अन्तु र उदाउँदो घाम

- पुण्य खरेल

गुणग्राही जहाँ छैन बेकम्मा छ उहाँ गुणी ।
कौडीमा पनि मिल्कन्छ भील्लका देशमा मणि ।।

कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितांशले मलाई घच्घच्याइ रहन्छ । भील्लहरूमध्येका भील्ल जस्तै भएर काँकरभिट्टा मा.वि.का १२ जना शिक्षकहरूले हाम्रो देशको कौडीमा मिल्किएको मणि हेर्न जाने निधो ग¥यौं । जाँदाजाँदै पुग्दापुग्दै म आफूलाई भील्ल नै भने पनि कुनै दुःख नमान्ने ठाउँमा पुगें ।
प्रसङ्ग अन्तु डाँडामा पुगेर उदाउँदो घामको मनमोहक दृश्य हेर्ने रहर पुरा गर्ने हाम्रो योजनाको हो । उसै त हामीले सानो गाडी लिने, त्यसै दिन विहान दुई बजे प्रस्थान गर्ने, फिक्कल भएर छिरुवा हुँदै पाँच बज्दा भञ्ज्याङ पुग्ने र साढे पाँचसम्ममा जसरी तसरी अन्तुको त्यो दृश्यस्थल पुग्ने योजना बनाएका थियौं । लोकतन्त्र पनि बोकालाई कुभिण्डो जस्तो हुन पुगेका हामी नेपाली भील्लहरूलाई स–साना निहुँमा पनि बन्द गरेर प्राप्त लोकतन्त्रकै हुर्मत लिन तँछाड–मछाड छ । बन्दको यही महामारीका कारण हामीले हाम्रो योजना बदल्नु प¥यो । बदल्नु त प¥यो तर भरे भरे त लाटोबुङ्गोको कथामा लाटाबुङ्गाले झैं ‘बन्द भयो’ भन्दा पनि ‘बेसै भयो !’ भने जस्तै भयो हाम्रो टोलीलाई ।
२०६५ कातिक २९, सुकबार अपरान्ह १.३० बजे सानो नानीको ठुलो आची भने जस्तै एउटै सुमो गाडीमा बाह्र जनाको जम्बो टोली प्रस्थान ग¥यो । नेपालको बाटो बन्द छ । भारतीय नम्बर प्लेटको ध्द्य ठद्ध ी ठद्धद्दठ को सुमो गाडी पूर्व विद्यार्थी अर्जुन बस्नेतको हँकाइमा हामीले अपरान्ह १.५० मा नक्सलबाडी पूर्वपट्टि सतभइयामा इन्धन भ¥यौं । तेल भर्दै गर्दा कुरो चल्यो– ‘यहाँ त राम्रो तेल पाइन्छ होला नि !’
हाम्रो ड्राइभर भाइले मुख बिगारेर भने– ‘ए ! यसको लाइसेन्स पन्ध्र पन्ध्र दिनमा खोसिन्छ, फेरि ल्याइन्छ ! यसलाई पेट्रोल चाहिं राख्ने अनुमति छैन तर उऽ भित्र हेर्नू त ! भुल्टुङका भुल्टुङ छन् । के गर्नु र ! बागडुग्रा पुग्नुपर्छ अलिक भरपर्दो तेल हाल्न !”
हाम्रो देशमा तेलमा भएको मिसावटका कारण प्लेगले मुसा मरे झैं भुटभुटेहरू भक्रन्न भएर एउटा आतङ्क मच्चिएको छ । राम्रो तेलको कुरा अहिले बिरालाको सिङ जस्तै भएको छ । त्यसैले हाम्रो टोलीले राम्रो तेलको चासो गरेको हो । इन्धन भरेपछि हाम्रो गाडी टुइक्क फिर्ता आयो र पानीघट्टाको बाटो लाग्यो । तुलसी निरौलाजीले मलाई सङ्केत गरेर भन्नुभयो– “सर ! त्यहाँ गाडीको डायलमा किलोमीटर नोट गर्नुहोस् ल ! कति किलोमीटर गइने रहेछ ?”
“हुन्छ हुन्छ !” मैले भनें, र गाडीको स्टेयरिङछेउको घडीजस्तामा आँखा लगाएँ । त्यहाँ घटढण्द्ध कलिोमीटर लेखिएको हेरें र सबैले सुन्ने गरी भनें– “नौसय चार छ है ! सबैले याद गरौं !”
अहो ! सुमोगाडीले भेटेको खुल्ला बाटो । आँखा झिमिकमा लालपुल, निरपाने हुँदै पानीघट्टा पु¥यायो । दूधे खोलो भन्ने कि बालासन भन्ने ? त्यसमाथि बनेको पुल तरेर त्यस्तै राम्रो कालोपत्रे सडकमा गाडी फुत्त निस्कियो र देब्रेतिर हुइँकियो । के हुइँकिन पाउनु ? फुत्रुक्क चिटिक्कको बजार अर्थात दुधिया बजारमा निस्कियो । साथीहरूले ड्राइभरलाई भने– “अर्जुन ! अलिक राम्रो खाजा पाइने होटेल हेरेर रोक ल ! भोक मारेर उकालो लागौं ।”
‘शारदा स्वीट एवम् स्नेक्स कर्नर’, मिरिक रोड, दुधिया बजारमा खाजा खान भित्रिंदा अढाइ बजेको रहेछ । मम एक–एक प्लेट धोक्रामा हालेपछि अनि फेरि हाम्रो यात्रा सुरु भयो । हाम्रो टोलीबाट खाजा खाने ठाउँमा ‘मैले त भर्खर भात खाको !’ भन्दै जय निरौलाजी कता लुसुक्क हुनुभयो । गाडी चल्न लाग्दा ठीक आइपुग्नुभयो । गाडीले अघिकै खोलालाई अलिक माथिबाट तरिफर्कायो र उकालो बाटो समायो । उकालो बाटो अलिक माथि पुगेर तलको बालासन खोलो, खोलाका गडतिरका बनभोजेहरूका समूहहरू, अघि हामीले तरेका र तरिफर्काएका पुलहरू, टिलिल्ल टल्किएको दूधे बजार हामीलाई सारै राम्रो लाग्यो । गाडी रोकी मागेर हामीले एक–दुई फोटोहरू खिच्यौं । बालासन खोलालाई अलिक भावुक भएर हे¥यौं । नेपालका प्रशिद्ध बामपन्थी नेता निर्मल लामाले केटाकेटीमा माछा मारेर केराका दाम्चामा माछा पोली खाएको त्यहीं हो कि ? त्यहीं हो कि ? जस्तो गरी मैले हेरें । मैले उनको संस्मरण पढेको थिएँ । मित्र जय निरौलाजी पनि केटाकेटीमा हरेक शनिवार–आइतवार बालासनमा पौडी खेलेको, माछा मारेर बाँसका ढुङ्ग्रामा पोली खाएको सुनाउनु हुन्छ । म त माटीगाडा छेउमा घर बनाउनका लागि गिट्टी र बालुवा झिक्ने गरेको त्यो बालासनलाई यहाँ देख्ता ती मानिसले बेल्चा र कोदालाले बनाएका खतहरू हेर्न खोज्दो रहेंछु । मैले धेरैवेर बालासनको पानीमा माछा पौडी खेलेझैं मनलाई पौडी खेलाउन पाइएन । साथीहरूले हतार लगाइ हाल्नुभयो । फेरि गाडी कुद्दै ग¥यो । अहो ! कति राम्रो बस्ती ! हामी मोहित हुँदैथ्यौं । ‘गोर्खाल्याण्ड तपाईंको स्वागत गर्दछ !’ लेखिएका प्रवेशद्वारहरू पानीघट्टा, दुधिया बजारदेखि नै हामी बाक्लै देखिरहेथ्यौं ।
घैयाबारी भने पनि, मकैबारी भने पनि सबै चियाबारी थियो । अहिले त सबैले गुडरिक वा अग्र्यानिक चिया उत्पादन गर्ने, चियाको खेतीले सबै मानिसका थाप्लामा छैटीले लेखेका किर्मिरे अक्षर पनि राम्रा र छापा बनाए झैं थियो, ‘पिचिरी’ मेटेर ‘श्री’ बनाए झैं थियो, दुःखी मेटेर सुखी बनाए झैं थियो । कुरूप मेटेर सुन्दर बनाएको थियो । अहा ! राम्रैराम्रा मान्छेहरू । कान्लाहुँदो सुन्तलाका बोटहरू, लटरम्म सुन्तला । सुन्तलाको बोट पनि एकोहोरिएर हेर्नुभयो साथीहरूले । गाडी अनेकका राम्रा र सुन्दर ठाउँहरू थपीथपीकन देखाउँदै भकुण्डोमाथि सानो कमिलो खिरिरिरि कुदे झैं गरी कुदीरह्यो । फुवागडी पुग्यो । दाहिनेपट्टि प...र मञ्जुश्री देखियो । टिङलिङ देखियो । टिङलिङको त्यो दृश्यस्थल पुग्दा त हाम्रा साथीहरू मेडुसाको टाउको हेरेको जस्तै हुन पुग्नुभयो । साँच्चैको जादुगरी मोहकता त्यहाँ वरिपरिको टिङलिङ–फुवागडी बगानहरूको थियो । त्यो दृश्यस्थलमा बसेर वरिपरिका ती थुम्का–थुम्का, बगानले ढाकेको पहाडी बनोट, मनमोहक हरियाली, सिपालु कालाकारले भरेको रङ्गिन दृश्य झैं देख्ता भोकतिर्खा हराउँथ्यो ।
बालासन तरेर उकालो लागेपछिदेखि जयजीका हँस्यौली र उहाँका उत्साहले हामी सबैले नास्ता गर्दाखेरि उहाँ लुसुक्क हराएको कुराको गोपनीयता फुत्काउँथ्यो । यसै पनि उहाँ हँस्यौलीकथा (पिस) भन्न एक नम्बरी नै हुनुहुन्छ । आज त उसै चल्ने घडी त्यसमाथि दम पनि थपेको जस्तै भयो । पारिपट्टिको आफ्नो गाउँ देखाउँदै बाल्यकालका हँसिला र मार्मिक कुराहरू सुनाउनु भयो ।
पारिको आमबोटे गाउँलाई देखाउँदै भन्नुभो, “उ...त्यो पारि, त्यो उतापट्टि सेतो टल्किने ठुलो घर देखिएन ? हो, त्यो कटहरे साइँलाको घर हो । त्यहींदेखि मास्तिर, त्यो मधुरो मधुरो देखिएन ? हो त्यो हाम्रो घर हो । ... अहा ऽ! त्यो आमबोटेको स्कुलको ग्राउण्ड ! हामी फुटबल खेल्न कस्तो आसक्त हुन्थ्यौं । केटाकेटीको कुरा ! यहाँ, यो टिङलिङमा, मास्तिर सौरेनीमा, तलतिर फुवागडी, घैयाबारी एकै घण्टामा आइपुग्थें म ! यसो माइक बजेको सुन्यो कि धाइफल तोडेर आइपुग्थें म ! मादल बजोस् या ढ्याङ्ग्रो बजोस् कुदिहाल्थें म !” देब्रे हात मुठी पार्दै भन्नुभयो ।
अलिक पर्तिरको गाउँ देखाएर हतार हतार भन्नुभयो उहाँले नै– “उ... त्यो मञ्जुश्री हो । सुवास घिसिङ जन्मेको गाउँ त्यही हो ।”
हामीले गाडीबाटै सुवास घिसिङको गाउँको झल्को देख्यौं । टिङलिङबाट पूर्वपट्टि पारिको कस्र्याङ बजार, सोनादा, घुम र तलको आमबोटे, पर्तिरको कैलापानी हेर्न पायौं । वरिपरिका ती रहरलाग्दा र मनलुट्ने दृश्यहरूमा अतृप्त नै भए पनि गाडीभित्र खादिइरह्यौ । अघिल्ला सिटमा ड्राइभरका लाइनमा म र दिलिप सर, बीचका सिटमा हरि न्यौपाने, तुलसी निरौला, मोहन पाठक तथा जय निरौला हुनुहुन्थ्यो । पछाडिका सिटमा गुन्द्रुक झैं खाँदिएर ६ जना साथीहरू हुनुहुन्थ्यो । चूडामणि बराल, गणेश खनाल, माधव राउत, कृष्ण पौडेल, पूर्ण भेटवाल तथा झनक न्यौपाने । गुन्द्रुक झैं खाँदिएर बस्ता भएको अफ्ठेरोलाई बिर्सनका लागि व्यङ्ग्यपूर्ण र बाङ्गा कुराहरूलाई गाडी नै थर्कने गरी सुनाउँदै हाँस्नुहुन्थ्यो । शिक्षक स्टाफमा भएका आजसम्मका हाँसो उठ्ता कुराहरू, क्षणहरू, कार्यहरू त्यसबेला चटनी जस्ता भए ।
सौरेनी पुग्न लाग्दा हामीले दायाँतिर रविन्द्रनाथ हाई स्कुल देख्यौं । त्यो स्कुलको नाम पढेर साथी गणेश खनालजीले भन्नुभयो– “अर्कोपल्ट आउँदा त्यो स्कुलको नाम बदलिएर ‘विमल गुरुङ हाई स्कुल’ भएको हुनेछ, नभए पनि ‘प्रशान्त तामाङ हाई स्कुल’ हुनेछ हुनेछ ।”
यस कुराले राजनीतिक फेरबदलले ल्याउने विकृतिको पनि व्यङ्ग्य ग¥यो । मलाई रुसमा भएको बोल्सेविक क्रान्तिपछि त्यहाँको ‘सेन्ट पिटर्सवर्ग’को नाम बदलेर ‘लेलिनग्राद’ राखेको र सन् १९९०को प्रतिगमनपछि फेरि ‘सेन्ट पिटर्सवर्ग’मै परिणत गरेको घटनाको स्मरण पनि भयो । नेपाल अहिले नाम बदल्ने र सालिक बदल्ने हैजा पनि विकास गर्दैछ । मेरो मनमा के–के कुराहरू चल्दैथे, तर चिन्तन गहिरिन नपाउँदै हाम्रो गाडी टुरिष्ट लज अगाडिको गोब्रेसल्लाको घारी नजिक पुगिहाल्यो । टुरिष्ट लजलाई डाँडामा, गोब्रेसल्लाको जङ्गलमाझ मनमोहक देख्यौं तर त्यहाँ पुग्ने समय थिएन हामीसँग ।
हामी ४ बजेतिर कृष्णनगर पार गरेर मिरिकको तालछेउ पुग्यौं । पहिलोपल्ट त्यहाँ पुगेको मलाई त्यो स्थानले पारेको मोहितपन र त्यसले लोभ्याएको कुरा शब्दले भन्न सक्तिन । त्यस तालले मिरिकलाई कति धनी पा¥यो होला ? मिरिकबाट यो सुन्दर ताल घटाइ दिने हो भने मिरिक कति बाँकी रहन्छ ? मैले त्यो हिसाब किताब गर्ने फुर्सद निकाल्न सकिन । त्यहाँ एक छिन गाडीबाट ओर्लिएर त्यस तालका माछालाई वनरोटी च्यातेर दिँदा माछाहरू धुर्रिएको दृश्य र माछालाई दिनका लागि आहार बेच्न हारालुछ गर्ने त्यहाँका व्यापारी बहिनीहरू धुर्रिएको दृश्य मलाई उस्तै उस्तै लाग्यो । उनीहरू आफ्नो सामान बिकाउन ग्राहकका हात समाउन वेर लाउँदैन थे ।
मिरिक छाडेर उकालो लाग्दै गर्दा आफूहरू साँच्चै भील्ल भएको लाग्दैथ्यो । आफ्नो देशमा कति छन् घैयाबारी, फुवागडी, टिङलिङ वा सौरेनीहरू ? तर, काहीं कालोपत्रे पुगेन, काहीं चिया बगान पुगेन । मलाई महाकवि देवकोटाको भनाइ सम्झना हुन्छ– ‘यहाँ सान्डोले दाउराका भारी बोक्छन्, हेलेन केलरहरू गीत गाउँछन्, यहाँ शेक्सपियर हलो जोत्छन् टिसीयन–टर्नरहरू भेडा चराउँछन् !’ अहा ! हाम्रोमा ‘दार्जिलिङ’ र ‘कस्र्याङ’हरू नागी पल्टिन्छन् । मिरिक र टिङलिङहरू खैराँते पाखो बन्छन् ।
हाम्रो गाडी छब्बीसेबाट नेपाल प्रवेश ग¥यो । नेपाल प्रवेश गर्ने बितिकै हामीहरूको राष्ट्रियता कुहिएको फर्सी झैं भत्याक–भुतुक भयो, पानीको फोको झैं फुुट्यो । छब्बीसेबाट नेपाल प्रवेश गर्नासाथ हामी एक्कासी एउटा समृद्ध देशबाट एउटा गरिब देशमा प्रवेश गर्दा झैं, यूरोपबाट एक्कासी नेपालको गाउँमा पाइला राख्ता झैं भयौं । सबैभन्दा बढी देशभक्त ठानिने पनि बिरक्त भयौं । डर भयो, कतै हाम्रो ड्राइभर भाइ अर्जुनले– “अब गाडी जान सक्तैन !” भन्ने हो र गाडीबाट ओर्लिएर अँध्यारो हुन लागेका बेलामा नौलो ठाउँमा घुँडा ठोक्तै पैदल मार्च गर्नु पर्ने हो कि ? भनेर । ढुङ्गा ओछ्याएर बनाएको बाटो भत्केपछिको दुर्गतियुक्त बाटामा, भुईँ नमिलेका ठाउँमा गुड्दा उफ्रने भकुण्डो जस्तो उफ्रँदै, थतर्किंदै पारेर अर्जुनले गाडी धैर्यसाथ हिडाइ रहे । अब त अलिक सजिलो आउला कि ? अब त आउला कि ? हाम्रो आसआसै रहिरह्यो । थतर्किंदो गाडीमा नेतालाई र मन्त्रीलाई गाली गर्ने काम पनि भए । “ल है जेपी सर ! यो बाटो बनाउन प्रचण्डजीलाई भन्नुप¥यो !” जेपी सरलाई माओवादी सम्झेर कसै साथीले भन्नुभयो । जेपी सरले पनि कुरा भुईंमा खस्न नदिईकन भन्नुभयो– “प्रचण्डले के गरुन् ? हामी सबैले बनाउनु पर्छ ! अब सबै नागरिकहरू लाग्नुपर्छ !”
ठट्टा गर्दै रह्यौं हामी । एक घण्टा त्यस्तै बाटामा ढक्ढकिंदै दायाँबायाँ अगाडि पछाडि माथि र तल हुत्तिंदै थतर्किंदै हामी छिरुवा भन्ने ठाउँमा साढे पाँच बजे पुग्यौं । साँझ झमक्कै प¥यो । गाडीले आँखा उघारे झैं ग¥यो तेजिलो दृष्टि अगाडि फ्याँकेर । मैले छिरुवामै एक जोडी ब्याट्री किनें । टर्च लाइट बोकेर पनि ब्याट्री थिएनन् त्यसमा । अब अँध्याराले छोपिहाले पनि अलिक ढुक्क भएँ म ।
साँझको ६ बज्दा त हाम्रो गाडी भञ्ज्याङको एउटा घरछेउ पुग्यो । अहो ! वरिपरि प्लाष्टिकका कुर्सी सजाएर चार–पाँच युवाहरू त्यहाँ थिए । गाडी रोक्यौं हामीले र बाटामा पाएको सूचनाअनुसार धनकुमार आले वारे सोध्यौं ।
हामीलाई अपेक्षित पाहुना झैं गरी एक छिन ती कुर्सीमा आसन जमाउन आग्रह गरियो । ‘के खोज्छस् कानो ? आँखो !’ भयो हामीलाई । परिचयका निमित मैले कुरा उठाएँ । “हाम्रो कार्यक्रम नै छ परिचयको”– उत्तर पाइयो ।
एकै छिनमा एक जना मित्र अविर लिएर अघि सरे सबैलाई स्वागतको अविर टीका लगाइदिनका लागि र एक जना मित्रले फूलका गुच्छा दिँदै हात मिलाए । त्यसपछि परिचय गरागर भयो ।
यही मङ्सिर ९–१५को अन्तु महोत्सवको तयारी चल्दै रहेछ । धनकुमार आले महोत्सव समितिका अध्यक्ष हुनुहुँदो रहेछ भने त्यहाँ उपस्थित तीर्थ घिमिरे उपाध्यक्ष । १५१ सदस्यीय महोत्सव समिति बनेको र आगन्तुक दर्शनार्थीहरूलाई खान–बस्न व्यवस्था गर्न त्यो समिति कम्मरतोड लागेको रहेछ । ती सबै आयोजक सदस्यहरूले आ–आफ्ना घरमा पेइङ गेस्टका रूपमा अतिथि सत्कार गर्न तालिका नै बनाएको जानकारी भयो । हामी पहिलो पाहुना टोली प¥यौं आज । हाम्रो स्वागत गर्ने पर्नुभयो अध्यक्ष धनकुमार आलेजीले ।
अन्तुको कुरो चलेपछि धनकुमारजीले भन्नुभयो– “लाप्चे भाषामा ‘अत्तो’ भनेको अग्लो डाँडो हुन्छ । त्यही ‘अत्तो’ बदलिएर ‘अन्तु’ भएको हो । यो डाँडो पहिला त अन्तु गाउँ पञ्चायतमा पथ्र्यो । अन्तु गाउँ पञ्चायत बिभाजित भएर जब अन्तु गाउँ पञ्चायत र समालबुङ गाउँ पञ्चायत भयो, यो अन्तु डाँडो चाहिं समालबुङ पञ्चायतमा प¥यो । पछिबाट अन्तु गाबिस र उता छेउको श्रीबुङ गाबिस मिलाएर श्रीअन्तु गाबिस बन्यो तर अन्तु डाँडो समालबुङ गाबिसकै भागमा छ । नामको यो बेमेलले पनि अन्तु डाँडाको पर्यटन विकासमा केही व्यवधान पारिराखेकै छ ।”
धनकुमार आलेजीबाट यति कुरा थाहा लागेपछि आवास निम्ति हामी उहाँकै घरतिर गाडी गुडाउन लाग्यौं । उहाँको घर अन्तु डाँडा जाँदा गाडी गुड्न सक्ने अन्तिम उचाइमा रहेछ । गाडीले काँकरभिट्टाबाट ५८ कीमीको दूरी यात्रा गरेछ । आँगनमा गाडी उभ्याएर हामी उहाँको त्यो सुन्दर घरमा प्रवेश ग¥यौं । चिसो त सिङ तिखारेर र दारा–नङ्रा उध्याएर हामीलाई दार्न र चिथोर्न तम्तयार रहेछ । केही साथीहरू निख्खर घरेलुको मद्दत लिने हुनुभयो, भने केही साथीहरूलाई विदेशी पनि इन्कार नहुने कुरा भए । म, मोहन पाठक, हरि न्यौपाने, हेड सर दिलिप अधिकारी तथा सहायक हेडसर चूडामणि बराल यतिकै चिसोसँग भिड्नपट्टि लाग्यौं । अरु साथीहरूले केही–केही लोकल र केहीकेही नलोकलको मद्दतले जाडोलाई पछार्नुभयो । दस बजेतिर खानादाना सकेर “अब बिस्तरातिर पसौं !” भन्यौं ।
बिस्तरामा त पस्यौं तर दुईटा कुराले म अत्यन्त चिन्तित थिएँ । एउटा कुरा थियो– दुई–तीन दिन अघिदेखि पूर्वी आकासमा हाम्रो मिसनको मुख्य प्रतिद्वन्द्वी बनेर उभिदैथ्यो कालो बादल । के भोलि बिहानै हामी त्यसलाई लखेट्न सकौंला ? कि त्यसले हामीलाई खल्लो पारेर ओरालो खेद्छ ? अर्को कुरा थियो– बिहान साढे चारतिर सुरु गर्नुपर्ने हाम्रो यात्रालाई साथीहरूको त्यो निख्खर लोकल र नलोकलले कुम्भकर्ण पारेर लडाइ दियो भने के गर्ने ? हामीसँग उहाँहरूलाई ब्यूँझाउने नगरा छैन । यो चिन्ताको जङ्गलका माझमा हरि न्यौपानेजी र मेरा बीच धेरै रात बितुञ्जेल गफको यात्रा भइरह्यो । गफको यात्रामा हामी कोही बेला ताप्लेजुङ दोभानको महादेव टारबाट ठोक्रेपुल तरेर उकालो लाग्यौं । कोही बेला बालसुवोधिनी संस्कृत मा.वि., मेदिबुङ पुग्यौं । कोही बेला ताप्लेजुङ बजारमा ०४८ सालको आम चुनावको सर्वेक्षणमा लाग्यौं । हामीले देवलिङ्गे, तीन बरे, अम्बिटार, बोजे त कतिपल्ट चाहा¥यौं चाहा¥यौं ! हाम्रो यो गफको यात्रालाई निरन्तरता दिन नयाँ ओछ्यानले त मद्दत गरेकै हो, अझ अर्को मद्दत छोटो सिरकले पनि ग¥यो । टाउको छोप्यो खुट्टा बाहिर, खुट्टा छोप्यो टाउको बाहिर हुने कारणले । आखिर मैले कुकुर गुँडुलीको तरिका अपनाएँ र हाम्रो गफको यात्रामा क्रमभङ्ग भयो । म एक झप्को निदाएँछु ।
मेरो एउटा चिन्ता त बिहान अनपेक्षित रूपमा सङ्लियो । उठ्न नसक्लान् कि ? कुम्भकर्ण पारिएलान् कि जस्तो लागेका मित्रहरू त चार बजे नै उठेर बिहानका कर्महरूमा व्यस्त हुनुभयो । मैले पनि हतार हतार बाहिर निस्किएर अकासतिर आँखा लगाएँ अर्को चिन्ताको कारण । जून टह टह लागेको देखेर खुसी खुसी पनि थियो मनमा तर कातिकमा ढकमक्क फुलेको सयपत्री फूलका थुँगाहरू आकासभरि देखेर आशंकित पनि भएँ । हामी उद्देश्य अनुसार साढे चारमा उकालो लाग्यौं । गोब्रेसल्लाको बाक्लो जङ्गलभित्र, ओभानो, सजिलो र भिरालो उकालो बाटोमा हाम्रा लाइटहरू पल्याक् र पिलिक् पार्दै कल्याङ् र मल्याङ् गर्दै बढे । मोहन पाठकले भन्नुभयो– “मेरो त उकालो हिड्दा सास बढ्छ ।”
“उकालो हिंड्दा सास नबढ्ने दुनियाँमा एक जना मान्छे भेटाउनु भएको छ ?” मैले सोधें । दिलिप अधिकारी, चूडामणि बराल, हामी सबै जना सँगै उकालिंदै थियौं । अँध्यारामा बाटो बाँडिंदा पनि हामी एक छिन अल्मलिन्थ्यौं । ‘माथि जाने हो, उकालो बाटो जाउँ न !’ भन्दै ग¥यौं । आखिर यथासमयमा अर्थात् पाँच बजे नै हामी दृश्यस्थल पुग्यौं पनि ।
हाम्रो उद्देश्यलाई लल्कार्दै पूर्वी आकासभरि बादल रातो न रातो भएर भेला भएको थियो । हामी घरि उत्तरतिरको कञ्चनजङ्घा, घरि घाम निस्कने ठाउँ पूर्वी आकास, घरि पिठ्यूँपछाडिका गोब्रेसल्लाका बोटमा अपलक आँखा लगाउँथ्यौं । घाम निस्कने बेलामा ती गोब्रेसल्लामा एक प्रकारका कीराहरू खुब सल्बलाउँछन् भनेर धेरै पटक भनिएको सुन्याथ्यौं । हामी परीक्षण गर्दैथ्यौं । घाम झुल्किएको हेर्ने त्यो दृश्यस्तम्भको माथिल्लो खुल्ला भागमा उभिँदा धेरै चिसो भएर हामी तल्लो तलामा झ¥यौं । तीन चार जना स्थानीय तामाङ केटीहरूले थर्मसमा ल्याएको मनतातो चिया खुवाए । सुदूरपूर्वको त्यो आकास पातलो बादलले ढाकिएको थियो । अहिले त्यो बादल रातो–पहेंलो देखिन्थ्यो । अब घाम उदाउँछन्, अब उदाउँछन् भनेर हामी सबै जना एकोहोरिएका थियौं । दृश्यस्तम्भ पछाडिका गोब्रेसल्लाका बोटमा एक प्रकारका कीराहरू सगबगाउन थालेको चर्चा हुन थालेथ्यो । बायाँतिरको सुदूर उत्तरको कञ्चनजङ्घा सूनको पहाड जस्तो देखियो । ‘अहँ ऽ देखिएनन् घाम ! कस्तो बादल ? नमिठो बिषादपूर्ण कुरा ओकले हाम्रा साथीले ! म आफैं पनि अत्यन्त दुःखित बन्दै थिएँ ।
“पर्खिनू पर्खिनू ! ... देखिन्छ देखिन्छ !” पशुपति नगरबाट यही हेर्न आएका एक जना साथीले बढो ढुक्कले भने । अलिक त आस्वासित पनि भयौं हामी ।
“उ ! ... झुल्किए घाम !” एक जना साथीले भन्नुभयो ।
अनुमान गरेको भन्दा मुनि बादलका तेर्सा धर्साहरूबीच रातो घ्याम्पा हल्लिंदै गरेको जस्तो, अलिअलि हल्लिदै गरेको जस्तो अलिअलि हल्लिएको पानीमा देखिने आकृतिजस्तो पाराले त्यो गाग्रो उकासिएको देखियो आँखामा । अलिअलि बादलमा लुकामारी खेल्दै, कठिन युद्ध लडेर बादललाई पछार्नु परेझैं गर्दै घाम उँभो उँभो निस्किए । बादलमा लुक्ने र अलिक मास्तिर देखिने गरे । एउटा लामो प्रतीक्षालाई हामीले अपेक्षा गरेको दृश्य हे¥यौं । धित मर्न भने पाएन । एक जना साथीले भन्नुभयो– “पास अङ्क पाइयो । डिस्टिङ्सन मार्ने दाउ भने काँचै पल्टियो ।”

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु