सांस्कृतिक प्रस्तुतिका दृष्टिबाट अर्की आइमाई उपन्यासको विश्लेषण

- लीला लुइटेल

१. प्रारम्भ ः संस्कृतिको परिचय
कुनै वस्तुलाई परिमार्जन गरी वा सुसंस्कृत रूप दिई चम्किलो तुल्याउने काम संस्कृति हो । हरेक मानव समुदाय कुनै न कुनै संस्कृतिमा आबद्ध हुन्छ । एउटा जाति वा सम्प्रदायको संस्कृति अर्को जाति वा सम्प्रदायको भन्दा भिन्न हुनसक्ने भएकाले संसारमा संस्कृतिगत विविधता पाइन्छ र यही विविधताका कारण हरेक जातिका चालचलन, रीतिथिति, रहनसहन, आचारविचार, भावना आदिमा पनि विविधता रहेको देखिन्छ । कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थनीति, चालचलन, गीत, नृत्य, वाद्यवादन, चाडबाड, जात्रा, कला आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदि झल्काउने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूपलाई संस्कृति भनिन्छ । कला, भाषा, साहित्य, दर्शन, धर्म, नीति, इतिहास आदि विभिन्न सन्दर्भ पनि संस्कृतिभित्रै समेटिन्छन् । पारम्परिक गीत, नृत्य, वाद्यवादन, चाडबाड, तीर्थ, व्रत, पर्व, धर्म, संस्कार, मूर्तिकला, चित्रकला, वास्तुकला, जात्रा आदिका सन्दर्भबाट पनि संस्कृतिलाई अथ्र्याइएको पाइन्छ । परम्परित मूल्यमान्यता, रीतिरिवाज, चालचलन, धर्म, संस्कार, आस्था, व्यवहार, इतिहास पूर्वजन्म, पुनर्जन्म, कर्म, भाग्य, ईश्वरीयता, लोकोक्ति, लोकप्रचलन मात्र नभएर नवसिर्जित मूल्यमान्यता आदि पनि संस्कृतिभित्र पर्न सक्छन् ।
भौगोलिक स्थिति, रहनसहन, लवाइखवाइ, शिक्षादीक्षा आदिका कारण संस्कृतिमा विविधता उत्पन्न हुन्छन् । एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरणीय हु“दै जाने संस्कृति परिवर्तनशील पनि हुन्छ । विभिन्न समयमा देखापर्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका राजनैतिक–आर्थिक घटना तथा परिवर्तनले पनि संस्कृतिलाई प्रत्यक्ष–परोक्ष प्रभाव पारेको देखिन्छ । यसलाई विविधतामय तुल्याउन स्थान, समय, जात, धर्म आदिले पनि महŒवपूर्ण भूमिका खेलेको हुन्छ । एक ठाउ“, समय, जात र धर्मको संस्कृति अर्को ठाउ“, समय, जात र धर्मका लागि बेठीक, विपरीत र अस्वीकार्यसमेत हुने गरेको स्थिति पनि भेटिन्छ । राम्रो–नराम्रो, असल–खराब, ठीक–बेठीक भन्ने कुरा पनि सापेक्षित हुन्छन् ।
ज्ञान–विज्ञान दुवैलाई समेट्ने सांस्कृतिक सन्दर्भबाटै मानव जाति र सिङ्गो विश्व मानव समुदाय परिचालित हुनेहु“दा यसभित्र मानव समुदायले गर्ने सम्पूर्ण आध्यात्मिक–भौतिक गतिविधि र क्रियाकलाप पर्छन् । राजनैतिक–आर्थिक दृष्टिले संस्कृतिको परिभाषा गरिएको पनि पाइन्छ । धार्मिक आस्थाले पनि विभिन्न संस्कृतिको निर्माण गर्न सहयोग पु¥याउ“छ । अत्यन्त व्यापक र विस्तृत क्षेत्र ओगट्ने संस्कृतिलाई कतिपय सन्दर्भमा देश, काल, जाति, धर्म आदिमा सीमित गरेर हेर्ने अवस्था पनि रहनसक्छ, तर त्यसरी हेर्दा पनि यसको व्यापकतालाई भने भुल्नु हु“दैन ।
मानव जीवनको पहिचानका रूपमा रहेको संस्कृतिस“ग साहित्यको निकट सम्बन्ध रहेको हुन्छ । प्रायः सबैजसो साहित्यिक कृतिहरूमा कुनै न कुनै ढङ्गले संस्कृति अभिव्यक्त भएको हुन्छ । साहित्यले संस्कृतिको निर्माण गर्ने र संस्कृतिले साहित्यलाई मार्ग प्रशस्त गर्ने सन्दर्भमा यी दुवै परस्परव्यापी हुन्छन् । साहित्यमा संस्कृतिको प्रयोग विशेषगरी परिवेश चित्रणका सन्दर्भमा देखापर्छ । साहित्यिक कृतिलाई यथार्थमूलक एवं विशिष्ट बनाउन संस्कृतिको भूमिका महŒवपूर्ण रहेको हुन्छ ।
२. विषयपरिचय ः नीलम कार्कीको सङ्क्षिप्त परिचय
२०३१ साल असार २३ गते गोठादी, पाल्पामा जन्मिएकी नीलम कार्कीले नेपाली भाषा साहित्यमा एम्.ए. र स्वास्थ्य शिक्षामा एम्.एड्. को शिक्षा हासिल गरेकी छन् । स्वास्थ्यकर्मीका रूपमा केही समय काम गरेकी यिनले विभिन्न कलेजम प्राध्यापन पनि गरेकी छन् । यिनले रेडियो तथा टेलिभिजनमा कार्यक्रमा सञ्चालक भएर पनि काम गरेको पाइन्छ । विभिन्न पत्रिका एवं साहित्यिक सङ्घसंस्थामा संलग्न यिनी हाल अमेरिकामा बसोबास गरिरहेकी छन् ।
नीलम कार्की नेपाली साहित्यमा नीलम कार्की निहारिकाका नामबाट परिचित छन् । यिनका नीलम कार्की निहारिकाका कविता (२०६३) तथा ब्रेन फिभर २०६३) नामक लामो कविता प्रकाशित छन् भने हवन (२०६२), कागजमा दस्तखत (२०६४) तथा बेली (२०६८) नामका कथा सङ्ग्रह प्रकाशित छन् । यसैगरी यिनका मौन जीवन (२०५१), नियतिको खेल (२०५३) तिमी, म र उनी (२०५८) तथा अर्की आईमाई (२०७०) नामक उपन्यास प्रकाशित छन् ।
३. विषयप्रवेश ः अर्की आइमाई उपन्यासको सङ्क्षिप्त परिचय
विभिन्न शीर्षकद्वारा विभाजनको सङ्केत गरिएको नीलम कार्कीको नवीनतम उपन्यास अर्की आइमाई उपन्यास १७७ पृष्ठको बा≈संरचनामा आबद्ध रहेको छ । एक्काईसौं शताब्दीको विद्युतीय सञ्चारका युगमा पनि महिलालाई दासीकै रूपमा हेर्न खोज्ने दरिद्री मानसिकताको विश्लेषण गरिएको यस उपन्यासमा भौतिक सम्पन्नता र नारीभित्रका इच्छा एवं द्वन्द्वमा किचिन पुगेको मानसिकतालाई सहज तथा स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ । यसका साथै रूपान्तरित हु“दै गएका नेपाली रहनसहन एवं जीवनशैलीको जीवन्त प्रस्तुति यस उपन्यासमा भएको छ ।
किशोर अवस्थामै आपूmभन्दा दुईगुना उमेरको व्यक्तिको पत्नी एवं दुई सन्तानकी आमा भएर अमेरिका भित्रिएकी एउटी नेपाली नारी लोग्नेकी स्वास्नीभन्दा पनि अर्की आईमाई अर्थात् उनीहरूको पारिवारिक सुसारे बनेर बा“च्न बाध्य पारिएकी नारीका पीडाको प्रस्तुति यस उपन्यासमा भएको छ । आÇनो सम्पूर्ण स्थिति बोध गरिसकेपछि नेपाल फर्किएपछि पनि उसलाई अर्की आइमाईको दर्जामा राख्न चाहने पुरुषलाई लत्याउन सफल भएपछि यस उपन्यासको अन्त्य भएको छ ।
अर्की आइमाई उपन्यासकी केन्द्रीय सहभागी तारा मल्ल अर्थात् तरु उच्च भौतिक सुविधा एवं अभावको तानातानीमा किचिन पुगेकी छ । अनुकूलभन्दा प्रतिकूल सहभागीको बाहुल्य रहेको यस उपन्यासका प्रायः सहभागीहरू चारित्रिक कारणभन्दा परिस्थितिले प्रतिकूल बनाएका छन् । यसका अधिकांश सहभागीहरू वर्तमानमा देखापरेको भौतिक सुविधा सम्पन्न देशमा भासिने समस्याले किचिएका छन् भने मूल सहभागी आÇना सम्पूर्ण अन्योललाई त्यागेर आÇनो जन्मभूमिमा पुुग्न प्रयासरत देखिन्छे । नेपालको ग्रामीण पारिवारिक तथा सामाजिकताको सेरोफेरोका साथै अमेरिकामा बसोबास गर्ने नेपाली पारिवारिक दुखद एवं त्रासद वातावरणमा संरचित यस उपन्यासको अन्त्यमा सुखद एवं आशावादी वातावरणको सङ्केत गरिएको छ । नारी वस्तुको रूपमा नभई एउटा सिङ्गो सग्लो मानव हो भन्ने अवधारणाको प्रस्तुति नै यस उपन्यासको मूल अभीष्ट रहेको छ । प्रथम पुरुष दृष्टिबिन्दु एवं वर्णनात्मक शैलीमा संरचित यस उपन्यासमा पूर्वदीप्ति शैली पनि प्रयुक्त छ । सरल र सहज भाषामा लेखिएको यस उपन्यासमा प्रयुक्त भाषा स्वाभाविक एवं प्रभावकारी रहेको छ । एकाध ठाउ“मा पाइने भाषिक त्रुटिले यसको बोधगम्यतालाई भने प्रतिकूल असर पारेको छैन ।
प्रस्तुत उपन्यासको शीर्षक अर्की आइमाई राखिएको छ । यसको मूल सहभागीलाई आÇनै लोग्नेले पनि स्वास्नीको रूपमा नहेरी अर्की आइमाईको रूपमा हेरेको छ । यसका साथै उसका नन्देज्वाइ“, केही समय घरमा बस्नपुगेको पाहुना र भाइटीका लगाएको भाइले समेत उसलाई अर्की आइमाईको रूपमा प्रयोग गर्न खोज्छन् । उपन्यासका सबै घटना र सहभागी अर्की आइमाई हुन बाध्य पारिएकी सहभागी तारास“ग सम्बद्ध भएका, उपन्यासको कथानक पनि उसैको सेरोफेरोमा घुमेको अनि अन्त्यमा कसैको अर्की आइमाई हुने प्रस्तावलाई लात हानेको हु“दा उपन्यासमा उसको भूमिकाअनुरूप चयन गरिएको यस उपन्यासको शीर्षक अर्की आइमाई अभिधात्मक र सामञ्जस्यमूलक रहेको छ ।
४. विषयविस्तार ः अर्की आइमाई उपन्यासमा अभिव्यक्त सांस्कृतिक पक्षहरू
परिवर्तनोन्मुख युगीन नेपाली जीवन शैलीलाई विषय बनाइएको नीलम कार्कीको अर्की आइमाई उपन्यासमा नेपाली–अमेरिकी संस्कृतिका विविध सन्दर्भको प्रस्तुति पाइन्छ । यिनको यस उपन्यासको मूल अभीष्ट सांस्कृतिक प्रस्तुति नभए पनि वस्तुचयन, पात्रविधान, संवादयोजना, परिवेशवर्णन आदि विभिन्न सन्दर्भ र प्रसङ्गमा नेपाली अमेरिकी जनजीवनका मिश्रित संस्कृतिका विभिन्न स्वरूपहरू यसमा देखापर्छन् । यस उपन्यासमा प्रस्तुत संस्कृतिसम्बन्धी अनेक सन्दर्भहरूलाई विभिन्न आधारमा तल विश्लेषण गरिन्छ ः
(१) ईश्वरीय संस्कृति
(२) लोकप्रचलित संस्कृति
(३) वर्गीय संस्कृति
(४) लोकोक्तिमूलक संस्कृति
(५) गायन, वादन र नर्तनमा आधारित संस्कृति
(६) चाडपर्व, तीर्थ, व्रत, जात्रा आदिमा आधारित संस्कृति
(१) ईश्वरीय संस्कृति
ईश्वरस“ग सम्बद्ध विभिन्न गतिविधि एवं क्रियाकलापलाई ईश्वरीय संस्कृतिअन्तर्गत चर्चा गर्न सकिन्छ । ईश्वरीयता भनेको अमूर्त एवं अलौकिक शक्तिमा विश्वास गर्नु हो । प्राचीन कालदेखि नै मानिस प्रत्यक्ष एवं परोक्ष रूपमा ईश्वरीय चिन्तनस“ग प्रभावित रहेको छ । नीलम कार्की निहारिकाको अर्की आइमाई उपन्यासमा विविध सन्दर्भबाट ईश्वरीय संस्कृतिको प्रस्तुति भएको छ । यसप्रकारको सांस्कृतिक प्रस्तुति प्रार्थना, आराधना, पूजाआजा, मन्दिरको दर्शन, व्रत तथा विपद्का समयमा ईश्वरको पुकारा गरी ईश्वरमाथि आस्था र भरोसा गरेको सन्दर्भबाट अभिव्यक्त भएको पाइन्छ । अर्की आइमाई उपन्यासमा अभिव्यक्त ईश्वरीय संस्कृतिसम्बन्धी केही उल्लेखनीय अभिव्यक्तिगत तथ्याङ्कहरू तल दिइन्छ ः
ऊ प्रभुको शरणमा गयो (पृ. ५) ।
प्रभुको मर्जी (पृ. ४१) ।
जन्म दिएकी आमास“ग छुटाउनु पाप हो नि (पृ. ८६) ।
भगवान्को इच्छा (पृ. ९७) ।
भगवान्ले बसालेको रीत बिगार्नु हुन्न (पृ. १००) ।
भगवान्को शरण (पृ. १०६) ।
कसो भगवान्ले आÇनो भक्तको प्रार्थना (पृ. ११३) ।
यो धर्तीका सबै ईश्वरकै सन्तान हुन् (पृ. १४०) ।
भगवान् त“ आ“ट म पु¥याउ“छु भन्छन् रे (पृ. १४२) ।
धर्तीका सबै ईश्वरकै सन्तान हुन् (पृ. १४०) ।
(२) लोकप्रचलित संस्कृति
जनजीवनमा परम्परादेखि नै अमीट छाप पार्ने गरी प्रचलनमा रहेका विभिन्न संस्कारजन्य सन्दर्भहरूलाई लोकप्रचलित संस्कृतिअन्तर्गत राखिन्छ । नीलम कार्कीको अर्की आइमाई उपन्यासमा नेपाली–अमेरिकी जनजीवनका लोकप्रचलन, सामाजिक अन्धविश्वास, भाग्यवादी दृष्टिकोण आदि अनेक सन्दर्भहरू समेटिएका छन् । यीमध्ये प्रमुख केही सन्दर्भहरू तल प्रस्तुत गरिन्छ ः
(क) लोकप्रचलन
तीज, दसैंमा नया“ लुगा फेर्नु (पृ. ११) ।
परसरेका आइमाईले छु“दा सबै बिटुलो हुने (पृ. ३६) ।
क्रिसमस ट्री सिगार्नु (पृ. ४५) ।
अमेरिकामा बिहे नभई एकै ठाउ“मा निर्बाध रूपले बस्नु र त्यसलाई स्वीकार्नु (४७) ।
बिहेमा केटीले सेतो लुगा लगाउनु (पृ. ५१) ।
बिहेमा बेहुलाबेहुलीले म्वाइ खाने विधि हुनु (पृ. ५२) ।
कागजी अर्थात् नक्कली बिहेको प्रचलन (ऐजन) ।
नेपाली बिहेमा कसार आवश्यक हुनु (पृ. ५४) ।
हलबिनको शुभकामना आदान प्रदान गर्नु (पृ. ५५) ।
खुशीको बेला स्याम्पेन खोल्नु (ऐजन) ।
थ्याङ्स गिभिङ डे मा सिङ्गो टर्कीको भोज गरिनु (पृ. ५६, ५७) ।
मदर्स डेमा केटाकेटीले आमालाई केक खुवाउनु (पृ. ६१) ।
व्रतको दिन केही नखानु (पृ. ८२) ।
जन्मदिनमा केक, बुकी र उपहार दिनु (पृ. ८६) ।
विधवाले सेतो सारी लाउनु (पृ. ९६) ।
(ख) अन्धविश्वास
विभिन्न प्रकारका सामाजिक अन्धविश्वासहरू पुख्र्यौली सम्पत्तिका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा मौखिक वा श्रुतिपरम्पराका रूपमा हस्तान्तरण भइरहेका हुन्छन् । शिक्षित तथा युवा पुस्ताले यस्ता अन्धविश्वासहरूलाई अस्वीकार गर्न खोजे पनि तिनले कुनै न कुनै रूपमा समाजमा स्थान पाइरहेका छन् । व्यक्ति जस्तोसुकै शिक्षित र सभ्य भए पनि समाजमा प्रचलित अन्धविश्वासबाट विमुख भई त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न सक्दैन । अर्की आइमाई उपन्यासमा अभिव्यक्त यस्ता अन्धविश्वासहरू उदाहरणको रूपमा तल प्रस्तुत गरिन्छ ः
विधवाले शुभकार्य हेर्नुहुन्न भन्ने प्रचलन (पृ. १२) ।
स्यान्टाले क्रिसमसको दिन उपहार बा“ड्ने विश्वास गर्नु (पृ. ४५) ।
(ख) भाग्यवाद
प्रत्येक मानिस आÇनो जीवनमा अनेक उद्देश्यका साथ यात्रा गरिरहेको हुन्छ । यात्राको दौडानमा अनेकौं प्रयत्न गर्दा पनि सबै स्थितिमा मानवले सफलता हासिल गर्न सक्तैन । यस्तो स्थितिमा निराशाबाट बच्न ऊ आÇनो शक्तिभन्दा बाहिरको अलौकिक एवं अमूर्त शक्तिको सहारा लिन खोज्दछ । यसप्रकारको शक्तिमध्ये भाग्यवाद पनि एक हो । यसले मानिसका बा≈य क्रियाकलाप एवं विश्वास दुवैमा प्रभाव पारेको हुन्छ । अर्की आइमाई उपन्यासमा अभिव्यक्त भाग्यवादका उदाहरणहरू यसप्रकार छन् ः
म भाग्यमानी छोरी हु“ (पृ. ९६) ।
म भाग्यशाली हु“ (पृ. १०१) ।
(३) वर्गीय संस्कृति
समाजमा विभिन्न वर्गका मानिसहरूको बसोबास रहन्छ । समाजमा बसोबास गर्ने विभिन्न वर्गका व्यक्तिहरूमा पाइने आनीबानी, क्रियाकलाप, चालचलन, लवाइखवाइ आदि गतिविधिहरूस“ग सम्बद्ध व्यवहारलाई वर्गीय संस्कृतिभित्र समावेश गर्न सकिन्छ । अर्की आइमाई उपन्यासमा घरमा सर्भेन्ट क्वाटरको व्यवस्था गर्नु तथा पालेकी स्वास्नीलाई आदेश दिनुले वर्गीय संस्कृतिलाई प्रस्तुत गरेको छ ।
(४) लोकोक्तिमूलक संस्कृति
अर्की आइमाई उपन्यासमा विभिन्न प्रकारका लोकोक्ति पनि प्रयुक्त छन् । भाषिक संस्कृतिको अभिन्न अङ्गको रूपमा लिइने यस्ता लोकोक्तिको प्रयोगले कृतिलाई जीवन्त, सहज र स्वाभाविक बनाउ“छन् । यस उपन्यासमा प्रयुक्त लोकोक्ति सम्बन्धी केही उदाहरणहरू तल दिइन्छ ः
मारे पाप पाले पुण्य (पृ.१२) ।
नजाने गाउ“को बाटो नसोध्नु (पृ.२२) ।
माया तलतल बग्छ (पृ. ६७) ।
खानपिन तेरा घर सुत्न आइज मेरा घर (पृ. ८०) ।
अर्काको बाच्छो चाटी मुखभरी रौं (पृ. ९८) ।
बगेको खोला फर्क“दैन (पृ. १३०) ।
त“ आ“ट म पु¥याउ“छु (पृ. १४२) ।
लोभको भा“डो कहिल्यै भरिने होइन (१४५) ।
(५) गायन, वादन र नर्तनमा आधारित संस्कृति
गायन, वादन र नर्तन पनि संस्कृतिका अभिन्न अङ्ग हुन् । अर्की आइमाई उपन्यासमा ‘पर्खी बसे. आउ“छ भनी’ भन्ने नारायण गोपालको गीतको सम्झना गर्नु (७२), ‘तिम्रो मेरो चोखो माया बनी बस्यो दाग, मुटु पनि चिरा परी लाग्दो रैछ भाग’ भन्ने गीतको उल्लेख गर्नु (७६), बिहेको जन्तीमा बाजा बजाउनु आदि प्रसङ्गको उल्लेखबाट गायन एवं वादनसम्बन्धी संस्कृतिको प्रस्तुत भएको छ भने जन्मदिनमा स्लो डान्स, साल्सा डान्स गर्नु (८८) आदिको सन्दर्भबाट नृत्यसम्बन्धी संस्कृतिको प्रस्तुति पाइन्छ ।
(६) चाडपर्व, तीर्थ, व्रत, जात्रा आदिमा आधारित संस्कृति
अमेरिका बहुभाषी, बहुजाति र बहुधर्मी मानिसहरूले बसोबास गर्ने मुलुक भएको हु“दा यहा“ विभिन्न प्रकारका चाडपर्व मनाइन्छन् । नीलम कार्कीको अर्की आइमाई उपन्यास अमेरिकामा बस्ने नेपाली जनजीवनमा आधारित भएकाले यसमा उनीहरूले मनाउने चाडपर्वहरूको उल्लेख पाइन्छ । यसका साथै नेपाली चालचलनको पनि यसमा उल्लेख भएको पाइन्छ । क्रिसमस, थ्याङ्स गिभिङ डे, मदर्स डे, हलबिन आदि अमेरिकी संस्कृति तथा भाइटीकामा भाइलाई टीका लगाउने, मातातीर्थ औंसीका दिन आमाबाट आशीर्वाद लिनेजस्ता प्रचलनको उल्लेखबाट नीलम कार्कीले यस्ता संस्कृतिको झझल्को दिएकी छन् ।
६) साइबर संस्कृति
वर्तमान युग विद्युतीय सञ्चारको युग हो । युगअनुरूप प्रस्तुत उपन्यासमा साइबर संस्कृति पनि प्रयुक्त छ । फेसबुक, ट्याग, म्यासेज बक्सजस्ता शब्दको प्रयोग तथा इन्टरनेटमा च्याट गर्नु, अनलाइन बस्नु आदि यस उपन्यासमा प्रयुक्त साइबर संस्कृतिका नमुना हुन् ।
(१०) परिवर्तित संस्कृति
एकजनास“ग विवाह गरेपछि जुनसुकै मूल्य र जस्तोसुकै अवस्थामा पनि त्यो सम्बन्धलाई जीवनभरि डो¥याउनु पर्छ मान्यता नेपाली समाजमा क्रमशः कमजोर हु“दै गएको देखिन्छ । यसबाट पति भक्ति त मर्दैन पापी पति भए पनि, पति नारीको शृङ्गार हो, परमेश्वर हो, नारीका लागि पति नै सर्वस्व हो भन्ने परम्परागत हिन्दू आदर्श पनि परिवर्तित भई समानता र स्वतन्त्रताको खोजीगर्दै एकअर्कामा सहयोग, सद्भाव एवं सम्मानको वातावरण सिर्जना हुनुपर्ने युगानुकूल धारणातर्पm नेपाली मानसिकता उन्मुख भएको पाइन्छ । यसका साथै रजस्वला हु“दा बार्न नपर्नु, पारपाचुके पछि पुनर्विवाह गर्नु, कोर्ट म्यारिजमा रुचि राख्नु, पेपर म्यारिज गर्नु, मदिराजन्य पदार्थले पाहुनाको सत्कार गर्नु पनि नेपाली जनजीवनको सांस्कृतिक मूल्यमान्यतामा हु“दै गएका परिवर्तनका सङ्केत हुन् । यस्ता सन्दर्भहरूलाई चाहि“ सकारात्मक परिवर्तनको सूचकका रूपमा लिनु पर्दछ ।
४. समापन
नीलमका अगिल्ला दुई उपन्यास मौन जीवन र नियतिको खेल किशोरवयका रहर हुन् भने पछिल्ला दुई उपन्यास तिमी, म र उनी तथा अर्की आईमाई साहित्यिक दृष्टिले सचेत भएर लेखिएका हुन् । यिनको पछिल्लो उपन्यास अर्की आइमाई परिवर्तन हु“दै गएको वर्तमान नेपाली जनजीवनको प्रस्तुति हो । युगीन नेपाली–अमेरिकी जनजीवनका विविध पाटाका सन्दर्भबाट नेपाली नारीप्रति गरिने अत्याचारलाई साध्य बनाउने क्रममा वस्तुको आवश्यकता र प्रसङ्गअनुसार साधनका रूपमा संस्कृतिका विविध पक्षको प्रस्तुति भएको यो उपन्यास नेपाली–अमेरिकी मिश्रित संस्कृतिको सङ्गम बन्नपुगेको छ । समग्रमा भन्नुपर्दा युगीन यथार्थका विविध पक्षलाई देखाइएको यो उपन्यास नेपाली अमेरिकी मिश्रित सांस्कृतिक प्रयोगका दृष्टिबाट पनि सहज, स्वाभाविक र सबल भएर देखापरेको छ र यही नै यस उपन्यासको उल्लेखनीय र विशिष्ट पक्ष हो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 पौष, 2071

लेखकका अन्य रचनाहरु