के म साँच्चिकै बृद्ध हुँ त ?

- इन्द्रकुमार श्रेष्र्ठ सरित्

आजभन्दा करीब ३२ बर्षअघि अर्थात् वि.सं. २०३८ सालमा जब म १९ बर्षे ठिटो थिए“ । त्यसबेला मेरो हातमा नेपाल चिया विकास निगममा जागीर प्राप्त भएको नियुक्ति पत्र थियो । जागीर प्राप्त भएकोमा मनमा कताकतै खुशी पक्कै थियो । तर प्राप्त भएको जागीरको मलाई खासै लोभ थिएन, मोह थिएन । किनभने यो उमेरमा मलाई जागीरको अर्थ नियमित रकम प्राप्त हुने बाटो हो भन्ने त मोटामोटी रुपमा थाहा थियो । तर यही जागीरको हात समाएर म जीवनका कैयौं घुम्ती र मोडहरु पारगर्दै जीवनको एउटा लामो कालखण्ड यही जागीरमा बिताउ“छु होला भनेर मैले सपनामा पनि सोचेको थिइन“ । अल्लारे उमेरमा बुढ्यौलीसम्मको सोंच आउने त कुरै भएन । त्यसबेला त मलाई यो जागीरले मेरा समकालीन साथीहरु अब मबाट छुट्नेछन् भन्ने पीरमात्र लागिरहेको थियो । सके यो अल्लारे उमेरको अल्लारे सोंचाई थियो होला ।
यही जागीर खादाखादै मैले एस.एल.सी, उत्तीर्ण गरें । त्यसपछि क्रमशः आई..ए, र बि.ए. उत्तीर्ण गरिसकेपछि मैले नेपाली भाषा र साहित्यमा स्नातकोत्तर(एम.ए) गरें । मुखियासरहको तेश्रो तहबाट मैले सुरु गरेको जागीरमा मलाई अनुमान नै थिएन जागीरको अन्त्यसम्ममा म सातौं तहसम्ममा पुग्छु भनेर । किनभने स्नातक स्तरको पढाई सक्दानसक्दा मैले जागीरको महत्व र अर्थ राम्रोसंग बुझिसकेको थिए“ र जागीरमा मेरो आकर्षण अब युएनडिपी, सार्क सचिवालय, युनिसेफ जस्ता संस्थाहरुमा थियो । मैले लोकसेवा मार्पmत शाखा अधिकृतको परीक्षा उत्तीर्ण गर्ने प्रयत्न पनि गरें । तर मेरो प्रयत्न सफल हुन सकेन । यस बीचमा मैले अंगे्रजी भाषामा दक्षता हासिल गर्न भाषाको कक्षामा धाए“, कम्प्यूटरको ज्ञानमा पनि पछि नहट्न मैले कम्प्यूटर पनि सिकें । भारतको मुम्बईसम्म पुगेर बीमाको बारेमा अन्तर्राष्ट्रियस्तरको तालीम पनि लिए“ । एक प्रकारले भन्ने हो भने ३० बर्षको मेरो जागीरे जीवनमा गतिशीलता थियो । सिक्ने र सिकाउने क्रममा म पछाडि कहिल्यै हटिन“ । जागीरे जीवनमा नै मैले के सिकिन होला र, भाषा, उद्घोषण कला, दश महिने पत्रकारिता तालीम कम्प्यूटर तालीम, बीमाको तालीमका साथसाथै यही जागीरे जीवनको क्रममै म नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर कवि, कथाकार, गीतकार, गजलकार, समीक्षक बनेर देखापरिरहें । त्यसैले म गर्वका साथ भन्न सक्छु, नेपाली साहित्यमा मेरो रचना नछापिएका साहित्यिक पत्रिका कमै छन् । यही अवधिमा मेरा सातवटा किताब प्रकाशित भए । यिनै अवधिमा मैले नेपालकै पहिलो गजल प्रधान पत्रिका ‘गजल’ को सम्पादन समेत गरें । अहिले पनि म निरन्तर रुपमा ‘अयन’ साहित्यिक त्रैमासिकको सम्पादन गरिरहेको छु ।
नेपाली भाषा र साहित्यमा गरेको मेरो योगदानको फलस्वरुप यो क्षेत्रले पनि मलाई युवाबर्ष मोती पुरस्कार, काजीरोशन पुरस्कार, स्वर समूह पुरस्कार, शंकर कोइराला स्मृति पुरस्कार, दीलचेत सम्मान, संगीतशीला सम्मानले मलाई पुरुस्कृत र सम्मानित गरिसकेको छ । कथा , संस्मरण र कविताका गरेर मेरा आधा दर्जनभन्दा बढी पाण्डुलिपीहरुले प्रकाशनको शुभ साइत कुरेर बसेको छन् । तर हिजोआज साहित्य सृजनाभन्दा पनि कारखानाको उत्पादनजस्तो भैरहेको अवस्थालाई मूल्याङ्कनगर्दा नेपाली साहित्यको सन्दर्भमा मजस्तो सृजनामा मात्रै रमाउने सर्जकहरुलाई खोज्ने नय“ा मोतिरामहरु अर्थात् प्रकाशकहरुको नितान्त खा“चो छभन्दा अनुपयुक्त नहोला ।
तर समयले पखेटा हालेर कति च“ाडो दौडेछ, पत्तै भएन । हिजो जस्तो मात्रै लाग्छ, जागीर खानका लागि मैले नियुक्ति पत्र पाएको । तर आपैmलाई अचम्भीतपार्दै र मेरो मनलाई व्यथित तुल्याउ“दै एउटा २०६८ साल मंसीर महिनाको अन्तिम दिन एउटा ‘अवकाश पत्र’ मेरो हातमा आइपुग्यो । बीमाको बारेमा मलाई र मेरो परिवारको कसैलाई थाहा थिएन तर राष्ट्रिय बीमा संस्थानको जागीरले मलाई बीमाको इतिबृत सिकायो, मलाई एउटा परिचय दियो, नायब व्यवस्थापकको पद दियो । नढ“ाटी भन्नुपर्दा यही संस्थाले यत्तिका बर्ष मलाई र मेरो परिवारलाई पाल्यो । त्यसैले त्यो संस्थाप्रति म नतमस्तक छु । आजीवन आजीवन ऋणी रहनेछु । यद्यपि त्यो संस्थासंग मेरो मीठोमात्र नभएर तितो अनुभव पनि छन् । तैपनि वर्तमानमा व्यवहारिक बनेर सोचिसकेपछि विगतलाई फर्केर हेर्दा मैले तितो अनुभव र अनुभूतिहरुलार्इृ चटक्कै बिर्सिसकें । त्यसैले मसंग त्यो संस्थामा मैले बिताएका तीन दशकका मीठा र रमाइला अनुभव र अनुभूतिहरुमात्र छन् । अचानक र कहिलेकाही अपर्भmट बाटोमा वा अन्यत्र कतै संस्थाका साथीहरु भेट्दा रमाइलो अनुभूति हुन्छ । तर कताकता मन चसक्क बिभ्mछः— के मेरा पुराना साथीहरुले मलाई सम्झिंन्छन् होलान् ? मेरा सहयोगीहरुले कामप्रतिको मेरो समर्पणलाई सम्झिन्छन् होलान् ? उत्तर अनुत्तरित हुन्छ । मन भारी हुन्छ । मनको बह कसलाई कहनु ? दाय“ा हे¥यो कोही छैन, बाय“ा हे¥यो कोही छैन । मन एक्लै छ, शरीर एक्लै छ । सुनसान सडकको माझमा उभिएर म आपैmलाई सोध्छु, अहो ¤ यत्रो ठूलो शहरमा मेरो मनको कुरा सुनिदिने आप्mनो साथी कोही छैनन् ?
तीस बर्ष जागीर खाइसक्दा पनि जागीर खाने मेरो मोह घटेको थिएन बरु जागीरप्रतिको मोह िदन परदिन बढिरहेको थियो । किनभने नियमित रुपमा तीस बर्षसम्म आपूmले धाएको, धाएर काम गरेको संस्थाप्रति चाहेर नचाहेरै पनि मोह बस्दो रहेछ , अझ भनू“ गाढा आशक्ति हु“दो रहेछ । त्यसैले जीवनको यो मोडमा आएर मैले यो संस्थासंग छुठ्ठिने त कल्पनै गरेको थिइन“ । तर यो संस्थाको नियमै यस्तै हो । उमेरले अन्ठाउन्न कटेपछि वा जागीर खाएको तीस बर्ष अवधि जुन पहिला आउ“छ त्यसैको आधारमा कर्मचारीले अनिवार्य अवकाश हुनै पर्दथ्यो । त्यसैले मात्र ४९ बर्षको उमेरमा ३० बर्ष नोकरीअवधि पुरागरेर म जागीरबाट रिटायर्ड (अवकाश) भए“ । अवकाश पाएको दुई तीन महिनासम्मै मलाई पत्यार लागेन मैले जागीरबाट अवकाश पाइसकें र अब मलाई त्यो कार्यालयमा गएर आप्mनो जिम्मेवारीको कार्य सम्पादन गर्ने अधिकार छैन भनेर । जागीरबाट अनिवार्य अवकाश पाएको मलाई त पत्यार लागेको थिएनभने अरुलाई त पत्यार लाग्ने कुरै भएन । किनभने मेरो शारीरिक बनावट, मेरो स्पूmर्ति, मेरो ज“ागर हेरेर मलाई देख्नेले मेरो उमेर चालीस एकचालीसको भन्दा बढी अड्कल गर्दैनन् । त्यसैले आश्चर्यले भरिएको सबैको प्रश्नको जवाफ दिंदा दिंदा म आजीत भैसकेको थिए“ । सबैको एउटै प्रश्नः ‘आम्मै, तपाई साठी बर्ष पुगिसक्नु भो र ? म त त“पाई चालीस बयालीसको मात्रै हुनु भयो होला भन्ठानेको ? किन यत्ति चाडै अवकाश लिनु भा’ को ? किन ? किन ?’
हे ठाकुरे ¤ अब भेटेजत्ति कत्ति जनालाई अथ्र्याईरहु“ कि मैले काम गर्ने संस्थामा ३० बर्षभन्दा एक दिन पनि बढी जागीर खान पाइन्न भनेर । त्यसैले प्रश्नकर्ताहरुको अनावश्यक प्रश्नबाट वाक्कदिक्क भएर मैले सहजै भन्न थालेंः ‘हो हजुर, उमेरले साठी पुगेरै म जागीरबाट अवकाश भएको हु“ ।’
घाम लागे पनि पानी परे पनि नियमित रुपमा म प्रातःकालीन भ्रमणमा निस्किन थालेको बीस बर्षजत्ति भयो होला । मान्छेले देख्दा म ह्ष्टपुष्ट नै देखिन्छु । बेलाबेलामा मलाई मेरो पेटले दुः दिइरहन्छ नत्र म ओछ्यान नै परेर बिरामी कमै भएको छु । यसो ऐनाअघिल्तिर उभिन्छु ः जागीरबाट अवकाश पाए पनि म ओछ्यान नै पर्नेगरी बुढो भएको त छैन । त्यसैले म आपूmलाई सकृय राख्न आप्mनो रुचिअनुसार मैले निरन्तर कथा, कविता, गीत, गजल लेखिरहेकैछु र ती रचना विभिन्न पत्रपत्रिकाहरुमा छापिइरहेकै छन् । तर हिजोका दिनमा जस्तो रचनालाई प्राथमिकता दिएर रचना छापिदिने व्यक्तिहरुको कमी हु“दै गएको हो कि भन्ने आभास हु“दाभने लेख्ने कर्म पनि कहिलेकाहीं मलाई झिभ्mयाट लाग्ने खालको लाग्न थालेको छ । तर जे जस्तो बिसंगति भए पनि मलाई थाहा छ, लेखन कर्म त मेरो ढुकढुकी हो । त्यसैले मलाई विश्वास छ, यसको निरन्तरता मेरो अन्तिम श्वास फेराईसम्म रहिरहनेछ ।
जागीरबाट अवकाश पाएर पनि म निस्कृय पटक्कै बसेको छैन । एउटा राजनैतिक पार्टीको म सकृय कार्यकर्ता हु“ । म अखिल नेपाल लेखक संघको केन्द्रीय सदस्य पनि हु“ । यसका अलावा पनि विभिन्न सामाजिक संघसंसथासंग मेरो संलग्नता छ । त्यसैले कहिलेकाहीं त मैले तीनवटा चारवटासम्म मिटिङ्ग भ्याउनु पर्छ र समय व्यवस्थापनगर्नै पो गाह्रो पर्छ । कुनै दिन त विहान छ बजे घरबाट निस्किएको मान्छे म घर फर्किंदा रातको आठ नौ बजेको हुन्छ । तर पनि मानिसहरुको प्रश्न सुन्दा कहिलेकाहीं म दोधारमा हुन्छु —के म सांच्चै बूढो हु“ त ? मेरो मनले भन्छ, हो त नि, त“ बूढो नै होस् । यदि त“ बूढो नभएको भए जागीरबाट अवकाश पाउथिस् त ? तर मेरै मनले फेरि मान्दैन र प्रतिपश्न गर्छः — यदि म स“ाच्चिकै बूढो हु“ भने मैले पनि त बृद्ध भत्ता पाउनु प¥यो नि त ? हैनभने, सरकारले किन बनाउ“छ यस्तो विरोधाभासपूर्ण नियम ? एकातिर बृद्ध भइस् भनेर जागीरबाट अवकाश दिने अर्कोतिर उमेर पुगेको छैनभनेर बृद्धमा गणना पनि नहुने र बृद्धभत्ता पनि नपाइने । सरकारले यस्तो बेमेल र बिरोधाभासपूर्ण नियमलाई सच्याउ“दै लानुपर्ने हैन र ? सरोकारवालाहरु समक्ष मेरो यो कुरा पुगोस् । किनभने तीस बर्षसम्म निरन्तर काम गरिसकेपछि जब कुनै पनि कर्मचारी आप्mनो काममा दक्ष हुन्छ त्यस्तो बेलामा संस्थाको नियमको बहानामा एउटा उमेरै नपुगेको मान्छेले जागीरबाट अवकाश पाउ“छभने त्यो व्यक्तिलाइृ त घाटा हुन्छ हुन्छ तर एउटा कर्मचारीमाथि तीसबर्षसम्म लगानी गर्ने संस्थानलाई चाहिं घाटा हु“दैन त ?
जीवन संघर्षको रुप होभने यसको काम गतिशील हुनु पनि हो । निस्कृयता र गतिहीनता जीवन पक्कै होइन । त्यसैले अवकाश पछिका दिनहरुमा पनि मैले आपूmले जानेको बीमाकै क्षेत्रमा जोडिन चाहेको थिए“ । तर मेरो त्यो चाहना सफल हुन नसके पनि म हतास, उदास वा दुःखी भएर घरैमा बसिन“ बरु एउटा निजी विद्यालयसंग आबद्ध भएर आज म उक्त विद्यालयको आर्थिक विभागको प्रमुखको हैसियतमा आज पनि सकृय छु । मेरो स्वास्थ्य, समय र परिस्थितिले साथ दिएसम्म जीवनको यो सकृयताबाट म पछि हट्ने छैन ।
तर पनि मनमा एउटा प्रश्नभने अल्झिरहन्छ, समयावधि पुग्यो भनेर मलाई जागीरबाट नियमित अवकाश दिइयोभने अर्कोतर्पm बृद्धभत्ता पाउनलाई मैले साठी बर्ष पुरा गर्न अभैm नौ बर्ष कुर्नुपर्छ । जीवनमा पैसा नै सबैथोक हैन तर नियम र व्यवहारमा सामञ्जस्य नहु“दा मेरो जस्तो कठिनाई र पीडा कत्तिले भोगिरहेका होलान् ? के यो विषयमा सरोकारवालाहरुले सोचेका होलान् त ? किनभने मैले जानेको काम म अभैm पनि अझ बढी कुशलताका साथ सम्पादन गर्न सक्छुभन्ने अ“ाट र आत्मविश्वास ममा छ । तर नियमले मलाई त्यो अवसरबाट पूर्णतया वञ्चित ग¥यो । तर त्यसो हु“दैमा जीवनबाट पलायन नै पनि हुनु पर्दैन । जीवनमा आइपरेका समस्या र असन्तुष्टिहरुस“ग संघर्षगर्दै अघि बढ्नु नै जीवन हो र अवकाशका दिनहरुमा मैले आप्mनो दिनचर्यालाई यही सोंचका साथ अघि बढाईरहेको छु । त्यसैले म भन्छु, मान्छे उमेरले भन्दा पनि सोंचले बृद्ध हुन्छ । त्यसैले समय अगावै सोंचले बृद्ध हुने मेरो कुनै योजना छैन । जबसम्म हातगोडा चल्छन्, अरुको भर पर्नु पर्दैन, तबसम्म म गर्वले भन्छु, अ“ह“ म बृद्ध पटक्कै हैन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 21 भाद्र, 2072

लेखकका अन्य रचनाहरु