जय– संस्कार !

- बद्री प्रसाद दाहाल

बूढापाकाहरु भाखा फिराएर रुखा स्वरमा भन्छन् ‘ संस्कार व्यक्ति र समाजलाई अलङ्कृत पार्ने स्वस्थ र विज्ञानसम्मत सुकर्म हो । ’ शब्दकोषका पोथीहरु पनि धोती फेरेर बोल्छन्— ‘संस्कार’ भनेको अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम , सुधार वा शुध्दता हो । अझ लामो र गनगनजस्तो लाग्ने शब्दमा भन्नुपर्दा—‘ रहन–सहन, मर्यादा, सम्पर्क शिक्षा आदिका कारणबाट मान्छेका मनमा पार्ने प्रभाव वा धारणा नै संस्कार हो । ’ वास्तवमा ‘संस्कार’ मानव जीवनको विशाद, विकार, धि–क्कार, अभिशाप र उठीबास पार्ने रमिता भने होइन । बिडम्वना ! दिनानुदिन नेपालका नव –धनाढ्यहरु भने संस्कारमाथि अपकार गर्दै खकारबराबर पार्न नचॉहि‘दो ढासा र ढर्रामा यसलाई विशाद, विलाप , विखण्डन र विभ्रममा परिणत गराएर उपहासको पगरी गुताइदिएका छन् । त्यसैले त यो भदौरे जात्राको भक्कूजस्तो लगनका दिनहरुमा हगनजस्तो भएर सुन्दर सनातन परंपरामा चक्कू झिकेर धक्कू लाइरहेछ ।

यहॉ द्रुतमार्गबाट –नवकुबेर बन्न पुगेकाहरुको प्रतापले ताप थपेर सबै खाले धार्मिकहरुको संस्कारमा बन्चरो प्रहार भएकै कारण ठालूहरुको भालु नाचले आम जनताको ढन्नेसो भॉच्, बन्न पुगिरहेको छ , परिष्कारको सोपान भएको संस्कार ! सनातनीहरुका सोह्र थरी संस्कारमा हिजोआज विवाह संस्कार त्यसमा पनि छोरीको बिहे गर्नु भनेको त आप्mनै बाबुको बाजागाजा सहितको ताजा आमा भित्र्याउने धन्दा भन्दा नि चर्को हु‘दै रै छ गॉठे ! वर पक्षको धाक धम्की र रबाफअगाडि जस्तोसुकै मै हू‘ भन्ने माइकालाल पनि सागपात झैं लल्याकलुलुक्क हुनुपर्दो रहेछ । विवाहको इङ्गेज–मेन्ट अर्थात् छिनोकॉटो गर्ने दिन बधू पक्षका लाई वरपक्षकाहरुले हाम्रा इष्टमित्रहरु दसबीस जनामात्र हुन्छन् भनेर भर पारी इङ्गेजमेन्टको साइतमा भने पल्टनै मार्च गराउने तमासा जताततै बढेर गएको छ । नक्कली आभूषण र पारदर्शी कपडामा ठॉटिएर अङ्ग–उपाङ्गका मांस पिण्ड देखाई भद्दा मेकपमा पठ्ठीहरुको हुल झर्को लाग्दो हुन्छ । त्यसै गरी कानमा मुन्द्रा भिरेका , रङ–विरङका पालिस दलेर जगल्टा हल्लाएका , बोके कट दाह्री पालेका र हिजोकै ह्याङओभरमा रन्थनिएकाहरुको हुलको उत्तिकै लर्कोमा थप बोक्रे भलादमी संख्याले बस र मोटर साइकल भरिभराउ भएको हुन्छ । यसरी बिहे छिन्दैमा बधू पक्षमा पक्षाघातै पार्ने गरी वरपटिबाट मच्चाइएको राइ‘दाइ‘ कहालीलाग्दो बनाउ‘दा हाम्रो आर्थिक अवस्था फुकीढल हुन पुगेको छ ।

वरका पिता हुनेवाला संधी भद्र र शालीन अभिनयमा चिप्लो बोलीमार्फत भन्छन्—‘ए हजूर , इष्टमित्रहरुको अगाडि इज्जत राखिदिनु होस्, हामीलाई केही दिनु पर्दैन ,हजूरको कन्या नै पर्याप्त छिन् । कसले दिएर कसलाई पुग्छ र ? ’ हुनेवाला सम्धीको कुरा काटीकुटी प्रवीण राजज्ञले पस्किएको संवाद झलक्क चाख्दा महझैं र चाखीरहँदा चास्नीकै अनुभूत हुन्छ । खोक्रो , बोक्रो , बनावटी र देखावटीमात्र देखिन्छ । जसमा मनग्गे दाइजोको माग गर्दै बधू पक्षका लागि खसी बनाउने सङ्केत गतिलैसित दिन्छन् । वर पक्षका अभिभावकको यी लक्षणा र व्यञ्जनापूर्ण अभिव्यक्तिभित्र उपहार तथा दाइजोको सामन्ती अहङ्कार शास्त्रीय संगीतको झङ्कारलाई जितेर चेतावनीसहित गुञ्जिएको हुन्छ । बिहेको छिनोफानो गर्ने बेला जन्ती आउने दिनको पूर्वाभ्यास भनौं वा रियाजको मञ्चन गराएर दुलहीका अभिभावकमा रक्तसञ्चारको तापक्रमलाई अग्लाइमा पु¥याउने कसरत मनग्गे हुन्छ । काने–खुसीमा तिलकको अलखले केटीपक्षलाई विलखबन्दमा नै पु¥याउ‘छ चोके ढ्याकेले । यसरी छोरामात्र भएका मोराहरु कोरा भएर बोराका बोरा उपहार डिमाण्ड गर्दै नाकका पोरा फुलाएका पूmर्तिवाल दृष्य अत्यन्तै घिनलाग्दो महसूस हुन्छ बा !

बिहेको दिन भएभरका बकुन्द्राबकुन्द्री बटुलेर थरी–थरीका सबारीका तॉतीमा भॉतिभॉती अनुहार न दनुवारका ढेडुमुखेदेखि बॉदर्नी मैयासम्म पाखण्डमा उर्लिएर आकण्ठ भकुर्न आउ‘छन् । पप गीतमा हपहप हु‘दै ¥याप गीतमा तरुनी च्यापाच्याप गर्ने महा–ताण्डव नृत्यले कन्सिरीको रौं नै तताउ‘छ पो त ! अझ विदेशीका जडौरी हिपहप, बी बोइङ र सी बोइङ भन्ने आन्द्राभुँडी नै निकाल्ने भल्गर नाचले लोक संस्कृतिका प्रतीक लोक नाचमा भयङ्कर ऑच पु¥याउ‘छन् । उता हुनेवाला संधी बनावटी लेग्रो तानेर लाजै नमानी भन्छ—‘ हजूर , मेरो त ठूलो गोल भएको हु‘दा पहिलेको तपाईं हाम्रो सल्लाहभन्दा झन्नै हण्ड्र्रेड ओभर जन्ती थपिएका छन् । परहेड आठसयमा बल्ल–बल्ल बार्गेनिङ गरेर भोजको खोज जोडजाम भएकोमा बॉदरका बथानजत्तिकै अगस्ती हुलले बफे डिनरको सातै लिए बा, बा ! असंख्य मुन्द्रे र जगल्टे जमातले परव्यक्ति पन्ध्र पन्ध्र बोतल बियर , हिस्की , कोक पिएर ‘ठोक् न मादल ठोक्’ –को पात्तिएको गानामा मलमूत्र नै उत्सर्जन गरुमला झैं पो छ त ? बिजुलीपानीले मात्तिएर भद्रगोल मच्चाएको देख्दा आपूm दुलहीको बाउ भए नि घोचो उचालौं जस्तो लाग्यो । नकच्चरा जन्तीहरु खेलेर , दौडेर , उफ्रिएर विश्राम गरी गरी भकुरेको दुर्दृष्यले जिम्मा दिएको आयोजक पार्टी नै माल पु¥याउन नसकेर बेहाल परेको देख्दा छोरीको बाउ बन्न पर्ने अभिशापले मलाई नमजैसित निमठ्यो । कन्यादानको वेला सजाएका उपहार कम भएर होला बेहुलाका पुरुषार्थी पिता चिटचिट पसिना निकालेर जग्गे , बरण्डा , कौसी र चोटाकोठा घुमेको घुम्यै भए रे । लगत्तै नयॉ सम्धीले लमीलाई एकान्त गरेर अन्त नभन्ने शर्तमा तिलकको नयॉ दरबन्दी थप गरेर मन्तर्नु मन्तरे छन् । तत्कालै लमी मैसामु आएर दाइजो कमी भयो भनी मुख फो¥यो । कतै यो दसौं ग्रहले तिलकको आग्रह पूरा नभए छोरी नै छोडेर हिंड्ला कि ? भन्ने शङ्काले लङ्का पिटेकै कारण तुरुन्तै भतिजोलाई बोलाएर थप सामान ल्याउन आदेश दिए‘ । पञ्चकन्याका दुर्भाग्यशाली पिता म एउटी छोरी अन्माउ‘दैमा सातो बोलाउन पर्ने थिति आएर थाल खाउ‘ कि भात खाउ‘ परेको छ भने अझ चार–चारवटीलाई कसरी जोडा बॉधिदिने हो भन्ने चिन्ताले ङ्याकेको ङ्याक्यै छ । एक मन त लाग्छ आ–आफै लभ गरेर जाओ भनू‘ कि ? लगत्तै सोच्छु , क्यै जाने छोरीहरुले हामीलाई जन्माउने अपराध किन ग¥यौ त भन्दैननृ ? त्यसै गरी कुलको इज्जत , वंशको गौरव आदि आदि खोक्रा आडम्बरका, छोक्रा परंपराका धोक्राले मिच्न थालिहाल्छ ।

वास्तवमा ‘संस्कार’ व्यक्तिलाई तिरस्कार , चित्कार , धिक्कार , विकार, विषाद, भ्mयाउ, टण्टा र ऋणको दलदलमा गाड्ने बन्न हु‘दैन । जीवनको अलङ्कार , प्राणवायु र दीर्घायु दिनसक्ने भूमिका हुनुपर्छ संस्कार । यसले मानवमा सभ्यता र शिष्टता स्थापना गर्नुपर्छ भिल्लता र जङ्गलीपन हैन , देवत्व फुल्नुपर्छ दानवत्व हैन , संस्कार बॉच्ने र बचाउ‘ने परिकार बनोस् विनाश र संहार नबनोस् । भय बोकेको मयको हुंकार हुनुहुन्न संस्कार । यो त सत्यं , शिवं र सुन्दरंको परिष्कार अनि मानव जीवनको जिउने आधार हुनुपर्छ , तब त भन्न सकिन्छ जय संस्कार ’ जय संस्कार !!!

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु