लागूभागू नबन फागु, जय होली नबिगार चोली !

- बद्री प्रसाद दाहाल

पारस्परिक सद्भाव , सौन्दर्य र रसरङ्गको होली वसन्तको झोली बोकेर हाम्रा घरआँगनमा रङ्गीन हुँदै चोली ,फ्रक , म्याडी ,अम्ब्रेला र चुरीदार कसिला पहिरनमा हमला बोल्दै आइपुग्यो । हिरण्यकश्यपुकी बहिनी होलिका जसले विष्णुभक्त आफ्नै भाइ प्रल्हादलाई दाजुको आज्ञा तामेली गर्न आगोमा जलाउने दुष्प्रयास गरिन् र अर्की सर्वनाशकी प्रतीक ढुण्डा राक्षसी जसले मानव बस्ती बस्तीलाई उजाड बनाएर सिध्याइन् , तिनै दुच्छर तत्वहरुको समाप्तिमा खुसी हुँदै मनाइएको गर्व भरिएको पर्व हो फागु । बिडम्वना ! हिजोआज भने यस्ता गर्वले भरिएका पर्वलाई अनर्थ गरेर ‘ अर्थ न बर्थ गोविन्द गाई ’ भनेझैं व्यर्थ बनाउने गलत विकृतिले संस्कृतिमाथि बिखालु अङ्कमाल गरेको हुँदा बुज्झकीहरुले — ‘‘ लागूभागूू नबन फागु , जय होली नबिगार चोली ’’ भनेर अपील गरेको ग¥यै छन् । रीति , संस्कृति , प्रथा र पर्वहरुलाई कुरीति , विकृति , व्यथा र खर्ब खर्च गर्ने बनाएर यता केही सम—यदेखि हाम्रा सनातन परंपरामा एसिडको गोला बर्साउन फागुको लोलालाई माध्यम बनाउने जमातको बिगबिगी बढ्दो छ ।
जनसरोकारबाट चिप्लिसकेका तर राजनीतिलाई गतिलो व्यवसाय बनाएका नालायकहरु यस्ता पर्वका बेला आफ्नो नेतृत्वको सरकार र आफ्ना शक्तिकेन्द्रका तर्फबाट विज्ञप्ति , चेतावनी, सडक मार्चपासको मञ्चन पनि गरिटोपल्छन् । इच्छाविपरीत फाउको नाममा लोला वा गोला हान्नेहहरुलाई कडा दण्डको भागीदार हुनपर्ने बाजा सञ्चारमा खासासित बजाउँछन् पनि । तर विवेक र चेतना गुमाइसकेका जनकरमा राइँदाइँ मच्चाउने यी औपचारिक ओठे पात्रहरुको झँटारो बाँदरको पुच्छरझैं लौरो न हतियार भई निकम्मा बनेको बन्यै छ । डलरको बलमा भगवान् विष्णुलाई सिस्नु लगाउने , मर्यादा पुरुषोत्तम रामलाई हराम भनी सराप्ने , शिवका भक्तलाई अशक्त बनाउने र भगवान् कृष्णलाई तृष्णा तथा भोगवादका नाइके भनी अनर्गल प्रलाप गर्ने षड्यन्त्रकारी झुण्डका विरुप तुण्डले सनातन संस्कृतिमाथि बलमिच्याइँ गरेको ग¥यै छन् ।
राजधानीको मुटु मानिने ठाऊँमा दिनदहाडै नव—किशोरीहरुमाथि एसिड बर्षा गराएर जिउँदै ज—लाउन तयार हुने आततायी जल्लाद समाउन नसक्ने घिचन्दास सरकार र यसका मतियारले दण्ड त निरीह र सोर्सफोर्स नभएका अनाथमा मात्र थोपर्छ । तदर्थवादको धरातल टेकेर कानुन र दण्डसिध्दान्त हेपेर भागबण्डावादको लूटको स्वर्ग रमण गर्नेहरुबाट सुरक्षाको प्रत्याभूति हुन्छ भन्नू पञ्चतन्त्रको बूढो बाघले सुनको बाला दान गर्छ भन्ने आत्मरतिको बतासे विश्वासको भ्रमजस्तै हो । दुष्ट शासक र भ्रष्ट प्रशासकका शासन प्रशासनकै उल्टो वा बिप्ल्याटो प्रतापबाट नेपालको राजनीतिक , सामाजिक , सां–स्कृतिक , धार्मिक , आर्थिक , औद्योगिक समग्र जीवन धरापमा पुगेर सखाप हुँदै छ । लोकतन्त्र , गणत–न्त्र र संघीयताले जलप लगाइएको अहिलेको ‘भजगोविन्दम् वाद’ वाद संसारकै अभिशाप , विशाद , पिचास वा स्वाइन फ्लूको अर्को भस्मासुर औतारजस्तो पो छ त ?
सबै क्षेत्र छाडावादबाट आक्रान्त हुँदा हाम्रा सनातन सांस्कृतिक उत्सवहरु पनि बक्कासुर अघासुर बलले पेलिएका छन् । गाँजा , जाँडभाङ , धतुरो , चरेश , हिरोइनजस्ता लागू पदार्थ घिचेर नग्न र अर्धनग्न भई शिवरात्री मेलामा ‘ ॐ नमः शिवाय’ भट्ट्याउँदै हिंड्ने युवायुवतीका जमात शिववादी हुन् वा हिप्पीवादका नयाँ संस्करण हुन् कसले चिरफार गर्ने ? लक्ष्मीपूजाको याममा द्यौसी र भैलोमा बज्ने ड्रमसेटका चर्का स्वरका झर्का लाग्ने बाजा एवं ंहिपहपको अनुकरण हाम्रो पूर्वीय गौरव महिल्याउने रौरव होइनन् र ? त्यस्तै आन्द्रै चुड्ला र दिसापिसाप नै उम्कला जस्तो गरी तीन न तेह्रमा च्याठ्ठिएर जगल्टा, शरीर हल्लाई तमासापूर्वक गाउने सार न स्वरका अङ्ग्रेजी गीतले भैलो र द्यौसीको परम मर्ममा चरम प्रहार गरेको कसरी हेर्ने ? त्यसै गरी क्रूर राक्षसीय दुव्र्यवहारलाई इति गरेर दैवीय शान्त तथा सौम्य संसार सिर्जना गर्ने सद्भाव , सौन्दर्य , रसरङ्गको रङ्गीन इन्दे्रणी पर्व फागुलाई हाम्रो समाजमा किन लागू पदार्थ सेवन गरेर उन्मत्त साँढे हुने स्थिति बनाइदैछ ? आफ्ना कामधन्दामा हिंडेर जान पर्ने हैसियतका कयौं बटुवाहरुलाई मलमूत्र मिसिएको ढलको पानीमा अझ बिखादि रङ मिलावट गरी अङ्गउपाङ्ग छेप्ने कुसंस्कृति वर्षेनि स्वाइन फ्लू झैं तीव्र वितरणमा छ । अझ नव किशोरी , नव यौवना र विशेष गरेर महिलाहरुलाई नै तारो बनाउनुको रहस्य के हो त ? पूर्वीय संस्कृतिले ‘मातृदेवो भव’ भनेको छ भने पच्छिमाहरुले कानुनी समानताको शिक्षा त धेरै अघिदेखि नै दिएका हुन् । कुनै ठाममा नभएको जात्रा हाम्रो ठाममा किन ?
परिचितहरुसित रसरङ्ग गर्नुलाई अन्यथा भनिदैन । वास्तवमा यो बासन्ती महफिल हो । तर चिन्नु न जान्नुका मानिसलाई लोलाका गोला प्रहार गर्नु , अझ युवती महिलाहरुलाई चारतिरबाट बाटो छेकेर साना मुन्दे्रदेखि ठूला भुसतिघ्रे चुल्ठेसम्मले निशाना साध्ने केन्द्रबिन्दु बनाउनु कुन दुनियाँको सभ्यता र संस्कृति हो ? विशेष गरेर जाडो गएको र गर्मी सुरु भएको यो बेला प्रायः युवतीहरु छोटा, पातला र अङ्ग कम ढाक्ने वानपिसमै हुन्छन् । यसैले त त्यसै त्यसै कामावेगमा उछिल्लिएर नारी संवेद—नशील अङ्गप्रत्यङ्ग ताकी फाउको नाममा घाउ लगाउने दाउ खोजेका स्वघोषित दादाको विगविगी ऊग्रै बढोत्तरी भयो गाँठे ! पूर्णिमाको एक साताअघिदेखि नै हाताभित्रै पसेर उछृङ्खलताको खाता खोली संस्कृतिमा विकृतिको गाता हाल्ने खातेहरु कात्तिके कुकुरझै मातिएका छन् । होलीका रङ्गीन चोलीमा खिचिएर गीतका अभद्र गानामा मानाका माना ,सिसीका सिसी , ग्यालेनका ग्यालेन रक्सी रित्याई पूरै गतिमा कान खाने आबाज निकालेर होन्डा , मोटरसाइकल, स्कुटी बेपर्बाह कुदाउने आभारा जमात हाम्रो संस्कृतिका घोर्ले माउसुली हैनन् र ? संविधान , कानुन , ऐन , नियमहरुलाई कार्य रुपमा ल्याउन नदिने केही वर्षदेखि चलेको नेतातन्त्रको तदर्थवाद र भागबन्डा प्रणालीले सबै क्षेत्रमा विसङ्गतिको ‘माइन्ड फ्लू’ वितरण गरी सामन्ती अभिजात्यवादलाई अक्सिजन दिइरहने भयो ।
बलात्कारी , आततायी , ज्यानमारा , एसिडको गोला बर्साउने , जघन्य अपराधी त दण्डित नहुने यो देशमा फाउ आतङ्कमा ठाउँकुठाउँ घाउ लगाउने कुरा सत्ताधारीहरुलाई झिनामसिना सावित भएको छ । होलीको नाममा चोली भिजाएर वानपिसमा ‘मै हुम्’ भन्नेलाई पनि लुगलुग कमाउनु ठूलो पुरुषार्थ संझन्छन् ठिटाहरु । कतिपय नव यौवनाहरु त आपूmलाई अङ्ग उपाङ्गमा होलीको गोली हान्न नसक्ने ठिटा जमातलाई नामर्द , लिखे, लुते , भनेर गाली गरे रे पनि । वास्तवमा ‘फागु’ लागू भकुर्ने तिथि होइन , ‘होली’ अनुमतिविना चोली ,साडी ,म्याडी , वनपिस ,अम्ब्रेला कुर्तासुरुवाल र कसिला लुगा भिजाइदिएर बटुवाहरुलाई बिल्लीबाठ पार्ने हिंसालु भावको याम होइन । यसैले एकसाथ नारा तय गरुम् —‘ लागूभागू नबन फागु ! जय होली, नबिगार चोली ! ’ जय फागु , जय होरी !
समाप्तम्

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 फागुन, 2071

लेखकका अन्य रचनाहरु