झापा–सुर्खेत साहित्यिक सद्भाव भ्रमण २०६९

- झाँक्रीखोले

कुरा थाल्दा कहाँबाट थालौँँ हुन्छ । म २०६९-१०-२ गते इलामबाट झापाको दमक झरेको थिएँ । त्यसैले इलामबाट थालौं भने म एक्लो छु । झापाबाट थालौं भने इलाम–झापाको सम्पर्कमा सूचना छैन । एक जना अल्पसङ्ख्यामा परें । भ्रमणमा छुट्ने सम्भावना छँदै छ तर वरिष्ठ साहित्यकार चूडामणि रेग्मीको भरपर्दो सूचना र सहृदयी साहित्यकार कृष्ण निराकारको तारन्तार सम्पर्कले दमकको पश्चिम बस स्टान्डमा मिति २०६९÷१०÷४ गते बिहान ५ः४५ वजेदेखि ७ः०० बजेसम्म बाटो कुर्दा बल्ल बल्ल पूर्वबाट ‘साहित्यक सद्भाव भ्रमण झापा–सुर्खेत’ लेखेर ब्यानर टाँसेको मिनीबस ‘झाँकीखोले’ भन्दै मेरै अगाडि टक्क अडियो । बिहानको चिसोमा सेलाएको म एकै चोटी तातेर बसमा उठेर भित्र हेर्छु त चिनेजानेका पाँच अनुहार चूडामणि रेग्मी, कृृष्ण सुवेदी ‘निराकार’ देवी चरण भण्डारी ‘सरोज’, खगेन्द्रा ‘खुसी’ र विजय खरेलहरू अल्प हाँसोमा मलाई निहाल्दै गरे झैँ लाग्यो । दुई हात जोडेको अभिवादन चढाएर म पनि गाडीभित्रको रिक्तता र बसेका अनुहारहरूमा आँखा गाड्न थालें । आफ्नो आसन ओगटेर बुझ्दै गएँ –सँगै बसेका साथी रामचन्द्र उप्रेती हुनु हुँदो रहेछ । विजयसँगै रहने दिदी पार्वती खरेल, त्यसपछिको सिटमा एक्लै बस्ने कृष्ण प्रसाद उप्रेती तथा चालक गुरुजी र सहयोगी भाइ समेत खुकुलो गरी बसेको थाहा पाएँ । विलम्ब नगरी हामी अब पश्चिम यात्रातिर लाग्यौं । गाडीभित्रका आधाले चिनेको र आधाले नचिनेको म झाँक्रीखोेले एक खालको अमूक व्यक्ति नै भएछु । सँगै बसेका रामचन्द्रजीसँग म विस्तारै भिज्दै गएँ तर छिचोल्न नसकिने अथाह क्षेत्र भयो रामचन्द्र नामको पहाड मलाई र रामायण महाकाव्यको वानर सेनापति बालीले हनुमानको पुच्छर देखेर अत्ताल्लिए जस्तो । मलाई कहाँ समाऊँ कहाँ नै भयो तर दुई तिन घण्टापछि थपक्कै उहाँको मनलाई च्याप्पै समाएछु अनि त मन मिल्यो, वचन मिल्यो, आँट मिल्यो र अनुभव पनि मिल्यो तर हाम्रो घराना चाहिँ पटक्कै मिलेन । जे भए पनि झापाली साहित्यकारहरूसँग म भिज्दै गएको मात्र थिइन भिजाउँदै र रिझाउँदै पनि थिएँ । सबैभन्दा छिचोल्न साह्रो पर्नेमा कृष्ण प्रसाद उप्रेती र त्योभन्दा पनि गाह्रो पर्नेमा चाहिँं त्यो चूडामणि नामको ओजस्वी पहाड नै भयङ्कर लाग्यो । बाँकी थुम्काहरू त गौरी शङ्कर नजिकै फेदमा उठेका वामनहरू हुन् झैँ लाग्यो ।

बस बेलबारी पुगेछ । तिला लेकालीजीको आगमन भयो तर झोला मात्र गाडीमा लोड भयो । झोलाकी धनी चाहिँ अनलोड तैपनि पल्लो मोडमा चढ्ने जानकारी प्राप्त भयो । पल्लो मोडमा थपक्कै चढ्नु भयो तिलाजी । गाडी इटहरी पुग्दा सरला गुरुमा पनि फुत्तै चढ्नु भयो । मेचीकोसीको सङख्या यस पालि यति नै रहेछ । तल सुनसरी मधेसा निवासी उपेन्द्र ‘पागल’जीको घरमा बिहान ९ः०० बजे खाना खान पुग्नु पर्ने तालिकाले हाम्रो गाडीले सोझो बाटो छोडेर दक्षिणतिरको मोड लियो । उपेन्दजीको स्वागत अभिवादनसँगै ९ः३० बजे बफे डिनर शैलीको स्वादिलो भोजन सिध्याएर उहाँलाई लैजान नपाउँदाको विस्मय भाव पनि त्यही घरमा छोडेर जतिको तति भएर हामी पश्चिमे बाटोतिर फर्कियौँ । खाना खाँदा मैले घाँटीबाट फुकाएको मफलर बारमा राखेको थिएँ । त्यो त उहीँ छुटेछ । भरे एक घण्टापछि कानमा चिसो लाग्दा सम्झना भयो । मफलर बिर्सिएछु भनी सहयात्रीहरूलाई सुनाएँ । कानको जाडो सञ्चित हुँदै गयो । कृष्ण ‘निराकार’ले भन्नु भयो–“तपाईंलाई सामान बिर्सिन सजिलै हुन्छ । अस्ति हाम्रो घरमा पनि मास्क र रुमाल बिर्सिएकै थियो नि, खै के फरक प¥यो त ?” हल्का हाँसो गाडीभित्र कुद्यो, जिल्लिएको मुखले म पनि हाँसे तर गाडी हाँसेन, गइ रह्यो ।

अनायासै ुपागलजीुको फोन आयो निराकारजीलाई,‘यहाँ एउटा मफलर छुटेछ, कसको हो ?’उहाँले जवाफ दिनुभयो(ुझाँक्रीखोलेजीको हो राखिदिनुहोला ।ु ुहुन्छ हुन्छ ु भनेको आवाज आएर फोन बन्द भयो ।

हामी जति पर पुग्थ्यौँ यात्रा त्यति नै प्रिय बन्दै थियो । कोसी ब्यारेज पुगिएछ । सबैका आँखा कोसीका भँगाला र छालसँग तैरिन थाले । दृश्यावलोकन हुँदाहुदै त्यत्रो जलसमाधि नाघेर हामी सगरमाथाको किल्लातिर प्रवेश ग¥यौं । मेची र कोसीको स्मृति बिरानो हुँदै गयो उदयपुर र अझै उताको दृृश्य नयाँ र प्रिय झल्किन थाल्यो । तर त्यो सप्तकोसी ब्यारेजमा त एकछिन गाडी रोकेर तलमाथि हेरेको भए जल तरङ्गले भावनात्मक विकास हुने थियो । मैले त पुलको माथ्लो पाटो हेर्नै पाइन । थक्क थक्क लाग्दै थियो, सोच्दासोच्दै लहान पुगिएछ ।

गाडीमा चितवनदेखि यात्रुसङ्ख्या थपिन्छ भन्ने जानकारी थियो । समूहका सदस्यहरूमध्ये कसैले भुटेका मकै र फिलुङ्गगेको अचार, कसैले सुन्तला, कसैले बिस्कुट, कसैले काजु किसमिस, कसैले बदाम र कसै कसैले चक्लेट बोकेको रहेछ । म थिएँ सानो झोला च्यापेर खानेकुरा केही नबोकी पहाडबाट ओरालो लागेको मान्छे । पहाडमा रसिला वस्तुहरू त थिए नि तर बोकी लाने कठिनाइले सतुङ्गो भएर हिँडेको थिएँ । अरूको जोहो देखेपछि अब फेरि जाँदा चाहिँ मैले पनि केही न केही मुख मिठ्याउने खाने कुरा बोक्नै पर्ला ठानेँ । सबै यात्रीहरूको खाने कुरा हात थापेर खाइ रहँे । यो उधारो मैले कुन संयोगमा बुझाउन सकुँला र ? लाखेस, अर्को पालि आओस् त म दुई केजी मेलका दाना बोकेर लैजान्छु ।

बेलुकाको आवास खाना भैरहवामा हुने पूर्व तालिका बमोजिम हामी गइ रह्यौँ । गाडीभित्रको खुला सत्रमा देवी चरण र खगेन्द्राजी भएर गीत, गजल, मुक्तक र कविताहरू उच्चारण गर्दै गला तिखार्दै मनोरञ्जन दिइ रहनु हुन्थ्यो भने ‘निराकार’जी खानाखाजा, यात्रा, बाटो, दुरी र यात्री र समयसँग आबद्ध रही सचेतकको भूमिका निर्वाह गर्नु हुन्थ्यो । दिउँसो ३ः०० बजेतिर हामी अमलेख गन्ज काटेर पारि पुग्यौं र खाजाका लागि विश्राम ग¥यौं । गाडीले अलिकति तेल खायो, हामीले खाजा खायौं । चूडामणि गुरुको प्रहरी डिएसपीसँग भेट्ने इच्छा रहेछ तर पर्खिंदा पर्खिंदा समय मात्र सकिएछ । चिया खाजा सकेपछि हामी बाटो लाग्यौं । ९ बजे भैरहवा पुगेर खानपिन गर्दा ११ बजेसम्ममा सुत्न पाइन्छ । बिचको समयमा त्यहाँका साथीहरूसँग भलाकुसारी गरिन्छ भन्दै यही सोचाइमा गइ रहयौं । ९ः३० बजेको सयममा अचानक गाडी रोक्नु पर्ने सङ्केत मिल्यो । यस ठाउँलाई मुकुन्दपुर भन्दा रहेछन् । कुरो बुझ्दा घटना आतङ्कपूर्ण रहेछ । मुकुन्दपुरको स्थानीय एक युवकंंंंं....ंंंं.. थापा भाइ मोटर बाइकमा घरतिर जाँदै गरेका रहेछन् पश्चिमबाट आएको एउटा टिप्परले ठक्कर दिँदा घटना स्थलमा नै गिदी छयालब्याल भएछ । बिचरा अकालमा गुमेछन् । यस तनाबबाट स्तब्ध बजार, यातायात र सम्पूर्ण आवागमन बन्द रह्यो । हामी आटकापाट नचली गाडीभित्र थुप्रि रह्यौं । मुकुन्द पुरका केही सुझबुझ हुने साथीहरू र गुरुजीले वेला वेलामा घटनाको स्थितिबारे हामीलाई जानकारी गराउनु हुन्थ्यो । तर बाटो खुल्ने सम्भावना थिएन । हामी अलपत्र प¥यौँ र स्थितिबारे भैरहवाका साथीहरूलाई सम्पर्क ग¥यौँ । हाम्रो प्रतीक्षा गर्ने भैरवेली मित्रहरू पनि अन्योलमा पर्नु भयो । भैरहवामा तयार हुने हाम्रो खाना स्थगित भयो भने ओछ्यानहरू चिसिए । प्रतीक्षार्थीहरू उङ्न थाल्नु भायो । रातको २ बजे यातायत खुलेको सूचना पाएर हाम्रो गाडी पङ्क्तिमा बसेको मात्र के थियो अज्ञात स्थलबाट १½ केजीको ढुङ्गा झ्यालमा बज्रिएर भित्र छि¥यो । तर कसैलाई चोट लागेन । दायाँबायाँ नहेरी डरले मन खुम्चाउँदै अघि बढ्दै १० मिनेट लगातार बाटो काट्दा पनि गाडी लाम लागेको पङ्क्ति टुङ्गिएको थिएन । यसपछि अरू घटना चाहिँ थपिएन । मध्यरातको यस यात्रामा ३ बजे भैरहवा पुगेर विश्राम गरियो । बिहान ५ बजे उठेर गाडी चढयौँ ।

मेचीदेखि लुम्बिनीसम्मका साहित्य पुजारीहरूको सङ्ख्या थपिँदै थियो । सङ्ख्या बढ्दाबढ्दै अब गाडी भरिएको थियो । बिहानको यात्रा द्रुत गतिमा थियो । गाडी चालक त्यस क्षेत्रको सानो ठाउँ बाहेकका बजारहरूका जानकार हुनुहुन्थ्यो । यसैले गति रोकिँदैनथ्यो । डा.कपिलदेव लामिछाने दम्पती, तिलक लामिछाने, राम प्रसाद अर्याल, बाबुराम पाण्डे, राधाकृष्ण शर्मा, कृष्ण बस्याल दम्पती, पुनराम गिरी, राम श्रेष्ठ,जागेश्वर नेपाल, अच्युत घिमिरे, सिन्धु जलेसा आदि गाडीमा उपस्थित हुनु भयो । बसाइ गम्म न्यानो थियो । गाडीभित्रै अनौपचारिक साहित्यिक अभिव्यक्तिको खुला सत्र सुरु भयो । उद्घोषक देवी चरण भण्डारीज्यूको अनुरोधमा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीज्यूको छोटो चुट्किलाबाट कार्यक्रम अघि बढ्यो । पालैपालो सबैको अभिव्यक्ति खुल्दै गयो । मनोरञ्जन आदान प्रदान भइ रहयो । बिहान ९ बज्दा रूपन्देही जिल्लाको सिद्धार्थ बहुमुखी क्याम्पस वाणगङ्गा पुगिएछ । त्यहाँ औपचारिक अभिव्यक्ति कार्यक्रमलाई स्थगित गरियो । सिद्धार्थ क्याम्पसमा त्यहाँका क्याम्पस प्रमुख लगायत छिमेकी साहित्यकार र क्याम्पस स्टाफहरूबाट चिनजान कार्यक्रम राख्नु भएको रहेछ । साहित्यिक व्यक्तिव्य र प्राध्यापन सम्बद्ध दुबै पक्षको क्याम्पस सभाकक्षामा परिचय आदान प्रदान गरियो । छोटो परिचयात्मक बसाइ सकेर हामी बाटो लाग्यौं ।

हाम्रो गाडी गोरुसिङ्गे पुगेछ । समय १२ बजेको हुँदा खाना खान ढिलो हुने महसुस गरी लुम्बिनी होटलमा पसेर खाना खायौं । खाना पछाडिको यात्रामा आलस्य बढेर निद्राले जितेको हुँदा अभिव्यक्तिको खुला सत्र भोजन पछि दोहोरिएन ।

हाम्रो बाटो सानातिना खोल्सा र खोलाहरू तरेर कतै पहराको फेदी त कतै जटिल घुम्तीहरू छिचोल्दै वन जङ्गल र बुट्यानभित्र पस्तै लुुक्तै निस्कँदै गथ्र्यो । ठाउँ ठाउँमा बाटो कता जान्छ भनेर मनको अडकल हराउँथ्यो तर एकै छिनपछि बाटो भने कतै नहराई भेटिन्थ्यो । त्यसैले हामीलाई लागि रह्यो, बाटो कतै उत्तरतिर कतै दक्षिणतिर र कतै अन्य विदिशाहरूमा पनि तन्किन पुग्थ्यो । जरायोका सिङमा हाँगा थपिए झैँ यसका शाखा र उपशाखा अनगन्ती बनेका रहेछन् । यो राजमार्ग रूपी वृक्ष महावृक्ष रहेछ र पो हजार वर्ष बडा, हजार वर्ष खडा र हजार बर्ष पडा हुने सखुवाको हजुर्बा भन्न मिलेको रहेछ । बाटाको जीवन ३००० वर्षको मात्र गणना हुन्छ र ? बढी हुन्छ नि † सखुवा त ३००० वर्ष मात्र ।

एउटा ठुलो नदी तरेर गाडी पारि पुग्यो । यो राप्ती नदीको पुल रहेछ । राप्ती भालुबाङ हुँदै बाटो दाङको देउखुरी पुग्दो रहेछ । १ः३० बजे हामी देउखुरीबाट पश्चिम लाग्यौँ । दिन धुमिएको थियो । पानी पर्न थाल्यो । लामो दुरी पार गर्दै बाँके जिल्लाको कोहलपुर पुगेर गाडी उत्तरतिर मोडियो । पानी बाक्लो परेपछि हाम्रो गाडीका दायाँबायाँ दुबैतर्फका झ्याल छेउका आसनमा भित्रैपट्टि पानी तरर चुहेर बसेको ठाउँमा भिजायो । सबैभन्दा बढी भिज्नेमा म परेछु । बाक्लो ज्याकेटको भित्री भाग पानीले छिचोलेछ । ज्याकेट निचोर्न म सिट छोडेर उठें । हामी कतिखेर बर्दिया लाग्यौँ, पत्तो भएन । जङ्गलमा जाँदै गर्दा पछाडिबाट कमरेड मोदनाथ प्रश्रित दम्पती सवार भएको गाडीले पछ्याइ रहेको रहेछ । जानकारी पाएपछि हामीले गाडी रोक्यौँ । बाहिर निस्किएर अभिवादन साटासाट ग¥यौँ । हाम्रा लागि अर्को सद्भावयुक्त समूहले साहित्यिक ऊर्जा थप्यो । उहाँहरू दम्पतीलाई सम्मानको निमन्त्रणा गरेको रहेछ सुर्खेतले, बल्ल जानकारी भयो । हामी जादाँजाँदै सूर्यले बिदा मागे । हामीलाई कालो छोडि दिए उनी डुबे । पानी परि रहेकाले साँझपछि दिनको जस्तो तीव्र गति गाडीले लिन सकेन । पहाडको फेदीबाट उकालिँदै बर्दिया छिचोलेर हामी सुर्खेततिर ओरालिन थाल्यौं । हामी हिँडेको बाटामा बढी दुरी जङ्गलले ओगट्यो र अहिले पनि हामी जङ्गलमै थियौँ । तल दाङ देउखुरीमा अवस्थित उपत्यकाभन्दा सुर्खेत उपत्यकाको प्रकृति छुट्टै विशेषता बोकेको पाइन्थ्यो । राप्ती किनारको दाङ उपत्यका तराई र चुरे पहाडसँग सन्निकट उचाइमा रहन्थ्यो भने यो माथ्लो सुर्खेत उपत्यका पश्चिमतिर गिरिघाट खोला वेष्टित दक्षिणतिर भेरी वेष्टित र उत्तरतिर उच्च पहाडले परिवेष्टित र पूर्वतिर भने झुुुप्राखोला वेष्टित रहेछ । रातको अँध्यारो र पानी परिरहनाले यस उपत्यकालाई राम्ररी निहाल्न सकिएन । दुई दिने छोटो बसाइमा अग्लो पहाड चढेर माथिबाट अवलोकन गर्न पनि समय पुगेन । सिमसिमे झरीको असजिलो बाहेक अन्य बाधा नपरीकन बेलुका ८ बजे सदर मुकाम सुर्खेतले हामीलाई स्वागत ग¥यो । हामीले वीरेन्द्र नगरको दर्शन ग¥यौँ । गन्तव्य स्थलमा पुग्दा हामी सुर्खेतप्रति आभारी थियौं । मन कामना होटलमा हामीलाई भोजन र आवास प्रबन्ध मिलाइएको रहेछ । नेपाल प्रज्ञा प्रतिष्ठान मूल आयोजक तथा अन्य १७ वटा सहआयोजक सङ्घसस्थाहरूको सरसहयोगमा व्यवस्था गरिएको आतिथ्यको हामीले सराहना नगर्ने ठाउँ नै रहेन । धन्य छ प्रज्ञा प्रतिष्ठान र सहआयोजनकहरूलाई । त्यसरी नै धन्य होस् सुर्खेतका वर्तमान अग्रद्रष्टा र योजना प्रबन्धक डा.जीवेन्द्र देव गिरी, डा. दीपक गौतम तथा क्याम्पस प्रमुख लगायत सपरिवार सुर्खेत निवासीलाई ।

बेलुका १० बजे भोलि बिहान मिति २०६९।१०।६ गते हाम्रो समूह सुर्खेतको काँक्रे विहार पुगेर त्यस क्षेत्रको अवलोकन गर्दै दीर्घायुको शुभ कामना प्रकट गरी फर्किनु पर्छ भन्ने सूचना प्रसारण भयो । यस सूचनाले म खुसी थिएँ किनभने अग्रणी पङ्क्तिका महिलाको सम्मान र शुभ कामना प्रकट गरिने नेपालीहरू थोरै छन् । त्यसमध्येकी एक सशक्त नारी कविता पौड्याललाई मान्नु पर्छ । कविता पौड्यालले नेपाली वामपन्थी आन्दोलनमा एउटा इतिहास निर्माण गरि सकेकी छन् । त्यसैले शुभ कामनाका लागि शार्दूल विक्रीडित छन्दमा मैले एक श्लोक रचना गरें । रात बित्दै गएको र जाडो महसुस भएकाले बिहानको कार्य तालिकामा केन्द्रित हुँदै ५ वजे उठ्ने तयारीका साथ शयन ग¥यौं ।

भोलि पल्ट मिति २०६९।१०।६ गते बिहान एउटा उदेक लाग्दो कुरा भयो । म ५ बजे उठेर निस्कँदा ७५ वर्षका चूडामणि गुरुले राति नै उठेर बिहानको व्यायाम र प्राणायाम सक्नु भएको रहेछ । मलाई लाग्यो मान्छे उमेरले बुढो हुँदैन तर अनाभ्यासले बुढो हुन्छ । क्रमशः साथीहरू उठेर स्नानपछि चियापान सकेर बाहिर भेला भयौं । गाडीले सङ्केत गरेपछि सुर्खेतका विशेषता चिनाउने स्थलहरू अवलोकन गर्न बाटो लाग्यौं । हाम्रा पथ पद्रर्शक तथा सुर्खेत दोभासे सचेतक डा. जीवेन्द्र देव गिरीबाट सुर्खेतका हेर्नु पर्ने मुख्य स्थलहरूमा (क) बुलबुले ताल, (ख) गङ्गामाला देउती बज्यै मन्दिर, (ग) काँके्र विहार (घ) लाटी कोइली मन्दिर, (ङ) मङ्गल गढी, (च) विश्व विद्यालय परिसर, (छ.) वीरेन्द्र नगरको सुर्खेत बजार (झ) कर्णाली राजमार्ग (ञ) सुर्खेत विमास्थल (ट) घण्टाघर, (ठ) बयल काँडा गढी (ड) उत्तर गङ्गा मन्दिर (ढ) एस.ओ.एस. र क्षेत्रीय अस्पताल क्षेत्र, (ण) रेडियो नेपालको सुर्खेत स्टेसन आदि जस्ता यहाँ मुख्य स्थल मानिन्छन् भन्ने जानकारी प्राप्त भयो । यस बाहेक यहाँको प्राकृतिक वन, भेरी नदी, स्थानीय खेतीपाती, सुर्खेतको पानी बाहिरिने निकास आदिबारे पनि गाडीभित्रै हामीलाई जानकारी गराइएथ्यो । दिनको ११ बजे बिहानको भ्रमण सकेर दिउँसोको कार्यक्रमस्थल शिक्षा क्याम्पस सुर्खेतमा पुग्नु पर्ने थियो, त्यसैले हरेक ठाउँमा हामीले समयबद्ध हुनु थियो । हाम्रो गाडी टक्क रोकियो । ओर्लिएर यसो हेर्दा बुलबुले ताल परिसरको प्रवेशद्वार रहेछ । हामी भित्र पस्यौं । मैले सोधें–सर, यो उमे्रको पानी हो कि कतैबाट ल्याएको ?

डा.जीवेन्द्र–यो शुद्ध पानीको मूल हो । यो पृथ्वी फोरेर निस्किएको गङ्गाजल हो ।

झाँक्रीखोले–बाफ निस्कन्छ त सर ?

डा.जीवेन्द्र–अँ, पानी तातो छ । बाफ निस्कन्छ । यो प्राकृतिक गुण हो यस पानीको ।

(क) बुलबुले तालः समतल सतहमा धर्तीभित्रबाट पानीको भुलभुल भुल्को निस्किएको जलस्रोतलाई स्थानीय बोलीमा बुलबुले पानी भनिएको रहेछ । सुर्खेतको वीरेन्द्र नगर नजिकै पहिले बुलबुले ताल भेटिन्छ । एकापट्टिको किनारमा मध्य पश्चिममाञ्चल विश्व विद्यालय निर्माण स्थल चार बिघा क्षेत्रफलमा विस्तारित रहेको छ । बुलबुलेको भुल्को खोलो बगि रहने जलस्रोत रहेछ । धर्तीनिसृत जल मनतातो अनुभूति हुन्छ । पानीबाट बाफ उठेको देखिन्छ । बाफ बिहान मात्र देखिन्छ, दिउँसो देखिँदैन । जाडो मौसममा पनि नुवाइ धुवाइ गर्न जाँगर लाग्छ । पानी कञ्चन नीलो र शुद्ध देखिन्छ । मूलको पानी खाएका सुर्खेती कुलका सन्तानहरू सोझा र सरल प्रकृतिका झल्किन्छन् । केही वर्षयता यस पानीलाई प्रयोग गर्न चारकुने पोखरी निर्माण गरी ५÷५ धाराका दुई ओटा स्नानकक्ष निर्माण गरिएको छ । एकातिर पुरुष र अर्कातिर महिलाका स्नानस्थल रहेका छन् । नुहाउन, कपडा धुन र सरसफाइ गर्न आगन्तुक पर्यटक, यात्री र नगरवासी तथा गाउँलेहरूलाई स्वतन्त्र छ । तालबाट पाइप राखेर अन्यत्र पानी नलैजाने निर्णय नगरवासीले गरेका छन् । पानी प्राकृतिक गतिमा बगि रहेको छ । केही तलतिर डोल परेको फराकिलो जमिनको छेउकुना (पुरानै ताल) काटेर उक्त ताललाई अझै विस्तार गरिएको छ । बुलबुले तालबाट बगेको पानी निकास हुँदै भेरी नदीमा मिसिन्छ । तालका वरिपरि डुङ्गाहरू बाँधिएका छन् । गर्मीको मौसममा जल विहार गर्न अत्युत्तम मानिन्छ । पुरानो किंवदन्ती अनुसार यस पानीमा नुहाउनाले जिउका घाउ खटिरा निको हुने र शरीरको रगत दूषित छ भने शुद्ध हुने भनिन्छ । यहाँ स्नानार्थ आउने यात्रीहरूको खचाखच हुन्छ । तालका छेउछाउमा धुपी, सल्लो, साल, आँप, चिउरी तथा वर पिपलका वृक्षहरू र डाले घाँसका बोट तथा अम्लिसो घाँस पाइन्छन् ।

हामी बुलबुले ताल हेरि सकेर अगाडि बढ्यौं । एउटा पुरानो मन्दिर देखा प¥यो तर अपसोच † बाख्राको छिनेको टाउको घिसारेर रगतको पोतोसँगै भित्र लाँदै गरेको देखियो ।

झाँक्रीखोले–सर, यो मन्दिरमा पशुबलि चढाइन्छ ?

डा.जीवेन्द्र–बाख्राको पाठो र परेवाको बलि दिन्छन् । अरू पशु होइन ।

झाँक्रीखोले–दिनैपिच्छे यत्तिकै चल्छ ?

डा.जीवेन्द्र – अचेल एक सातामा न्यूनतम एक दिन चाहिँ दिनु पर्छ रे ।

(ख) गङ्गामाला द्यौती बज्यै मन्दिर ः यो मन्दिरको परम्परा सिन्जाली राजाले चलाएको भनिन्छ । मन्दिरमा राजी (माझी) जातिका पुजारी बस्तछन् । मन्दिर परिसर फराकिलो छ । सानो कदको देवीको मूर्ति प्रतिस्थापन गरिएको छ । पूजा गर्नका लागि प्रत्येक बिहान बाख्राको पाठो चाहिन्छ । मुख्य मन्दिरका छेउछाउमा भारेभुरे अरू देवीहरू पनि स्थापना गरिएका छन् । पाठाको रगत बलि बढाएर मात्र यहाँकी देवी खुसी पार्न सकिने मान्यता रहकोले त्यो प्रथा अद्यापि छँदै छ । पाठाको टाउको बाहिरै छिनाएर जमिन रगतले पोत्दै घिसारेर देवीका थानमा लगेर खुन झारिन्छ । यो परम्परा देख्ता मांसाहारीलाई आनन्द लागे पनि साधु र शाकाहारी जनलाई असह्य घृणा बोध हुन्छ तैपनि विरोधको स्वर यहाँ प्रकट भएको पाइँदैन । भोगीहरूको सङ्ख्या बढी भएकाले खुनिलो बलि प्रथाको विरोध गर्न कसैलाई आँट नपुगेको बुझिन्छ । सुरु सुरुमा राजी जातिको उत्थान हुँदा धेरैजसोले काटमार तथा सिकारबाट जीविकोपार्जन गरेको हुँदा आज पनि उनीहरूको बाहुल्यमा रहेकी द्यौती बज्यै मन्दिरमा हप्तामा न्यूनतम एक पल्ट खुनको भोग दिनै पर्ने र नदिँदा बज्यै रिसाउने खतरा बताइन्छ । खतरा बताए पनि अचेल राजी बाहेक अन्य मूलका भक्तहरूको खुनविनाको शुद्ध धूप बत्ती पूजा र आराधना त्यही परिसरभित्र गरेको पनि पाइन्छ । शुद्ध धूपबत्तीको आराधना देख्दा हामीलाई शान्तिको अनुभूति त भयो तर भित्र मन्दिरमा जमेको खुनको दहलाई बाहिरको धूपबत्तीले सुगन्ध बढाएर जीवहत्याको कलङ्क पचाए झैँ लाग्यो । धूपबत्ती गर्दैमा पाशविक हत्याको प्रायश्चित्त हुन सक्छ र ? हामीले आँखा चिम्लिएर खुनी बाटाबाट आफ्ना नजरलाई बचायौं । बाहिर निस्किएर अर्को निर्दिष्ट स्थलको बाटो पक्रियौँ ।

झाँक्रीखोले–सर, काँक्रे विहार यहाँबाट कता पर्छ ?

डा.जीवेन्द्र– यहाँबाट दक्षिण पश्चिम भन्दा ठिक पर्ला । त्यसलाई पहिले पहिले स्थानीय निवासीहरू काँक्री विहार भन्थे तर आजकाल काँक्रे विहार भन्न थालिएको छ ।

झाँकीखोले–कति समय लाग्ला सर ?

डा.जीवेन्द्र–गाडीमा विस्तारै जाँदा ८÷१० मिनेट लाग्ला कि ।

(ग) काँके्र विहार ः यो विहार रहेको स्थान वनकाँक्रीका आकारको देखिन्छ । डाँडो तल भन्ज्याङबाट क्रमशः उचालिँदै काँक्रीको टुप्पो झैं माथि फुकेको तल घाँटी छिनेको भुन्टे आकारमा रहेको छ । डाँडाको धारबाट बाटो उँभो जान्छ । दुबै किनारमा संरक्षित जङ्गल छ । १७५ हेक्टर क्षेत्रफल ओगटेको यस वनलाई निरन्तर हेरचाह गरेर वनस्पति जोगाइएको छ । अटुट गोडमेल र वृक्षरोपण गरी हराभरा पारिएको छ । सिरानतिर अलिकति उकालो चढेर विहारमा पुगिन्छ । यो निकै आश्चर्यको ठाउँ छ । यहाँ सिङ्गो र सद्दे विहार हेर्न पाइँदैन । लडेको भग्नावशेषका ढुङ्गाहरू हेरेर चित्त बुझाउनु पर्दछ । यो ठाउँ मात्र आश्चर्यको होइन विहारको भग्नावशेष देख्दा आश्चर्यसँगै कौतूहल बन्न थाल्छ । भनिन्छ यो विहार तेह्रौं शताब्दीमा भत्किएको अरे । कहिले बनेको थियो त भन्दा छैटोैँ शताब्दीमा हो कि भन्ने अड्कल काटिन्छ । मलाई त त्यो अड्कल पनि पत्याऊँ जस्तो लागेन । यहाँ पाँचसात जना मान्छेले मात्र उचाल्न सक्ने अजङ्गका ढुङ्गाहरूको छेउकिनार खिपेर पर्खाल बनाएको देखिन्छ । कसरी उठाइएको होला ? त्यस वेला ढुवानीको साधन मान्छे मात्र थिए हुन् । लडेका यी शिलाहरू पनि चारपाँच जनाले पल्टाउन सकिने छन् । कुनै कुनै शिलामा अक्षर र आकृतिहरू कुँदिएका छन् । एउटा शिलामा चार जनासम्म मान्छे बस्न सकिन्छ । पर्खालको तेस्रो तहसम्म जीर्णोद्धार गरी उठाइएको छ, त्यहाँदेखि उँभोको विहारको संरचना सबै भत्केको देखिन्छ । पर्खाल लडेको छैन । लडेका शिलाहरूले पर्खाल नाघेका छन् । छोपेका छन् र थिचेका छन् । कुँदिएका आकृति हेर्दा काठमाण्डौको हुनमान ढोका र भक्तपुरको शिल्पकलाभन्दा यो पुरानो र अद्वितीय हो लाग्दछ । यी शिलाहरू पूर्वी पहाड र तराई झर्ने खोला बगरका भन्दा अर्कै प्रकृतिका चेप्टा र ठुला छन् । लामा लामा यी ढुङ्गाका छेउछाउमा खानी भएको पनि थाहा छैन । यी सुन्दर शिलाहरू कहाँबाट ल्याएर यो विहार निर्माण गरियो होला ? पक्कै पनि चुरे पहाडभित्र यसको खानी हुनु पर्छ । यो शिलाको विषयले इतिहासविद् र अनुसन्धातालाई चिन्ता नबढ्ने त कुरै भएन । मलाई पनि यो शोचनीय विषय बनेको छ । विहारभित्र मूर्ति छोपिएको छ कि, लडाएर चोरिएको पो हो कि या अन्यत्र कतै लगिएको छ ? यी शङ्कालु जिज्ञासाहरू छँदै छन् । जे भए पनि विहार परिसरमा बसौँ बसौँ लाग्दो छ, घुमौँ घुमौँ लाग्दो छ र विभिन्न दृश्यहरूलाई क्यामेरामा खाँदौँ, खाँदौँ लाग्दो छ । बिसे बाइसे युवाहरूलाई यो डाँडो नै उठाएर हिँडौँ, हिँडौँ लाग्दो हो, आँखा नचिम्ली हेरि रहौँ लाग्दो हो या उतै बसौँ लाग्दो हो । पन्ध्र दिनपछि पनि मैले चाहिँ काँके्र विहार सम्झिन छोडेको छैन ।

हिजो बेलुकाको सल्लाह र सूचना अनुसार हाम्रो समूह बिहान ८ः३० बजे काँक्रे विहार पुग्यो । हामीसँगै सुर्खेतेली विशिष्ट व्यक्तिहरू पनि हुनु हुन्छ । हामी टक्¥याक् टुक्रुक् चेप्टा शिलाहरूमा बसेर वरिपरि, तलमाथि र वारिपारि हेर्न थाल्यौँ । महिला साहित्यकार कविता पौड्यालको ६७ औं जन्मोत्सवको सम्मान शुभ कामना प्रकट गर्ने औपचारिकता आरम्भ भयो । उद्घोषक डा.जीवेन्द्र देव गिरीले सभाध्यक्ष डा.कपिल देव लामिछाने, प्रमुख अतिथि वरिष्ठ साहित्यकार चूडामणि रेग्मी, विशेष अतिथि नेपाल संस्कृत विश्व विद्यालयका रजिष्ट्रार जगत उपाध्याय र सम्मानित व्यक्तित्व कविता पौड्यालज्यूलाई आसन ग्रहण र (शिलामाथि) गर्ने अनुरोधसँगै उपस्थित मान्यजनहरूलाई यथा स्थानमा आसन ग्रहण गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रम अघि बढ्यो । प्रमुख अतिथिज्यूबाट सम्मानित व्यक्तित्व कविता पौड्यालको योगदान र महत्त्वबारे प्रकाश पार्दै दीर्घायुको शुभ कामना प्रकट गरियो । क्रमशः रजिष्ट्रारज्यूबाट सुर्खेत हेर्न नभुलौं भन्दै कविताजीलाई दीर्घायुको शुभ कामना प्रकट गरियो । भारेभुरेमध्येको मलाई पनि कवि तथा साहित्यकार झाँकीखोलेज्यू भनी नाम उच्चारण गर्र्दै शुभ कामना प्रकट गरि दिन उदघोषकज्यूले आग्रह गरेपछि विना सम्बोधन छोटो मिठो शैलीमा कवितालाई कविता नै वाचन गरी मैले पनि दीर्घायुको शुभ कामना प्रकट गर्ने अवसर पाएँ । हातमा फुलसँगै कवितासँग बिछोड नामको सानो खण्डकाव्य उपहार टक्य्राउँदै शुभ कामना श्लोक यसरी वाचन गरेँ ः—

ुराम्प्यारी कविता भइन् समयले सङ्घर्ष गथ्र्यो जहाँ

अर्घाखाँचि उदाउँदा विजयले नेपाल हाँस्यो यहाँ ।

हाँस्छन् यी जनता उदार मनले सद्भावना अर्पिँदै

शान्तीको शुभ कामना छ कविता दीर्घायु बन्नू सधैँ ।।ु

मैले पढि नसक्तै कविताजीमा हर्ष उम्लि हाल्यो । रातो लाली झैँ उहाँ प्रसन्न भएको देख्दा त्यहाँ उपस्थित श्रोता सबैेले यस पङ्क्तिका सर्जकको प्रशंसा गरेको सुनियो । म मनमनै खुसी थिएँ । सम्मानित व्यक्तित्व कविताजीको छोटो अभिव्यक्तिपछि सभाध्यक्षबाट कार्यक्रम समापन गरियो । त्यहाँबाट हामी लाटी कोइली मन्दिरतिर झ¥यौँ । गाडीबाट ओर्लिएर फेरि कुराकानी गरियो ः—

झाँक्रीखोले–सर, यो लाटी कोइली मन्दिर बन्नुको के विशेषता छ ?

डा.जीवेन्द्र – भनिन्छ सुरुमा यो जङ्गलबिचमा लाटालाटी भेट भएर सानो मन्दिर बनाएछन् । त्यस मन्दिरमा निरन्तर पूजा चलेको वेला माथि रुखमा बसेको कोइली कुहु....कुहु गरी बास्न थालेछ । कोइलीको धुन मिसिएपछि लाटी कोइली भनिएछ ।

सरको जबाफ पाएर पनि हाम्रो चित्त अन्य विषयमा अझै जिज्ञासु थियो । हामी मन्दिरका पुजारीकै अगाडि आइ पुग्यौं । पुजारीको अभिवादनसँगै हामीले उहाँको परिचय पायौँ अक्षय कुमार योगी । उहाँले मन्दिरसँग सम्बन्धित छोटो कविता मुखाग्र सुनाउनु भयो । तर यहाँ कविता समावेश गर्न सकिएन । क्षमाप्रार्थी छु । अहिले मन्दिर मात्र होइन गाउँलाई पनि लाटी कोइली गाविस भनिँदो रहेछ ।

(घ) लाटी कोइली शिव मन्दिर ः वरिपरि आँप, बयर, बेल वर र पिपल वृक्षहरूको छहारीभित्र लाटी कोइली शिव मन्दिर अवस्थित छ । किंवदन्ती अनुसार यो बिच जङ्गलमा लाटालाटी भेट भएछन् । तिमीहरूमा साङ्केतिक भाषा आदान प्रदान हुँदा हार्दिकता बढेछ । त्यसपछि बिहानको समयमा दैनिक उपस्थित हुन थाले छन् । गाउँलेहरूले उनीहरूलाई देखेछन् । त्यहाँ ढुङ्गाको गुफा जस्तो ठाउँमा लाटालाटीले देवीको पूजा गर्न थालेछन् । दिनहूँ प्रातःकालको लाटालाटीको पूजा र सद्भाव बढेको माथि रुखमा बसेको कोइलीले बुझेछ र पूजाको वेला कोइली पनि कुहु.....कुहु.... गरी बास्न थालेछ । त्यसपछि गाउँका बाठाबाठीहरू पनि आउन थालेछन् । पूजा गरेको ठाउँमा एउटा मन्दिर बनाइएछ । यो मन्दिर वि.सं.१६३९ मा बनेको रहेछ । पूजा समयमा कोइली पनि बासेको हुँदा त्यस मन्दिरलाई लाटी कोइली भनिएको छ । मन्दिरको नजिकै पढ्ने विद्यालय पनि बनेको रहेछ । आजभोलि त्यस मन्दिरमा पार्वती र शिवलिङ्ग (सर्प सहितको) स्थापना गरिएको छ । मूर्ति राखेर दुबै शक्तिको पूजा आराधना गरिन्छ । पुजारीले नैमितिक कर्महरू गरि रहन्छन् । लाटालाटीका मुख्य देवी देवता पनि शिव पार्वती नै हुन् भन्ने कथनबाट यस मन्दिरको महत्त्व अझै बढेको बुझ्न सकिन्छ । शिवजीलाई मन पर्ने वेलवृक्ष मन्दिर वरिपरि हुँदा मन्दिरको अलङ्कार त बढ्यो, माथि रुखमा भएको पक्षीजन्य कुञ्जले सुनमाथि सुगन्ध पनि भरेको छ । कोइलीको निवासमा जङ्गल नै वसन्तमय झल्किन्छ ।

लाटीकोइली छोडेर हामीे सुर्खेत बजारतिर आयौँ । बाटाको उत्तरतिर केही होचिएको जमिन देखा प¥यो ।

झाँक्रीखोले–पर देखिएको कस्तो किल्ला हो सर ?

डा.जीवेन्द्र –त्यो मङ्गल गढी हो ।

झाँक्रीखोले–मङ्गल गढीको के महत्त्व छ सर ?

डा.जीवेन्द्र– यो पानीले चारैतिरबाट घेरेको गढीका रूपमा प्रसिद्ध छ । अहिले यहाँ सैनिक क्याम्प पनि रहेको छ ।

झाँक्रीखोले–सर, सहिद पार्क यहाँ छ कि छैन ?

डा.जीवेन्द्र –छ, सहिद पार्क दशरथपुरमा छ । क्रूर पञ्चायती सरकारले २०३६ सालमा हत्या गरेका किसान सहिदहरूको अभिलेख त्यहाँ छ ।

झाँक्रीखोले–वीर योद्धाहरूले सहादत वरण गरेको सम्झनामा उहाँहरूको सालिक निर्माण गर्न सक्त्ता हाम्रो देशभक्तिको एउटा प्रमुख कर्तव्य झल्किन्थ्यो । ती सात जना किसान र कृष्णसेन इच्छुकको सालिक बनाए के होला सर ?

डा.जीवेन्द्र– सहिदहरूको सम्मान गर्नै पर्छ । उहाँहरू देश र जनताका अग्रद्रष्टा हुनु हुन्थ्यो । उहाँहरूप्रति हामी नतमस्तक रहन्छौं । उहाँहरूको सपना साकार पार्नु पर्छ ।

(ङ) मङ्गल गढी ः लाटी कोइली मन्दिरबाट गाडीमा ४ मिनेट भित्र पस्दा मङ्गल गढी सैनिक छाउनी देखिन्छ । यो ठाउँभित्र नै मङ्गल गढी भनिने वरिपरिबाट पानीले घेरेको किल्ला छ । बिचमा उठेको र वरिपरि गैरी परेर पानी जम्ने चिस्यान भूमि हो त्यो । बिचमा उठेको जमिनको फाँट सुरक्षित महसुस गरी गढी भनिएको हो । उपमहानगर पालिका विस्तारित हुँदै जाँदा भविष्यको जनसङ्ख्या र वातावरण नबिथोलिने गरी सैनिक आवास यस ठाउँमा उपयुक्त ठहर गरियो । बजार र अरू गल्लीहरूबाट अलग्ग ठाउँ भए पनि धेरै ठुलो वर्षा हुँदा यहाँको गैरी भाग जलमय हुन्छ, तैपनि अहिलेसम्म कुनै क्षति भएको छैन ।

(च) विश्व विद्यालय परिसर ः सुर्खेतमा मध्य पश्चिमाञ्चल विश्व विद्यालय हालै सञ्चालनमा आएको छ भने त्रिभुवन विश्व विद्यालयका क्याम्पसहरू पहिलेदेखि नै सञ्चालित छन् । म.प.वि.को आफ्नो भवन बुलबुले तालको उत्तरतिर राजमार्गका छेउमै निर्माणाधीन रहेको छ । शैक्षिक आवश्यकता पुरा गर्न दुबै विश्व विद्यालयका क्याम्पसहरूले योगदान गरि रहेका छन् । म.प.वि.निर्माणको जग राख्ने कार्य वीरेन्द्र नगरको आफ्नै जग्गामा प्रारम्भ भएको छ । यसको विस्तारित निर्माणका लागि सुर्खेत उपत्यका प्रवेशको पूर्वी भागमा जग्गा उपलब्ध गर्ने प्रयत्न भइ रहेको छ । सुर्खेतले विश्व विद्यालयीय उपलब्धिबाट आफ्नो शिर उँचो पार्ने कुरा उल्लेखनीय छ ।

डा.जीवेन्द्र –यो अगाडिको वीरेन्द्र नगर बजार हो । मूल सदर मुकाम यही हो ।

झाँक्रीखोले २०५८।२।२९ गते राति हत्या गरिएका वीरेन्द्र राजाका नामबाट यसलाई नगर घोषणा गरिएको हो सर ?

जीवेन्द्र – हो, वीरेन्द्र युवराज रहेकै वेला वीरेन्द्र नगर नामकरण गरिएको हो । पछि उनी यहाँ आएर शाही शिविर राखेर बस्ने गर्थे । यो मध्य पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र पनि हो ।

(छ) वीरेन्द्र नगर ः सुर्खेतको वीरेन्द्र नगर मध्य पश्चिमाञ्चल क्षेत्रको केन्द्र बनेबाट यहाँको नगर योजना निर्माण हुँदा भविष्यको ख्याल गरी कृषि क्षेत्र, व्यापार क्षेत्र, आवास क्षेत्र, कार्यालय क्षेत्र, शैक्षिक क्षेत्र, सडक, गल्ली, पार्क, चोकहरू समुचित नापमानमा राखी नगर रेखाङ्कन गरिएको छ । अहिलेको आवास र भवन संरचना पातलो भए पनि भविष्यमा विस्तारित हुँदै जाँदा सहरीकरणको चाप र घनत्व बढ्नु स्वाभाविक छ । यहाँको खानेपानीको समस्याले अहिले नैे स्थायी समाधानको बाटो खोजि रहेको छ यद्यपि सुर्खेती जनताले खानेपानी योजनालाई सफल तुल्याएर उदाहरणीय काम गरेका छन् । वेलैमा ध्यान पु¥याइएन भने भोलिको सुर्खेत नगरमा बुलबुले तालको पानी निरन्तर बगेर जान पाउँछ कि पाउन्न यसै भन्न सकिँदैन । अन्य दीर्घकालीन लक्ष्यतर्फ पनि सुर्खेत दूरदर्शी रहेको देखिन्छ ।

डा. जीवेन्द्र– यो अगाडिको बजार सुर्खेतको पुरानो बजार हो ।

झाँक्रीखोले–सरको घरचाहिँ कता पर्छ ?

डा. जीवेन्द्र– ऊ यता हिलेखाले (मूलपानी) तिर पर्छ । वीरेन्द्र नगर बजार बन्नुअगि हाम्रो गाउँले नै सुर्खेतको व्यापारिक खनखाँचो टाथ्र्यो ।

(छ) सुर्खेत बजार

यो बजार मध्य पश्चिमको मौलिकता बोकेको धरोहर हो । सांस्कृतिक मूल्यका अमूल्य निधि र कलाहरू न्यून भए पनि त्यो सभ्यताकै पहिचान हुन्छ । राजी (माझी), सिन्जाली, र मग्राती तथा द्यौडाली सांस्कृतिक सम्पदाको उपज यस किल्लाको महत्त्व घट्ने बित्तिकै मध्यपश्चिमको मूल्य ह्रास हुन पुग्छ । त्यसैले बजार र सहरीकरणको नवीकरण गर्दा पुरानो संरचनात्मक कला नबिग्रने गरी संरक्षण गर्नु बुद्धिमानीपूर्ण कदम हुने छ । यहाँ दुल्लु दैलेखको संस्कार मात्र भित्रिएको होइन बरु भेरीको छाल र राप्तीको चालले समेत आदिवासीलाई अभिनन्दन गरेको छ । त्यसमा पनि बुलबुले तालले त यस क्षेत्रलाई स्वर्ग कायम गरेको छ । त्यसैले प्राकृतिक र पौराणिक संरचनाको मौलिकता र गरिमा युग युगका लागि जोगिनु पर्दछ र जोगाइनु पर्दछ ।

झाँक्रीखोले– यो कर्णाली राजमार्ग कर्णाली पुगेको छ, सर ?

डा.जीवेन्द्र देव– गाडी त्यहाँ जान थालेको केही समय भए पनि अझै पुरा पक्की बनि सकेको छैन । कच्ची बाटाले गर्दा दुर्घटना भइ रहन्छ ।

(झ). कर्णाली राजमार्ग ः

सुर्खेतबाट पश्चिम उत्तर हानिएको राजमार्गले दैलेख छिचोलेर कर्णाली त पुग्यो तर हुम्ला,जुम्ला मुगु तथा डोल्पा जिल्लाहरूको पारिस्परिक भेट गर्ने मार्गहरू अझै पनि कच्चा छन् । कर्णाली अञ्चल नेपालकै विकट भूभाग भएकाले अन्य भूभागसँग यसको विकासको गति धेरै पछि छ तैपनि यस राजमार्गले कालोपत्रे आकार पाएपछि यसको दुर्गमता हटी विकास निर्माणको द्वार खुल्ने छ । यसले प्राथमिकता पाउनु पर्छ । छुट्टै प्याकेज पाइ रहँदा दु्रत गतिमा कर्णाली अञ्चल अघि बढ्ने सुन्दर सपना देखिदैँ छ ।

कृपया अवलोकनका मुख्य स्थलहरूलाई यति नै मात्र लिपिबद्ध गरियो । सुर्खेतको घण्टाघर, एस.ओ.एस., रेडियो स्टेसन, बयल काँडा गढी र विमानस्थललाई नजिकबाट अवलोकन गर्ने समयाभाव भएको हुँदा यहाँ पङ्क्तिकारको कलममा बिर्को लागेको छ । यसैले म दुखी छु ।

हामी बिहानको भ्रमण सकेर आवास कक्ष मन कामना होटलमा फर्किर्यौं । यी हेरेका दृश्यहरूलाई मैले टिपोटमा नजर बन्द गर्ने समय थिएन र बिर्सिने सम्भावना थियो । मलाई फुर्सदको आवश्यकता थियो तर फुर्सदको समय निकाल्न सकिएन ।

दिउँसो सुर्खेत क्याम्पस शिक्षा भवनमा आयोजित “नेपाली साहित्यमा महिला स्रष्टाहरूको योगदान तथा बहुभाषिक कवि गोष्ठी” कार्यक्रममा संलग्न भयौं । कार्यक्रम उद्घोषण सुर्खेत क्याम्पसमा प्राध्यापनरत प्रलेसका पूर्व केन्द्रीय सदस्य बलभद्र भारतीले गर्नु भयो । अध्यक्षता नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.दीपक गौतमबाट गरियो । प्रमुख अतिथि पूर्व शिक्षामन्त्री तथा वरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रित हुनु हुन्थ्यो भने विशिष्ट अतिथिहरूमा वरिष्ठ साहित्यकार चूडामणि रेग्मी,पूर्व महालेखा परीक्षक विष्णु बहादुर के.सी.,मध्य पश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति पद्मलाल देवकोटा र सोही विश्व विद्यालयका सेवा आयोगका अध्यक्ष नवराज कणेल हुनु हुन्थ्यो । अन्य अतिथिहरूमा नेपाल संस्कृत विश्व विद्यालयका रजिस्ट्रार तथा प्राज्ञसभा सदस्य प्रा. जगत उपाध्याय,म.प.विश्व विद्यालयका रजिस्ट्रार ठकेन्द्र गिरी,वरिष्ठ साहित्यकार कविता पौडेल,प्राज्ञसभा सदस्य गायत्री विष्ट, प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष कपिल लामिछाने, मध्य पश्चिमाञ्चल साहित्य परिषद्का अध्यक्ष मधु सूदन गिरी, डिनहरू,क्याम्पस प्रमुखहरू,विभिन्न पार्टीका प्रतिनिधिहरू,वरिष्ठ साहित्यकारहरू लगायत विभिन्न संस्था तथा निकायका प्रतिनिधिहरू हुनु हुन्थ्यो । आसन ग्रहणपछि प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथि गणलाई ब्याज र खादा वितरण गरियो । स्वागत मन्तव्य नारायण भागीरथी सेवा समाजका संरक्षक प्राज्ञ डा.जीवेन्द्र देव गिरीबाट व्यक्त गरियो भने बागीनाका कलाकारहरूद्वारा स्वागत गान गाइयो । कार्यक्रममा आयोजकहरूका तर्फबाट प्राज्ञ गिरीले साहित्यिक योगदानका निम्ति डा.मोदनाथ प्रश्रित, चूडामणि रेग्मी, कविता पौड्याल, महेन्द्र प्रसाद गिरी, डा.कपिल देव लामिछाने, जगत उपाध्याय , मधु सूदन गिरी, गायत्री विष्ट र सरला चापागाईंका साथै कुशल गृहिणी पार्वती खरेललाई दोसल्ला ओढाई सम्मान गर्नु भयो । प्रमुख अतिथिबाट साहित्यकार कविता पौड्यालको कथा सङ्ग्रह ‘रिमा’ र सङ्गीतकार सिन्धु जलेसाको “सिडी जलेसा” विमोचन गरियो भने विमोचित कृतिमाथि डा.कपिल देव लामिछानेबाट समीक्षात्मक टिप्पणी गरियो । कार्यक्रममा पद्मलाल देवकोटा,नवराज कणेल, जगत उपाध्याय, शिव प्रसाद उपाध्याय, अनन्त पौड्याल, महेन्द्र प्रसाद गिरी, महेन्द्र कुमार मल्ल आदिबाट शुभ कामना व्यक्त गरियो । ‘नेपाली साहित्यमा नारी स्रष्टा’ विषयमा गायत्री विष्टद्वारा र पूर्वाञ्चलको महिला लेखनबारे सरला चापागाँईद्वारा कार्यपत्रहरू प्रस्तुत भए । कञ्चनजङ्घा एफ. एम. बिर्तामोड झापाकी साहित्य सनध्या कार्यक्रमकी उद्घोषिका खगेन्द्रा ‘खुसी’ द्वारा छन्दोबद्ध कविता प्रस्तुत गरियो । कार्यक्रम आयोजकका तर्फबाट खोपीराम लम्सालद्वारा धन्यवाद ज्ञापन गरियो । अन्तमा सभाध्यक्ष दीपक गौतमद्वारा कार्यक्रमको सारसंक्षेप सहित पुनः भोलि पल्ट बिहान ७ बजे कविगोष्ठी सञ्चालन गरिने जानकारी गराउँदै कार्यक्रम समापन भएको घोषणा भयो ।

बेलुका कार्यक्रमबाट आवास कक्ष फर्किएपछि बिहानदेखि अवलोकन गरेका दृश्य र स्थलहरूको मानस चित्र स्मृतिमा झल्किन थाले । सबै दृश्यहरू धेरै मसिनो गरी त खिच्न सकिएन । सरसर्ती हेरेर समेट्न सक्ने सुर्खेत भ्रमणलाई पहिलो एउटा गीत लेखेर “बुलबुले तालसँगै” शीर्षक राखँे । त्यसपछि घोरिँदा छन्दमा हालेर यो सुर्खेतलाई खाँदखुँद पारी एउटा कविता पो लेख्नु प¥यो भन्ने लाग्यो अनि ‘भेरीको छालमा’ शीर्षक राखेर स्रग्विणी छन्दमा कविता पनि लेखें । त्यसपछि झट्ट आफ्नो पूर्व मेचीबाट प्रस्थान गरेको समूहलाई सम्झेँ । बढी अन्तक्र्रिया त उहाँहरूसँग भएको छ , जाँदा पनि सँगै जानु पर्छ । त्यसो हुँदा उहाँहरूको सम्झना हुने गरी र उहाँहरूलाई नै सुनाउने गरी एउटा कविता त लेख्नु पर्छ भन्ने लाग्यो र कोसीपूर्वका एघार जना सम्झेर तेह्र सिलोकमा कविता लेखि हालें । शीर्षक “सद्भाव यात्राका एघार जना” राखेर यो पनि स्रग्विणी छन्दमा नै लेखियो । लेखिएका गीत र कविताहरू म यहाँ लिपिबद्ध गर्दै छु ।

बुलबुले तालसँगै (गीत)

सिन्जालीको द्योैडा नाच्यो उपत्यकानेर

भेरीमाथि छाल नाच्यो सेतीपारि हेर ।

यतै डाँडा उतै डाँडा सुर्खेतको घाम

त्यही घाम तातेपछि पाकेको छ माम । ।

भेरीको छालसँगै, राप्तीको चालसँगै२,

डुङ्गा गढौं,

बुलबुले ताल सँगै ।।

बुलबुलेको तातो पानी डुङ्गाभित्रै पसौं

काँके्र विहार लडेको छ ढुङ्गमाथि बसौं ।

बुद्ध कहाँ हराएछन् खोजी गर्नै प¥यो ।

लाटी कोइली दर्शनले बुद्ध दर्शन ट¥यो ।।

भेरीको छालसँगै, राप्तीको चालसँगै, २

स्वर्ग चढौं,

बुलबुले तालसँगै ।।

माझी राजी एउटै हुन् पुरानो छ धाम

गङ्गामाला देउती हुन् द्योैतीबज्यै नाम ।

बुलबुलेमा ताल बन्यो दश धारानेर

जङ्गलको हरियाली विमानबाट हेर ।।

भेरीको छालसँगै, राप्तीको चाल सँगै,२

दुल्लु चढौं,

बुलबुले ताल सँगै

हुम्लाजुम्ला कर्णालीको द्वार यहीँनेर

मासिको दिनचर्या दुःखको छ धेर ।

स्वर्गगङ्गा जाने बाटो दैलेखतिर लाग्यो

कर्णालीको दर्शन गर्न मलाई भोक जाग्यो ।।

भेरीको छालसँगै, रातीको चालसँगै,२

डुङ्गा गढौं,

बुलबुले तालसँगै ।।

मेरो कविताले मध्य पश्चिमाञ्चलको सदर मुकाम सुर्खेतले भेरीको गहिराइ झैँ खाँदिएर भाका हाल्न थाल्यो ।

भेरीको छालका कविता (स्रग्विणी छन्द)

भेरिका छालमा बुलबुले तालमा

नर्तकी नाच्दछन् माझिका चालमा ।

मध्य उपत्यका लोक संस्कारमा

द्यौडिया गम्किलो मध्य नेपालमा ।।

लाटीकोयेलिमा पार्वती ब्यूँझिइन्

स्वर्गगङ्गा झरी भेरि सिन्धू पिइन् ।

नाउ चल्दै गयो डोब छल्दै गयो

सिन्जिया गम्कियो मध्य नेपालमा ।।



छन् बज्यै मालिका देउती रूपकी

प्यासिली खूनकी रापिलो धूपकी ।

जीवको यो बली अन्धविश्वास हो

थारुहट गम्कियो मध्य नेपालमा ।। ३



काँकरी हार झैँ बौद्ध सङ्घार छन्

भत्किएको थलो पत्थरी धार छन् ।

बन्छ के भोलि नै स्तूप यो शान्तिको

पर्यटन गम्कियो मध्य नेपालमा ।। ४



पाँच धारा यता पाँच धारा उता

शीतको फोहरा बाफिलो आद्रता ।

शान्त श्री कान्त श्री गर्व सुर्खेतको

बुलबुले गम्कियो मध्य नेपालमा ।। ५



धानको खेतमा तोरिको रङ्ग छ

सागका छेउमा कोपिको अङ्ग छ ।

सागसब्जी बढ्यो दाल गेडागुडी

शेषिपाङ गम्कियो मध्य नेपालको ।। ६



जङ्गली रुख छन् खेतका फाँटमा

देशभक्ती ठुलो वीरका आँटमा ।

राष्ट्र निर्माणमा लोक ताँती उठ्यो

एकता गम्कियो मध्य नेपालमा ।। ७



भेरिका माथमा श्वेत भागीरथा

उत्तरी मार्गले तर्छ कर्णालिका ।

दूर यो देशमा रेस हुम्ला गयोे

ताल रारा धनी मध्य नेपालमा ।। ८



घुम्छ डुङ्गा जहाँ तीर्थयात्रा त्यहाँ

दुल्लु दैलेखको सम्झना नाउँमा ।

जून झैँ आँसुको ताल यो चम्किँदा

राजिया डुब्छ की मध्य नेपालमा ।। ९



साहित्य सद्भाव भ्रमणमा सुर्खेतसम्म पुग्दा पूर्वको गाडीमा नारायणी र लुम्बिनी अञ्चलका धेरै जना साहित्यकारहरूसँगै भए पनि मेचीकोसीकाहरूसँग बढी चिनजान भयो । त्यसमा पनि कसैलाई बाहिर मात्र चिनेँ । कसैलाई अलिकति भित्र पनि चिनेँ र कसैलाई फेरि चिन्ने अभियानमा लागेको छु । उताका धेरैजसोलाई नजिकबाट चिन्ने समय नपुग्दा दुखी बनेको छु । त्यसैले यहाँ कोसीपूर्वका सहयात्रीहरू मात्र सम्झेको छु ।

सद्भाव यात्राका एघार जना कविता (स्रग्विणी छन्द)

एकवृत्तान्त सद्भावना पर्वको

शुद्ध साहित्यको उर्वरा कर्म यो ।

फुल्छ यो पूर्वमा डुल्छ अस्ताउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

शुध्द रश्मी जहाँ पूर्वको पैmलियो

डुल्छ नेपालमा तालिका छैन यो ।

शास्त्रको सिर्जना शिल्प चर्चा हुने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।



चूडामणि रेग्मी

पूmल जूही फुली रूप चूडामणि

रूइको रङ्ग भैंm केस दारी गनी ।

डुल्दछन् भेरिमा शान्त श्री देखिने

तान्छ सुर्खेतले पूर्व ब्यूँँझाउने ।।

देवीचरण भण्डारी

देविका देव झैँ गीतले गुन्जिने

प्रस्तुती शिल्पले झट्ट आँखा छुने ।

गम्म गोदावारी फूल झै मस्किने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

कृष्ण निराकार

छन् निराकार जो सौम्य आकारका

हास्यका गीतका सिर्जनाकारका ।

प्रस्तुती शिष्टता जागृति ल्याउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

विजय खरेल

जीत हाम्रो हुँदा गीत राम्रो भयो

एक थप्पड त्यहाँ हान्न बाँकी रह्यो ।

काव्यले धारिलो वृत्ति सम्झाउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

पार्वती खरेल

पार्वतीले मकै पर्व चालू गरिन्

फूल ठेट्नाविना थाल ट्याप्पै भरिन् ।

चट्ट कालो फिलुङ्गे अचार् ख्वाउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

खगेन्द्रा ‘खुसी’

वृत्ति साहै्र ‘खुसी’ स्वरकी खेचरी

कण्ठ वासन्तिका कर्म झापा झरी ।

गीतिका प्रीतिका काव्य सुस्काउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

रामचन्द्र उपे्रती

धैर्य श्रीरामको आत्मकथ्य कथा

पारिका देशका जीवनीका व्यथा ।

सौख्य रोमाञ्चले स्वादिलो ल्याउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

कृष्ण प्रसाद उप्रेती

कृष्णका छातिमा सास डम्मै बढ्यो

घुर्छ जो स्वादिलो घोर निद्रा चढ्यो ।

ढुक्कले शान्तिको मार्ग सम्झाउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

तीला ‘लेकाली’

तिलमा तेल होस् नृत्यमा खेल होस्

मोतिका गीतको गाजली भेल होस् ।

रम्छ आफै कला कण्ठ गम्काउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

सरला चापागाई

जो सरल झन् तरल भावना चम्किने

शान्त चाञ्चल्यता वृद्धता झल्किने ।

सिर्जना सुक्ष्मता धैर्यले ल्याउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।



झाँक्रीखोले

छन्दका भेलले झाँक्रिखोले बढ्यो

पूर्व ईलामको काव्य डुङ्गा चढ्यो ।

वाणिका रागले स्वर घन्काउने

तान्छ सुर्खेतले पूर्व ब्यूँझाउने ।।

मध्य पश्चिम तथा पूर्वका साहित्यकार मित्रहरूको यो अभिव्यक्तिबाट मैले दिल दुखाएँ भने क्षमा प्रार्थी छु । खुसी बन्नु भएछ भने गीत गाउन र कविता पढ्न बोलाउनु हुने छ । मैले गीत र कविता गाउन पाउँदाको आनन्द तपाईंहरू माझ छोडि दिन्छु । म बोकेर बाटो लाग्दिन तर मलाई सुर्खेत पुग्नु प¥यो भने समस्या हुन्छ के गरौं ? कोसी र मेची त टाढा हुँदैन कि † आफ्नै क्षेत्र हो ।

मैले यतिखेर एउटा सूचना सम्भिm हालें, “बेलुकाको खानापछि एक घण्टा डा.मोदनाथ प्रश्रितज्यूको प्राणायाम व्यायाम प्रशिक्षणमा सरिक हुने ।” यसैले खानापछि मनोकामना होटलको माथ्लो तलामा हामी धेरै जना प्रवेश ग¥यौं । व्यायाम अत्यन्त उपयोगी रहेछ । विना खर्च घरमा बसेर निरन्तर गर्नाले व्यक्ति स्वयंले आफ्नो आयु बढाउन सफलता मिल्ने रहेछ । तर अभ्यासको तरिका र निरन्तरता तथा अभ्यास तालिका तलमाथि पर्न नहुने रहेछ । प्रशिक्षणमा कपिलवस्तुका साहित्यकार पुनराम गिरीले सहजकर्ताको भूमिका पुरा गर्नु भयो । १० बजेपछि प्रशिक्षण अन्त्य भयो । हामी तल ओर्लियौं ।

तल ओर्लिदा कञ्चनजङ्घा एफ. एम. साहित्य सन्ध्या कार्यक्रमकी सञ्चालिका खगेन्द्रा खुसीले कविता वाचन गरी स्वर भर्ने निम्तो गर्नु भयो । यस निम्तामा तिला लेकाली, सरला चापागाईं , तिलक लामिछाने, राम प्रसाद अर्याल, रामचन्द्र उप्रेती, कृष्ण निराकार, अच्युत घिमिरे, देवी चरण भण्डारी र म समेत भएर स्वर भ¥यौँ । त्यसपछि शयन कक्षमा प्रस्थान गरियो । सुत्दासुत्दै मैले सोचेँ , भोलिको कवि गोष्ठीमा अहिले स्व्।र भरेकै कविता पाठ गर्नु पर्ला । “सत्गती हुन्छ कि यो प्रजातन्त्रको” नामको कविता समय सान्दर्भिक छ त्यसैले यही पढ्छु ।

यस यात्रामा चारौंँ रात म र रामचन्द्र उप्रेतीजी सँगै भयौँ । डुल्दा बाटामा सँगै, बस्दा गाडीमा सँगै, खाँदा टेबुलमा सँगै र सुत्दा रातिमा सँगै भयौं । तर अहिले त निदाइ सक्नु भएको रहेछ । म पनि सुतेँ अब ।

मिति २०६९।१०।०७ गते बिहान ७ बजे हामी खुल्ला कविगोष्ठी कार्यक्रममा प्रवेश ग¥यौँ । दिनको ११ बजेसम्ममा कार्यक्रम समापन भएर सुर्खेतबाट प्रस्थान गर्ने योजनामा थियौँ । फर्किने समय ढिलो भयो भने बेलुकाको आवास प्रबन्धमा कठिनाइ पथ्र्यो । यही कठिनाइको जानकारी गराएर हामीले आफ्ना कविताहरूलाई सुरुमै समय मिलाइ दिन अनुरोध ग¥यौँ । हाम्रो अनुरोध समुचित रह्यो । प्रातः कालीन गोष्ठीको अध्यक्षता गीताजीले समाल्नु भएको थियो र प्रमुख अतिथि चूडामणि रेग्मीज्यू रहनु भयो । उद्घोषण थानेश्वर लामिछाने सुर्खेतद्वारा मुखरित भयो । बहुभाषी कविता वाचन सुरु भयो । वाचित कविता र कविहरूको विवरण केही छुटे पनि धेरैजसोलाई यहाँ राख्ने प्रयत्न गरिएको छ ।

क्र.सं.


कविको नाम


ठेगाना


शीर्षक


विधा÷उपविधा


छन्द÷मुक्त


भाषा




बलभद्र भारती


सुर्खेत


बुढो.....


कविता (पद्य)


शार्दूल विक्रीडित


नेपाली




कृष्ण बस्याल


लुम्बिनी


काँक्रे विहार


गद्य कविता










पुनाराम गिरी


कपिलवस्तु


आरोग्यता


भजन










गङ्गा केसी


सुर्खेत





गीत










राम बहादुर श्रेष्ठ


भैरहवा


जिन्दगी


गद्य कविता










नगेन्द्र बहादुर सिह


दैलेख


चित्रा दमेनी÷

कान्छीयामालाई चिठी


लोक गीत










दीपक गौतम


सुर्खेत


पाङ मगर भाषाको कविता


गद्य कविता





मगराती




रामचन्द्र उपे्रती


झापा











नेपाली




जागेश्वर नेपाल


चितवन


मेरो प्रश्न


पद्य कविता


मन्दाक्रान्ता




१०


बाबुराम पाण्डे








कविता गद्य





थारु

११


मोदनाथ प्रश्रित


अर्घाखाँची





गद्य





हिन्दी

१२


गीता रेग्मी


सुर्खेत


खोइ छोड कुर्सी








नेपाली

१३


विजय खरेल


झापा मेची


चीत्कार










१४


ऋषि प्रसाद थानी





कविता करायो










१५


तिलक लामिछाने


भैरहवा


प्रेमकथा










१६


चक्रदेव शर्मा


सुर्खेत





गीत





सिम्ताली

१७


तुलसी आचार्य





हामी एउटै हौं


कविता





नेपाली

१८


शाहीकिरण लम्साल


झापा





गीत







१९


रामबहादुर गुरुङ


वीरेन्द्र नगर–९





गीति कविता







२०


तिला ‘लेकाली’


मोरङ्ग





गजल







२१


दानबहादुर सिंह





जनताले लात खान्या


द्यौडा गीत÷कविता


शार्दूलविक्रिडित


द्यौडाली पश्चिमा नेपाली

२२


लिलाधर गौतम


सुर्खेत


क्षतिपूर्ति हुनेैपर्छ


गद्य





नेपाली

२३


गायत्री विष्टा





गायत्री फूलमाया










२४


डा.जगत उपाध्याय


दैलेख


ज्वाला खण्डकाव्य


चौथो सर्ग कविता


अनुष्टुप




२५


पृथ्वीबहादुर सिंह


सुर्खेत





सिम्ताली द्यौडा गीत





सिम्ताली

२६


देवीचरण भण्डारी


झापा


म तिम्रो रूपमा


गद्य लय





नेपाली

२७


अच्युत घिमिरे





यात्राको अनुभव










२८


थानेश्वर लामिछाने


सुर्खेत


कवितै कविताको जीवन










२९


ऋषि गौतम


रुकुम


खै के कविता लेखौं










३०


महेन्द्र शर्मा‘महासागर’


सुर्खेत





मुक्तक







३१


झाँक्रीखोले


इलाम


सद्गति हुन्छ कि


कविता


स्रग्विणी




३२


जगत उपाध्याय


दैलेख





कविता







३३


खगेन्द्रा ‘खुसी’


इलाम


छन्द तरङ्ग





शार्दूल विक्रीडित




३४


देवीराम भण्डारी


सुर्खेत


आत्मवृत्तान्त





छन्दैछन्दमा






कविता वाचनको समापनपछि अतिथि वरिष्ठ साहित्यकार चूडामणि रेग्मीबाट पाठित कविताहरूको संक्षिप्तता प्रकट गर्दै त्यसमध्येका राम्रा कविताहरूको प्रशंसा र चर्चा भएको थियो । यसपछि सभानायिका गीता खनालज्यूबाट प्रगतिबादी साधिका (जस्मनी सम्प्रदायकी) स्व.योगमायाको कविता अंशबाट केही सिलोक वाचन गर्दै सुर्खेतका वयोवृद्ध कवि ८८ वर्षे देवीराम भण्डारीलाई नै मञ्चमा बसाएर उहाँका काव्यका सोह्र थान पाण्डुलिपिमध्ये वर्णानुक्रम क ख मा पर्ने केही श्लोकहरू मुखाग्र वाचन गराउँदै कविता गोष्ठीको गरिमालाई अझै प्रगाढ तुल्याई सुनमा सुगन्ध थपेर समापन भएको घोषणा गरियो । स्मरण रहोस् यसरी सम्पन्न गरिएको “नेपाली साहित्यमा महिला स्रष्ट्राहरूको योगदान तथा बहुभाषिक कविगोष्ठी”को मूल आयोजक संस्था नेपाल प्रज्ञा प्रतिष्ठान र सह आयोजक संस्थाहरूमा क.प्रश्रित प्रतिष्ठान नेपाल, ख. मध्य पश्चिमाञ्चल साहित्य परिषद् काठमाण्डौ, ग. सुर्खेती कल्याण समाज काठमाडौँ, घ. प्रगतिशील लेखक सङ्घ सुर्खेत, ङ. नारायण भागीरथी सेवा समाज सुर्खेत, च. सहिद स्मृति पुस्तकालय सुर्खेत, छ. जन साहित्यक मञ्च सुर्खेत, ज. नेपाली लेखक संघ सुर्खेत झ. भेरी साहित्य समाज सुर्खेत ञ. हिमाली पुस्तकालय सुर्खेत ट. वाङ्मय चौतारी सुर्खेत ठ. क्रान्तिकारी सांस्कृतिक संघ सुर्खेत ड. बागिना समूह सुर्खेत ढ. सिम्ताली सुसेली सुर्खेत ण. साहित्य निकेतन सुर्खेत त. मध्य पश्चिम गजल प्रतिष्ठान सुर्खेत थ. आरङ्ग नेपाल सुर्खेत समेत गरी सत्र संस्थाहरू सम्बद्ध थिए ।

कार्यक्रम स्थल सुर्खेतबाट गहभरि दृश्यहरू खाँदेर, हृदयभरि भेरीलाई बोकेर मध्यान्हको १ बजे न्यानो बिदाइ आभिवादन सहित हामी पूर्वतिर फर्कियौं । ठुलो हाँचबाट बिछोडिँदै पूर्व आउने हामी राति ९ बजे बुटवल पुग्दा केही साथीहरू त्यहीँ उत्रिनु भयो । बुृटवलको भोजनपछि केही सङ्ख्या घटाएर पुनः हामी भैरहवा पुग्यौं र रातको विश्राम लियौं । डा.कपिल देव दम्पती लगायत केही साथीहरूलाई भैरहवामै छोडेर मिति २०६९।१०।८ गते बिहान ५ बजे हाम्रो गाडी बाटो लाग्यो । यतिखेर यात्रीसङ्ख्या १४ जना भएछौं । नारायण घाटबाट अच्युत घिमिरेजीले काठमाडौँ जान बिदाइ माग्नु भयो । केही पर पुगेर रामचन्द्र उपे्रतीजीको भान्जाको डेरामा निस्किएर हामीले चियापान ग¥यौँ र बाटो लाग्यौँ । हेटौँडा निस्किँदा १० बजि सकेछ । त्यसैले त्यहाँ प्रातः भोजन समापन ग¥यौं र दिउँसो हामीबिच स्वतन्त्र शैलीमँ छिटफुट गफगाफ र कुराकानी चलि रहे । सर्लाहीको टमाटर पनि ल्याइयो, सुनसरीको रसभरी पनि खाइयो र बेलुका हुँदै जाँदा फेरि भुटेका मकै र फिलुङ्गेको अचार समेत चपाइयो । अब खाने कुरा रहेको थिएन । साँझको ६ बजे इनरुवाबाट सरला गुरुमा उत्रिएर बिदाइ हुँदै विराट नगर जाने गाडी पक्रिनु भयो । बेलबारीमा उत्रेर तिलाजीले अवकाश माग्नु भयो । दमक आएपछि ७ ः ३० बजे मैले पनि यात्री समूहसँग रसिला आँखा पार्दै गाडीलाई छोडि दिएँ । बाँकी दश जना चन्द्रगढीतिर गइ रहनु भयो । मैले गाडीको पछिल्लो भाग उज्यालाले देखिउन्जेल हेरेर छोडि दिएँ ।

यो यात्रा सुरुमा एउटा सानो खोलो थियो । बगेर केही पर पुग्दा निकै ठुलो पानीले अविरल स्रोत बन्यो । खोलो बग्दैबग्दै भेरी नदीमा मिल्न पुग्यो । एउटै मूल प्रवाहमा मध्य पश्चिमाञ्चल अभिसिञ्चित भयो । प्रवाहित वेग घटेपछि यो एउटा खोलो मूलको पानी हराउँदै कता कता विलय भयो । यता पूर्वको पानी सुके पनि सुर्खेतको बुलबुले ताल चिरकालसम्म नेपालको धुकधुकी बनेर उम्लिरहने छ । यो जलस्रोतले कालान्तरसम्म नेपाली नागरिकलाई गति र ताल दिइ रहने छ । धन्य छ नेपाल १ हामीले आफ्नो सिमानाभित्र पूर्वपश्चिम जहाँ पुगे पनि नेपाली माटो कुल्चिन परोस् । आफ््mनै स्वर्गमा रमाउनु परोस् र आप्mनै गङ्गामा पर्यटन र तीर्थाटन गर्नुपरोस् । हामीलाई आफ्नै पसिना बगाएको माटो शोषण रहित भूस्वर्ग बनोस्; धन्य छ नेपाल ।


इलाम

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु