माहिली मुखिनीको मृत्यु

- चूडा मणि रेग्मी

माहिला मुखियाको घरका कुरा लिअ‍ेर गाउँमा हल्लीखल्ली थियो । सधैं जसो जूवा मार्ने, हप्कीदप्की भअ‍ेका चालिसे माहिला मुखिया धनञ्जयको वारेमा यस पालिको हल्ला नयाँ ढङ्गको थियो । धनी मान्छे र घरानियाँ इज्जत भअ‍ेका उनको हम्मेसि जे पायो उही कुरो गर्न सोझै अड्डा जाने कि पातमा ज्यान राख्ने कुरो हुन्थ्यो । उनका जीवनमा हमेसा सफलताले साथ लिअ‍ेको थियो । कलम कौडी, जेको सहारा लिँदा पनि लक्ष्मी हातमा नाचेको थियो । डरलाग्दा जेमराजका जस्ता कुइरा आँखा थिअ‍े । ‘सुनजुँघे’ उनको उपनाम थियो, अल्गा, सदा लौरो हातमा लिएर हिँड्ने, कसैलाई कुटिहाल्लान् जस्तै ! चूनले पोतेको तीन तले झिँगटीको घर थियो । पाँच ठाउँमा धन्सार राख्ने भअ‍ेका थिअ‍े– खालि आफ्ना बाहुबलले ! हल्लीखल्ली भअ‍ेको कुरो के थियो भने उनकी तीन वर्ष अघि बिहे गरेकी मुखिनी बहुलाउनु ! अ‍ेक त उनको पहिलेकी मुखिनी मर्नुमै गाउँलेले के–के शङ्का काटेका थिअ‍े– त्यो पुरानो भअ‍ेको थियो । नयाँ माहिली मुखिनी सधैं जसो विचित्र अवस्थामा रहने– कहिले दुई हातले आँखा नचाअ‍ेर हिँ हिँ हिँ गरेर हाँस्ने, अनि कहिले दुई हात मच्चाअ‍ेर आँगनका भित्तातिर गअ‍ेर घाम देखाउँदै हेरिरहने र अ‍ेक्लै केके फत्फताइरहने । धेरै जसो मान्छे त्यस घरमा जान डराउँथे, गअ‍ेकाले पनि यस्तो वडै देख्न पाउँदैन थे– यति पनि झुक्कल–पुक्कल देख्नेले हल्ला पिटेका थिअ‍े ।
नामी–नामी धामी बोलाइअ‍े । ‘हेरा ! अ‍े ! बाला ढ्याङ्ग्रो !’ गरेर कैयौं राती धामी बसाअ‍ेर ढ्याङ्ग्रा ठोकिअ‍े । कसैले बनका देउता लागेछन् भने र बोका पूजा गर्ने सल्लाह दिअ‍े, कसैले कुल देउता रिसाअ‍ेको बताअ‍े, स्वस्ति–शान्तिको अर्ति दिअ‍े, कसैले खोलाका देउता लागेको, कसै–कसैले बोक्सी लागेको अनगन्ती देउता लागेका ठहरिअ‍े, मनाइअ‍े । रोग चट्पटाअ‍ेन साविकै रह्यो ।
सदा हंसमुख– केही फिक्री नलिने माहिला मुखिया अति चिन्तित थिअ‍े– पाँचोटा छोरा–छोरी माथिकी स्वास्नी ! अ‍ेक पल्ट धरान गअ‍ेका थिअ‍े, मोटरबाट ओर्लिअ‍ेकी बत्ती जस्ती यिनलाई देखेर उनी भुतुक्क भअ‍े । भर्खरै मुखिनी मरेकाले विरही भअ‍ेका थिअ‍े । मनमा ठुलो चाहा बढ्यो– पुगनपुग अठार वर्षकी यिनलाई देखेर २÷४ दिन धरान बसी पत्ता लगाअ‍े– ताप्लेजुङकी बाहुनकी छोरी रहिछन् भन्ने कुरा बुझे– बाबु रिनमा डुबेका रहेछन्, दूध बेची जीविका गर्दा रहेछन् । केटी कन्या स्कुलमा आठौंमा पढ्दै गरेकी । यताउति गरे, बिहे भइहाल्यो– कति खर्च कता–कता लाग्यो कसैले पत्ता पाअ‍ेनन् ।
विवाहबाट बेहुली अन्माउँदा केटीमा अ‍ेउटा गहिरो अवस्था थियो । रुँदा पनि नरोअ‍ेको । बेहुली भअ‍ेकाले उज्यालो मुख पनि नलाअ‍ेकी । विवाह–मण्डपमा कति जना छिचराले कति–कति केके भनी जिस्काअ‍े । बेहुलीले ध्यानै नदिअ‍े जस्तो भयो । अ‍ेउटा विचित्र वातावरण थियो ।
पहाडमा ल्याअ‍े पछि माहिली मुखिनीको २÷४ दिदनमै कठोरता देखिन थाल्यो । केटाकेटीलाई त उनले कुटिनन्, तर प्रेमले कुनै दिन साइनो लाई बोलाइनन् । माहिला मुखियाले ल्याअ‍ेका रङ–विरङ्गी सारीलाई उनी ‘यस्ता मूला’ भन्दिथिन्, उनी किच्च पर्थे । कतिपल्ट उनले तेर्सा आँखाले पनि हेरिन् । उनमा विलक्षणता थियो । कहिले रिसाइन् भने धेरै कर्काउने । कहिले चुपचाप अ‍ेकान्तमा रहने ! कति जना गाउाकाले उनीमािथ सहानुभूति प्रकट गरे “सुकसुकाउँदी वरा ! बुढो लोग्ने ! के गरून् ? तर यस सहानुभूतिको जवाफ तिने पाअ‍ेनन् । अनि त माहिला मुखियाको घर, माहिला मुखियाकी मुखिनी, माझा घरे त हुन् ! यही सम्बन्ध भयो ।
माझा घर ! यो चार अच्छेरभित्र पर्न, घर, मान्छे– को अलग रहन–सहन अलग वातावरण जस्तो थियो । थोरै नै गाउाका घरका मान्छे यस घरमा आउँथे । टाढा–टाढाका मान्छे पनि थोरै नै आउँथे । लिन–दिन माहिला मुखिया गाउा नै गइहाल्थे ।
रोग त लाग्यो, निको भअ‍ेन । माहिली मुखिनीका वारेमा थरिथरि अक्कल भअ‍े– गरिपकी छोरी, ठुली हुन पाकी– बोकाका मुखमा कुभिन्डो ! कसैले भने । तल्ला घरेले भने, रोगी थी र मुर्दालाई दिअ‍े त ! पल्ला घरेले भने, त्यस घरमा कुलदेउता रिसाअ‍ेका छन् ।
यिनीहरूका कुरा यस्तै भअ‍े ! अ‍ेक जना धरणीधर नाउा गरेका जसको नाउँ गफडीमा दर्ता थियो र प्रथमासम्म पढेका थिअ‍े, उनले छिमेकी साथीसित भने– नार।ीको हृदय कोमल हुन्छ । यही चैतदेखि न हो माहिली मुखिनीलाई बेथा लागेको । पुसका कुरा हुन् । जेठा मुखिया र माहिला मुखियाको बाबु हुँदै देखिको दुश्मनी ! कान्ले खेत यिनीहरूको साझा छ ! धान बाँड्न भनी विजय (जेठा मुखियाको छोरो) र माहिला मुखिया गअ‍ेका रहेछन् । माहिली मुखिनी खेताला लिअ‍ेर गअ‍ेकी (सधैं त जान्नथिन् अरे ! त्यसै दिन गअ‍ेकी है !) थिइन् । विजय र माहिला मुखियाको, को बुझोस् ! केमा हो ! साझा खेत ! पर्यो होला झगडा परेछ ! सुन जुँघे न हुन् । विजयका खप्परमा बजाइ दिअ‍ेछन् । रगत आयो, मुर्च्छा पर्यो विजय ! माहिली मुखिनी पनि रोइन् अरे र फत्फताउादै घर फर्किइन् अरे । अनि त उनलाई जरो आयो, विराम भअ‍ेको भयै चैत देखि त बौलाउन थालिहालिन् ।
   
अ‍ेक वर्ष बित्यो, रोग बढ्नलाई बढेन, तर चार पाँच दिनमा भेटिरहन्थ्यो । अब चाहिँ अ‍ेउटा नयाँ रोग थपिअ‍ेको थियो– माहिला मुखिया छेउमा जान नुहने ! गयो भने लौराले छोप्न खोज्ने !
माहिला मुखिया अब भने वाक्क भअ‍े । उनी मनमनै आफूलाई धिक्कार्न थाले । त्यस पहिलो दिनको दर्शन नै उनको दशाको कारण थियो । उनले कति पैसा खर्च गरेथे, साधारण मगन्ते भन्दा दीन भई पाउन सकेथे बेहुलो हुन ! अनि उनका मथिङ्गलमा चढ्यो– “बेहुली हुँदा नरुने, नहाँस्ने, गम्भीर मुखिनीभित्र रहेका कुरा । उनले रोगी भअ‍ेकाले बेचेछ ठगले” भन्न पनि विचार गरेर जीवनमा सर्बप्रथम हार खाअ‍ेकोमा खिन्न भअ‍े ।
विस्तारै उनलाई निद्रा लाग्न छाड्यो । उनी रातभरि जस्तो भयाकुल सुत्तथे । घरि उनलाई माहिली मुखिनी कुट्न आअ‍े जस्तो लाग्थ्यो । बेलाबेलामा उनी त्यो दिव्य मुहार सम्झिअ‍ेर मस्किन्थे पनि । अनि त्यहीँनेर रहेको बाङ्गिअ‍ेको मुख सम्झी आफैं मुख बङ्ग्याउँथे । “मरे पनि हुन्थ्यो !” उनको अ‍ेक मन भन्थ्यो भने अर्कातिर “बाबै ! धन पाइन्छ, स्वास्नी पाइँदैन– त्यसमा पनि यस्ती !” अर्को मन भन्थ्यो ।
अँधेरी रात थियो– पृथ्वीमा कतै उज्यालो न देखिने । आफ्ना कोठाबाट माहिला मुखिया उठेर विस्तारो माहिली मुखिनीलाई राखेको कोठामा गई च्याअ‍े । उनलाई डर पनि लागेको थियो, उत्सुकता पनि ! बत्ती बलिरहेको ! माहिली मुखिनी निदाइरहेकी ! रातो सारीमा अप्सरा जस्ती ! राता–राता गाला ! अ‍ेकनास निदाअ‍ेकी ! खालि मुखमा बेग्लैपन देखियो । ‘कठै ! किन, बिग्रिस् नि !” मनमनै माहिला मुखियाले भने । कोठामा छिर्ने आँट उनलाई आअ‍ेन ।
“अ‍ैया नि अ‍ैया !” टाउको छाम्दै माहिली मुखिनी कोल्टे फर्किइन् ।
माहिला मुखिया डरले, आफ्नै कोठा पसे, “यसको टाउकामा पो दुख्छ कि ?’ उनी विचार गर्न थाले । अ‍ेक छिनपछि उनको दिमागले केही भेटेन, सुते । अ‍ेक छिन पछि “चोर ! चोर ! भनेर घरका मान्छे कराअ‍े, बिरामी जाग्ने डरले चुपचाप चोरको खोजी भयो, भेटिअ‍ेन ।
   
मुखिनीले कुट्न छाडेकाले दुई महिना पछि माहिला मुखियाले उनलाई कोठैमा सुत्ने ठाउँ बनाअ‍े । हुन त उनका मनमा डर थियो, तर आफ्नी स्वास्न भअ‍ेकाले ‘मारिहाल्छे’ भन्ने थिअ‍ेन । आई नै भने चुर्मुर्याउँछु भन्ने ह्याउ थियो ।
अब हरेक चिन्ता र विचार पछि माहिला मुखिया “जे होस् ! बाहुनकी छोरी बिहे गरि नै हालेँ, कति अनर्थ गरेथेँ, पाप कराअ‍ेको हो, सपार्छु भन्नेमा थिअ‍े । उनी अब राती आफैं स्याहार–सुसार गर्थे । कपाल सुम्सुम्याइ दिन्थे । माहिली मुखिनी जागा हुँदा उनलाई डेढा आँखाले हेर्थिन्, त्यति खेर माहिला मुखिया अ‍ेक्लै चुप्प लागेर बस्थे । जब उनी निदाउँथिन्, गई सुम्सुम्याउँथे ।
अ‍ेक रात माहिला मुखियालाई मुखिनीसित गई सुत्ने चाहा भयो । उनी उठेर गअ‍ेर, दरो मुटु पारेर छेउमा सुते । अ‍ेकाअ‍ेक माहिली मुखिनीले अङ्कमाल गरिन् र कस्तो–कस्तो स्वरमा कहालिअ‍ेर “बिझा ! बिझा !” अनि फेरि “अ‍ैया ! अ‍ैया !” भनेर टाउको समाउन थालिन् ।
भयभीत माहिला मुखिया उठेर बत्ती बाले । मुखिनी रोइरहेकी । “के भो माहिली ?” उनले सोधे । “अ‍ैया ! अ‍ैया !” यति जवाफ आयो । घोप्टो परी माहिला मुखिया रुन थाले ।
   
दुई वर्ष पछि अ‍ेक दिन उनै गफडी, धरणी, जो कवि पनि भअ‍ेका थिअ‍े, उही छिमेकी साथीलाई धरानबाट आअ‍ेर हाल बताउँदै थिअ‍े– कठै ! विजय र माहिली मुखिनीको असाद्धे प्रेम बसेको रहेछ ! – यो यता आयो सुनजुँघेले उता टिपी हाले ! ... ...

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 भाद्र, 2072

लेखकका अन्य रचनाहरु