माथापच्ची

- विनयकुमार शर्मा नेपाल

मेरो जन्म नै माथापच्चीबाट भएको हो, म चेतनशील हुँ वा होइन भन्ने जान्नुभन्दा पहिले नै मेरो माथापच्चीको यात्रा सुरू भयो । सर्वप्रथमतः तङ्खवको मिश्रणले अर्को तङ्खव जन्मिने कारणले मलाई माथापच्चीले गाँजेको हो । बाबुको नलीमा म तरलमा तैरिरहँदा कहिले–कसरी–कहाँबाट निस्कने होला भन्ने माथापच्चीले मेरो यो संसार सृष्टिसँग युद्ध आरम्भ भएको थियो । बाह्य जगत्मा निस्कन खोज्दाखोज्दै केही कमजोर भएको मैले भीडमा बाटोको कुनै मेसो नै पाइनछु । हुन त मभन्दा अगाडि मलाई थिचेर, किचेर, मिचेर, पेलेर निस्केका लाखौँलाख शुक्रहरु कोही किचाधानमा, कोही फ्याँकाफ्याँकमा, कोही युद्ध लड्दा–लड्दै वीरगति प्राप्त गरेछन् । तिनको मानव जीवनको शास्त्रमा कुनै इतिहास नै लेखिएन । कतिपय युद्धमा बलियोको झटारोले उठ्नै नसक्ने गरी थलिएछन् । एक्का दुक्का जन्मिएकाहरुसँग मेरो कुनै भेटघाट भएकै छैन । शुक्रहरुको गणितीय हिसाब खातामा म भाग्यमानी भनेरै दरिएँछु क्यारे ! जब म नलीबाट निस्केर दुलामा पसेँ त्यहाँ भित्रसम्म पुगेर आफ्नो अस्तित्व जीवित राख्न शुक्रहरु बीच घमासान युद्ध भइरहेकै थियो । म एक्लो शुक्रको अस्तित्व हुँदाहुँदै पनि गतिशील हुने भने कुनै अस्तित्व थिएन । जबसम्म मैले रजसँगको मिलन बिन्दुको अपार आनन्द प्राप्त गर्न सक्तिन थिएँ तबसम्म मेरो अस्तित्वको निक्र्यौल हुन सक्तैन थियो । रजसँगको मिलनको लागि परस्पर एक अर्कोबीच घमासान युद्ध भइरहेकै थियो । म ज्ञान, ध्यान, शक्ति, युद्ध सबै प्रयोग गरेर रजसँगको मिलनको लागि माथापच्चीमा व्यस्त रहेँ र मैले लाखौँलाख शुक्रहरुलाई हराएर, छदाएर, काटेर, मारेर, कुल्चेर आफ्नो अस्तित्वलाई जीवित बचाउनुपरेको थियो । लाखौँलाख शुक्रहरुमध्ये एउटा लुते मर्न लागेको शुक्रले आफू निस्कन नसकेको कुण्ठा बोकेर त्यस बेला मलाई ‘हत्यारो’भन्दा म खङ्ग्रङ भएको थिएँ । कतै यही हत्या भोलि मेरो स्वभाव बन्ने त होइन ।
आमाको गर्भमा रहँदा मातृत्वको प्रेमपूर्ण छहारीको कारण ‘म’ तङ्खवको गुणत्व बचेको हो । रजसँगको भेटपछि गर्भमा भ्रूणको रुपमा विकसित हुन थाले पनि मेरो माथापच्ची घटेको भने होइन । म के हुने हो ? भाले वा पोथी ? जे भए पनि मलाई खासै फरक पर्दैन थियो कारण ममा मानवीय गुणको चेतनतङ्खवको विकास भएकै थिएन भने अर्कोतर्पm मलाई मेरो प्राणको स्रोत के हो भन्ने माथापच्चीले सताएको थियो । लगभग एक सय बीस दिन थाहै नपाई भ्रूणले गरेको माथापच्चीपछि मेरो लिङ्गले स्वरुप धारण ग¥यो र लगभग एक सय चवालिस दिनपछि मैले प्राणवायु पाएको महसुस गरे लगत्तै मेरो चलमलाइको माथापच्ची आरम्भ भएको थियो ।
यसरी आमाको गर्भका नौ महिनामा मलाई अरु पनि कम्ता माथापच्ची गर्नुपरेको थिएन । आमाको मनपरी भोजनको प्रभाव झेल्न मैले ठूलै युद्ध गर्नुपरेको थियो । आमाको जाँगर र आलस्यको प्रभावले पनि मलाई गाँजेकै थिए, अनि आमाले बसेका उपवास र खाएका औषधीका राम्रा–नराम्रा प्रभावले त कहिले काहीँ म नजन्मदै मर्छु कि भन्ने पनि लाग्थ्यो । त्यस समयमा कुनै पनि बाह्य संसारसँग नजोडिएको हुनाले बाह्य आक्रमणबाट भने म पूर्ण सुरक्षित नै रहन्थेँ, तर पनि आमालाई परेको दुःख, कष्ट, पीडा र समस्यामा भने शारीरिक रुपमा म पनि पीडित हुन्थेँ, किनकि मेरो जन्मभन्दा पहिले जन्मदातै नरहे मेरो पनि अस्तित्व रहने थिएन, यहाँसम्मको मेरा सबै माथापच्ची बेर्थ हुन्थे ।
आमाको गर्भमा पूर्ण सुरक्षित हुनाको कारणले मलाई बाह्य संसारमा आउन एक खालको डर–भय र त्रास नै थियो । यहाँसम्म युद्ध जितेकै थिएँ, अबको अन्य पनि सबै युद्ध जित्छु भन्ने सोच बलवान् थियो । गर्भ छाडेर अन्धकारमा फाल हाल्नु बडो कष्टकर र कठिन लाग्दै थियो । जति कठिन लागे पनि जब मैले आफ्नो गर्भका दिन सकिएको र अब पनि गर्भमै बसिरहे आफ्नो र आफ्नो गर्भदाताकै जीवन खतरामा पर्छ र त्यसको अवसान हुन सक्छ भन्ने निक्र्यौल गरेपछि बाह्य संसारसँग लडेरै समस्या सुल्झाउने पक्कापक्की गरेँ ।
क्षणभर त मलाई मेरो मृत्यु सामुन्ने आएकै अनुभव भयो । बाह्य संसारको पहिलो यात्रा मेरो लागि अन्धकार कुवामा फाल हाले सरह नै थियो । सुरक्षाका सबै कवच एक्कासी छुट्दा को काँम्दैन र ? सास फेर्न मात्र पनि क्षणभर ढीलो भए मेरै अस्तित्व खतरामा पर्ने हालतले मलाई खुबै माथापच्ची गरायो । यो माथापच्चीले लौकिक संसारसँग जानी नजानी लड्नुपर्ने शिक्षा पाएँ । यहाँसम्मको युद्ध जितेकै हुनाले म जितुवाको गर्वमा नराम्ररी डुब्न पुगेँ, जुन आजै पनि ममा गडेर बसेकै छ । त्यस बेला अब झनै बलवान् बन्न धैर्य धारण गर्नुपर्ने धारणाको विकास मभित्र स्वतः देखाप¥यो । त्यस समय मलाई पूर्वको ज्ञान र भविष्यको सम्भावनाबारे अन्यौल नै मात्र घुसेका थिए । आफ्नो शक्ति नभएपछि के लाग्छ र ?मारे पनि मारून्, बचाए पनि बचाउन् भन्नै पर्ने रहेछ । चुपचाप सहेर सुत्नुबाहेक मसँग अर्को कुनै विकल्प नै रहेन ।
हिँड्न र बोल्न नसिकुञ्जेल मेरो हालत झनै नर्क समान रह्यो । मलमूत्रमा कहिले त घन्टौँ घन्टा त्यसलाई आफ्नो नियति नै ठानेर त्यसैलाई स्वर्गको सिरानी ठान्नुपथ्र्यो । तातो र जाडोको समस्या पनि कम्ता थिएन । आफूखुसी जीवन चल्दैन रहेछ भन्ने परतन्त्र र दास प्रवृत्तिको अनुभव हुँदै गयो । त्यसैले त होला धेरैजस्ता नरनारीलाई आजकल आफूखुसी गर्ने मात नै चढ्छ । बाबुको पौरूषदेखि यहाँसम्म आइपुग्दा आफूखुसी गर्न नपाएको बदला जन्मदाताहरुसँग सबैले जसरी भए पनि आफूखुसी गरेर ब्याजसहित असुल गरेर नै छोड्छन् । हजुरबा–हजुरआमा, आमा–बाबु, काकाकाकी, दाजुदिदी आदि आफूभन्दा अग्रज वा बलियाको इच्छामा जीवन चल्नुपर्ने नियतिजस्तै रह्यो । जाडो होस् वा गर्मी, भोक होस् वा तृप्ति, मात्र प्रतीक्षा गर्नुपर्ने र उनीहरुले भनेजस्तै गर्नुपर्ने बाध्यता बन्दै गए । प्रकृति विपरीतको यो माथापच्ची झनै कठिन हुन थाल्यो । यहीँबाट काका भन्, मामा भन्, आमा भन्, बाँ भन्, पप्पु भन्, नाक भन्, कान भन्, यो गर, त्यो गर–ज्ञानै ज्ञान, सन्देशै सन्देश, दबावैदबाब, उठ, खा, सुत्, बिस्तारै म प्रायोजित बन्दै गएँ, प्रकृति मसँग टाढिँदै गयो । नाकले सुँघ्ने, कानले सुन्ने, मुखले बोल्ने, आँखाले हेर्ने, जिब्रोले अनुभव गर्न आदि शक्तिहरु कृत्रिमता भित्र सीमित बन्न थाले । जति जति मलाई नौटङ्की सिकाउँदै गए, सुरक्षा दिँदै गए उति उति म प्रकृतिबाट टाढा हुन थालेँ । कहिले काहीँ उनीहरुकाकुरा नबुझी म वाल्ल पर्दा उत्तर खोज्न दिमाग फनफनी सिङ्गै ब्रह्माण्ड घुम्थे । कति कुरा नुबझी नै बुझेझैं गर्नुपरे भनी कति कुरा उनीहरुले बुझाउन नसकी थाके र छाडे ।
हिँड्न र केही बोल्न जानेपछि उनीहरु जसजसले मलाई बाँध्न चाहन्थे, आफूजस्तै नै बनाउन चाहन्थे, तिनीहरुको चङ्गुलबाट मौका प¥यो कि उम्केर निस्कने भरमग्दुर प्रयत्न गर्दथेँ, तर निस्केर–कुदेर कता जाने र जता गए पनि कुवाजस्तै रहेछ, परिधि भित्रै जाकिन पुगिहाल्थेँ । बिस्तारै म अनुकरणतिर ढल्केँ, उनीहरुले गरेका, भनेका, गराएका काम वा कुरा टप्प टिप्न खोजेँ– मेरो स्वः मर्दै गयो । उनीहरुका शब्द वाक्य दोह¥याई दिए वा तिनले भनेजस्तै गरिदिए ती दङ्ग पर्थे । उनीहरुले भनेको भनेको माने ज्ञानी, भलाद्मी र नमाने नज्ञानी, बदमासको परिभाषा गरेर ज्ञानी बच्चाले भनेको मान्छ भनेर बेलाबेलामा यस्तो भाव–विचार मेरो दिमागमा टपक्कै टाँसे । यहीँबाट क्षण–क्षण मेरो ‘म’ को अस्तित्व खतरामा पर्न थाल्यो ।
पढाउने र मलाई शिक्षित बनाउने क्रममा सुरूदेखि नै स्तुुति, चाकडीका वाक्यहरु पढाए, पढाउँदा मैले नबुझे वा नटेरे ममाथि खनिएर मलाई क्रोध, घृणा, दण्ड, सजायँको महसुस गराउँदै गए । ‘राम्रो म’ भन्ने कण्ठ गराएर म सबै कुरा ज्ञान, बुद्धि, विवेक, बल, सीप, धन, रुप, जाल, झेल, छल आदि आदि सबैमा ठूलो वा श्रेष्ठ भन्ने भावनाको विकास गराएर ममा अहम् पन घुसाए, अद्यापि त्यो अहम् पन मैले चाहेर पनि छोड्न सकेको छैन । आज ज्ञान, ध्यान, बुद्धि, विवेकले म जति सभ्य, शहरी वा सामाजिक ठानिए पनि त्यस समय दिमागमा घुसेका गर्विला मपाईंका भाव मबाट समय समयमा अवसर पाउनासाथ फुत्त फुत्त निस्किरहन्छन् ।
केही समयपछि आफूभन्दा ठूलो बोझको झोला बोकाएर मलाई पढ्न तालिम लिन शिक्षालय पठाए । रहेपहेको मेरो केही स्वःलाई गुरूहरुले आफ्नो पन घुसाएर त्यहाँ मारिदिए । मैले चाही नचाही म प्रायोजित र अनुकरणको पात्र बन्दै गएँ । जसले यस यात्रामा अनुकरणबाट उनीहरुको इच्छाबाट भाग्ने वा नटेर्ने प्रयास गर्थे त्यसले फेरि अर्को अन्धकारमा फाल हाल्नुपथ्र्यो र ती फाल हाल्नेको पनि अर्को बाटो फेरि यतै लाग्दथ्यो । आखिर संसार र संसारका यावत कुरा एउटा वृत्त न हो ? कतिपयले बेलाबेलामा लाछी, छेरूवा, नामर्द आदि आदि भनेर मेरो अहम् अर्थात् बचे खुचेको घमण्डलाई प्रहार गरेर मभित्र दबेको क्रोध, रिस, बल, साहस आदि शक्तिलाई ललकार्दा सहन शक्ति अधैर्य बन्दथ्यो । लाछीभन्दा बलियो पन देखाउन म जुरजुराउँथे । बीस वर्षे जवानीमा एक दिन एउटी केटीले–स्त्री पात्रले नार्मदभन्दा ‘म नार्मद होइन मर्द नै हुँ’ भन्ने सिद्ध गर्नुपरेथ्यो । त्यसपछि पनि बेलाबेलामा आएका विविध किसिमका हाँकलाई पु¥याउन जोस चलाउँदा कति पल्ट भविष्यको होसै गुम्ने गरी आफ्नो अन्य उदार भावलाई भुल्दै जानुपरेको थियो, ती सबै इतिहास आज म बताउनै सक्तिनँ ।
केही बुझ्ने भएपछि हजुरबाले ‘हामीले त पृथ्वी चेप्टो छ पढेका थियौँ, तिमीहरुको पालामा गोलो पो भएछ !’ भनेपछि मेरो दिमाग माथापच्चीले फनफनी घुम्यो । पृथ्वी र पिण्ड गोलो छ भनेकै कारण देश निकाला हुनुपरेको कोलम्बसको खोजी, गैलिलियो आदि थुप्रैले पाएको कुटाई र मृत्यु पढेपछि अनि झन् वाइवलमा आकास डोरीजस्तै लामो छ भन्ने भाव पढेपछि माथापच्चीको रहस्य मात्र आफ्नो धर्मग्रन्थ सही होस् ठानियोस् भन्नको खातिर कयौँले बलि दिनुपरेको बुझेपछि मस्तिष्क माथापच्चीले झन् झन् चकराउँदै गएको हो । लगभग चारसय वर्ष अगाडि न्यूटनले पृथ्वीको तान्ने शक्ति छ भनेर आपूmले कण्ठ घोकेको कुरा आफ्नै रहरले ऋग्वेद र अथर्ववेदका ऋृचाहरुमा पढ्दै जाँदा भेटेको हुनाले तिरिमिरि झ्याइँ हुँदै रन्थनिएँ । न्यूटनले भनेझैँ हजारौं वर्ष पहिलेको वेदमा जुनसुकै पिण्ड घुम्ने हुनाले गोलो छ र सबै पिण्डको आ–आफ्नै तान्ने शक्ति हुन्छ भनेर पढेपछि न्यूटनले वेद पढेर स्याउ खसेको उदाहरण दिएका हुन् वा वास्तवमै खोजेर गुरुत्वाकर्षणको पत्तो पाएका हुन् भन्ने मभित्रको माथापच्ची अझै सुल्झिएको छैन । म विस्मृति ध्यानको पारखी हुँदाहुँदै पनि चार सय वर्ष अगाडिको न्यूटनलाई भेट्न सकेको छैन, नत्र उसको त्यो जन्मसम्म पुगेर सारा पोल खोलिदिने थिएँ । यता हाम्रा शठ पाठ्यक्रम बनाउने र पढाउनेहरु आफ्नै पूर्व इतिहासको गरिमा नबुझेर वेद भुलेर गुरूत्वाकर्षण शक्ति लगाउने न्युट्रन हो भन्दा यो माथापच्चीले मलाई खाएको खाएकै छ ।
यता गीतामा कृष्णको ‘व्यक्त र अव्यक्त’को परिभाषा र आईस्टाइनको पदार्थको सिद्धान्त ट्वाक्क मिलेको देखेपछि मेरो माथापच्ची झनै ह्वात्तै बढेको हो । अझै अरु कति सूत्र ट्वाक्क ट्वाक्क मिलेको भेटिए झनै मेरो हाल भोलि के होला ? यो यता र उता, उता र यताको माथापच्चीले उहिलेदेखि मलाई गाँजिरहेकै छ । पूर्वलाई गाली गर्दै गर्ने–पूर्वभन्दा हाम्रै सभ्यता पुरानो भन्दै पनि गर्ने र पूर्वकै सूत्र ट्याप्पै समाती हिँड्ने अनि हामी तिनकै पछाडि पुच्छर हल्लाउँदै कुद्ने प्रवृत्ति कहिले बदलिने होला र खै ?
किशोर अवस्थाताका उत्तर टाउको राखेर सुत्न हुन्न भनेर हजुरबाले भनेपछि ‘किन ?’ भन्ने जिज्ञासा राख्दा ‘छुसी जान्ने हुन्छस् तँ ठूलो कि म ठूलो ? हुन्न भनेपछि हुन्न हुन्न’ भन्ने वाक्यले रन्थनिएको दिमागको माथापच्ची हजुर आमाबाट पाएको ‘उत्तर टाउको परेकालाई बाघले त खाँदैन बाबु !’ भन्ने उत्तरले शान्त पार्नै सकेन । धन्न पछि विज्ञानले उत्तर दिशामा पृथ्वीको तान्ने शक्तिको केन्द्र छ भनेपछि वाल्ल प¥यो मेरो
माथापच्ची । बाजे बराजुहरुले सूत्र र कारण हराएर, भुलेर, फालेर वस्तु र कथ्यमात्र किन समाते होलान् त भन्ने अर्को माथापच्चीको आरम्भ हुन पुग्यो । त के एक युग समयमा हाम्रा पुर्वजले सोध, खोज, अनुसन्धान नै नगरी मात्र पूर्वजका कुरा घोक्ने मात्र गरे त ? वस्तुको मूल्य उपयोग वा प्रयोगमा हुन्छ भनेर जान्दाजान्दै नबुझ्ने भाषाको ‘गीता’ दान गरेको र सस्तोको फेरोमा फसेको धर्मान्ध मान्छे देख्दा तिनलाई सयको सट्टा बरू एउटै दान गरे हुन्छ, तर पढ्न र बुझ्न सक्ने भाषाको दिनुपर्छ ताकि त्यो पढेर उसमा सद्बुद्धि पलाओस् र त्यसको प्रयोग गर्नेलाई दान गर्नु उत्तम भनेर एउटा महापण्डितलाई बुझाउन यो दिमागलाई कम माथापच्ची गर्नु परेको थिएन कुनै समय ।
ज्ञान, बुद्धि विवेक, क्रोध, रिस, कुण्ठा आदि संवेगका कुराहरु–तेरो ज्ञान देखा, सौन्दर्य देखा, प्रेम देखा, बुद्धि देखाभन्दा लाटालाई देखाउन–बुझाउन नसकेर उत्तरवैदिक कालका पूर्वजले त्यसको प्रतीक बनाएर बुझाएका प्रतीकलाई नै पूजा गरी मागी खाने भाँडो बनाएका पण्डितहरुका पछि लागेर रामायण पढेर बुझ्नुभन्दा त्यसलाई सजाएर पूजा गर्ने प्रवृत्तिलाई प्रश्रय दिएका हाम्रा बाआमाहरु देख्दा त मेरो ब्रह्माण्ड–सरिको टाउकै फनफनी घुमेर माथापच्चीमा अद्यापि कहिले काहीँ डुब्दै छ । सृष्टिविज्ञानका सूत्र स्वरुप मन्दिरका टुँडालमा राखिएका यौनजन्य क्रियाकलापलाई आधुनिक प्रेमीहरुले कामसूत्रको अनेक कलाको रुपमा विकास गरेको देख्दा पनि झनै आश्चर्य लाग्छ । विश्वमा जनसङ्ख्याको वृद्धि देख्दा त अब प्रत्येक घर, मन्दिर, देवालय र दोबाटो–चौबाटोमा समेत ध्यान–ज्ञान–योगको प्रतीक ठड्याउनुपर्ने माथापच्ची विश्वभरिका राष्ट्र र मानवले गरे हुने भइसकेको छ ।
‘सङ्घारमा बस्नुहुन्न,’ जस्ता व्यवहारिक प्रश्नको उत्तर संघार द्वार हो, द्वारमा बसे आउने जानेलाई समस्या हुन्छ । जुनसुकै भवितव्यमा अलमलिन सक्छ, अलमल्याउने काम गर्नुहुन्न भन्ने जस्ता कुराहरु आफ्नै गहन माथापच्चीले दिनरात व्यावहारिक विषयवस्तुलाई केलाउँदा पनि यो माथापच्चीको कार्य टुङ्गिएन बा... ! तर स्वर्ग र नर्कको डर, त्रास, भय देखाएर मान्छेलाई आफ्नो अधीनमा राख्ने पूर्वजहरुको अनुशासन कलाको विधि बुझ्न भने मलाई कुनै ठूलो माथापच्ची गर्नुपरेन त्यस समय । हुन त कहिले काहीँ आफ्नाले आफ्नामाथि गरेका वा गरिने व्यवहार, बोल्ने बोली देखेर पनि यो दिमाग माथापच्चीमा नडुबेको होइन । आफूले आफ्ना आदर्श ठानेका विद्वान्हरुका चरित्र, स्वभाव, तिनका क्षुद्र बोली, कञ्जुस मति, अहङ्कारी प्रवृत्तिले पनि बेलाबेलामा ती विद्वान् हुन वा होइनन् भन्ने माथापच्ची नजागेको कहाँ हो र ? शास्त्रहरुमा ‘विद्वान् नम्र हुन्छ, फल फलेको रुख झुक्छ’ भन्ने पढेको मेरो माथापच्चीले कसको कुरो मान्नु खै ? शास्त्रको कि देखेको ? नाम चलेको चर्चित भनाउँदा जसको नाम लिँदा नै लाज लाग्ने गरी लेखक–कवि– साहित्यकार महोदयहरुले आफू कहाँ नपढिने भाषा वा देशका साहित्य रचना सरक्क सारेर आफ्नो नाम ठोकेको देख्दा त यो शिर माथापच्चीले गर्दा उठ्न सकेकै छैन ।
हाम्रा महाकवि देवकोटाले ‘पागल’ भन्ने कवितामा मेरो गणितमा एकमा एक घटाए एकै बाँकी रहन्छ भनेपछि–आफूले पढेको सबै गणितको सूत्र फेल खायो भनेर हप्तौँ हप्ता चकराएको माथापच्ची उपनिषत्को ‘ॐ पूर्णमिदं पूर्णात् पूर्णमुदच्छते’ पढेपछि बल्ल शान्त भएको हो । तङ्खवलाई जति फुटाए पनि, जति छुट्याए पनि तङ्खवको अस्तित्व एकै भएर आफ्नो स्वभाव नगुमाई बस्छ भन्ने विज्ञान पढेर बुझेपछि–‘संसार गोलो छ’ भने जस्तै विज्ञान पनि वेद र उपनिषत्को तङ्खव र शक्तिभित्रकै सार कुरोमा चकराइरहेको बुझेपछि मपाईं देखाउने र गुड्डी हाँक्ने विकासवादकर्ता कति पानीमा छन् त भनेर बुझ्न अर्को माथापच्ची गर्नुप¥यो । विज्ञानको तङ्खव तङ्खवभित्रको पदार्थ र पदार्थ अर्थात् तङ्खवको शक्ति अनि अध्यात्म दर्शनको जड–चेतन भित्रको चैतन्यभाव अर्थात्, व्यक्त र अव्यक्त भाव वा शक्तिबीच तालमेल मिलाउन ठूलै शक्ति खर्चेर माथापच्ची गर्नुपरेको थियो कुनै बखत । सत–रज–तम, अ–उ–म, दीयो–कलश–गणेश, ब्रह्मा–विष्णु–महेश, इलोक्ट्रोन–प्रोटन–न्युट्रन आदि टोपी–क्याप–ह्याट भने जस्तै र दया, कल्याण, करूणा. शिव, ज्ञान, बुद्धि, विवेक. सरस्वती, कुनै पनि किसिमको धन वा सम्पत्ति. लक्ष्मी आदि एकै वस्तुको पर्याय नाम हो भन्ने बुझेपछि भने यो माथापच्चीले केही विश्राम पायो ।
जति जति जवान हुँदै गइयो त्यति त्यति यो गर, त्यो नगर, यो पढ, त्यो नपढ, यो धर्म, त्यो पाप, यो ठीक, त्यो बेठीक, यो राम्रो, त्यो नराम्रो, यो आफ्नो, त्यो अर्काको, यो पुरुष, त्यो नारी आदि आदि सिक्दै जाँदा – ‘किन ? कसरी ? कसको लागि ?’ भन्ने प्रश्नले डल्लै रातदिन मेरो यो फुच्चे दिमागमा माथापच्ची चल्थे ।
पढ्ने किन ? अर्कोभन्दा बाठो भएर अर्कोलाई हराएर, दबाएर, झुक्याएर, लडाएर अर्कोलाई शासन गर्न वा जागिर खान वा पैसा कमाउन भन्ने मस्तिष्कमा घुसेपछि मेरो माथापच्चीले औपचारिक पढाइको भित्री उद्देश्य नै गलत भएको ठहर गरे कसले के नाप्छ ? स्कुल वा कलेज कालबाटै – आफ्नो भएको बुद्धि र विवेक गुमाएर मेरो विचार ठीक–तेरो विचार गलत, मैले गरे ठीक, तैँले गरे बेठीक, म मेचमा बसे ठीक, तँ मेचमा बसे गलत, म राम्रो बाँकी सबै नराम्रो वा खराब भनेर जनतालाई झुक्याई शासनसत्ता कुम्ल्याएपछि जनताका बाँच्ने साना साना आधार र सुरक्षाको बाटोसम्म बन्द गराएर तिनै लाखौँ जनको गिदीमा भकुण्डो खेल्दै, जयभुँडी भन्दै, आफ्नै र आफ्नाको भुँडी मात्रै भर्ने नेता–कार्यकर्ताहरु देखेपछि राजनीति वा शासनसत्ता भनेको जो–जस्ता मै हुँ भन्नेले चलाए पनि सत्यमा अन्तर हृदयबाट सोझा जनतालाई मकै–भटमास फालेर–आफूले दूधभात हसुर्ने र साथै ढाल्ने, झोस्ने, लुट्ने, मूर्ख पार्ने कुनीति रहेछ भनेर बुझेको मेरो माथापच्चीले आजसम्म ठ्याप्प दिमागमा छाप लगाएकै छ लेटरप्याडमा जस्तो ।
म किन जन्मे हुँला ? भन्ने माथापच्चीबाट सुरू भएको मेरो जिन्दगीले मलाई असङ्ख्य माथापच्ची गरायो । जीवनको कुनै क्षण त्यस्तो बचेन जुन क्षण माथापच्चीले मलाई नघेरेको होस् । प्रश्नमा पनि माथापच्ची, उत्तरमा पनि माथापच्ची, ज्ञानमा पनि माथापच्ची, विज्ञानमा पनि माथापच्ची, लिनुमा पनि माथापच्ची, दिनुमा पनि माथापच्ची, हाँस्नुमा पनि माथापच्ची, रूँनुमा पनि माथापच्ची, पाए सुरक्षाको माथापच्ची, गुमाए विशादको माथापच्ची, जन्मे प्रयोगको माथापच्ची, मरे दुःखको माथापच्ची त्यतिमात्र कहाँ हो र जन्मनुमा पनि माथापच्ची, जन्माउनुमा पनि माथापच्ची, लौ भन्नुहोस् त श्रीमान् श्रीमती कहाँ छैन माथापच्ची ? र केमा छैन माथापच्ची ? घाम लागे पनि माथापच्ची, घाम नलागे पनि माथापच्ची, पानी परे पनि माथापच्ची, पानी नपरे पनि माथापच्ची – लाग्छ मान्छे भन्ने जातको जिन्दगी जिन्दगी नभएर माथापच्ची नै हो । नामकरण गर्ने पण्डित पनि मूर्खै हुन वा माथापच्चीलाई माथापच्ची नभनेर जिन्दगी रे... ! हुन त बल फिटिक्कै नहुनेको बलबहादुर, आँखा पटक्कै नदेख्नेको नेत्रमान, भात खा भन्दा चर्पी जाने र चर्पी जा भन्दा खान आउनेको बुद्धिराज, घोसेमुन्टेको ठाडे र ठाडेको नम्रकुमार राखे जस्तै त होला नि यो नामकरण गर्ने विधि र पण्डितहरु पनि ? अरु थोक जे भए पनि जिन्दगीको नाम भने कालान्तरमा माथापच्ची हुनै पर्छ लौ ।
कहिले इज्जतको माथापच्ची त कहिले चरित्रको माथापच्ची, कहिले बलको माथापच्ची त कहिले बुद्धिको माथापच्ची, कहिले ज्ञानको माथापच्ची त कहिले विज्ञानको माथापच्ची, कहिले विवेकको माथापच्ची त कहिले बिछोडको माथापच्ची । पढ्ने, घुम्ने, खाने, बस्ने, उठ्ने, सुत्ने कहाँ छैन र केमा छैन माथापच्ची ? उता जागिरको एउटा माथापच्ची छ, यता घरको अर्कै माथापच्ची छ । शरीरको एउटा माथापच्ची, मनको अर्कै माथापच्ची, आत्माको झन् अर्कै माथापच्ची । अनि यता पृथ्वीको एउटा माथापच्ची छ, उता सूर्यको अर्कै माथापच्ची छ । जता गयो, जता हे¥यो माथापच्ची नै माथापच्ची ! होइन यो माथापच्चीबाट मान्छेले कहिले मुक्ति पाउने हो खै ?
होमरले आफ्नो कालभन्दा साढे तीन सय वर्ष अगाडिका युद्धको वर्णन लेख्दा कति माथापच्ची गरे होलान् ? बुद्धले अङ्गुलीमारजस्तालाई ज्ञानद्वारा चेला बनाउन कति माथापच्ची गरे होलान् ? सुकरातले विष पिएर त्यसको प्रभाव–मृत्युको अनुभव बताउन भित्रैदेखि कति धेरै माथापच्ची गर्नुप¥यो होला ? राइट दाजुभाइले उड्ने सूत्र खोज्न कम्ता माथापच्ची गरेनन् होला ? मिस्टर वाट महोदयले वास्प इन्जिन बनाइदिएर आफूले त माथापच्ची गरे गरे हामीलाई शुद्ध अनेक माथापच्चीमा धकेलिदिए । सृष्टिको आरम्भदेखि नै सुरू भएको मान्छेको माथापच्चीको अन्तको भेउ पाउन त्यति नै कठिन छ जति भर्खर जन्मेको बालकले आफ्नो जीवनको भेउ पाउन ।
हैन, यो मान्छेको जन्म र मृत्युको बीचमा अरु थोक केही छैन कि के हो ? जहाँ जहाँ – जे जे हुन्छ त्यहीँ त्यहीँ माथापच्ची ? प्रत्येक सोच, भाव, काम, वस्तु, तर्क, प्रेम, विवाद जताततै माथापच्ची नै माथापच्ची ? हुने गरिनेभन्दा पहिले नै माथापच्चीको खेल सुरू भइहाल्ने ? त्यसैले महोदय, म कसैले पत्तो लगाउन नसकेको, कसैले छेउ पुच्छर समात्न नसकेको, कसैलाई नटेर्ने, कसैलाई नगन्ने माथापच्चीको आरम्भ र अन्त पत्तो लगाएर विश्वलाई नै चकित पारेर अर्को माथापच्ची गराउने धूनमा छु, हेरौं !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 11 फागुन, 2071

लेखकका अन्य रचनाहरु