टुङ्गो नलागेको रहस्य

- चूडा मणि रेग्मी

कथाकार सज्जन भअ‍ेर निकैवेर वाहिर घोरिअ‍ेर बस्यो, पत्तो लागेन, एक तमास उसलाई कुन्ठा उत्पन्न भयो, आखिर ऊ हुप्प परेर फुलेर बस्यो । साँझ परेपछि लालटिन बालेर कोठामा हर्केले राखेपछि ऊ भित्र पस्यो, हैरान भअ‍ेको अनुभव गरी पसारिअ‍ेको मात्र थियो भात पाकेको खवर आयो, भान्सामा गयो । आवश्यक साँचा फोरेर उघारिअ‍ेछन् । वातावरणमा मैलोपना भरिअ‍ेको थियो, नाहकमा नास हुनुले उसको परिश्रमी, दिमागमा विप्लव मच्चायो, “कस्तो नोक्सानी छ ! हुन सम्म भयो !”
उसकी श्रीमती पनि आफूले थन्क्याअ‍ेका साँचाहरू अचानक हराअ‍ेर भअ‍ेको घटनाले रुन मात्रै सकेकी थिइन । हरूवा जुवाडे पनि त्यतिको शोक नगर्लान् । उसलाई देख्दा कथाकारलाई लाग्यो– “न्याउरी मारी पछितो ! कारणी मान्छे यही हो !” तर उसले यो कुरो गरेन ।
स्पष्टतया यस घटनाले कथाकारको घरलाई प्रभावित बनायो । दिन बित्दै जाँदा पनि आफ्नो कोठामा गाँसिअ‍ेको कोठाको भित्री आग्लो र छेस्कनी नहुँदा वाहिरबाट लाअ‍ेको ठुलो टाइगर साँचो तुन्द्रुङ झुन्डिरह्यो । माझमा हिँड्न बाटो भअ‍ेको घरको दुईटा ढोकामा अ‍ेउटा ढोकाको छेस्कनी पनि त्यति दरो थिअ‍ेन, जसले त्यो साँचो झुन्डिँदा पनि साँचोबिहीन भअ‍ेकाले चोरको डर भइरहन्थ्यो । घरपट्टिको लापर्वाहीवश घरको साधारण सुधार पनि भअ‍ेको थिअ‍ेन । कथाकार स्वयं खिस्स हाँस्थ्यो । यति जाबो काम गर्ने हाम्रो प्रवृत्ति छैन, तर मुन्डाघर हामीलाई नै चाहिन्छ । यसमा मासिक १००÷– भाडा दिनु परेको पनि उसलाई मन परेको थिअ‍ेन ।
साँचो तुन्द्रुङ, बाच्छो मरेको गाई जस्तो अथवा पुत्रको प्रतिक्षामा दिन बिताउने माता जस्तो झुन्डिअ‍ेको त्यस दृश्यले कथाकारलाई निकै नै विरक्त बनायो । मन कुँडिन ठुलो घटना नचाहिँदो रहेछ ! बेलाबेलामा उनै जाँच–पड्ताल, उस्तै सवाल गर्दा छोराछोरी “अँ !” भनेर बाउँडिन लागे । ठुलो छोरो कुरा गर्यो कि रुँला–रुँला जस्तो गर्दथ्यो । कथाकार यस्तो तथ्य बताअ‍ेर पनि मन कम्त्याउन चाहन्थ्यो– “पछि ठुला भअ‍ेपछि सम्झौला मोरा–मोरी हो, र आफैं भनौला सानामा बाबु–आमालाई त्यत्रो विपद्मा पारिअ‍ेको थियो ।”
केटाकेटी सुन्थे, साँचो चोरमा सावित हुँदैनथ्यो । श्रीमती भन्थी– “बित्ने दिन बाबु–आमाका कसरी बित्तछन्, तर आउने भरेमा यी बालक वडा हुन्छन्, अर्कै जुग र कुराहरू आउँछन्, हुन्छन् ।”
“स्वाभाविक ! यही कुरो हामीमा सम्म र हाम्रा बाबु–आमाले कुन पाउने पाए– यो छोरो बडला कमाई गरला दाल्भात देला मलाई ? –यसरी छरिपस्ट जीवन गुज्रिरहेछ– ट्यूसन पढाऊ, स्कुल धाऊ, झूठमूठ भाषण देऊ, लेख बनाऊ !” कथाकार भन्थ्यो ।
दुबै जना कुरो स्वीकार गर्थे र उही कहिले जोई “भइगो बच्चा हुन्” र कहिले पोइ “यस्तै हो आनन्दको जीवन ! हामीलाई साँचो उघार्ने र लाउने चावी उनलाई – खेलौना !” भन्थे । यति हुँदाहुँदै पनि चावी हराअ‍ेको घटना मुटु घोच्ने नै हुन्थ्यो– यस्सो विहान तखतामा व्यागमा मिलाअ‍ेर राखेका चाबी दिउँसो हेर्दा अचम्मले अदृश्य भअ‍े ।
एक दिन श्रीमतीले भनी, “अहिले मैले अ‍ेउटा कुरा सम्झेँ– चाबी हराअ‍ेको दिन तपाईँका साथीका भाइ पुष्प आअ‍ेका थिअ‍े, तपाईँ अ‍ेक छिन वाहिर जानु भअ‍ेको थियो ।”
कथाकार झस्कियो– कति अचम्म ! उसलाई आफ्ना विद्यार्थी अवस्थाका रहस्यमय चोरीका घटना हेक्का आअ‍े । अ‍ेउटा आचार्य पढ्ने पण्डित भअ‍ेको मान्छे थियो– त्यो हरहमेसा साथी–भाइको पैसा चोरिरहन्थ्यो । कसैले पक्राउ गर्यो भने पहिले त मेरै भन्थ्यो, केही नलाग्ने बुझे भरे यस्सो हराउने मान्छेकै सिरानमुनि राखिदिन्थ्यो ।
कथाकारका दिमागमा चाबी चट्ट राखिदिने मान्छे भअ‍े ! भन्ने लोभ उठ्दा–नउठ्दा अर्को सम्झना आयो– अ‍ेउटा हाई स्कुलमा प्रधान अध्यापकको पद समालेर अ‍ेम.अ‍े. पढ्न गअ‍ेको अ‍ेउटा साथीले उसको जेब मार्दथ्यो । कैयौं पल्ट मौका छोपेर उसका गोजीका रुपियाँमध्ये कहिले अ‍ेकको नोट, कहिले दुई रुपियाँ, कहिले पाँचको नोट पनि सट्काउँथ्यो ! तर पुष्प त्यस्तो बेइमानी थिअ‍ेन– उसलाई यक्किन छ । भन्यो– “अ‍े ! पुष्प आअ‍ेको थियो ! तर त्यो त्यस्तो छैन !” उसका मनमा कतै कुन्तरभित्र मात्र लाग्यो– पैसा चोर्ने बानी नहुनेमा पनि अरु माल लुकाउने अर्कालाई छकाउने बानी हुन्छ ! बानी ! जहिले पनि लाग्न र बस्न सक्तछ ! उसलाई आफैंलाई लाग्यो, ऊ बेइमान गर्न डराउँछ, यसैले गरीब छ, तर साँचो बोलेर उसलाई कसैले गाली गर्ने भअ‍े वा उसको बोइज्जती हुने भयो भने ऊ सरासर झुट्टा बोलिदिन्छ– यो पनि चोरी हो । तर पनि अ‍ेकछिन आअ‍ेको पुष्पले उठेर तखताको व्यागको साँचो झिकी लुकायो भनेर शङ्का गर्नु ! “बरा ! दुनियाँका इमान्दारहरूलाई कलङ्क लगाउनु नै हुन्छ !”
कथाकार यति घोरिअ‍ेछ, श्रीमतीले साथ दिई– “यसै भन्न नसके पनि चाबी अनौठै ढङ्गले हरायो !”
“अनौठो ! अनौठो !” कथाकारले स्वीकृति दियो । उसले प्रसङ्गवश श्रीमतीलाई सम्झायो– यस्तैमा चेत्नुपर्छ– अगाडि गल्ती गर्न !”
श्रीमतीले हाँसी–हाँसी जवाफ दिई– “गल्ती कथाकारज्यू ! गल्ती ! तपाईँ काँचको गिलासलाई लिनुहोस् । आज टेबुलमा राख्दा लडेर फुट्छ र भोलि खाटमुनि राख्दा खाटमा बसेर गोडा हल्लाउँदा भित्तामा गुडेर पुग्छ र ढुट्टो हुन्छ ।”
कथाकारलाई जवाफ सार्है घत लाग्यो । अ‍ेकाअ‍ेक उसलाई सम्झना आयो र भन्यो– “घरपट्टि आमैका कोही मान्छे आअ‍े कि ? घरपट्टि आमैकी जेठी छोरी हुँदा उन्ले कतिपल्ट साँचो भेटि दिअ‍ेकी थिइन् । सोध्यौ त ?”
“किन सोध्थें, सोध्नु हुन्छ हराअ‍ेको कुरा ? तर उनलाई थाहा छ । भन्थिन्– नानी, केटाकेटीको गरविगार र चरित्र जान्न भगवान् भअ‍ेर जन्मिनुपर्छ !” श्रीमतीले भनी– “के भन्ने !” उसले अझै शब्द भेटिन, ताकि ऊ अझै राम्ररी भाव व्यक्त गरेर सोध्न नहुने, सोधेर नपाइने, तथा चाबी हराअ‍ेको कुरा भन्ने थिई ।
“चाबी ! कहाँ छन् कसैले लुकाअ‍ेर राखेका ! भेटेर चट्ट यो खोल्न पाअ‍े अ‍ेउटा रङिलो आनन्द हुने थियो !”
“हो ! हुने थियो ! छोराछोरी र कसैमाथि भअ‍ेको शङ्का छिनिने थियो !”
यताउति मकैवारी जोतिइकन फर्सीका मुन्टासहित मकै उम्रिअ‍े, दुबो पलायो, चाबीको चर्चो, भयो, भेटिअ‍ेन । वर्षाको छुट्टी आउने बेला भयो । कथाकारसित श्रीमतीले पहाडमा माइत जाने इच्छा जाहेर गरी ऊ सधैं व्यस्त रहने मान्छे भअ‍ेकाले छुट्टीमा मात्र, केही फुक्की पाउन सक्ने हुँदा नै माइत जाने कुरो उठेको थियो । फेरि केटाकेटीको प्रश्न पनि उभियो, आधा आमासित र आधा बाबुसित बस्ने कुरा हुँदैथियो ।
अ‍ेक दिन कथाकारले सुन्यो– “डेरा सरौं !” यो श्रीमतीको अचम्मको भनाइ थियो, माइत जाने सुरसारमा डेरा सर्दा नमिल्ने जस्तो कुरा पनि थियो । फेरि उसको घरपट्टिसित मेल जस्तो थियो, यद्यपि घरपट्टिकी जेठी छोरी हुँदा उसका केटाकेटी र आफ्ना केटाकेटीमा खस्रो–मसिनो पनि कहिलेकाहीँ भअ‍ेको थियो । आमै दयालु र परसेवी थिइन् । कथाकारले छक्क परेर सोध्यो– “किन ? के भयो ?”
रहस्य धेरै जमेछन् । चाबी हराअ‍ेपछि स्वास्नीमान्छेको समाजमा चर्चाहरू भअ‍ेछन् । खासगरी तुन्द्रुङ्ग झुन्ड्याअ‍ेर राखेको सबैलाई देखाउन भन्ने हल्ला भअ‍ेछ । कुरो बढेछ । फलस्वरूप मानिसको मन हो, मालिन्य बढेछ । कथाकारकी श्रीमती पहाड जाँदा त्यो दृश्यले घरमा झन् नराम्रो पार्ने भअ‍ेछ !
“के त चाबी हरायो हाम्रो– हामीले नै गर्दा ! त्यहाँ छ– हाम्रै ठाउँमा र सधैं झैं ! चाबी हराउँदा कसैलाई केही भनिअ‍ेन, कतिसम्म भने आफैंभित्र पनि वाहिरकालाई शङ्कासम्म गरिअ‍ेन !” कथाकारले श्रमितीछेउ दुःखमनाउ गर्यो– “सुनेथिअ‍ेँ केटाकेटीवालले घरडेरा पाउँदैनन् भनेर, भोग्दैछु !”
“हो, तकलिफी दिन आअ‍ेछन् । पहाडमा आफ्नै घरमा बसिन्थ्यो । जागिर मेलाले यस्तो चेपमा परियो, यस्तो के–के हो के–के !”
आखिर अर्काका घर, अर्काको आफुखुसी हुन्छ । पारिवारिक रहस्य पनि जानी नसक्नु ठहराउँदै कथाकारले अर्को डेरा खोज्यो । डेरा सर्ने दिन झगडा थुप्रिअ‍ेर चर्किने उसलाई निकै डर थियो, शिष्टता भङ्ग नहोस् भन्ने ऊ चाहन्थ्यो, तर त्यस्तो नराम्रो घटना घटेन । मालमत्ता सारेपछि अर्को कोठाको सार्न बाँकी त्यही तुन्द्रुङ्ग झुन्डिअ‍ेको ठुलो टाइगर साँचो मात्र थियो, चाबी हराइगयो !” भन्ने कुराले कथाकार खिन्न भयो, त्यस घरबाट विदा भयो ।
डेरा सरेपछि लगभग अ‍ेक महिना जति धेरै जनाका धेरै प्रश्नहरूको उत्तरमा कथाकारले –‘डेरा सर्नुको कारण मात्र हावापानी फेर्नु हो’ भन्यो र उसले पुराना घरपट्टिको सहयोग, इमान्दारी र सहूपनाको अग्घोर तारिफ गर्यो ।
अ‍ेक दिन अ‍ेकान्त कोठामा बसेर कथाकार आफ्ना युगका समस्या, आफ्ना जीवनका महत्त्वपूर्ण घटनाहरू माथि चिन्तन गर्दैथियो, श्रीमतीले कोठाभित्र पसेर अचम्मको संचार सुनाई– “हाम्रो साँचो खुलेछ !”
कथाकारको हृदयबाट अचम्मको भावनामूल फुट्यो । अ‍ेक चित्त लाअ‍ेर सोध्यो, “के अरे ? कसरी ?”
“आमैकी जेठी छोरी आअ‍ेकी रहिछन् । अर्को साँचो उघ्र्यो रे !”
“अचम्म !”
“अचम्म !”
“होइन !” कथाकारले फेरि सोध्यो– “त्यत्रो १५ रुपियाँको ठुलो टाइगर साँचो कसरी मिल्यो ?” उसलाई अपत्यारिलो शङ्का उठिरहेको थियो ।
“मिल्यो रे !”
“अचम्म होइन त !” कथाकारले घोरिँदै यस्तो प्रश्न सोध्यो, “आमै जे पनि दिन्थिन् !”
“जे पनि– कति गिलास हराअ‍े, पाइअ‍े, कति चम्चा दुई महिना पछि पनि भेटिअ‍े, जम्मै दिन्थिन् र जेठी छोरी झन् भेटी–भेटी दिने !” शङ्का समाधान श्रीमतीले गरी “मलाई त्यहाँ पटक्क शङ्का लाग्दैन, तर के भयो, के भयो ! “अचम्म !”
“तब के भन्नु त ? चाबी हरायो र साँचो फेरि उघ्रियो, कुरो त यही हो !” प्रश्न चिन्ह झैं कथाकारले टाउको तेर्स्यायो र फेरि उही सोध्यो, “साँचो मिलेछ हगि ?”
“मिल्यो अरे ! अ‍ेक महिनामा माइतबाट अर्को चाबी पठाइदिने रे– फेरि उता हराअ‍ेको भअ‍े मुश्किल पर्ला भनेर रे !” श्रीमतीले कुरा बताई ।
“त्यसो भअ‍े साँचो मिल्यो र यसरी उघ्रियो !” कथाकार शब्द तौली–तौली भनिरहेको थियो । ऊ आफ्ना धनको हकमा बोल्न पनि खोज्दै थियो ।
“होइन, त्यो साँचो चाबी आएपछि चलाउनू भनिदिअ‍ेँ– यहाँ साँचाको खाँचो त छैन नि ! गुन छ ! संचार पठाइदिअ‍ेँ !” श्रीमतीले कथाकारलाई बताउँदा उसलाई फेरि समस्याको खाडलमा ओइरिअ‍े जस्तो लाग्यो । उसलाई लाग्यो– ऊ अ‍ेकदम बेबकूफ छ र उसले सही निर्क्योल सुन्न पनि पाउँदैन र गर्न पनि सक्तैन । ऊ सोच्तै थियो, अर्को कुरा फुर्यो र श्रीमतीलाई भनि पनि हाल्यो– “होइन सुन, उहिल्यै गोदरेज साँचो मिल्दैनथ्यो भन्थे, त्यो मिल्यो । यो टाइगर ठुला चाहिँ मिल्दैन भन्ने हामी ठान्थ्यौं, सायद मिल्न थाल्यो ! फेरि ... ...“ ऊ अझ गहिरियो– “१५ रुपियाँ यसको दाम पर्यो त पारिको परल ८, ९, १० होला र भन्सार–सन्सार गर्दा १५ पर्यो । भन्सारहरू धेरै लागेर महँगो दाम पर्दैमा साँचो बढिया हुन्छ भनी कसरी भन्ने हगि ? हगि ? हगि ? लगि ? !!!”
कथाकार विचित्र तर्क दिँदै अनौठो ढङ्गमा घोरिअ‍ेको थियो । उसकी श्रमितीलाई य िउदेक लाग्यो– कथाकारलाई हेरेको हेर्यै पक्क परेर प्रश्न चिन्ह नै बनी !?

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु