मेरो प्रेम

- लुहा मुचेल्ली क्लेम

मेरो प्रेम
मेरो उत्कर्ष
मलाई तिम्रो शरीरमा टँसाएर
कस्सेर अँगालो हाल्छ
र म
हाम्रो क्षण
कसैगरी पनि नभाँचियोस् भन्छु ।

नाच्न चाहन्छु म
ढुकुरजसरी
तिम्रा हातको तरङ्गमा
सधैँभरि ।
त्यही हो हाम्रो सौभाग्य ।

मेरो उत्साहको आकाश,
मेरा रहरको संसार,
एक मात्र सत्य हौ तिमी मेरो
म जन्मिएकै रातदेखिको ।

फ्रान्स


(मूल फ्रेन्चबाट मार्गारेट स्येनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा अनुदित)

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 24 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु