विचारमा निष्ठावान

- इन्द्रकुमार श्रेष्र्ठ सरित्

हिजो जस्तो मात्रै लाग्छ माघको ठिहीमा सन्दीपले जाडो छल्न न्यानो लुगाको अभावमा दुई दुईवटा शर्ट लगाएर हिंडेको । यस्तो जाडोमा पनि भुक्के चप्पल लाएकोले शितले फुटेका उसका कुकुच्चा प्रष्टै देखिन्थ्यो र जाडो महिनाभरि ऊ जाडोले स्यूस्यू गरिरहेको भेटिन्थ्यो । तैपनि ऊ पार्टीको एउटा इमान्दार कार्यकर्ता थियो । पार्टीको काम भ्याएर पनि ऊ आप्mनो लागि खट्थ्यो । कहिले खोलाबाट बालुवा निकालेर बेच्ने, कहिले अर्काको सामान बोक्ने त कहिले घरजग्गा किन्ने ग्राहकहरु खोज्दै हिंडेको भेटिन्थ्यो उसलाई । पार्टीको एक इमान्दार र समर्पित कार्यकर्ता भएर पनि ऊ पार्टीको साधारण सदस्यबाट कहिल्यै माथि उक्लिन सकेन ।
तर हेर्दाहेर्दै सन्दीप हैन उसको लवाई, खवाई, हिंडाई, बोलाई सप्पै सप्पै बदलियो । जाडो छल्न अब उसले न्यानो स्वेटर र महंगो जुत्ता लाउन थालिसकेको थियो । पहाडबाट राजधानी झर्दा रित्तो खल्ती लिएर झरेको सोझो केटोको आज राजधानीमा घर छ, मोटरबाइक छ, र वालेटमा नगद पनि धेरै छ भन्छन् देखिजान्नेहरुले । कुरा काटिहिंड्नेहरुले भिन्नभिन्न अर्थ लाएर उसको बढ्दो वैभबको बारेमा कुरा काट्दै हिंड्छन् त्यसलाई सन्नु नसुन्नु अर्कै कुरो । तर उडिरहेका हल्लाहरुको बास्तबिकता जान्न मैले एक दिन ऊस“ग सिधै सोधेंः— ‘पार्टीको एउटा जिम्मेवार र इमान्दार कार्यकर्तामात्र भएको भरमा बिना भ्रष्टाचार, बिना अत्याचारकै जीवनमा यस्तो आर्थिक क्रान्ति कसरी सम्भव भयो ?’
‘हिजो विचारमा निष्ठावान रहेर पार्टीको काम गर्दा पार्टीकै लागि मात्रैं सोच्थें तर आज पनि विचारमा निष्ठावान रहेरै पार्टीका लागि काम गर्दा आप्mनो लागि र परिवारका लागि काम गर्न सिंकें । आप्mनै सोझा औंलाहरुलाई अलिलि बांगो बनाउन सिकें । फरक त्यत्ति हो मित्र, म विचारबाट पलायन वा च्युत भएको छैन, मेरो विश्वास गर्नुस् । ’—चर्को घामबाट अ“ाखालाई जोगाउन कालो चश्मा लाएको सन्दीप मेरो अगाडि फिल्मी शैलीमा मुसुमुसु मुस्कुराईरहेको थियो ।
तरहरा(सुन्सरी), हालः काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 16 आश्वीन, 2072

लेखकका अन्य रचनाहरु