जीवन र जीवनको ऊहापोह

- विनयकुमार शर्मा नेपाल

एक अर्थमा जीवन प्राण हो, अर्को अर्थमा जीवकोे जन्मदेखि मृत्युसम्म जिउने कालखण्ड हो जीवन । जीवन दुःख पनि हो, सुख पनि हो । जीवन हार पनि हो, जित पनि हो । जीवन रोदन पनि हो, हाँसो पनि हो । जीवन जुझ्नु पनि हो, भाग्नु पनि हो । जीवन देखाइ, भोगाइ, गराइ सबै थोक हो । के होइन जीवन ? मान्छेद्वारा गर्ने÷गराइने सबै खाले कार्य वा क्रियाकलापको समष्टि नाम हो जीवन । जीवनको अनगिन्ती परिभाषा अनगिन्ती सार हुनसक्छन् ।
त के जीवन भन्ने वस्तु मान्छेका लागि मात्र हो ?
एक जीवन जन्तु जगत्मा पनि छ र एक जीवन वनस्पति जगत्मा पनि छ । एक जीवन समुद्रको छाल र त्यसमा हुने जीवमा पनि छ भने एक जीवन हामीले देखेका जड भनेका तङ्खवभित्र पनि छ । वास्तवमै जहाँ आयु छ, रुपान्तरको हद छ, त्यही जीवन हो । कुनै पनि वस्तुको जीवन उसको आयुले निर्धारण गर्दछ । सृष्टिका यावत् जीव वा वनस्पति वा वस्तुमा चैतन्यको एउटा विन्दु हामीले देख्न नसक्नुका कारण, मान्छे इतर अन्य जीवादिहरुले आफ्नो अवश्यकताको निर्माण गर्न नसकेका कारण, अन्य जीवादिले आफ्ना भावना पोख्न नसकेका कारण मान्छेले तिनको जीवनको अवमूल्यन गरेका हुन् । करोडौँ करोड जीव र वनस्पतिका सृष्टि संरचनाभित्र मान्छे मात्र एक त्यस्तो जीव हो जसले आफ्नो आवश्यकताको वस्तु निर्माण गर्ने प्रयत्न गरिरहेछ र आफ्ना र अरुका विचार, भाव सिक्ने र सिकाउने गरिरहेछ ।
एक जीवनमा मान्छेले सोच्ने सोच, मान्छेमा उठ्ने भाव, मान्छेले गर्ने कार्य वा क्रियाकलापको स्वयम् कुनै मान्छेले हिसाबसमेत राख्न सक्तैन, राखेर साध्य पनि चल्दैन । मान्छेको स्मरण शक्तिको ‘स्पेस’ भित्र सम्झना रुपी जति रिक्त स्थान छ, थपिँदै जाने र मेटिँदे जाने कार्य हुँदै गर्छन्, त्यसैले जीवन बुझी नसक्नुको छ । एउटाको जीवन अर्कोले बुझ्दैन, अर्कोको जीवन अर्कोले बुझ्दैन । एक अर्थमा मान्छे आपूmले भोगेको, गरको ठूलो ठान्ने अर्कोले भोगेको, गरको न्यून ठान्ने प्राणी हो । मान्छे प्रायः अर्काको अस्तित्वलाई ‘माइनस’ र आफ्नो अस्तित्वलाई सधैँ ‘प्लस’ गरिरहन्छ ।
हामी जन्मैदेखि जीवनलाई आफ्नो विचारको बन्धनमा बाँध्न चाहन्छौँ, कुनै योजना गरेर निश्चित मार्गमा हिँडाउन चाहन्छौँ, तर त्यसो गर्न हामी सबै असफल भइरहेका छौँ । यसो हुनाको मूल कारण कि त हामी आफ्नो क्षेत्रभन्दा बाहिर कि त क्षमताभन्दा बाहिरको काम गर्न वा उत्कृष्टता हासिल गर्न चाहन्छौँ, त्यसैले पल्टपल्ट असफल भइरहन्छौँ र असफलताले हामीलाई पीडा दिइरहन्छ । जीवनकै गतिमा हिँडन जाने, बाँच्न जाने, हुने मात्र हुन्छ नहुने हुन्न, भएका गरेका सबै स्वाभाविक ठान्नेलाई निश्चय नै जीवनमा पीडा हुन्न । मान्छेको जीवनमा त्याग, सेवा, प्रेमको पनि उत्तिकै महङ्खव छ । मान्छेको जीवनमा सुखदुख, राम्रो नराम्रो, पाप पुण्य, प्रत्यक्ष अप्रत्यक्ष आइरहने हुन्छ । त्यसमा डटेर भिड्नु पनि जीवन हो र सिरकले मुख छोपेर सुत्नु पनि जीवन हो तर लुकेर वा लुकाएर हिँड्दैमा के समस्या सुल्झन्छ र ? जसले जीवनलाई बुझ्दछ वा जान्दछ ।
ऊ न चिन्ता गर्छ न त खित्का छाड्छ । जीवन आनन्दले बाँच्न मान्छेमा कला चाहिन्छ । जो मान्छेले जीवनमा स्वाभाविक वा सम्यक् विचार लिएर हिँड्न सक्छ उसले निश्चय नै जीवनमा आनन्दले बाँच्ने कला जान्दछ ।
तपाईं भन्नु होला एउटा सम्पन्न भौतिक साधन स्रोतको कमी नहुनेलाई कति सुख !
हो, जीवन बुझी नसक्नुको छ । सुख र आनन्दको परिभाषा एकै डालोमा हालेर गर्न सकिन्न, न त सुख र आनन्दको मापन कसौँडीको एक सिता भात छामेर पाके नपाकेको जाँचे जस्तो गर्न सकिन्छ । आनन्द चित्तको त्यो परम अवस्था वा सुख हो जुन सुखजस्तो क्षणिक हुन्न । सुख र दुःख मनको क्षणिक आवेग मात्र हो । जसरी काम, क्रोध, लोभ, मोह, कुण्ठाजस्ता आवेग क्षणिक हुन्छन् सुख र दुःख पनि क्षणिक हुन्छ । मान्छेको सोच, भाव, विचार सँगसँगै परिवर्तन भइरहन्छन् मान्छेका आवेगहरु । आनन्द आवेग होइन । जसले अनन्दलाई जीवनमा आह्वान गर्न जान्दछ, जसले स्वाभाविकतालाई स्वीकार गर्न जान्दछ, निश्चय नै त्यो बाँच्ने कला जानेको मान्छे हो । जसले बाँच्ने कला जानेको हुन्छ उसलाई कुनै पनि हाँसो र रोदनले, जन्म र मृत्युले, धन र गरिबीले, पाउनु र गुमाउनुले पीडा दिँदैन । यी सबै कुरा जीवनमा आउने स्वाभाविक क्रिया हुन् जुन चिरस्थायी होइनन् । क्षण क्षण बदलिने सुख र दुःखमा आनन्दित मान्छे कसरी पीडित हुन सक्छ र ?
यो सृष्टि र जीवनमा अनेक विकल्प छन् । सकियो भन्दाभन्दै पनि कतै न कतै, कहीँ न कहीँ झिल्काझिल्की अवसर प्रतीक्षामा बसिरहेको हुन्छ, खोज्न मात्र सक्नुपर्छ । अहङ्कार र हीनता पालेर आफ्नो भित्र भएको क्षमता भुल्नु भनेको नै मृत्यु हो । क्षणक्षण आफ्नो स्वपनलाई बलि चढाएर बाँच्नु जिउँदै मर्नु हो । आफ्नो स्व नगुमाई क्षमता बुझेर त्यसैमा सन्तुष्टपूर्वक बाँच्नु नै वास्तविक र आनन्दको जीवन जिउनु हो, तर मान्छे अलिकति..... अरु अलिकति भन्दै सम्झौतामा लागेर आफ्नो मौलिक अस्तित्व र अलौकिक आनन्द भुल्न पुग्छ ।
जीवन प्रेम हो भने घृणा पनि हो, जीवन मिलाप हो भने बिछोड पनि हो, जीवन पीडा हो भने आनन्द पनि हो । यो संसारमा मान्छेद्वारा गरिने, मान्छेलाई हुने सबै क्रिया, घटना र तारतम्य सबै हो जीवन । धैर्य निरन्तरता, लगनशीलता, दृढता, सक्रियता जीवनको चरमचुली हुन् । जीवनको एउटा प्रमुख पाटो सम्झौता पनि हो । विनासम्झौता मान्छेको जीवन यस कालमा त असम्भव प्रायः नै देखिन्छ । हुन्न, नाइँ, गर्दिन, सक्तिनँ भनेका कार्य पनि जब मान्छे बाध्य भएर गर्छ, त्यो गरिनु पछि उसमा त्यसप्रति सकारात्मक विचार, सम्झौताको भावना जन्मन थाल्छ । मन शरीरको सुरक्षा र सुख हेर्छ शङ्का गर्छ, मन शरीरको स्वार्थ हेर्छ शङ्का गर्छ, यो उसको बाध्यता हो । शरीर नै मनको घर हो शरीर नभए उसले कसरी आफ्नो जीवन जिउने ? प्रत्येक मान्छेको मनले शरीरको सुरक्षाको खातिर विरोध गर्दछ, बाध्य भएपछि, उपायरहित भएपछि त्यसैमा सम्झौता गर्दछ । मन हमेसा उपाय खोज्दछ र केही नलागेपछि सम्झैता गर्दछ । सम्झौताले क्षणिक शान्ति त देला तर दीर्घकालीन आनन्द दिन सक्तैन ।
मान्छे स्वभावतः सामाजिक प्राणी हुनाले आपूmजस्तै अर्कोको विश्वास चाहेर पनि नचाहेर पनि उसले गर्नै पर्दछ । अनेक काम, क्रोध, लोभ, मोह, घमण्ड, अहङ्कार, कुण्ठा, हीनताजस्ता बाधाव्यवधानको बीच सहज जीवन बाँच्ने सरल उपाय मात्र हो सम्झौता । समय, परिस्थिति र परिवेशसँगको सम्झौता । विचार त मान्छेको बाबुसँग पनि मिल्दैन–छोरासँग पनि मिल्दैन, आमासँग पनि मिल्दैन–छोरीसँग पनि मिल्दैन, लोग्नेसँग पनि मिल्दैन–स्वास्नीसँग पनि मिल्दैन, अरुसँगको त कुरै गर्नुपरेन किनभने प्रत्येक मान्छेको प्रत्येक मान्छेसँगको सम्बन्धमा कुनै न कुनै स्वार्थ त हुन्छ, हुन्छ । स्वार्थै स्वार्थको बीचमा समेत सम्झौता रुपी विकल्पको एउटा विन्दु हुन्छ र त्यो विन्दु खोज्न मान्छेको मन माहिर हुन्छ । विरोधै विरोधको बीचमा पनि विकल्प त हुन्छ नै, सकियो भन्दाभन्दै पनि विकल्प त हुन्छ नै ।
जीवनमा परिश्रम, लगनशीलता, निरन्तता, दृढसङ्कल्प, धैर्य, सक्रियता जत्तिकै आवश्यक चीज हो तुलना । तुलना छैन त संसार छैन । विनातुलना कोही बाँच्न सक्तैन । तुलना नै नभएको मान्छे के मान्छे ? तुलनाले मान्छेलाई प्रतिस्पर्धा गराउँछ, प्रतिस्पर्धाको कारण नै मान्छेले आजको यो भौतिक विकास गरेको हो । तुलनाको फेरोबाट निस्केको मान्छे सबै प्राणी सबै वस्तुप्रति सम्यक् भाव राख्दछ र एक किसिमको सुख र दुःख, राम्रो र नराम्रो, ठीक र बेठीक, हुन्छ र हुन्न, पाप र पुण्यको ऊहापोहबाट उठेर एक सिँढी चढिसकेको हुन्छ ।
मान्छेको जीवनलाई संस्कार र परम्पराले पनि नराम्ररी गाँजेको छ । यो राम्रो यो नराम्रो, यो ठीक यो बेठीक, यो गर यो नगर ! उपदेशै उपदेश, आदेशै आदेश, दवावै दवाव ! दासभन्दा पनि दासको स्थिति छ मान्छेको आजको जीवन । हिजो कुनै कारणले मानेको संस्कार वा परम्परा अन्धोले झैँ आजको युग र समयानुकूल छ वा छैन । हिजोको आवश्यकता आज पनि आवश्यकतामै छ वा छैन, मनन नै नगरी थोपरिएका छन् । मान्छे लोकाचारको लागि त्यो मान्न बाध्य छ । अब हेर्नोस् न कुनै समय यी आधुनिक मोटर, वाइक, साइकल, प्लेन नहुँदा मान्छेले घोडालाई जोत्नु जोते । घोडा नै मान्छेको यातायातको प्रमुख साधन बन्यो । मान्छे बोक्नेदेखि मान्छेका आवश्यकताका सरसामान बोक्ने काम उसले ग¥यो । त्यसैले यसको सम्मानको खातिर हामीले घोडे जात्रा मनायौँ तर आज समय र परिस्थिति फेरिएको छ । हजारौँ घोडाले गर्ने काम एउटै यन्त्रले गरिदिन्छ । हिँङ नभए पनि हिँङ बाँधेको टालो भएको छ आज घोडेजात्रा । यस्तै हालत धेरैजस्ता संस्कार र परम्पराका भएका छन् । आजको आवश्यकता र परिस्थिति हेरेर तिनको पुनर्मूल्यन कसले गर्ने ? संस्कार र परम्पराका कारण समाजमा जातिभेद, वर्गभेद, विचारभेद, कार्यभेदजस्ता अनगिन्ती खाडलहरु व्याप्त छन् ।
केही मान्छेहरु वर्ग विभेद हुनुहुन्न भनेर चिच्याइरहेछन् । कोही संसारमा नारी र पुरूष अर्थात् भाले र पोथीबाहेक अर्को जातै छैन पनि भनिरहेछन् । जात–थर, काला–गोरा, धनी–गरीब, ठूलो–सानो, बलियो–निर्धो आदि आदि वर्गीयता हुनुहुँदैन भन्ने भनाइ नै प्रगतिशील विचार हो भन्ने पनि यहाँ नभएका होइनन् । उदारवाद, सामञ्जस्यवाद, समानतावाद, द्वैतवाद, अद्वैतवाद, एकतावाद जस्ता अनगिन्ती वादहरु वेदकालदेखि नै नभएका पनि होइनन् । हजारौँ वर्ष अगाडिको ऋग्वेद र अथर्ववेदले स्पष्टै पिण्ड गोलो हुन्छ र प्रत्येक पिण्डको आफ्नै गुरूत्वशक्ति हुन्छ भन्दाभन्दै त्यसलाई अध्ययन नै नगरी पश्चिमको पछि लाग्दै हामीले चार सय वर्ष अगाडिका न्यूटनलाई गुरूत्वशक्ति पत्ता लगाउने वैज्ञानिक भनेजस्तै आजकल पुँजीवादी र साम्यवादीले उठाएका वादहरु हजारौँ वर्ष पहिलेकै हुन् ।
एकातिर वर्ग नामेट हुनुपर्छ भन्ने अर्कोतिर जात र वर्गको नाममा सङ्घीयता स्वीकार्ने र परस्पर म र तँ भन्ने विरोधाभास कुरा छन् । जतिसुकै वर्ग हटाइए पनि फेरि रातो लगाउने एकातिर, कालो लगाउने अर्कोतिर, टोपी लगाउने एकातिर, टोपी नलगाउने अर्कोतिर, पाइन्ट लगाउने, सुरूवाल लगाउने, कोट लागाउने, ज्याकेट लगाउने, धोती लगाउने, कुर्था लगाउने आदि आदिको साथै रोटी खाने, भात खाने, साग बेच्ने, कुखुरा बेच्ने आदिको वर्गीयतालाई के गर्ने होला खै ? म नेपाली, तँ अमेरिकन, म ग्रीन कार्ड पाएको, तँ ग्रीन कार्ड नपाएको जस्ता वर्ग भेद नामेट पार्न सकिन्न । यो पनि एउटा हाम्रो जीवनको सत्य पाटो हो ।
सपना देख्नु राम्रो कि नराम्रो ? हाम्रो जीवन यस्ता कुरोमा पनि निहित छ ।
कोही भन्छन् सपना देख्नु राम्रो हो, देखेको सपना पूरा गर्न पाउनु त झनै राम्रो हो । यो पनि भनिन्छ– सपना देख्नु राम्रो होइन, धेरै वा पूरा गर्न नसक्ने सपना देख्नुहुन्न किनकि सपना देख्ने सपनै मात्र देख्छ कर्म गर्दैन । सपना देख्दा सबैभन्दा विचार पु¥याउन आवश्यक हुन्छ आफ्नो क्षमतालाई बुझ्नु र त्यही अनुसार निरन्तर लागि पर्नु । यी दुईबाट टाढिनासाथ सपना मात्र सपनै हुन्छ । यी दुई सूत्रलाई मात्र बुझेर पनि हुन्न यसको साथसाथ समय, परिस्थिति र आफ्नो वातावरणले निम्त्याउने अर्थात् आइपर्ने विविध घटना, समस्या र कार्यलाई नछाडी अगाडि बढ्न सकेमात्र सपना विपनामा परिवर्तन हुने हो ।
सपना देख्नु नराम्रो होइन तर दिवास्वप्न देख्नु राम्रो पनि होइन । संसारमा अनेक विकल्प छन् । विकल्पको कहिल्यै अन्त हुँदैन । भाग्यमा छ भनेर डोकोमा दूध अड्दैन । जुनसुकै कुरा हुनु नहुनुमा अनेक पुरानो वा नयाँ कृत्य वा कारणहरु मौजुद हुन्छन्, बुद्धिमानी यो हो कि कारणहरु खोजेर बुझेर त्यसको उपाय गरे कुनै पनि त्यस्तो काम वा कुरा छैन संसारमा जुनको उपाय नहोस् । मात्र दिवास्वप्न र कुण्ठामा मन पकाएर मान्छे रूग्ण बन्दछ । रूग्ण मान्छेको यस संसारमा कुनै काम छैन, संसार सधैँ बलियो र बुद्धि खेलाउनेकै हो । शरीरको रूग्णताभन्दा मनको रूग्णता हजारौँ गुना घातक हुन्छ । तङ्खव तङ्खवको मिश्रण हो संसार । त्यस्तै मिश्रण हो मानव शरीर वा प्राणी शरीर । तङ्खव तङ्खवको मिश्रण नै हो शक्ति । जुनसुकै शक्ति त्यो चाहे प्राण, बल, बुद्धि, विवेक, सोच, बम, बन्दूक, आदि यन्त्रादि जेसुकै होस् जस्तोसुकै होस्, शक्ति चाहे भगवान् नामको होस् वा राक्षस नामको, तङ्खवको तन्तु फुस्कियो कि सकियो शक्ति । फेरि त्यही शक्ति प्राप्त गर्न फेरि त्यस्तै शक्तिको तन्तु जोड्नै पर्छ । मानव शरीर र जीवन पनि त्योभन्दा भिन्न छैन । तन्तुको योग अर्थात् तङ्खवको मिश्रण रहुञ्जेल शरीरमा सबै किसिमको बल, बुद्धि, ज्ञान, सोच, तर्क, क्रोध आदि आदि शक्ति क्रियाशील रहन्छन्, त्यसैले मान्छे छ र उसको अनेक क्रियाकलाप छ । तन्तुको योग अर्थात् तङ्खवको मिश्रण सकिनासाथ अर्थात् फुस्किनासाथ शरीरमा मान्छे पनि छैन र उसको कुनै शक्ति वा क्रियाकलाप पनि छैन । जे भए पनि बाँचुञ्जेल मान्छेको जीवनमा विकल्पको खाँचो पर्दैन । कुण्ठा र हीनता आदिले मान्छेमा भएको सोच्ने शक्ति क्षीण हुन्छ र ऊ परेको बेला बुद्धि, विवेकजस्तो अति महङ्खवपूर्ण कुरा ठीक ठाउँमा प्रयोग गर्न सक्तैन । यो कुरा जसले बुझ्दछ, त्यसले संसारमा हुने वा भएका सबै कुरा स्वाभाविक ठान्दछ अनि ऊ सधैँ सुखी र खुसी रहन्छ ।
जन्म र मृत्युबीचका जीवनको मुख्य उद्देश्य के हो ? यो प्रश्न सृष्टिका सबै जीवलाई सोध्न सकिन्न, किनकि मान्छे छाडेर कुनै अर्को प्राणीले यसको उत्तर दिन सक्तैन । सृष्टिमा खानको लागि बाँच्ने र बाँच्नको लागि खाने परस्पर दुई भिन्न धारण लिएर जीवन गुजार्ने मान्छे पाइन्छन् । सरसरती हेर्दा दुवैमा भिन्नता नदेखिए पनि खानको लागि बाँच्नेले सुखलाई नै अनन्द ठानेर बाँचिरहेको देखिन्छ तर बाँच्नको लागि खाने मान्छे भने एक सिँढी उक्लिसकेको हुन्छ जीवनको कुदाइमा ।
जीवनमा प्रेमको पनि आफ्नै महङ्खव छ । प्रेमले मान्छेलाई आफ्नो उपस्थिति र निजत्व दिन्छ, जहाँ प्रेम छैन, त्यहाँ जीवन छैन, प्रेमविनाको जीवन मृत्युभन्दा पनि रूग्ण हुन्छ, शून्य हुन्छ । आत्मजागरणको सो्रत प्रेम हो, प्रेमको परिभाषा असङ्ख्य छन् । प्रेम विश्वसमा हुर्कन्छ, समभावमा नाच्छ । जीवनमा प्रेम बहन्छ, निरन्तर बगिरहन्छ । प्रेमको द्वार मान्छेले चाहेर बन्द हुन्न । जाति, धर्म, समाज आदिको बन्धनले न हल्लन्छ, न डराउँंछ । प्रेम लाज–सरमले लुक्दैन, धनले किनिन्न, दरिद्रताले हार्दैन तर मन झुक्छ, पग्लन्छ । सङ्घर्ष गर्दा, परीक्षा लिंँदा प्रेम सिर्जनाको स्रष्टा बन्छ, सन्तोष र सुखको समुद्र बन्छ । छ त छ–छैन त छैन, प्रेम स्वयंमा पूर्ण हुन्छ । नहेरी नै सबै देख्दछ, नसुनी नै सबै सुन्दछ, नबोली नै सबै बोल्दछ, प्रेमविना सम–भोग हुन्न र सह–भोगविना प्रेम हुन्न, मात्र नारी–पुरुष प्रेमको सीमा होइन, अनन्त साथ–भाव र सहवास हुन्छ प्रेममा । यसलाई धन, ऐश, आराम चाहिन्न, यसलाई भाषा, ज्ञान, बुद्धि चाहिन्न । प्रेमको सार्थकता एकाकार हुनुमा छ, समर्पित हुनुमा छ ।
फेरि प्रेम के हो ? प्रश्न उठ्न सक्छ ।
प्रेम आत्मा हो, मन हो, शरीर हो, आनन्द हो, समर्पण हो, उत्सव हो, जीवन हो, आगो हो, पानी हो, आकाश हो, प्रकाश हो, अर्थात् प्रेम इलोक्ट्रन हो, प्रोट्रन हो, न्यूट्रन हो, प्रेम सत् हो, रज हो, तम पनि हो । प्रेम बह्मा, विष्ण¬, महेश हो र ज्ञान, विवेक, बुद्धि, सोच, विचार, भाव पनि हो ।
प्रेम ध्यान, प्राण, मूर्खता पनि हो । प्रेम सत्य र असत्यको अनुभव पनि हो, प्रेम दया, करुणा र गहराइको साथ क्रोध, लोभ, उचाइ पनि हो । प्रेम फूल हो र काँडा पनि हो । प्रेम आत्मिक भाव हो, मनको संवेग हो र प्रेमको
परिभाषा प्रेम मात्रै हो । प्रेम लोक पनि हो, परलोक पनि हो त्यसैले प्रेम लौकिक पनि हो, पारलौकिक पनि हो । जहाँ सबै थोक छ, त्यहाँ पनि प्रेम छ, जहाँ केही छैन, त्यहाँ पनि प्रेम छ । प्रेम कण–कणको एकाकारमा छ, तर निराकार छ । उसैले देख्छ, जो यसमा ड¬ब्छ । उसैले पाउँछ, जसले दिन जान्दछ, किनकि प्रेमको अर्थ दिनुमा छ, लिनुमा होइन । हतारमा गरिएको निर्णयले लौकिक प्रेममा सधैँ जीवनलाई दुःख नै दिन्छ, त्यसैले बिन्दुभर स्वार्थ र रत्तिभर अहङ्कारले समर्पण हराउँछ र त प्रायः मान्छेहरु भन्ने गर्छन् ‘प्रेमको चरित्र कसैले बुझ्दैन, कसैको लागि मन जलाउनु कस्तो हुन्छ, कोही जान्दैन’ । एकोहोरो प्रेम घातक हुन्छ, यो पागलपनको एउटा आरम्भ हो भन्छ स्वास्थविज्ञान तर एक हदसम्म एकोहोरो नभइ मान्छेले केही उत्पादन पनि गर्न सक्तैन । हामीले जान्नैपर्ने कुरा हो–प्रेमविना जीवन जीवन हुन्न । प्रेमले नै जीवन रुपी पूmल सुन्दर बन्छ । जीवनको सबैभन्दा सुन्दर पूmल प्रेम नै हो । प्रेमले नै जीवनलाई सरलतासँग रुपान्तर गर्न सक्छ । रुपान्तर त घृणाले पनि गर्छ नि भन्नु होला ! हो रुपान्तर त घृणाले पनि गर्छ तर घृणाले गरेको रुपान्तरमा क्रोध, रिस, हीनताबोध, घमण्डको बास हुन्छ । प्रेमको रुपान्तरमा सुख र आनन्द हुन्छ ।
प्रेम जतिकै जीवनमा महङ्खव इच्छा शक्तिको पनि हुन्छ, विनाइच्छा गरिएको कुनै पनि कार्य सफल हुन सक्तैन ।
पृथ्वीमा जीवनको कारकतङ्खव सूर्य हो । सृष्टिको हरेक तङ्खव परिवर्तनशील छ, हामीले देखिने गरी प्राणतङ्खव भएका वा प्राणतङ्खव नभएका अर्थात् जडतङ्खव भनिएको समेतको आयु छ । जसरी निर्माण सत्य छ, क्षय पनि सत्य छ । क्षणभर सोचौंँ त यदि सूर्य नभए संसार कस्तो होला ? तङ्खव वा पदार्थ त हुने थिए, तर प्राणी भने हुने थिएनन् अनि पदार्थको परिवर्तन पनि यसरी हुने थिएनन् जुन हाम्रो सामु दृष्टिगोचर छ । पदार्थको स्वरुप बदलिनमा सूर्यको भूमिका छ । हाम्रो लागि संसार त हिजो पनि अन्धकार थियो, आज पनि अन्धकार छ, प्रकाश त मात्र सूर्यको देन हो । अन्धकार ‘स्पेस’मा टिमटिमाएको सूर्य हाम्रो लागि वरदान साबित भएको छ । जहाँ सूर्य त्यहाँ जीवन अनि जहाँ प्राण त्यहाँ अनेक परिवर्तन ।
जीवन आनन्दले जिउने एउटा मूलमन्त्र हो–वर्तमानमा बाँच्नु । जो वर्तमानमा बाँच्न जान्दछ ऊ जति बाँच्छ आनन्दले बाँच्छ । पीडा, हीनता, कुण्ठाजस्ता पाटाहरु भूत र भविष्यबाटै आउने हुन् । सुरक्षा र स्वार्थका लागि नै आउने हुन् । जसरी समाजमा अनेक भेद छन् त्यसरी नै मान्छेका मनमा पनि भेदहरु जमेका छन् । संस्कार र परम्पराले जन्मजात हुलेका अनेक कुरीतिहरुको भेलमा पौडिरहेछ आजको मान्छे । जीवनमा छानबिन नै नगरी मान्न बाध्य बनाइएको कुरीतिहरुबाट बचाएर जीवनलाई उठाउन हुने गरिने र भएका सबै सबै स्वाभामविक ठान्न सके निश्चय नै मान्छेले आफ्नो जीवन आनन्द साथ बाच्न पो सक्थ्यो कि ?
जसरी समाजमा अनेक कुरीति, कुसंस्कार, विसङ्गति आदि छन्, त्यसै गरी अनेकौँ अनेक भ्रष्टाचार, पापाचार, दुराचार आदि पनि छन् । जहाँ राम्रो त्यहीँ नराम्रो किनकि राम्रोले नराम्रो र नराम्रोले राम्रो वा ठीकले बेठीक वा बेठीकले ठीक जन्माउने हो, हरेक क्षण विपरीत साथै हुन्छ, त्यसैले समाजमा सबै कुराको सम्भावना हुन्छ । औसत मान्छेलाई वा समूहलाई ठीक हुने कुरो राम्रो र बेठीक हुने कुरो नराम्रो हुनुपर्ने हो तर सबै समाजमा यस्तो हुन्न । मान्छे आफ्नो स्वार्थमा डुब्छ र राम्रो नराम्रोको परिभाषा गर्दछ । मलाई राम्रो लाग्ने कुरो अर्कोलाई नराम्रो लाग्नसक्छ । मान्छेको मनमा उठ्ने अनेक सोच, भाव र विचारहरु एक किसिमका संवेग हुन् । संवेग कहिले काहीँ आवेग पनि बनिदिन्छ र त्यसले प्रेममा घृणा, क्रोध, रिस, झोँक, एकाग्रता आदि आदि जन्माउँछ । सबै किसिमको प्रेम होस् वा घृणा, ध्यान होस् वा गतिशीलता जुनसुकै संवेग वा आवेग अति हुन् र अतिले खती मात्र गर्दछन् ।
सबै किसिमको द्वन्द्वभन्दा मनको द्वन्द्व गहन हुन्छ ? जब जब मान्छे स्वाभाविक जीवनबाट अर्थात् प्राकृतिक स्वभावबाट प्रायोजित जीवनमा वा स्वभावमा बदलिन थाल्छ तब तब मान्छेको चेतनाको धरातलले अनेकन सञ्जाल बुन्न थाल्छ । ध्यान, ज्ञान, योग, तप जुनसुकै साधना वा एकाग्रता वा हठ अर्थात् कार्य एक किसिमको प्रायोजनबाट निस्कने वा जन्मने हुनाले त्यो जुनसुकै ब्रह्मरन्ध्रमा पुगे पनि त्यसको मूल स्वस्पूmर्त वा स्वाभाविक हो भनेर कुनै पनि हालतमा भन्न सकिन्न । सबै किसिमका आयोजनका उपलब्धि जति नै चेतन तङ्खवलाई हल्लाउने भए पनि त्यो प्रायोजित नै हो । कुनै पनि किसिमको तल्लीनता, तपस्या, एकाग्रता, पठन–पाठन–कीर्तन आदि जुन नाम दिए पनि त्यसले मान्छेको अन्तरमनमा दबेको वा रहेको चेतनाका कोषहरु निश्चय नै खुल्दछन् । चेतनाको संसारमा कुनै यस्तो वस्तु छैन जहाँ चिन्तन मनन गरेपछि विविध द्वारहरु खुल्दै वा बढ्दै नजाओस् किनभने यो पनि एक अभ्यास नै हो । भाव वा वस्तुप्रतिको चिन्तनले नै त्यसको विविध पक्षहरु उजागर हुने हुन् तर त्यसो भन्दैमा यो प्रायोजित होइन मात्र स्वाभाविक वा स्वस्पूmर्त हो भनेर मान्न सकिन्न ।
जीवन बाँच्ने एउटा कला हुन्छ । जतिसुकै दुःख, कष्ट, पीडा, सङ्कट र समस्या आए पनि जोसँग कला छ त्यो बुद्धि, विवेक र होस गुमाउँदैन र जसले होस गुमाउँदैन, त्यस्तो मान्छे जति बाँच्छ आनन्दले बिनाचिन्ता बाँच्छ । यस संसारमा कीरा फट्याङ्ग्रासरि मान्छे छन्, सबैको आ–आफ्नै जीवन र स्वार्थ छ । यस्तोमा होसपूर्ण जीवन बाँच्ने लाखौंमा पनि भेट्न मुश्किल पर्नसक्छ । लाखौं लाख मात्र जन्मनको लागि जन्मन्छन् ती न सृष्टिलाई काम आउँछन्, न संसारलाई, न देशलाई, न मानवलाई । आफैँ जन्मन्छन्, खान्छन् र मर्छन्, वास्तवमा ती जन्मेर पनि मृत नै हुन्छन्, तिनले मृत जीवन बाँचेका हुन्छन् । चेतनशील भएको कारण यदि मान्छेमा सृष्टि, संसार, देश, समाज वा मानवताको लागि भावना छैन भने ती बाँच्नु र मर्नुको कुनै अर्थ छैन । जन्मनु, खानु र मर्नु त यस सृष्टिको सबै जीवको सामान्यभन्दा सामान्य क्रिया हो ।
मान्छेलाई समाज नभई हुन्न, समाजबाट एक्लिएर मात्र एक्लो कोही पनि बाँच्न सक्तैन, तर यति हुँदाहुँदै पनि मान्छे त्यही समाजमा अर्कोभन्दा म पृथक वा भिन्न केही हुँ भनी आफ्नो पन, निजात्मता वा अस्तित्व देखाउन जीवनपर्यन्त लागिरहन्छ र यो नै नयाँको स्वीकार पुरानोको इन्कारको भाव सबै मान्छेमा छ भन्ने प्रमाण पनि हो । मान्छेको यस्तो परिवेशमा बेलाबेला वा थोरै होसपूर्ण जीवन बाँच्ने प्रयास गरिरहेकाहरु पनि अति साना कुरा जुन हुनु र नहुनुले वास्तवमै उसको जीवनमा कुनै अर्थ राख्दैन वा मान्छे त्यो कालखण्डमा पुगिसकेको हुन्छ कि उमेरको वा बौद्धिकताको वा अनुभवको कारण जीवनको ऊहापोह त्याज्यजस्तै बनिसकेको अवस्था हुन्छ र त्यस अवस्थामा मान्छेले सृष्टि, संसार वा मानवताको चिन्तन गर्ने समय हो, तर यस्तो बेलामा समेत मान्छे अहङ्कार, कुण्ठा, हीनता, शङ्काजस्ता कुरामा फस्न पुग्दछ । मनको भ्रमभन्दा ठूलो विपत्ति वास्तवमा मान्छेको लागि केही पनि हुन्न ।
जीवन आफैँमा एउटा सागर हो र एउटा आकाश पनि । जीवनको सीमा निर्धारण गर्ने अनेकौँ प्रत्यक्ष वा अप्रत्यक्ष कारणहरु हुन्छन् ।जीवन बाँच्न मान्छेलाई कुनै न कुनै कला चाहिन्छ र जीवन बाँच्ने कला प्रायः सबैमा ढीलो चाँडो स्वतः विकास पनि भइहाल्छ भलै त्यसलाई परिवेश र परिस्थितिले जसरी मोडोस्, जसरी जेलोस् । कोही कोही जीवनको कला विलकुलै जान्दैनन् र ती आफ्नो र आफ्नाको जीवन नरकभन्दा पनि दुःखपूर्ण बनाउन पुग्दछन् । मभन्दा ठूलो कोही छैन भन्ने घमण्ड र मैले जे गरे पनि हुन्छ भन्ने महङ्खवाकाङ्क्षा पालेर ती दानवजस्तै बनिदिन्छन् । यस्ता थरीका रूग्ण मान्छे आपूm सधैँ ठीक गरिरहेको सम्झन्छ र अरुलाई सधैँ गलत गरिरहेको ठान्न पुग्दछ । म सबै कुरामा ठीक वा सबैले मेरै चासो राख्दछ भन्ने भाव एक किसिमको मात वा रोग नै हो ।
मान्छेहरु भन्छन्– म के नै गर्न सक्छु र ? तर मलाई लाग्छ मान्छेले चाहे, इच्छा मजबुत भए गर्न नसक्ने केही छैन यो संसारमा । मान्छेलाई समाजले छेक्छ, परिवारले छेक्छ, हालतले छेक्छ । मान्छेलाई छेक्ने अनेकौँ अनेक कुरा हुँदाहुँदै सबैभन्दा बढी मान्छेलाई छेक्ने उसको मन नै हो । मन र सङ्कल्प भए बाँकी सबै कुरो सहन्छ मान्छेले र त्यसपछि मान्छेलाई केहीले छेक्न सक्तैन यो सृष्टिमा ।
समस्या देखाउन सजिलो हुन्छ किनभने पाइला पाइलामा समस्या छन् । समस्या नभएको कुनै स्थान, वस्तु र तङ्खव छैन पृथ्वीमा । विश्वका अति धनी भनिएका देशहरुमा पनि अनेकों समस्या छन् । ‘नजिकको तीर्थ हेलाँ’ वा ‘घरका कुखुरो दाल बराबर’ भनेझैं हामी सबैमा एउटा रोग लागेको छ । आफ्नो समस्या ठूलो ठान्ने अर्थात् अरु सुखी देख्ने, तर संसार त्यस्तो छैन । सबै ठाउँमा आआफ्नै किसिमका समस्या हुन्छन् ‘जति भाँडो उति चुपुर्को’ भनेझैँ । हामीलाई रोग लागेको छ ‘म एउटाले गरेर के हुन्छ र ?’ भन्ने । हामीले यो बुझ्नुपर्दछ थोपा थोपा पानीले गाग्रो भरिन्छ, अनि हामीलाई यो पनि रोग लागेको छ ‘यो मेरो काम हो र ? मैले ठेक्का लिएको छु र ?’ भन्ने तर कुरो त्यति सजिलो ठान्नुहुन्न । यो सृष्टिको प्रत्येक तङ्खवको त्यो जे होस्, जो होस् यदि यहाँ बाँच्नु छ भने यहाँको भौतिकवस्तु प्रयोग गर्नु छ भने सबैले ठेक्का लिएकै सम्झनुपर्छ, आफ्नो काम र कर्तव्य नै मान्नुपर्छ । जसले जे गर्न सक्छ, जति गर्न सक्छ सृष्टि, विश्व, देश र समाज हितको लागि गर्नुपर्छ, तर त्यसो गर्न कठिनाइ छ ! कठिनाइ कहाँ छैन ? स्वार्थलाई तीलाञ्जली दिएर कठिनाइ पार गर्ने कोही कोही हुन्छन् र ती उदाहरण बन्छन्, अमर हुन्छन् ।
मान्छेको सबैभन्दा ठूलो शत्रु र मित्र दुवै मन मात्र हो । यो कुरा जीवनको सत्य हुँदाहुँदै पनि वास्तवमा मान्छे आफ्नै कारणले सुखी वा दुःखी, धनी वा गरिब हुन्छ किनकि ऊ अरुलाई बदल्न चाहन्छ, आपूm बदलिन चाहँदैन । मान्छेले आफ्नो कुण्ठा, घमण्ड, स्वार्थ आदि छोड्ने हो भने वा आपूmलाई चिन्ने हो भने उसले जोसुकैबाट र जहाँसुकैबाट सुख प्राप्त गर्न सक्छ, आनन्द प्राप्त गर्न सक्छ ।
...

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु