मान्छे

- भाेला अधिकारी

नजाने यी दुई शब्दमा पनि कत्रो शक्ति छ, कत्रो चमत्कार छ यो दुनिया नै थर्काउन सक्छ। वास्तवमा होर्नु हो भने व्यञ्जन वर्णको म स्वर वर्णको आ संयुक्त अक्षर न पुनः स्वर वर्णको छ अनि अन्तिमको स्वरवर्णको ए यी सबै अक्षरहरूको समुह रूप मान्छे। हो यो त्यहीँ मान्छे हो जसलाई कयौं वर्ष अघि जंगलमा शिकारीको रूपमा पाएको थियो।
जस्ले जनवरहरू मारेर आफ्नो पेट भर्दथ्यो, जस्ले वस्त्रका रुपमा रुखका सेउला पहिरन्थ्ये। हामी उनीहरूकै सन्तान हौं। तर आज कति विकसित भयौं। हावामा उड़्छौं, पानी माथि कुद्छौं। यो सबै हाम्रो विकसित रुप हो। तर कता कता हामी धेरै विकसित भए जस्तो लाग्छ। पहिलाका आदि मान्छेमा मानवताको कमि देखिन्छ त्यहीँ भएर पशु वध गर्थे। तर के गरुन् र उनीहरूलाई अन्न फलाउने ज्ञान थिएन। जीवन धान्न पशु वधकै साहारा लिनु पऱ्थ्यो। आजका यी विकसित मान्छेमा पनि मानवताको कमि नै देखिन्छ। आजका यी मान्छेहरू आत्मा तुष्टिको निम्ति पशुवध गर्छन्। राम्ररी हेर्दा आजका यी विकसित मान्छेलाई आदि मान्छेले झै पशुवध गर्ने जरुरत छैन। अन्न प्रसस्त छ अनि अन्नको अनेक प्रकारका वस्तु बनाउने ज्ञान छ। अन्नले मात्रै पनि जीवन चल्न सक्छ। तर सोखका लागि निर्वल पशुको हत्या गरेर आत्मा तुष्टिको लागि मासु खानु कहाँको मानवता हो कोनि कोही जन्दैनन्। आदि मान्छेहरू सभ्यताका निम्ति रुखका सेउला, बोक्रा आदि पहिन्थे। तर आजका मान्छे सभ्यताका लागि भएको कपड़ा खोल्दैछन्। कुनलाई सभ्यता ठान्नु कुनलाई असभ्यता भन्नु कसले छुट्याउन सक्छ। ती आदि मान्छेमा धनी-गरीब, ठूलो-सानो,जात-पात, धर्म-अधर्म आदिको केही वास्ता थिएन। वस् उनीहरू जीवन बिताउने र जीवन धान्ने उपायहरू मात्र खजी रहन्थे। खै उस्तो लड़ाई झगड़ा बुझिएन। अँ यत्ति हो हतियार बनाउथे। आज त्यसकै वृहद रुपले अणु परमाणु हतियार बनाउँछन्। तर ती आदि मान्छेले हतियार केवल आफ्नो रक्षको लागि प्रयोग गर्थे। आजका मान्छेले देश-देश सक्न अणु परमाणु हतियारको प्रयोग गर्दैछन्। मान्छेको कुन रुपलाई स्वीकार्ने यो वा त्यो। एउटा प्रश्न निस्कन्छ आजका युवाहरूलाई। आदि मान्छेको समयमा मन्दिर, गुम्पा, मश्जित,गिर्जा आदि थिएनन् होला र धर्मको नाममा युद्द पनि हुदैन थियो होला। साच्चै भन्नु पर्दा उनीहरूले भगवान चिनेका थिएनेन्। पाप, पुण्य, धर्म,कर्मका कुरा थहाँ थिएन होला भन्न सकिन्छ किन कि उनीहरू स्वतन्त्र रुपले पशुवध गर्थे। आजका मान्छेहरू ज्यादा धर्मी भएर धर्ममा नै युद्ध गर्छन्। ज्यादा भगवान बनाए आफु-आफुमा काटमार गर्दैछन्। यो सही हो वा त्यो कोही जान्दैनन्, जान्न चाँहदैनन् र जानि सक्नु पनि छैन।
ती आदि मान्छेको बेलामा अहिंसा परमो धर्म भनेर उपदेश दिने कोही जन्मिएको थिेएन। कर्मण्ये वाधिकारास्ते भनेर पढ़ाउने पनि कोही थिएन। तर आज ती सबै छ अहिंसा परमो धर्म को उपदेश पनि छ, कर्मण्ये वाधिकारास्ते पढ़ाउने विद्वान् पनि छन्। परन्तु यी सबै इतिहास भएर किताबका पन्नामा धमिराले खाएर छिया छिया भएको भेटिन्छ। व्यवहारमा भने देख्न पाइन्दैन।आदि मान्छे नजानेर मूर्ख थिए। आजका मान्छे जानेर मूर्ख छन्। कुन मूर्ख ठूलो हो यो वा त्यो पुनः अर्को प्रश्न छ आजका युवाहरूलाई।
आदि मान्छेका समयका युवाहरू दिनभर आफ्नो पेट भर्ने साधन खोजिरहन्थे। आजका युवा भने प्रेममा धोका भयो नशा सेवन, बाबु मऱ्यो नशा सेवन, जीत भयो नशा सेवन, हार भयो नशा सेवन पुरा जिन्दगी नशा सेवन गर्नमै बिताउँछन्। भोलिका देशका कर्णधारहरू आज नशाले मद्होश भएर नालीमा लड़ेका छन्। भोलिका देशका नेताहरू जन्मदै भ्रष्टचार गर्न जानेर होला भ्रष्टचारमै जीवन बिताउँछन्।यस्तै छ हाम्रो आधुनिक रुप। सुरुदेखि अन्तसम्म भ्रष्टचारको स्वाद चाख्ने मात्र छन्। यसैले मलाई त लाग्न थालेको छ हामी भन्दा सत्कोस माथि ती आदि मान्छे सत्य थिए। यो सबैले विचार गर्ने कुरा हो। हामीले आधुनिक बनेर बाहिरी रुप मात्र पाउडर दलेर भित्रि रुपलाई भने आदि मानवले झैं असभ्यता, असंकारिता,हिंसक भावता बोक्नु छ भने के परिवर्तन मान्नु, के आधुनिकता ठान्नु। हामी मानवहरूको सच्चा विकास भनेको आफ्नो सोचाइ, गराइ र भनाइमा परिवर्तन ल्याउनु हो। बाहिरि रुप त छेपारोले पनि फेर्छ। के त्यो परिवर्तन हो र?
हाम्रो क्रिया कलापहरू आझै आदि मानवका झै छन् के यसलाई विकास मान्ने? जातीयताको गर्व, धर्मको नाममा युद्ध अनि आफ्नो पेट पाल्न दिन रातको खटाई के यही नै मानवताको विकास हो? त्यसैले आजका युवा-युवतिहरू सजक भएर वास्तविक विकासको यात्रामा चल्न सक्नु पर्छ। अझ पनि सजक भइएन भने को सजक हुने। के हाम्रा आउने सन्तानहरूको जीवन अन्धकारमय होस्? के उनीहरूले पनि हामीले झैं फ्रोस्रो आडम्बरी देखाउन? त्यसैले हे आजका सभ्य मानवहरू हो हाम्रा सन्तानहरूको अस्तित्व पनि अर्थ विहिन न होस्। उनीहरू सधै आफ्नो हितका निम्ति लडुन। सत्यबाट कहिले टाड़ा नपरुन। यसै कारण आज हामीले उनीहरूकै निम्ति भए पनि एउटा सत्यको मार्ग खोज्नु पर्छ, संस्कृति र संस्कारहरू लुकाएर राख्नु पर्छ। नभए अन्तमा उनीहरूलाई म्+आ+न्+छ्+ए=मान्छे दुई अक्षरको सामूहिक शब्दले बलत्कार नगरोस्।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु