खानसम्म खायो

- चूडा मणि रेग्मी

सोझो मुख लाउनेले सोझो सोझो खायो !
वाङ्गो मुख लाउनेले खान सम्म खायो !

अख्तियार त्रास कुध्ने कुधि मात्र रह्यो !
आँखा छल्न सिपालुले कति खायो ! खायो !

सम्विधान वन्ला वन्ला एक दिन पक्का !
तव सम्म तमासा के हेर्ने ! खाने ! खायो !

वाटो वन्ने कहिले हँ ? के सोध्या हौ लाटा !
अहिले नै वाटो वने के खाने हँ ! खायो !

धर्म भन ! सेवा भन ! मेवा पो त खाने !
वसी वसी हात वाँध्दा खान मिल्छ ? खायो !

अहिले त दौडीदत्ते जुग आयो ! वुझ्यौ ?
झर्ला !अनि खाउँला त अव गयो ! खायो !

अम्म्मम्म्म ! के सारो हँ ! धेरै मान्छे लाटा
तिनै मध्ये कस्तो वाठा ! के मिलायो ! खायो !

चतुरे र छट्टुको त गन्ती कति कति !
डम्म भुँडी ! ड्याउ ड्याउ ! क्या मजाले खायो !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 माघ, 2071

लेखकका अन्य रचनाहरु