हुने कुरो बताअ‍े । अब हितूहरूको सङ्ख्या घट्नको साटो झन् बढ्यो । कान फुक्ने हितूहरूले यस्ता–यस्ता कुरा कानमा फुके जसबाट मलाई अनुभव भयो अब कानको जाली पनि फुट्नेछ ।
सायद, म कति दिन हो, निस्लोट पल्टिअ‍ेँ । फेरि हुने कुरो त त्यही थियो, त्यही भयो । अ‍ेक उज्यालो बिहान प्रिय पत्नीले आफ्नो पुरानो तरिकाले मेरा आँखामा पाँचै आंैंलाले ढाक्दै भनिन्– “खुल्जा सिमसिम !”
म रुन मात्र सकिन । मैले भनेँ– “किन जिस्किन्छ्यौ ?” उनी भन्न थालिन्– “महोदय, अँखा खोल्नुहोस् !” उनी शान्त भइन् ।
मैले जिकिर गरेँ– “मलाई ठिकै छ । अब मलाई सन्तोक पनि छ । यो आँखाले धेरै अँध्यारो हेर्नु नपरोस् । बाहिरको अँध्यारो हेर्नुभन्दा आफ्नै आँखामा अँध्यारोले ढाकेको राम्रो लाग्न थालेको छ !” म भक्कानिअ‍ेँ । यो निराशा, यो हताशा सायद मेरी पत्नीले देखेकी थिइनन् । अनुभव गरेकी थिइनन् । अझ मैले थपेँ– अब त मेरा कान पनि बन्द हुन थालेका छन् । साँच्चै भन्ने हो भने बहिरो कान हुनु राम्रो लाग्न थालेको छ ।
“किन आफूले आफैंलाई मार्नुहुन्छ विद्वान् महोदय !” म अगाडि बोल्न सक्थेँ हुँला, रोकेर उनले भनिन्– “हेर्नुहोस्, बाल होस्, जवान होस्, बृद्ध होस्, सबले समयलाई सही ढङ्गले हेर्न सक्नुपर्छ । आँखाको सदुपयोग गर्नु कर्तव्य हो । विद्वान् त्यही हो जसले समय चिन्छ, आँखाको सदुपयोग गर्छ ... ...”
म बिचैमा केही भन्न चाहन्थेँ । उनले प्रतिरोध गर्दै सदाको ठट्यौली पारामा दुबै आँखामा आफ्ना हत्केला नचाउँदै भन्न छाडिनन्– “खुल जा सिमसिम ... ...” उनका कमला र नरम औंलाहरूको स्पर्शले म पुरै भिजेँ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 24 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु