जाऊँन हरर, बेंसीसहर

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

असार १५ गते बेंसीसहर जाने कार्यक्रम तय भएको थियो । नेपाली समाजमा असार १५ गते दहीचिउरा खाने दिनका रूपमा प्रसिद्ध छ । यो कार्यक्रम भने साहित्यिक थियो । भीमनिधि तिवारीको शतवार्षिकी उनकै पैतृक थलोमा मनाउने कार्यक्रममा हामी जानु थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र चिती साहित्य समाजद्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्न म पहिले नै वचनबद्ध थिए“ । ताक परे तिवारी नत्र गोतामे हुन नजान्ने मान्छे भएकाले यता आनो महŒवपूर्ण काम भए पनि म उतै जान बाध्य भए“ । काठमाडौ“बाट छिटै प्रस्थान गर्ने योजना भए पनि नेपाली मानसिकताले यात्रारम्भ केही ढिला भयो । “जाऊ“ न हरर, बेंसीसहर” भन्दै विभिन्न तौलसमूहका आधा दर्जन मान्छे बोकी हाम्रो गाडी सवा एक बजेतिर सुस्त गतिमा अगि बढ्यो ।
गफि“दै मलेखु पुगेर हामीले अलिकति चारो च्याप्ने योजना बनायौ“ । हामी यात्री थोरै भए पनि कोही शाकाहारी, कोही मांसाहारी र कोही सर्वहारी भएकाले त्यस्तो होटेल खोज्न केही बेर लाग्यो । एउटा होटेलमा सबै खाले खानेकुरा रहेछ । डाडुपन्यु र भुटुन एउटै हो कि फरक त्योचाहि“ थाहा भएन ¤ भोजनभन्दा भोक मिठो भन्दै हामीले खाजा खायौ“ । बेजोड गर्मी भएकाले सबैलाई चल्ने दही खोज्यौ“ तर त्यस होटलमा दही रहेनछ । हामी नजिकैको डेरीमा गयौ“ । त्यहा“ पनि दही नभएकाले आइसक्रिम खाने निधो भयो । हामी आइसक्रिम खान थाल्यौ“ । एकजनाले काउन्टरमा गएर पैसा सोधी हामी नजिक आएर “यहा“ त सारै मह“गो रहेछ, बाफ रे । एउटा आइसक्रिमको एक सय साठी रुपिया“ रे” भन्दा सबका आइसक्रिम मुखतिर जान छोडेर हातको हात भए र अनुहार पनि कालिए । नकालिउन् पनि कसरी ? त्यति मह“गो आइसक्रिम खाएको त के सुनेको पनि थिएन । यस्तो नहुनु पर्ने भनी छक्क पर्दै कोन हातमै बोकेर काउन्टरमा गई मैले बिल मागे“ । एक सय साठी रुपिया“ ठीकै रहेछ तर एउटाको नभएर सबैको । मैले बाहिर आएर अरूलाई यो कुरा बताएपछि सबका मुहार उज्यालिए र फटाफट हात मुखतिर बढ्न थाले । एकछिन त गर्नु ग¥यो एक सय साठीले ।
हामी रमाइलो ख्यालठट्टा गर्दै अगि बढ्यौ“ । बाटामा हरिया मकै देख्दा उही“ पुगेर खाने योजना बनायौ“ । सहयात्रीमध्ये भव्य ज्यान भएका कृष्णजी कमै बोल्दा रहेछन् । बेन्जुजी, अच्युतजी र विजयजी भने बेलाबखत अनेक प्रसङ्ग झिकेर गफिइरहन्थे । एक ठाउ“मा गोरु जोतेको देख्दा असनका सा“ढेको प्रसङ्ग निस्क्यो । “पहिले त्यति धेरै सङ्ख्यामा हुने असनका सा“ढे अहिले कता गए होलान्” भन्ने अच्युतजीको प्रश्नमा विजयजीले “सुकुटी भएर होटेलतिर भित्रिए होलान्” भने । मैले “ती सिंहदरबार छिरेर रडाको मच्चाइरहेको देख्नुभएको छैन ?” भनी प्रश्न गर्दा निकै बेरसम्म हा“सो गुन्जियो ।
यस्तैयस्ता अनेक ठट्टा गर्दै हामी रमाइलोस“ग अगि बढ्यौ“ । बेलुका आठ बजेतिर बेंसीसहर पुगियो । त्यहा“ हाम्रो स्वागतमा प्रतीक्षारत स्थानीय व्यक्तिहरूले हामीलाई बासस्थानमै पु¥याए । रात पनि परेको र जिउ पनि गलेको हु“दा हामी खानपिन गरेर सुत्यौ“ । त्यहा“ लामखुट्टे निकै लाग्छ भन्थे तर तिनले हामी आएको पत्तो पाएनन् कि हामीले तिनीहरु आएको पत्ता पाएनौ“ । जे भए पनि राती बाजा बजाएको भने सुनिएन ।
अर्काे दिन बिहान सबेरै खाजा खाई कार्यक्रमस्थल चितीतिर प्रस्थान गरियो । दलालबाट अलिकति ओरालो झरी मस्र्याङ्दी हाइड्रोपावर छेउको झोलुङ्गे पुल तरेर थोरै उकालो चढी हामी कार्यक्रमस्थलमा पुग्यौ“ । हामी त्यहा“ पुग्दा मगर संस्कृतिका पोसाकमा सजिएका ठिटीहरूले माटाको टीका र माला लगाइदिई धानको बीउ हातमा दिएर स्वागत गरे । कार्यक्रमस्थलबाट मस्र्याङ्दी नदी र हाइड्रोपावर तथा वरपरको प्राकृतिक सौन्दर्य मनमोहक देखिन्थ्यो ।
आसन ग्रहणको औपचारिकतास“गै कार्यक्रम सुरु भयो । कार्यक्रमको पहिलो सत्रमा कार्यपत्र प्रस्तुत गरियो । मैले भीमनिधि तिवारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दा त्यहा“ उपस्थित जनसमुदायले निकै पटक ताली बजाए । हुन पनि मान्छेलाई गालीभन्दा ताली नै मिठो लाग्छ । कार्यपत्रको प्रस्तुति सकिएपछि गोविन्दबाबु तिवारीको कविता सङ्ग्रहको विमोचन च्या“से सार्कीबाट गराइयो । सार्कीजीको रूपाकृति नामअनुसार काटीकुटी मिल्ने खालकै थियो । सभा विसर्जनपछि खानपिनतर्पm लागियो ।
त्यस दिन राष्ट्रिय धान दिवस भएकाले त्यहा“को खेतमा चार हल गोरु नारिएका थिए भने एउटा ट्रयाक्टर पनि थियो । परम्परित र आधुनिक दुवै साधनको राम्रो उपयोग देख्दा खुसी लाग्यो । मान्छेको भिड देख्दा तर्सिएर गोरु मेलो लगाउनै मुस्किल पर्ने गरी वरपर कुद्थे तर ट्रयाक्टर भने मान्छेलाई नै तर्साउ“दै कुद्थ्यो ।
जिल्लाका सबैजसो हाकिमहरू पनि त्यहा“ उपस्थित थिए । कृषिका एकजना कर्मचारीले धानबालीबारे लामै सैद्धान्तिक भाषण छा“टे तर त्यसका श्रोता किसानभन्दा बढी हामी नै हुनुप¥यो । यो कुरा पहिले नै सिकाएको भए हुन्थ्यो । जब भयो राती अनि बुढी ताती गर्नुको के अर्थ ? मानु खाएर मुरी उब्जाउने बेलामा किसानहरू कागजमा धान रोप्ने तरिकाभन्दा खेतमै धान रोप्ने तरिका बुझ्न र रोप्न आतुर देखिन्थे । कृषिका कर्मचारी भने कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिरभै“m गर्दै थिए । त्यहा“ कुराभन्दा काम नै चाहिएको प्रस्टै बुझिन्थ्यो । हुन पनि धान त खेतमै रोप्नुपर्छ कागजमा रोपेर हु“दैन ।
एकातिर रोपाइ“ जात्रा र अर्कातिर रोपाइ“ साहित्य एकसाथ अगि बढाइएको थियो । त्यहा“ अल्लारेदेखि वयोवृद्धसम्मका बाउसे, रोपार र हलीले आआनै ढा“चाका चर्तिकला देखाए । आपूmस“ग फाल्टु लुगा नभएकाले हिलामा पसिएन, कविता वाचनतर्पैm आसन जमाइयो । कवि गोष्ठीमा यताबाट गएका र उतैका थुप्रै कविहरूले गच्छेअनुसारका कविता वाचन गरे । कालो अक्षर भै“सी बराबरका महिला टोलीले भजने शैलीमा निकै बेर असारे गीत गाए । नाच्न र नचाउन पनि बा“की राखेनन् । मसमेत जिउ हल्लाउन बाध्य भए“ । हा“सको चाल न कुखुराको चालले जिउ हल्लाइयो । सबैले क्या राम्रो नाचेको भने... ।
कार्यक्रमको अन्त्यतिर मलाई समग्र कार्यक्रम र त्यहा“ वाचित कविताबारे बोल्न लगाइयो । संयोग नै भन्नुपर्छ त्यस दिन काठमाडौ“मा मेरै किताब विमोचन हु“दैथियो । त्यहा“ म बोल्ने र यता पुस्तक विमोचन हुने समय लगभग मिलेको हु“दा मैले यतिखेर काठमाडौ“मा मेरै किताब विमोचन भइरहेको छ, म पहिले नै वचनवद्ध भएकाले त्यो कार्यक्रम छोडेर यो कार्यक्रममा आएको भन्दा निकैबेरसम्म तालीको गड्गडाहट आयो । कार्यक्रमको प्रत्यक्ष प्रसारण स्थानीय एप्m.एम्. बाट भइरहेको थियो । उता धान दिवस र यता रोपाइ“ साहित्य पनि सकियो । कार्यक्रमको समापनपछि दहीचिउरा र रोटी खाइयो । हरिया मकै चाहि“ बोट हेरेरै चित्त बुझाइयो । पाहुनाको रोजी दुध र भात हुने कुरै भएन ।
दहीचिउरे कार्यक्रम सकिएपछि त्यहा“ उपस्थित जनसमूह मेरा वरिपरि झुम्मिएर मेरो बोलाइको खुब प्रशंसा गरे । भरखरका देखि बुढापाकासम्मको आग्रहमा म निस्फिक्री रूपले फोटो खिचाइमा सरिक भए“ । फोटो खिच्ने कार्यक्रम निकै बेर चल्यो । यतिखेर के छ र ? सबका हातहातमा डिजिटल क्यामरा र मोबाइल । पहिलेजस्तो रिल खर्च हुने र धुनु पर्ने भए पो ¤ त्यसैले फोटा नाथे जति खिचे पनि भो । मन लागे कम्प्युटरमा राखेर हे¥यो नत्र डिलिट गरिदियो बस् ।
कार्यक्रम सकिएपछि बिदाइका हात हल्लाउ“दै मस्र्याङ्दीतिर ओरालो लागियो । पाइला ओरालिए पनि मनचाहि“ चितीबासीको सौहार्दपूर्ण व्यवहारले त्यतै वरिपरि गरुङ्गो भएर बसिराखेको जस्तो लाग्यो । “अर्काे पटक पनि आउनु है सर” भन्ने सबैजसोको अनुरोधलाई समय मिलेमा र अनुकूल परेमा आउने भनिदिएको छु । त्यो अर्कोपटक कहिले आउ“छ, पत्तो छैन । आयो गयो माया मोह आएन गएन को हो को हो भनेको यही त रहेछ नि ¤
वारिपट्टि दलालको छहरामा फोटो खिच्दा मलाई कतिपय पर्यटनस्थल भनिएका विदेशी ठाउ“भन्दा त्यो ठाउ“ निकै सुन्दर लाग्यो । अन्यत्र भए त्यही छा“गो टिकट काटेर हेर्नुपथ्र्याे तर हाम्रा त्यस्ता अनगिन्ती छा“गा निःशुल्क बाटो काटिरहेका छन् । के गर्नु मुखिया नै लठुवा भएपछि ¤ त्यस सुन्दर छहरामा मैले आनो चुच्चो पखाले“ र त्यहा“को सुन्दर दृश्यलाई क्यामरामा हुल्न पनि बा“की राखिन ।
त्यहा“बाट हामी बेंसीसहर पुगेर यताउता घुम्न निस्कियौ“ । बाटामा थुप्रै विद्यार्थीहरू भेटिए । विद्यार्थीहरूको आÇनामा जाऔ“ भन्ने आग्रहलाई पनि अर्को पटक भन्दै टारियो । सहयात्रीहरू अलिकति बढी सुविधा पाउनेबित्तिकै त्यतैतिर छड्किने धेरैको बानी देखिन्छ । गा“स छोड्नु साथ नछोड्नु भन्ने कुरा बुझ्नुपर्ने हो ।
आफूले दिउ“सो वाचन गरेको कविताबारे सुझाव माग्न इन्दिरा तिवारी होटेलमा आइन् । मैले त्यसका कमजोरी बताइदिए“ । उनी प्रसन्न भइन् । तिनी स्थानीय नेतृ रहिछन्, कुन दले थिइन् त्यसमा मेरो सरोकार थिएन । तिनी ल्याप्चेलाल नभएर एम्.ए. गरेकी निकै फर्साइली रहिछन् । यस्तै पढेलेखेका र आलोचना सहनसक्ने नेतानेती भए देश केही उ“भो लाग्थ्यो कि भनेर सोच्नु पनि हाम्रा मान्छेजति राम्रा मान्छे भन्ने मुलुकमा के अर्थ छ र... ?
चितीबासीको न्यानो माया मुटुमा सा“चेर हामीले अर्काे दिन बिहानै बेंसीसहर छोड्यौ“ । बेंसीसहरबाट बिदाइका हात हल्लाउ“दै दलालको छा“गानेर पुग्दा गोविन्दबाबु तिवारी हाम्रो बिदाइका लागि प्रतीक्षारत रहेछन् । देश खाई शेष भएका मान्छे के चुक्थे यस्ता काममा । हामी सबै गाडीबाट ओर्लियौ“ । गोविन्दबाबुले मस“ग अङ्कमाल गर्दै भावुक भएर “डा.साहेब लमजुङबासीलाई ठूलो छाप छोडेर जानु भएको छ फेरि बोलाउ“दा पनि आइदिनुहोला” भन्दा मैले पनि “हुन्छ” भनिदिएको छु । मौका प¥यो भने फेरि जान पनि बेर लाउ“दिन । उनको तोलाको वचन खोलामा फालिदिन पनि त भएन । त्यहा“ मेरा न आमातिरका मामा न बाबुतिरका काका थिए तर सबै आÇनैजस्ता लाग्थे ।
लमजुङलाई पछाडि छोड्दै हामी अगि बढ्यौ“ । हामी कुरिनटारभन्दा केही अगिको एउटा होटेलमा चियाखाजा खान पस्यौ“ । त्यहा“ पनि केही विद्यार्थी भेटिए । “जताततै तपाईंका विद्यार्थी मात्र छन् कि क्या हो” भनी मलाई सहयात्रीहरूले भन्दा म मुसुक्क हा“से मात्र । नदीका छेउमा सुन्दर दृश्यावलोकन गर्न सकिने त्यस होटेलमा चियाखाजा खाएर हामीले बाटो ततायौ“ र मलेखुमा आएर खाना खायौ“ । गाडीमा केही क्षण झकाइएछ । एकैपटक दुर्गन्धित हावा नाकमा छिरेपछि पो काठमाडौ“ आइपुगेको जानकारी पाइयो ।
ड्राइभर भाइ नेतै खालका रहेछन् तर त्यसले हामीलाई असर पार्ने कुरै थिएन । देश चलाउने जेजस्ता भए पनि तिनीचाहि“ गाडी चलाउन सिपालु रहेछन् । एकदुई ठाउ“ त निकै राम्रो कला प्रदर्शन गरेर दुर्घटनाबाट जोगाए पनि । मलाई घरमा छोडेर अरू आनो बाटो लागे । मचाहि“ “गइयो हरर, बेंसीसहर” भन्दै घर भित्रिए“ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 पौष, 2071

लेखकका अन्य रचनाहरु