के के भन्छन् ! भन्छन् !

- चूडा मणि रेग्मी

'या निशा' पो अघि भन्थे !ज्ञानी ज्ञान वोल !
जथाभावि ज्ञान पोख्छन् ! के के भन्छन् ! भन्छन् !

धर्म व्याख्या कमाउन अर्का व्याख्या उस्तै !
नेपालमा कमाउन के के भन्छन् ! भन्छन् !

कत्रा विद्वान् ! कत्रा ज्ञाता ! आफ्नो ज्ञानलाई
आफैं राहु केतु वन्दै के के भन्छन् ! भन्छन् !

लोक तन्त्र आएको छ ! नरिवल भयो !
प्रगतिको विरोधमा के के भन्छन् ! भन्छन् !

कवि स्रष्टा सृजनामा आधाउधि मात्र
राज नीतितिर दौडी के के भन्छन् ! भन्छन् !

केको ज्ञान केमा पोख्छन् ! सर्वज्ञ रे ! हरे !
कति मान्य वुद्धि भ्रष्ट ! के के भन्छन् ! भन्छन् !

'वाँच अनि यी टोड्काले हेर्नु पर्छ !' भन्थे !
हो पो रे'छ ! वुद्धि भ्रष्ट के के भन्छन् ! भन्छन् !

भविष्यका छक्क पर्लान् ! इतिहास पढी
भविष्यको शोच विनै के के भन्छन् ! भन्छन् !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु