मैले श्रीमती नबेचेको भए हुन्थ्यो

- डा. गोबिन्दसिंह रावत

अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने ग¥थ्यो । नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी भएर धेरैनै द्यौरासुरुवाल च्यातेको थिए । काभ्रे पलाञ्चोकको मान्छे काठमाडौं हुँदै नेपालका प्रायः सबै जिल्ला चहारीसकेर विभिन्न तालिम, गोष्ठी, बैठक र अनुगमनको नाममा भारत, थाईल्याण्ड, चिन, जापान, मलेसिया, दक्षिण कोरिया, ईजिप्ट, जर्मनसम्म पुगेको थिए । अमेरिका आउन नचाहने मानिस विरलै होलान । अमेरिकामा पनि म एउटा टे«निङ्गको लागि कार्यालयबाटै खटिएर आएको थिए अनि अहिलेसम्म खटेको खटै छु । यहाँ आएपछि जबरजस्ती पत्रकार बनेर नेपालबाट कागजपत्र जोगडजागड गरेर असायलम लिएको थिए । दुई वर्षपछि श्रीमती पनि यहीनै भेटियो । उनी पनि कुनै सामाजिक कार्यकर्ताका रुपमा पाताल प्रवेश गरेकी रहिछन् र यहाँ स्थाई बस्ने उपाय खोज्दै रहिछन् । मैले उनलाई पनि म जस्तै असायलम दिलाउन उपायसहित सहयोग गरेर कागज हात पारी दिए । यसरी हामीबीच भेटघाट बढ्दै गएपछि मन वचन र कर्मले एकअर्काको साथ दिदैजाने किरियानै खाएपछि विरुतारै विरुतारै हामी एक भयौं । कानूनी रुपमा भने हाम्रो विहे भएको छैन । अमेरिकन स्टाईलमा लिभिङ्ग टुगेदर भएकोले नेपाली समुदायहरुले कुरा काट्ने गरेको बारे मैले पनि सुनेको छु । तर छु मतलब भन्दै हामी सँगै बस्दै आएका छौं र बसी रहने छौं । हामी आफ्नो परिचय श्रीमान–श्रीमती भनेर दिन्छौं । असायलम लिएकोले नेपाल जानबाट एक प्रकारले हामी बञ्चित जस्तै छौं । तर नजानुको कारण हामी स्थापित हुन नसकेर हो । स्थापित भएर भारतको बाटो नेपाल गएर भ्mयाईकुटी भ्mयाईकुटी भ्mयाई गरेर बिहे गर्ने अभिलाषामात्र नभएर हामी दुवैको योजना पनि छ । त्यसैका लागि हामी मिहिनत गर्दैछौं । त्यसैले सन्तान पनि नजन्माएको भन्दा अत्युक्ती नहोला । गेस स्टेशनमा काम गरेर होला आफ्नै एउटा गेस स्टेसनको चाहनामा बाँची रहेको थिए । मेरी श्रीमतीको पनि त्यहीनै चाहना थियो । अनि त सबै ठीक हुने विश्वास लिएर हामी अगाडि बढी रहेका थियौं ।
म आएको पनि चार वर्ष भईसकेको छ । यहाँ आएर अरुहरु जति रमाए पनि हामी भने रमाउनै सकिरहेका छैनौं । प्रवेशिका उत्र्तीण गर्नासाथ सरकारी जागिर खान थालेकोले निवृतिभरण पाक्ने पाक्ने बेलामा अमेरिका आउनु परेको थियो । हाकिमहरुलाई मिलाएर फकाएर बेतलबी विदा र अध्ययन बिदा थप्दै सेवा काल पु¥याएर कम से कम निवृतिभरण त खान पाइएला भनेको पनि नयाँ मन्त्री आएपछि संविधान बनाउन छोडेर विदेशमा डलर खानेहरुको फेहरिस्त बनाउनमा नै व्यस्त भएर मेरो योजनामा पनि तगारो लगाई दिए पछि नेपाल फर्केर जान पनि सकिएन । रातभरी गैस स्टेसनमा काम गरेर थाकेको मान्छेलाई दिनभरी कसैले बोलेको पनि झर्को लाग्ने ग¥थ्यो । श्रीमतीको फेरी आप्mनै रामकथा छ । छरछिमेकका बच्चाहरुलाई जम्मा गरेर बेबी सिटर बनेकी छिन् । यसरी चलीरहेको हाम्रो जिन्दगानीमा अचानक भाग्यले ढोका ढकढकाउन थाल्यो । ढोका खोल्दा गरगहनाले सजिएकी साक्षात लक्ष्मी दैलोमा देखेपछि अरु के चाहियो त ।

म र श्रीमतीको एउटै चाहना, ईच्छा, आकाक्षा भनु वा अभिलाषा थियो । ग्यास स्टेसन किन्ने । कम से कम दुई लाख डलर चाहिएको थियो । नेपालको घरखेत बेचेर केही पुञ्जी जम्मा गरे पनि चाहिएजति बनाउन सकेका थिएनौं । त्यसैले विदाको दिन पनि कतै काम गर्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा हामी दुवै रहेकोले चिनेजानेका मित्रहरुलाई जानकारी गराईरहेका थियौं । यस्तै परिथ्तििमा सुमन भाइले यो प्रस्ताव लिएर आउनु भएको थियो । प्रस्ताव भन्दा पनि केही नगरेर मात्र कागजमा सहि गरिदिएको भरमा बीस हजार डलर हातमा पर्ने प्रस्तावलाई यदि हामीले नमानेको भए अरु कसैले आँखा चिम्लेर मान्ने थियो । सुमन भाइले हामी भनेर हाम्रो राम्रोको लागि यो प्रस्ताव लिएर आएका थिए । त्यसैले प्रस्ताव सुन्नासाथ हामी दुवैले हुन्छ भनेका थियौं । सुमन भाइले अरु सबै कागजी काम गरी दिने भएकोले पनि हामीलाई प्रस्ताव मन भरेको थियो । प्रस्ताव लिएर आउदा सुमन भाइले जुन प्रकारले हामीलाई बुझाएका थिए हामीले नाई नभनी हुन्छमा सही छाप गरी दिएका थियो । प्रस्ताव सुनेर श्रीमतीले मुसुक्क हाँसेर गर्ने हो त बुढामात्र भनेको म सम्झन्छु । अनि त्यसपछि शुरुभयो कागजी खेलहरु ।
प्रस्तावको मञ्जुरी भएको एक हप्तापछि सुमन भाइले पाँच हजार डलर पेश्कीसहित कागजी सही छापका कामहरु शुरु गरे । मैले दुईवटा कागजमा सही गरेको थिए । एउटा कुनै दावी विरोध गर्ने छैनको व्यहोरासहितको नो अब्जेक्सन लेटर र अर्को मैले मेरो श्रीमतीलाई नचिनेको र त्यसपछि हामीबीच कुनै सम्बन्ध र सम्पर्क नरहेकोबारेमो पत्र । तर मेरी श्रीमतीले भने धेरैनै कागजपत्रमा सही छाप गर्नु परेको थियो । एक हप्तामा धेरैनै कागजहरुमा सहि छाप गराएपछि सुमन भाइले कबोलेको सबै रकम तिर्यो । अनि मेरो बैंक र श्रीमतीको बैंकमा जम्मा भएका रकमहरु मिलाएर एक लाख नाघेपछि म र श्रीमतीले लिजमा भए पनि गेस स्टेसन शुरु गर्ने ठानेर खोज तलासबाट गेस स्टेसनको दुई लाख र सामानको पैतिस हजार गरी बाँकी रहेको रकम नुझाउञ्जेल मासिक तीन हजार तिर्ने गरी लिजमा लिन मञ्जुरी भयो । आफ्नो अंग्रजी परिपक्क नभई सकेकोले सुमन भाइको निशुल्क सहयोग पनि लियौं र सुमन भाइकै सल्लाह अनुसार जुन कामको लागि मेरी श्रीमतीले सहिछाप गरेको थियो त्यो काम चाडै र पक्का हुने भनेकोले गेस स्टेसनका सबै कागजपत्रहरु मेरो श्रीमती कै नाममा बनाइयो ।
सुमन भाइकै सल्लाह अनुसार मैले मेरो ठेगाना परिवर्तन गरेर गेस स्टेसनको ठेगाना लेखी दिए । सुमन भाइले भने बमोजिम मैले आफ्नो लुगाहरु पनि गेस स्टेसनमा नै लगेर राखी दिए । सुमन भाइले भने अनुसार म मेरौ श्रीमतीको गेस स्टेसनमा काम गर्ने कामदार भए । सुमन भाइका अनुसार कुनै बेला पनि चेकिङ्ग आउन सक्ने भएकोले मेरी श्रीमती अविवाहित हुन र एक्लै बस्छिन् भन्ने देखाउन यी सब गर्नु परेको थियो । हामी विहे नगरेरै श्रीमान श्रीमती भएर बस्दै आएकोमा अब श्रीमान श्रीमती भएर बसे पनि एक्लो भएर बसेको देखाउन थाल्यौं । यो सब हामी दुवैले आफ्नो उज्वल भविष्यका लागि गरीरहेका थियौं ।
मेरो श्रीमतीले पच्चिस हजार डलर लिएर एकजना कागज नभएको नेपालीसँग बिहे गरेर कागज बनाई दिने भएकोले सुमन भाइले चाहे बमोजिम र भने बमोजिम हामीले काम गरीरहेका थियौ । शुरुमा कागजी बिहेमा केही गर्नु पर्दैन भन्ने सुमन भाइले विस्तारै विस्तारै मलाई मेरो श्रीमतीबाट टाढा पार्दै गयो भने त्यो अपरिचित बिहे गर्ने मानिसलाई नजिक पार्दै गयो । हुँदा हुँदा अब त्यो अपरिचित मानिसलाई मेरो श्रीमतीले घरमा नै राख्नु पर्ने रे । उसको ठेगाना पनि अब मेरो श्रीमती बसेको कोठाको ठेगाना भयो भने आफ्नो सेलफोनमा पनि मेरो श्रीमतीले त्यो अपरिचित मानिसको र उसले मेरो श्रीमतीको फोटो राख्नु पर्ने भयो । मेरो श्रीमतीबाट म टाढिदै गए भने त्यो अपरिचित मानिस नजिकिदै गयो । यी सबै गर्नै पर्ने रे । कुनै पनि बेला चेक आउन सक्छ रे । इमिग्रेसनको चेक फेरी खतरा हुन्छ रे । सुमन भाइले भनेको ।
न त हामीले लिएको पच्चिस हजार फर्काउन सक्थ्यौं न विहे गििर्दन नै भन्न सक्थ्यौं । सजिलो काम भनेर हुन्छ भनियो तर पछि पछि त परिबन्धमा नै पर्दै गयौं । म त झन लोग्ने भएर पनि आफ्नै स्वास्नीसँग भेट्न पनि साईत हेर्नु पर्ने भएको थियो । विस्तारै विस्तारै श्रीमान र श्रीमतीको सम्बन्ध फोनमा मात्र सिमित हुँदै गयो । म गेस स्टेशनमा उनी घरमा अनि उनी गेस स्टेशन आउदा पनि त्यो अपरिचित मानिसलाई लिएर आउन थालिन । सोध्दा सुमन भाइको नाम अगाडि आउथ्यो । हामीले गेस स्टेसन पैसा चुक्ता नभएसम्म लिजमा लिएकोले प्रत्येक महिना तीन हजार डलर तिर्न मालिकको अर्को गेस स्टेसनमा जानु प¥थ्यो । तर श्रीमतीले अब त्यहाँ जानु पर्दैन भनेर रोक लगाएपछि मलाई कता कता संका लाग्न थाल्यो । त्यो अपरिचित मानिसले गाडी पनि किनी सकेछ । त्यसपिछि त मभन्दा त्यो अपरिचित मानिस श्रीमतीको बढी नजिक हँुदै गयो । एउटै कोठामा बस्ने । संगै हिडडुल गर्ने । अनि म चाहिँ कोठाबाट दुईघण्टा टाढा रहेको गेस स्टेसनमा बस्नु पर्ने । मैले कारण बुभ्mन खोज्दा सुमन भाइको नाम अगाडि आईहाल्ने ।
एक दिन मेरो श्रीमतीसँग कागजी बिहे गरेको त्यो अपरिचित मानिस गेस स्टेसनमा आएर मेरो हिसाब किताब गर्न थाल्यो । स्टेशनमा मसँगै अर्को मेक्सिकन केटो काम ग¥थ्यो । उसलाई चाहि केही नभनेर त्यो अपरिचित मानिसले मलाई जुन सत्यताको कथा सुनायो त्यसमा बढी मेरो व्यथा थियो । त्यो अपरिचित मानिसले तपाईले आफ्नो श्रीमती बेच्नु भएको त मान्नु हुन्छ नी भन्दै कुरा शुरु ग¥यो । उसले भन्यो मेरो श्रीमती अब मसँग बस्न चाहन्नन् रे । यो गेस स्टेशनको तिरोतारो सबै उसले नै गरी दियो । उनीहरु अर्थात मेरो श्रीमती र त्यो अपरिचित मान्छे जुन अब कानूनी रुपमा मेरो श्रीमतीको श्रीमान भयो, अब सँगै बस्ने रे । यो बेचेर अर्को शहर गएर व्यापार गर्ने । त्यसैले अघिसम्म मेरो श्रीमती भन्ने महिला अब उसको कानूनले मान्यता दिएर श्रीमती भईन रे । त्यसैले मैले आफु खुशी उसलाई छाड्दामा नै मेरो कल्याण हुन्छ भनेर सल्लाहात्मक धम्की दिन थाल्यो ।
मैले बुझे अनुसार उ नेपालको प्रतिष्ठित व्यापारी भीमदास प्रधानको छोरो रहेछ । भारतमा आई.टी. गरेर नेपालमा केही वर्ष व्यापार गरेर अमेरिका पुगेको रहेछ । उसलाई चाडोभन्दा चाडो कानूनी रुपमा बस्न पाउने कागज चाहिएको थियो अनि सुमनले बसी बसी पाँच हजार डलर खाएर हामीलाई पच्चिस दिएर मलाई श्रीमती बेच्न लगायो । हामीलाई पनि चाडोभन्दा चाडो पैसा जम्मा गरेर गेस स्टेसन किनेर सुखमय दाम्पत्य जीवन बिताउन पाउने ईच्छा जागेको थियो । दुवैको कल्याण गर्ने र आफ्नो पनि कल्याण हुने देखेर सुमनले सौदा गरेका रहेछन् । अमेरिकाको ईमिग्रसनका कर्मचारी एकदमै कडा हुने भएकोले हामी श्रीमान श्रीमती छुट्टिएर बस्न बाध्य भयौं । म टाढिढदै गए कागजी लोग्ने नजिकिदै गयो । मेरी श्रीमती राम्री भएरनै होला त्यो कागजी लोग्नेले मन पराउन थाल्यो । उ पनि अविवाहित र मेरी श्रीमती पनि वास्तवमा नियामानुसार र कानून अनुसार अविवाहित । हुन त मेरी श्रीमती मेरो नजिक आउनु पर्ने कारण ऊसँग कानूनी रुपमा अमेरिका बस्न पाउने कागज थिएन र मैले विहे गरेर कागज गराइदिन्छु भनेको थिए र मैले नै असायलम हाल्न मदद समेत गरेको थिए । उनले पनि यसायलम पाए पछि मैले बिहे गर्नै परेर र हामी विहे बिनाको श्रीमान श्रीमती भएर बस्न थाल्यो । अब यो कागजी लोग्ने आएपछि उसले गेस स्टेशनमा बाँकी बकौंता रहेको पैसा पनि सबै तिरी दिएर मेरो श्रीमतीको नाममा नामसारी पनि गरी सकेछो रहेछ । मलाई त्यो कागजी लोग्नेले दस हजार डलर दिएर चुपचाप अन्त गएर बस्नु नत्र गेस स्टेसनमा चोरी चकारी ग¥यो भनेर उजुरी लाई दिने भनेर धम्की दिन थाल्यो । कानूनी रुपमा त म श्रीमतीको नाममा रहेको गेस स्टेसनमा काम गर्ने कारिन्दा मात्र हो । त्यसैले मैले जागिर छोड्न धम्की पाए । मेरो श्रीमतीको पनि त्यही भनाई रहेको र कानूनी रुपमा उ मेरो श्रीमतीको लोग्ने भएको प्रमाणसमेत देखाउन थाल्यो ।
म एकैछिन त बोल्नै सकिन । उनलाई अर्थात मेरी श्रीमतीलाई फोन गर्छु गलत नम्बर भन्छ । उनले त फोन समेत फेरी सकिछिन । विरोध गरु भने दावाविरोध गर्दिन भनेर सहीछाप गरेको छु । आटै गरेर मैले श्रीमती र पसल छोड्न पचास हजार माँगे । कम भने कि बढी थाहा छैन तर धेरै मोलमलाई पछि बल्ल बल्ल श्रीमती छोडेबापत बीस हजारमा कुरा टुङ्ग्याए । नलिऊ, त्यो पनि जाला भन्ने डर, लिउ भने श्रीमती बेचेको मोल लिए जस्तै हुने । हुन त पहिलोपटक त्यो सुमने (भाइ भनेर सम्मान गर्ने मान्छेनै होईन रहेछ दलाल) घरमा आएर यो प्रस्ताव राख्दा त्यो मेरी श्रीमती भाकीले व्यंग्य गर्दै ”हैन ए बुढा तिम्ले आफ्नी स्वास्नी बेच्नेनै भयौ त” भनेर ठट्टा समेत गरेकी थिईन् । पछि आफैले यस्तो मौका भगवानले हामीलाई दिएको भन्थी । नभन्दै त्यो मेरो श्रीमती किन्नेको नाम पनि भगवान नै परेछ, भगवान दास प्रधान ।
अहिले सम्झेर पछुताउँदै छु । वास्तवमा मैले त्यसबेला श्रीमती नबेचेको भए हुन्थ्यो । त्यो सुमने दलाल नआएको भए हुन्थ्यो । अब के के नभएको भए हुन्थ्यो भनेर सराप्ने हो कुन्नी । शेषमा त अमेरिका नआएको भए नी हुन्थ्यो जस्तो लाग्न थाल्थो ।


प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 25 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु