वर्णविज्ञान र लोपोन्मुख दिशातर्फ लागेका नेपाली भाषाका केही वर्णहरू

- होम सुवेदी

भाषा भनेको मान्छेकै इतिहाससँग जोडिएर आएको मान्छे मात्रको निजी सम्पत्ति हो । यसको भण्डारभित्र रुप, रुपावली, शब्द, पद, पदावली, वाक्यांश, वाक्यहरू रहेका हुन्छन् । साथै भाषामा व्याकरण र अर्थ पनि आफैं निहित हुने विषयहरू हुन् । स्वनिम, वर्णिम, व्याकरण र अर्थको समष्टि नै भाषा हो । भाषा मान्छेसँग जोडिएर आएको मान्छेकै एक निजी अमूल्य सम्पत्ति हो भन्नेमा अब कुनै दुविधा छैन । लामो इतिहास बोकेका मान्छेसँग यो पनि बग्दै आएको छ । मान्छेको इतिहास बोक्दै आएको छ । मान्छेले गर्दैै आएका विकास र परिवर्तनसँग भाषा पनि जोडिंदै आएको छ । समयसँग बग्दै जाँदा मान्छेले एक अवस्थाबाट अर्काे अवस्थामा जसरी पाइलो चाल्छ सोही अनुरुप उसका भाषामा र बोलीचालीमा पनि भिन्नता आउँछ । यही भाषामा आउन सक्ने भिन्नतालाई भाषाको परिवर्तन भनिन्छ । यसको परिवर्तन सोलोडोलो सिंगो भाषाको रुपमा भनेकै बेलामा हुने चाहिं होइन । यसका विविध घटकहरूमा बिस्तारै बिस्तारै परिवर्तनका रुपरेखाहरू देखिन थाल्छन् । त्यस्ता परिवर्तनहरूलाई समाजले बिस्तारै ग्रहण गर्दै जान्छ र ती परिवर्तनहरू स्वाभाविक रुपमा चलनमा आउन थाल्छन् । त्यस्ता परिवर्तनहरू एक घटबाट अर्काे घटकमा नजानिदो गरी सर्न थाल्छन् र परिवर्तनको स्वरुप फैलँदै जान थाल्छ । यस्तै उकाली ओराली पार गर्दे आएको भाषाहरूको बगादपभित्रको एक भाषा सदस्य नेपाली भाषा पनि हो ।
नेपाली भाषाको लगभग एक हजार वर्ष जति लामो इतिहास मात्र छ । एक हजार वर्षकै इतिहास भए पनि यसका आफ्ना इतिहासको चरणमा भाषिक विकासमा हुने लक्षणहरू देखाएकै छ । यसका पुराना सामग्रीहरूमा पाइएका रुपहरूका साथ वर्तमानका रुपसँग तुलना गर्नु हो भने यस भनाइका धेरै धेरै प्रमाणहरू पुष्टिँदै जान्छन् ।
पन्ध्रौं शताब्दीको भाषा र आजको यसै भाषाको रुपलाई तुलना गर्दा यो कुरा यसरी प्रमाणित हुन्छ ः
जो यो कनकपत्र भितरकि भाषा घाल घलाव षोस षोसाव सो आफ्ना द्योपितर एकै सै पुरुषा कुँभी नरक घाल ।
(१४१३ को कनकपत्र)
यही भषालाई आजको भाषामा लेख्नु पर्दा यस्तो हुन सक्छ ः
जसले यस कनकपत्रको भाकालाई नष्ट गर्ला, नास्ला, नास गर्न लगाउला, खोस्ला र खोस्न लगाउला उसले आफ्ना देउपितृसहित एक सय पुर्खालाई समेत कुम्भिपाक नरकमा गिराउला ।
उस ताकका केही शब्दहरू अहिले कति फरक भइसके छन् भन्ने कुरालाई थोरै नमुनाबाट पुष्टि गरेर अब हेरौं ः

उतिखेरका शब्द ः आजका शब्द ः
अवला, कर्नु,, सिलो, नि हो, सभौ = अमला, गर्नु, ढुंगो, होइन, सबै
रुपयु, मोर, नष, पोक्, सद्य, = रुपियाँ, मुजुर, नङ, प्वाँख, साजी,
डारना, वारिना, निलोथोत्तो = लाउनु, पिंध्नु, निलोतुथो
बड, पिपाल, करि, रिषपित्ता = बर, पिपल, गरी, भालुको पित्त
हान्मारु, षिमा, षुष्टो, दुहु = काटमार, क्षमा, खुट्टो, दुबै
तिनलाई, तिरिब्यानी, रुवो = तिनलाई, त्रिवेणी, रुवा आदि आदि ।
माथिका उदाहरणबाट कुनै पनि जीवित भाषाको इतिहासमा त्यस भाषाले लगातार प्रचलनमा रहिआउनु हो भने पाँच सय वर्ष जतिको अन्तरालमा कतिसम्म भिन्न रुप लिन सक्दो हरेछ भन्ने कुराको प्रमाण प्राप्त हुन्छ । यस अतिरिक्त अरु के कुरा पनि बोध हुन आउँछन् भने भाषाले यसरी शब्दात्मक घटकमा मात्र रुपात्मक भिन्नता लिने होइन अपितु ध्वनि, अर्थ, व्याकरण आदि समग्र घटकहरूमा क्रमशः परिवर्तनका बिन्दुहरूले छुँदै जान्छन् । यो कुराको प्रमाण माथिका उदाहरणहरूमा टिपिएका शब्दहरूले सुस्पष्ट पारेका छन् ।
यस्तो परिवर्तन हुन भाषालाई दुई ओटा कुरा मुख्य कारकका रुपपमा रहेका हुन्छन् । कि भाषाको लामो बोलिंदै आएको इतिहास हुनुपर्छ कि त एकाएक विभाषी वक्ताहरूको बाक्लो उपस्थिति हुनुपर्छ । भाषाको इतिहासमा एक दुई दशक भनेको खास केही महत्वपूर्ण अवधि नहुन सक्छ अपितु शताब्दी अद्र्धशताब्दी बितेपछि मात्र भाषामा केही भिन्नताहरू परिलक्षित हुन थाल्छन् । भाषाको कालक्रमिक वा वर्णनात्मक अध्ययन गरेको अवस्थामा मात्र यो कुरा खुलस्त हुन सक्छ ।
शब्द, शब्दको अर्थ, ध्वनि, वर्ण, व्याकरण जस्ता भाषिक एकाइहरूको अवस्था कुन भाषामा कता झुकिरहेको छ वा कुन रुपमा अघि बढ्दो छ सो कुराको साँचो पारख समसामयिक भाषाका अध्ययनबाट पुष्टि गरिन्छ । जुन भाषामा धेरै अघि के कति वर्णहरूको उच्चारण हुन्थ्यो र अध्ययन गरिएका अवस्थामा के कति हराए, रहे वा थपिए भन्ने कुराको अध्ययन वर्णविज्ञानको इतिहासमा कालक्रमिक रुपबाट गरिने अध्ययनबाट पुष्टि हुन्छ । त्यही भाषामा चलाइएका वर्णमालाका वर्णहरू सही सही रुपमा बोलिन्छन् बोलिन्नन् वा लेख्य रुपमा मात्र छन् कि कथ्यमा पनि छन् भन्ने कुराको खोजी पनि वर्णविज्ञानको विषय हो । यही क्रममा नेपाली भाषाबाट सामयिक सन्दर्भमा लोप हुने दिशातर्पm लागेका केही वर्णहरूको खोजी नीति गर्ने काम नै यहाँ भएको छ ।
÷छ÷वर्णः
÷छ÷ वर्ण दन्त्यमूलीय वा वत्स्र्यस्थानी, स्पर्श संघर्षी, महाप्राण तथा सघोष व्यञ्जन वर्ण हो । यस वर्णको उच्चारणमा जिब्रोको अग्र भागले माथितिरका दाँतको भित्रीपट्टि फेदमा गएर छुन्छ । दाँतको मूलमा जिब्रोको टुप्पो भन्दा केही माथितिरको भागमा गएर छुने हुनाले यसको स्थान दन्तमूलीय भनेर निर्धारण गरिएको हो । यसै स्थानलाई भाषाविज्ञानले वत्स्र्य पनि भनेको छ । जिब्रो पल्टाएर छाम्दा माथिका दाँतका फेद भाग भन्दा पनि माथिल्लो सारो सारो लाग्ने जुन स्थान हो त्यसको नाम तालु हो । पुरानो अवस्थाको ÷छ्÷ वर्ण त्यही स्थानमा जिब्रोको अग्रभाग दोब्रिएर माथि गएर छोएको अवस्थामा उच्चारण हुने गर्दथ्यो । त्यसो हुनाले यो वर्ण पुरानो अवस्थामा तालु स्थानी थियो । पाणिनिले इचुयशानां तालु अर्थात् इ, ई, च्, छ््, ज्, झ्, ञ्, श् वर्णहरूको स्थान तालु हो भनेर किटान गरेका छन् । यसमा ÷छ्÷ वर्ण पनि तालु स्थानी देखियो । यो हजारौं वर्ष अघिको विभाजन हो । उच्चारणक्रममा जिब्रोले सजिलो बाटो लिंदै जाने धर्म भएको कारणले यी सबै वर्णहरू उही रुपमा आज छैनन् र हुन नहुन पनि सक्छन् । ÷छ्÷ वर्ण पनि आफ्नो पुरानो उही रुपमा नहुन सक्छ त्यसो हुनु स्वाभाविकै हुने भो । तालव्य ÷छ्÷ वर्ण वत्स्र्य वा दन्तमूलीय हुनुको कारण पनि यही हो ।
छिद्याँ अडै अधिकारि वियापारि साहानी सभौ प्रति.... रुवो आदि करि सभै कर छाडि अक्रया छुँ ।
(अपाडराजको कनकपत्र १४१३ वि.सं)
÷छ्÷ वर्णको उपस्थितिको यो एउटा पुरानो नमुनाले यसको अस्तित्व प्राचीन नेपाली भाषामा रहेको दर्साउँछ । नेपाली भाषाका प्रायः सबै अभिलेख, ताम्रपत्र र कनकपत्रहरूमा लेखिएको भाषाको कालक्रमिक रुपमा अध्ययन गर्दै आउँदा यो वर्ण सबैतिर पाइन्छ । वर्तमान नेपाली भाषामा ता यो वर्णको उपस्थिति बाक्लो छ । बाक्लो छ भन्ने कुराको उदाहरण तलका शब्दहरूले दर्साउँछन् ः
शब्दको सुरुमा ÷छ्÷ वर्ण ः
छर्, छस्, छट्पटी, छ, छैन, छाता, छाला, छानु, छाया, छिमेकी, छिनु, छुच्चो, छुद्दे, छेस्को, छेउ, छेपारो, छैटी, छैमल, छैन, छोरी, छोटो, छौंडाछौंडी, छौ इ.।
शब्दको माझमा ÷छ्÷ वर्ण ः
बछडो, बिछट््ट, मच्छड, दुच्छर, पुच्छर, पिच्छा, बाछो, बाछी, गर्छ, मुर्छा इ. ।
शब्दको अन्तमा ÷छ÷ वर्ण ः
मुछ्, ताछ्, पुछ्, काछ्, गाछ्, पछ् आदि ।
माथिका उदाहरणहरूले स्पष्ट रुपमा के कुरा जाहेर गर्छन् भने नेपाली भाषाको लेखनमा यो ÷छ्÷ वर्ण पूर्ण रुपमा जीवित छ । लेख्य रुपमा यस्को अस्त्वि सर्वत्र देखिएको भए पनि कथ्य नेपालीमा भने यसको स्थिति निकै नै विचारणीय हुन गइरहेको छ । लेख्य नेपालीको कुरा गर्दा लगभग प्रत्येक जस्तो वाक्यमा एउटा न एउटा ÷छ÷ वर्णको उपस्थिति हुन्छ । तर कथ्य नेपाली र त्यसका पनि स्थानीय भेदहरूको कुरा गर्ने होभने यस वर्णले ठाउँ छाड्दै गएका धेरै उदाहरणहरू देखिन आउँछन् ।
कथ्य नेपाली भाषाको ÷छ÷ वर्णको प्राणत्व ठाउँ हेरेर निरन्तर रुपमा अल्पतातिर झुकिरहेको देखिन्छ । लेख्य रुपको यस वर्णमा पनि प्राणत्वको पूर्णता सैद्धान्तिक रुपमा मात्र स्वीकार गर्न सकिन्छ । वस्तुतः त्यसले पनि आंशिक रुपमा मात्र महाप्राणत्वलाई बोकिरहेको आभास हुन्छ । यस वर्णको प्राणत्वमा आएको न्यूनता वा अल्पता ÷च्÷ वर्णमा झर्ने प्रक्रिया नेपाली र यसका स्थानीय भेद उपभेदहरूमा सहज रुपमा देखिन्छ, देख्न सकिन्छ ।
लेख्य रुप कथ्य रुप
भएछ, छेस्को, रहेछ, छाद, सक्छस्= भएच, छेस्को, रहेच, छाद, सक्चस्
गन्छ, हुन्छ, सुन्छ, गर्छस्, छेपारो= गन्च, हुन्च, सुन्च, गर्चस्, छेपारो
छैन, छ, छाता, छिनो, छुरी, छाया= छैन, छ, छाता, छिनो,छुरी, छाया
छापा, छोरो, छोरी, छुचुन्द्रो, छोटो= छापा, छोरो, छोरी, छुचुन्द्रो, छोटो
छारो, बाछो, बाछी, माछो, छट्टू= छारो, बाछो, बाछी, माछो, छट्टू
सर्छ, भान्छा,पर्छ, कान्छो, मर्छ= सर्च, भान्छा, पर्च, कान्छो, मर्च,
सोहोर्छ, सुन्छु, थाहा छैन, भन्छु= सोहोर्च, सुन्चु, था हैन, था छैन, भन्चु
आँखा तर्छस्, मार्छन्, जान्छन्= आँखा तर्चस्, मार्चन्, जान्चन्
जान्छु, खान्छु, बुन्छन्, सुन्छन्= जान्चु, खान्चु, बुन्चन्, सुन्चन्,
पिँद्छन्, लिन्छन्, दिन्छन्, रुन्छन्= पिस्चन्, लिन्चन्, दिन्चन्, रुन्चन्
पुछ्पाछ्, ताछ्तुछ्, काछ्, लुछ्= पुस्पास्, तास्तुस्, कास्, लुस्
मुछ्, लाछ्, पाछ्, पछ्, पुछ्= मुस्, लास्, पास्, पस्, पुस् इत्यादि ।

माथि टिपिएका उदाहरणहरू खालि उदाहरणका लागि मात्र हुन् । भाषामा ÷छ÷ वर्णको स्थिति यतिमै समाप्त भएको मान्नु हुन्न । यसको प्रयोग क्षेत्र व्यापक छ । यहाँ उदाहरण थोरै टिपिए पनि टिपिएका ती उदाहरणमा प्रयोग भएका शब्दहरूले यसको प्रयोगक्षेत्रको व्यापकता देखाउँछन् । यिनलाई असचेत रुपमा पढ्दा बा बोल्दा अथवा असचेत रुपमा वक्ताले यस वर्णलाई प्रयोग गर्दा हुने स्थिति कथ्यतिरका उदाहरणहरूले देखाउँछन् । शब्दहरूको आदिमा वा आरम्भिक कोटीमा ÷छ÷वर्ण स्पष्ट रुपमा देखिन्छ । यो क्रम कथ्य तथा लेख्य दुबै रुपमा पाइन्छ । किनभने छाता, छानो, छैन, छ, छक्का, छातो, छत्तिस, छब्बिस, छुन, छेक आदि शब्दहरूमा प्राप्त हुने ÷छ÷ वर्णको महाप्राणत्वले अल्पता कायम गर्ने बित्तिकै अर्थ समेत खल्बलिन वा अनर्थ हुन सक्छ । चाता, च, चातो, चत्तिस, चब्बिस जस्ता शब्दहरूको ÷छ÷ वर्ण ÷च÷ वर्णमा परिणत हुनासाथ अर्थ शून्य हुन सक्छ भने अरु शब्दरुहरू जस्तो चानो, चैन, चक्का, चुन, चेक आदि बनाउँदा अन्य अर्थ देखिन सक्छ । यसरी ÷छ÷ लाई ÷च÷ बनाउँदा कतै अर्थै फरक भयो भने कतै अन्य अर्थ देखियो । अतः माथिका शब्दहरूमा रहेको ÷छ÷ वर्ण अल्पप्राण भई ÷च÷ भएको होइन भन्ने प्रमाण पुग्छ । यस उसले पदादिमा रहेको ÷छ÷ वर्णको उत्रो धेरै विचलन भएको छैन । लोपै हुने अवस्थामा छैन । शब्दको मध्य वा स्वरमध्यस्थ ÷छ÷वर्ण ख(अज(ख मा भने आंशिक अल्पप्राणत्वका लक्षणहरू देखिन्छन् संघर्षी रुप लिन थालेको देखिन्छ । तर यस स्थितिमा ÷छ÷ वर्णका साथ व्यञ्जन वर्ण पनि हुनै पर्ने देखिन आउँछ ।
हुनत कथ्य नेपालीका स्थानीय भेदको समग्रता यहाँ आएको छैन । सर्वेक्षणको कमीले यसो भएको हुन सक्छ । नेपाली भाषा आफ्ना भाषिका र उपभाषिकाहरू प्रशस्तै भएको भाषाका रुपमा परिचित छ । त्यसो हुँदा ती सबै भाषिका र उपभाषिकाहरूमा ÷छ्÷ वर्णको यथार्थता के छ त्यसमा यस सानो लेखको पूर्ण दृष्टि कमै पुगेको छ । यसै भएर पनि ÷छ÷ वर्णको मध्यपश्चिमाञ्चलका नेपाली भाषाका केही स्थानीय भेदहरूको उच्चारणको ठाउँ ठाउँमा यो वर्ण ÷ह्÷ का रुपमा वा ÷ह्÷ वर्णतर्फ झुक्ने क्रम टढ्कारो हुँदो छ ।
लेख्य स्थानीय कथ्य
थाहा छैन था हैन था ऐन
भा छैन भा हैन, भा ऐन
भएको छैन भको हैन, भको ऐन
यो परिवर्तन ÷च्÷ वर्णमा पूर्ण रुपले निष्ठित भएको पनि देखिसकिएको छैन । बंगाली भाषाको असमिया भेदमा ÷स्÷ वर्ण जुन रुपमा उच्चारण हुन्छ सोही रुपमा यो ÷छ्÷ नेपालको मध्य तथा सुदूर पश्चिमाञ्चलतिरको भाषिकामा उच्चारण हुने गरेको छ । ÷छ÷को अल्पप्राण रुप अर्थात् ÷च÷ वर्र्ण पनि खास गरेर नेपाली भाषाको मध्यपश्चिमाञ्चलीय भेदमा बढ्ता देखिएको छ तापनि अल्पप्राणत्व भने जहाँसुकैका स्थानीय भेदमा पनि देखा पर्न थालेको छ ।
शब्दको जुनसुकै भागमा रहेको ÷छ÷ वर्ण त्यस अवस्थामा ÷च÷ वर्णका रुपमा परिणत हुने सम्भावनामा हुन्छ, जब त्यसका सुरुतिरका भागमा कुनै व्यञ्जनवर्ण रहेको हुन्छ । यस उदाहरणले ÷छ÷ वर्णको संवर्णका रुपमा पनि ÷च÷लाई लिनु पर्ने स्थिति पनि टढ्कारो रुपमा देखिन थालिएको छ । माथिको भनाइलाई तलका उदारणले पुष्टि गर्छन् जस्तै ः
ग—र्छ= गर्च, माग्—छ= माग्च भन्—छ= भन्च, हुन्—छ=हुन्च
भन्—छ=भन्च पुग्—छ=पुग्च थुक्—छ=थुक्च लेख्—छ=लेख्च इ.
यसबाहेक परसवर्ण प्रक्रिया वा परागत समीभवनको प्रक्रिया पनि यस वर्णको प्रयोगस्थलको केही स्थानमा देखिएको छ । विशेष गरी छ वर्ण भन्दा पहिलेको त् वर्णसँग जोडिँदा ÷छ÷ वर्ण ÷च÷ वर्णमा परिणत हुन थाल्छ र आफू पूर्वको ÷त्÷ पनि समीकृत बनाएको देखिन्छ ।
सुत्—छ=सुच्च
च्यात्—छ=च्याच्च
मात्—छ=माच्च आदि ।
यो प्रक्रिया अझै फैलिएको देखिन्छ । यसलाई अरु अनुसन्धानको खाँचो छ ।
यसै गरी पदको अन्तमा रहेको ÷छ्÷ वर्ण ÷स्÷ वर्णका रुपमा परिणत हुने सम्भावना पनि निकै बलियो देखिएको छ । यद्यपि पदान्त ÷छ्÷वर्ण नेपाली भाषाका शब्दावलीमा उति धेरै पाइन्न । पाइहाले पनि पदान्तको ÷छ्÷ वर्ण ÷स्÷ वर्णका रुपमा परिणत हुने बलियो सम्भावना लिएर बसेको छ । यसरी नेपाली भाषामा ÷छ्÷ व्यञ्जन वर्णको आफ्नो पुरानो आसन डग्मगाइसेको दखिन्छ । अझ बढी अध्ययनको खाँचो भने छँदैछ ।
२.÷ग्÷ व्यञ्जन वर्ण ः
यो कण्ठस्थानी, सधोष एवम् श्पर्श अल्पप्राण प्रयत्न जस्ता विशेषता बोकेको व्यञ्जन वर्ण हो । जिब्राको फेदको चाल वा सक्रियताबाट यो व्यञ्जनको उच्चारण हुन्छ । अरु व्यञ्जन वर्णहरू जस्तै यो पनि फोक्साको सास बाहिर आउने क्रममा वागवयवहरूमा श्वास प्रबाहको ठक्करबाट उच्चारण हुने वर्ण नै हो । माथिल्लो भागमा चर्चा गरिएको ÷छ्÷ वर्ण जसरी यो वर्ण वसाइँ सरिसकेको भने छैन । बसाइँ सर्ने तरखरमा भने छ ।
नेपाली भाषामा यो वर्ण निकै बाक्लोसँग पाइन्छ । यो कति पुरानो र कति नयाँ अवस्थाको नेपाली भाषामा पाइन्छ भनेर हेरिरहनै पर्र्दैन । सबै भन्दा पुरानो अभिलेखमा पनि पाइन्छ र आजको बोलीचालीमा पनि मनग्गे छ । ÷छ्÷ वर्णको जस्तो वसाइँ सरेर अरुकै अनुहार लिने अवस्थामा यो पुगिहालेको छैन, तथापि ठाउँ हेरेर बहिराको र लंगडाको देशमा जाँदाको कुरामा आधारित उखानले भने जस्तो गरी यसले पनि आफ्नो धर्म पालना गर्न थालेको छ वा आफ्नो सक्कली अनुहार फेर्न लागेको लक्षण देखाउन थालेको छ ।
÷ग्÷ वर्णको विद्यमानताः
पदादि= गहत, गउन, गाउँ, गाता, गिद्ध, गिठ्ठो, गुन्यू, गेरु, गैतल, गोरु, गैंडा, गौंडो
पदमध्य= मगर, सागर, अँगार, सँगिनी, कागुनु, सुँगुर, भँगेरो, भूगोल, मंगोल, मिर्गौलो आदि ।
पदान्त= भाग्, माग्, जग्, लग्, हग्, काग्, साग्, जुग्, पुग्, ढोग् आदि ।
यस परीक्षणले ÷ग्÷ वर्णको विद्यमानतामा शंकाको स्थितिलाई पर हटाउन सक्छ । यसो हुँदा नेपाली भाषामा ÷ग्÷ वर्ण पूर्ण विद्यमान छ । तर यसरी प्रमाणित गरेर यहाँ यस लेखको शीर्षको विपरीत काम भइरहेको जस्तो पनि देखिन सक्छ । यसैले यसले ठाउँ हेरेर कहाँ कहाँ बिदा लिन लाग्यो त ? यस विषयमा चर्चा हुनै पर्छ ।
वाक्व्यवहारमा प्रयोग गर्दै जाँदा शब्दको सन्धिप्रक्रिया भएको स्थानमा ÷ग्÷ वर्ण लोप हुने अवस्थामा छ । केही उदाहरण ः
लेख्य कथ्य
के गर्न लागेको ? के अर्न लागेको ?
काँ गएका थियौ ? काँ ऽऽका थ्यौ ?
के गर्छौ ? के ऽऽर्छौ ?
के गरेको ? के ऽरेको ? आदि ।
यसै गरी तलका सन्धिस्थलमा ÷ग्÷ वर्ण यसरी परिवर्तित हुन्छ ः
माग्+छ= माङ्छ ग्=ङ्
माग््+छ= भाक्छ ग्=क्
लाग्+छ= लाक्छ ग्=क् । यसै गरी जाक्छ, भोक्छ, ढोग्छ आदि ।
यसरी कताकति केही घटकहरू र केही अवस्थाको सन्धिस्थलमा वा घटकरुका निकटमा÷ग्÷ वर्णको परिवर्तन वा लोप हुने सम्भावना निकै निख्खरो भइरहेको छ ।
यसका साथै यसको महाप्राण ÷घ्÷ वर्णलाई पनि यसले ठाउँ छाड्न सघाउ गरिरहेको छ ः
सघाउ=सगाउ सघायो=सगायो उघ्रायो= उग्रायो
पर्घेल्नु=पर्गेल्नु बाघ्=बाग् माघ्=माग् आदि ।
३.÷ह्÷ व्यञ्जन वर्ण ः
नेपाली भाषाका शब्दढुकुटीमा ÷ह्÷ व्यञ्जन वर्णको उपस्थिति भनेसम्म नै पाइन्छ । अझै पनि ठाउँ ठाउँमा हलीगोडे ह भनेर ÷ह्÷ व्यञ्जन वर्णको परिचय भइरहेको छ, चिनारी गरिरहिएको छ । देवनागरी लिपिको पछिल्लो वर्ण हो यो । हरिओम भन्नेदेखि लिएर हरेराम भन्नेका मुखमा हो त भन्नेदेखि लिएर हेलो, हाउ आर यु ? भन्नेका मुखमा र समाजमा यो विद्यमान छ । तर नेपाली भाषाका धेरैतिर यसले ठाउँ ओगट्ता ओगट्तै पनि निकै लत्तो छाडेको कुरा पनि हाम्रा छानबिनले प्रमाणित गर्दछन् ।
हक, हर्राे, हली, हराम, हर्क, हात, हानथाप, हाराबारा, हाम्रो, हाब्रो, हिलो, हिजो, हुती, हुन्छ, हेर्छ, हेक्का, हेराइ, हैंसे, हैंसा, हैंजा, होचो, होरा, होस्टे, हौदा, हौवा आदि
माथि दिएका शब्दहरूको सूचीको अध्ययन गर्दा चाहे कथ्य वा लेख्य नै किन नहुन् ÷ह्÷ को उपस्थिति जनाउँछन् । यी उदाहरण पर्याप्त नै हुन् । यहाँ सबै वर्णका साथ ÷ह्÷ व्यञ्जन वर्ण स्पष्ट रुपमा देखियो । यी र यी जस्तै शब्द जसले ÷ह्÷ व्यञ्जन वर्णलाई च्यापेका हुन्छन् यति मात्र होइन अन्यत्र पनि नेपाली भाषाको भन्डारको कुनाकाप्चामा पाइने गर्छन् । उदाहरणमा टिपिएका शब्दहरूको आदि परिवेशमा ÷ह्÷ व्यञ्जन वर्णको स्पष्ट उपस्थिति छ । यहाँका उदाहरणले के सिद्ध गर्दछन् भने शब्दको आरम्भको अवस्थामा अएको ÷ह्÷ व्यञ्जनले उत्ति लत्तो छाडेको छैन । जे लेखिन्छ सोही बोलिन्छ । हर्राे लेखिएर अर्राे, पर्राे वा टर्राे कथ्य बन्न सक्तैन । अतः नेपाली भाषाका शब्दको आदिस्थानीय ÷ह्÷ व्यञ्जन वर्णको खास विचलन भएको छैन । उसले यस स्थानमा बिदा लिन लागेको छैन भन्ने सिद्ध हुन्छ ।
लेख्य नेपालीमा शब्दका वा अक्षरका माझमा यस ÷ह्÷ व्यञ्जन वर्णलाई चलनमा मनग्गे नै ल्याइन्छ । तत्सम, अद्र्धतत्सम वा तद्भव शब्दहरूमा लगभग अविचलित रुपमा रहेको छ ।
प्रहर, रहर, सहर, बहर, उदाहरण, बिहान, महान्, जहान, केही, महिला, माहिलो, साहिंलो, काँहिलो, मुहूर्त, माहुर, लाहुर, चहुर, महेश, लहै, गोहोरो, लोहोरो, माहौल आदि ।
माथि टिपिएका जस्ता शब्दहरूका माझको परिवेशमा ÷ह्÷ व्यञ्जन वर्णको लेखन स्थिति कायम नै छ । सम्भवतः नेपाली भाषाका शब्दभन्डारमा पेटमा ÷ह्÷ व्यञ्जन वर्णको उपस्थिति भएका शब्दहरूको संख्या तुलनात्मक रुपमा निकै घटी भएको प्रमाण जुट्तछ तर नेपाली भाषाको शब्दभण्डारमा शब्दको अन्तिम स्थानमा ÷ह्÷ व्यञ्जन वर्ण बिलकुलै पाइन्न । केही आगन्तुक शब्दमा मात्र ÷ह्÷ व्यञ्जन वर्ण शब्दान्तमा देखिन्छ । तलका उदाहरणले यो बेहोरालाई पुष्टि गर्छन् ।
वाह् वाह्, वाह्, चाह्, राह् आदि ।
शब्दका अन्तमा ÷ह्÷ व्यञ्जन वर्णको उपस्थिति बिलकुलै छैन भन्ने स्थिति सिद्ध हुन्छ । शब्दका मध्यभागमा रहेको ÷ह्÷ वर्णको स्थिति पनि लोप भइसक्ने दिशामा रहेको देखिन्छ । लेख्य रुपमा साहिंलो, माहिंलो, काहिंलो, कहिले, जहिले, उहिले, उहाँ, यहाँ, जहाँ आदि लेखिने चलन भए पनि यस्ता सबै तहका वर्णमध्यस्थ तहको ÷ह्÷ व्यञ्जन लोप हुने क्रममा छ ः
लेख्य कथ्य
मह, बहर, रहर, कटहर, बडहर= म, (नासिक्य रहित) बर, रअर, कटर, बडर
सहर, माहिलो, साहिंलो, काहिंलो = सअर, माइँलो, साइँलो, काइँलो
उदाहरण, बिहान, महान् = उदारन, व्यान (सन्धि), मआन्
महूर्त, माहूर, लाहुर, गोहोरो = मुर्त, आउर, लाउर, गोरो
गोहो, लोहोटा, चहुर, थाहा, पाहा = गोओ, लोटा, चौर, था, पा आदि ।
माथिका उदारणहरले ÷ह्÷ को पातलो स्वरुपलाई प्रस्तुत गर्दछन् । ठाउँ ठाउँमा आफ्नो मौलिक रुपलाई छोड्दै जाने वर्णहरू नेपालीमा यति मात्र होइनन् । ठाउँठाउँ (शब्दको आदि माध्य र अन्त) कतिपय वर्णहरू पातलिँदा छन् (लोप), कुनै वर्णहरू रुपरंग फेर्दाछन् (सन्धि) वा समीविषमी भवन), कतै ठाउँ साटासाट गर्दा छन् (विपर्यास) र कतै भने वर्णहरू विचित्रसँग विभिन्न रुपमा परिणत हुने दिशामा छन् ।
यहाँ चर्चा गरेको कुरो नौलो होइन । यस्ता कुरा पाणिनि, याश्क, तथा अचेलका नयाँ भाषापणितहरूले भनेकै हुन् । तर तिनको सैद्धान्तिक सूत्रलाई अनुसरण गरिने काम यहाँ भएको छैन । माथि चर्चा गरिएका कतिपय कुराहरूमा पाणिनिको सिद्धान्त अनुसार सर्वाेपहारी लोप, लोप, आगम, रुपपरिवर्तन आदि विधि पनि यहाँ घटित हुन सक्छ । भाषावैज्ञानिकका आफ्नै परिपाटीहरूलाई ल्याएर यी वर्णहरूलाई निमोठ्न पनि सकिँदो हो तर ती कुराहरूलाई यहाँ वास्ता गरिएन ।
हो, नेपाली भाषाको आजसम्मको इतिहासमा यस भाषामा उ बेला प्रयोग हुने गरेका कतिपय वर्णहरू यो बेलामा लोप भइसकेको दसी प्रमाण मिल्छ । अब नेपाली भाषाका वर्णहरूको वर्णवैज्ञानिक दृष्टिले सिद्धिका लागि केही उदाहरणहरू नियालौं ः

क्+अर्=कर् ख्+अर्=खर्, ग्+अर्=गर् घ्+अर्=घर् ङ्+अर्=ङर्
प्+आर्= पार् फ्+आर्=फार् ब्+आर्=बार् भ्+आर्=भार् म्+आर्=मार्
त््+उर्=तुर् थ्+उर्=थुर् द्+उर्=दुर् ध्+आक्=धाक् न्+आक्=नाक्
च्+ओक्=चोक् छ्+ओक्=छोक् ज््+ओक्=जोक् झ्+ओक्=झोक् —
ट्+अक्=टक् ठ्+अक्=ठक् ड्+आक्=डाक् ढ्+आक्=ढाक्् —
य्+अस्=यस् र्+अस्=रस् ल्+अत्=लत् स्+आत्=सात् ह्+आत्=हात्
माथिका उदाहरणहरूले नेपाली भाषाका लागि वर्णहरू भएको नभएको सिद्ध गर्दछन् । यहाँ दिइएका शब्दहरूमा विना अर्थको कुनै शब्द छैन । तेर्छो क्रममा अघि बढ्दै जाँदा अघिल्लोको निकटवर्ती शब्दहरूको अर्थ पहिलेको भन्दा नितान्त भिन्न देखिन्छ । एकै र उस्तै स्थानमा हाल्दा भिन्न वर्णले भिन्न अर्थ दिन सक्यो भने मात्र वर्णविज्ञानमा अलग वर्ण हो भनेर मानिन्छ ।
‘—अर्= ——’ भन्दा पूर्वको खाली स्थानमा क्, ख्, ग्, घ्, ङ् हाली जोडिसकेर उच्चारण गर्दा नेपाली भाषामा प्रचलित भिन्न भिन्न अर्थ दिने क्षमता क्, ख्, ग्, घ् ङ् को देखिन्छ । कर् खर् गर् घर् ङर् भनेकोमा बेग्लाबेग्लै अर्थ आइरहेको छ । यस्तै अरु अरु वर्णहरूको अर्थ पनि तत्तस्थानमा भिन्न भिन्नै आइरहेको छ । यसैले + यो धन चिन्ह भन्दा पहिले रहेका यी सबै वर्णहरू नेपाली भाषामा अर्थभेदकता झल्काउने क्षमता भएका छन् । यही अर्थ भेदकताको क्षमतामा तलमाथि हुनु नै वर्णको लोप हुने प्रक्रियाको आरम्भ हो । लोप वा स्थानान्तरित हुन सक्ने वर्णको स्वभावका लागि तलको उदारण अझ पर्याप्त हुन सक्छ ः
य्+आम्=याम् ञ्+आम्=ञाम्
श्+अर्=शर् ष्+अर्=षर् स्+अर्=सर्
श्+अक्=शक् ष्+अक्=षक् स्+अक्=सक्
यहाँ आम्, अर् र अक् मा क्रमशः आम् मा ÷य्÷ र ÷ञ्÷, अर् र अक् मा
÷श्÷, ÷ष्÷, अनि ÷स्÷ को प्रयोग गरिएको छ । यहाँ एकै रुपका पुछ«ेका साथ अलग अलग वर्णहरूलाई लगाएर प्रयोग गर्दा अर्थमा फरक परेको छैन । याम भने पनि र ञाम भने पनि अर्थ एकै छ जसले मौसम भन्ने अर्थ बोकिरहेको छ । लेखाइ मात्र फरक छ । त्यसै गरी सक् शक् षक् आदि उस्तै स्थानमा तिनओटा स्, ष्, श् लाई हालेर हेर्दा त्यहाँ पनि अर्थमा फरक देखिन्न । शर्, षर्, सर् जे भने पनि परतिर सर्ने आदेश बुझिन्छ । लेखाइ मात्र फरक छ । उच्चारणमा कुनै भेद देखिन्न । अतः आफ्ना मौलिक विशेषतालाई त्यागेका ÷ञ्÷, ÷श्÷, ÷ष्÷ वर्णहरू नेपाली भाषाबाट लोप भइसकेका छन् भन्ने सिद्ध हुन्छ । उच्चाण हुन नसक्ने यी वर्णहरू लेखाइमा मात्र जीवित छन्् । कथ्य नेपाली भाषालाई लेख्य रुप लिँदा अझ पनि यिनलाई प्रयोग गरिने चलन अद्यापि छँदैछ । यो विधिलाई अब छाड्नु पर्ने हो कि भन्ने भाषिक चेष्टाहरू मुखरित भइरहेका छन् । यिनलाई नजानिदो गरी अन्य वर्णमा स्थानान्तरित गर्नु पर्ने स्थितिको विकास हुनु आवश्यक देखिन्छ ।
प्राचीन नेपाली भाषामा आजभन्दा निकै भिन्न र केही बढी वर्णहरूको उपस्थिति थियो भन्ने कुरा जानिफकारहरूले बुझेकै कुरा हो ।
अल्पप्राण ः ल्, म्, न्, ण्, र्
महाप्राण ः ल्ह्, म्ह्, न्ह, ण्ह् ह्र्
माथि भनेझैं यिनको अलग अलग वार्णिक विशेषता युक्त अस्तित्व रहेको थियो । यिनले पुरानो नेपाली भाषामा स्पष्टसँग अर्थ भेद समेत गर्दछन् । उदाहरणले यो भनाइलाई अझै बल मिल्छ ः
शब्द अर्थ शब्द अर्थ
कोर= कोर्ने काम गर कोह्र = कुष्ठ, रोग विशेष
मास्= दाल विशेष म्हास्= मास्ने काम गर (क्रियापद)
चिना= चिनाउने काम गर् (क्रिया) चिन्हा= टिपन, ग्रह दशाकुण्डली
लासा= फाल्सा, लाप्सा ल्हासा= चिनिया भूभाग, प्रान्त
चिन्न= चिन्ने काम गर्न चिन्ह= लक्षण, चिनो, कोठी
यहाँका टिपिएका सबै वर्णहरू बेग्लाबेग्लै मौलिक स्थान र विशेषताहरू भएका वर्णहरू हुन् । अल्पप्राण पयत्न हुनेहरू महाप्राणत्वका रुपमा रुपान्तरित छन् । अनि अल्पप्राणहरूले महाप्राण हुनासाथ अर्थमा पनि अन्तर पारेको देखिन्छ । यसबाट सिद्ध हुन्छ वर्ण विज्ञानका आधारमा यी अलग अलग वर्णहरू हुन् । यसैले केही वर्ष अघिसम्म पनि यिनलाई अलग रुपमा लेखिन्थ्यो । तर अहिले दुवै अर्थका लागि एकै अल्पप्राणयुक्त लिपिलाई नै उपयोग गरिने चलन आएको छ । यसै गरी नजानिदो गरी भविष्यमा श्, ष् हरु पनि स् मा रुपान्तरित हुने अवस्था आउने लक्षण देखिन्छ ।
यी उदाहरणहरूले समयसँगै वर्णहरू पनि हेरफेर हुन सक्ता रहेछन् भन्ने देखाउँछन् । यी वर्णहरूको महाप्राणत्व लुप्त भइसकेको छ । अर्थात् लेख्य रुपमा जे जस्तो प्रक्रिया चलनमा ल्याइए तापनि कथ्य नेपाली भाषामा यिनको प्रयोगै छैन । अनि यिनले अर्थभेद दिएका छन् छैनन् भनेर नियाल्नु नै आवश्यक छैन । केही वर्ष पहिलेसम्म वर्णमालाको लहरमा अड अढ उच्चारण गर्नु पर्ने तल थोप्लो भएका ÷ड्÷, ÷ढ्÷ को पनि अस्तित्व थियो । तर आजको वर्णमालाहरूका पुस्तकमा यिनको नाम निसानै छैन । केही भाषावैज्ञानिकहरूको विशेष प्रयासका कारण नै हुनु पर्छ यस खालका उच्चारण र अर्थभेदै नहुने वर्णहरूलाई वर्णमालाबाट हटाउनु । वर्णमालाका पुस्तकहरूमा केही वर्षअघि ÷ञ्÷ वर्णलाई पनि हटाइएको थियो । यसलाई हटाइनुको मूल कारण यसको उच्चारण चन्द्रबिन्दु लगाउँदा हुने ÷य्÷ वर्णको उच्चारणसँग ठ्याक्कै मिल्नु नै थियो । यसै गरी ÷श्÷, ÷ष्÷ वर्णहरू पनि धरापमा छन् वा लेखिन्छन्् तर उच्चारणमा छैनन् भनेर बुझिराख्नु पर्छ । ण् वर्णले ता नेपालीमा अर्थ भेदक नै होइन । वर्तमान कथ्य नेपालीमा यसको अस्तित्वमै छैन ।
देवनागरी वर्णमाला वा लिपि अन्य लिपिहरूको तुलनामा निकै नै प्रामाणिक र ध्वनि वा वर्णविज्ञानका निकट रहेको तथ्य छ । ध्वनितात्विक आलेखनका तत्वहरूलाई यसले समेट्दै विकास गरिएको हो । आरम्भमा यो लिपि ध्वनिका सारै नै निकट थियो । ध्वनिका सबै विशेषताहरू यसमा समाहित थिए । तर ध्वनिको कालक्रमिक परिवर्तन हुँदै जाने क्रम र लिपिमा सुधार नगर्ने परिपाटीका कारण यसमा नाना समस्या जन्मेका हुन् । लोप भएकाहरूलाई लिपि चिन्हबाट सप्रमाण हटाउने र नयाँ सम्भावित ध्वनिहरूलाई चिनेर नयाँ चिन्न स्थापित गर्ने काम हुनु आवश्यक थियो तर हालसम्म पनि यो कार्य कुनै भाषाका लिपिमा भएको पाइन्न । देवनागरि लिपिमा पनि समस सापेक्ष परिवर्तन गर्ने गरिएको भए समस्या कम हुने थियो, लेखनको जटिलता अझै कम हुने थियो । यो एक आशा मात्र हो ।
वास्तवमा तलको रोमन लिपिको लेखन र उच्चारणको भद्रगोले पन देवनागरीमा कहिल्यै पनि आएन ः
प्लयधभिमनभ क्नाउलेड्गे लेखेर नलेज बोल्नु पर्छ ।
द्यगत बुट लेखेर बट बोल्नु पर्छ ।
एयत पोट लेखेर पट बोल्नु पर्छ ।
एबmि पाल्म लेखेर पाम बोल्नु पर्छ ।
ऋबmि काल्म लेखेर काम बोल्नु पर्छ ।
ज्ष्कयचथ हिस्टोरी लेखेर हिस्ट्र«ी बोल्नु पर्छ ।
इगत ओउट लेखेर आउट बोल्नु पर्छ ।
एकथअजययिनथ प्सिचोलोगी लेखेर साइकोलोजीबोल्नु पर्छ ।
यस्तै गरी ठाउँ पिच्छे एकै वर्णको बेग्लाबेग्लै उच्चारण गर्दाको हैरानी पनि बेहोर्नु पर्छ । जस्तै ः
अ कतै च, कतै क, कतै स, श हुन्छ । त वर्ग र ट वर्गका लागि त, तज, म, मज को दोहोरो उपयोग हुन्छ । न, ण, ङ, चन्द्रबिन्दु र सिरबिन्दु का लागि ता एउटै ल मात्र उपयोग हुन्छ । खैर यो बेग्लै विषय हो । यसबारे अन्यत्रै छलफल हुनु आवश्यक छ । यहाँ ता नेपाली भाषामा चलाइएका वर्णहरूले यति विधि समस्या पार्दैछन् भन्नु यी उदाहरण टिप्नुको तात्पर्य हो ।
एक थोक लेखेर बेग्लाबेग्लै ठाउँमा बेग्लाबेग्लै उच्चारण गर्नु पर्ने समस्यायुक्त लिपि नेपाली अवश्य नै होइन र अहिले पनि त्यति बिधि यसले पिरोलेको छैन । तर यसमा पनि समय अनुरुप र उच्चारणको प्रकृतिलाई नपछ्याइदिएको कारण केही समस्याहरू छन् । परिवर्तन पनि गर्दैै जाने हो भने यो लिपि वर्णविज्ञानका आधारमा निकै नै वैज्ञानिक लिपि हो ।
यसमा दीर्घ, स, श, ष, ज्ञ, व, ब, ऋ, रि वा री, ये, ए, अइ, ऐ, अउ, औ हरुलाई सही सँग लेख्न नसक्ने र पदयोग तथा पदवियोग गर्न नजान्नेहरूको एक असन्तुष्ट जमात छ । सबैतिर स मात्र लेख्ने, सबैतिर ह्रस्व वा दीर्घ मात्र लेख्ने, समस्यायुक्त वर्णहरूलाई हटाउन सकिने सुझाव पनि उनीहरूको छ । यो कुरा नराम्रो अवश्य पनि होइन । लिपिलाई सुधारको बाटोमा लाने संकेतको यो सूचक हो । तर आज चलेकै देवनागरी पनि तुलनात्मक रुपमा पर्याप्त वैज्ञानिक छ । जथाभावी यस लिपिलाई प्रहार गरिरहनु पर्दैन । उनीहरूले अन्य अन्तरराष्ट्रिय लिपिहरूसँग तुलना पनि गर्नुपर्छ । दीर्घता, सत्व मात्र नभई यस लिपिमा प्लुत्त, सूर, लय, बलाघात (खण्डेतर र खण्डीय समेत) वर्णकै कोटीमा रहेर अहिले पनि काम गरिरहेका छन् । तर लेखनमा ता ती सबै हटिसकेका छन्, तिनको अस्तित्व लेखनमा रहेको छैन, यद्यपि बोलीचालीमा अवश्य नै छ । यसबारे पनि सोच्नुपर्छ लिपिको परिवर्तन गर्न चाहनेहरूले ।
जब कुनै ध्वनि हुन्छ भने लिपिविज्ञानमा त्यसका लागि लेख्य चिन्नको व्यवस्था भएको हुन्छ । ध्वनि नै नभएको ठाउँमा अनावश्यक लिपि चिन्न राख्नु भनेको समस्या जन्माउनु हो । कसले प्लयधभिमनभ लाई नलेज नभनी क्नाउलेड्गे भन्छ ? नलेज भन्दा कुरा बुझिन्छ भने यस्ता पुङमाङलाई किन लबभिव नबनाउने ? यो एक सोच हो वर्णविज्ञानको वैज्ञानिकीकरण गर्ने सन्दर्भको ।
जेहोस् देवनागरी लिपिमा लेखन वैज्ञानिक रुपमा नै आरम्भ भएको हो । यसलाई वर्णवैज्ञानिक विधिले कसी लगाएरै निर्माण गरिएको हो । अहिले पनि आफूमा यो उत्तिकै वैज्ञानिक छ । तर यसको लामो चलन र उच्चारणक्रममा आएको विभेद वा जिब्रोले यसको मूल रुपको सही उच्चारण गर्न नसक्नुका कारण पर्याप्त विभेद भने आएकै छ । नेपाली भाषामा चलाइएको यस लिपिका केही वर्णहरूको उच्चारणमा तिनीहरू आफ्नो उ बेलाको मौलिक रुपबाट खस्किसकेको उदारणको सानो विवरण मात्र यो हो । यहाँ चर्चा गरिएका मात्र नभई अन्य कतिपय वर्णहरू पनि नजानिदो गरी परिवर्तनको बाटो समाइरहेका छन् । यसका लागि विशेष अध्ययनको खाँचो छ ।
अन्तमा रामायण पढिसकेर पनि सीताको अत्तोपत्तो नपाउनेहरू पनि समाजमै हुन्छन् । मानवीय स्वभाव हो । यसैले उहाँहरूदेखि खुब सावधान हुन आवश्यक छ । अरु अरु सन्दर्भ आए पनि यस लेखको खास क्षेत्र भनेको नेपाली भाषामा चलाइएका सबै वर्णहरू जे हुनु पथ्र्यो र उनीहरूको जे विशेषता थियो त्यही छ छैन भनेर खोज्ने कामको आरम्भ मात्र हो यो । अनि केही वर्णहरु कसरी च्यूत हुँदैछन् भन्ने कुराको सानो दिग्दर्शन मात्र हो । माथि कतिपय वर्णहरू लोप भइसकेका छन् र कतिपय वर्णहरू लोपोन्मुख दिशामा छन् भनिएको छ । यही विषयको केही चञ्चुप्रवेश मात्र भएको कुरा यहाँ स्मरण गराउँदै विश्राम ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु