ननिता

- अर्जुन यावा

आकाशवाणी गान्तोक रेडियोबाट पत्रमित्र कार्यक्रम शुरु भएको भर्खर-भर्खरै थियो। त्यस समय आफू लाई पनि नयॉं-नयॉं मित्रहरूसित मित्रताको साईनो गॉंस्ने खुब रहर थियो। कार्यक्रम शुरु हुने सूचना रेडियोबाट पहिल्यै पाइसकेकोले आफ्नो परीक्षाको तयारीबाट समय निकालेर आकाशवाणी गान्तोकलाई पत्र पठाएको थिएँ। अहिले आएर ठीक मिति त सम्झन सकिन, मेरो पत्र पनि पत्रमित्र कार्यक्रममा समावेश भएको थियो। सायद त्यस समय रूस्तम दाई र भीमलाल दाईले कार्यक्रम ञ्चालन गर्दैथिए।
मेरो पत्र समावेश भएको केही दिनपछि दुइवटा पत्र प्राप्त गरेको थिएँ, सुम्बुककी सुजताको र राभङकी ननिताको। त्यसपछि पनि धेरै पत्र प्राप्त नभएका होइनन्‌ , तर कतिले आधी बाटोमै साथ छोडिदिए भने कतिसित अझै पनि उस्तै गहिरो सम्बन्ध छॅंदैछ मित्रताको। तर आज म कुरा गर्न लागिरहेको छु उही ननिताको।
समय बित्दै गए, हाम्रो मित्रताको डोरी अझ कसिलो बन्दैगयो। बारम्बार पत्रचार भइरहन्थ्यो हामीमाझ। पत्रमा हुने हाम्रा कुरा तिनै थिए कहिले दुःख कहिले सुखका।
"अर्जुन! हाम्रो मित्रताको यो नाता कहिल्यै नछुटोस्‌ है। हामी पछि कहॉं-कहॉं पुगे पनि हाम्रो मित्रता यतिकै कायम रहोस है ल' भनेर पत्र लेखिरहन्थी उ। यतिबेलासम्म पनि टेलीफोन, मोबाइल आदिको विकास भइसकेक थिएन हाम्रो गाउँ-घरमा। पत्रमा आफ्ना मनका भावना तथा मनका कुराहरू चाहेजस्तो खुलेर व्यक्त गर्न सकिन्थ्यो, चाहेजस्तो सोंचेर लेख्दा पनि त भयो।
यसरी प्रायः प्रत्येक महिना-दुइ महिनामा पत्रचार भइरहन्थ्यो। उ भन्थी, अर्जुन तिमी त पढ्‌दैछौ, राम्रो पढ्‌नु ल। समाजमा एक एसल मानिस बन्नु। मसॅंग त आफ्नै समस्याहरू छन् धेरै जिम्मेवारीहरू छन्। घरको चुला-चौका, घॉंस-दाउरा, सङ्‌घ-संस्था सबै भ्याउनुपर्छ।
त्यतिबेला यस्ता कुराहरू सायद म त्यति बुझ्दिन पनि थिएँ, सॉंच्चै भन्नु नै हो भने।
समय बित्दै गयो। हाम्रो मित्रताले वसन्तहरू पार गर्दै गए र गयो सागर-महासागर झै गहिँरिदै। एक स्वच्छ र सॉंचो अनि पवित्र मित्रताको उदाहरण किन खोजिरहनु र...? यसरी नै समय बितेको थाहा कहॉं पाइँदोरहेछ र! पॉंच वसन्त बितेर गइसकेछन्‌ थाहै नपाई। कलेजमा अन्तिम वर्षको छात्र थिएँयतिबेला म। अहिले बने मेरो हातमा पनि मोबाइल आइसकेको थियो। पत्रमा आफ्नो नम्बर दिएँ उसलाई पनि।
एकदिन दार्जीलिङ जॉंदैथिएँ। अचानक फोन आयो, उठाएँ। हेलो...अर्जुन हो? म... मलाई चिन्नुभयो...?
चिन्नुभयो...? बाट तपाईं सम्बोधन प्रष्टै बुझिन्थ्यो। सिधै भनिदिएँ, मैले चिनिन त। यतिबेला मेरो कानमा आइरहेको लामो-लामो स्वास तानिरहेको आवाजसितै उसले भनी, म...म ननिता। कति खुशी लाग्दोरहेछ यसरी पहिलोपल्ट एक अदेखा मित्रसॅंग बोल्न पाउँदा। यस्तै कुरा लिखि पठाइछ उसले पत्रमा, हप्ता दिनपछि पाएँ। लेखेकी थिई, थाहा छ अर्जुन! त्यसदिन बजारको बूथबाट फोन गरेर तिमीसित बोल्दा कति खुशी लागेको थियोमलाई, अनि पूरा डर पनि लागेको थियो। मैले त तपाईँ पो भनिपठाएँछु तिमीलाई...। यस्तै के-के लेखेकी थिई।
अब बिस्तारै सबैतिर मोबाइल फिजिँदै आयो। ननिताको पनि मोबाइल नम्बर पाएँ। त्यसपछि भने हामी अझै नजिकियौं। समय-समयमा फोनमा नै कुराकानी हुन्थ्यो, एसएमएस पठाउँथ्यौं एकार्कामा नयॉं वर्ष, जन्मोत्सव आदि अवसरमा। तर, पहिले झैं गाउँ-घरका, दुःख-सुखका कुराहरू र सुझाउ-सल्लाहका कुराहरू थोरै हुनथाल्यो। सायद हाम्रो कलमको मसीले जस्तो मोबाइलको ब्यालेन्सले भ्याउँदैन थियो।
कोही-कोहीबेला उ भन्थी- र्जुन! तिमीलाई भेट्‌ने साह्रै रहर छ। तिमीसित भेटेर धेरै कुरा गर्न, बात मार्न मन लागेको छ। समय निकालेर आउन ल। नभए म गान्तोक आउँदा भेटौं न ल।
उसका यस्ता कुरामा न त मैले कहिल्यै स्वीकृति नै दिन सकें, न अस्वीकार नै गर्न सकें। 1990-सालमा आमासित तिनकितामको तातो पानी बस्न जॉंदा अनुभव गरेको राभङको जाडोमा फेरि हगेको थिइन सायद। हामी भेट्‌ने सल्लाह , सल्लाहमै सीमित रह्यो।
समयसितै आफू पनि ब्यस्त भइयो, उ पनि सायद त्यस्तै थिई। हामी सम्पर्कमा कमी मात्रामा आन थाल्यौं।बेला-बखत फोन गर्दा भन्थी- र्जुन अब हाम्रो भेट्‌ने कुरा पनि त्यतिकै होला नि यो जीवनमा त...?
म बुझ्दिनथें कुन भावमा भन्थी उसले त्यस्ता कुरा त्यसबेला। सानोतिनो नै भए पनि ब्यवशायले आफूलाई ब्यस्त बनाए पनि भन्ने गर्थें- किन र ननिता? यो राज्य कति ठूलो छ र, भेटिन्छ नि...। अनि उ साच्चै नि ! भन्दै हॉंस्थी। यतिबेला उ कस्ती देखिन्थी होली, हेर्न मन लाग्थ्यो। तर त्यो इच्छा कहिल्यै पूरा भेन।
समय निकै बितेछ। 25 नोभेम्बर 2009-को दिन मुख्यमन्त्रीद्वारा पश्चिम स्क्क्किमको पेलिङ नजिकै लिङ्‌ते डॉंडामा भगवान चेरेञ्जीको भीमकाया मूर्तिको आधारशीला राखिने कार्यक्रममा जॉंदा राभङ पुग्नअघि धेरैपल्ट फोन गरें, तर रिसिभ भएन। फर्किने समय फेरि पोन गरें, भाइ रहेछ। भिाले नाना त सोइलिङको बिमारले साह्रो हुनुहुन्छ भनी सुनायो। त्यसपछि म पनि फेरि काम विशेषले सिलगढीतिर झरें। झण्डै महिना दिनपछि मात्र फर्किएँ।
25 दिसम्बरको 2009-को दिन हर्षोल्लासमय वातावरण सबैमा छोको थियो। गान्तोकको सन्त थोेमस चर्चको माथिल्लो पट्टिबाट रेडियो स्टेसन जॉंदै थिएँ। अचानक पोन गर्न मन लागेर ननिताको नम्बर डायल गरें। फेरि फोन भाइले नै उठायो। सोधें- भाइ! म अर्जुन, गान्तोकबाट ननिताको साथी बोलेको। कस्तो छ नानालाई, लिक ठीक भयो होला अब त?
भाइ बोलेन। मेरो दोहोरो त्यदी प्रश्नको उत्तरमा भन्योभाइले- नाना त छैन नि!
मैले बुझिन। फेरि सोधें- कहॉं जानुभयो?
होइन, नाना त हुनुहुन्न नि। भाइले पेरि भन्यो।
कता-कता मनमा डर लाग्यो। फेरि प्रश्न गर्न लागेको थिएँ भाइ नै बोलिहाल्यो- होइन दादा, अस्ति 11 दिसम्बरकै दिन नाना त बित्नु भयो। छ लर्मीहिना मात्रै त भएको थियो बिवाह भएको पनि। काम पनि उता भेनाकै घरमा गरिसक्यो।
यतिबेला मेरो अगाडी चकमन्न अँध्यारो छाएझैं लाग्यो। नि उसले भनेका कुराहरू एक-एक गर्दै मेरा कानमा गुञ्जयमान हुनथाल्यो। उ भन्थी- अर्जुन तिमीलाई भेट्‌ने साह्रै रहर छ। तिमीसित भेटेर धेरै कुरा गर्नु, बात मार्नु मन लागेको छ। समय निकालेर आउन ल। नभए म गान्तोक आउँदा भेटौं न ल।
अनि अनि ऊ अझ भन्थी- अर्जुन अब हाम्रो भेट्‌ने कुरा पनि त्यतिकै होला नि यो जीवनमा त...?
सॉंच्चै हाम्रो भेट यो जीवनमा कहिल्यै हुन सकेन पनि।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 पौष, 2071

लेखकका अन्य रचनाहरु